Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

लेखा प्रणाली भनेको के हो ? नेपालको वर्तमान लेखा प्रणालीका कमजोरी तथा सुधारका लागि सुझाबहरू दिनुहोस ।

आर्थिक अनुशासनका लागि: लेखा प्रणाली …………………………………………………………

🔴 मौद्रिक महत्व भएको आर्थिक कारोबारलाई निश्चित ढाँचामा अभिलेख र प्रस्तुत गर्ने कार्यविधि नै लेखा प्रणाली हो । 

🔴लेखा प्रणाली एउटा सूचना प्रणाली हो जसले आर्थिक कारोबारको पहिचान, अभिलेखांकन, मापन, वर्गीकरण, पुस्ट्याइँ तथा संक्षेपीकरण गर्दछ । 

🔴 आर्थिक कारोबारका विश्वव्यापी सिद्धान्तहरूको आधारमा आर्थिक कारोबारहरूको संकलन र वर्गीकरण गरी गोस्वारा भौचर, नगदी किताब, बही खाता तयार गरी संस्थाको वित्तीय विवरणहरू तयार गर्नेसम्मको कार्यलाई समग्रमा लेखा प्रणालीका रूपमा चिनिन्छ ।

🔴 लेखा प्रणालीलाई एकोहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली गरी २ भागमा वर्गीकरण गर्न सकिन्छ । 

🔴 आधुनिक लेखा प्रणालीअन्तर्गत नेपालको वर्तमान सरकारी स्रेस्ता प्रणाली दोहोरो स्रेस्ता प्रणालीमा आधारित छ । यसको सुरुवात वि.सं. २०१८ सालदेखि भएको हो । यसलाई नयाँ स्रेस्ता प्रणाली भनेर पनि चिनिन्छ । यसका कमजोरी तथा सुधारका उपायहरू निम्नानुसार प्रस्तुत गरिएको छ ।

नेपालका लेखा प्रणालीका कमजोरीहरू

…………………………………………………………

🔴 नगदमा आधारित हुनु,

🔴 आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नभएको,

🔴 समयमा केन्द्रीय लेखा तयार नहुने,

🔴  ह्रासकट्टीको व्यवस्था नभएको, 

🔴 सम्पत्ति र दायित्वको यथार्थ स्थिति मूल्यांकन गर्न नसकिएको,

🔴 पेस्कीलाई खर्च मान्ने पद्धति रहेको,

🔴 लेखाका परम्परागत ढाँचामा आधारित फारामहरू, 

🔴 पद्धतिमा आधारित हुन नसकेको,

🔴 जिन्सी लेखांकनमा स्पष्टता नभएको, आदि ।


सुधारका लागि सुझाबहरू

……………………………………

🔴 सरकारी लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय मानदण्ड बमोजिम तादात्म्य मिल्ने गरी परिमार्जन गर्ने,

🔴 लेखा प्रणाली बजेटको उद्देश्य पूरा गर्ने हुनुपर्ने,

🔴 नगद आधारको लेखांकनबाट प्रोद्भावी लेखांकन प्रणालीमा परिणत गर्नुपर्ने,

🔴 लेखाका फारामहरूलाई परिमार्जन र सरलीकरण गर्नुपर्ने,

🔴 लेखा प्रणाली सरकारी आम्दानी, खर्च, सम्पत्ति र दायित्वको पूर्ण कारोबारको पूर्ण लेखांकनमा सक्षम हुनुपर्ने,

🔴 लेखा प्रणालीले सर्वमान्य लेखाका सिद्धान्त अवलम्बनमा जोड दिनुपर्ने,

🔴 समयमै वित्तीय विवरण तयार गरी लेखापरीक्षणमा सघाउ पुर्‍याउनुपर्ने,

🔴 आन्तरिक नियन्त्रण व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने,

🔴 स्पष्ट लेखा नीतिहरू तर्जुमा गरी लागू गर्ने । 

अन्त्यमा,

……………

कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिएको हिसाब तथा सो कारोबारलाई पुष्टि गर्ने कागजात लेखा हो । लेखा राख्ने पद्धतिलाई लेखा प्रणालीका रूपमा चिनिन्छ । नेपालको वर्तमान स्रेस्ता प्रणालीमा देखिएका समस्यालाई सुधार गर्दै अगाडि बढ्न सकेमा सरकारी कार्यालयलाई छु्ट्याएको बजेटको सदुपयोग भई समग्र मुलुकमा सुशासन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।

4th Paper Model Solution















 

प्राकृतिक स्रोतको संरक्षण र उपयोगका सवालहरू

 प्राकृतिक स्रोत कुनै पनि मुलुकको जीवनका पनि स्रोत हुन्, अर्थतन्त्रका आधार हुन्, प्राणी तथा वनस्पतिका बाँच्ने आधार हुन् । यस्ता स्रोतको व्यवस्थित र दिगो उपयोगबाट नै मुलुकले समृद्धि प्राप्त गर्छ भने नागरिकले दिगो सेवा । मुलुक विकासको महत्वपूर्ण आधार पनि प्राकृतिक स्रोत हो । कुनै मुलुसँग प्राकृतिक स्रोतको उपलब्धता छैन भने विकास निकै कठिन हुन्छ, अरु मुलुकसँग निर्भर रहनु पर्दछ । त्यसैले यस्ता प्राकृतिक स्रोतको संरक्षण एवं व्यवस्थित उपयोग गर्नुपर्दछ ।

एकात्मक राज्य प्रणाली भएको अवस्थामा प्राकृतिक स्रोतको व्यवस्थापन स्वाभाविकरूपमा केन्द्रीय सरकारको हुन्थ्यो । नेपालले २०७२ असोज ३ गते जारी गरेको संविधानले राज्यको शासकीय प्रक्रियालाई तहगत संरचनामा वर्गीकरण गरेको छ । संविधान र यसका अनुसूचीले राज्यका शक्ति र स्रोतको विभाजन पनि तहगत शासकीय इकाइमा विभाजन गरिएको छ । संविधानको धारा ५९ (४) मा संघ, प्रदेश तथा स्थानीय तहले प्राकृतिक स्रोतको प्रयोग वा विकासबाट प्राप्त लाभको समन्यायिक वितरण गर्न राज्यलाई निर्देश गरेको छ । प्राकृतिक स्रोतलाई सामान्यतया खानी, जलस्रोत, वन र भूमिलाई लिइन्छ । प्रचलित नेपाल कानुनले बन, जल, खनिज, पेट्रोलियम, भूमि, वैकल्पिक ऊर्जा (सौर्य ताप, हावा, वर्षाको पानी, जलविद्युत्, भूष्ण ताप, वायो मास, वायो फ्यूल) र सांस्कृतिक एवं पर्यटकीय स्रोतलगायत नेपाल सरकारले तोकेका अन्यलाई जनाउँछ भनी विस्तृतरूपमा उल्लेख गरेको छ ।

नेपालमा प्राकृतिक स्रोत व्यवस्थापनमा संघीय तहहरूबीच अधिकार, जिम्मेवारी र कार्यक्षेत्र विभाजनमा स्पष्टता छैन, केवल स्रोतबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणका लागि मात्र आधार र प्रक्रियाहरू तोकिएका छन् । प्राकृतिक सम्पदाबाट प्राप्त हुने आयको संघीय तहमा ५० प्रतिशत र प्रदेश तथा स्थानीय तहका लागि २५/२५ प्रतिशत विभाजन हुन्छ । लाभस्वरूप प्राप्त हुने रकम विभाजन नगरेसम्म संघीय विभाज्य कोषमा राखिन्छ । विभाज्य कोषको सञ्चालन महालेखा नियन्त्रक कार्यालयले गर्दछ । संघले प्राप्त गर्ने ५० प्रतिशत रकममा खासै समस्या छैन तर प्रदेशले पाउने २५ प्रतिशत र स्थानीय तहले पाउने २५ प्रतिशतमा भने प्राकृतिक स्रोतको फैलावट र प्रभाव क्षेत्र, त्यसमा सम्बन्धित तहले गरेको लगानी वा संरक्षणलाई पनि आधार मान्नुपर्ने हुन्छ । जसका लागि भरपर्दो खण्डीकृत तथ्याङ्क राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगसँग छैन । अनुपातका आधारमा बाँड्दा न्याय हुँदैन ।

त्यस्तै संघीय सरकारले २७ हिमशिखरबाट प्राप्त हुने आय व्यवस्थापनको जिम्मा एक गैरसरकारी संस्थालाई दिएको छ । यसले पाँच प्रतिशत सञ्चालन खर्च, ४५ प्रतिशत आफ्ना कार्यहरूमा खर्च गरी बाँकी ५० प्रतिशत सरकारी कोषमा दाखिला हुने निर्णय केही वर्षअघि नेपाल सरकारले गरेको छ, जुन संविधान, कानुन र संघीयताको भावनाअनुकूल छैन । त्यस्तै वन सम्पदाको आयलाई पनि सामुदायिक वन व्यवस्थापन समितिलाई निश्चित प्रतिशत उपलब्ध गराउने कानुनी व्यवस्था गरिएको छ, यो पनि संविधान र संघीयता अनुकूल होइन । संघीय सरकारले विभाज्य कोषको व्यवस्थापन गरी स्थानीय, प्रदेश तथा संघीय सञ्चित कोषमा रकम ल्याएपछि विनियोजन ऐनमार्फत यस्ता गैरसरकारी संस्थाहरूलाई आवश्यक रकम दिन सकिन्छ तर प्राकृतिक साधनको कोष व्यवस्थापन जिम्मा लगाउन र विनियोजन ऐनमा समावेश नगरी सिधै रकम उपलब्ध गराउन भने सकिँदैन । यसर्थ यो गम्भीर सवाललाई पुनर्बोध गर्नु जरुरी छ । यस विषयलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तथा महालेखापरीक्षकले गम्भीरतापूर्वक उठाएका छैनन् ।

अर्को छुटेको पाटो भनेको प्राकृतिक स्रोतको संरक्षण र विकास हो । प्राकृतिक स्रोतको परिचालनको सबैभन्दा ठूलो पक्ष नै यसको संरक्षण र विकास हो । प्राकृतिक स्रोतको अवस्थिति, प्राकृतिक स्रोतको प्रकार, प्रकृति र मूल्य, भौगोलिक वितरण, प्रतिफलमाथिको पहुँच र क्षमता, आश्रित जनसंख्या र असर, स्रोतको विकास, व्यवस्थापन र संरक्षणमा सहभागिता, पुनः लगानीको सुनिश्चितताजस्ता पक्षमा ध्यान ध्यान दिइएको छैन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आफ्नो संवैधानिक अधिकारका आधारमा प्राकृतिक स्रोतको संरक्षण र संवर्द्धनका लागि पनि ध्यानाकृष्ट गरी रोयल्टी विभाजनको आधार तय गरेको छ । तर संरक्षणको जिम्मेवारी लिनुपर्ने स्थानीय तहहरूले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । प्राकृतिक स्रोतको भण्डार सीमित हुन्छ । जमीन, जंगल, पानी, खानीलगायतका प्राकृतिक स्रोतको अविवेकी र उग्रह दोहनले कुनै दिन सोको भण्डार रित्तिने अवस्थामा पुग्दछन् भने अहिले नै प्राकेतिक आवहवा एवं जैविक विविधतालाई चुनौती दिन पुगेको छ ।

प्राकृतिक स्रोत त्यति मात्र उपयोग गरिनु पर्दछ जति प्राकृतिक प्रक्रियाबाट पुनरुत्पादन हुन्छ । तत्कालको फाइदाको लागि भविष्यका पुस्तालाई प्रतिकूल हानी पु-याउनु हुँदैन । जैविक विविधता र पारिस्थितिक सन्तुलन खल्बल्याउनु हुँदैन । नेपालका शासकीय तहहरूले तत्कालको फाइदाका लागि सोच्ने प्रवृत्तिका कारण पानी, ढुंगा, बालुवाको अत्यधिक निसर्ग भइरहेको छ । स्थानीय सरकारहरू प्राकृतिक स्रोतको दोहनमा कति पनि संवेदनशील छैनन्, बरु आफ्नो भरपर्दो आयस्रोतको रूपमा लिइरहेका छन् । व्यवसायीहरू विनालगानी १३ सय प्रतिशतसम्म फाइदा हुने भएकाले वातावरणीय प्रभाव र कानुनी सर्तबन्देजालाई उपेक्षा गरिरहेका छन् । यस प्रक्रियामा राजनीतिक तथा प्रशासकीय समर्थन पनि छ । परिणामतः घाटाचाहिँ मुलुकलाई भएको छ, पारिस्थतिक प्रणाली र जीवजन्तुलाई भएको छ ।

प्राकृतिक स्रोत संरक्षण र उपयोगमा वातावरणीय न्यायको पक्ष समावेश हुन्छ । धेरैजसो स्थानीय तहहरू यस विषयमा जानकार छैनन् । अभिमुखीकरण र क्षमता विकासको पक्ष उपेक्षित छ । स्वअग्रसर भएर केही स्थानीय तहहरूले निर्देशिका र मापदण्ड जारी गरेका छन्, तर जनस्तरसम्म त्यसको चेतना पुगेको छैन, न पालिकाहरूमा मापदण्ड परिपालनको नियमन क्षमता नै छ । प्राकृतिक स्रोत तथा सम्पदाको सूचना आदान प्रदान पनि भएको छैन । जनचेतना र नागरिक शिक्षामा रहेका वर्गहरू प्राकृतिक स्रोतलाई रैथाने जीवन आधारका रूपमा मात्र लिन्छन्, पालिकाहरूसँगको सहकार्य भएको छैन । अधिकार एकातिर, उपयोग अर्कोतिर भएको छ, उपयोगका बहुआयामिक पक्षमा विश्लेषण गरिएको पनि छैन । सरकार, समुदाय र व्यवसायीले एकै अर्थमा यसलाई बुझेका छैनन् । प्राकृतिक स्रोतसम्बन्धी क्षेत्रगत नीति पनि दिगो व्यवस्थापनका दृष्टिमा भन्दा आर्थिक फाइदा लिने विषयमा केन्द्रित हुँदै आएका छन् । प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापनका विषयलाई आर्थिक वृद्धि नीतिले स्वीकार्दैैैनन् । हरित अर्थतन्त्र र दिगो व्यवस्थापन होइन, खैरो अर्थतन्त्र र रेखीय वृद्धिको आर्थिक सोच राखिएको छ । तहगत सरकारका नीति कार्यक्रम र बजेट योजनाले यो विषयलाई अन्तरबोध नै गर्न सकेको छैन । त्यसैले प्राकृतिक सम्पदाको प्राचुर्य भईकन पनि यसबाट लाभान्वित हुन सकिएको छैन ।

राष्ट्रिय प्राकृतिक स्रोत संरक्षण नीति खाका संघीय सरकारले तर्जुमा गर्नु अहिलेको आवश्यकता हो । छरिएर रहेका स्रोत सम्पदासम्बन्धी नीतिलाई एकीकृत गरी पूर्ण बनाइनु पर्दछ । पहिला त राष्ट्रिय प्राकृतिक स्रोतको आधिकारिक अवस्थाको चित्राङ्कन गरिनु पर्दछ । तथ्याङ्कहरू छरिएका छन्, पूर्ण छैनन्् । जस्तो कि जमीनको आँकडा नापी विभाग, खानीको खानी विभाग, वन सम्पदाको वन विभाग, जल स्रोतको ऊर्जा आयोग र हिमशिखरको पर्यटन विभागसँग छ । आँकडा व्यवस्थापनका प्राधिकार निकाय यिनै हुन् । यसको तहगत वितरणको अवस्था कस्तो छ ? खण्डीकृत तथ्याङ्क उपलब्ध छैन । स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रको स्रोत आधार तयार गरी स्रोत सम्पदा संरक्षणको कार्ययोजना बनाउनु पर्दछ । स्थानीय सरकारले भौतिक योजनालाई मात्र ध्यान दिएर पुग्दैन, स्थानीय सेवामा मुख्य आधार भनेको प्राकृतिक स्रोत हो । यसको रणनीतिक योजना नभएकोले प्राकृतिक विपद र धनजनको क्षति समेत भएको छ । योजनाअनुरूप स्रोतको उपयोगले लाभको आयतन विस्तृत र व्यवस्थित हुनेछ । यसका लागि चाहिने सहजीकरण, समन्वय र नीति टेवा भने राष्ट्रिय तहबाट नै गरिनुपर्दछ ।

चौंथो राष्ट्रिय बाघ गणना २०२२

 चौंथो राष्ट्रिय बाघ गणना २०२२ को नतिजा सार्वजनिक 


🐅 वि. स. २०७९ साउन १३ गते 

🐅 अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका

🐅 नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ

🐅 २०७८ मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो

🐅 बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ ।

🐅 सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । यहाँ १२८ वटा बाघ छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।

🐅 बाघ गणनाका लागि चितवन-पर्सा, बाँके-बर्दिया र शुक्ला-लालझाडी-जोगबुढा गरेर तीनवटा कम्पलेक्समा विभाजन गरेर गणना गरिएको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले 'टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल,२०१७ 'ले निर्दिष्ट गरे अनुसार 'क्यामेरा ट्रायापिङ' र 'अकुपेन्सी सर्भे विधि' अपनाएर गरेको थियो ।

🐅 नेपाल बाहेक भारत, चीन, भुटान, रुस, ब‌ंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।

🐅 नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । नेपालले यो लक्ष्य सन् २०१८को गणनामा झन्डै हासिल गरेको थियो । सन् २०१० नेपालमा १२१ बाघ थिए, सन‍् २०१३ को गणनामा १९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २३५ पुगेका थिए । सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएको थियो ।

व्यवस्थापन परीक्षण भनेको के हो ? यसको उद्देश्य र यसलाई प्रभावकारी बनाउने उपाय के के हुन् ?

 व्यवस्थापन परीक्षण

👉️ व्यवस्थापनले सम्पादन गरेका क्रियाकलापको सान्दर्भिकता, जवाफदेहिता र प्रभावकारिता परीक्षण गर्ने काम नै व्यवस्थापन परीक्षण हो । व्यवस्थापन परीक्षण त्यत तगबष्तिथ व्ककराचबलअभ संग सम्बन्धित हुन्छ ।

👉️ व्यवस्थापन परीक्षण लेखा परीक्षण, प्रशासकीय परीक्षण, गुणस्तर परीक्षण, प्राविधिक परीक्षण र सामाजिक प्रभाव परीक्षणको समग्रता ।

👉️ व्यवस्थापनका सम्पूर्ण कारबाहीको व्यवस्थित ढंगले परीक्षण, विश्लेषण र गुण निर्धारण गर्नु नै व्यवस्थापन परीक्षण हो व्यवस्थापन परीक्षण कार्यसम्पादन परीक्षण हो । यसको महत्त्वपूर्ण उद्देश्य संगठनमा काम गर्ने मानिसको कर्तव्य र उत्तरदायित्व परिचालन गराउने र जवाफदेहिता सिर्जना गर्ने हो । व्यवस्थापन परीक्षण नियमित र आकस्मिक हुन सक्दछ ।

👉️ व्यवस्थापन परीक्षण व्यवस्थापनका त्रुटिहरू पहिल्याउन, सच्याउनु र आवश्यक सुधार गर्नु ।


व्यवस्थापन परीक्षणका उद्देश्यहरू : 

••••••••••••••••••••••••••••••••••••••

👉️ संगठनका उद्देश्यको पहिचान र विश्लेषण गर्ने,

👉️ कार्यसम्पादन उपलब्धिको मूल्याकन गर्ने, अपेक्षित उपलब्धि र वास्तविक नतिजाको तुलना गर्ने,

👉️समस्या, तिनको कारण र असरको पहिचान र विश्लेषण गर्नु, व्यवस्थापकको सीप क्षमता र व्यवहारको मूल्यांकन गर्न, बढाउनु,

👉️संगठनमा प्रभावकारिता, कुशलता र मितव्ययीता सेवाको गुणस्तर बढाई ग्राहक सन्तुष्टि बढाउन

👉️कार्यसम्पादनको स्तरमा सुधार ल्याउन,

👉️संगठनमा समयसापेक्ष परिवर्तन हासिल गर्नु,

👉️3c को विकास गर्ने Competence, Commitment, Culture


व्यवस्थापन परीक्षणमा अवलम्बन गरिने पद्धतिहरू

•••••••••••••••••••••••••••••••••••••••••••••••••••••

👉️ प्रत्यक्ष निरीक्षण, अवलोकन, अन्तवार्ता, छलफल, प्रश्नावली, कागजात वा प्रमाण हेरेर अध्ययन अनुसन्धान ।


व्यवस्थापन परीक्षणमा विद्यमान समस्याहरू 

……………………………………………………………

👉️ स्वतन्त्र निकायबाट नभै साप्रमले गरेकाले यथार्थ नहुने सम्भावना छ ।

👉️ केवल प्रशासकीय कार्यविधि पालना भए नभएको मात्र हेरिन्छ

👉️ कमजोर संस्थागत व्यवस्था छ ।

👉️ जनशक्तिमा तालिमको अभाव छ । परीक्षणका निश्चित विधि, मापदण्ड र सूचक छैनन् ।

👉️ सोत, साधन र प्रविधिको अभाव छ ।

👉️ प्रतिवेदन उपर कारबाही हुदैन । योजना कार्यक्रममा कतै प्राथमिकता देखिएन ।

👉️ Policy को Evaluation भएको पाइदैन । परीक्षण गर्ने निकायको सहयोगको अभाव छ ।


व्यवस्थापन परीक्षणलाई कसरी प्रभावकारी बनाउने ? कार्यक्षेत्र स्पष्ट गर्ने - Whole कि प्रशासकीय कार्यविधि मात्र ।

••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••

👉️ सबै मन्त्रालयमा नमुना परीक्षण प्रणालीको विकास गर्ने निरीक्षण पद्धति बसाउन जरुरी छ ।

👉️ Line Ministry लाई कार्य प्रत्यायोजन गरी MoGA ले अनुगमन मात्र गर्ने । 

👉️ पुरस्कार प्रणाली अपनाउने । सूचक बनाई त्यसैको आधारमा मूल्यांकन गर्ने ।

👉️ पर्याप्त स्रोत साधन र कर्मचारीलाई तालिमको व्यवस्था, 

👉️ कासमुसँग पनि आवद्ध गर्न सकिन्छ । वार्षिक प्रतिवेदन संसदीय समितिमा जाने गरिएमा जनमुखी हुन्छ ।

👉️ Management Audit लाई प्रशासन सुधारको निरन्तर प्रक्रियाका रूपमा लिन सकिन्छ । नेपालमा २०५३ सालदेखि व्यवस्थापन परीक्षण हुँदै आएको छ ।


अन्त्यमा, 

•••••••••

जुन चुस्त, पारदर्शी र उत्तरदायी प्रशासनका लागि आवश्यक छ । यसको माध्यमबाट नै सेवाग्राही सन्तुष्टि स्तरलाई बढाई सुशासनको अनुभूति दिन सकिन्छ । व्यवस्थापन परीक्षणलाई व्यवस्थापनको समग्र पक्षको परीक्षणको आधार बनाउनुपर्छ। केवल औपचारिकतामा सीमित गर्नुहुँदैन

व्यवस्थापन सूचना प्रणाली भन्नाले के बुझिन्छ? यसको महत्त्व र अपबाद उल्लेख गर्नुहोस ?


व्यवस्थापन सूचना प्रणाली

👉️ व्यवस्थापन भनेको वास्तवमा निर्णय निर्माण हो । निर्णय सूचना तथा तथ्यांकमा आधारित हुन्छ । त्यसैले मेरुदण्ड र मष्तिस्क दुवै सूचना नै हो । MIS आवश्यक सूचना तथा तथ्यांकको संकलन, प्रशोधन र भण्डार गर्ने व्यवस्थित संयन्त्र हो । MIS त्यस्तो सूचना व्यवस्थापन विधि हो जसले व्यवस्थापकलाई आवश्यक सूचना प्रदान गर्दछ। MIS System Approach (Input, Process, output) मा आधारित हुन्छ ।


व्यवस्थापन सूचना प्रणालीको महत्त्व /प्रयघ


👉️ सूचना संकलन (Collection of Data )


👉️ सूचना सञ्चय (Storage of Data )


👉️ सूचना विश्लेषण (Analysis of Data उपलब्धि (Output / Use of Data)


व्यवस्थापन सूचना प्रणालीको महत्त्व 

…………………………………………………

👉️ सूचनाहरू सजिलै पाप्त गर्न,


👉️ छरिएका सूचनालाई एकीकृत गर्न,


👉️ सूचनाको निर्वाध प्रवाहको सुनिश्चित गर्न,


👉️ सूचना प्रप्तिमा मिव्ययीता कायम गर्न, शीघ्र निर्णयका लागि Institutional Memory कायम गर्न


👉️ यथार्थपरक योजना तथा कार्यक्रम तर्जुमा गर्न,


👉️ द्वन्द्व र विवाद समाधन गर्न मद्दत गर्दछ ।


MIS का अपवादहरू :

………………………………


👉️ ज्यादै खर्चिलो र समय लाग्ने,


👉️ संकलित सूचना र गलत भएमा गलत नतिजा आउन सक्छ,


👉️ अत्याधिक सूचना भएमा विश्लेषण गर्न गाह्रो । गोपनियताको प्रभाव पर्न सक्दछ ।


👉️ सूचना व्यवस्थापन Top Management मा सीमित हुन सक्दछ ।


👉️ नेतृत्वमा गलत व्यक्ति भएमा MIS को महत्त्व रहँदैन ।

👉️ सूचना संकलन र विश्लेषणमा विज्ञ व्यक्ति चाहिन्छ ।

मदन पुरस्कार २०७८ का लागि छनौट भएका कृतिहरु

 मदन पुरस्कार २०७८ का लागि छनौट भएका कृतिहरु

१. अग्नी : डा. नवराज लम्साल

२. ग्रीष्मको निलो बतास : डा. दामोदर पुडासैनी किसोर

३. महाभारा : बसन्त बस्नेत

४. यादको सन्दुक : दिपा मेवाहाड राई

५. लिच्छवी लिपि : डा. नयनाथ पौडेल

६. व्युत्पत्तिमुलक संस्कृत-नेपली शब्दकोश : प्रा. नीलमणि ढुङ्गाना

७. सती : इतिहास र मीमंसा : सुजित मैनाली

८. हिति प्रणाली : पद्मसुन्दर जोशी

सूचनाको हक (Right to Information) र सार्वजनिक निकायमा यसको आवश्यकता

 सूचनाको हक (Right to Information)

अवधारणा

लोकतान्त्रिक शासन एवम् खुला सरकारको अवधारणाको बहस सँगसँगै लोकतन्त्रलाई जीवन्त तुल्याउने लोकतन्त्रको प्राण वायु  रुपमा सूचनाको हकको अवधारणागत विकास भएको मानिन्छ । वास्तवमै पनि आजको शासन भनेको जनशासन र आजको विश्व भनेको सूचनाको विश्व हुन गएको छ । आज शक्ति र समृद्धिको पूर्वसर्त सूचना हुन गएको छ । यसै पृष्ठभूमिमा वर्तमान विश्वका करिब १०० भन्दा बढी मुलुकहरुले सूचनाको हकको अभ्यासलाई डद्ध कानूनी मान्यता सहित् प्रचलनमा ल्याएको पाइन्छ । सन् १७६६ मा सर्वप्रथम स्वीडेनले Freedom of Press Act, 1766 जारी गर्दै सूचनाको हकलाई कानूनी मान्यता प्रदान गरेको हो भने अमेरिकामा Freedom of Information Act 1966 , छिमेकी मुलुक भारतमा १५ जुन २००५ मा Right to Information Act, 2005 मार्फत सूचनाको हकको अभ्यासलाई कानूनी रुपमै अवलम्बन गरिएको छ । नेपालको सन्दर्भमा भने २०४७ सालको संविधानबाट धारा १६ मा सूचनाको हकको प्रथमतः व्यवस्था गरी सूचनाको हकलाई पहिलो पटक नागरिकको मौलिक हकको रुपमा स्वीकारिएको पाइन्छ । त्यसपछि अन्तरिम संविधान२०६३ र वर्तमान संविधानमा पनि मौलिक हकको रुपमा धारा २७ मा यस हकको व्यवस्था गर्दै संविधानतः नेपाली नागरिकको अधिकारको रुपमा सूचनाको हकलाई उच्च महत्व दिइएको छ । वि.सं. २०४७२०६३ र वर्तमान संविधानको संवैधानिक प्रतिबद्धता र नागरिक अधिकार स्वरुप प्राप्त भएको सूचनाको हकलाई व्यवहारिकता प्रदान गर्न सूचनाको हक सम्बन्धी ऐन२०६४ र नियमावली२०६५ मार्फत व्यवस्थित गरिएको छ ।

परिचय र परिभाषा  

शासनमा नागरिकले आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने व्यवस्थालाई संविधानतः सुनिश्चित गरिएको हुन्छ । नागरिकको यस्तो नैसर्गिक अधिकारलाई सूचनाको हक भनिन्छ । नेपालको वर्तमान संविधानको भाग ३ को धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर कानूनद्वारा गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाएको मानिने छैन भनी नेपाली नागरिकलाई मौलिक हकको रुपमा यो अधिकार प्रदान गरिएको छ ।

     सूचनाको हक सम्बन्धी ऐन२०६४ को दफा २ को खण्ड (ङ) मा सूचनाको हक भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार सम्झनु पर्छ र सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखतसामग्री वा सो निकायको काम कारवाहीको अध्ययन वा अवलोकन गर्नेत्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने,सार्वजनिक महत्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्नेकुनै सामग्रीको प्रमाणित नमूना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र मार्फत प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ भन्ने व्यवस्था सहित् व्यापक कोणबाट सूचनाको हकको परिभाषा गरिएको छ ।

      यसरी समष्टिमा राज्यव्यवस्थामा नागरिकहरुले आफू र अन्य सरोकारित विषयहरुमा मुलुकको अहित नहुने गरी प्राप्त गर्ने अधिकार नै सूचनाको हक हो । सार्वजनिक महत्व र सरोकारका विषयमा नागरिकहरु सुसूचित हुन पाउने नैसर्गिक अधिकार नै सूचनाको हक होजसमा सूचना प्रदायकको भूमिकामा सरकार रहन्छ भने सूचनाग्राहीको रुपमा नागरिक हु्न्छन् । नेपालको वर्तमान संविधानले यसको हनन्हरण र हस्तक्षेपलाई रोकी सदैव कार्यान्वयनशील तुल्याउन धारा ४६ मार्फ उपचार प्राप्तिको हक मौलिक हककै रुपमा सुनिश्चित गरेको छ ।

विशेषताहरु

 सूचनाको हकभित्र अन्तर्निहित तथा अपेक्षित हुने चरित्र र गुण नै यसका विशेषताहरु हुन् । वस्तुतः यो आजको प्रजातान्त्रिक शासनमा जनताको मौलिक अधिकार एवम् सार्वजनिक निकाय वा सरकारको दायित्वको रुपमा रहन्छ । पारदर्शी शासनको आधारशीलानागरिकको जान्न पाउने हकसँग सरोकारित तथा लोकतान्त्रिक शासनको आदर्शता र गहनाको रुपमा यसका विशेषताहरुको उच्च मूल्याङ्कन गर्न सकिन्छ । राज्य तथा सार्वजनिक सरोकारका हरेक विषयसँग सुसूचित हुन पाउने नागरिक अधिकारको सवालका रुपमा रहने सूचनाको हक नेपालको सन्दर्भमा संवैधानिक उपचार सहित विशुद्ध नागरिकलाई दिइएको हकको नामबाट सुपरिचत छ ।

प्रमुख उद्देश्यहरु

 नागरिकको जानकारी लिन पाउने नैसर्गिक अधिकार सुनिश्चित गराउन एवम् नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मानसंरक्षण र प्रचलन गर्नु/गराउनु नै सूचनाको हकको केन्द्रविन्दु अभीष्ट हो । पारदर्शी शासनको विकासअवलम्बन तथा प्रवद्र्धन गर्नुखुला सरकारको अवधारणालाई सफलीभूत पार्नुलोकतान्त्रिक पद्धति अनुरुप सरकारलाई जनताप्रति जिम्मेवार र जवाफदेही तुल्याउनुसूचनाको माध्यमबाट सरकार र जनताको सुसम्बन्ध विकास गर्नुसूचनामा आधारित असल शासन तथा स्वच्छ प्रशासनतन्त्रको विकास गर्नु तथा प्रजातन्त्रिकजनउत्तरदायी र जवाफदेही शासनको विकास गर्नु जस्ता उद्देश्यहरु नै सूचनाका हकका मूलभूत उद्देश्यहरु हुन् ।

उपादेयता/औचित्यता

 जनताको सर्वोपरिता सहित शासनमा जनमुखिता र अत्यधिक जनसहभागिता कायम गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको स्थापना गर्न सूचनाको हकको विशेष औचित्य रहन्छ । साथै मौलिक तथा नागरिक अधिकारका रुपमा सूचनाको हकलाई कार्यान्वयन गर्नसार्वजनिक महत्वका विषयमा नागरिकलाई सुसूचित हुने अवस्था सिर्जना गर्नपारदर्शी र जवाफेही शासनको प्रवद्र्धन गर्नखुला सरकार र शासकीय प्रणालीको विकास गर्नजनउत्तरदायी सरकारको स्थापना गर्नप्रजातान्त्रिक शासनको विकास गर्नअसल शासनको मान्यताको विकास र अवलम्बन गर्न र अन्ततोगत्वा सूचना/ज्ञानमा आधारित समाजको निर्माण गर्दै मुलुकको सर्वतोमुखी विकासलाई आत्मसात् गर्न यसको उपादेयता रहन्छ ।

 मूलभूत सिद्धान्तहरु

 खुला सरकार र शासकीय मान्यताको पक्षपोषण र विकास गर्दै लोकतान्त्रिक अधिकारको उपयोग गर्न पाउने अवस्थाको सिर्जना गर्न सूचनाको हक अपरिहार्य हुने हुँदा खुला सरकारको सिद्धान्त सुचना हकको मूलभूत सिद्धान्त हो । साथै सूचनाको हकमा अधिकतम् र पूणर्रुपेण प्रकाशन तथा सार्वजनिक गरिनुपर्ने मान्यताको वरण गरिने हुँदा पूर्ण र नियमित प्रकाशनको सिद्धान्त सुचनाको हकको अर्को महत्वपूर्ण सिद्धान्त हो । यसै गरी यो नागरिकको डट अधिकार र राज्य तथा सरकारी निकायको दायित्वको रुपमा आत्मसात् गरिएको शासकीय मूल्य भएकोले सार्वजनिक उत्तरदायित्वको सिद्धान्त नागरिक अधिकारको सिद्धान्त सँगसँगै स्थापित हुने गर्दछ ।

   अर्कातिर सूचनाको हकको प्रचलन र प्रयोग भनेको गोपनीयताको कायम गर्दै र संवेदनशील सूचनाको संरक्षण र सुरक्षण गर्दै उपयोगमा ल्याइनुपर्ने मान्यताको दर्शनमा आधारित भएकोले गोपनीयता र संरक्षणको सिद्धान्त यसको महत्वपू सिद्धान्तका रुपमा रहन्छ । यसका साथै सूचनाको हकले नागरिकलाई सूचनाको हकको प्रत्याभूति र प्रचलन गराउन सूचनामा सरल र सहज पहुँच हुनुपर्ने दृष्टिकोणमा आस्था राख्ने हुँदा पहुँच र सरलताको सिद्धान्त यसको अर्को अपरिहार्य सिद्धान्त ठहर्छ भने सूचनाले अन्ततोगत्वा पारदर्शी शासनलाई संस्थागत र बढावा दिने हुँदा पारदर्शिताको सिद्धान्त समेत यसको महत्वपूणर् सिद्धान्त सावित हुन जान्छ ।

सूचनाको हक अन्तर्गत प्रवाह गर्न नमिल्ने सूचनाहरु

सुचनाको हक राज्यका कामकारवाही र सार्वजनिक सरोकारको विषयमा जनतालाई अधिकाधिक सुसूचित गराउनुपर्दछ भन्ने मान्यता भए पनि यसमा जुनसुकै सूचना प्रवाह गर्ने छुट भने कदापि रहँदैन र रहनु हुँदैन पनि । राज्यका अति संवेदनशील विषयहरुसुरक्षा र  सार्वजनिक शान्ति र व्यवस्थाहरु सँग जोडिएका विषयहरुमा कहिले पनि सूचना प्रवाह गरिदैन र गर्नु पनि हुँदैन । यस तथ्यलाई मनन् गर्दै नेपालमा पनि सूचनाको हक सम्बन्धी ऐन२०६४ को दफा ३ को उपदफा (३) बमोजिम अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायमा रहेको देहायको विषय सम्बन्धी सूचना प्रवाह गरिने छैन भनी व्यवस्था गरिएको छ ।

(क) नेपालको सार्वभौमसत्ताअखण्डताराष्ट्रिय सुरक्षासार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने,

(ख) अपराधको अनुसन्धानतहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने,

(ग) आर्थिकव्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैङ्किङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने,

(घ) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष रुपमा खलल पार्ने,

 (ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउज्यानसम्पत्तिस्वास्थ्यवा सुरक्षामा खतरा पुर्‍याउने ।

तर त्यसरी सूचना प्रवाह नगर्नुपर्ने उचित र पर्याप्त कारण भएकोमा बाहेक त्यस्तो सूचना प्रवाह गर्ने दायित्वबाट सार्वजनिक निकाय पन्छिन पाउने छैन । सार्वजनिक निकायको अभिलेखमा यस ऐन बमोजिम प्रवाह गर्न मिल्ने र नमिल्ने सूचना भए सूचना अधिकारीले प्रवाह गर्न मिल्ने सूचना छुट्याएर निवेदकलाई उपलब्ध गराउनु पर्नेछ ।

सूचनाको हकमा सार्वजनिक निकायको दायित्वहरु

सूचनाको हकको अर्थपूर्ण कार्यान्वयन गर्ने कार्यमा सार्वजनिक निकायको अहम कर्तव्य र परम दायित्व रहन्छ । यस सवालमा यस्तो अधिकारको व्यवहारिक सुनिश्चितताका खातिर सार्वजनिक निकायहरुले केही निश्चित दायित्व बहन गर्नुपर्ने गरी विभिन्न व्यवस्थाहरु अघि सारिएको हुन्छ । यसै सम्बन्धमा नेपालमा पनि सूचनाको हक सम्बन्धी ऐन२०६४ को दफा ४ मा सूचनाको हकका सम्बन्धमा सार्वजनिक निकायको दायित्व सम्बन्धी व्यवस्था रहेको छ ।

 (१) प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नु गराउनु पर्नेछ ।     

 (२) उक्त प्रयोजनको लागि देहायका काम गर्नु सार्वजनिक निकायको दायित्व हुनेछ ः-

(क) सूचना वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिकप्रकाशन तथा प्रसारण गर्ने गराउने,

(ख) सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने,

 (ग) आफ्नो काम कारबाही खुला र पारदर्शी रुपमा गर्ने,

 (घ) आफ्ना कर्मचारीको लागि उपयुक्त तालीम र प्रशिक्षणको व्यवस्था गर्ने ।

(३) सार्वजनिक निकायले उपदफा (२) को खण्ड (क) बमोजिम सूचना सार्वजनिकप्रकाशन वा प्रसारण गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आमसञ्चारका माध्यमबाट गर्न सक्नेछ ।

सूचनाको अद्यावधिक र प्रकाशन  

सूचनालाई जति मात्रामा अद्यावधिक र प्रकाशन गर्न सकियो त्यति नै सूचनाको हकको प्रत्याभूतिले वास्तविकता प्राप्त गर्ने हुँदा सूचनाको अद्यावधिकता र नियमित प्रकाशनले यस मानेमा विशेष अर्थ र महत्व राख्दछ । सार्वजनिक निकायको अहम जिम्मेवारीका रुपमा रहेको यस कार्यलाई नेपालमा पनि सूचनाको हकको ऐनको दफा ५ बमोजिम कुनै सार्वजनिक निकायले ऐन लागू हुनु भन्दा २० वर्ष अघिसम्मको सूचना अद्यावधिक गर्नुपर्ने व्यवस्था अघि सारेको छ । जस अन्तर्गत सार्वजनिक निकायले देहायका विषयका सूचनाहरु अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ ः

(क) निकायको स्वरुप र प्रकृति,

(ख) निकायको कामकर्तव्य र अधिकार,

(ग) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण,

(घ) निकायबाट प्रदान गरिने सेवा,

(ङ) सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी,

(च) सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि,

(छ) निणर्य गर्ने प्रक्रिया र अधिकारी,

(ज) निणर्यउपर उजुरी सुन्ने अधिकारी,

(झ) सम्पादन गरेको कामको विवरण,

(ञ) सूचना अधिकारी र प्रमुखको नाम र पद,

(ट) ऐननियमविनियम वा निर्देशिकाको सूची,

(ठ) आम्दानीखर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण,

(ड) तोकिए बमोजिमका अन्य विवरण ।

    सार्वजनिक निकायले उपदफा (३) बमोजिमको सूचना यो ऐन प्रारम्भ भएको मितिले ३ महिनाभित्र र त्यसपछि प्रत्येक ३ महिनामा अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेछ ।

 सूचनाको हक सम्बन्धी नेपालका प्रावधानहरु/व्यवस्थाहरु

 नेपालमा सूचनाको हकलाई मूर्त रुप दिन विभिन्न किसिमका व्यवस्थाहरु अघि सारिएको पाइन्छ । नेपालको वर्तमान संविधानकानूननीतिसंरचना तथा विविध कार्यहरुको माध्यमबाट यसका व्यवस्थाहरुलाई उल्लेख गर्दै सूचनाको हक कार्यान्वयनको प्रयत्न गरिएको छ ।

क) संवैधानिक प्रावधानहरु/व्यवस्थाहरु

नेपालको वर्तमान संविधानको धारा २७ मा सूचनाको हकको व्यवस्था गरेको छ । साथै धारा ४६ को संवैधानिक उपचारको हकबाट उक्त हकको संरक्षण र सम्पोषण गरिएको छ । उल्लिखित विषयका अलावा सञ्चारको हक (धारा १९) र गोपनीयताको हक (धारा २८) समेतको व्यवस्थाले यसको प्रयोगमा व्यवहारिकता र सहजता प्रदान गरेको छ ।

ख) कानूनी तथा नीतिगत प्रावधानहरु/व्यवस्थाहरु

सूचनाको हकलाई नियमन गर्न नेपालमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्‍याउने विविध कानूनी र नीतिगत व्यवस्थाहरु गरिएको छ । प्रत्यक्ष र परोक्ष योगदान गर्ने त्यस्ता कानूनी मार्गदर्शक दस्तावेजहरुका रुपमा सूचनाको हक सम्बन्धी ऐन२०६४ र नियमावली२०६५सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन२०६४ र नियमावली२०६५निजामती सेवा ऐन२०४९ र नियमावली२०५०विद्युतीय कारोवार ऐन२०६३ र नियमावली२०६३ आदि मूलभूत कानूनी प्रावधानहरु रहेका छन् भने नीतिगत दस्तावेजरुमा ब्रोड व्याण्ड नीति२०७१सूचना तथा सञ्चार प्रविधि नीति२०७२आम सञ्चार नीति२०७३ लगायतका नीतिहरु प्रमुख रहेका छन् ।

ग) संस्थागत/संरचनागत प्रावधानहरु/व्यवस्थाहरु

नेपाल सरकारका केन्द्रीय देखि स्थानीय स्तरसम्मका समष्टि निकायहरु यसका संस्थागत संयन्त्रभित्र दरिन्छन् । साथै प्रत्यक्ष सम्बन्ध रहेका संरचनाहरुमा सूचना तथा सञ्चार मन्त्रालयराष्ट्रिय सूचना आयोगसूचना विभागराष्ट्रिय सूचना प्रविधि केन्द्रप्रत्येक मन्त्रालयहरुमा प्रवक्ता/सहप्रवक्ताप्रत्येक निकायमा सूचना अधिकारीहेल्प डेस्क तथा वेभ साइटहरु समेत यसका संरचनागत प्रावधानभित्र पर्दछन् ।

सूचनाको हकसम्बन्धी नेपालका समस्याहरु

सूचनाको हक लोकतन्त्रको पूर्वसर्त र प्राण हुँदाहुँदै पनि नेपालमा यसको वाञ्छित प्रयोग तथा उपयोग भने हुन सकेको छैन । राजनीतिक र प्रशासनिक उच्च प्रतिबद्धताको कमजोर अवस्थायसको प्रयोगप्रतिको दृढ इच्छाशक्तिको अभाव आदिका कारण यसको कार्यान्वयनमा अपेक्षित सफलता हासिल गर्न नसकी विविध समस्याहरुको मारमा सूचनाको हक रुमलिएको पाइन्छ । वस्तुतः मौलिक हकको रुपमा सूचनाको हक अक्षरशः कार्यान्वयन नहुनुसूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीका प्रावधानहरु बढी सैद्धान्तिकतामा सीमित डढ हुनुसूचनाको हक कार्यान्वयनका लागि सुस्पष्ट निर्देशिका नहुनुकडा कानूनी मापदण्डको अभाव खड्कनु जस्ता समस्याहरु मूलभूत देखिन्छन् भने अर्कातर्पगोप्य र अपारदर्शी कार्यशैलीसरकारी तथा सार्वजनिक निकाय गैरजिम्मेवारपनासूचनाको संकलनवर्गीकरण तथा प्रकाशन अद्यावधिक नहुनुदक्ष मानव स्रोत तथा अन्य साधनको अभाव हुनुप्रविधिमैत्री सूचना पहुँचको विकास गर्न नसक्नुसूचना प्रयोग गर्ने आवश्यक वातावरण र संस्कृतिको विकास नहुनु आदि समस्याहरु समेतले सूचनाको हक कार्यान्वयनमा समस्या सिर्जना गरेको सहजै आभास हुन्छ ।

 नेपालमा सूचनाको हक कार्यान्वयनका चुनौतीहरु

उल्लेखित समस्याहरुबाट सिर्जित व्यवधानजन्य वातावरणअसल सूचना संस्कृतिको अभाव र यसप्रतिको सरोकारित पक्षहरुको अकर्मण्यता र गैरजिम्मेवारीपनालाई निरुत्साहित गर्दै सूचनाको हक कार्यान्वयनको उपयुक्त वातावरणको निर्माण गर्नु प्रमुख चुनौती रहेको छ । साथै मौलिक तथा नागरिक अधिकारको रुपमा सूचनाको हकलाई व्यवहारिक रुपले कार्यान्वयन गर्नुविद्यमान कानूनी तथा नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुसार्वजनिक महत्वका सूचनामा आम नागरिकको सरल र सहज पहुँच प्रवद्र्धन गर्नुसूचनाको हक कार्यान्यनमा सरकारी तथा सार्वजनिक निकायलाई जिम्मेवार एवम् जवाफदेही तुल्याउनुसूचनामा प्रविधिको पहुँच अभिवृद्धि गर्दै सूचना प्रयोगको आवश्यक वातावरण र संस्कृतिको विकास गर्नु जस्ता अन्य चुनौतीहरु यस क्षेत्रमा देखिएका छन् ।

नेपालमा सूचनाको हक कार्यान्वयनको सम्भाव्यता/सबलता/सम्भावनाहरु

 उल्लिखित समस्या र चुनौतीहरुको बाबजुद पनि नेपालमा सूचनाको हक कार्यान्वयनको प्रशस्तै अवसर तथा सम्भावनाका रहेको छ । नेपालले यस क्षेत्रमा धेरै प्रगति हासिल गरिसकेको हुँदा निर्दिष्ट व्यवस्थाहरुको कार्यान्वयन पक्षलाई दरिलो बनाउने हो भने यसको कार्यान्वयनमा उत्कृष्टता प्राप्त हुने कुरामा दुईमत छैन । सर्वप्रथमतः सूचनाको हकलाई संविधान बमोजिम नेपाली नागरिकको मौलिक हकको रुपमा व्यवस्था हुनु नै ठूलो अवसर र सम्भाव्यताको विषय हो । यसका साथै मौलिक हकभित्रै यसको आवश्यक गोप्यताको सम्मान र संरक्षण गर्दै कार्यान्वयनयोग्यता प्राप्त हुनुसूचनाको हक सम्बन्धी ऐन२०६४ र नियमावली२०६५ मार्फत कानूनी आधार प्राप्त हुनुसार्वजनिक निकायहरु यसप्रति उत्तरदायी हुनुपर्ने कानूनी व्यवस्था रहनुनागरिकहरु यस अधिकारप्रति सचेत र जागरुक बन्दै जानुसरकारी निकायहरुमा सूचना अधिकारीप्रवक्तासहप्रवक्ता आदिको व्यवस्था गरिनुसार्वजनिक निकायले आपूmले सम्पादन गरेको कामकारवाहीहरु सूचनाको हकका लागि प्रकाशन र सार्वजनिकीकरण गरिनुसुशासनको आत्मसात् सँगसँगै पारदर्शितालाई जोड दिइनु जस्ता सन्दर्भहरु यसको कार्यान्वयनका लागि सम्भाव्यता र अवसरहरु हुन् ।

सूचनाका हक सम्बद्ध समस्या समाधान तथा चुनौती व्यवस्थापनका लागि चालिनुपर्ने कदमहरु

सूचनाको हकको लागि नेपालमा उपलब्ध अवसरसम्भावना र सबल पक्षहरुको उच्चतम् लाभ हासिल गर्दै खुला र पारदर्शी शासनलाई बढावा दिन समष्टि समस्या र चुनौतीहरुको व्यवहारिक समाधान आवश्यक हुन्छ । ढण् वस्तुतः मौलिक हकको रुपमा सूचनाको हकलाई कार्यान्वयन गर्न सरकारी प्रतिबद्धता र प्रयासलाई दरिलो बनाउनेसूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीको वस्तुगत अवलम्बनमा जोड दिनेखुला र पारदर्शी शैलीको अवलम्बन गर्दै सुशासन प्रवद्र्धन गर्नेसरकारी तथा सार्वजनिक निकायलाई जिम्मेवार तुल्याउनेसूचनाको संकलनवर्गीकरण तथा प्रकाशनलाई नियमित अद्यावधिक गर्नेदक्ष मानवस्रोत तथा अन्य साधनको पर्याप्त व्यवस्था गर्नेप्रविधिमैत्री सूचना पहुँचको अभिवृद्धि गर्न वेबसाइटहरुको विकास र विस्तार गर्नेसूचना प्रयोग गर्ने संस्कृति र आवश्यक वातावरणको निर्माण गर्ने लगायतका कदमहरुको सम्बद्ध सरोकारवालाहरुबाट उच्च प्रतिबद्धता कायम गर्ने हो भने उल्लिखित समस्या र चुनौती सम्बोधन गर्न सकिन्छ ।

उपसंहार

मुलुकले संविधानतः बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अवलम्बन गरी खुला र लोकतान्त्रिक शासन व्यवस्थालाई मार्गप्रशस्त गरेको छ । वर्तमान परिप्रेक्ष्यमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गर्ने एवम् नेपालको राजनीतिक साध्य पूरा गर्ने महत्तम अस्त्रको रुपमा सूचनाको हकलाई प्रयोग गर्नुपर्ने टड्कारो आवश्यकता खड्किएको छ । सूचनाको हकका खातिर पर्याप्तै प्रयास र व्यवस्था अघि सारिए पनि यसको कार्यान्वयन पक्ष बढी फितलो हुँदा यसको नतिजामा प्रत्यक्ष असर परेको छ । यही तथ्यलाई मनन् गर्दै उच्च राजनीतिक र प्रशासनिक इच्छाशक्ति र प्रतिबद्धताका माध्यमबाट यसको व्यवहारिक प्रत्याभूतिमा जोड दिनु नितान्तै आवश्यक भएको छ । प्रत्येक नेपाली जनचाहानालाई लोकतान्त्रिक मर्मअनुरुप सम्बोधन गर्न आज सूचनाको हक आवश्यक मात्र हैन अपरिहार्य नै भएको छ । नेपाली जनको भाग्य र भविष्य समुज्ज्वल बनाउने सार्थक विकास र लोकतान्त्रिक अभ्यास सुनिश्चित गर्न सूचनाको हकको अधिकाधिक र अर्थपूणर् उपयोग कायम गर्नुको विकल्प नै देखिन्न ।