"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Showing posts with label नायब सुब्बा. Show all posts
Showing posts with label नायब सुब्बा. Show all posts

Tuesday, August 20, 2024

“एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी हुन्छ” भन्ने भनाईलाई पुष्टि गर्दै नेपालले अभ्यास गरेको सङ्घीयता समावेशी चरित्रको कसरी पाउनुहुन्छ ? उल्लेख गर्नुहोस् ।

 “एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी हुन्छ ।”

शासन व्यवस्थामा सार्वभौमसत्ता र राजकीयसत्ताको अधिकार संविधानबाट सुनिश्चित गरी विभिन्न तहको सरकारमा जाने शासन प्रणाली सङ्घीय शासन प्रणाली हो भने शासकमा मात्र वा केन्द्रमा मात्र अधिकार हुने केन्द्रीकृत शासन व्यवस्था एकात्मक शासन प्रणाली हो ।
नागरिकहरुको इच्छा, आकांक्षा, चाहनाको सम्वोधन गर्न, विविधताहरुको व्यवस्थापन गर्न सङ्घीय शासन प्रणाली मात्र प्रभावकारी हुन्छ ।
तपशिल बमोजिमका आधारमा एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी छ भन्न सकिन्छ :
सङ्घीय शासन प्रणालीले,
  • सार्वभौमसत्ताको प्रयोग दुई वा सो भन्दा बढी तहबाट गर्दछ ।
  • आफ्नै घर आँगनको जनप्रतिनिधीद्धारा शासन व्यवस्था संचालन हुन्छ । (स्थानीय तहको शासन, ७५३ वटा स्थानीय तहले)
  • Diversity Management गर्दछ ।
  • अधिकारको विकेन्द्रीकरण हुन्छ ।
  • स्थानीय स्रोत साधन, पूँजी प्रविधि उच्चतम परिचालन हुन्छ ।
  • जनताको Diversity Management को सम्वोधन हुन्छ ।
  • Power, Resource, Authority / Oppurtunities को Rightful and meaningful sharing हुन्छ ।
  • नागरिक सबलीकरण, सशक्तिकरण र मूलप्रवाहीकरण हुन्छ ।
  • लाभको सन्तुलित र न्यायोचित वितरण हुन्छ ।
  • सामाजिक समता, समानता र सामाजिक न्याय कायम हुन्छ ।
  • आर्थिक, प्रशासनिक, राजनीतिक, सामाजिक–सांस्कृतिक सम्पूर्ण अधिकार स्थानीयस्तर सम्म पुग्दछ ।
त्यसैले माथि उल्लेख गरिएका आधारमा अनुसार एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी छ भन्न सकिन्छ ।
नेपालको सङ्घीयता समावेशी चरित्रको छ भन्ने सन्दर्भ
नेपालले समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा संघ, प्रदेश र स्थानीय तहबीच शासन व्यवस्था सञ्चालन गर्ने गरेको उल्लेख छ । (धारा २३२)
नेपालको सङ्घीयता Holding together का आधारमा निर्माण भएको हो । देहाय बमोजिमका बुदाँहरुका अनुसार नेपालको सङ्घीयता समावेशी चरित्रको छ भन्ने कुरा प्रष्ट्याउन सकिन्छ :
  • तीन तहको सरकार (संघ, प्रदेश र स्थानीय तह)
  • तीनै तहको एकल र साझा अधिकार सूची
  • संघको अधिकार सूची (अनुसूची ५)
  • प्रदेशको अधिकार सूची (अनुसूची ६)
  • संघ र प्रदेशको अधिकार सूची (अनुसूची ७)
  • स्थानीय तहको अधिकार सूची (अनुसूची ८)
  • संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची (अनुसूची ९)
  •  राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग र समुदायको हुनुपर्ने
  • सभामूख र उपसभामूख फरक फरक लिङ्ग र समुदायको हुनुपर्ने
  • समानुपातिक प्रतिनिधित्व प्रणाली पनि अवलम्वन
  • विविधता व्यवस्थापनमा जोड
  • आरक्षण, समावेशीकरण सम्वन्धी नीतिहरुको अवलम्वन
  • संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति
  • समुदाय, जात, भूगोल, भाषाको सम्वोधन गरिएको
  • भाषिक, सांस्कृतिक, जातीय, पहिचान अभिवृद्धिमा जोड
  • राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक अधिकारको बाँडफाँड
  • प्रादेशिक तथा स्थानीय स्तरमा समानुपातिक आधारमा राजनीतिक पदमा उम्मेदवारी तथा सुनिश्चितता
  • प्रशासनिक अधिकारको हस्तान्तरण तथा प्रशासनिक समावेशिता
  • वित्तिय हस्तान्तरणमा जोड लगायत ।
सारमा,
सङ्घीयता अनेकतामा एकता हो । यसले इन्द्रेणी शासनको परिकल्पना गर्दछ । सबैको अपनत्वभावको विकास गरी, स्थानीय श्रम, सीप, पूँजी प्रविधीको महत्तम प्रयोग गरेर, सबैलाई समान अवसर प्रदान गरी सङ्घीयतालाई अझ प्रभावकारी र समावेशी बनाउन सकिन्छ ।

मौद्रिक नीतिको उपकरण खुला बजार कारोबारलाई परिमाणात्मक सहजता(Quantitative Easing)ले कसरी सहयोग गर्दछ? विश्लेषण गर्दै मौद्रिक नीतिले आर्थिक विकासमा खेल्ने भूमिकाको चर्चा गर्नुहोस् । (६ं+४=१०)

 केन्द्रीय बैंकले मुद्रा बजारमा गर्ने सरकारी ऋणपत्र वा ट्रेजरी बिलको खरिदविक्री वा कारोबार नै खुला बजार कारोबार हो । परिमाणात्मक सहजताले केन्द्रीय बैंकले सीधै निजी क्षेत्रहरूसँग रहेको ऋणपत्रको खरिद गरी तरलता प्रवाह गर्ने कार्यलाई उजागर गर्दछ । खुला बजार कारोबार मौद्रिक नीतिको प्रत्यक्ष एवम् परिमाणात्मक उपकरण हो ।

परिमाणात्मक सहजताले खुला बजार कारोबारलाई सकारात्मक सहयोग गर्दछ । जसलाई देहायानुसार प्रस्तुत गर्न सकिन्छः
परिमाणात्मक सहजता अन्तरगत केन्द्रीय बैंकले निजी क्षेत्रसँग सोझै ऋणपत्र खरिद गर्दछ जसले,
  •  बजारमा तरलता प्रवाह गरिदिन्छ,
  • बजारमा मुद्राको अभावका कारणले सिर्जित Crowding Out Effectको अन्त्य गरिदिन्छ,
  • बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन वृद्धि हुन्छ जसले कर्जा प्रवाह क्षमता समेत बढाइदिन्छ,
  • बैंक तथा वित्तीय संस्थाहरूले लिने व्याजदर घटाइदिन्छ जसले नागरिकहरूको लगानी क्षमता बढाइदिनाले Circular Economyको अवस्था सिर्जना हुन जान्छ,
  • Complacent Income का कारणले सिर्जित Gig Economy, Crony Capitalism, Myopic Economy लगायतका समस्या समाधान गर्दै Instrumental Reality को अवस्था सिर्जना हुन्छ ।
यसरी, मौद्रिक नीतिको गैर परम्परागत उपकरण मानिने परिमाणात्मक सहजताले मौद्रिक नीतिको प्रत्यक्ष उपकरणका रूपमा रहेको खुला बजार कारोबारको प्रमुख उद्देश्य तरलता व्यवस्थापनका अलावा अन्य उद्देश्यहरूको प्राप्तिमा समेत सकारात्मक र प्रत्यक्ष रूपले सहयोग गर्दछ । यस अर्थमा परिमाणात्मक सहजतालाई खुला बजार कारोबारको एक उपकरणकै रूपमा अर्थ्याउन पनि सकिन्छ ।
प्रश्नको दोस्रो खण्डः 
मौद्रिक नीतिले अर्थतन्त्रको अवस्थाका आधारमा कर्जाको उपलब्धता र व्याजदरको स्तर कायम गरेर आर्थिक विकासमा सकारात्मक र सहयोगात्मक भूमिका खेल्दछ। मौद्रिक नीतिले उपयुक्त स्तर र दरमा कर्जा र व्याजलाई राख्दाः
  •  आर्थिक वृद्धि हुन्छ,
  •  मूल्य स्थिरता कायम हुन्छ,
  • शोधनान्तर सन्तुलन हासिल हुन्छ,
  • भुक्तानी सन्तुलनमा सहयोग पुग्छ,
  • वित्तीय स्थिरता कायम हुन्छ ।
जसका माध्यमबाट समष्टिगत आर्थिक स्थायित्व कायम भई समग्र आर्थिक विकासमा सहयोग पुग्दछ। अर्कातर्फ, मौद्रिक नीतिले वित्त नीतिको उद्देश्यलाई पछ्याउँदै लक्षित क्षेत्रमा कर्जा प्रवाह गर्न सघाउ पुर्‍याई उत्पादन वृद्धिमा समेत योगदान गरिदिई आर्थिक विकासलाई गति प्रदान गर्न सहयोग गदर्छ ।
विषय बैठानः
बैंक तथा वित्तीय संस्थाहरूको पहुँच जति बढ्छ त्यति नै मौद्रिक नीतिको प्रसार हुन्छ र यसले पार्ने प्रभाव समेत प्रसारित हुन पुग्छ। मौद्रिक नीतिको परिचालन गर्नु भनेकै यसका उपकरणहरूको परिचालन गर्नु हो। मौद्रिक नीतिका विविध उपकरणहरूको समन्वित, प्रभावकारी, कानूनसम्मत र विवेकसम्मत परिचालन गर्दै आर्थिक वृद्धिलाई आर्थिक विकासमा रूपान्तरित गरी समष्टिगत र दिगो आर्थिक स्थायित्व हासिल गरिनुपर्छ।

व्यापार उदारीकरण भनेको के हो ? यसको औचित्य स्पष्ट पार्दै नेपालमा व्यापार उदारीकरणका लागि गरिएका व्यवस्थाहरु लेख्नुहोस् ।

 व्यापार उदारीकरण

Internationalization and Integration of Trade.

व्यापारको वा बजारको उदारीकरण व्यापार उदारीकरण हो । यसलाई विश्वव्यापीकरणको एक पक्षको रुपमा लिन सकिन्छ ।
उत्पादन, उपभोग, लगानी, श्रम र प्रविधिको स्वतन्त्र परिचालन गरी अर्थतन्त्रलाई स्वचालित र प्रतिस्पर्धी बनाउने बजार निर्देशित अर्थव्यवस्था व्यापार उदारीकरण हो ।
बजारको कुनै सीमा नहुने भएकोले विश्व बजारमा Boarderless रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा बजार वा व्यापारको सीमाविहिन प्रवाह हुने गर्दछ ।
व्यापार उदारीकरणमा,
  •  विश्वको जुनसुकै स्थानमा उत्पादन भएको सामाग्रीले बजार पाउदछ ।
  • राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात वा अन्तर्राष्ट्रिय उत्पादनलाई राष्ट्रिय बजारमा आयातका कार्य पनि हुन्छ ।
  • बजार तथा बस्तुको विविधिकरण हुन्छ ।
  • बजार प्रतिस्पर्धा, उद्यमशीलता, मूल्य व्यवस्था र निजी क्षेत्रको सम्पतिको व्यवस्था हुन्छ ।
व्यापार उदारीकरणको औचित्य
  •  अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय बजारमा उपस्थिति जनाउन
  • राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न
  • व्यापारको प्रवद्र्धनमार्फत आर्थिक बृद्धि र विकास गर्न
  • आर्थिक कुटनीतिको प्रभावकारी परिचालन गर्न
  • उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी क्षमताको विकास गर्न
  • आफ्ना आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्न
  • स्थानीय श्रम, सीप, पूँजी, प्रविधि, कलाकौशलको प्रवद्र्धन र प्रवाह गर्न
  • Global Villageमान्यतालाई अवलम्बन गर्न
  • Multilevel Governance को अवधारणा आत्मसाथ तथा औचित्यता प्रवद्र्धन गर्न
  •  समग्रमा व्यापार, बजार र श्रम उदारीकरणको माध्यमबाट राष्ट्रिय पहिचान र गरिमा उच्च राख्न ।
व्यापार उदारीकरणका लागि नेपालमा गरिएका व्यवस्थाहरु
नेपालले व्यापार उदारीकरणका सन्दर्भमा देहाय बमोजिमका व्यवस्था अवलम्वन गरेको पाइन्छ :
क) नीतिगत एवम् कानूनी व्यवस्था
  •  संविधानले राज्यका नीतिमा आर्थिक उदारीकरण, व्यापार उदारीकरणमा जोड दिएको (अर्थ, उद्योग र वाणिज्य सम्वन्धी नीति)
  • श्रम तथा रोजगार सम्वन्धी नीति
  • सार्वजनिक निजी साझेदारी अनुरुपको तीन खम्बे नीति अवलम्बन
  •  योजनाले पनि व्यापार, श्रम र आर्थिक उदारीकरणको माध्यमबाट दिगो र उच्च आर्थिक वृद्धि सहितको राष्ट्रिय अर्थतन्त्रमा जोड दिएको
  •  वाणिज्य नीति
  • व्यापार नीति
  • वैदेशिक सहायता तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन नीति लगायत ।
ख) संस्थागत व्यवस्था
  •  नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
  • अर्थ मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • विभिन्न विभाग, बोर्ड लगानी बोर्ड तथा विभिन्न कार्यालयहरु ।
यसका साथसाथै,
  • SAARC
  • BIPPA
  • BIMSTEC
  • ASEAN
  • DTPA
  • विश्व व्यापार संगठन लगायतका संस्थाहरुमा आवद्धता तथा दोहोरो सहयोग कार्यन्वयन गरिएको अवस्था छ ।
सारमा,
व्यापार उदारीकरणले व्यापारको माध्यमबाट राष्ट्रको अन्तर्राष्ट्रिय रुपमा पहिचान बढाई व्यापारमा बढावा ल्याई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिन्छ ।

नेपालको लेखा प्रणालीको विशेषताबारे उल्लेख गर्दै नगदमा आधारित लेखा प्रणालीको सबल र दुर्बल पक्षबारे छोटो टिप्पणी गर्नुहोस । ५+५ =१०

 कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य पूरा गर्न सञ्चालन गर्ने व्यवस्थापकीय तथा आर्थिक क्रियाकलापको अभिलेख राख्ने कार्य नै लेखा हो । नेपालको लेखा प्रणालीमा विभिन्न सिद्धान्तहरुलाई अबलम्बन गरी लेखा राख्ने गरिन्छ । सोही अनुसार नेपालको सार्वजनिक लेखा प्रणालीका विशेषताहरु निर्माण भएका छन् । उक्त विशेषता मध्ये नगदमा आधारित लेखा प्रणाली पनि एक हो । यसका सबल तथा दुर्बल पक्ष विद्यमान रहेका छन् ।

 नेपालको लेखा प्रणालीका विशेषताहरु

नेपालको लेखा प्रणालीका विशेषताहरु देहाय बमोजिम रहेका छनः

  •  नगद कारोबारमा आधारित छ,
  •  राजश्व लेखा दोहोरो श्रेस्तामा आधारित छैन,
  •  आर्थिक वर्षको अन्त्यमा भार पर्ने प्रकृतिको छ,
  •  पेश्कीलाई खर्चको व्यवहार गर्ने प्रकृतिको छ,
  •  लागत लेखा प्रणालीमा आधारित छैन, केबल कारोबार देखाउँछ,
  •  दाताहरुको आवश्यकता पूरा नगर्ने केबल आन्तरिक आवश्यकता मात्र पुरा गर्ने खालको छ,
  •  सबै प्रकृतिका कार्यालयलाई एकै प्रकारको लेखा प्रणाली रहेको छ,
  •  बजेट र लेखा प्रणालीबीच अपेक्षित तालमेल छैन,
  •  नियम र कार्यबिधिको माध्यमबाट नियन्त्रण गर्न सक्षम छ, तर नतिजा र प्रभावलाई वास्ता गर्दैन,
  •  वाह्य संस्था र निकायले अबलम्बन गरेको लेखा प्रणालीसँग सापेक्षित पाइँदैंन ।

 नगदमा आधारित लेखा प्रणालीका सबल र दुर्बल पक्ष

कारोबार र घटनालाई नगदका आधारमा मात्र अभिलेखांकन गर्ने लेखा प्रणाली नगदमा आधारित लेखा प्रणाली हो । कुनै कानुन र नीतिबाट घोषणा नगरिकनै पनि परम्परागत रुपमा नै नेपालको लेखा प्रणाली नगदमा आधारित भएर प्रचलित छ । यसका सबल र दुर्बल पक्षलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छः

३.१ सबल पक्ष

  •  कार्यबिधिगत जटिलताहरु कम भएकाले कार्यान्वयन गर्न सजिलो छ,
  •  नगद प्रवाहलाई राम्ररी अनुगमन गर्न सकिन्छ,
  •  न्यून प्राविधिक दक्षता र विकसित प्रविधिको अवलम्बन बिना नै अपनाउन सकिन्छ,
  •  कम खर्चिलो तथा नियन्त्रण गर्न सजिलो छ,

 दुर्बल पक्ष

  •  नगद प्रवाहलाई मात्र देखाउन सक्छ,
  •  लेखा विवरणले वर्षभरिको खर्च प्रतिनिधित्व गर्न सक्दैन,
  •  राजश्व र अन्य ऋणलाई समेट्न सक्दैन,
  •  संगठनका सम्पत्ति, ह्रासकट्टी तथा आर्जित मूल्यलाई लेखांकन गर्दैन,
  •  संगठनले भविष्यमा भुक्तानी गर्नुपर्ने गर्नुपर्ने दायित्वलाई देखाउँदैन

Monday, October 04, 2021

केही नदीहरू

केही नदीहरूको पौराणिक नाम

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
१ अरुण ▶️▶️▶️▶️महाप्रभा
२ मनोहरा▶️▶️▶️▶️ मणीमती
३ वाणगंगा▶️▶️▶️▶️ भागरीथी
हनुमन्ते▶️▶️▶️▶️ हनुमती
५ धोबिखोला▶️▶️▶️▶️ रुद्रमती
६ टुकुचा ▶️▶️▶️▶️इच्छुमती
७ नख्खुखोला▶️▶️▶️▶️ प्रभावती
८ भचाखुसी▶️▶️▶️▶️ भद्रमती
९ चेपे▶️▶️▶️▶️ चम्पावती
१० झिमरुक▶️▶️▶️▶️ धर्मावती
११ तादी ▶️▶️▶️▶️सूर्यमती
१२ मादी ▶️▶️▶️▶️रत्नधारा
१३ राप्ती ▶️▶️▶️▶️अचिरावती
१४ लिखु▶️▶️▶️▶️ हेमगंगा
१५ त्रिशुली ▶️▶️▶️▶️धर्मधारा
१६ सेतीगण्डकी▶️▶️▶️▶️ सुवर्ण सरिता
१७ काली गण्डकी ▶️▶️▶️▶️कृष्ण गण्डकी
१८ बुढी गण्डकी▶️▶️▶️▶️ यशोधरा
१९ दरौदी ▶️▶️▶️▶️विश्वधारा
२० कर्णाली▶️▶️▶️▶️ पञ्चेश्वरी
नदीको किनारमा अवस्थित शहरहरू
✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅
काठमाडौं 🔦🔦🔦वागमती
पोखरा🔦🔦🔦 सेती
कुस्मा 🔦🔦🔦मोदी
गमगढी 🔦🔦🔦मुगु कर्णाली
बराह क्षेत्र 🔦🔦🔦 कोशी
जुम्ला 🔦🔦🔦तिला
जुम्ली खलंगा 🔦🔦🔦सानी भेरी
तुम्लिङटार /दिङला 🔦🔦🔦 अरुण
तौलिहवा 🔦🔦🔦वाण गंगा
धनगढी 🔦🔦🔦मोहना
धनुषा 🔦🔦🔦हर्दिनाथ
पनौती 🔦🔦🔦पद्मावती /लिलावती
पुतली बजार 🔦🔦🔦आँधिखोला
दमौली 🔦🔦🔦मादी
जोमसोम 🔦🔦🔦कालीगण्डकी
मन्थली 🔦🔦🔦तामाकोशी
बुटवल 🔦🔦🔦 तिनाउ
महेन्द्रनगर 🔦🔦🔦महाकाली
विराटनगर 🔦🔦🔦बक्राहा
दुनै 🔦🔦🔦ठूली भेरी
बेशीसहर 🔦🔦🔦मस्र्याङ्दी
नारायणघाट 🔦🔦🔦नारायणी नदी
बाग्लुङ 🔦🔦🔦कालीगण्डकी
नेपालका बिभिन्न नदीहरूको उद्गमस्थल
🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸
✍️वागमती ✔️✔️वाग्द्वार
✍️बिष्णुमती ✔️✔️सपनतिर्थ
✍️कालीगण्डकी ✔️✔️ दामोदर हिमाल
✍️सेती नदी (पश्चिम) ✔️✔️ सैपाल
✍️सेती नदी ✔️✔️अन्नपूर्ण हिमाल
✍️तामाकोशी ✔️✔️गौरीशंकर
✍️मादी ✔️✔️लमजुङ हिमाल
✍️सानोभेरी ✔️✔️धौलागिरी
✍️लिखु ✔️✔️रोल्वालिङ हिमाल
✍️तिनाउ ✔️✔️चुरे पर्वत
✍️बुढी गण्डकी ✔️✔️ लद्दाख हिमाल
✍️ठूलो भेरी ✔️✔️ कान्जिरोवा हिमाल
✍️झिमरुक ✔️✔️ गौमुखी
✍️ईन्द्रावती ✔️✔️जुगल हिमालको पाँच पोखरी दह
✍️हुम्ला कर्णाली ✔️✔️तिब्बत मानसरोवर छेउ
✍️दरौदी ✔️✔️बुद्घ हिमाल
✍️मस्र्याङ्दी ✔️✔️ दामोदर हिमाल
✍️मेची ✔️✔️लालीखर्क
✍️दुधकोशी ✔️✔️ महालंगुर
✍️बुढी गंगा ✔️✔️जगदुल्ला ताल
✍️तमोर ✔️✔️ कुम्भकर्ण हिमाल
✍️महाकाली ✔️✔️अपी हिमाल/जस्कर हिमाल
भारतमा पुगेपछि नेपालका नदीहरूको परिवर्तित नाम
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
👁️कन्काई 🌍️🌍️बिरिङ
👁️महाकाली 🌎️🌎️शारदा
👁️बबई 🌎️🌎️सरयु
👁️कर्णाली🌎️🌎️ घाँघरा
👁️कोशी🌎️🌎️ दामोदर
👁️मेची🌍️🌍️ महानन्दा

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.