VCTS: 'अर्थतन्त्रमा आर्थिक इकोसिस्टमको
एकीकरण आर्थिक पारदर्शिता र सुशासनको आधुनिक औजार'
नेपालमा कर तथा भन्सार प्रशासन लामो समयसम्म कागजी प्रक्रिया, सडक-किनार चेकजाँच र मानव-निर्भर निर्णयमा आधारित थियो। यसले सेवाग्राहीलाई ढिलाइ, झन्झट र अनिश्चितता दियो भने राज्यलाई राजस्व चुहावट, कमजोर अभिलेख र सीमित निगरानीको चुनौती थियो।यसै सन्दर्भमा नेपालमा राजस्व चुहावट नियन्त्रण, राजस्व प्रशासन सुदृढीकरण तथा वस्तु ढुवानी प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्रणालीहरूको आवश्यकता बढ्दै गएको यही पृष्ठभूमिमा VCTS को अवधारणा—ढुवानी भइरहेका मालसामान (consignment) र सवारी साधनलाई डिजिटल रूपमा दर्ता, ट्र्याक र विश्लेषण गर्ने एकीकृत प्रणालीका रूपमा लागू गरिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन गर्ने एक आधुनिक प्रणाली हो।
.jpg)
सामान्यरुपमा मालवस्तु तथा ढुवानी साधन अनुगमन
प्रणालीलाई 'ट्र्याकिङ'सँग जोडेर हेर्ने गरिएको पाइन्छ।तर यो प्रणाली
सामान्य 'ट्र्याकिङ' भन्दा फरक छ। VCTS
को मुख्य दर्शन “जाँच सडकमा होइन, प्रणालीमा” भन्ने हो। जब कन्साइनमेन्ट कहाँबाट कहाँ गयो, कुन
समयमा गयो, कसले ढुवानी गर्यो, र कुन
कागजातका आधारमा गयो भन्ने सबै विवरण डिजिटल रूपमा सुरक्षित हुन्छ, तब
निर्णय व्यक्तिको अनुभव वा अनुमानमा होइन, प्रमाणमा
आधारित हुन्छ। जसले एक स्थानबाट अर्को स्थानमा ढुवानी हुने मालवस्तु तथा सवारी
साधनको रियल-टाइम ट्र्याकिङ(Real-time
Tracking)[1] गर्दछ।यसले
सेवाग्राहीलाई अनुमानयोग्य व्यवहार दिन्छ र प्रशासनलाई दुरुपयोगबाट जोगाउँछ। यो प्रशासनिक सोच, काम गर्ने
तरिका र उत्तरदायित्वको ढाँचामा आएको संरचनात्मक रूपान्तरण हो, जसले
कर/भन्सार व्यवस्थापनलाई प्रतिक्रियात्मक अवस्थाबाट पूर्व-निवारक मोडेल[2] तर्फ
लैजान्छ। यो सरकार र निजी क्षेत्रबीचको एउटा यस्तो "डिजिटल सम्झौता" हो, जहाँ मालवस्तु ढुवानी गर्नका लागि मालवस्तु ढुवानी साधनमा लोड हुनुअघि नै
त्यसको कानुनी अस्तित्व सिर्जना हुन्छ।यसले ढुवानी प्रक्रियालाई
पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउँछ। यो भौतिक सीमाना वा सडकमा हुने मालवस्तुको ओसारपसारलाई
कागजी फाइलबाट मुक्त गरी झन्झटिलो चेकजाँचलाई हटाएर 'डाटामा आधारित डिजिटल
चेकपोस्ट(Digital Check post)’ मा रूपान्तरणको कडी हो। यसर्थ VCTS लाई केवल सूचना संयन्त्रको रूपमा मात्र नभई, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउने एउटा
बलियो डिजिटल आधारस्तम्भको रूपमा परिभाषित गर्न सकिन्छ। यसले मालवस्तु
ओसारपसारलाई पारदर्शी बनाइ राजस्व चुहावट नियन्त्रण गर्नमा समेत योगदान पुर्याउँदछ।यो
प्रणालीले मुख्यतया तीनवटा पक्षलाई आपसमा जोड्छ:
- आयातकर्ता/उत्पादक/बिक्रेता: जसले मालवस्तुको उत्पत्ति
(Source) को जानकारी दिन्छ।
- ढुवानीकर्ता (Transporter): जसले मालवस्तु लैजाने गाडी र चालकको जिम्मा लिन्छ।
- प्राप्तकर्ता (Receiver): मालवस्तु कसले कुन ठाउँमा बुझ्दैछ भन्ने विवरण।
यो नेपालमा व्यवसायिक मालवस्तुको ओसारपसारलाई
व्यवस्थित बनाउन लागू गरिएको एक अनलाइन प्रणाली हो।यसमा ढुवानीकर्ता, आयातकर्ता वा
व्यवसायीले मालवस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजानुअघि त्यसको विवरण (मालवस्तुको
प्रकार, मूल्य, सवारी नम्बर
आदि) प्रविष्ट गर्नुपर्छ।यसर्थ यो व्यवसायीका लागि केवल एउटा फारम भर्ने ठाउँ मात्र
होइन, सरकारको लागि एक Real-time Monitoring प्रनाली पनि हो। यो नेपालको
सार्वजनिक वित्त व्यवस्थापनमा 'डिजिटल गभर्नेन्स' र 'अल्गोरिदममा आधारित निगरानी' को नयाँ युग हो।यसलाई "आपूर्ति शृङ्खलाको डिजिटल प्रतिलिपि" (Digital Twin of Supply Chain) भन्न सकिन्छ, जसले भौतिक रूपमा सडकमा गुडिरहेको मालवस्तुको
कानुनी अस्तित्वलाई क्लाउड (Cloud)
मा सुरक्षित
गर्दछ।VCTS एक्लै छैन, यो
तीनवटा सरकारी डेटाबेसको 'ट्राइएंगल'
(Triangle) मा बस्छ जसले 'Cross-Verification' मा
सहयोग पुगेको छ।
1.
Customs (Asycuda): भन्सारबाट
मालवस्तु भित्रिँदाको विवरण।
2.
IRD (Central Bill Monitoring System - CBMS): पसल
वा उद्योगले काटेको वास्तविक भ्याट बिल।
3.
VCTS: सडकमा
गुडिरहेको भौतिक मालवस्तु।
अन्तर्राष्ट्रिय कानुनी अभ्यास (Global Best Practices) को सन्दर्भमा नेपालको VCTS भारतको e-Way Bill प्रणालीसँग मिल्दोजुल्दो छ। यसले "Ease of Doing Business" लाई सघाउने अन्तर्राष्ट्रिय सन्धिहरू (जस्तै: WTO को Trade Facilitation Agreement) सँग पनि तादात्म्यता राखेको छ। यसले गर्दा विदेशी लगानीकर्ता वा बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा व्यापार गर्दा पारदर्शी डिजिटल ट्र्याकिङको अपेक्षा गर्छन्।सो अपेक्षालाई यसले केही हदसम्म पुरा गरेको छ।
[1] रियल-टाइम ट्र्याकिङ(Real-time Tracking) भनेको कुनै पनि वस्तु, व्यक्ति
वा सवारी साधनको हालको स्थिति (Location) र अवस्थालाई
तुरुन्तै र निरन्तर रूपमा निगरानी गर्ने प्रविधि हो। यसले वास्तविक समयमा डेटाहरू
प्रविष्टि हुने बित्तिकै तुरुन्तै खिच्ने, ट्र्याक
गर्ने र निगरानी गर्ने(capturing, tracking, and
monitoring data or events)लाई जनाउँछ। यो प्रणालीमा डाटा संकलन
हुने बित्तिकै बिना कुनै ढिलाइ शिध्रताका साथ प्रयोगकर्तालाई जानकारी प्राप्त हुन्छ।
घटना वा समस्या भएपछि पत्ता लगाउनु भन्दा, भइरहेको
बेलामै ट्र्याक गरेर सम्भावित जोखिम रोक्न यसले मद्दत गर्छ। कुनै विशेष प्रक्रिया, गतिविधि, वा घटनामा हालको
र सही अन्तर्दृष्टि प्रदान गर्न जानकारी निरन्तर खिचिन्छ र ढिलाइ नगरी प्रशोधन गरिन्छ।
प्रक्रिया अनुकूलन, दक्षता सुधार, र परिवर्तनहरूमा
द्रुत प्रतिक्रिया दिन वास्तविक-समय ट्र्याकिङले महत्त्वपूर्ण भूमिका खेल्छ(Real-time tracking plays a crucial role in process
optimization, improving efficiency, and rapidly responding to changes )। निरन्तर
वास्तविक-समय अनुगमनले व्यवसाय र संस्थाहरूलाई सूचित निर्णयहरू लिन र उद्देश्यपूर्ण
रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न सक्षम बनाउँछ। जसले ढुवानी
स्थिति र ऐतिहासिक रेकर्डहरूमा २४/७ पहुँच दिन्छ। यसले नियन्त्रण र जवाफदेहिता
बढाउँछ।
[2] पूर्व–निवारक मोडेल (Preventive Model) मुख्यतया सुशासन, अपराध नियन्त्रण र स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने एक रणनीति हो। यसले
समस्या वा घटना घटिसकेपछि उपचार गर्नुभन्दा घटना घट्नै नदिने पूर्व-तयारी र
सावधानीमा जोड दिन्छ।यसले प्रणालीमै सुधार ल्याई भविष्यमा हुन सक्ने जोखिम घटाउँछ।






0 Comments:
Post a Comment