Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

शाखा अधिकृतको पाठ्यक्रममा सुरूवातबाट नै छलफल गरौँ।


राज्य र शासन १.१ शासनका आधारभूत पक्षहरु अवधारणा, सन्दर्भ र विशेषताहरू

सार्वजनिक शासनको परिवर्तित सन्दर्भ व्याख्या गर्नुहोस् (Explain changed context of public governance )

शासनका मुद्दा र चुनौतीहरूको पहिचान गर्नुहोस् (Identify the issues and challenges of governance)

अभिनेताहरूको भूमिका विश्लेषण गर्नुहोस्(Analyze the role of actors)

शासन भनेको के हो परिभाषित गर्दै, नेपालमा शासनको बर्तमान अबस्था उल्लेख गर्नुहोस? (5+5)

1)    शासन भनेको के हो परिभाषित गर्दै, नेपालमा शासनको बर्तमान अबस्था उल्लेख गर्नुहोस? (5+5)

2)    शासनको अवधारणा प्रष्ट पार्दै शासनको नयाँ अवधारणाहरु उल्लेख गर्नुहोस ।(3+7)

3)    शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्दै शासनका आधारभूत पक्षहरु केलाउनु होस् ? (2+4+4)

4)    शासनको परिवर्तित सन्दर्भ व्याख्या गर्नुहोस् (Explain changed context of public governance )

5)    शासनका मुद्दा र चुनौतीहरूको पहिचान गर्नुहोस् (Identify the issues and challenges of governance)


१.२ शासनको राजनैतिक तथा प्रशासनिक संरचना १.३ सूचनाको हक र पारदर्शिता १.४ राष्ट्र निर्माण र राज्य निर्माण १.५ नेपालको शासन प्रणाली १.६ राष्ट्रिय सुरक्षा व्यवस्थापन अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू १.७ बहुस्तरिय शासन र नेपाल: अनौपचारिक शासन, नागरिक समाजको शासन, स्थानीय शासन, सहकारीतामूलक शासन, व्यावसायिक शासन र संयुक्त राष्ट्रसंघ

“एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी हुन्छ” भन्ने भनाईलाई पुष्टि गर्दै नेपालले अभ्यास गरेको सङ्घीयता समावेशी चरित्रको कसरी पाउनुहुन्छ ? उल्लेख गर्नुहोस् ।

 “एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी हुन्छ ।”

शासन व्यवस्थामा सार्वभौमसत्ता र राजकीयसत्ताको अधिकार संविधानबाट सुनिश्चित गरी विभिन्न तहको सरकारमा जाने शासन प्रणाली सङ्घीय शासन प्रणाली हो भने शासकमा मात्र वा केन्द्रमा मात्र अधिकार हुने केन्द्रीकृत शासन व्यवस्था एकात्मक शासन प्रणाली हो ।
नागरिकहरुको इच्छा, आकांक्षा, चाहनाको सम्वोधन गर्न, विविधताहरुको व्यवस्थापन गर्न सङ्घीय शासन प्रणाली मात्र प्रभावकारी हुन्छ ।
तपशिल बमोजिमका आधारमा एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी छ भन्न सकिन्छ :
सङ्घीय शासन प्रणालीले,
  • सार्वभौमसत्ताको प्रयोग दुई वा सो भन्दा बढी तहबाट गर्दछ ।
  • आफ्नै घर आँगनको जनप्रतिनिधीद्धारा शासन व्यवस्था संचालन हुन्छ । (स्थानीय तहको शासन, ७५३ वटा स्थानीय तहले)
  • Diversity Management गर्दछ ।
  • अधिकारको विकेन्द्रीकरण हुन्छ ।
  • स्थानीय स्रोत साधन, पूँजी प्रविधि उच्चतम परिचालन हुन्छ ।
  • जनताको Diversity Management को सम्वोधन हुन्छ ।
  • Power, Resource, Authority / Oppurtunities को Rightful and meaningful sharing हुन्छ ।
  • नागरिक सबलीकरण, सशक्तिकरण र मूलप्रवाहीकरण हुन्छ ।
  • लाभको सन्तुलित र न्यायोचित वितरण हुन्छ ।
  • सामाजिक समता, समानता र सामाजिक न्याय कायम हुन्छ ।
  • आर्थिक, प्रशासनिक, राजनीतिक, सामाजिक–सांस्कृतिक सम्पूर्ण अधिकार स्थानीयस्तर सम्म पुग्दछ ।
त्यसैले माथि उल्लेख गरिएका आधारमा अनुसार एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी छ भन्न सकिन्छ ।
नेपालको सङ्घीयता समावेशी चरित्रको छ भन्ने सन्दर्भ
नेपालले समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा संघ, प्रदेश र स्थानीय तहबीच शासन व्यवस्था सञ्चालन गर्ने गरेको उल्लेख छ । (धारा २३२)
नेपालको सङ्घीयता Holding together का आधारमा निर्माण भएको हो । देहाय बमोजिमका बुदाँहरुका अनुसार नेपालको सङ्घीयता समावेशी चरित्रको छ भन्ने कुरा प्रष्ट्याउन सकिन्छ :
  • तीन तहको सरकार (संघ, प्रदेश र स्थानीय तह)
  • तीनै तहको एकल र साझा अधिकार सूची
  • संघको अधिकार सूची (अनुसूची ५)
  • प्रदेशको अधिकार सूची (अनुसूची ६)
  • संघ र प्रदेशको अधिकार सूची (अनुसूची ७)
  • स्थानीय तहको अधिकार सूची (अनुसूची ८)
  • संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची (अनुसूची ९)
  •  राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग र समुदायको हुनुपर्ने
  • सभामूख र उपसभामूख फरक फरक लिङ्ग र समुदायको हुनुपर्ने
  • समानुपातिक प्रतिनिधित्व प्रणाली पनि अवलम्वन
  • विविधता व्यवस्थापनमा जोड
  • आरक्षण, समावेशीकरण सम्वन्धी नीतिहरुको अवलम्वन
  • संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति
  • समुदाय, जात, भूगोल, भाषाको सम्वोधन गरिएको
  • भाषिक, सांस्कृतिक, जातीय, पहिचान अभिवृद्धिमा जोड
  • राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक अधिकारको बाँडफाँड
  • प्रादेशिक तथा स्थानीय स्तरमा समानुपातिक आधारमा राजनीतिक पदमा उम्मेदवारी तथा सुनिश्चितता
  • प्रशासनिक अधिकारको हस्तान्तरण तथा प्रशासनिक समावेशिता
  • वित्तिय हस्तान्तरणमा जोड लगायत ।
सारमा,
सङ्घीयता अनेकतामा एकता हो । यसले इन्द्रेणी शासनको परिकल्पना गर्दछ । सबैको अपनत्वभावको विकास गरी, स्थानीय श्रम, सीप, पूँजी प्रविधीको महत्तम प्रयोग गरेर, सबैलाई समान अवसर प्रदान गरी सङ्घीयतालाई अझ प्रभावकारी र समावेशी बनाउन सकिन्छ ।

मौद्रिक नीतिको उपकरण खुला बजार कारोबारलाई परिमाणात्मक सहजता(Quantitative Easing)ले कसरी सहयोग गर्दछ? विश्लेषण गर्दै मौद्रिक नीतिले आर्थिक विकासमा खेल्ने भूमिकाको चर्चा गर्नुहोस् । (६ं+४=१०)

 केन्द्रीय बैंकले मुद्रा बजारमा गर्ने सरकारी ऋणपत्र वा ट्रेजरी बिलको खरिदविक्री वा कारोबार नै खुला बजार कारोबार हो । परिमाणात्मक सहजताले केन्द्रीय बैंकले सीधै निजी क्षेत्रहरूसँग रहेको ऋणपत्रको खरिद गरी तरलता प्रवाह गर्ने कार्यलाई उजागर गर्दछ । खुला बजार कारोबार मौद्रिक नीतिको प्रत्यक्ष एवम् परिमाणात्मक उपकरण हो ।

परिमाणात्मक सहजताले खुला बजार कारोबारलाई सकारात्मक सहयोग गर्दछ । जसलाई देहायानुसार प्रस्तुत गर्न सकिन्छः
परिमाणात्मक सहजता अन्तरगत केन्द्रीय बैंकले निजी क्षेत्रसँग सोझै ऋणपत्र खरिद गर्दछ जसले,
  •  बजारमा तरलता प्रवाह गरिदिन्छ,
  • बजारमा मुद्राको अभावका कारणले सिर्जित Crowding Out Effectको अन्त्य गरिदिन्छ,
  • बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन वृद्धि हुन्छ जसले कर्जा प्रवाह क्षमता समेत बढाइदिन्छ,
  • बैंक तथा वित्तीय संस्थाहरूले लिने व्याजदर घटाइदिन्छ जसले नागरिकहरूको लगानी क्षमता बढाइदिनाले Circular Economyको अवस्था सिर्जना हुन जान्छ,
  • Complacent Income का कारणले सिर्जित Gig Economy, Crony Capitalism, Myopic Economy लगायतका समस्या समाधान गर्दै Instrumental Reality को अवस्था सिर्जना हुन्छ ।
यसरी, मौद्रिक नीतिको गैर परम्परागत उपकरण मानिने परिमाणात्मक सहजताले मौद्रिक नीतिको प्रत्यक्ष उपकरणका रूपमा रहेको खुला बजार कारोबारको प्रमुख उद्देश्य तरलता व्यवस्थापनका अलावा अन्य उद्देश्यहरूको प्राप्तिमा समेत सकारात्मक र प्रत्यक्ष रूपले सहयोग गर्दछ । यस अर्थमा परिमाणात्मक सहजतालाई खुला बजार कारोबारको एक उपकरणकै रूपमा अर्थ्याउन पनि सकिन्छ ।
प्रश्नको दोस्रो खण्डः 
मौद्रिक नीतिले अर्थतन्त्रको अवस्थाका आधारमा कर्जाको उपलब्धता र व्याजदरको स्तर कायम गरेर आर्थिक विकासमा सकारात्मक र सहयोगात्मक भूमिका खेल्दछ। मौद्रिक नीतिले उपयुक्त स्तर र दरमा कर्जा र व्याजलाई राख्दाः
  •  आर्थिक वृद्धि हुन्छ,
  •  मूल्य स्थिरता कायम हुन्छ,
  • शोधनान्तर सन्तुलन हासिल हुन्छ,
  • भुक्तानी सन्तुलनमा सहयोग पुग्छ,
  • वित्तीय स्थिरता कायम हुन्छ ।
जसका माध्यमबाट समष्टिगत आर्थिक स्थायित्व कायम भई समग्र आर्थिक विकासमा सहयोग पुग्दछ। अर्कातर्फ, मौद्रिक नीतिले वित्त नीतिको उद्देश्यलाई पछ्याउँदै लक्षित क्षेत्रमा कर्जा प्रवाह गर्न सघाउ पुर्‍याई उत्पादन वृद्धिमा समेत योगदान गरिदिई आर्थिक विकासलाई गति प्रदान गर्न सहयोग गदर्छ ।
विषय बैठानः
बैंक तथा वित्तीय संस्थाहरूको पहुँच जति बढ्छ त्यति नै मौद्रिक नीतिको प्रसार हुन्छ र यसले पार्ने प्रभाव समेत प्रसारित हुन पुग्छ। मौद्रिक नीतिको परिचालन गर्नु भनेकै यसका उपकरणहरूको परिचालन गर्नु हो। मौद्रिक नीतिका विविध उपकरणहरूको समन्वित, प्रभावकारी, कानूनसम्मत र विवेकसम्मत परिचालन गर्दै आर्थिक वृद्धिलाई आर्थिक विकासमा रूपान्तरित गरी समष्टिगत र दिगो आर्थिक स्थायित्व हासिल गरिनुपर्छ।

व्यापार उदारीकरण भनेको के हो ? यसको औचित्य स्पष्ट पार्दै नेपालमा व्यापार उदारीकरणका लागि गरिएका व्यवस्थाहरु लेख्नुहोस् ।

 व्यापार उदारीकरण

Internationalization and Integration of Trade.

व्यापारको वा बजारको उदारीकरण व्यापार उदारीकरण हो । यसलाई विश्वव्यापीकरणको एक पक्षको रुपमा लिन सकिन्छ ।
उत्पादन, उपभोग, लगानी, श्रम र प्रविधिको स्वतन्त्र परिचालन गरी अर्थतन्त्रलाई स्वचालित र प्रतिस्पर्धी बनाउने बजार निर्देशित अर्थव्यवस्था व्यापार उदारीकरण हो ।
बजारको कुनै सीमा नहुने भएकोले विश्व बजारमा Boarderless रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा बजार वा व्यापारको सीमाविहिन प्रवाह हुने गर्दछ ।
व्यापार उदारीकरणमा,
  •  विश्वको जुनसुकै स्थानमा उत्पादन भएको सामाग्रीले बजार पाउदछ ।
  • राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात वा अन्तर्राष्ट्रिय उत्पादनलाई राष्ट्रिय बजारमा आयातका कार्य पनि हुन्छ ।
  • बजार तथा बस्तुको विविधिकरण हुन्छ ।
  • बजार प्रतिस्पर्धा, उद्यमशीलता, मूल्य व्यवस्था र निजी क्षेत्रको सम्पतिको व्यवस्था हुन्छ ।
व्यापार उदारीकरणको औचित्य
  •  अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय बजारमा उपस्थिति जनाउन
  • राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न
  • व्यापारको प्रवद्र्धनमार्फत आर्थिक बृद्धि र विकास गर्न
  • आर्थिक कुटनीतिको प्रभावकारी परिचालन गर्न
  • उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी क्षमताको विकास गर्न
  • आफ्ना आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्न
  • स्थानीय श्रम, सीप, पूँजी, प्रविधि, कलाकौशलको प्रवद्र्धन र प्रवाह गर्न
  • Global Villageमान्यतालाई अवलम्बन गर्न
  • Multilevel Governance को अवधारणा आत्मसाथ तथा औचित्यता प्रवद्र्धन गर्न
  •  समग्रमा व्यापार, बजार र श्रम उदारीकरणको माध्यमबाट राष्ट्रिय पहिचान र गरिमा उच्च राख्न ।
व्यापार उदारीकरणका लागि नेपालमा गरिएका व्यवस्थाहरु
नेपालले व्यापार उदारीकरणका सन्दर्भमा देहाय बमोजिमका व्यवस्था अवलम्वन गरेको पाइन्छ :
क) नीतिगत एवम् कानूनी व्यवस्था
  •  संविधानले राज्यका नीतिमा आर्थिक उदारीकरण, व्यापार उदारीकरणमा जोड दिएको (अर्थ, उद्योग र वाणिज्य सम्वन्धी नीति)
  • श्रम तथा रोजगार सम्वन्धी नीति
  • सार्वजनिक निजी साझेदारी अनुरुपको तीन खम्बे नीति अवलम्बन
  •  योजनाले पनि व्यापार, श्रम र आर्थिक उदारीकरणको माध्यमबाट दिगो र उच्च आर्थिक वृद्धि सहितको राष्ट्रिय अर्थतन्त्रमा जोड दिएको
  •  वाणिज्य नीति
  • व्यापार नीति
  • वैदेशिक सहायता तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन नीति लगायत ।
ख) संस्थागत व्यवस्था
  •  नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
  • अर्थ मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • विभिन्न विभाग, बोर्ड लगानी बोर्ड तथा विभिन्न कार्यालयहरु ।
यसका साथसाथै,
  • SAARC
  • BIPPA
  • BIMSTEC
  • ASEAN
  • DTPA
  • विश्व व्यापार संगठन लगायतका संस्थाहरुमा आवद्धता तथा दोहोरो सहयोग कार्यन्वयन गरिएको अवस्था छ ।
सारमा,
व्यापार उदारीकरणले व्यापारको माध्यमबाट राष्ट्रको अन्तर्राष्ट्रिय रुपमा पहिचान बढाई व्यापारमा बढावा ल्याई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिन्छ ।

नेपालको लेखा प्रणालीको विशेषताबारे उल्लेख गर्दै नगदमा आधारित लेखा प्रणालीको सबल र दुर्बल पक्षबारे छोटो टिप्पणी गर्नुहोस । ५+५ =१०

 कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य पूरा गर्न सञ्चालन गर्ने व्यवस्थापकीय तथा आर्थिक क्रियाकलापको अभिलेख राख्ने कार्य नै लेखा हो । नेपालको लेखा प्रणालीमा विभिन्न सिद्धान्तहरुलाई अबलम्बन गरी लेखा राख्ने गरिन्छ । सोही अनुसार नेपालको सार्वजनिक लेखा प्रणालीका विशेषताहरु निर्माण भएका छन् । उक्त विशेषता मध्ये नगदमा आधारित लेखा प्रणाली पनि एक हो । यसका सबल तथा दुर्बल पक्ष विद्यमान रहेका छन् ।

 नेपालको लेखा प्रणालीका विशेषताहरु

नेपालको लेखा प्रणालीका विशेषताहरु देहाय बमोजिम रहेका छनः

  •  नगद कारोबारमा आधारित छ,
  •  राजश्व लेखा दोहोरो श्रेस्तामा आधारित छैन,
  •  आर्थिक वर्षको अन्त्यमा भार पर्ने प्रकृतिको छ,
  •  पेश्कीलाई खर्चको व्यवहार गर्ने प्रकृतिको छ,
  •  लागत लेखा प्रणालीमा आधारित छैन, केबल कारोबार देखाउँछ,
  •  दाताहरुको आवश्यकता पूरा नगर्ने केबल आन्तरिक आवश्यकता मात्र पुरा गर्ने खालको छ,
  •  सबै प्रकृतिका कार्यालयलाई एकै प्रकारको लेखा प्रणाली रहेको छ,
  •  बजेट र लेखा प्रणालीबीच अपेक्षित तालमेल छैन,
  •  नियम र कार्यबिधिको माध्यमबाट नियन्त्रण गर्न सक्षम छ, तर नतिजा र प्रभावलाई वास्ता गर्दैन,
  •  वाह्य संस्था र निकायले अबलम्बन गरेको लेखा प्रणालीसँग सापेक्षित पाइँदैंन ।

 नगदमा आधारित लेखा प्रणालीका सबल र दुर्बल पक्ष

कारोबार र घटनालाई नगदका आधारमा मात्र अभिलेखांकन गर्ने लेखा प्रणाली नगदमा आधारित लेखा प्रणाली हो । कुनै कानुन र नीतिबाट घोषणा नगरिकनै पनि परम्परागत रुपमा नै नेपालको लेखा प्रणाली नगदमा आधारित भएर प्रचलित छ । यसका सबल र दुर्बल पक्षलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छः

३.१ सबल पक्ष

  •  कार्यबिधिगत जटिलताहरु कम भएकाले कार्यान्वयन गर्न सजिलो छ,
  •  नगद प्रवाहलाई राम्ररी अनुगमन गर्न सकिन्छ,
  •  न्यून प्राविधिक दक्षता र विकसित प्रविधिको अवलम्बन बिना नै अपनाउन सकिन्छ,
  •  कम खर्चिलो तथा नियन्त्रण गर्न सजिलो छ,

 दुर्बल पक्ष

  •  नगद प्रवाहलाई मात्र देखाउन सक्छ,
  •  लेखा विवरणले वर्षभरिको खर्च प्रतिनिधित्व गर्न सक्दैन,
  •  राजश्व र अन्य ऋणलाई समेट्न सक्दैन,
  •  संगठनका सम्पत्ति, ह्रासकट्टी तथा आर्जित मूल्यलाई लेखांकन गर्दैन,
  •  संगठनले भविष्यमा भुक्तानी गर्नुपर्ने गर्नुपर्ने दायित्वलाई देखाउँदैन

तपाईको लागि प्रश्न है

 सार्बजनिक ब्यवस्थापनको अवधारणा उल्लेख गर्दै नेपालको सार्बजनिक ब्यवस्थापनमा देखा पर्ने चुनौतीहरु के के छन ? लेख्नुहोस (5+5)


२) संगठनात्मक बिकास भनेको हो ? नेपालमा यसको अवस्थाको बारेमा उल्लेख गर्दै ब्यवस्थापन परिक्षणले संगठनात्मक बिकासमा कसरी योगदान पुर्याउछ ?? (2+4+4)

३) सार्बजनिक ब्यवस्थापनका नवीन प्रवृत्तिहरुको बारेमा उल्लेख गर्दै नागरिक हरुबाट सार्बजनिक कार्यको मुल्यांकनले सुशासनमा पुर्याउने योगदानको बारेमा चर्चा गर्नुहोस (6+4)

खण्ड (ख)
४)नेपालको बित्तीय नितिको प्रमुख प्राथमिकताहरु उल्लेख गर्दै बित्तीय नीति र मौद्रिक निति एक आपसमा कसरी अन्तरसम्बन्धित छ्न ?? लेख्नुहोस। (5+5)

5) अन्त
रसकारी बित्तीय ब्यवस्थापन ऎन २०७४ मा राजस्व बाडफाड र अनुदान हस्तान्तरणको बारेमा भएका ब्यवस्थापनहरु के के छन उल्लेख गर्नुहोस (10)

खण्ड (ग)
६) सरकरी आर्थिक कारोबारको प्रतिबेदन सम्बन्धि भएका ब्यवस्थाको चर्चा गर्दै खाता सुचीको बारेमा जानकारी दिनुहोस (5+5)

७) छोटकरीमा लेख्नुहोस (5+5)
क) TSA
ख) प्रोदभावी लेखा प्रणाली

८)आर्थिक कार्यबिधी तथा बित्तीय उत्तरदायित्व ऎन २०७६ तथा आर्थिक कार्यबिधी तथा बित्तीय उत्तरदायित्व नियमावली २०७७ मा बेरुजु फर्छौट सम्बन्धि भएका ब्यवस्थाको बारेमा उल्लेख गर्नुहोस (१०)

खण्ड (घ)

९) नेपालमा कानुन निर्माण प्रक्रियाको बारेमा उल्लेख गर्दै कानुन निर्माण प्रक्रियामा प्रतिनिधि सभा र राष्ट्रिय सभा बिच कस्तो भुमिका रहन्छ ?? उल्लेख गर्नुहोस ?( 5+5)

10) प्रतिनिधि सभा नियमावली २०७९ मा सचिवालय संचालन तथा ब्यवस्थापन समितिको भुमिकाको बारेमा भएको ब्यवस्थाको बारेमा उल्लेख गर्दै प्रतिनिधि सभामा रहने बिषयगत समिति उल्लेख गर्नुहोस? (5+5)

राजनीति र प्रशासनिक संरचना बीचको अन्तर सम्बन्ध र सीमाहरु के के हुन् ?

 राजनीति र प्रशासन एक अर्काका पुरक हुन् अर्थात एउटै रथका दुई पाङग्रा हुन् । एउटा पाङग्रा कमजोर भएमा रथ अघि बढ्न सक्दैन । दुवैको उद्देश्य राष्ट्रिय हितको अभिवृद्धि हो र नागरिकलाई सुखी राख्नु दुवैको लक्ष्य पनि हो ।

अन्तरसम्बन्ध

  • राजनीतिले मूलतः नीति तर्जुमा गर्दछ । नीति तर्जुमामा सहयोग गर्दै प्रशासनले नीति कार्यान्वयन पनि गर्दछ । दुवैको सहकार्यले नीतिको सफल कार्यान्वयन भई राज्यलाई अग्रगमनमा लैजान सकिन्छ ।
  • राजनीतिक क्षेत्रको विश्वास अभिवृद्धि गर्न प्रशासनले सहयोग गर्छ । प्रशासनिक सेवा प्रभावकारी भएमा जनताको सरकार प्रतिको विश्वास बढ्दछ ।
  • राजनीतिक निर्णय गर्न प्रशासनले मद्त गर्छ । संस्थागत स्मृति प्रदान गर्छ । यसबाट उचित निर्णय भई राजनीतिको लोकप्रियता बढ्दछ ।
  • राजनीतिक क्षेत्रले बजेट, योजना पारित गर्दछ, प्रशासनले तीनको कार्यान्वयन गर्दछ । विकास निर्माणका कार्यमा राजनीतिको पनि चासो रहन्छ । राजनीतिक क्षेत्रले अनुगमन–मूल्याङ्कन पनि गर्दछ ।
  • प्रशासनिक सुधारका एजेण्डामा राजनीतिक क्षेत्रको साथ आवश्यक पर्दछ । प्रशासनलाई कस्तो बनाउने भनि निर्धारण गर्ने नै राजनीतिले हो । प्रशासनिक क्षमता अभिवृद्धि गर्ने र्न राजनीतिक नेतृत्वबाट हो ।
  • राजनीतिले नै प्रशासनलाई कार्यकारी शक्ति दिन्छ । यसै अन्तरगत रहेर प्रशासनले आफ्नो कार्य सम्पादन गरेको हुन्छ ।

सीमाहरु

उपरोक्त अन्तरसम्बन्ध रहेपनि राजनीति र प्रशासन बीचमा केही सीमाहरु पनि छन् । यी सीमाको पालनाले दुवैका सम्बन्धलाई मजबूत बनाउँछन् भने उल्लघनले कमजोर बनाउँछ ।

  • राजनीति विधारधार अनुसार संचालित हुन्छ । प्रशासनले विचारधारालाई पछ्याउनु हुदैन । विचारधारा बोक्ने प्रशासनले निश्पक्ष सेवा दिनै सक्दैन ।
  • राजनीतिको दैनिक काममा प्रशासनमा हस्तक्षेप गर्न हुँदैन । नीतिगत निर्णय, अनुगमन मात्र गर्ने हो ।
  • प्रशासनले राजनीतिमा भाग लिन र राजनीतिक दल वा सरकारको आलोचना गर्नु हुदैन ।
  • सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको हो । यसलाई पन्छाउन पाइदैन ।
  • राजनीति र प्रशासन दुवैले आफ्नो भूमिकालाई लिएर कुनै अंहकार राख्न हुदैन ।

उपरोक्त सीमाहरुलाई अवलम्बन गर्दै राजनीति र प्रशासनले काम गरेको खण्डमा राष्ट्रिय स्वार्थको प्रवद्र्धन, जनताको हित र उन्नतिमा सहयोग पुग्ने देखिन्छ ।

नेपालको संविधानमा बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न के कस्ता प्रावधान राखिएको छ प्रस्तुत गर्दै संघीय, प्रदेश तथा स्थानीय तहको शासन बीचको सहकारितालाई प्रवद्र्धन गर्ने सन्दर्भमा देखा परेका चुनौतीहरु उल्लेख गर्नुहोस् ।

शासनमा बहुतह, बहुपात्र र बहुक्षेत्रको उपस्थिति हुने शासकीय प्रणाली बहुस्तरीय शासन हो । यसले शासनमा विभिन्न तह र क्षेत्रको सहभागितामा जोड दिई शासनको प्रभावकारिता अभिवृद्धि गर्दछ ।

नेपालले पनि विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको अवधारणा सँगसँगै बहुस्तरीय शासन प्रणालीलाई अवलम्बन गरेको पाइन्छ।
बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न गरिएका प्रावधानहरु,
नेपाली जनताको जनप्रतिनिधीहरुबाट जारी गरिएको नेपालको वर्तमान संविधानले बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न देहाय बमोजिमका प्रावधानको उल्लेख गरिएको पाइन्छ :
  • शासन व्यवस्था तीन तह संघ, प्रदेश र स्थानीय तहबाट हुने व्यवस्था (धारा –५६)
  • राज्यको स्वरुप बहुलबादमा आधारित, बहुदलीय प्रतिस्पर्धात्मक संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक, संसदीय शासन प्रणाली अवलम्बन (धारा ७४) मा उल्लेख
  • राज्य शक्तिको बाँडफाँड (धारा ५७) का साथै तीन तहको एकल र साझा अधिकार सूचीको व्यवस्था गरिएको
  1.  संघको अधिकार सूची (अनुसूची ५)
  2. प्रदेशको अधिकार सूची (अनुसूची ६)
  3. संघ र प्रदेशको साझा अधिकार सूची (अनुसूची ७)
  4. स्थानीय तहको अधिकार सूची (अनुसूची ८)
  5. संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची (अनुसूची ९)
  •  सार्वजनिक निजी साझेदारीमा Public Private Partnership आधारित समाजवाद उन्मूख अर्थ व्यवस्था अवलम्बन
  • विभिन्न प्रदेश तथा स्थानीय तहमा राजश्वको बाँडफाँड तथा हस्तान्तरण (धारा ६०)
  • प्राकृतिक स्रोत तथा वित्त आयोग (भाग २६) जसले राजश्व तथा स्रोत साधनको वितरणको आधार तयार गर्ने
  • संघ, प्रदेश र स्थानीय तहको राजनीतिक र प्रशासनिक शासन व्यवस्था सहअस्तित्व, सहकार्य र समन्वयका आधारमा संचालन गरिनेछ । (धारा २३२)
  • राज्यका नीति तथा राज्यका निर्देशक सिद्धान्त अनुसार क्षेत्रीय (सार्क र बिमस्टेक) तथा अन्तर्राष्ट्रिय संस्था (संयुक्त राष्ट्र संघको शासन) तथा संगठनमा वा शासनमा आवद्धता र त्यसको देशको हितमा लाग्ने विषय उल्लेख
  • राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा अधिकारको बाँडफाँड तथा हस्तान्तरण
  • समग्रमा विभिन्न तह, क्षेत्रका साथै औपचारिक, अनौपचारिक, निजी, व्यावसायिक, गैरसरकारी र सहकारितामूलक शासन व्यवस्था संचालन गरिने कुरा उल्लेख गरिएको छ ।
संघीय, प्रादेशिक तथा स्थानीय तहको शासन वीचको सहकारिता प्रवद्र्धनमा देखा परेका चुनौतीहरु
नेपालको संविधानले समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा संघ, प्रदेश र स्थानीय तहबीच शासन व्यवस्था सञ्चालन गर्ने गरेको कुरा उल्लेख गरेतापनि स्रोत साधन, अवसरको बाँडफाँड र वितरणमा भएको विभेद तथा असमानता र यसको कार्यन्वयनले देहायको क्षेत्रमाम निम्नलिखित चुनौतीहरु देखा परेका छन् :
१. राजनीतिक रुपमा
  •  भईरहेको केन्द्रीकृत राजनीतिक मानसिकतालाई विकेन्द्रीत बनाउनु
  • राजनीतिमा Elite Capturing र Creamy Layering को बोलबाला हटाउनु
  •  जनताको इच्छा, चाहना र भावनाको सम्बोधन गर्ने खालको राजनीतिक प्रणाली स्थापित गर्दै तीन तहबीच सामजस्यता कायम राख्नु लगायत ।
२. प्रशासनिक रुपमा 
  •  कर्मचारी समायोजनलाई पूर्णता दिनु वा प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको उपलब्धता गराउनु
  • सरकारी सेवाको गठनको निश्चित र एकीकृत आधार तयार पार्नु
  • एकीकृत रुपमा प्रभावकारी रुपमा सेवा प्रवाह गर्नु ।
३. आर्थिक रुपमा 
  •  समान रुपमा अन्तरसरकारी वित्तीय हस्तान्तरण गर्नु
  • राजश्व तथा आयको समान र न्यायोचित वितरण गर्नु
  • सम्भ्रान्त बर्गको अर्थतन्त्रमा रहेको बोलवाला र दबदबाको अन्त्य गर्नु ।
४. सामाजिक–सांस्कृतिक रुपमा 
  • विविधता व्यवस्थापन गर्नु
  • नागरिक सचेतना जगाउनु, नागरिक शिक्षाको स्तर उकास्नु
  •  सामाजिक सांस्कृतिक खण्डीकरण र सीमान्तीकरणबाट जोगाई एकत्व कायम राख्नु ।
५. अन्य
  •  सहकार्य, सहअस्तित्व र समन्वय पूर्ण रुपमा कार्यन्वयन गर्ने
  • तीन तहको अधिकारको एकरुपता कायम गरी सामाजिक न्याय कायम गर्ने लगायत ।
उपसंहार,
संघ, प्रदेश र स्थानीय तहको अधिकारमा रहेको दोहोरोपना हटाई, संविधानको धारा २३२ ले परिकल्पना गरे अनुरुप सहअस्तित्व, समन्वय र सहकार्यको शासन व्यवस्था संचालन गरेर तीन तहको शासनमा सहकारिता प्रवद्र्धन गर्न सकिन्छ ।

नागरिक सचेतना, कर्तव्य र दायित्व

 सचेतना(Conscience) : सचेतनाको सामान्य अर्थ बुझाई एवं जागरुकता हो । कुनै विषय बुझ्ने, ग्रहण गर्ने र ठीकरबेठीक, राम्रोरनराम्रो छुट्टाउने मानिसको ज्ञान तर्क र विवेकको समग्रता सचेतना हो । सचेतना व्यक्तिको आफू, परिवार, समाज, राष्ट्रसँग जोडिएका विषयप्रतिको बुझाई हो । सचेतना हरेक विकृति, विसंगति तथा खराब कुराप्रति व्यक्तिलाई सचेत बनाउँदै असल कुरा तथा हित अभिबृद्धि गर्ने माध्यम हो ।

“Conscience is a cognitive process that elicits emotion and rational associations based on an individual’s moral philosophy or value system” – WIKIPEDIA

समग्रमा, सचेतना आफू, सामाज तथा राष्ट्रसँग जोडिएका विषय बुझ्ने र सचेत एवं जागरुक हुने सोचाई, बुझाई, ज्ञान तथा विवेकसँग जोडिएको विषय हो ।

नागरिक सचेतना (Civil Conscience)

नागरिकहरुलाई परिवार, समाज तथा राष्ट्रको बारेमा बोध गराउँदै सचेत एवं जागरुक वनाउनु नागरिक सचेतना हो । एउटा नागरिकलाई अधिकार र कर्तव्यको बारेमा बोध गराउँदै राष्ट्रको हित प्रवर्द्धन गर्न जागरुक हुने वा बनाउने कार्य तथा क्रियाकलापहरूको समग्रता नै नागरिक सचेतना हो ।

नागरिक सचेतना भित्र के-के समेटिन्छ त ?

  •  समाज र राज्यका सम्पूर्ण विषयबस्तु बुझ्ने र सचेत हुने ।
  • अधिकार, जिम्मेवारी तथा कर्तव्यबारे सचेत तथा जागरुक हुने ।
  • समाज एवं राज्यका विकृति, विसंगति एवं खराब कुरा हटाउँदै राष्ट्र तथा राज्य निर्माणमा सहयोग गर्ने ।
  • राजनीतिक, समाजिक(सांस्कृतिक, आर्थिक, कानूनी लगायतका मामिलाहरु बुझ्ने, विश्लेषण गर्ने र राष्ट्र हितमा प्रयोग गर्ने ।
  • एउटा नागरिकलाई वास्तविक नागरिक बनाउने विचार, ज्ञान तथा सचेतनासँग जोडिएको विषय ।
  • हक अधिकारको सुनिश्चता तथा कर्तव्य र जिम्मेवारी पालनामा तत्परता अभिवृद्वि गर्ने माध्यम ।

नागरिक सचेतनाका स्रोतहरु

१) औपचारिक शिक्षा: विद्यालय, क्याम्पस एवं उच्च शिक्षा – निश्चित पाठ्यक्रम र समय केन्द्रित नागरिक शिक्षा सम्बद्व विषयवस्तुहरू
२) अनौपचारिक शिक्षा: तालिम, गोष्ठी, सेमिनार, अन्तरक्रिया लगायत औपचारिक रुपमा भन्दा आवश्यकतानुसार वा परिस्थितिजन्य रुपमा दिइने नागरिक शिक्षा ।
३) पत्रपत्रिका, श्रव्य दृष्य सामाग्री, संचार माध्यम, सामाजिक संजाल, रेडियो, एफ.एम., टेलिभिजन लगायत
४) राजनितिक दलका विचार, दर्शन, घोषणापत्र तथा कार्यक्रमहरू
५) सामाजिक संघ संस्थाका सचेतना अभिवृद्वि सम्बद्ध कार्यक्रमहरु
६) समाजिक सास्कृतिक क्षेत्रसँग जोडिएका विभिन्न अभियानहरु

समग्रमा, औपचारिक अनौपचारिक शिक्षा, छलफल, अन्तरक्रिया, सहभागिता लगायत नागरिक सचेतनाका साधनहरू हुन । नागरिक सचेतना एउटा माध्यम वा स्रोतबाट मात्र नभई बहुमाध्यम वा स्रोतबाट प्राप्त हुने विषय हो ।

नागरिक सचेतनाको आवश्यकता र महत्व

  • नागरिकलाई राज्य र समाजप्रति योगदान गर्न अभिप्रेरित गर्न
  • प्रत्येक नागरिक समाजका लागि हो र समाजको इच्छा नागरिकको इच्छा हो भन्ने भावना अभिबृद्धि गर्न
  • नागरिकलाई अधिकार र कर्तव्यको बोध गराउँदै अधिकार खोज्न र कर्तव्यको पालन गर्न अभिप्रेरित गर्न
  • राज्यको संरचना, शासकीय स्वरूप, राजनीतिक प्रणाली लगायतका बारेमा बोध गराउँदै राज्य संचालनमा सहभागिता अभिबृद्धि गर्न
  • समाज र राज्यको सम्पूर्ण पक्षको विकासमा योगदान गर्ने नागरिक निर्माण गर्न
  • समाजका विकृति, विसंगति, कुरीति, अन्धविश्वास हटाउने कार्यमा नागरिकको सहयोग अभिबृद्धि गर्न
  • हरेक नागरिकमा प्रजातान्त्रिक अभ्यास, विधिको शासन, सुशासन लगायतकाबारे जानकारी अभिबृद्धि गर्न
  • समाजमा हुने सबै प्रकारका द्वन्द्व व्यवस्थापनमा नागरिकको सहयोग अभिवृद्वि गर्न
  • राज्यप्रति नागरिकको अपनत्व, स्वामित्व र ममत्व अभिबृद्धि गर्न
  • नागरिकलाई आदर्श नागरिक वनाई राज्य र देशको विकास र समृद्धिमा योगदान गर्ने बनाउन ।

समग्रमा, नागरिक सचेतना नागरिक अधिकार र कर्तव्यसँग जोडिएको विषय हो । एउटा सचेत र जागरुक नागरिकले मात्र समाज र राज्यवाट अधिकारको माग गर्ने मात्र होइन राज्य र समाजका लागि आफ्ना कर्तव्य र जिम्मेवारी पालना गर्न सक्दछ। नागरिक सचेतना राज्यको राजनीतिक, आर्थिक, सामाजिक(सांस्कृतिक, प्रशासनिक विकाससँग जोडिएको हुन्छ । नागरिक सचेतनाको स्तर जति बढ्दै जान्छ समग्र राज्यको विकासको गति त्यति नै बढ्दै जान्छ । त्यसैले, नागरिक सचेतना अभिबृद्धि गर्दै सिकेको, बुझेको र अनुभव गरेको विषय ब्यहारमा उर्तानु समेत अत्यावश्यक छ ।

नागरिक कर्तव्य र दायित्व

नागरिक राज्य तथा राष्ट्र निर्माणका मेरूदण्ड हुन् । राज्यको समृद्धता, एकता तथा अखण्डता नागरिकको अधिकार, कर्तव्य र दायित्वसँग जोडिएको हुन्छ । जहाँ नागरिकले पर्याप्त अधिकार उपभोग गर्न पाएका हुन्छन् तहाँ नागरिकलाई आफ्नो कर्तव्य र दायित्व बोध भएको हुनुपर्दछ ।

अधिकार, कर्तव्य र दायित्वको धागो एक अर्कासँग सधैँ जोडिएको हुन्छ । अधिकार एउटा नागरिकले समाज र राज्यबाट खोज्ने हो। ऊ नागरिक भएको नाताले अधिकार पाउनु नैसर्गिक छ । अर्कोतिर कर्तव्य र दायित्व समाज र राज्यले नागरिकबाट खोज्ने हो । एउटा नागरिकले अधिकारको उपयोगको साथै राज्य र समाजप्रति केही न केही गर्नुपर्दछ। त्यसैले, नागरिकले समाज र राज्यको हित अभिवृद्धिका लागि गर्नुपर्ने कार्यहरू उसका कर्तव्य र दायित्व हुन् ।

नागरिकले समाज र राज्यका लागि केही दायित्व पूरा गर्नुपर्दछ । त्यस्ता दायित्व र कर्तव्य अरू नागरिकको अधिकार तथा समाज र राज्यको हितसँग जोडिएका हुन्छन् । नागरिकका कतिपय कर्तव्यहरू संविधान तथा विषयगत कानूनमा लिपिबद्ध हुनसक्छन् तथापी कतिपय कर्तव्य र दायित्व सामाजिक व्यवहार, मूल्य मान्यता र नियमले स्वभाविक सृजना गरेका हुन्छन् । कर्तव्य र दायित्व नागरिकलाई अनुशासित बनाउँदै समाज र राज्यसँग जोड्ने साधनहरू समेत हुन् ।

के के हुन् त नागरिकका कर्तव्य र दायित्व ?

नेपालको संविधानको भाग ३ धारा ४८ मा नागरिकका कर्तव्य उल्लेख गरिएको छ । संविधान बमोजिम नागरिकका कर्तव्य देहाय बमोजिम रहेका छन् ।

  • राष्ट्रप्रति निष्ठावान हुँदैँ नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
  • संविधान र कानूनको पालना गर्नु,
  • राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
  • सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नु ।

उपरोक्त संविधानमा उल्लेखित कर्तव्यका अतिरिक्त नागरिकका समग्र कर्तव्य र दायित्वलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

  • संविधान तथा ऐन कानूनको पालना गर्ने
  • राज्यलाई बुझाउनुपर्ने करहरू बुझाउने
  • राज्यका विकास निर्माणका कार्यहरूमा सहभागिता जनाउने
  • आफ्नो अधिकारको उपयोग गर्ने र अरूका अधिकारको समेत सम्मान गर्ने
  • समाजका मूल्य मान्यता, विचार, आदर्शको सम्मान गर्ने
  • निर्वाचनमा भाग लिने र असल प्रतिनिधि चयन गर्ने
  • सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको संरक्षण तथा प्रवर्द्धन गर्न सघाउने
  • राष्ट्रका धरोहर, प्रतिक, प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने र शहिदहरू प्रति सम्मान गर्ने
  • राष्ट्रको सार्वभौमसत्ता, अखण्डता तथा एकता अभिवृद्धिमा सघाउने
  • इमान्दार तथा अनुशासित बन्ने
  • सानालाई माया गर्ने ठूलालाई आदर गर्ने
  • समाजका कुरीति, अन्धविश्वास तथा खराब मूल्य मान्यता हटाउन सघाउने
  • परिवार, समाज र राष्ट्रको विकास र समृद्धिका लागि निरन्तर क्रियाशील रहने
  • शान्ति, सुव्यवस्था तथा न्याय कायम गर्न राज्यका निकायहरूलाई सहयोग गर्ने ।

समग्रमा, भन्ने गरिन्छ हरेक नागरिक बर्दी विनाका सिपाही हुन् । राज्यको हरेक विकास र समृद्धिमा नागरिकको कर्तव्य र दायित्व जोडिएको हुन्छ । राज्य समृद्ध र विकसित कस्तो छ मापनको आधार नागरिकले आफ्नो कर्तव्य र दायित्व कत्तिको पालना गरेका छन् त भन्नेमा रहन्छ । त्यसैले, अधिकार र कर्तव्यबीच सन्तुलन कायम गर्दै समाज र राज्यले माग गरेका सम्पूर्ण कर्तव्य र दायित्व नागरिकले पूरा गर्नै पर्दछ भन्नेमा दुई मत रहँदैन ।

सार्वजनिक प्रशासनमा देखा परेका नवीन प्रवृतिहरु उल्लेख गर्दै नवीन प्रवृतिहरु आउनुका कारणहरु उल्लेख गर्नुहोस् ।

 सार्वजनिक प्रशासन

देशको शासन व्यवस्था संचालन गर्ने स्थायी र कर्मेन्द्रिय संरचना सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासनले राजनीतिको नजिक रहेर शासन,  विकास र सेवा प्रवाहमा सहयोग गरिरहेको हुन्छ । सार्वजनिक प्रशासन निरन्तर चलिरहने गतिशील प्रणाली हो । सरकार एक्लैले मात्र सार्वजनिक प्रशासन व्यवस्थित हुन नसक्ने भएको कारण सार्वजनिक प्रशासनलाई व्यवस्थित र गतिशील बनाउन देहाय बमोजिमका सार्वजनिक प्रशासनमा नवीन प्रवृतिहरु प्रयोग भएको पाइन्छ :
१)  Public Management
  •  सरकार सँगै शासन व्यवस्थामा व्यवस्थापनका प्रकिया र गुणहरु अवलम्बन साथै निजी क्षेत्रहरुका व्यवसायिक गुणहरु सार्वजनिक प्रशासनमा अवलम्बन ।
२) New Public Management
  •  ग्राहक केन्द्रित, बजार केन्द्रित अवधारणा, नतिजातर्फको अभिमूखिकरण, व्यवस्थापन लचकता र प्रत्यक्ष उत्तरदायित्व । मुद्राको मूल्य, कार्यसम्पादन नतिजा र सेवाग्राही सन्तुष्टीमा जोड तथा सरकारले निजी क्षेत्रसँगको सहकार्यमा शूल्क लिएर पनि सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता ।
३) New Public Service
  •  नागरिकलाई ग्राहकमात्र नभई सेवाग्राहीको रुपमा लिनुपर्ने, विश्वव्यापीकरणका नयाँ मानक र मापदण्डको प्रयोग, उत्पादनलाई हैन नागरिकलाई महत्व, सार्वजनिक हितलाई महत्व र जवाफदेहिता हुनुपर्छ भन्ने मान्यता ।
४) New Public Governance
  •  सेवा उत्पादन, व्यवस्थापन र उपयोगमा साझेदार सेवाग्राही
  • सुशासनमार्फत सेवा प्रवाहमा प्रभावकारिता
  • Co-Construction, Co-Production  र Co-Management मार्फत सहशासन ।
५) Multilevel Governance
  •  समन्वय, सहकार्य र सहअस्तित्वमा शासन व्यवस्था संचालन हुनुपर्ने । एक पक्ष र एक तहबाट मात्र शासन व्यवस्था संचालन नहुने भएकोले बहुतह, राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय रुपमा पनि संजालीकृत रुपमा शासन व्यवस्था संचालन हुनुपर्छ भन्ने मान्यता ।
६) Good Governance
  •  सार्वजनिक नीति व्यवस्थापनलाई प्रमुखता दिइने, राजनैतिक सामाजिक विषयलाई एकीकृत गरी सुशासनमा जोड ।
७) New Public Passion
  •  सेवा प्रवाहमा तथा डिजाइन र योजना प्रणालीमा जनताका इच्छा, चाहना र आकांक्षामा जोड ।साथै प्रशासनमा आन्तरिक र बाह्य उत्प्रेरणा जगाई संगठनको गतिशीलतामा जोड दिन्छ ।
यसका साथै
  • E-Governance
  • Responsive Governance
  • Meta Governance
  • Digital Era Governance
  • Networking Governance
  • Good Enough Governance
स्थायी संयन्त्र र योग्यता प्रणालीमा रहेको देशको सार्वजनिक प्रशासनमा यस्ता किसिमका नवीन प्रवृतिहरु आउनुका कारण देहाय बमोजिम रहेका छन् :
  •  शासकीय मूल्यमान्यतामा आएको फरक सोच, परिवर्तन र रुपान्तरण
  • विश्वव्यापीकरण, आर्थिक उदारीकरण, श्रम उदारीकरण र व्यापार उदारीकरणको प्रभाव
  • नवीन विज्ञान प्रविधी र नयाँ अविष्कारको प्रभाव
  •  राज्यको भूमिका र दायरामा भएको विस्तार
  • जनसंख्या वृद्धि, वातावरण सन्तुलन र दिगो विकासमैत्री अवधारणा
  • सार्वजनिक निजी साझेदारी (PPP) को अवधारणा
  •  बढ्दै गएको नागरिक सचेतीकरण, सबलीकरण र सशक्तिकरण
  • मानव हक र अधिकार साथै मौलिक हकको दायरामा आएको विस्तार
  • जनताको Voice, Choice र Right को सम्बोधन गर्न
  • सरकारको संरचना, संसदीय प्रणाली वा व्यवस्था अनुसार
  •  सामाजिक(सांस्कृतिक चालचलन, रितिरिवाज र परम्पराको कारण
  • Global Village को अवधारणा अनुरुप विविध कारणहरुले नवीन प्रवृतिहरु देखा परेको हो ।
तसर्थ,
शासनको प्रभावकारिता सार्वजनिक प्रशासनमा हुने हुदाँ विश्वमा आएको विश्वव्यापीकरण, आर्थिक उदारीकण र निजीकरणको प्रभाव, राज्यको परिवर्तित भूमिका र विकसित नवीन मूल्यमान्यता अनुरुप सार्वजनिक प्रशासनमा नवीन मूल्यमान्यताको अवलम्बन र अनुशरण गरिनु पर्दछ ।

नेपाली भाषा कसरी शुद्ध लेख्ने ? हेर्नुस्- नेपाली भाषामा वर्ण विन्यास

भाषिक शुद्धताले विचार सम्प्रेषणमा सहजता ल्याउँछ । सम्प्रेषणलाई लाभान्वित पक्षसम्म पु¥याउँछ । जीवन्त भाषा बेलाबेलामा परिवर्तन भइरहन्छ । व्यवस्था परिवर्तनसँगै वर्ण विन्यासमा समेत मनग्यै परिवर्तन भएको छ । यसलाई तुरुन्तै आत्मसात गर्न असहज हुन्छ तर कोशिस जारी राखे बानी बस्न सक्छ। आधिकारिक निकाय भन्छ– विद्यालय तहका पाठ्य पुस्तक तथा अन्य सामग्रीमा प्रयोग हुने वर्ण विन्यासमा एकरूपता कायम गर्ने उद्देश्यले नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०६९।०४।२३ को निर्णयबाट यसै साथ संलग्न वर्ण विन्यास स्वीकृत भएकाले नेपाली भाषाका प्रयोक्ता, विद्यार्थी, शिक्षक, प्रशिक्षक, प्राध्यापक, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाको जानकारीका लागि प्रस्तुत गरिएको छ । 
(१) पाठ्यव्रmम विकास केन्द्रबाट प्रकाशित सामग्रीमा व्रmमशः यो वर्ण विन्यास लागु गर्दै लगिने छ र विद्यालयमा यसैअनुसार प्रयोग गर्नुपर्ने छ । विद्यार्थीको लेखन पक्षको मूल्याङ्कन पनि यसैअनुसार हुने छ । 

(२) यसमा क्ष, त्र, ज्ञ, द्व जस्ता वर्ण बाहेक अन्य वर्णलाई लेखन सरलीकरण गरिएको छ भने आगन्तुक, तद्भव र झर्रा शब्दमा पछाडि र पदमध्येमा ह्रस्व इकार उकार र स मात्र प्रयोग गर्ने व्यवस्था गरिएको छ । (३) पाठ्यव्रmम विकास केन्द्रबाट प्रकाशित सामग्रीहरूमा पाठ्यव्रmम विकास केन्द्रले तयार पारेको प्रकाशन शैलीअनुसारको वर्ण विन्यास प्रयोग गर्नुपर्छ ।



वर्ण विन्यास

१.     तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास

१.१. तद्भव शब्द

शब्दादि र शब्दमध्यमा ह्रस्व
१.१.१ तद्भव शब्दको शब्दादि र शब्दमध्यको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः सुन, नुन, थपिनी, नुनिलो, कलिलो, बलियो, सजिलो, बारुलो, बाहिर, भित्र, बित्तिकै, खातिर, निम्ति, पहिलो, माहिलो, गहिरो, रसिलो, बटुवा, हचुवा, झिलिक्क, तिरिरी, फिरिरी, सिरिसिरी आदि ।
१.१.२ संस्कृत (तत्सम) निकट ठानेर परम्परागत रूपमा शब्दादि र शब्दमध्यमा दीर्घ लेखिएका तद्भव शब्दलाई ह्रस्व लेख्ने । जस्तै ः निलो (नील), किरो (कीट), घिन (घृणा), किलो÷ खिल, (कील), खिर (क्षीर), दियो (दीप), पिर (पीडा), पिरो (पीडक), गहिरो (गभीर), चिसो (शीत), बिउ (बीज), जिउ, (जीव), धुलो (धूलि), धुवाँ (धूम), सुरो (शूर), मुसो (मूषक), मुला (मूल) आदि ।
१.१.३ परम्परागत रूपमा दीर्घ लेखिने शब्दहरू पनि तद्भव नै भएकाले तिनको शब्दादि र शब्दमध्येको इकार (इ), उकार (उ) लाई ह्रस्व लेख्ने । जस्तै ः तितो, मिठो, तिखो, पिठो, बुढो, ढिटो, दुध, मित, रुख, रुखो, रुगा, फुल, कपुत, सपुत, चुन, चुक, चिल, बिच, सिप, दिगो, ठिक, पुरा, ठुलो, मुत, भिख, भिर, भुल ।
१.१.४ तत्सम शब्दमा तद्भव प्रत्यय लागेमा तिनको इकार र उकार ह्रस्व लेख्ने । जस्तै : पुर्बेली (पूर्व+एली), मुख्र्याइँ (मूर्ख+याइँ, बर्सेनि (वर्ष+एनि), बर्से (वर्ष+ए), पुस्ट्याइँ (पुष्टि+याइँ, दुस्ट्याइँ (दुष्ट+याइँ, धुत्र्याइँ (धूर्त+याइँ, दर्साउनु (दृश्+आउनु, बिरक्तिनु (विरक्ति+नु, ब्यक्तिनु (व्यक्त+इनु, अम्सियार (अंश+इयार), स्विकार्नु (स्वीकार+नु, प्रस्टिनु (प्रस्ट+इनु आदि ।
१.१.५ सङ्ख्यावाचक शब्दलाई निम्नानुसार लेख्ने । जस्तै : एक, दुई, तिन, चार, पाँच, , सात, आठ, नौ, दस, एघार, बार, तेर, चौध, पन्ध्र, सोर, सत्र, अठार, उन्नाइस, बिस, एक्काइस, बाइस, तेइस, चौबिस, पच्चिस, छब्बिस, सत्ताइस, अठ्ठाइस, उनन्तिस, तिस, एकतिस, बत्तिस, तेत्तिस, चौतिस, पैँतिस, छत्तिस, सैतिस, अठतिस, उनन्चालिस, चालिस, एक चालिस, बयालिस, त्रिचालिस, चवालिस, पैँतालिस, छयालिस, सतचालिस, अठचालिस, उनन्चास, पचास, एकाउन्न, बाउन्न, त्रिपन्न, चउन्न, पचपन्न, छपन्न, सन्ताउन्न अन्ठाउन्न, उनन्साठी, साठी, एकसट्ठी, बयसट्ठी, त्रिसट्ठी, चौसट्ठी, पँैसट्ठी, छयसट्ठी, सतसट्ठी, अठसट्ठी, उनन्सत्तरी, सत्तरी, एकहत्तर, बहत्तर, त्रिहत्तर, चौहत्तर, पचहत्तर, छ्यहत्तर, सतहत्तर, अठहत्तर, उनासी, असी, एकासी, बयासी, त्रियासी, चौरासी, पचासी, छयासी, सतासी, अठासी, उनानब्बे, नब्बे, एकानब्बे, बयानब्बे, त्रियानब्बे, चौरानब्बे, पन्चानब्बे, छयानब्बे, सन्तानब्बे, अन्ठानब्बे, उनान्सय, सय ।
१.१.६ शब्दान्तमा दीर्घ लेखिने शब्द प्रत्यय लागेपछि ह्रस्व लेखिने छन् । जस्तै : असिऔँ(असी+औँ, साठिऔँ(साठी+औँ, सत्तरिऔँ(सत्तरी+औँ, त्रिसट्ठिऔँ(त्रिसट्ठी+औँ) दुइटा (दुई + ओटा) आदि ।
१.१.७ आद्यक्षरमा थोप्लोे नदिई एउटै डिकोमा लेखिएमा सङ्क्षिप्त शब्दका आदि र मध्य इकार ह्रस्व लेख्ने । जस्तै ः सिडिओ, युनेस्को, युनिसेफ, बिबिसी आदि । थोप्लोे दिएर लेखिएमा भने एकाक्षरी इकार दीर्घ नै लेख्ने । जस्तै ः सी.डी.ओ., बी.बी.सी. आदि ।
१.१.८ अनुकरणात्मक शब्दको बिचमा आउने इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः टिलिक्क, मिलिक्क, सिनित्त, सुलुत्त, हुलुक्क, झिलिमिली, सिरिरी तुरुरु, भुरुरु, टुलुटुलु आदि ।
शब्दान्तमा ह्रस्व इ, उ हुने शब्दहरू
१.१.९ नाताबोधक पुलिङ्गी शब्दको शब्दान्तमा रहेका इ, उ ह्रस्व लेख्ने । जस्तै ःज्वाइँ, दाइ, भाइ, पति, पनाति, जेठाजु, दाजु, फुपाजु, भिनाजु आदि ।
१.१.१० आइ, याइँ, आउ, आरु, आलुुु, एलु प्रत्यय लागेर बनेका शब्दहरूको इकार उकार प्रत्ययअनुसार नै ह्रस्व लेख्ने । जस्तै : पढाइ, लेखाइ, कमाइ, लमाइ, दुस्ट्याइँ, बुढ्याइँ, रोपाइँ, घेराउ, चुनाउ, टिकाउ, बिकाउ, सिकारु, हटारु, बढालु, इखालु, मैतालु, घरेलु आदि ।
१.१.११ केही अव्यय शब्द र विभक्तिसमेतको अन्त्यको इ ह्रस्व लेख्ने । जस्तै ः अगाडि, पछाडि, अगि, पछि, वारि, पारि, माथि, मुनि, खेरि, फेरि, भरि, वरिपरि, लागि, निम्ति, देखि, किनकि, अनि, पनि, तापनि, हगि, कुन्नि, चाहिँ । तर ही र हीँ प्रत्यय लागेका यही, कहीँ, यहीँ, त्यहीँ र लाई विभक्ति भने दीर्घ लेख्ने ।
१.१.१२ परिमाण जनाउने शब्द ह्रस्व लेख्ने । जस्तै ः कति, यति, उति, जति, त्यति, अलि आदि ।
१.१.१३ लघु वा प्रिय अर्थमा आउने उकार ह्रस्व लेख्ने । जस्तै ः कालु, रामु, बाबु, बच्चु, सानु, नानु, छोटु आदि ।
१.१.१४ उकारान्त नाम, विशेषण र अव्यय ह्रस्व लेख्ने । जस्तै ः नाम– भाउ, दाउ, घिउ, जिउ, आलु, केराउ, बिउ, सिरु, हिउँ, उनिउँ, पनिउँ आदि । गाउँ, ठाउँ, मुगु, चाँगु, साँखु, बालाजु, तनहुँ, टेकु, हेलम्बु, चिसङ्खु, सोलु, काहुँ आदि । लिखु, मलेखु, बल्खु, सोलु आदि । साहु, भालु आदि । लिम्बु, खम्बु, वाम्बु, याम्फु, हिन्दु, ज्यापु, थारु, हायु, कोयु, आदि ।
विशेषण– चालु, उल्लु, छटटु, ढड्डु, मट्ठु, लद्दु, पत्रु, पिट्ठु, पिछलग्गु, दुधालु, सिकारु, बिकाउ, लागु, ठालु, लडाकु आदि ।
अव्यय– सामु, आच्छु, आत्थु, उहु ।
१.१.१५ समापक छु र हु व्रिmयापदको उकार ह्रस्व लेख्ने । जस्तै ः म राम्रो छु । म नेपाली हुँ । म फलफुल खान्छु ।
शब्दान्तमा दीर्घ ऊ हुने शब्दहरू
१.१.१६ सबै स्त्रीलिङ्गी शब्दहरूको इकार र उकार दीर्घ लेख्ने । जस्तै ः उकारान्त नामपद ः केटी, रानी, दिदी, गाई, माई, भैँसी
नाताबोधक शब्द ः भाउजू, फुपू, सासू, माइजू आदि ।
१.१.१७ निर्जीव वस्तु जनाउने इकारान्त शब्दहरू दीर्घ लेख्ने । जस्तै ः ठेकी, दही, मही, कोदाली, टोपी, छाती, मसी, बारी, बाली, कागती, नासपाती आदि ।
केही सजीव नामका अन्त्यमा आउने इकार दीर्घ लेख्ने ः जोगी, सम्धी, हात्ती, खसी आदि ।
१.१.१८ नामबाट बनेका भाववाचक इकारान्त नाम दीर्घ लेख्ने । जस्तै ः गरिबी, साझेदारी, इमानदारी, खरदारी, मास्टरी, डाक्टरी, खेती, नोकरी आदि ।
१.१.१९ नदी र स्थानवाचक इकारान्त नाम दीर्घ लेख्ने । जस्तै ः कन्काई, सेती, कोसी, रोसी, भेरी, राप्ती, कर्नाली, मादी, माडी, मेची, कास्की, डोटी, गुल्मी, इटली, दिल्ली, जिरी, सिन्धुली, देउखुरी, सुनसरी आदि ।
१.१.२० स्थानवाचक विशेषण र अन्य विशेषणको अन्त्यको इकार दीर्घ लेख्ने । जस्तै ः झापाली, पाल्पाली, गुल्मेली, स्याङ्जाली, अमेरिकाली, रसियाली, अफ्रिकी, जुम्ली, सुर्खेती आदि । खाली, अल्छी, जाती, पाजी, लाछी, सिल्ली, दामी, असली, कानुनी, देखावटी आदि ।
१.१.२१ थर, पेसा बुुझाउने शब्दको अन्त्यको इकार दीर्घ लेख्ने । जस्तै ः अधिकारी, राई, कामी, छेत्री, भट्टराई, बजगाईँ, पुजारी, डकर्मी, धोबी, तेली आदि ।
१.१.२२ जाति, वर्ग, भाषा आदि जनाउने शब्दको अन्तिम इकार दीर्घ लेख्ने तर उकार भने ह्रस्व
लेख्ने । जस्तै ः नेपाली, अङ्ग्रेजी, बङ्गाली, हिन्दी, तेलगु, उर्दु आदि ।
१.१.२३ सर्वनाम शब्दको अन्त्यको इकार र उकार दीर्घ लेख्ने । जस्तै ः तिमी, हामी, उनी, यी, ती, तपाईं, आफू, , अरू आदि ।
१.१.२४ समापक स्त्रीलिङ्गी क्रियापदको अन्त्यको इकार दीर्घ लेख्ने । जस्तै ः गई, पढी, हिँडी, बसी, पढाई, सुताई
बहिनी घर गई । बहिनीले उपन्यास पढी ।
१.१.२५ ‘एर’ प्रत्ययान्त कृदन्त क्रियाका सट्टामा प्रयोग हुने कृदन्त क्रियाको इकार पनि दीर्घ लेख्ने । जस्तै ः आई (आएर), सकी (सकेर), देखाई (देखाएर) उनीहरूले कलम किनी (किनेर) मलाई दिए ।
१.१.२६ शब्दान्तमा आउने इच्छार्थक तथा आज्ञार्थक क्रियापदको उकार दीर्घ लेख्ने), जस्तै ः जाऊ, खाऊ, बसूँ, हेरूँ, देखाऊ, जानू, पढ्नू आदि ।
इच्छार्थक क्रियापदको बिचको उकार दीर्घ लेख्ने । जस्तै ः जाऊन्, खाऊन्, उडून्, बाँचून्, बसून्, देखून् आदि ।
१.१.२७ री÷अरी, तरी, ती र ई मा टुङ्गिने क्रियायोगी शब्दहरूको इकार दीर्घ लेख्ने । जस्तै ः यसरी, उसरी, यस्तरी, उस्तरी, कसरी, कस्तरी, यस्तरी, राम्ररी, बरबरी, दनदनी, सरसर्ती, फनफन्ती, ट्वालट्वाल्ती, तरतरी, सरासरी, फिरिरी, सिरिरी, तिरिरी आदि ।
१.१.२८ पृथक र स्वतन्त्र रूपमा प्रयोग हुने दीर्घ इकारान्त शब्दहरू समास भएपछि पनि यथावत् लेख्ने । जस्तै ः स्वामीभक्त, भेडीगोठ, जडीबुटी, हात्तीवन, मैत्रीपूर्ण, नालीबेली, बोलीचाली, हाँसीखेली, कोरीबाटी आदि ।
१.१.२९ नेपालीमा श्रुतिसम भिन्नार्थी (समध्वनिक) शब्दहरू धेरै छन् । तद्भव र आगन्तुक स्रोतका समध्वनिक भिन्नार्थी शब्द समलिपि चिह्नमा लेख्ने । जस्तै ः गोल, ताल, माल, मेल, दर फुल, जुन, पुरा, तिन आदि ।
कुखुराले फुल पा¥यो । दिदीले बगैँचाको फुल टिपेर माला उनिन् । मकैका फुल उठे । मैले तिन ओटा कलम किनेँ । तिनले बिहामा मलाई बोलाए । जुन अस्ताए । जुन मान्छे मकहाँ आयो, त्यो मेरो साथी हो ।
१.१.३० बहुवचन जनाउने ‘हरू’ तथा आदर जनाउने ‘ज्य’ू दीर्घ लेख्ने । जस्तै ः भाइहरू, उनीहरू, सम्पादकज्यू, प्रधानमन्त्रीज्यू इत्यादि ।
१.२ आगन्तुक शब्द
१.२.१ शब्दादि र शब्दमध्यमा आउने इकार र उकार तद्भवकै नियमअनुसार ह्रस्व लेख्ने । जस्तै : गरिब, कानुन, सिफारिस, महिना, तालिम, अजिब, रसिद, सहिद, इन्जिन, इन्जिनियरिङ, एसोसिएसन, भिटामिन, टेलिभिजन, युरोप, न्युजिल्यान्ड, थाइल्यान्ड, न्युरोड, न्युयोर्क आदि ।

१.२.२ आगन्तुक शब्दमा रहेको श, ष र स मध्ये दन्त्य सकार मात्र लेख्ने । जस्तै ः सिफारिस, सहर, सहिद, सुरु, रुस, स्टेसन, स्टुडियो, मास्टर, रजिस्टर, एभरेस्ट, पोस्ट, इन्स्टिच्युट, एसोसिएसन आदि । तर तालव्य श लेख्ने गरिएका नाम, थर र पदवीमा भने तालव्य ‘श’ नै प्रयोग गर्ने । जस्तै : जोशी, शाह, कुशवाह, शेर्पा, शेरबहादुर आदि ।
१.२.३ तद्भव र आगन्तुक शब्दको संयुक्त व्यञ्जनमा अल्पप्राणपछि महाप्राण वर्ण आउने हुँदा सोहीअनुसार लेख्ने । जस्तै : सम्हाल्नु, ल्हासा, ल्होसार, म्हेन्दु, पासाङ ल्हामु, च्छोरोल्पा आदि ।
१.३ हलन्त र अजन्त सम्बन्धी
व्यञ्जन वर्णलाई हल् र स्वर वर्णलाई अच् पनि भन्दछन् । कुनै अक्षर वा शब्दका अन्त्यमा व्यञ्जन आएमा त्यस्ता वर्णलाई हलन्त भनिन्छ । हलन्त वर्ण प्रायः तिन किसिमले लेखिन्छन् । नेपालीमा ङ, , , , , , , ह लाई आधा अक्षरमा लेख्न नमिल्ने भएकाले यिनलाई हलन्त बनाउँदा सधैँ खुट्टा काटेर ( ङ्, छ् आदि), (सङ्लिनु, भद्दा, भट्टी, पड्किनु आदि) लेख्ने चलन छ । च, , भ जस्ता ठाडो धर्को (पाई भएका वर्णलाई ठाडो धर्को हटाएर ( च्, ज्, भ् ) शब्दको आदि र मध्यमा हलन्त(बच्चा, मन्दिर, बाल्टिन) बनाइन्छ । क, , फ मा भने हात भाँचेर ( क् …) हलन्त (पक्का, सक्छिन् बनाइएको पनि पाइन्छ । शब्दमा हलन्त सम्बन्धी केही सामान्य उदाहरण निम्नानुसार छन् ः
१.३.१ नाम, सर्वनाम र विशेषण शब्दको उच्चारण गर्दा अन्त्यमा हलन्त उच्चरित भए पनि लेख्दा अजन्त लेख्ने । जस्तै ः राम, भात, झ्याल, काम, धान, धुतार, असल, खराब, इमान आदि । सङ्क्षिप्त शब्दमा पनि हलन्त उच्चारण भए पनि अजन्त नै लेख्ने । जस्तै ः एम.ए, एम.एड, बी.एड, बी.एस्सी, एस.एल.सी. उच्चारण हलन्त हुने आगन्तुक शब्दलाई पनि अजन्त नै लेख्ने । जस्तै ः रिजल्ट, सिमेन्ट, बल्ब, फिल्ड, फर्म आदि ।
१.३.२ प्रत्यय लागेपछि शब्दमध्यमा परेको आधार अंश पहिले अजन्त लेखिने भए सोहीअनुसार अजन्त नै लेख्ने । जस्तै ः इमानदार, जमिनदार, लेखनदास आदि ।
१.३.३ द्वित्व स्थितिका अनुकरणात्मक शब्दमा हलन्त उच्चारण भए पनि अजन्त लेख्ने । जस्तै ः फरफर, सरसर, फनफन, मिरमिर, खलखल, चमचम, सरसरी ।
१.३.४ इच्छार्थक उकारान्तबाहेकका क्रियापदमा उच्चारणअनुसार लेख्ने । जस्तै ः भन्, भनेस्, आएस्, भनिन्, पढिन्, बसिन् । भनिन, गरिन, खाइन, बसिन आदि । भन्छ , भन्दिनँ, भन्यो, खानु, भन्नु आदि ।
१.४ ब र व सम्बन्धी
तद्भ् व र आगन्तुक शब्दमा उच्चारणअनुसुसार (ब) अथवा (व) लेख्ने । जस्तै ः ‘ब’ को उच्चारण– बकुल्लो, बखत, बापत, बाकस, बाल्टी, बहिनी, बाछिटा, बाटो, बाहिर, बाङ्गो आदि । ‘व’ को उच्चारण– वकिल, पावर, वजन, वाकवाक, वारपार, वारिस, बेवास्ता, फेवा, मेवा, सरुवा आदि ।
१.५ शिरबिन्दु, चन्द्रबिन्दु र पञ्चम वर्णको प्रयोग
१.५.१ शिरबिन्दु
, , , , , , , हका अघि अनुनासिक उच्चारण भएमा शिरबिन्दु प्रयोग गर्ने । जस्तै ः संवाद, संयम, संरचना, संरक्षण, संलग्न, संवत्, वंश, संसार, हंस, अंश, संहार आदि ।
१.५.२ तद्भव र आगन्तुक शब्दमा आउने अननुनासिक स्वरलाई उच्चारणअनुसार नै चन्द्रबिन्दु ( ँ) लेख्ने । जस्तै ः गएँ, खाएँ, गाउँछ, आउँछ, काँठ, आँप, अँध्यारो, उँभो, सँग, काठमाडौँ, हुँदा, गरिँदै, दसैँ, नवौँ, पाँचौँ आदि ।
१.५.३ तद्भव र आगन्तुक शब्दमा रहेकेको पञ्चम वर्णलाई उच्चारणअनुसुसार (ङ) (न) र (म) नै लेख्ने । जस्तै ः करङ, अङ्ग्रेजी, चङ्गा, अङ्गुर, सन्काहा, सिन्का, सन्चै, मान्छे, कान्छा, हुन्छ, भान्जा, झन्झट, जन्जाल, अन्डा, झन्डा, टन्टा, हन्डर, इन्जेक्सन, गन्जागोल, पन्ध्र, कम्पाउन्डर, बन्डल, लन्डन, पन्डाल, प्यान्ट, सेन्टर, सुपरिन्टेन्डेन्ट, जिन्सी आदि ।
१.५.४ हलन्त ङ मात्र उच्चारण हुने शब्दमा ङग् नलेखेखी ङ मात्र लेख्ने । जस्तै ः गुरुङ, तामाङ, मनाङ, मोरङ, बागलुङ, दाङ, बझाङ, दार्जिलिङ, हङकङ, करङ, इन्जिनियरिङ, बोर्डिङ, बिल्डिङ, ट्रेनिङ । छर्लङ्ङ, तुर्लुङ्ङ, फुरुङ्ङ, फुङ्ङ, खङ्रङ्ङ, छ्याङ्ङ, दङ्ङ आदि ।
१.६ पदयोग र पद वियोग
पदयोग हुने शब्दलाई एउटै डिकोमा र पदयोग नहुने शब्दलाई भिन्नभिन्न डिकोमा लेख्ने, जस्तै ः रामसित (पदयोग ः सही) राम सित (पद वियोग ः गलत) रामका लागि (पद वियोग ः सही) रामकालागि (पदयोग ः गलत)
पदयोग
१.६ .१ विभक्ति र वचनबोधक प्रत्यय पदयोग गरी लेख्ने । जस्तै ः रामले, रामलाई, रामको, घरमा, रुखबाट, सडकदेखि काठहरू, भाइहरू, बहिनीहरू ।
१.६.२ नामयोगीलाई पदयोग गरी लेख्ने । जस्तै ः रामसँग, रामसित, घरसम्म, बाटामुनि, घरतिर, प्वालबिच, पूर्वपट्टि, घरतर्फ, सुन्तलाबाहेक, पानसमेत, भनेबमोजिम, कानुनबमोजिम, आदेशमुताबिक, शिक्षकलगायत, विभागअन्तर्गत, नियमअनुरूप, हाकिमसमक्ष, हुलाकमार्फत, कानुनप्रतिकूल, आदि । (पछि, अघि, पूर्व, मुनि, माथि, वारि, बिच, भित्र, बाहिर, तर्फ, तिर, सामु, भन्दा, सम्म, पट्टि, तक, सँग, सित, बाहेक, समेत, समक्ष, मार्फत, पर्यन्त, उपर, लगायत, बमोजिम,
सम्मत, अनुसार, मुताबिक, अन्तर्गत, अनुरूप, अनुकूल, प्रतिकूल आदि नामयोगी हुन् ।)
१.६.३ कुनैै दुई शब्दका बिच समास भएर बनेका दुई दुई लिपि चिह्नमा लेखिने शब्दहरूलाई
पदयोग गरी लेख्ने । जस्तै ः दालभात, धनमाल, घरबारी, खानाखर्च, आमाबाबु, खेलकुद, गृहत्याग, जन्मजात, रोगमुक्त,
घरधनी, भान्साघर, अर्थमन्त्री । द्रष्टव्य ः संयुक्त वर्णलाई पनि यहाँ एउटै लिपि मानिएको छ ।
१.६.४ आधार तत्वसित समस्त (समास भएका) भएमा बद्ध प्रकृतिका अथवा प्रत्ययवत् भई आएका शब्दको अंश पदयोग गरी लेख्ने । जस्तै ः नाटककार, इतिहासकार, श्रममूलक, आत्मपरक, बलपूर्वक, केन्द्रीकरण, नामकरण, हानिकारक, वस्तुगत, विकासशील, समयबद्ध, कार्यरत, सन्तोषजनक, उत्तरदायी, विस्मयकारी, प्रश्नवाची, शीर्षस्थ, शिक्षाप्रद, जबाफदेही आदि ।
१.६.५ रूपमा÷रूपले भन्ने अभिप्रायमा क्रियायोगीको कार्य जनाउन पदान्तमा देखिने स्वरूप शब्द अगिल्लो नामिक अंशसित जोडेर लेख्ने । जस्तै ः फलस्वरूप, परिणामस्वरूप, प्रमाणस्वरूप, उपहारस्वरूप, परिणामस्वरूप ऊ मसँग रिसायो । उसले मलाई उपहारस्वरूप दुइटा कलम दियो । मैले प्रमाणस्वरूप एउटा चिठी पेस गरेँ ।
१.६.६ परिवर्तित वा आंशिक परिवर्तित भएर बनेका अनुकरण जनाउने वा नजनाउने द्वित्व शब्द पदयोग गरी लेख्ने । जस्तै ः सुलसुल, फुरफुर, चटचट, फनफन, तनतन, कुरुङकुरुङ, तिरमिर, लटरपटर, तडकभडक, आलोपालो, आनीबानी, ओल्टोकोल्टो, गरगहना, भातसात, बल्लतल्ल, जोडजाड, असिनापसिना, ससानो, आआप्mनो, ठुलठुलो, दौडादौड, रिसारिस आदि ।
१.६.७ अकरणको ‘न’ लाई पदयोग गरी लेख्ने । जस्तै ः नखेल, नजा, नदेखाऊ, जाँदैन, पढ्दैनथ्यो, पढ्दैन, खान्नँ, भन्दिनँ आदि ।
१.६.८ सन्धि हुँदा विकार भएर बनेका समस्त शब्द वा संयुक्त क्रियासमेत पदयोग गरी लेख्ने । जस्तै ः मन्त्रालय, विद्यालय, सूर्योदय, जन्मोत्सव, दिव्योपदेश, सान्दिदी, मनोव्यथा, अत्यावश्यक, निजात्मक, नियमानुसार, कपडछान, घोडचढी, रतन्धो, भन्दिनु, भन्ठान्नु आदि ।
१.६.९ संयुक्त क्रियामा आउने निम्न लिखित कृदन्त अंशलाई पदयोग गरी लेख्ने । जस्तै ः जानुपर्छ, गर्नुपर्छ, आउनुपर्छ, जानुप¥यो, गर्नुपरेको छ । जानुहोस्, आउनुहोस् । खानुहुन्छ, आउनुहुन्छ । पढिहाल्छ, गइसक्छ, लेखिदिन्छ, दिइसकिहाल्यो, हेरिरहन्छ ।
१.६.१० नाम र थरका बिचमा आउने मध्यवर्ती नामलाई एकै डिकोमा जोडेर लेख्ने । जस्तै ः रामबहादुर थापा, खगेन्द्रप्रसाद भट्टराई, परशुनारायण चौधरी, सुरेशराज मैनाली
पद वियोग
१.६.१० विभक्तिपछि आउने नामयोगीलाई पद वियोग गरी लेख्ने । जस्तै ः रामका लागि, घरदेखि माथि, भाइको समेत, त्यसको भन्दा आदि ।
१.६.११ शब्दान्तमा बद्ध अक्षर भएका (व्यञ्जनान्त) दुईभन्दा बढी लिपि चिह्नमा लेखिने तथा दुई वा दुईभन्दा बढी अक्षर (सिलेबेबल) मा उच्चरित हुने समस्त शब्दहरूलाई अलग डिकोमा लेख्ने । जस्तै ः नेपाल सरकार, नगर विकास, सडक सुधार, समाज सेवा, मानव धर्म, अध्ययन प्रतिवेदन, परिवार नियोजन, मानव अधिकार, संविधान सभा, समापन समारोह
श्रम विभाग, वन संरक्षण, देश विकास, हर्ष बढाइँ, मौरी पालन, शिक्षा विभाग, जीवन रक्षक, सञ्चार गृह, सुरक्षा व्यवस्था, फलफुल पसल आदि ।
१.६.१२ सार्थक द्वित्व शब्दलाई पद वियोग गरी लेख्ने । जस्तै ः जो जो, को को, जे जे, के के, जुन जुन, कुन कुन, जति जति, जहाँ जहाँ, के कस्तो, वन वन, सडक सडक, राम्रो राम्रो, मिठो मिठो, हुन्छ हुन्छ, बस्यो बस्यो ।
१.६.१३ संयुक्त क्रियामा आउने निम्न लिखित कृदन्त अंशलाई पद वियोग गरी लेख्ने । जस्तै ः पढ्नु छ, देखाउनु छ, सुनाउनु थियो । पढ्ने छ, जाने छ, बताउने छ, देखाउने थियो । सुनेको छ, भनेको थियो । खाँदो छ, खाँदो थियो, हिँड्दै छ, आउँदै थियो । खान हुन्छ, आउन हुन्छ, पढ्न सक्छ, हिँड्न सक्थ्यो । खाए हुन्छ, गए हुन्छ, आए हुन्थ्यो, देखाए होला ।
हेरेको हे¥यै, सुनेको सुन्यै । यस्तै नामिक क्रियासित आउने नाम अलग डिकोमा लेख्ने, जस्तै ः मन पर्नु, देखा पर्नु, हाम फाल्नु, उजुर गर्नु आदि ।
१.६.१४ रीति जनाउने इकारान्त व्रिmयालाई अगिल्लो शब्दसँग पद वियोग गरी लेख्ने । जस्तै ः ढिलो गरी, सजिलो गरी, सुनिने गरी, देखिने गरी आदि ।
१.६.१५ विशेषण र विशेष्य (नाम) ढाँचाका शब्दलाई पद वियोग गरी लेख्ने । जस्तै ः निम्न माध्यमिक, निम्न लिखित, शुभ दिन, शुभ कामना, पेय जल, शुद्ध दुध, नगदे बाली, भित्ते पात्रो, पूर्ण रूपले, भव्य रूपमा, उच्च शिक्षा, शिष्ट व्यवहार आदि ।
१.६.१६ निपातहरू पद वियोग गरी लेख्ने । जस्तै ः म त, राम नै, बहिनी पो, हरि झैँ । हरि चाहिँ मसँग रिसायो । भाइ मात्र चौरमा दौड्यो । ऊ कहिले जान्छ खै ? यति पाठ पढ ल ।
१.६.१७ जना, ओटा जस्ता कोटिकर शब्दलाई अलग डिकोमा लेख्ने । जस्तै ःपाँच जना केटा, चार ओटा गाई, सात भाइ छोरा, दस जना मान्छे ।
१.६.१८ विभाजक न लाई पद वियोग गरेर लेख्ने । जस्तै ः न राम न श्याम आयो आदि ।
१.६.१९ जस्तो, जस्तै, जत्रोे, जसरी, झैँ, सरि आदि तुुलनाबोधक शब्दका अगाडि आउने नाम, सर्वनाम आदिसँग पद वियोग गरी लेख्ने । जस्तै ः राम जस्तो, हिमालय जत्रो, हामी जस्तै, बताए जस्तै, देखाए जसरी । राधा झैँ राम्री, बाँस झैँ लामो, गाई सरि साधु ।
१.६.२० व्यक्ति, जाति, स्थान आदि शीर्ष नामको परिचय जनाउने शब्दलाई अलग डिकोमेमा लेख्ने । जस्तै ः कास्की जिल्ला, रारा ताल, कोसी नदी, गुरुङ जाति, नारी समाज, शिक्षक वर्ग, माघ, महिना, बुद्ध धर्म आदि ।
१.६.२१ दुईभन्दा बढी शब्दबाट बनेका समस्त (समास भएका) शब्दलाई पद वियोगमा लेख्ने । जस्तै ः दाल, भात, तरकारीस मन, वचन, कर्मस तन, मन, धनस गाँस, बास, कपास । मानव अधिकार आयोग, लोक सेवा आयोग, नेपाल विद्युत् प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
२. तत्सम शब्दको वर्ण विन्यास
२.१ निम्न लिखित तत्सम शब्दहरूलाई संंस्कृतकै नियमानुुसार वर्ण विन्यास मिलाई लेख्ने । जस्तै ः स्मरण, प्रशासन, वन, वेला, सन्देह, राष्ट्रिय, भवदीय, कृति, मति, उच्चारण, शङ्का, विलय, क्षति, स्वयम्, क्षेत्र, शरीर आदि ।
२.२ तत्सम शब्दमा आएको ङ, , , , म लाई यी वर्णभन्दा परवर्ती स्पर्श वर्ण (‘क’ देखि ‘म’ सम्मका वर्ण भए सो स्पर्श वर्णको सवर्गीय पञ्चम वर्ण लेख्ने । जस्तै ः
२.२.१ ‘क’ वर्गभन्दा अगाडि ‘ङ्’ लेख्ने । जस्तै ः शङ्का, अलङ्कार, शङ्ख, मृदङ्ग, गङ्गा, अङ्ग, सङ्गठन, सङ्घ, सङ्घर्ष आदि ।
२.२.२ ‘च’ वर्गभन्दा अगाडि ‘ञ्’ लेख्ने । जस्तै ः सञ्चय, चञ्चल, लाञ्छना, वाञ्छा, सञ्जाल, पुञ्ज, झञ्झा …
२.२.३ ‘ट’ वर्गभन्दा अगाडि ‘ण्’ लेख्ने । जस्तै ः कण्टक, घण्टा, कण्ठ, खण्ड, पिण्ड, गण्डकी, खण्डित, खण्डन, कुष्माण्ड, दण्ड, शण्ढ, मृदण्ड, मार्कण्डेय आदि ।
२.२.४ ‘त’ वर्गका अगाडि ‘न्’ लेख्ने । जस्तै ः सन्ताप, देहान्त, अन्तिम, तन्तु, सन्तृप्त, सन्त्रास, ग्रन्थी, पन्थ, मन्थन, सन्देश, सन्दर्भ, सन्देह, आनन्द, आन्दोलित, मन्द, प्रबन्ध, सन्ध्या, निबन्ध, सन्धि, उन्नति, सन्निकट आदि ।
२.२.५ ‘प’ वर्गका अगाडि ‘म्’ लेख्ने । जस्तै ः सम्पर्क, सम्पादन, सम्प्रदाय, सम्परीक्षण सम्प्रेषण, पम्फा, सम्बन्ध, सम्बन्धित, सम्बोधन, सम्भव, सम्भोग, सम्भ्रान्त, सम्मेलन, सम्मुख, सम्राट आदि ।
तर तत्सम शब्दमा पञ्चम वर्णभन्दा परवर्ती (य, , , , , , , , वर्ण भए पञ्चम वर्णर्कको सट्टा अनुस्ुस्वार ( ं लेख्ने । जस्तै ः ‘य’ परतिर हुँदा ः संयम, संयुक्त, संयोग । ‘र’ परतिर हुँदा ः संरचना, संरक्षित, संरक्षण । ‘ल’ परतिर हुँदा ः संलग्न, संलाप । ‘व’ परतिर हुँदा ः संविधान, संवत्, संवाद । ‘श’ परतिर हुँदाः संशोधन, संश्रय, संशय । ‘स’ परतिर हुँदा ः संसार, संसर्ग, संसद् । ‘ह’ परतिर हुँदाः संहार, संहिता
२.३. ह्रस्वदीर्घ सम्बन्धी
२.३.१ शब्दादिमा ह्रस्व इ वा उ हुने शब्दहरू
२.३.१.१ वि, नि, निस्, निर्, सु, उप, उत्, दुुस्, दुर् उपसर्ग लागेका शब्दहरूको शब्दादिको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः विचार, विनाश, विजय, निपात, निश्चय, नियोग, सुमार्ग, सुकुमार, सुपाच्य, उपचार, उपहार, उपकार, उत्खनन, उत्पात, उत्पत्ति, दुर्गम, दुर्विचार, दुर्बल आदि ।
२.३.१.२ द्वि, त्रि भएका सङ्ख्यावाची शब्दमा इकार ह्रस्व लेख्ने । जस्तैः द्विबाहु, द्विमुख, त्रिकोण, त्रिजटा, त्रिभुज, त्रिपिटक, त्रिशङ्कु, त्रिफला आदि ।
२.३.२ शब्दमध्यमा ह्रस्व इ वा उ हुने शब्दहरू
२.३.२.१ अति, अधि, अनु, प्रति, परि, अभि उपसर्ग लागेका शब्दहरूको शब्दमध्यको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः
अतिरिक्त, अतिवाद, अतिशय, अधिकार, अधिवक्ता, अनुहार, अनुकरण, प्रतिव्रिmया, प्रतिगामी, परिकल्पना, परिव्रmमा, अभियोग, अभिनन्दन आदि ।
२.३.२.२ इक, इका, इत, इम, इमा, इष्ठ, उक प्रत्ययहरूको इकार र उकार ह्रस्व लेख्ने । जस्तै ः प्राज्ञिक, भाषिक, लेखिका, नायिका, गायिका, रचित, हेलित, पण्डित, स्वर्णिम, अग्रिम, आदिम, गरिमा, नीलिमा, महिमा, कनिष्ठ, वरिष्ठ, गरिष्ठ, जागरुक, भावुक, कामुक आदि ।
२.३.२.३ शब्दान्तमा दीर्घ लेखिने शब्द प्रत्यय लागेपछि ह्रस्व लेख्ने । जस्तै ः उपयोगिता, प्रभावकारिता, दायित्व, स्वामित्व आदि । तर स्त्रीलिङ्गी शब्दहरूमा भने प्रत्यय लागे पनि यथावत् लेख्ने । जस्तै ः सतीत्व, स्त्रीत्व आदि ।
२.३.३ शब्दान्तमा ह्रस्व इ वा उ हुने शब्दहरू
२.३.३.१ चि, टि, णि, ति, थि, द्धि, धि, नि, पि, भि, मि, रि, लि, वि, शि, षि, ष्टि अन्तमा आउने
केही शब्दहरू ह्रस्व लेख्ने । जस्तै ः रुचि, शुचि, त्रुटि, कोटि, पाणि, कृति, गति, मति, क्षति, प्रकृति, भक्ति, नीति, प्रणति, कीर्ति, तिथि, सारथि, अतिथि, प्रीति, गीति, सिद्धि, बुद्धि, वृद्धि, ऋद्धि, विधि, निधि, सन्धि, व्याधि, अग्नि, अधीति, शनि, मुनि, ग्लानि, हानि, लिपि, यद्पि, कपि, नाभि, सुरभि, दुन्दुभि, ऊर्मि, निमि, रश्मि, गिरि, अरि, कलि, बलि, हवि, छवि, कवि, राशि, कृषि, ऋषि, सृष्टि, वृष्टि, दृष्टि आदि । अपवाद ः तर नेपालीमा शब्दान्तमा दीर्घ चलेका युवती, श्रेणी, सूची, अञ्जली (श्रद्धाञ्जली), आवली (शब्दावली), औषधी, ग्रन्थी (मनोग्रन्थी) आदिलाई दीर्घ नै लेख्ने ।
२.३.३.२ अन्त्यमा नु, भु, धु, रु, लु भएका केही शब्दहरू ह्रस्व लेख्ने । जस्तै ः भानु, शन्तनु, शम्भु, विभु, प्रभु, साधु, चरु, गुरु, सुचारु, भीरु, श्रद्धालु, कृपालु, दयालु, ईष्र्यालु आदि ।
२.३.४ शब्दादिमा दीर्घ ई वा ऊ हुने शब्दहरू
२.३.४.१ रेफभन्दा अगाडि आएका संयुक्त व्यञ्जनमा इकार वा उकार दीर्घ लेख्ने । जस्तै ः कीर्तन, कीर्ति, जीर्ण, शीर्ण, दीर्घ, कीर्ण, शीर्षक, मूर्ख, पूर्ति, पूर्व, पूर्ण, शूर्पणखा, ऊर्जा, पूर्ण, धूर्त, स्पूmर्त, वीर्य, ऊध्र्व, चूर्ण, कूर्म आदि ।
२.३.४.२ शब्दका सुरुमा ईक्ष्, ईश्, जीव्, तीक्ष्, दीप्, दूर्, धीर्, प्री, भू, भूष््, मूर्, री, रूप, सूर् आदि भएका शब्दहरूको इकार वा उकार दीर्घ लेख्ने । जस्तै ः ईक्षण, ईक्षा, ईश्वर, ईशान, ईश, जीवन, जीवित, तीक्ष्ण, तीक्ष्णता, दीप्ति, दीपिका, दीप, दूरदर्शी, दूरदर्शन, दूरान्वयी, धीर, धीरता, प्रीति, प्रीत, भूत, भूपति, भूमि, भूषण, भूषित, मूर्ति, रीति, रूप, रूपित, रूपिम, रूपायन, सूर्य आदि ।
२.३.४.३ अन्य केही तत्सम शब्दमा शब्दादिका इकार वा उकार दीर्घ लेख्ने, जस्तै ः पूजा, दूत, धूप, सूचना, सूची, शूली, सूतक, भ्रूण, कूप, पूरक, मूल, क्षीण, दीन, नीच, भीरु, शीतल, गीत, टीका, पीडा, सीता, सीमा, पीयूष, नीर, सूक्ष्म, व्रmूर, न्यून, स्तूप, स्थूल, स्पूmर्ति आदि ।
२.३.५ शब्दमध्यमा दीर्घ ई वा ऊ हुने शब्दहरू
२.३.५.१ भू र कृ धातुुबाट बनेका भवन, भूत, करण, कृत, भाव, कारभन्दा अगिको शब्दको (त्यसबाट हुने÷गरिने वा भएको÷गरिएको भन्ने अभिप्रायमा ‘ई’ प्रत्यय लागी बनेको ) ई दीर्घ लेख्ने । जस्तै ः समीभवन, समीकरण, समाजीकरण, एकीकरण, केन्द्रीकरण, सबलीकरण, केन्द्रीभूत, उष्मीभूत, स्वीकृत, एकीभाव, स्वीकार, अङ्गीकार आदि ।
२.३.५.२ ईय, ईन, अनीय, तीय प्रत्यय लागेका शब्दको इकार दीर्घ लेख्ने, जस्तै ः केन्द्रीय, प्रान्तीय, भवदीय, संसदीय, स्वर्गीय, वर्गीय, दलीय, प्राचीन, नवीन, ग्रामीण, सर्वाङ्गीण, माननीय, स्मरणीय, रक्षणीय, आदरणीय, कथनीय, दयनीय, पठनीय, द्वितीय, तृतीय, भवदीय आदि । अपवाद ः राष्ट्रिय, इन्द्रिय, क्षत्रिय, श्रोत्रिय, गोत्रिय शब्दमध्यका इकार ह्रस्व लेख्ने ।
२.३.५.३ अन्य केही तत्सम शब्दका बिचमा आउने इकार वा उकार दीर्घ लेख्ने । जस्तै ः अजीव, अव्रmूर, अपूर्ण, अमूल्य, सङ्कीर्ण, विपरीत, परीक्षा, सम्पूर्ण, प्रतीक्षा, प्रतिकूल, अतीत, प्रतीक, त्रिशूल, विभीषण, शरीर, समीक्षा, दीक्षा, अभीष्ट, भगीरथ, विदूषक, समीर, सुग्रीव, उद्दीपन, कुतूहल, कस्तूरी, पीयूष आदि ।
२.३.६ शब्दान्तमा दीर्घ ई वा ऊ हुने शब्दहरू
२.३.६.१ अन्त्यमा मती, वती प्रत्यय लागेका शब्दहरू दीर्घ लेख्ने । जस्तै ः श्रीमती, रूपवती, अमरावती, भगवती, सौभाग्यवती, कान्तिमती, गर्भवती आदि ।
२.३.६.२ स्त्रीलिङ्गी शब्दहरू दीर्घ लेख्ने । जस्तै ः देवी, भागीरथी, ईश्वरी, लक्ष्मी, कामिनी, पार्वती, गौरी, वधू आदि ।
२.३.६.३ अन्त्यमा ‘वी’, ‘ई’ प्रत्यय लागेका शब्दहरू दीर्घ लेख्ने । जस्तै ः तेजस्वी, यशस्वी, मायावी, मेधावी, ओजस्वी, तपस्वी, संयमी, विद्रोही, स्वामी, गुणी आदि ।
२.३.७ हलन्त र अजन्त सम्बन्धी
अन्त्यमा वत्, वान्, मान्, मान्, क्, ग्, ट्, त्, द्, न्, प्, म् आउने केही शब्द हलन्त लेख्ने । जस्तै ः पूर्ववत्, विद्वत्, यावत्, दण्डवत्, भ्रातृवत्, भगवान्, विद्वान्, ऋक्, प्राक्, पृथक्, दिक्, ऋग्, सम्राट्, जगत्, अर्थात्, अकस्मात्, साक्षात्, पश्चात्, विद्युत्, विपत्, आपत्, संसद्, सभासद्, बृहत्, भाषाविद्, महान्, अनुष्टुप्, स्वयम्, शुभम्, एवम्, अहम्, स्वागतम् आदि ।
२.३.८ ब र व सम्बन्धी
२.३.८.१. शब्दादिमा बन्ध, ब्रह्म, बृह, बहिस्, बहु, बाध, बाल, बुध, आएका शब्दमा ‘ब’ लेख्ने । जस्तै ः बन्धु, बन्ध, बद्ध, ब्रह्मा, ब्राह्मी, ब्राह्मण, बहिरङ्ग, बहिष्कार, बृहस्पति, बहुव्रीहि, बहुमत, बहुरङ, बाधक, बाध्य, बालक, बालिका, बुध, बुद्ध, बोध, बोधार्थ आदि ।
२.३.८.२ ‘म’ पछि र द्, ध् भन्दा पहिले आएमा (ब) लेख्ने । जस्तै ः अम्बिका, चुम्बक, सम्बन्ध, अम्बर, शब्द, शताब्दी, स्तब्ध, क्षुब्ध, लब्ध, अब्धि, उपलब्धि आदि ।
२.३.८.३ संस्कृतका वद्, वञ्च, वृ, वच्, विद्, विश्, वह्, विच्, वृत्, जीव् धातुबाट बनेका शब्दमा ‘व’ लेख्ने । जस्तै ः वाद, वदन, वञ्चन, वञ्चित, वृत, परिवृत, संवृत, वरण, संवरण, वर, वचन, वाच्य, वक्ता, वक्तव्य, वाक्य, प्रवचन, वाचन, विद्या, विद्वान्, विद्वत्ता, वेद, वेदना, निवेदन, प्रवेश, प्रविष्टि, आवेष्टन, आवेग, वाहक, वहन, प्रवाह, वृत्ति, वर्तन, वार्तिक, जीवन, जीवित, जीविका आदि । संंस्कृतमा नै व र ब दुवै वैकल्पिक रूपमा चलेका शब्दमा ‘ब’ लेख्ने । जस्तै ः बाण, बिन्दु, बिम्ब, बेला (कुबेला, सुबेला) बार (आइतबार, बुधबार), बिना संस्कृत तत्सम शब्द भएकाले यिनलाई तत्सम वर्ण विन्यासअनुसार नै ‘ब’ मात्र लेख्ने ।
२.३.८.४ अव, वि, उपसर्गमा ‘व’ लेख्ने । जस्तै ः अवहेलना, अवकाश, अवगत, अवचेतन, अवतार, अवनति, अवरोध, विकास, विकल, विव्रmेता, विकिरण, विज्ञान, विधान, विधाता, विवेक, विवाद, विरोध, विराग, विशेष आदि ।
२.३.८.५ तव्य, त्व, वत्, वान्, वती प्रत्यय लागेका शब्दमा ‘व’ लेख्ने । जस्तै ः गन्तव्य, भवितव्य, वक्तव्य, नेतृत्व, स्वत्व, सतीत्व, पूर्ववत्, आत्मवत्, गुणवान्, दयावान्, धनवान्, पुत्रवती, गर्भवती, भगवती, गुणवती, मेधावी आदि ।
२.३.८.६ संयुक्त अक्षरमा व उच्चारण हुने ठाउँमा ‘व’ नै लेख्ने । जस्तै ः स्वर, स्वैर, स्वस्ति, श्वास, विश्व, स्वामी, स्वाद, स्वेच्छा आदि ।
२.३.९ य र ए प्रयोग
२.३.९.१ निम्न लिखित शब्दमा ‘य’ लेख्ने । जस्तै ः यज्ञ, यम, यक्ष, यत्र, यान, योग, याचना, यात्रा, योजना, यन्त्र, वायु, युवा, प्रत्येक, जयेन्द्र, ध्येय, विजय, अविजेय, गेय, प्रणेय आदि ।
२.३.९.२ निम्न लिखित शब्दमा ‘ए’ लेख्ने । जस्तै ः एक, एतत्, एकान्त, एवम्, एकता, एकीभूत आदि ।
२.३.१० ‘क्ष’ सम्बन्धी प्रयोग
निम्न लिखित शब्दमा ‘क्ष’ लेख्ने । जस्तै ः रक्षा, अध्यक्ष, लक्ष्य, नक्षत्र, पक्ष, प्रतीक्षा, क्षण, अक्षता, शिक्षा, शिक्षक, कक्षा, क्षय, मोक्ष, दक्ष, पक्षघात, परीक्षा, क्षत्रिय, क्षेत्रीय, प्रक्षेप, आक्षेप, क्षेप्यास्त्र, विक्षेप, क्षेम, अक्षर, कक्षा, क्षितिज, चक्षु आदि । तत्सम शब्दमा मात्र ‘क्ष’ को प्रयोग हुने गर्छ तर तद्भव र आगन्तुकमा यसको प्रयोग हुँदैन ।
२.३.११ ‘ऋ’ सम्बन्धी प्रयोग
निम्न लिखित शब्दमा ‘ऋ’ लेख्ने । जस्तै ः ऋक्, ऋग्वेद, ऋद्धि, ऋतु, ऋण, ऋषि, ऋचा, ऋकार, कृति, कृषि, कृतज्ञ, गृह, घृत, घृणा, भृकुटी, मृत, मृग, कृष्ण, तृण, नैर्ऋत्य, वृत्ति आदि । तत्सम शब्दमा मात्र ‘ऋ’ को प्रयोग हुन्छ तर तद्भव र आगन्तुकमा यसको प्रयोग हुँदैन ।
२.३.१२ ‘ज्ञ’ सम्बन्धी प्रयोग
तलका तत्सम शब्दमा ‘ज्ञ’ लेख्ने । जस्तै ः यज्ञ, प्रज्ञा, प्राज्ञ, ज्ञाता, ज्ञान, आज्ञा, विज्ञान, प्रतिज्ञा, अनभिज्ञ, ज्ञानी, जिज्ञासा, जिज्ञासु, विज्ञ, विज्ञापन, साम्राज्ञी, युवराज्ञी आदि । तत्सम शब्दमा मात्र ‘ज्ञ’ को प्रयोग हुन्छ । तद्भव र आगन्तुकमा यसको प्रयोग हुँदैन ।
२.३.१३ श÷÷स सम्बन्धी
२.३.१३.१ शस्, शिष्, शास्, शुचुच्, शुुष्, दृश्, श्रु, शुभ्, श्वस्, शिक्ष्, शंस् आदि धातुबाट बनेका शब्दमा ‘श’ लेख्ने । जस्तै : शस्त्र, शस्य, शिष्य, शेष, शिष्ट, विशिष्ट, शासन, शास्त्र, शरभ, शासक, शासन, शुचि, शुष्क, शोषित, दर्शन, दर्शक, दृश्य, श्रुति, श्रवण, श्रावण, शुभ, शोभा, शोभित, श्वास, विश्वास, प्रशंसा, शिक्षक, शिक्षा, शिक्षण आदि ।
२.३..१३.२ ऋ, , , ल भन्दा पहिले सामान्यतः ‘श’ लेख्ने । जस्तै ः पश्चात्, पश्चिम, निश्चय, आश्चर्य, पाश्चात्य, शृङ्गार, विश्राम, आश्रम, अश्रु, श्लेष, श्लिष्ट आदि ।
२.३.१३.३ निम्न लिखित शब्दका अन्तमा ‘श’ लेख्ने । जस्तै ः अक्षरशः, व्रmमशः, प्रायशः, शतशः, सहस्रशः आदि ।
२.३..१३.४ निम्न लिखित शब्दमा ‘श’ लेख्ने । जस्तै ः शशी, शिशु, शैशव, शशाङ्क, शाश्वत, शकुन्तला, ईश, गणेश, शालग्राम, श्याम, राशि, श्रेष्ठ, शूद्र, त्रिशूल, श्राप, आशुकवि, शोभन, वैशाख, यशोधरा, शिशिर, वैश्य, शुश्रूषा, आशा, शक्ति, शीत, आशीर्वाद, केश, कोश, विश्व, विश्वास, आदि ।
२.३.१३.५ कृष्, पुष्, भाष्, भूष्, शिष्, शुष् धातुबाट बनेका शब्दमा ‘ष’ ष्लेख्ने । जस्तै ः कृषि, आकर्षण, कृषक, निकृष्ट, पुष्टि, पोषण, पोषित, पौष, पौष्य, भाषा, भाषण, भूषण, भूषित, आभूषण, शिष्ट, शिष्य, शुष्क, शोषण, शोषक आदि ।
२.३.१३.६ क, , , , , , प भन्दा पहिले ‘ष’ लेख्ने । जस्तै ः निष्कर्म, पुष्कर, मस्तिष्क, बहिष्कार, परिष्कार, निष्कलङ्क, दृष्टि, स्पष्ट, नष्ट, धृष्ट, पृष्ट, काष्ठ, ओष्ठ, गरिष्ठ, वरिष्ठ, निष्ठा, षोडश, आषाढ, विष्णु, कृष्ण, तृष्ण, पुष्प, पुष्पा आदि ।
२.३.१३.७ निम्न लिखित शब्दहरूमा ‘ष’ लेख्ने । जस्तै ः ईष्र्या, भेष, कोष, ऋषि, भीष्म, ग्रीष्म, हर्ष, वर्षा, वर्ष, उत्कर्ष, निमेष, पे्रषक, विषाद्, विष, भेष, द्वेष, ऊष्म, विषय, आशिष् आदि ।
२.३.१३.८ स, सु, सत्, सम्, सह, स्व, स्वयम् जोडिएका शब्दमा ‘स’ लेख्ने । जस्तै ः सफल, सगोल, सपत्नी, सचेत, सबल, सस्नेह, सादर, सकाम, सुनील, सुशील, सुयोग्य, सुभाषित, सुपात्र, सुवर्ण, सुयोग, सुशान्त, सुयश, सुवास, सत्कार्य, सदिच्छा, सद्गति, सत्प्रयास, सदाचार, सद्भावना, सन्मार्ग, सम्पत्ति, संस्कार, समीक्षा, सम्पादक, संयुक्त, सङ्गोष्ठी, सङ्क्षेप, सम्मुख, सहप्राध्यापक, सहसचिव, सहयोग, सहकार्य, सहकार, सहचार्य, सहसम्पादक, स्वकर्म, स्वकीय, स्वचालित, स्वच्छ, स्वच्छन्द, स्वरूप, स्वर्ग, स्वर्ण, स्वयम्भू, स्वयंवर आदि ।
२.३..१३.९ स्था, स्मृृ, स्तु, स्फुट्, स्ना आदि धातुबाट बनेका शब्दमा ‘स’ लेख्ने । जस्तै ः स्थान, स्थापत्य, स्थित, प्रस्थान, उपस्थिति, स्मरण, स्मृति, स्मारक, स्तुति, स्फुरण, स्फूर्ति, स्नातक, स्नान, स्नायु आदि ।
२.३.१३.१० निम्न लिखित शब्दमा ‘स’ लेख्ने ः साक्षात्, साक्षी, तेजस्वी, रजस्वला, राजसी, प्रयास, मस्तक, रहस्य, हिंसा, साहस, मास, मांस, वासुदेव, सरस्वती, असीमित, उत्सुक, प्रहसन, रस, पुस्तक, शासन, नमस्कार, स्पर्श, स्त्री,
साधु, स्तन, सघन आदि । द्रष्टव्य ः तत्सम शब्दमा श, , स को प्रयोग हुन्छ तर आगन्तुक र तद्भव शब्दमा ‘स’
को मात्र प्रयोग हुन्छ ।
३. विविध
३.१ एकोे, नु अन्त्यमा आउने कृदन्त शब्दका पछाडि ले, मा विभक्ति लाग्दा तिर्यक् रूप लेख्ने । जस्तै ः भएको + ले = भएकाले, पढेकाले, खाएकाले, बोलाएकाले । गर्नु + ले = गर्नाले, भन्नाले, खेल्नाले, देख्नाले । भएको + मा = भएकामा, पढेकामा, खेलेकामा, हाँसेकामा । अन्यत्र चाहिँ तिर्यक् रूप नलेखी यथावत् लेख्ने ः गर्नु + को = गर्नुको, पढ्नुको, लेख्नुको, भन्नुको । गर्न + लाई = गर्नलाई, पढ्नलाई, लेख्नलाई, भन्नलाई । गर्न + बाट = प्रगति गर्नबाट आदि ।
३.२ विभक्तियुक्त सर्वनामलाई तिर्यक् रूपमा लेख्ने । जस्तै ः यसले, त्यसलाई, उसले, यिनले, तिनको, तैँले, मैले आदि ।
३.३ विशेषण(भेदेदक)का रूपमा सर्वनाम आउँदा विशेष्यमा विभक्ति भए विशेषण (सर्वनाम) लाई पनि तिर्यक् रूपमा लेख्ने । जस्तै ः त्यस मान्छेलाई, यस केटाले, मेरा छोरालाई, हाम्रो घर, तेरा भाइलाई, तिम्रा साथीबाट, उसका किताबहरू, उनकी बहिनी, उनका खेलौनाहरू आदि ।
४ लेख्य चिह्नको प्रयोग
नेपाली भाषामा निम्न लिखित चिह्नहरूको प्रयोग हुन्छ ः
४.१ पूर्ण विराम (।) ः वाक्यको अन्त्य हुँदा पूर्ण विराम चिह्न प्रयोग गर्ने, जस्तै ः राम घर गयो । तिमी भात खाएर स्कुल जाऊ । नेपाली भाषाको संरक्षण गर्ने दायित्व हामी सबैको हो । पाठ्य सामग्रीमा वाक्य पुरा भएपछि मात्र पूर्ण विराम चिह्न प्रयोग गर्नुपर्छ । कुनै बुँदा प्रस्तुत गर्दा वा अपूर्ण वाक्य प्रस्तुत गर्दा पूर्ण विरामको प्रयोग नगर्ने, जस्तै ः पाठ्यव्रmम विकास केन्द्रले पाठ्य पुस्तकको विकास गर्छ । (पूर्ण विराम) पाठ्यव्रmम विकास केन्द्रका उद्देश्य निम्न लिखित छन् : पाठ्यव्रmम निर्माण गर्नु (पूर्ण विराम नहुने), पाठ्य पुस्तक विकास गर्नु (पूर्ण विराम नहुने) ।
४.२ अल्प विराम (,) : अल्प विराम भनेको आंशिक विश्राम हो । वाक्यमा एकभन्दा बढी प्रकारका पद, पदावली, उपवाक्य आदिलाई छुट्याउन, संयोजक प्रयोग नभएका ठाउँमा, संयुक्त वाक्यमा र कथयिता अंशको पछाडि अल्प विराम चिह्न प्रयोग गर्ने, जस्तै : राम, श्याम, रवि, रमा र रश्मि विराटनगर गए । रवि अत्यन्त विचारशील, गम्भीर, सक्षम र कुशल प्रशासक हुन् । रविले भात खायो, लुगा लगायो र किताब बोकेर विद्यालय गयो । दिदी, दाजु दुवै आए ।
४.३ अर्ध विराम ( ; ) ः अल्प विरामभन्दा बढी र पूर्ण विरामभन्दा कम विश्राम हुँदा अर्ध विराम चिह्न प्रयोग गर्ने, जस्तै ः
१. मानवता नैतिकताको नाम होस बहादुरीको नाम हो र विश्वासको नाम हो । २. राम्ररी पढूँ; धन कमाऊँस सुखी बनूँ; सबैका साझा इच्छा हुन् । पूर्ण विरामले वाक्यहरूलाई एकअर्काबाट विच्छेदित गर्छ भने अर्ध विरामले ती वाक्यहरूलाई सापेक्ष बनाउँछ । पूर्ण विरामपछि कुनै कुराको उदाहरण दिँदा उदाहरणार्थमा सापेक्ष वा निर्देश चिह्नभन्दा अर्ध विराम चिह्न प्रयोग गर्नु उचित हुन्छ । अर्ध विरामले लामा वाक्यमा वाक्य सरह नै प्रयोग भएको उपवाक्यलाई छुट्याउने काम गर्छ । एउटै वाक्यमा शब्द, पदावली र उपवाक्य छुट्याउनुपर्दा शब्द र पदावली छुट्याउन अल्प विराम र उपवाक्य छुट्याउन अर्ध विराम प्रयोग गर्न सकिन्छ ।
४.४ निर्देश चिह्न ( ः ) : कुनै विषयको निश्चित सूचना दिँदा निर्देश चिह्न प्रयोग गर्ने, जस्तै ः नेपालका तिन प्रमुख नदी हुन् ः कोसी, कर्नाली र गण्डकी । तलका कुनै एक विषयमा निबन्ध लेख ः (क) हिमाल (ख) दसैँ । यसलाई अपूर्ण विराम र सापेक्ष विराम पनि भनिन्छ ।
४.५ प्रश्नवाचक चिह्न (?) ः जिज्ञासा प्रकट गर्दा वा सोध्दा प्रश्नवाचक चिह्न प्रयोग गर्ने, जस्तै ः तिम्रो नाम के हो ?
नवीन कहिले आउँछ ?
४.६ विस्मयसूचक चिह्न (!) ः आश्चर्य, घृणा, हर्ष, बिस्मात आदि विशेष भाव बुझाउन विस्मय सूचक चिह्न प्रयोग गर्ने, जस्तै ः आहा ! कति राम्रो फुल ! छि ! के प्याट्ट कुटेको ! हजुर ! एक पैसा पाऊँ न ! वाक्यको पछाडि विस्मय सूचक चिह्न राख्दा भने वाक्य नै विस्मयसूचक हुन्छ । जस्तै ः ऊ पास भएछ र !
४.७ योजक चिह्न (–) ः पारस्परिक अर्थ जनाउने समस्त वा द्वित्व शब्दहरूका बिच र पङ्क्तिका अन्त्यमा शब्द नअटेमा टुक््रयाउनुपर्दा योजक चिह्न प्रयोग गर्ने, जस्तै ः नेपाल–चिन सम्बन्ध, सङ्कटा–ठमेल भिडन्त, नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्र– (शब्द एकै डिकोमा नअट्दा मात्र) ले पाठ्य पुस्तक विकास गर्छ ।
४.८ कोष्ठक चिह्न ( ) ः अर्थ स्पष्ट पार्न र व्रmम जनाउन कोष्ठक चिह्न प्रयोग गर्ने, जस्तै ः भ्यागुतो उभयचर (जमिन र पानी दुवैमा बस्ने प्राणी) हो । जस्तै ः (१) (२) (३) (४) …
४.९ उद्धरण चिह्न (“ ”÷ ‘ ’ )ः अरू कसैको भनाइ उल्लेख गर्दा, ग्रन्थ, पुस्तक, पत्र पत्रिका, पुरस्कार आदिलाई विशेष जोड दिइएको जनाउँदा उद्धरण चिह्न प्रयोग गर्ने, जस्तै ः – ग्रन्थ, पुस्तक, पत्र पत्रिका, पुरस्कार आदिमा एकल उद्धरण चिह्न ‘दिव्योपदेश’ ‘मधुपर्क’, ‘मदन पुरस्कार’ । –कसैको भनाइ उल्लेख गर्दा दोहोरो उद्धरण चिह्न ः देवकोटाले भने, “मेरो मुना मदन नजलाउनू ।” –भनाइभित्रको विशेष शब्द एकल उद्धरण चिह्नमा ः समले भने, “देवकोटाको उत्कृष्ट कृति ‘मुना मदन’ हो ।” –कुनै शब्दलाई जोड दिँदा एकल उद्धरण चिह्न ः ‘बन्द’ विरोधको सही तरिका होइन ।
५. लिपि चिह्नको प्रयोग
५.१ एउटै पाठ्य सामग्रीभित्र सकभर वैकल्पिक लिपिहरूको प्रयोग नगर्ने । उदाहरणार्थ ः ‘झ’ को प्रयोग गरे पाठ्य सामग्रीभरि नै यस्तै ‘झ’ लेख्ने, झ को प्रयोग गरे पाठ्य सामग्रीभरि नै यस्तै झ लेख्ने ।
५.२ संयुक्त वर्णहरूको प्रयोग गर्दा पनि भरसक वर्णहरूको अलग पहिचान हुने लिपि चिह्नको प्रयोगमा जोड दिने, जस्तै :
क्त = क्त, भद्दा = भद्दा, विद्या = विद्या, उद्धार = उद्धार आदि ।
अब यसै वर्ण विन्यासको नियमानुसार विद्यालय र क्याम्पस स्तरको पाठ्यपुस्तक प्रकाशन भइराखेकाले निकट भविष्यमा नै सबै क्षेत्रमा एकै नासको वर्ण विन्यास लागू हुने प्रवल सम्भावना छ । हुन त यस बारेमा पनि थुप्रै विद्वान्हरूका विवादहरू सार्वजनिक भएका छन् । कक्षा ११ को ‘सबैको नेपाली’ पुस्तक यही नवीन धार भएर प्रकाशनमा आउँदा पढाउने गुरुले समेत विरोध गर्दै पढाए । प्रज्ञा प्रतिष्ठानमा विभिन्न समयमा भाषिक गोष्ठी समेत भए । केही भाषाविज्ञ र अनुरागीहरूले निजी सक्रियतामा सम्मेलन गरी ललितपुर घोषणा समेत जारी गरे । विवादै, विवादका बाबजुत पनि मन्त्री परिषद्बाट पारित यो वर्ण विन्यास व्यवस्था तुलनात्मक रूपमा सरल भए पनि पुरानो ढाँचा पक्रिसकेकाहरूलाई अहिले निक्कै गाह्रो भइरहेको छ । सबैले प्रयोग गर्दै गए यही सरल र सफल हुन जान्छ ।
-फेयर नेपालबाट साभार