कृषि
सामान्य अर्थमा कृषि भन्नाले जमिनको खनजोत गरी अन्नवाली, तरकारी तथा फलफुलको उत्पादन गर्नु भन्ने बुझिन्छ । तर व्यापक अर्थमा घाँसपातको उपयोग गरी गरिने पशुपालन लाई समेत कृषिअन्तर्गत लिने गरिन्छ । यसर्थ कृषि भनेको जमिनको खनजोत र यसबाट गरिने खाद्यपदार्थ वा अन्य कच्चापदार्थको उत्पादन हो ।
नेपालको अर्थतन्त्रमा झण्डै एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको हुनाले कुल ग्रार्हस्थ उत्पादनको वार्षिक वृद्धिदर कृषि क्षेत्रको उत्पादनमा निर्भर रहदै आएको छ । कृषि पेशामा आश्रित जनताको आय आर्जनमा खासै परिवर्तन भएको देखिदैन । मूलतः कृषि कार्य जनजिविकाको परिपुर्ति गर्नेभन्दा बढी हुन सकेको छैन ।
वैज्ञानिक, आधिुनिक र व्यवसायिक कृषि प्रणालीले प्राथमिकता पाउन सकेन । रासायनिक मल , विउविजन जस्ता कृषि उत्पादनका लागी आवश्यक पर्ने सामग्रीहरुको सहज र सुलभ उपलब्धता हुन सकेन । साथै कृषि उतपादनले बजारसम्मको पहुचमा सरलता पाउन सकेको अवस्था छैन ।
कुल ग्राहस्थ उत्पादनमा अझै पनि कृषि क्षेत्रको योगदान ३४ प्रतिशतको हराहरीमा रहेको छ । जबकि कृषिमा निर्भर जनताको प्रतिशत कुल जनसँख्याको ६५ प्रतिशत छ । सरकारले वर्षेनी कृषिका लागी विभिन्न कार्यक्रमहरु ल्याए तापनि त्यस्ता कर्याक्रमहरुको प्रभावकारी कार्यन्वयन हुन नसक्दा सोचे जस्तो प्रतिफल हासिल हुन सकेको छैन। तसर्थ कृषकहरुलाई केन्द्रविन्दुमा राखेर देशको आर्थिक नितिको तर्जुमा गर्नु पर्छ । जसले कृषकहरुलाई आत्मनिर्भर, व्यवसायमुलक र निर्यातमुलक बनाई दिगो आर्थिक विकासमा टेवा पुग्न सकोस् ।
|
कृषि प्रणालीको विशेषता |
नेपालमा कृषिको महत्वहरु |
कृषिका प्रमुख समस्याहरु |
|
– परम्परागत कृषि प्रणाली – भुमिको खण्डीकरण – कृषि प्रणाली मनसुनमा आधारित – व्यवसायिक भन्दा निर्वाहमुखी – कृषि क्षेत्रमा अदृश्य बेरोजगारी |
– खाद्यान्नको उत्पादन – उद्योगका लागि कच्चा पदार्थको स्रोत – औद्योगिक उत्पादनको उपयोग – निर्यातको मुख्य स्रोत – व्यापारमा सहयोग – रोजगारीको सिर्जना – अर्थतन्त्रको मेरुदण्ड आदि |
– परम्परागत कृषि प्रणाली – विउ विजनको अभाव – कृषि औजारको अभाव – आवश्यक बाजारको अभाव – सिंचाईको असुविधा – अध्ययन अनुसन्धान नभएको – कृषि प्राविधिकहरुको अभाव – भुमिको असामान वितरण – अत्यधिक जनसँख्याको भार – यातायातको असुविधा – बजारको अभाव – भूमिको असमान वितरण – कृषि ऋणको अभाव |
नेपालको कृषि प्रणालीलाई विकसित पार्ने योजना बनाउन सरकारले निम्नानुसारको कार्यक्रम र नीति तर्जुमा र कार्यान्वयनको योजना बनाउनु पर्दछ ।
– कृषकहरुका लागि कृषि शिक्षा र तालिमको पर्याप्त व्यवस्था मिलाउने ।
– उन्नत औजार, बीउबिजन, मलखाद आदिका लागि अनुदानको व्यवस्था मिलाउने
– कृषिमा आधारित उद्योगधन्दाको स्थापना र विस्तारमा जोड दिने
– कृषि क्षेत्रमा यातायातको सुविधाको पहुँच विस्तार गर्ने
– कृषि भुमिको न्यायोचित र वैज्ञानिक वितरणका लागि प्रगतिशील भुमिसुधार योजना लागु गर्ने
– आवश्यक अनुसन्धानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने
–
# नेपाल कृषि प्रधान देश हुदाहुदै पनि यहाँ उत्पादित कृषि उपजलाई बजारीकरण गर्न सकिएको छैन। यातायातको असुविधा नै कृषि उत्पादन बढाउन सकिएको छैन भन्ने गरिन्छ आफ्नो तर्क दिनु दिनुहोस ।
कृषि र उद्योगबीचको सम्बन्धलाई जोड्ने एक महत्वपुर्ण सेतु व्यापार हो । व्यापार फस्टाउनलाई यातायातको सुविधा अनिवार्य तत्वको रुपमा रहेको हुन्छ । नेपाल कृषि प्रधान देश हो। यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर छन्। कृषि कर्मबाट उत्पादित उपजहरु बजारसम्मको पहुँचका लागि यातायातको सुविधा अनिवार्य शर्तको रुपमा रहन्छ। यातायातको असुविधा भएको खण्डमा एकातिर कृषि उपजले बजारको पहुच पाउदैनन् भने अर्कातिर उद्योगनिर्मित कृषि औजार, उन्नत बीउबिजन, मल तथा औषधिको पहुचमा आइपुग्दैनन् । बजारको अभावमा कृषकहरु त्यति उतसाहित हुदैनन् भने आवश्यक औजार, मल, बीउ आदिको अभावमा कृषिको उत्पादकत्व समेत घटेर जान्छ । यसर्थ यातायातको असुविधाका कारण पनि कृषि उत्पादन बढाउन सकिदैन । अर्केा शब्दमा कृषिको विकासमा यातायातको ठुलो भुमिका रहेको हुन्छ ।
उद्योग
सीप र साधनको प्रयोग गरी सानो तथा ठुलो परिमाण्मा बस्तुहरु उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ। उद्योगहरु घरेलु, कुटीर, साना , मझौला तथा ठुला खालका हुन्छन् । उद्योगबाट राष्ट्रिय आवश्यकताका वस्तुको पूर्ति हुनाका साथै उत्पादित वस्तु निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । देशको तिव्र आर्थिक वृद्धिदर कायम गर्नका लागी उद्योगको ठुलो भूमिका हुन्छ। विश्वका सबै देशहरुको आर्थिक विकास औद्यौगिक विकासको कारणले गर्दा सम्भव भएको हो ।
– सर्वप्रथम वि.स. १९९३ मा उधोग परिषदको गठन भएको हो ।
– औधोगिक निति २०६७ ले उद्योगलाई नौ प्रकारमा विभाजन गरेको ।
–
१. उत्पादनमुलक उद्योग २. निकासी मुलक उद्योग ३. उर्जामुलक ४. खानीजन्य ५. पर्यटन उद्योग ६. निर्माणमुलक ७. सेवामुलक ८. सुचना तथा सञ्चार प्रविधियुक्त ९. कृषि तथा वन पैदावरमा आधारित उद्योग ।
पुँजी र प्रकृतिको आधारमा उद्योगको प्रकारः–
१. लघु उद्योग २. परम्परागत उद्योग ३. साना उद्योग ( पाँच करोड स्थिर पुँजी भएको ) ४.मझौला उद्योग (५–१५ करोड स्थिर पुँजी भएको ) ५. ठुला उद्योग (१५ करोड भन्दा माथि स्थिर पुँजी भएको)
उद्योग सञ्चालनका लागि निम्नानुसारका पूर्वाधार आवश्यक मानिन्छन् ।
– कच्चापर्दाथ
– यातायात तथा सञ्चारको सुविधा
– विधुत तथा अन्य उर्जा
– दक्ष जनशक्ति
– बजार
– पूँजी
– वित्तीय सुविधा आदि
औद्योगिक क्षेत्रको समस्याहरु
– औधोगिक पूर्वाधारहरुको अभाव
– उद्योग क्षेत्रमा आन्तरिक र बाह्य लगानी भित्रयाउन नसक्नु ।
– औधोगिक सुरक्षा नहुनु ।
– उर्जा सङकट, पेट्रौलियम पदार्थको आपुर्ति नियमित नहुनु ।
– प्राविधिक जनशक्तिको अभाव
– भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु ।
– अन्तर्राष्ट्रिय बाजारसँग प्रतिस्पर्धा गर्न नसक्नु ।
– राजनैतिक अस्थिरता
– महँगो विदेशी कच्चा पदार्थ
– बजार विकासमा कम ध्यान
–
उद्योग क्षेत्रमा रहेका महत्वः–
– रोजगारीका अवसरमा वृद्धि गर्न
– राष्ट्रिय आयमा वृद्धि गर्न
– राष्ट्रिय उत्पादनमा वृद्धि गर्न
– निर्यातमा वृद्धि गर्न
– आयात प्रतिस्थापन गर्न
– देशको प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न
–
– आत्मनिर्भरता हुन
– कृषिमा आधुनिकीकरण गर्न
– राष्ट्रिय सुरक्षालाई सशक्त बनाउन
–
नेपालमा उद्योगको समुचित विकासका लागि निम्न कुराहरु हुनु आवश्यक छ ।
– सरल र सहज तरिकाले कम व्याजदरमा ऋण पाउने व्यवस्था
– बजारको व्यवस्था
– उद्योगहरुलाई प्रोत्साहन
– स्पष्ट सरकारी निति
– यातायात र सञ्चारको सुविधा
– गोदामघरको सुविधा
– सरल तरिकाले इजाजत प्रदान गर्ने व्यवस्था ।
–
उद्योग स्थापना हुनु भनेको रोजगारीको सम्भावन बढनु हो ? उदाहरणसहित प्रस्ट पार्नुहोस ।
निश्चित रुपमा रोजगारीका अवसरहरुको सिर्जनामा उद्योगको भुमिका निकै महत्वपूर्ण हून्छ । कुनै एक उद्योग स्थापनासँगसँगै विभिन्न खाले जनशक्तिका लागी रोजगारीका अवसरहरु खुल्दछन् । दुवै दक्ष र अदक्ष जनशक्तिका लागि काम उपलब्ध हुन्छ । अर्कोतर्फ उद्योगका लागि कच्चापदार्थको आपुर्ति र उत्पादित वस्तु तथा सेवाको वितरणका क्रममा हुने उत्पादन र व्यापारले पनि कैयौ मानिसलाई रोजगारी उपलब्ध गराउँछन् । यसर्थ उद्योग स्थापना हुनु भनेको रोजगारीको सम्भावना बढ्नु हो ।
व्यापार
– कुनै उत्पादन वा मालसमानहरुको खरिदबिक्री, विनिमय, ओसारपोसारलाई व्यापार भनिन्छ ।
– वाणिज्य भन्नाले सम्पूर्ण वस्तु, सेवा र वैदिक सम्पतिहरुको किनबेच, बिनिमय र हस्तान्तरणको सम्पुर्ण क्रियाकलापलाई बुझाउछ ।
– कुनै पनि मुलुक आफैमा आत्मनिर्भर रहन सक्दैन त्यसकारण विश्व व्यापीकरणले ठाउँ पाइरहेको छ ।
– वस्तु तथा सेवा विनिमय गर्ने कार्य व्यापार हो । व्यापारले देशको आर्थिक विकासमा ठुलो महत्व हुन्छ । व्यापार दुई प्रकारका हुन्छन्
आन्तरि व्यापारः– देशभित्र उत्पादन भएका तथा विदेशबाट ल्याइएका वस्तुहरुको देशको विभिन्न भागमा गरिने व्यापार नै आन्तरिक व्यापार हो । उदाहरणका लागि नेपालको पहाड र तराईबिच चलने व्यापार आन्तरिक व्यापार हो ।
बाह्य व्यापारः– एक देशले अर्को देशभित्र गर्ने व्यापारलाई बाह्य व्यापार भनिन्छ । बाह्य व्यापारले देशमा उतपादित बस्तुहरुको निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न र रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।
व्यापार क्षेत्रमा देखिएका समस्याहरुः–
– भुपरिवेष्ठिक भएकोले यातायात खर्चिलो हुने ।
– व्यापार असन्तुलन, चोरी निकासी, राजस्व छल्ने ।
– भारतसँग खुल्ला सिमाना
– बिलासिताको सामानको आयात बढी
– अन्तर्राष्ट्रिय गुणस्तरका सामानहरु उत्पादन हुन नसक्नु
– राजनैतिक अस्थिरता
–
नेपालको वैदेशिक व्यापार किन घाटामा गइरहेको छ ? कारण दिनुहोस् ।
निर्यातको परिमाणभन्दा आयातको परिमाण बढी हुने अवस्थालाई व्यापार घाटा भनिन्छ । हाल नेपालको बैदेशिक व्यापार निर्क घाटामा छ । यसका पछाडि निम्न कारण छन् ।
– कच्चा पदार्थको निर्यात र उद्योगनिर्मित सामानहरुको आयात
– उद्योगधन्दाको विकास र विस्तारमा गतिरोध
– विलासी जीवनशैलीमा वृद्धि
– लगानीमैत्री वातावरणको अभाव
– भुपरिवेष्टिक अवस्थिति
– बजार पहँचको अभाव आदि
पर्यटन
राज्यका सम्पुर्ण गतिविधिहरुलाई बढावा दिने तथा नागरिकहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उच्च राख्ने विकासको महत्वपुर्ण पक्ष पर्यटन हो । नेपालको भौगोलिक बनावट, प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा आदि कारणले गर्दा बर्सेनी लाखौँ पर्यटकहरु नेपाल आउने गरेका छन् । नेपाललाई विश्व सामु एउटा महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ साथै यो देशको प्रमुख आर्थिक क्रियाकलापको रुपमा समेत स्थापित गर्न सकिन्छ ।
– मनोरञ्जन गर्ने वा नयाँ ठाउ हेर्ने उदेश्यले एक ठाउबाट अर्को ठाउँमा यात्रा गर्नु नै पर्यटन हो ।
– पर्यटन नीति २०६७ ले एक ठाउँबाट अर्को ठाउमा यात्रा गर्ने नेपाली नागरिकलाई पनि आन्तरिक पर्यटनको रुपमा मान्यता दिएको ।
आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व ः–
– विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत – रोजगारीको अवसर सिर्जना हुने
– विश्वमा मुलुकको प्रचार प्रसार – व्यापार वृद्धि
– साँस्कृतिक आदान प्रदान – दुर्गम क्षेत्रको विकास
– राष्ट्रिय आयमा वृद्धि – भोतिक र सामाजिक पूर्वाधारको विकास
– कला र सँस्कृतिको संरक्षण – राष्ट्रिय प्रतिष्ठामा वुृद्धि
– घरेलु तथा साना उद्योगको विकास – पर्यटकीय क्षेत्रको विकास आदि
–
पर्यटन उद्योगका बेफाइदाहरुः–
– प्राकृतिक साधनस्रोतको विनाश र वातावरणीय प्रदुशनको एक मुख्य कारण पर्यटन उद्योग हो ।
– विभिन्न पृष्ठभुमिबाट आएका विदेशी पर्यटकहरुका कारणले गर्दा स्थानीय जनताको सँस्कृति र जीवनपद्धतिमा नकारात्मक असर पर्न जान्छ ।
– यसले सामाजिक विकृतिहरु जस्तैः लागुऔषधको व्यापार, बलात्कार, चोरी आदि बढाउँछ ।
– धेरै सँख्यामा पर्यटकको आगमनले बढी भीडभाड बढ्नुका साथै सुविधाको अभाव हुन पुग्छ ।
पर्यटन क्षेत्रले भोगीरहेको समस्याहरुः–
– त्चबखभ िबमखष्कयचथ नकारात्मक – अपर्याप्त प्रचार प्रसार
– पूर्वाधार सेवाको अनुपयुक्तता – आन्तरिक राजनैतिक समस्या
– हवाई सेवाको सम्पर्क न्युन – जनशक्ति न्युन दक्षता
– बारम्बार बन्द, हडताल – साँस्कृतिक तथा धार्मिक स्थलहरुको संरक्षणमा कमी
– पर्यटकीय क्षेत्रमा वातावरणीय प्रदुषणको समस्या – राजनैतिक अस्थिरता
– मनोरञ्जनको साधनहरुको कमी – सरकार तथा निजी क्षेत्रबीच उचित समन्वयको अभाव
– शान्ति सुरक्षाको खस्कदो स्थिति
सामाधानका उपायहरुः–
– धार्मिक तथा सास्कृतिक स्थलहरुको संरक्षण तथा संवर्धनमा विशेष ध्यान दिनुपर्ने
– भरपर्दो हवाई यातायात – शान्ती सुरक्षाको प्रत्याभुति
– श्रमिक तथा व्यवस्थापन सुधार – नियमित विद्युत आपूर्ति
– दक्ष जनशक्ति व्यवस्था – पर्यटन पूर्वाधार विकास
– अनुसन्धान विकास लगानी – नयाँ पर्यटकीय स्थलहरुको पहिचान गर्ने
– आवश्यक वस्तुहरुको उत्पादन स्वदेशमै गर्ने व्यवस्था गरिनु पर्ने
– व्यवस्थित होटल रेस्टुराहरुको विस्तार गर्ने
नेपालमा पर्यटन उद्योगको सम्भावनाः–
नेपाल प्राकृतिक स्वरुपमा अति सुन्दर र धनी छ । सागरमाथा, मनोरम हिमश्रृंखलाहरु, हावापानी, जैविक विविधता, भौगोलिक विविधता नै पर्यटन उद्योगका सम्भावना हुन । नेपाल यस्ता प्रशस्तै सम्भावनायुक्त देश हो ।
– विश्वको सवोच्च शिखर सागरमाथा लगायत ८ हजारभन्दा अग्ला ८ वटा हिमाल तथा अन्य हिमश्रृंखलाहरु
– साहसिक, मनोरञ्जनात्मक खेलहरुको आयोजना गर्न सकिने
– प्राचीन कला र सँस्कृति
– प्राकृतिक सौन्दर्यले भरिपुर्ण
– दुर्लभ वन तथा वन्यन्तु
– जैविक विविधतामा उत्कृष्टता
– जलवायु तथा भौगोलिन विविधता
– प्राचीन कला तथा सँस्कृतिमा धनी
– भगवान वुद्धको जन्मस्थल
– पदयात्रा
– कम खर्चिलो वातावरण र आत्मिय आतिथ्य सत्कार
बैदेशिक रोजगारी
विदेशमा गएर गरिने कुनै पनि रोजगारमूलक कार्यलाई वैदेशिक रोजगार भनिन्छ । नेपालमा हरेक वर्ष रोजगारका सिलसिलामा विदेशिने क्रम बढदो छ । बैदेशिक रोजगारबाट राष्ट्रिय आयमा वृद्धि हुने , वैदेशिक सीप, प्रविधि र विविधतायुक्त संस्कृतिको आयात हुने, रेमिट्यान्स प्राप्त हुने, रोजगारीको क्षेत्रहरु विस्तार हुने जस्ता फाइदाहरु हुन्छन् ।
– प्रतिवर्ष ४ लाख २५ हजार युवाहरु श्रमबाजारमा प्रवेश गर्छन ।
– श्रम स्वीकृति पाएका सँस्थाः २४२
– श्रम समझौता भएको मुलकहरुः– ५ (कतार, कुवेत, बहराइन, द. कोरिया र जापान )
– बैदेशिक रोजगारीलाई प्रोत्साहन गर्न सरकारले श्रम सहचारी लगायतको सँरचनागत प्रयासहरु गर्दै आएको ।
समस्याहरुः–
– वैदेशिक रोजगारीमा जाने महिलाहरु बेचबिखन, यौन शोषन, शारीरिक र मानसिक समस्याहरुबाट पीडित हुनु
– न्युन दक्षताका कारण कम परिश्रमिक
– सुचना व्यवस्थापनको अभाव
– एक प्रकारको काममा अनुमति अर्को काममा रोजगारी
– द्ययियम ःयलभथ
– विप्रेषन रकमको सदुपयोग नहुनु – भाषा र जानकारीको अभाव
– नेपाली नियोग र रोजगारी हीतमा उदासीन – वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नसक्नु
– झन्झटिलो प्रशासनिक प्रणाली – रोजगारीमा जाने क्रममा कामदारहरु ठगिनु
–
जनशक्ति
काम गर्न सक्षम, सीप भएका तथा नभएका सबै प्रकारका व्यक्तिहरुलाई जनशक्ति भनिन्छ । देशमा उपलब्ध स्रोत र साधनहरुको सही र व्यवस्थित रुपमा सञ्चालन गर्न जनशक्तिको आवश्यकता पर्दछ । जुन देशमा दक्ष जनशक्तिको विकास भएको हुन्छ , त्यस देशको आर्थिक विकास दु्रत गतिमा हुन्छ ।
– मानव सँसाधन
– पूजी, प्रविधि, औजार, विधि, स्रोत आदि
– कार्यदक्षता, अनुभव र उत्पादकत्व बददै जाने
महत्वः–
– श्रोत साधन परिचालन
– स्र्वाङ्गिक विकास गर्न
– उद्योग, व्यापार, पर्यटन आदी आवश्यक मानवीय साधन पुर्ती
– समस्या समाधान गर्न
– प्राकृतिक साधनको सदुपयोग गर्न
– उत्पादनमा वृद्धि गर्न
– द्रुततर आर्थिक विकास गर्न
– पूँजिगत वस्तुहरुको प्रयोग गर्न
– प्रविधिको उपयोग गर्न
– उत्पादनशील क्षमता वृद्धि गर्न
– आयात तथा निर्यातमा वृद्धि गर्न
कुनै पनि राष्ट्रको विकासका लागि दक्ष जनशक्तिको के महत्व रहेको छ ? उल्लेख गर्नुहोस ।
कुनै पनि राज्यमा उपलब्ध प्राकृतिक सम्पदाहरुले आफैँ केही गर्न सम्दैनन् । यिनीहरुको उचित परिचालनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । अर्को अर्थमा हेर्ने हो भने देशमा योग्य जनशक्ति नहुँदा प्राकृतिक सम्पदाको उचित उपयोगको अभावमा तिनीहरु त्यसै खेर जान्छन् । विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको योगदानले नै देशको आर्थिक सामाजिक स्थिति सुदृढ हुन जान्छ । जस्तैः स्वट्जरल्याण्ड, जससँग सीमित स्रोतसाधन भैकन पनि विकसित छ किनकि त्याहा दक्ष जनशक्ति पर्याप्त छन् । तर नेपाल पर्याप्त स्रोतसाधन उपलब्ध हुदाहुदै पनि अविकसित छ किनकि यहाँ दक्ष जनशक्तिको ठुलो अभाव छ । यसरी दक्ष जनशक्तिले विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसकारण मानवसम्पदा कुनेै पनि देशको महत्वपुर्ण स्रोत हो तर चौतर्फी विकासका लागि मानिसहरु फरक–फरक किसिमले दक्ष हुनु जरुरी हुन्छ ।
नेपाल प्राकृतिक स्रोत साधनले धनी भए पनि आथिृक विकास नहुनुका कारणहरु केके हुन ?
नेपाल प्राकृतिक स्रोत साधनका हिसावले धनी राष्ट्रमा पर्दछ । भरिपुर्ण देश हो । यहखँ विश्वमा पाइने लगभग सबै प्रकारका हावापानी पाइन्छ। तराईको समथर मैदानदेखि विश्वको सर्वोच्च शिखर सागरमाथा यही देशमा रहेको छ । जलस्रोतमा विश्वको धनी देशमा नेपाल गनिन्छ तर यहाँको पुर्वाधार विकास हुन सकेको छैन् । यसो हुनमा निम्न कारणहरु रहेका छन् ।
– नेपालको भौगोलिक अवस्था ज्यादै विकट हुनु
– भू–परिवेष्ठित राष्ट्र
– राजनीतिक अस्थिरता
– राष्ट्रिय सम्पति भ्रष्टाचार तथा दुरुपयोग आदि
– देशमा वैज्ञानिक तथा प्राविधिक शिक्षाको राम्रो विकास हुन नसक्नु
– देशको आर्थिक अवस्था अति कमजोर हुनु










