"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Friday, June 28, 2024

सम्परीक्षण भनेको के हो ? बेरुजु फर्स्यौट र सम्परीक्षणमा के फरक छ ?

 सम्परीक्षण 

********

सम्परीक्षण भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिबेदनमा औल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टिकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फस्र्यौट सम्बन्धी कार्य र प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिवाट प्राप्त सुझाव वा निर्देशनका आधारमा गरिने फस्र्यौट समेत भन्ने बुझिन्छ ।

बेरुजु फर्स्यौट र सम्परीक्षणमा के फरक छ ?

बेरुजु फर्स्यौट भनेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन२०७६ को दफा ४० बमोजिम बेरुजू फर्स्यौट तथा फरफारक गर्ने कार्य हो भने आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन अएका स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फर्स्यौट सम्बन्धी कार्य सम्परीक्षण हो ।

ओस्वर्न र ग्याब्लर(Osborne and Goeblor)ले औंल्याएका सरकारको भूमिकाहरु

 ओस्वर्न र ग्याब्लर(Osborne and Goeblor)ले औंल्याएका सरकारको भूमिकाहरु

(3C-M-READ- C-M)

ü Catalytic Government (आफैं काम गर्ने भन्दा दिशा निर्देश गर्ने संगठनको निर्माण गर्ने)

ü Community Owned Government (नागरिकको सेवा होइन, शशक्तीकरण गर्ने)

ü Competitive Government (सेवाको वितरणमा प्रतिस्पर्धाको आरोपण(Injecting) गर्ने)

ü Mission Driven Government (नियमद्वारा निर्देशित संगठनलाई उद्देश्यद्वारा निर्देशन गर्ने)

ü Result Oriented Government (साधनको निम्ति होइन परिणामको निम्ति लगानी गर्ने)

ü Enterprising Government (पैसा कमाउने र बचाउने)

ü Anticipatory Government (उपचार होइन, बचावट गर्ने)

ü Decentralized Gov.( सहभागितामूलक व्यवस्थापनको माध्यमबाट सार्वजनिक निकायको विकेन्द्रीकरण गर्ने)

ü Customer Driven  (कर्मचारीतन्त्रका आवश्यकताको होइन, ग्राहकका आवश्यकताको पूर्ति गर्ने)

ü Marketoriented Government (बजार संयन्त्रको माध्यमबाट परिवर्तनलाई बल प्रदान गर्ने)

लेखापरीक्षण बेरुजु बढ्नुको कारण के हुन ? बेरुजु न्यूनीकरण गर्न के गर्न सकिन्छ ?

 लेखापरीक्षण बेरुजु बढ्नुको कारण 

**************************

वित्तिय कारोबारमा संलग्न जिम्मेवार व्यक्ति र निकायले विद्यमान कानूनको परिपालना नगरी यथेष्ट प्रमाण र आधार बेगर खर्च गर्ने प्रवृत्तिका कारण बेरुजु बढ्दै गईरहको छ । सरकारी कोषको खर्च लेख्दा खर्चको पुष्ट्याईका लागि तोकिएका कानूनी प्रावधाननिर्णयकागजातप्रमाण बेगर खर्च गरेका कारण बेरुजु बढ्दै गएको देखिन्छ ।

बेरुजु न्यूनीकरण गर्न के गर्न सकिन्छ ?

बेरुजू न्यूनिकरण गर्न जिम्मेवार पदाधिकारीले प्रचलित आर्थिक ऐन नियमआदेशनिर्देशन र कार्यविधिहरूको कडाइका साथ कार्यान्वयन गर्ने र गत विगतमा औल्याइएका कमि कमजोरीलाई पुनरावृत्ति नगर्दा बेरुजु न्यूनिकरण गर्न सकिन्छ । आर्थिक कारोवारसंग सम्बन्धित लेखा उत्तरदायी अधिकृतजिम्मेवार पदाधिकारीकार्यालय प्रमुखआर्थिक प्रशासन प्रमुख लगायत आन्तरिक र अन्तिम लेखापरीक्षण कार्यमा सँलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्न समेत आबश्यक देखिएको छ ।

लेखापरीक्षण प्रमाणको परिचय दिदै नेपालमा लेखापरीक्षणमा अवलम्वन गरिएको विधि र पद्वति उल्लेख गर्दै लेखापरीक्षण गुणस्तर अभिवृद्वि गर्ने सम्बन्धमा महालेखापरीक्षकको कार्यालयले के कस्तो व्यबस्था अबलम्वन गरेको छ ?

 लेखापरीक्षण प्रमाण 

**************

लेखापरीक्षक वा लेखापरीक्षणको सर्वोच्च निकायका रायनिष्कर्ष वा प्रतिवेदनलाई पुष्टि गर्ने आधार नै लेखापरीक्षण प्रमाण हो । साथैलेखापरीक्षकले लेखापरीक्षण राय र निष्कर्षमा पुग्नु अघि संकलन गर्ने सूचना एवं तथ्याङ्कहरुको विवरणलाई नै लेखापरीक्षण प्रमाण भनिन्छ ।

नेपालमा लेखापरीक्षणमा अवलम्वन गरिएको विधि र पद्वति

लेखापरीक्षण ऐन २०७५नेपाल सरकारी क्षेत्र लेखापरीक्षण मानदण्डसर्र्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई) द्वारा प्रतिपादित लेखापरीक्षणका आधारभूत सिद्धान्तलेखापरीक्षण मार्गदर्शन र असल अभ्यासको आधारमा जोखिम पहिचान र मूल्याङ्कन गरी योजना तर्जूमा गर्नेलेखापरीक्षणको क्रममा पर्याप्त र सान्दर्भिक प्रमाण सङ्कलन गर्न नमूना छनौट एवं विस्तृत परीक्षण गर्नेसो को लागि मुख्यतः भौचिगंस्थलगत निरीक्षणप्रश्नावलीसोधपुछछलफल आदि माध्यमबाट जानकारीसूचनाविवरण प्राप्त गरी सारभुत परीक्षणबिश्लेषणात्मक परीक्षणनियन्त्रण परीक्षणपरीपालनाको परीक्षण बिधि तथा पद्धति अवलम्वन गरिन्छ ।

लेखापरीक्षण गुणस्तर अभिवृद्वि गर्ने सम्बन्धमा महालेखापरीक्षकको कार्यालयले अबलम्वन गरेको व्यबस्था

लेखापरीक्षण गुणस्तर आश्वस्तता पुनरावलोकन ह्याण्डबुक २०६९ बमोजिम लेखापरीक्षणको प्रत्येक चरणमा उच्च पदाधिकारीबाट सुपरिवेक्षण गर्नेआचार संहिताको परिपालना र आन्तरिक नियन्त्रणका गतिविधिको अनुगमन गर्नेसमकक्षी पुनरावलोकनजारी गरिएका लेखापरीक्षण प्रतिवेदनमा गुणस्तर आश्वस्तता निर्देशिकाले निर्धारण गरेका विषयवस्तुको पालना भए नभएको सम्बन्धमा परीक्षणमूल्यांकन र प्रतिवेदन लगायतका क्रियाकलापमार्फत लेखापरीक्षणको गुणस्तर अभिबृद्वि गर्ने कार्य हुँदै आएको छ ।

लेखापरीक्षणका आधारहरु के के हुन ?

लेखापरीक्षणका प्रमुख आधारहरु नेपालको संबिधानऐननियमनिर्देशिकाकार्यविधिनर्म्ससम्झौतानिर्णयसंसद तथा संसदीय समितिका निर्णयतर्जुमा गरिएका नीतिरणनीतिकार्ययोजनामानदण्डमार्गदर्शन एवं निर्देशिकाहरु हुन । यसैको आधारमा लेखापरीक्षण गरी प्रतिबेदन जारी गर्ने कार्य गरिन्छ।

लेखापरीक्षक आचारसंहिता भनेको के हो ? लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धन गर्न कसरी सहयोग पुर्याउँछ ?

लेखापरीक्षक आचारसंहिता भनेको के हो ?

लेखापरीक्षकको निष्ठास्वतन्त्रतानिष्पक्षतागोपनीयता र पेशागत नैतिक आचरण तथा मूल्य मान्यता नै आचारसंहिता हो। सरकारी लेखापरीक्षकबाट पालना गर्नुपर्ने पेशागत व्यवहारक्रियाकलापचरित्रस्वभावचालचलन र सामाजीकिकरण जस्ता विषय लेखापरीक्षकको आचारसंहितासँग सरोकार राख्ने विषय हुन। सरकारी लेखापरीक्षण सम्बन्धमा सर्र्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टोसाइको लिमा घोषणा र सर्र्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षणमान (इसाइ) को मान्यतामा आधारित रही कार्यालयबाट सरकारी लेखापरीक्षकको आचारसंहिता२०७० जारी भई कार्यान्वयनमा रहेको छ । साथैविद्यमान निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्था र निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली२०६५ समेत कार्यान्वयनमा रहेको छ ।

 लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धन गर्न कसरी सहयोग पुर्याउँछ ?

लेखापरीक्षणले सम्पादित वित्तिय कारोबारको पूर्णताशुद्धतावैद्यता र उपयोग सम्बन्धमा आश्वस्तता प्रदान गर्ने माध्यमबाट लेखापरीक्षणले वित्तिय जवाफदहिता प्रवद्र्धन गर्दछ । संवैधानिक व्यवस्था एवं लेखापरीक्षण ऐन२०७५ को दफा ८ ले तोकेका विषय परीक्षण गरी सार्वजनिक स्रोतको प्राप्ति तथा उपयोग अवस्थाको प्रतिवेदन पेश गर्ने सन्दर्भमा लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धनमा सहयोग र्पुयाउँदछ ।

औचित्यको लेखापरीक्षण र कार्यमूलक लेखारीक्षण भनेको के हो ?

 औचित्यको लेखापरीक्षण 

औचित्यको लेखापरीक्षण भन्नाले कार्यकारी निकायको निर्णय तथा क्रियाकलापहरुको लेखापरीक्षण जसले उक्त निकायको आर्थिक अनुशासनसंरचनानीति नियमको परिपालना र सार्वजनिक चासो र भलाईको विषय यसको प्राथमिकतामा पर्दछ । लेखापरीक्षण ऐन,२०७५ को दफा ९ ले औचित्यको दृष्टिकोणबाट परीक्षण गर्ने कुराहरु उल्लेख गरेको छ ।

कार्यमूलक लेखारीक्षण 

कार्यमूलक लेखापरीक्षणमा स्रोत साधनको व्यवस्थापन तथा उपयोगमा मितव्ययिता,कार्यदक्षता र प्रभावकारिताको पक्षको मूल्याँकन गर्ने सन्दर्भमा सबै वा कुनै दुई वा एक पक्षको मूल्याङ्कन गरी सोबाट प्राप्त नतिजाको आधारमा सुझाव सहितको प्रतिवेदन तयार पारिन्छ ।मितव्ययिता अन्तर्गत न्यूनतम लागत र समयमा निर्धारित गुणस्तरको वस्तु वा सेवा प्राप्त भए नभएकोकार्यदक्षता अन्तर्गत निश्चित स्रोत साधनको उपयोगबाट अधिकतम उपलब्धि हासिल भए नभएको र प्रभावकारिता अन्तर्गत निर्धारित उद्देश्य हासिल भए नभएको वा सम्पन्न क्रियाकलापबाट अपेक्षित उपलब्धि वा प्रभाव हासिल भए नभएको सुनिश्चित गर्नु कार्यमूलक लेखापरीक्षण हो ।

अन्तिम लेखापरीक्षण भनेको के हो ?

नेपालको संविधानको धारा २४१ एवं लेखापरीक्षण ऐन२०७५ बमोजिम संघप्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय र पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमिततामितव्ययीताकार्यदक्षताप्रभावकारिता र औचित्यसमेतको आधारमा हुने परीक्षण नै अन्तिम लेखापरीक्षण हो ।

लेखापरीक्षण भनेको के हो ?

 लेखापरीक्षण 

आर्थिक कारोबारसँग सम्बन्धित लेखाको स्वतन्त्रनिष्पक्ष एवं उद्देश्यमूलक रूपमा गरिने परीक्षणचेकजाँच र सोको मूल्याङ्कन तथा विश्लेषण गर्ने कार्य लेखापरीक्षण हो । लेखापरीक्षण ऐन२०७५ बमोजिम लेखापरीक्षणले सबै सरकारी कार्यालयनेपाल सरकारप्रदेश सरकार वा स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थामहालेखापरीक्षकबाट लेखापरीक्षण हुने भनी संघीय कानूनद्वारा तोकिएको संस्था वा निकायको लेखा तथा लेखासँग सम्बन्धित कामको परीक्षण र त्यसको आधारमा गरिने मूल्यांकन तथा बिश्लेषण र सम्परीक्षण गर्ने कार्य समेतलाई जनाउँदछ भनी परिभाषित गरिएको छ ।

शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्रको परिचय

 शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्र 

नेपाल सरकारका लागि आवश्यक सुसूचित, सुविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उद्देश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवाप्रवाह क्षेत्रका मौजुदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रलाई निम्नानुसारका एकाइमा विभाजन गरिएको छ:-

१.   शासकीय प्रबन्ध एकाइ: यस एकाइले राज्य सञ्चालनका मामिलामा नागरिकको बृहत् सहभागिता र विधिको शासन, उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहिताको प्रत्याभूतिका लागि निर्माण हुने संरचना र प्रक्रियालाई समेटी सार्वजनिक नीति अनुसन्धान कार्य गर्दछ । यस एकाइले उत्तरदायी, समावेशी, सहभागितामूलक र पारदर्शी किसिमले व्यवस्थापन हुने सार्वजनिक मामिला एवम् शासकीय सिद्धान्त, मूल्य र मान्यताको समेत प्रतिनिधित्व गर्दछ । यस एकाइका क्रियाकलापहरू नेपालमा प्रभावकारी लोकतान्त्रिक शासनव्यवस्था सुधारको लागि आवश्यक नीतिनिर्माणमा सुसूचित गर्ने प्रमाणहरू जुटाउने कार्यमा केन्द्रित रहन्छन् ।

२.  सङ्घीय मामिला एकाइ: यस एकाइका अध्ययनहरू नेपालको संविधानको प्रावधानअनुरुपका सङ्घीय प्रशासनसँग सम्बन्धित नीतिहरूमा केन्द्रित रहन्छन् । नागरिको हितका लागि विभिन्न तहका सरकारका अधिकार बाँडफाँट, तिनीहरूको प्रभावकारी अभ्यास र परिणामसँग सम्बन्धित भई गरिने यस उपसमूहका क्रियाकलापहरूले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरूबिच सहयोग र सम्बन्ध स्थापित गरी सङ्घीय प्रशासनको सुदृढ़ीकरणका लागि प्रामाणमा आधारित अनुसन्धान सामग्रीहरू सिर्जना गर्दछन्।

३.  सार्वजनिक सेवाप्रवाह एकाइ: सरकारले नागरिकहरूलाई सिधा आफ्नै संयन्त्रमार्फत वा सार्वजनिक निकाय वा वित्तीय प्रणालीहरूमार्फत सार्वजनिक सेवाहरू प्रदान गर्दछ। यस्ता सेवाहरूमा स्वास्थ्य सुरक्षा, शिक्षा, पूर्वाधार, सामाजिक सेवाहरू आदि पर्दछन् । यस एकाइका क्रियाकलापहरू सम्बन्धित विषयको अध्ययन, समीक्षा र विश्लेषणमार्फत थप प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि प्रमाण जुटाउने तर्फ केन्द्रित हुनेछन्।

४.  सार्वजनिक संस्था एकाइ: सरकारको लगानी, स्वामित्व, उत्तरदायित्व र आमजनताको अपनत्व तथा सरोकार रहने केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहअन्तर्गत रहने सार्वजनिक संस्थाहरूजस्तै संसद, न्यायपालिका, निजामती सेवा, सरकारको लगानी रहेका विश्वविद्यालयहरू, सार्वजनिक अस्पतालहरूलगायतका संस्थाहरूको स्थापना, सञ्चालन, सुशासन, संरक्षण, सेवाको गुणस्तर र सेवाप्रवाह आदि बारेमा यस एकाइअन्तर्गत नीति अध्ययन अनुसन्धान हुन्छ।

स्रोतः https://pri.gov.np/ne/

Thursday, June 27, 2024

बेरुजु र भ्रष्टाचारमा के फरक छ ?

 बेरुजु र भ्रष्टाचार 

***********

बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहर्र्याएको कारोबार हो । आर्थिक प्रलोभनमा पर्नु भनेकै भ्रष्टाचार हो । 

भ्रष्टाचारले कुनै जिम्मेवार पदाधिकारी र सरकारी संयन्त्रमा बस्ने कर्मचारीहरूले आफ्नो पदको गलत प्रयोग गरी आफू वा अरूका लागि गरिने लाभलाई जनाउँछ । 

बेरुजु बढ्दै जाँदा आर्थिक अनियमितता र भ्रष्टाचारको मात्रामा वृद्धि हुँदै जान्छ भने कम हुँदा भ्रष्टाचार र अनियमितता न्यूनीकरण हुनगई वित्तिय सुशासन कायम गर्न सहयोग पुग्छ

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.