Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

आर्थिक विकास ( Economic development )

कृषि (Agriculture)

  1. नेपालमा कृषि विमा कार्यक्रमको सुरुवात कहिलेबाट भयो ?

उत्तर: २०६९ बाट

  1. शुन्य लागतको प्राकृतिक खेतीको सुरुवातकर्ता को हुन ?

उत्तर: सुवास पालेकर, भारत

  1. हरियो सुन भनेर केलाइ चिनिन्छ ?

उत्तर: चिया

  1. राइवोजियम कल्चर के सँग संवधित छ ?

उत्तर: जैविक मल उत्पादन तथा विक्री

  1. विश्वको पहिलो नगदेवाली के लाई मानिन्छ ?

उत्तर: चिया

  1. फलफुलको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

उत्तर हेर्नुहोस्

  1. व्यापारको खैरो कागज भनेर के लाई चिनिन्छ ?

उत्तर: नगदेवाली

  1. खोल्साको सुन भनेर के लाई चिनिन्छ ?

उत्तर: अलैचि

  1. नेपालमा कफि खेतीको सुरुवात कहिलेबाट भएको थियो?

उत्तर: २०११ बाट

  1. नेपालमा रवर खेतीको सुरुवात कहिले कहाँबाट भएको थियो ?

उत्तर हेर्नुहोस्

  1. नेपालको प्रमुख खाधान्न बाली कुन हो ?

उत्तर: धान

  1. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो

उत्तर: कृषि

  1. देशको कुल भू _भागको कति भूमिमा खेति गरिएको छ?

उत्तर: १८ प्रतिशत

  1. नेपालमा कुनकुन योजना अवधिलाई कृषि दशकका रुपमा मनाइयो

उत्तर: दशौँ र एघारौँ योजना

  1. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो ?

उत्तर: कृषि

  1. देशको कुल भु भागको कति भुमीमा खेति गरिएको छ ?

उत्तर: १८ प्रतिशत

  1. हाल नेपालको कुल कृषियोग्य भुमिको कति प्रतिशत भु भागमा सिचाइ सुविधा उपलब्ध छ ?

उत्तर: करिब ६६ प्रतिशत

  1. नेपालमा कुनकुन योजना अवधिलाइ कृषि दशकका रुपमा मनाइयो ?

उत्तर: दशौँ र एघारौँ योजना

  1. बालि खेति अन्तर्गत कुनकुन बाली पर्छन्?

उत्तर: खाधान्न बालि (FOOD CROPS ), रेशादार बाली (FIBROUS CROPS ) र पेय बालि (BEVERANGE CROPS)

  1. नेपाल सरकारले २० वर्षे कृषि विकास योजना कहिले तर्जुमा गरेको हो?

उत्तर: वि. स २०५२

  1. नेपालको धान र मकैपछिको तेस्रो प्रमुख बालि कुन हो?

उत्तर: गहुँ

  1. कुन फलफूल प्राय: सबै मौसममा पाइन्छ ?

उत्तर: केरा

  1. हाल नेपालका कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ?

उत्तर: ७४ प्रतिशत

  1. नेपालको कुल भु भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ?

उत्तर: १७.९७ प्रतिशत

  1. राष्ट्रिय कृषि व्यवसाय नीती कहिले जारी गरिएको थियो?

उत्तर: वि. सं. २०६३

  1. नेपालमा चियाखेतीको सुरुवात कहिलेदेखि भएको हो ?

उत्तर: वि. सं. १९२० देखि

  1. नेपालको धान मकै गहुँ कोदो पछि अर्को प्रमुख बाली कुन हो?

उत्तर: जौ

  1. व्यापारको खैरो कागज भनेर केलाई भनिन्छ?

उत्तर: नगदेबाली

  1. सनपाट खेतीका लागि प्रसिद्ध जिल्ला कुनकुन हुन् ?

उत्तर: सुनसरी, मोरङ र झापा

  1. सूर्ति खेतीका लागि प्रसिद्ध क्षेत्र कुन हो?

उत्तर: तराई भावर र दुन क्षेत्र

  1. कुन नगदेबालीलाई वाणिज्यको खैरो कागज भनिन्छ?

उत्तर: सनपाट

  1. नेपालमा उत्पादन हुने प्रमुख दलहन बाली कुन हो?

उत्तर: मुसुरो

  1. जुट नेपालको कुनकुन भागमा उत्पादन गरिन्छ?

उत्तर: पूर्वी तराईको झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा

  1. कपास नेपालको कुनकुन जिल्लामा उत्पादन गरिन्छ ?

उत्तर: पश्चिमी तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ

  1. कुन फलफुललाई फलफूलको राजाभनी चिनिन्छ?

उत्तर: आँप

  1. कफी खेतिका लागी प्रसिद्ध जिल्ला कुन हो ?

उत्तर: गुल्मी

  1. नेपालमा सर्वप्रथम औद्योगिक नीति कहिले घोषणा गरियो?

उत्तर: वि. सं. २०१७

  1. नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो?

उत्तर: झापा

  1. नेपालमा कफी खेतीको सुरुवात कहिलेदेखि भएको हो?

उत्तर: वि. सं. २०११

  1. नेपालमा वि. सं. २०१६ मा स्थापित पहिलो टि स्टेट कुन हो?

उत्तर: बुधकरण टि- स्टेट

  1. नेपालमा रेन्बो ट्राउट माछा पालनको सुरुवात कहिलेदेखि भएको हो ?

उत्तर: सन् १९९० (नुवाकोटबाट)

  1. नेपालमा कफि दिवस कहिले मनाइन्छ?

उत्तर: मंसिर १ (वि. सं. २०६१ देखि मनाउन थालिएको हो)

  1. पूर्वाञ्चलका चिया क्षेत्र घोषित पाँच जिल्ला कुन कुन हुन् ?

उत्तर: झापा , इलाम, पाँचथर, तेह्रथुम र धनकुटा ( वि. सं. २०३९ मा घोषणा गरिएको हो)

  1. नेपालकै पहिलो कफि अनुसन्धान केन्द्र कहाँ रहेको छ?

उत्तर: गुल्मी जिल्लाको बलेटक्सारमा

  1. नेपालमा रबर खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो?

उत्तर: वि. सं. २०४७ झापा

  1. रेशादार वस्तुहरुको व्यवसायीकरण एवं विकास गर्ने उद्देश्यले प्राकृतिक रेशाजन्य वस्तु विकास केन्द्र कहाँ स्थापना गरिएको छ ?

उत्तर: पर्वत

  1. नेपालमा हरेक वर्ष आलु दिवस कहाँ मनाउने गरिन्छ ?

उत्तर: कास्कीको हेम्जा चैत्र महिनामा

  1. नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो?

उत्तर: झापा

  1. नेपालको कुन ठाँउमा एभोकाडो फलको व्यावसायीक खेती गरिएको छ ?

उत्तर: धनकुटा

उद्योग ( Industry )

  1. नेपालमा लगानी वर्ष कहिले मनाइयो ?

उत्तर: आ व २०६९/७०

  1. नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरियो ?

उत्तर: वि. सं. १९९३

  1. औद्योगिक व्यवसाय ऐन, २०४९ कहिलेदेखि लागू भएको हो ?

उत्तर: वि. सं. २०४९ कार्तिक २७

  1. औद्योगिक नीति, २०६७ अनुसार औद्योगिक व्यवसायलाई उत्पादन प्रवृत्ति तथा सेवाको आधारमा कति प्रकारमा वर्गीकरण गरिएको छ?

उत्तर:

  1. नेपालमा हाल कतिवटा औद्योगिक क्षेत्र रहेका छन् ?

उत्तर: ११ वटा

  1. दसौँ औद्योगिक गणनाअनुसार नेपालमा उद्योग सञ्चालन भएका जिल्लाको संख्या कति रहेका छन् ?

उत्तर: ६४

  1. औद्योगिक नीती, २०६७ अनुसार लगानी तथा प्रकृतिका आधारमा उद्योगलाई कति प्रकारमा वर्गीकरण गरिएको छ?

उत्तर:

  1. औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई अविकासित क्षेत्र भनी सूचीकृत (अनुसूची १०) गरिएको छ ?

उत्तर: १५ जिल्ला

  1. औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. १० करोड देखि २५ करोड सम्म स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?

उत्तर: मझौला उद्योग

  1. औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई कम विकसित क्षेत्र भनी सूचीकृत (अनुसूची १०) गरिएको छ?

उत्तर: २४ जिल्ला

  1. औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई अविकसित क्षेत्र भनी सूचिकृत (अनुसूची ९) गरिएको छ ?

उत्तर: २३ जिल्ला

  1. औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. २५ करोडभन्दा बढि स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?

उत्तर: ठूला उद्योग

  1. औद्योगिक प्रवर्द्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था छ ?

उत्तर: उद्योग मन्त्री वा राज्यमन्त्री

  1. औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. १० करोडभन्दा बढि स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?

उत्तर: सानो उद्योग (Small Scale Industries )

  1. वार्षिक आर्थिक कारोबार कति भन्दा कम रहेको उद्योगलाई लघुउद्यम (Micro Enterprise ) भनिन्छ?

उत्तर: रु. २० लाख

  1. दशौँ औद्योगिक गणना २०६९ अनुसार सबैभन्दा बढी उद्योग प्रतिष्ठानहरु रहेको जिल्ला कुन हो ?

उत्तर: रुपन्देही

  1. विशेष आर्थिक क्षेत्र (Special Economic Zone) अन्तर्गत कुनकुन कुराहरु पर्दछन् ?

उत्तर: निर्यात प्रशोधन क्षेत्र, विशेष व्यापार क्षेत्र ,वैंकिङ क्षेत्र, पर्यटकीय एंव मनोरञ्जनीय क्षेत्र आदी

  1. नेपालको पहिलो स्थापित उद्योग कुन हो ?

उत्तर: रघुपति जुट मिल

सार्वजनिक संस्थान

  1. नेपालमा संस्थान ऐन कहिले ल्याइयो ?

उत्तर: वि स २०२१

  1. विश्वको पहिलो संस्थान के लाई मानिन्छ ?

उत्तर: Bank of north america

  1. आधुनिक प्रकृतिको विश्वको पहिलो संस्थान के लाई मानिन्छ ?

उत्तर: पोर्ट अफ लण्डन अथोरीटी

  1. निजीकरण सम्बन्धी अवधारणा ल्याउने व्याक्ति को हुन ?

उत्तर: पिटर डुकर

  1. बेलायतमा सार्वजनिक संस्थाको रुपमा पोर्ट अफ लन्डन अथेरिटी को स्थापना कहिले भएको थियो?

उत्तर: सन् १९०८

  1. विश्वमा सर्वप्रथम निजिकरणसम्बन्धी अवधारणको विकास कहिले भएको थियो?

उत्तर: सन् १९८०

  1. प्रजातन्त्रको आगमनपश्चात सबभन्दा पहिले निजिकरण गरिएको संस्थान कुन हो ?

उत्तर: बाँसवारी छाला तथा जुत्ता कारखाना लि.

  1. सर्वप्रथम निजिकरण कुन देशबाट सुरु भएको हो ?

उत्तर: बेलायत

  1. नेपालमा निजिकरण ऐन कहिले देखि आयो ?

उत्तर: वि. सं. २०५०

  1. निजिकरणलाई अर्को के नामले चिनिन्छ ?

उत्तर: Thacherism ( थ्याचरवाद)

  1. नेपालमा सर्वप्रथम निजि क्षेत्रलाई बिक्रि गरिएको संस्थान कुन हो?

उत्तर: चण्डेश्वरी टेक्सटायल

  1. निजीकरणको लागि बौद्धिक पृष्ठभूमि तयार गर्ने (Capitalism & Freedom) नामक पुस्तकका लेखक को हुन् ?

उत्तर: मिल्टन फ्राइडम्यान (सन् १९६२ मा प्रकाशित)

व्यापार

  1. वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ?

उत्तर: Commercially Important Person

  1. नेपालमा कहिले देखि कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेडको स्थापना भई कमोडिटी कारोबार हुन थालेको हो?

उत्तर: वि. सं. २०६४

  1. नेपालको तयारी पोशाकको सबभन्दा ठुलो अन्तर्राष्ट्रिय बजार कुन देश हो?

उत्तर: अमेरिका

  1. नेपाल व्यापार एकीकृत रणनिती - २०१० ले तुलनात्मक लाभका कतिवटा वस्तु र सेवालाई प्राथमिकता दिएको छ?

उत्तर: १९ वटा (कृषिजन्य र सेवाजन्य ७/७ वटा र औद्योगिक वस्तु ५ वटा)

  1. नेपालले सर्वप्रथम कुन देशुसँग BIPPA सम्झौता गरेका थियो?

उत्तर: फ्रान्स

  1. नेपालले सर्वप्रथम श्रम सम्झौता कुन राष्ट्रसँग गरेको हो ?

उत्तर: कतार

पर्यटन

  1. पर्यटन परिषद्को अध्यक्ष को हुन व्यवस्था छ?

उत्तर: प्रधानमन्त्री

  1. पर्यटकहरुले पदयात्रा अनुमति पत्र कुन निकायबाट लिनुपर्ने व्यवस्था छ ?

उत्तर: अध्यागमन विभाग

  1. नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिले भएको हो?

उत्तर: वि. सं. २०३५

  1. नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो?

उत्तर: वि. सं. २०५५ पौष १६

  1. नेपाल पर्यटन वर्ष २०११ को नारा के हो ?

उत्तर: पर्यटनका लागि सँगसँगै (Together for tourism )

  1. नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले बनाइएको थियो ?

उत्तर: सन् १९७२

  1. सन् २०११ लाई कुन वर्षको रुपमा मनाइयो?

उत्तर: नेपाल पर्यटन वर्ष

  1. नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरियो?

उत्तर: वि सं २०५२

  1. सन् १९९८ लाई कुन वर्षका रुपमा मनाइयो ?

उत्तर: नेपाल भ्रमण वर्ष (Visit Nepal Year)

  1. नेपालको इतिहासमा पहिलो पर्यटक कसलाई मानिन्छ?

उत्तर: सम्राट अशोक

  1. नेपालमा हाइ अल्टिच्यूड स्पोर्टस् ट्रेनिङ को स्थापना कहाँ गरिने भएको छ?

उत्तर: दोलखा

  1. नेपालको कुन गाउँलाई सार्क राष्ट्रकै नमुना गाउँका रुपमा मानिएको छ?

उत्तर: लमजुङ जिल्लाको घले गाउँ (यसलाई हेल्थ टुरिज्म भिलेजका रुपमा समेत विकास गरिदैछ)

यातायात

  1. नेपालमा रेवल सेवाको सञ्चालन कहिलेदेखि भएको हो?

उत्तर: वि. सं. १९९३

  1. जनकपुरदेखि जयनगरसम्मको रेलमार्गको लम्बाइ कति छ?

उत्तर: ५१ कि. मि.

  1. काठमाडौं चक्रपथको लम्बाइ कति रहेको छ?

उत्तर: २७ .२ कि. मि.

  1. नेपालको सबैभन्दा होचो विमानस्थल कुन हो?

उत्तर: विराटनगर ७२ मिटर

  1. नेपालको निजि क्षेत्रमा स्थापित पहिलो विमानसेवा कुन हो?

उत्तर: नेपाल एयरवेज

  1. नेपालसँग सर्वप्रथम हवाइसेवा सम्झौता भएको राष्ट्र कुन हो ?

उत्तर: भारत

  1. पूर्व पश्चिम राजमार्गको लम्बाइ कति छ ?

उत्तर: १०२७ .६७ कि. मि.

  1. महेन्द्र राजमार्गले कति जिल्ला छोएको छ ?

उत्तर: २२

  1. त्रिभुवन राजपथको लम्बाइ कति रहेको छ?

उत्तर: १५९. ६६ कि. मि.

  1. काठमाडौं निजगढ द्रुत मार्गको लम्बाइ कति रहेको छ?

उत्तर: ७६ कि. मि

  1. पूर्व पश्चिम राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरि हो भने सबैभन्दा अग्लो भाग कुन हो?

उत्तर: बाँकेको पुस्मा

  1. काठमाडौं कोदारी राजमार्ग पनि भनिने अरनिको राजमार्गको लम्बाइ कति छ ?

उत्तर: ११३ कि. मि.

  1. पृथ्वी राजमार्ग को लम्बाइ कति छ ?

उत्तर: १७३ कि. मि. (नौवीसे- पोखरा)

  1. अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?

उत्तर: चीन

  1. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो?

उत्तर: त्रिभुवन राजपथ वि. सं. २०१३

  1. पहिले बाइरोड भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?

उत्तर: भारत

  1. पोखरादेखि सुनौली जोड्ने सिद्धार्थ राजमार्गको लम्बाइ कति रहेको छ?

उत्तर: १४६ .९४ कि. मि.

  1. पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?

उत्तर: चीन

  1. सुर्खेत जिल्लाको बांगेसिमलदेखि दैलेख कालिकोट हुदै जुम्ला जिल्लाको सदरमुकाम पुग्ने कर्णाली राजमार्गको लम्बाइ कति रहेको छ ?

उत्तर: २३२ कि. मि.

  1. काठमाडौं चक्रपथको लम्बाइ २७. २ कि. मि. रहेको छ भने काठमाडौंको प्रस्तावित बाहीरि चक्रपथको लम्बाइ कति रहेको छ ?

उत्तर: ७२ कि. मि.

  1. त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रली बस सेवा कसको सहयोगमा निर्माण भएको थियो ?

उत्तर: चीन

सञ्चार

  1. रेडियो नेपालको स्थापना कहिले भएको हो?

उत्तर: वि सं २००७ चैत्र २०

  1. नेपालमा एफ एम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो?

उत्तर: वि सं २०५२

  1. नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो?

उत्तर: वि. सं. २०४१ माघ १७

  1. निजि क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रिका कुन हो?

उत्तर: जागरण साप्ताहिक

  1. नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?

उत्तर: आवाज २००७ फागुन ८

  1. नेपालमा छापाखानाको सूरुवात कहिलेदेखि भएको हो?

उत्तर: वि. सं. १९०८

  1. रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ?

उत्तर: तारिणिप्रसाद कोइराला

  1. वि. सं. २०६१ मा स्थापित नेपालको हुलाक संग्रहालय कहाँ रहेको छ?

उत्तर: राष्ट्रिय संग्रहालय

  1. नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो?

उत्तर: गोरखापत्र

  1. नेपालमा हुलाक सेवाको सञ्चालन कहिलेदेखि सुरु भएको हो?

उत्तर: वि. सं. १८७५

  1. एक विद्यार्थि एक ल्यापटप कार्यक्रम नमुनाका रुपमा कुन जिल्लामा लागू गरिएको हो ?

उत्तर: मुस्ताङ

  1. राष्ट्रिय समाचार समितिलाई पहिले के भनिन्थ्यो?

उत्तर: सगरमाथा सम्वाद समिति

  1. गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको हो?

उत्तर: वि. सं. १९५८ बैशाख २४

  1. विश्वको पहिलो हुलाक टिकट कुन हो?

उत्तर: पेन्नी ब्ल्याक (बेलायत)

  1. द राइजिङ नेपाल पत्रिकाको प्रकाशन कहिलेदेखि भएको हो ?

उत्तर: वि. सं. २०२२ पौष १

  1. नेपालमा सबभन्दा पहिला निर्माण भएको सिनेमा हल कुन हो?

उत्तर: मदन जनसेवा सिनेमा हल (विशाल बजार काठमाडौं)

  1. चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट सुरु भएको हो?

उत्तर: बेलायत

शिक्षा

  1. शिक्षामा सबैभन्दा बढी खर्च गर्ने देश कुन हो ?

उत्तर: इजरायल

  1. शिक्षालाई जिवनको आधार मानि व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा कज हुन् ?

उत्तर: जयस्थिति मल्ल

  1. त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?

उत्तर: वि. सं. १९७५ भाद्र २७

  1. नेपालबाटै एसएलसी परीक्षा दिन पाइने व्यवस्था कसले गराएका हुन् ?

उत्तर: जुद्धशमशेर

  1. राज्यका तर्फबाट छात्रवृत्ति दिने प्रथाको सुरुवात कसले गरेका हुन् ?

उत्तर: पृथ्वीनारायण शाह

  1. नेपालमा एसएलसीको पूरक परीक्षा कहिलेदेखि सुरु भएको हो?

उत्तर: वि. सं. २००३

  1. नेपालमा प्रौढ शिक्षाको सुरुवात कहिलेदेखि भएको हो?

उत्तर: वि. सं. २०१२

  1. नेपालमा आधुनिक शिक्षाको सुरुवात कहिलेदेखि भएको हो ?

उत्तर: वि. सं. १९१० मा दरबार स्कुलको स्थापनापछि

  1. प्रथम विश्वविद्यालय योजना कमिसनको गठन कहिले र कसको अध्यक्षतामा भएको हो?

उत्तर: वि. सं. २००५ भाद्र १०, मृगेन्द्रशमशेर

  1. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?

उत्तर: सेप्टेम्बर ८

  1. कहिलेदेखि दरबार स्कुल सर्वसाधारणका लागि खुला भएको हो ?

उत्तर: वि. सं. १९४२ (वीरशमशेरका पालादेखि)

  1. पहिलो परीक्षा नियन्त्रक को हुन् ?

उत्तर: नन्दराम उप्रेती

  1. नेपालमा महिला शिक्षाको सुरुवात गर्न प्रेरित गर्ने व्यक्ति को हुन्?

उत्तर: गंगावाई (भारतीय महिला)

  1. काठमाडौं उपत्यका बाहिर खुलेको पहिलो क्यापस कुन हो ?

उत्तर: ठाकुरराम कलेज, वीरगञ्ज

  1. शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?

उत्तर: वि. सं. २००७

  1. नेपालको पहिलो शिक्षामन्त्री को हुन् ?

उत्तर: नृपजंग राणा

  1. संयुक्त राष्ट्रसंघद्बारा सन् १९९० लाई कुन वर्षको रुपमा मनाइयो?

उत्तर: अन्तर्राष्ट्रिय साक्षरता वर्ष

  1. वि. सं. २००७ सालमा नेपालको साक्षरता प्रतिशत कति थियो?

उत्तर: २ प्रतिशत

  1. त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन् ?

उत्तर: सुवर्णशमशेर

  1. नेपालमा सबैभन्दा धेरै माध्यमिक विद्यालय कहाँ रहेका छन् ?

उत्तर: काठमाडौं

  1. राष्ट्रिय पुस्तकालय कहाँ रहेको छ ?

उत्तर: हरिहर भवन, पुल्चोक

  1. त्रिभुवन विश्व विद्यालयका प्रथम कुलपति को हुन्?

उत्तर: श्री ५ मुमा बडामहारानी कान्ती राज्यलक्ष्मी देवी शाह

  1. नेपालको पहिलो विद्युतीय पुस्तकालय कुन हो ?

उत्तर: वासुदेव ढुंगाना विद्युतीय पुस्तकालय

  1. सर्वप्रथम सरकारीस्तरमा पाठशालामा खोल्ने अनुमति दिने व्यक्ति को हुन्?

उत्तर: रणोद्धिप सिंह

  1. नेपालको पहिलो साक्षर गाविस कुन हो?

उत्तर: हेम्जा (कास्की) वि. सं. २०७० भाद्रमा घोषित

  1. नेपालमा महिला शिक्षाको थालनी गर्ने राणा प्रधानमन्त्री को हुन् ?

उत्तर: वीरशमशेर

  1. नेपाल सरकारले कुन वर्षलाई निरक्षता उन्मूलन वर्षका रुपमा मनाइयो?

उत्तर: आ. व. २०७१/७२

  1. राष्ट्रिय अनौपचारिक शिक्षा परिषदको अध्यक्षको हुन्छ ?

उत्तर: शिक्षा मन्त्री

  1. नेपालको सबैभन्दा पहिले पूर्ण साक्षर नगरपालिकाका रुपमा घोषित हुने नगरपालिका कुन हो?

उत्तर: तानसेन नगरपालिका( वि. सं. २०७० मंसिर २६)

स्वास्थ्य

  1. नेपाललाई कहिले विफरमुक्त देश घोषणा गरियो?

उत्तर: वि. सं. २०३४ वैशाख १

  1. नेपालमा स्वास्थय सम्बन्धी कार्यक्रम कुन योजनादेखि समावेश गर्न थालिएको हो ?

उत्तर: पाँचौ पञ्चवर्षीय योजना

  1. DOTS विधिको थालनी सुरुमा कति जिल्लामा गरिएको थियो?

उत्तर: चार (भक्तपुर, पर्सा, नपलपरासी र कैलाली)

विधुत्

  1. निजी क्षेत्रको लगानीमा सम्पन्न नेपालको पहिलो जदविद्युत आयोजना कुन हो ?

उत्तर: खिम्ती जलविद्युत आयोजना (६० मेगावाट)

  1. नेपालको दोस्रो जलविद्युत आयोजना कुन हो?

उत्तर: सुन्दरीजल (वि. सं. १९९२)

  1. कति किलोवाटसम्मको जलविद्युतलाई लघु जलविद्युत भनिन्छ ?

उत्तर: १०० किलोवाट

  1. विश्वको सबैभन्दा बढी उचाईमा रहेको जलविद्युत आयोजना कुन हो ?

उत्तर: थामे जलविद्युत आयोजना (६०० कि. वा.), सोलुखुम्बु

  1. माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ?

उत्तर: ४५६ मेगावट

  1. नेपालको पहिलो जलविद्युत आयोजना कुन हो

उत्तर: फर्पिङ जलविद्युत आयोजना (वि. सं. १९६८), काठमाडौं