“एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी हुन्छ ।”
शासन व्यवस्थामा सार्वभौमसत्ता र राजकीयसत्ताको अधिकार संविधानबाट सुनिश्चित गरी विभिन्न तहको सरकारमा जाने शासन प्रणाली सङ्घीय शासन प्रणाली हो भने शासकमा मात्र वा केन्द्रमा मात्र अधिकार हुने केन्द्रीकृत शासन व्यवस्था एकात्मक शासन प्रणाली हो ।
नागरिकहरुको इच्छा, आकांक्षा, चाहनाको सम्वोधन गर्न, विविधताहरुको व्यवस्थापन गर्न सङ्घीय शासन प्रणाली मात्र प्रभावकारी हुन्छ ।
तपशिल बमोजिमका आधारमा एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी छ भन्न सकिन्छ :
सङ्घीय शासन प्रणालीले,
- सार्वभौमसत्ताको प्रयोग दुई वा सो भन्दा बढी तहबाट गर्दछ ।
- आफ्नै घर आँगनको जनप्रतिनिधीद्धारा शासन व्यवस्था संचालन हुन्छ । (स्थानीय तहको शासन, ७५३ वटा स्थानीय तहले)
- Diversity Management गर्दछ ।
- अधिकारको विकेन्द्रीकरण हुन्छ ।
- स्थानीय स्रोत साधन, पूँजी प्रविधि उच्चतम परिचालन हुन्छ ।
- जनताको Diversity Management को सम्वोधन हुन्छ ।
- Power, Resource, Authority / Oppurtunities को Rightful and meaningful sharing हुन्छ ।
- नागरिक सबलीकरण, सशक्तिकरण र मूलप्रवाहीकरण हुन्छ ।
- लाभको सन्तुलित र न्यायोचित वितरण हुन्छ ।
- सामाजिक समता, समानता र सामाजिक न्याय कायम हुन्छ ।
- आर्थिक, प्रशासनिक, राजनीतिक, सामाजिक–सांस्कृतिक सम्पूर्ण अधिकार स्थानीयस्तर सम्म पुग्दछ ।
त्यसैले माथि उल्लेख गरिएका आधारमा अनुसार एकात्मक शासन प्रणालीभन्दा सङ्घीय शासन प्रणाली जनमूखी छ भन्न सकिन्छ ।
नेपालको सङ्घीयता समावेशी चरित्रको छ भन्ने सन्दर्भ
नेपालले समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा संघ, प्रदेश र स्थानीय तहबीच शासन व्यवस्था सञ्चालन गर्ने गरेको उल्लेख छ । (धारा २३२)
नेपालको सङ्घीयता Holding together का आधारमा निर्माण भएको हो । देहाय बमोजिमका बुदाँहरुका अनुसार नेपालको सङ्घीयता समावेशी चरित्रको छ भन्ने कुरा प्रष्ट्याउन सकिन्छ :
- तीन तहको सरकार (संघ, प्रदेश र स्थानीय तह)
- तीनै तहको एकल र साझा अधिकार सूची
- संघको अधिकार सूची (अनुसूची ५)
- प्रदेशको अधिकार सूची (अनुसूची ६)
- संघ र प्रदेशको अधिकार सूची (अनुसूची ७)
- स्थानीय तहको अधिकार सूची (अनुसूची ८)
- संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची (अनुसूची ९)
- राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग र समुदायको हुनुपर्ने
- सभामूख र उपसभामूख फरक फरक लिङ्ग र समुदायको हुनुपर्ने
- समानुपातिक प्रतिनिधित्व प्रणाली पनि अवलम्वन
- विविधता व्यवस्थापनमा जोड
- आरक्षण, समावेशीकरण सम्वन्धी नीतिहरुको अवलम्वन
- संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति
- समुदाय, जात, भूगोल, भाषाको सम्वोधन गरिएको
- भाषिक, सांस्कृतिक, जातीय, पहिचान अभिवृद्धिमा जोड
- राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक अधिकारको बाँडफाँड
- प्रादेशिक तथा स्थानीय स्तरमा समानुपातिक आधारमा राजनीतिक पदमा उम्मेदवारी तथा सुनिश्चितता
- प्रशासनिक अधिकारको हस्तान्तरण तथा प्रशासनिक समावेशिता
- वित्तिय हस्तान्तरणमा जोड लगायत ।
सारमा,
सङ्घीयता अनेकतामा एकता हो । यसले इन्द्रेणी शासनको परिकल्पना गर्दछ । सबैको अपनत्वभावको विकास गरी, स्थानीय श्रम, सीप, पूँजी प्रविधीको महत्तम प्रयोग गरेर, सबैलाई समान अवसर प्रदान गरी सङ्घीयतालाई अझ प्रभावकारी र समावेशी बनाउन सकिन्छ ।






0 Comments:
Post a Comment