"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Monday, August 07, 2017

वस्तु वर्गीकरण सम्झने तरिका

 

जीवित जन्तु भाग एक, मासु–माछा भाग दुई।

दूध, अण्डा, महका वस्तु, भाग पाँचमा छन् सबै।।

 खान मिल्ने मासु–माछा, भाग दुईमा राखिन्छ।

जीवजन्य उत्पादनहरू, भाग पाँचमा गनिन्छ।।

 जीवित रूख बिरुवाहरू, भाग छमा पर्दछन्।

पात–फूलका सजावटका, वस्तु त्यहीँ समेटिन्छन्।।

 

ताजा वा सुके तरकारी, भाग सातमा राखिन्छ।

ताजा फल र कागतीहरू, भाग आठमा गनिन्छ।।

 

कफी, चिया, मसला सारा, भाग नौमा पर्दछन्।

अन्न तथा खाद्यान्न सबै, भाग दशमा अट्दछन्।।

 

पिठो, स्टार्च र ग्लुटेनहरू, एघारौँमा राखिन्छ।

तेलहन, बीउ, पराल, घाँस, बाह्र भागमा गनिन्छ।।

 

लाहा, गुँद र वनस्पतिका, रस–सार तेह्रमा।

चोया–पोया, रुद्राक्ष–रिठ्ठा, चौध भागमा छन् सदा।।

 

बोसो, तेल र प्राकृतिक मैन, पन्ध्र भागमा राखिन्छ।

जीव–वनस्पतिका यस्ता, वस्तु त्यहीँ समेटिन्छ।।

चिया, कफी, मसला र, मकै–धान भाग १०।
भाग ११ मा मिलका सामान, मैदा–पिठो बुझ्नू सब।।

तेल आउने गेडागुडी, भाग १२ मा गनिन्छ।
खोटो, चोप र जडीबुटी, भाग १३ मा राखिन्छ।।

बुन्न मिल्ने रेशा–जरा, भाग १४ मा छ सारा।
बोसो, तेल र चिल्ला वस्तु, भाग १५ मा हेर नरा।।

मासु, माछा तयारी रूप, भाग १६ मा पर्छ।
चिनी र चिनीका मिठाई, भाग १७ मा रहन्छ।।

कोको र चकलेटहरू, भाग १८ मा गन।
अन्न, पीठो, बिस्कुट केक, भाग १९ मा भन।।

तरकारी,फल आचार जाम, भाग २० मा हेर।
थरिथरिका सस, सुप,मसला,भाग २१ मा बेर।।

पानी, जुस, रक्सी र मदिरा, भाग २२ मा आउने।
उद्योगका कसिङ्गर, भुस, पिना, भाग २३ मा पाउने।।

सुर्ती, खैनी, चुरोट र बिँडी, भाग २४ मा सब।
खाद्यान्न र पेयको, सकियो वर्गीकरण अब।।

माटो, ढुङ्गा, सिमेन्ट र नुन, भाग २५ मा राख।
धातुका धाउ, छार र खरानी, भाग २६ मा चाख।।

कोइला, मट्टितेल, ग्याँस र तेल, भाग २७ मा आउने।
रसायन, गन्धक, क्लोरिन ग्याँस, भाग २८ मा पाउने।।

जैविक रसायन अंगारका यौगिक, भाग २९ मा गन।
औषधीमुलो, सुई र खोप, भाग ३० मा भन।।

मलखाद, युरिया, पोटास र डीएपी, भाग ३१ मा बुझ्नू।
रङ, पेन्ट, मसी र ट्यानिन, भाग ३२ मा खोज्नू।।

अत्तर, साबुन, क्रिम र सेम्पु, भाग ३३ र ३४।
चोप, ग्लु, गम र सरेसको, भाग ३५ मा छ घर।।

बारुद, पटाका र सलाईको, भाग ३६ मा बास।
फोटोका फिल्म र रसायन, भाग ३७ मा खास।।
विविध केमिकल र कीटनाशक, भाग ३८ मा पास।

प्लाष्टिक र प्लाष्टिकका सामान, भाग ३९ मा जाउ।
रबर र रबरका वस्तु, भाग ४० मा पाऊ।।

काँचो छाला र पकाएको, भाग ४१ मा गन।
ब्याग, बेल्ट र सुटकेसहरू, भाग ४२ मा भन।।

भुत्ला भएका छाला–फर, भाग ४३ मा आउने।
काठ र काठका सामान, भाग ४४ मा पाउने।।

बिर्को बन्ने कर्क काठ, भाग ४५ मा बस्छ।
चोया, चटाई र डालोहरू, भाग ४६ मा पस्छ।।

कागज बन्ने लेदो–पल्प, भाग ४७ मा हेर।
कागज, कार्टुन, डायरी र कापी, भाग ४८ मा बेर।।
किताब, पत्रिका र बुट्टा, भाग ४९ मा सब।
बुझ्यौ काठ र कागजको, वर्गीकरण अब।।

सिल्क र रेशमका सामान, भाग ५० मा छान।
ऊन र पश्मिनाका धागो, भाग ५१ मा जान।।

कपास र सुती कपडा, भाग ५२ मा आउने।
वनस्पतिजन्य अन्य रेशा, भाग ५३ मा पाउने।।

कृत्रिम धागो फिलामेन्ट, भाग ५४ मा गन।
कृत्रिम स्टेपल फाइबरहरू, भाग ५५ मा भन।।

कटन, प्याडिङ र डोरी, भाग ५६ मा बस्छ।
गलैँचा र कार्पेटहरू, भाग ५७ मा पस्छ।।

विशेष कपडा र बुट्टा, भाग ५८ मा समेट।
लेमिनेटेड र औद्योगिक कपडा, भाग ५९ मा भेट।।

बुनेका क्रोचेट कपडाहरू, भाग ६० मा हेर।
तयारी सुती कपडा र लुगा, भाग ६१ मा बेर।।

नबुनेका तयारी कपडाहरू, भाग ६२ मा आउने।
ओछ्यान, कम्बल र पर्दा, भाग ६३ मा पाउने।।

जुत्ता, चप्पल र बुटहरू, भाग ६४ मा पर।
गम्बुट, स्पोर्ट्स र चप्पलको, यहीँ छ घर।।

टाउकोमा लगाउने टोपी, भाग ६५ मा जाउ।
छाता, लौरो र कोर्रा, भाग ६६ मा पाऊ।।
कृत्रिम फूल र प्वाँखका सामान, भाग ६७ मा आउ।

ढुङ्गा, अभ्रक र एस्बेस्टस, भाग ६८ मा गन।
माटोका भाँडा, इँटा, टायल, भाग ६९ मा भन।।

ऐना, सिसा र सिसाका सामान, भाग ७० मा आउने।
मोती, सुन, चाँदी र गहना, भाग ७१ मा पाउने।।

फलाम र स्टिलका डन्डी–पाता, भाग ७२ मा बस्छ।
फलामका पाइप, किला र सामान, भाग ७३ मा पस्छ।।

तामा र तामाका सामान, भाग ७४ मा हेर।
निकेल धातु र यसका सामान, भाग ७५ मा बेर।।

आल्मुनियमका भाँडा र पाता, भाग ७६ मा राख।
सिसा (Lead) धातु र सामान, भाग ७८ मा चाख।।

जस्ता (Zinc) र जस्ताका पाता, भाग ७९ मा पाऊ।
टिन धातु र सामानहरू, भाग ८० मा जाऊ।।

अन्य धातु र सेरामिक्स, भाग ८१ मा सम्झ।
औजार, चम्चा, काँटा र छुरी, भाग ८२ मा बुझ।।
विविध धातुका ताला र साँचो, भाग ८३ मा खोज।

मेसिन, इन्जिन, कम्प्युटर, भाग ८४ मा छान।
बिजुलीका मोटर, टिभी, फोन, भाग ८५ मा जान।।

रेलका डिब्बा, ट्र्याक र सिङ्नल, भाग ८६ मा आउने।
मोटरकार, बस, मोटरसाइकल, भाग ८७ मा पाउने।।

हवाइजहाज, रकेट, ड्रोन, भाग ८८ मा पर।
पानीजहाज र डुङ्गाको, भाग ८९ मा छ घर।।

चस्मा, क्यामरा, मेडिकल औजार, भाग ९० मा समेट।
घडी, स्टपवाच र पार्टपूर्जा, भाग ९१ मा भेट।।

बाजागाजा र म्युजिक सिस्टम, भाग ९२ मा हेर।
हतियार, बन्दुक, गोलीगट्ठा, भाग ९३ मा बेर।।

फर्निचर, म्याट्रेस, बत्ती र लाइट, भाग ९४ मा आउने।
खेलौना, भिडियो गेम, खेलकुद, भाग ९५ मा पाउने।।
विविध सामान, ब्रस, टाँक, पेन, भाग ९६ मा जाउ।
पुराना कलाकृति, ऐतिहासिक सिक्का, भाग ९७ मा पाऊ।।

 

 

 

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.