Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

पैठारी सम्बन्धी अन्य व्यवस्था

मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा जाचँ गराउन कठिनाइ भएमा त्यसको वैकल्पिक व्यवस्था केही छ कि ?

सर्वप्रथम पैठारी भएको त्यस्तो मालवस्तु भन्सार प्रक्रियाद्धारा विधिवत भित्रिएको वा प्रवेश गरेको हुनु पर्दछ । यसका लागि प्रज्ञापनपत्र भरी आवश्यक कागजात सम्पूर्ण संलग्न गरी सम्वन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । व्यहोरा मनासिव भएमा भन्सार विभागको महानिर्देशकको पूर्व स्वीकृति लिएर भन्सार क्षेत्र बाहिर सम्बन्धित स्थानमा गई मालवस्तुको जाँचपास गर्न गराउन सक्ने व्यवस्था छ । यसका लागि मालवस्तु जाँच गर्नु पूर्व नै घोषणा गरिएको भन्सार मूल्यमा पचास प्रतिशत थप गरी हुन आउने सम्पूर्ण रकम धरौटीमा राख्नु पर्ने हुन्छ । मालवस्तु जाँचपास गर्दा लाग्ने महसुल भन्दा बढी रकम धरौटीको लिएको भए बढी रकम फिर्ता गरिन्छ । भन्सार क्षेत्र बाहिर गई मालवस्तु जाँचपास गराउँदा प्रति कन्साइन्मेन्ट एक हजार रुपैया शुल्क वापत बुझाउनु पर्दछ र यातायातको साधन प्रयोग गर्नु पर्ने अवस्थामा सम्वन्धित पैठारीकर्ताले नै यसको व्यवस्था मिलाउनु पर्दछ ।

विना पैठारी इजाजतपत्र तथा विना प्रतीतपत्र वा भूक्तानी वेगर समुद्रपार मुलुकबाट पैठारी गर्न पाइने वस्तुहरु के के छन् ?

१)नेपाल सरकारको कार्यालय, सार्वजनिक संस्थान, सामाजिक संस्थान वा प्रतिष्ठानले पैठारी गर्ने वस्तुहरु

२)            सम्वन्धित मन्त्रालयको सिफारिसमा नेपालमा संचालित आयोजनाको नाममा पैठारी गरिने संझौतामा उल्लिखित विल अफ क्वान्टिटी बमोजिमका वस्तुहरु

३)            कुनै व्यक्ति वा संस्थाले नेपालमा रहेका अशक्त विरामीलाई औषधपोचारको निम्ति उपहार स्वरुप पठाएका आकस्मिक औषधीहरु

४)            प्रचार प्रसारको लागि पठाईएका पोष्टर, क्यालेण्डर जस्ता प्रिन्टेड सामग्रीहरु

५)            कुनै व्यक्तिले विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाको निमन्त्रणा, सभा, सम्मेलन, वैठक आदिमा भाग लिई उपहार वा पुरस्कार स्वरुप प्राप्त गरेको अमेरिकी डलर १००० सम्मको वस्तु

६)            कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्था, सामाजिक संस्था वा व्यक्तिले सम्वन्धित मन्त्रालयको स्वीकृतिमा नेपालमा नाफा आर्जन गर्ने उद्देश्य नभएका सेवामूलक संघ, संस्थालाई प्रदान गर्ने उपहार, चन्दा, अनुदानका सामानहरु

७)            संयुक्त/विदेशी लगानीमा संचालित उद्योगले संझौता बमोजिम पूँजी लगानी वापत पैठारी गरेको मेशीनरी सामान र कच्चा पदार्थहरु उद्योग विभागको सिफारिसमा

८)            नेपालमा संचालन भएका आयोजना तथा संयुक्त/विदेशी लगानीमा संझौता अन्तर्गत कार्यरत विदेशी व्यक्ति वा विदेशी लगानीकर्ताले निजी प्रयोजनको लागि पैठारी गरेको सामान सम्बन्धित मन्त्रालयको सिफारिसमा

९)            अमेरिकी डलर १००० सम्मको कुनै कम्पनी वा फर्मको चिन्ह अंकित विज्ञापन, लेवल, स्टीकर र नमूना सामाग्रीहरु

१०)         विदेशी कम्पनी, संयुक्त लगानीका कम्पनी वा विदेशी एयरलाइन्सका प्रधान कार्यालयले नेपालस्थित प्रतिनिधि कार्यालय, शाखा कार्यालय, वा जनरल सेल्स एजेन्ट (जि.एस.ए.) जस्ता रजिष्टर्ड फर्महरुलाई कार्यालय संचालनको लागि पठाएको अमेरिकी डलर पाँच हजार सम्मका कार्यालय सामानहरु

११)         कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय वा क्षेत्रीय संघ संस्थाले आफ्नो प्रयोगको लागि पैठारी गरेको अर्थ मन्त्रालयले भन्सार महसुल , मूल्य अभिवृद्धि कर छुट दिएका सामानहरु

पर्वतारोहण दल वा अध्ययन वा अनुसन्धान दलले पैठारी गर्न पाउने व्यवस्था के छ ?

पैठारी गर्ने सामानहरुको हकमा सम्बन्धित मन्त्रालयको सिफारिस चाहिन्छ ।

नेपालको वाटो गरी पर्वतारोहण दलले पुनः अर्काे मुलुकमा निकासी गर्न पाउने व्यवस्था के छ ?

नेपालको वाटो भै पुनः आफ्नो देशमा फिर्ता लैजाने वस्तुहरुको लागि सम्वन्धित मन्त्रालयको सिफारिसमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले ट्रान्जीट सुविधा उपलब्ध गराउँदछ ।

पर्यटकहरुले आफ्नो साथमा ल्याउने सवारी साधनमा के कस्तो सुविधा प्रदान गरिएको छ?

पर्यटकहरुले आफ्नो साथमा ल्याउने सवारी साधन कार्नेटको प्रावधान बमोजिम ल्याएमा नेपालमा महसुल  नतिरी एक वर्षमा ६ महिनासम्म राख्न सक्ने सुविधा प्रदान गरिएको छ ।  सो बाहेकको अवस्थामा पर्यटकहरुले एक वर्षमा ३० दिनसम्मको लागि अस्थायी रुपमा सवारी साधन पैठारी गर्न पाउँछन्  र त्यस्तोमा सवारी साधन हेरी आर्थिक ऐन बमोजिम दैनिक रुपमा लाग्ने भन्सार महसुल तिर्नुपर्दछ ।

पर्यटकहरुले आफ्नो साथमा कार्ने अन्तरगत ल्याएका सवारी साधन नेपालमा कसैलाई उपहार दिन वा विक्री गर्न पाइन्छ/पाईदैन ?

पाईदैन । यस्ता सवारी साधन अनिवार्य फिर्ता लैजानु पर्दछ ।

पर्यटकले कार्ने अन्तरगत आयात गरेका सवारी साधन तोकिएको समयमा फिर्ता नगरेमा के हुन्छ?

जफत गरिन्छ ।

नेपालमा कुनै कामको लागि विदेशबाट यन्त्र औजार एवं उपकरणहरु पछि विदेशमा फिर्ता पठाउने गरी अस्थायी पैठारी गर्न पाइन्छ/पाइदैन ? त्यस्ता मालवस्तुमा महसुल लाग्छ लाग्दैन ?

विदेशबाट कुनै खास कामको लागि अस्थायी रुपमा विदेशबाट यन्त्र औजार एवं उपकरणहरु आयात गर्न पाइन्छ । यसरी पैठारी गर्दा कुनै मन्त्रालय वा दूतावासले सिफारिश गरेको छ भने तीन महिनासम्मको लागि महसुल लाग्दैन । यस्तो सिफारिश नभएको खण्डमा लाग्ने कर महसुल  धरौटीमा राखी एक वर्षसम्मको लागि ल्याउन पाइन्छ । तोकिएको समयभित्रै फिर्ता गरेमा धरौटी रकम पुरै फिर्ता हुन्छ ।

कुनै विदेशी मुलुकबाट मालवस्तु आयात गरी सोही रुपमा विदेशमा पठाउन सकिन्छ कि सकिंदैन यसरी पठाउँदा के कस्तो प्रक्रिया अपनाउनु पर्दछ र महसुल कति लाग्दछ ?

विदेशी मुलुकबाट आयात गरेको मालवस्तु सोही रुपमा भारत वाहेक अन्य मुलुकमा निकासी गर्न सकिन्छ । यसरी निकासी गरिने मालवस्तु पैठारी गर्दाकै अवस्थामा भन्सार कार्यालयमा सो व्यहोरा उल्लेख गरी निवेदन दिनु पर्दछ । सो निवेदनको आधारमा भन्सार कार्यालयले धरौटीमा जाँचपास गर्दछ । पैठारी गरेको मितिले ६ महिनाभित्र विदेश निकासी गरेपछि भन्सार कार्यालयले लाग्ने भन्सार महसुलको दश प्रतिशत कटाई बाँकी कर महसुल फिर्ता दिन्छ । तर, मिल मेशिनरी र कच्चा पदार्थहरु यस प्रावधान बमोजिम निकासी गर्न मिल्दैन ।

विदेशी मुलुकमा हुने मेला प्रदर्शनीको लागि मालवस्तु लिएर जाँदा के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्दछ ?

मेला वा प्रदर्शनी कुन देशमा कहिलेदेखि कहिले सम्म हुने हो भन्ने विषयको आधिकारिक जानकारीको लागि निकासी तथा व्यापार प्रबद्र्धन केन्द्रको सिफारिश सहित सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । यसरी निवेदन दिए पछि सम्बन्धित भन्सार कार्यालयले निकासी गर्दा लाग्ने महसुल धरौटीमा लिई निकासी गर्न दिन्छ ।  यस्ता मालवस्तु मेला प्रदर्शनीमा विदेशमा विक्री गरेमा सोको विदेशी मुद्रा आर्जन गरेका प्रमाण भन्सारमा पेश गर्नुपर्दछ । विक्री नभइ बाँकी रहेका मालवस्तु मेला वा प्रदर्शनी समाप्त भएको मितिले ३० दिनभित्र फिर्ता ल्याउनु पर्दछ । सो अवधि भित्र फिर्ता नल्याएमा पछि नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्दछ ।

मेला वा प्रदर्शनीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट लगेको मालवस्तु पछि बीरगञ्ज भन्सार कार्यालयबाट फिर्ता ल्याउन पाइन्छ पाईदैन ?

पाईदैन । जुन भन्सार कार्यालयबाट निकासी गरेको हो सोही भन्सार कार्यालयबाट पैठारी गर्नु पर्ने व्यवस्था भन्सार नियमावली, २०६४ ले गरेको छ ।

मालवस्तु पैठारी वा निकासी गर्दा प्रज्ञापन पत्र भर्न नपर्ने कुनै मालवस्तु छन् कि ?

छन् । नेपाल वाहिर जाने र विदेशी मुलुकबाट नेपाल भित्र आउने यात्रुको साथमा रहेको गुण्टाझिटी भारीमा रहेका मालवस्तु मध्ये नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भन्सार महसुल नलाग्ने भनी तोकेको मालवस्तुको प्रज्ञापनपत्र भर्न पर्दैन ।

कुनै मालवस्तु विदेशमा मर्मत गर्न लैजाँदा के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्दछ ?

मर्मत गर्न लैजाने मालवस्तुको पूरा विवरण प्रज्ञापनपत्रमा भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्ने र भन्सार अधिकृतले सो मालवस्तु हवाईजहाज वा हेलिकप्टर वा तिनका पार्टपूर्जा भएमा मूल्यको ०.५ प्रतिशत र अन्य मालवस्तुमा मूल्यको ५ प्रतिशत धरौटी लिई मर्मत गर्न लैजान दिने व्यवस्था छ ।

मर्मत गर्न लगेको मालवस्तु कति समयमा फिर्ता ल्याउनु पर्दछ ? भन्सार महसुल लाग्छ लाग्दैन ?

तीन महिनाभित्र फिर्ता ल्याउनु पर्छ । तोकिएको समयमा मर्मत गरी फिर्ता ल्याएमा मर्मत खर्चलाई मूल्य मानी त्यसमा नियमानुसारको कर एवं महसुल लिई पहिला धरौटी राखेको रकम वढी भएमा फिर्ता दिइन्छ ।

मर्मत गर्न लगेको मालवस्तु मर्मत गर्न वढी समय लाग्ने भई तीन महिनाभित्र फिर्ता गर्न नसकिएमा म्याद थप गर्न पाइने केही व्यवस्था छ कि ?

छ । तीन महिनाको अवधिले नपुगेमा भन्सार कार्यालयले अर्को तीन महिना म्याद थप गर्न सक्छ र सो पनि नपुगेको खण्ण्डमा विभागको स्वीकृति लिई भन्सार अधिकृतले आवश्यक म्याद थप गर्न सक्छ ।

मर्मत गर्न लगेको मालवस्तुको म्याद नाघेको र म्याद थप नभएको अवस्थामा के हुन्छ ?

पहिले राखेको धरौटी जफत हुन्छ र नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्दछ ।

भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तु बाटोमा अन्य निकायले पुनः जाँच गर्न पाउँछ/पाउँदैन ?

राजस्व चुहावट सम्बन्धी प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकार प्राप्त अधिकारी बाहेक अर्थ मन्त्रालय वा भन्सार विभागका महानिर्देशकको पूर्व स्वीकृति नलिई अन्य निकायले खोल्न हेर्न र जांच्न पाउँदैन ।

चीनको स्वशासितक्षेत्र तिब्बतबाट हुने पैठारी सम्बन्धमा

चीनको स्वशासित क्षेत्र तिब्बतबाट मालवस्तु पैठारी गर्न भूक्तानीको व्यवस्था के हो ?

१)            प्रतितपत्रको माध्यमबाट

२)            नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको बैंक ड्राफ्ट तथा नगद परिवत्र्य विदेशी मुद्राको माध्यमबाट

३)            परम्परागत वस्तु विनिमय

४)            चीनसंगको सिमामा ३० कि.मि. सम्म बसोवास गर्ने नागरिकका लागि रु १६००० सम्मको मालवस्तु ।

बस्तु विनिमयको माध्यमबाट पैठारी गर्न पाइने मालवस्तु के के हुन् ?

ती हुन्

१)            कच्चा उन            

२)            जिवित भेडा च्यांग्रा            

३)            नून        

४)            चौरी गाई र चौरी गाइको पुच्छर      

५)            गलैंचा   

६)            जडिवुटी

वस्तु विनिमयको माध्यमबाट पैठारी गर्दा के कस्ता कागजातहरु भन्सार कार्यालयमा पेश गर्नु पर्दछ ?

ती कागजपत्रहरु हुन्

१)            प्रज्ञापनपत्र

२)            आफूले निकासी गरेको मालवस्तुको निकासी प्रज्ञापनपत्र

३)            विजक

४)            विमाको कागज

५)            प्याकिङ्ग लिष्ट

६)            ढुवानी कागजात

७)            फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र

८)            उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

९)            मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

१०)           भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र

ड्राफ्ट वा टी टी को माध्यमबाट एक पटकमा कति रकमसम्मको मालवस्तु पैठारी गर्न सकिन्छ?

अमेरिकी डलर ३०००० सम्मको मालवस्तु ड्राफ्ट वा टी टी को माध्यमबाट पैठारी गर्न सकिन्छ ।

ड्राफ्ट वा टी टी को माध्यमबाट पैठारी गर्दा कुनै निकायको सिफरिस आवश्यक पर्दछ कि ?

तेश्रो मुलुकको मालवस्तु भारतको पारवहन मार्ग हुदैँ ड्राफ्ट वा टी टी को माध्यमबाट पैठारी गर्दा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागको स्वीकृती लिनु पर्दछ ।

भारतबाट हुने पैठारी सम्बन्धमा

तेश्रो मुलुकबाट हुने पैठारी सम्बन्धमा

 

पैठारी भनेको के हो ?

कुनै विदेशी मुलुकबाट आफ्नो मुलुकमा मालवस्तु ल्याउने कामलाई पैठारी भनिन्छ ।

यसको प्रारम्भिक प्रक्रिया के छ ?

व्यापारिक प्रयोजनको लागि वा अन्य कुनै प्रयोजनको लागि मालवस्तु आयात गर्ने भए तोकिएको निकायमा आफ्नो फर्म/कम्पनी/उद्योग दर्ता गर्नु पर्दछ ।

नेपालमा तेश्रो मुलुकबाट मालवस्तु आयात गर्न के कस्तो प्रक्रिया पूरा गर्नु पर्दछ ?

  • व्यापारिक उद्देश्यले आयात गर्न चाहनेको हकमा प्राइभेट÷साझेदारी फर्महरु भए वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा, कम्पनीको हकमा कम्पनी रजिष्ट्रारको कार्यालयमा र उद्योगको हकमा उद्योग विभागमा आफ्नो फर्म, कम्पनी वा उद्योग दर्ता गर्नु पर्दछ ।
  • एजेन्सी भै कार्गाेको हकमा वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा एजेन्सी दर्ता गर्नु पर्दछ ।
  • मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र भएको हुनुपर्दछ ।
  • पैठारी गरिने मालवस्तुको परिमाण र मूल्य लगायतका विषयमा विक्रीकर्तासंग भएको संझौता पत्र वा प्रोफर्मा विजक हुनु पर्दछ ।
  • प्रोफर्मा विजक वा संझौतापत्र सहित संलग्न राखि प्रतीतपत्र खोल्न बैंकमा निवेदन दिनु पर्दछ ।
  • बैंकले पनि आफ्नो नियम र शर्त बमोजिम केही रकम धरौटी वा जमानत लिएर तोकिएको शर्त पूरा गरेमा मात्र सामान विक्रेताले विदेशस्थित बैंकबाट भूक्तानी पाउने गरी प्रतीत पत्र खोलिदिन्छ ।
  • प्रतीतपत्र विदेशस्थित विक्रेताले प्राप्त गरेपछि मालवस्तु निजले चलान गरिदिन्छ  र यसरी चलान भएको कागजातहरु नेपालको प्रतीतपत्र खोल्ने बैंकमा प्राप्त भएपछि प्रतीतपत्रमा उल्लेख भएको विदेशी मुद्रा बरावरको नेपाली रुपैया प्रतीतपत्र खोल्ने पार्टीले बैंकमा बुझाउनु पर्दछ ।
  • प्रतीतपत्र खोल्ने बैंकले वि.वि.नि. फाराम ४ सहितको कागजातहरु प्रमाणित गरी मालवस्तु आयात हुने भन्सार विन्दुमा सिलवन्दी गरी पठाउँदछ ।
  • यिनै कागजात संलग्न गरी भन्सार प्रज्ञापनपत्र सम्वन्धित भन्सार कार्यालयमा पेश गरेपछि/दर्ता गरेपछि/सम्प्रेषण गरेपछि मालवस्तुको भन्सार जाँचपास प्रक्रिया शुरु हुन्छ ।
  • पैठारी मालवस्तुमा नियमानुसार लाग्ने महसुल, कर, शुल्क बुझाएपछि मात्र भन्सारबाट आफ्नो सामान लैजान पाउने कानूनी व्यवस्था छ ।
  • भन्सार जाँचपासको प्रक्रिया पूरा गरी मालवस्तु जाँचपास गराउने कार्य माल धनी स्वयंले वा निजले अख्तियारी गरेको भन्सार एजेण्टले मात्र गर्न पाउने व्यवस्था छ ।

तेश्रो मुलकबाट पैठारी गरिएका व्यापारिक प्रयोजनको मालवस्तुको सन्दर्भमा भन्सार विन्दुमा पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

ती कागजातहरु हुन्

क) प्रज्ञापन पत्र   

ख) विजक           

ग) प्याकिङ्ग लिष्ट          

घ) विल अफ लेडिङ्ग वा एयर वे विल

ङ) स्थलमार्गको हकमा पैठारी हुँदा सि.टि.डि.

च) बैंकिङ्ग कारोवारको कागजात (प्रतीतपत्र/टी.टी./ड्राफ्ट)

छ) विमाको कागजात

ज) उत्पत्तीको प्रमाणपत्र

झ) फर्म वा कम्पनी दर्ता प्रमाणपत्र

ञ) उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

ट) मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

ठ) भन्सार एजेण्ट नियुक्ति गरेकोमा सो को कागजात

ड) हवाई मार्गको हकमा सम्वन्धित एयरलाइन्सको डेलिभरी अर्डर (डि.ओ.)

ढ) सवारी साधनको हकमा Type Approval (TA) / Conformity of Production (COP) को प्रमाणपत्र

ण) रासायनिक मल पैठारीमा मान्यता प्राप्त सर्भेयरको लोड÷अनलोड पोर्टको प्रमाणपत्र

त) रसायनको हकमा विश्लेषण प्रतिवेदन

थ) इजाजतपत्र लिएर मात्र पैठारी गर्नु पर्नेको हकमा त्यस्तो इजाजतपत्र

द) कुनै निकायको सिफारिसमा पैठारी गर्न पाउनेको हकमा त्यस्ता निकायको सिफारिस पत्र

ध) नेपाल सरकारको निर्णयले पूर्ण वा आंशिक महसुल छुट दिइएकोमा त्यस्तो छुट दिएको पत्र

न) बैंक ग्यारेन्टी प्रक्रिया अन्तर्गत पैठारी गरिएको हकमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक वा वित्तीय संस्थाबाट जारी बैंक ग्यारेन्टी सम्बन्धी कागजात

प)बण्डेड वेयर हाउस अन्तर्गत पैठारी गरिएकोमा वण्डेड वेयर हाउसको इजाजत पत्र

तेश्रो मुलुकमा/बाट मालवस्तु निकासी वा पैठारी गर्न पाइने भन्सार कार्यालयहरु कुन कुन हुन?

क.मेची  ख.बिराटनगर   ग.सुख्खा बन्दरगाह  घ.बीरगन्ज  ङ.भैरहवा  च.नेपालगन्ज  छ. कैलाली ज.तातोपानी र  झ.त्रिभुवन विमानस्थल

सुन चाँदी पैठारी सम्बन्धमा कुनै विशेष प्रक्रिया छ कि ?

  • कच्चा सुन बाणिज्य बैंकहरुले मात्र प्रतिदिन १५ किलोमा नवढ्ने गरी पैठारी गर्न  पाउँछन् । अरुले पैठारी गर्न मिल्दैन।
  • चांदी, अन्य सामान्य प्रक्रिया बमोजिम पैठारी गर्न पाइन्छ । यसमा व्यापारिक फर्महरुले पनि पैठारी गर्न सक्दछन् ।

सुन पैठारी गर्दा के कति भन्सार महसुल लाग्दछ ? मू.अ. कर लाग्छ । लाग्दैन ?

कच्चा सुन पैठारी गर्दा प्रति दश ग्राम चारहजार दुइसय रुपैया भन्सार महसुल  लाग्दछ । यसमा मू.अ. कर लाग्दैन ।

चांदी पैठारी गर्दा भन्सार महसुल के कति पर्छ ? मू.अ. कर लाग्छ । लाग्दैन ?

चांदी पैठारी गर्दा प्रति किलो पाँच हजार छ सय भन्सार महसुल लाग्दछ । मू.अ.कर लाग्दैन ।

हिरा पैठारी गर्ने प्रक्रिया के हो ?

हिरा पैठारी गर्ने विशेष छुटृै प्रक्रिया नतोकिएकाले पैठारी गर्दा अपनाउनु पर्ने सामान्य प्रक्रिया अनुसार नै पैठारी गर्न सकिन्छ ।

हिरा पैठारी गर्दा के कति भन्सार महसुल तिर्नु पर्दछ ? मू.अ. कर पनि लाग्दछ कि ?

हिरा पैठारी गर्दा मूल्यको एक प्रतिशत मात्र भन्सार महसुल लाग्दछ मू.अ. कर लाग्दैन ।

 

हिरा वाहेकका वहुमूल्य पत्थरहरु पैठारी गर्दा भन्सार दर के कसरी तिर्नु पर्दछ ? यसमा मू.अ. कर लाग्दछ कि लाग्दैन ?

अन्य वहुमूल्य पत्थरहरुमा पनि मूल्यको एक प्रतिशत भन्सार महसुल लाग्दछ र मू.अ. कर लाग्दैन ।

विदेशमा काम गर्दा आपूmले प्रयोग गरेको सवारी साधन नेपाल फर्कंदा के कस्तो प्रक्रिया पुर्याई ल्याउनु पर्दछ ?

विदेशस्थित नेपालको कुटनीतिक नियोगमा काम गरी फर्केका व्यक्तिले आपूmले विदेशमा प्रयोग गरेको सवारी साधन वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिशमा ल्याउन पाइन्छ । सो वाहेकका नेपाली नागरिकले विदेशमा प्रयोग गरेको सवारी साधन नेपालमा ल्याउन पाइंदैन ।

विदेशबाट सवारी साधनहरु आयात गर्ने व्यवस्था के छ ?

नेपालमा सवारी साधन आयात गर्दा निम्न शर्तहरु पूरा भएको हुनुपर्दछ ।

१.            सवारी साधन प्रयोग नगरिएको नयाँ हुनुपर्दछ ।

२.            नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार हुनुपर्दछ ।

३.            नेपालमा रहेका सम्बन्धित सवारी साधनको निर्यात कम्पनीको आधिकारिक विक्रेताले मात्र पैठारी गर्न पाउँछ ।

नेपाल स्थित विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुले आफूले प्रयोग गरेको सवारी साधन नेपालमा आउँदा लिएर आउन पाउँछन्/पाउँदैनन् ?

परराष्ट्र मन्त्रालयको सिफारिशमा पछि फिर्ता लैजाने गरी ल्याउन पाउदछन् ।

विदेशबाट नेपालमा पुराना मालवस्तु आयात गर्न पाइन्छ पाईदैन ?

पाईंदैन । तर उद्योगले आफ्नो प्रयोजनको लागि उत्पादन मितिले १० वर्ष ननाघेको मिल मेसिनरी आयात गर्ने मिल मेशिनरी तथा वैदेशिक अनुदान एबं यन्त्र उपकरण ल्याउन पाउछन |

पुराना मालवस्तु आयात हुँदा भन्सार मूल्यांकन पद्दतिको कुन विधि आकर्षित हुन्छ ?

पुराना मालवस्तुको मूल्यांकनमा कारोवार मूल्य लागू गर्न मिल्दैन । भन्सार अधिकृतले मनासिव विधि अपनाई यसको मूल्यांकन गर्दछन् ।