"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Saturday, October 30, 2021

सरकारी लेखा प्रणाली Computerized Government Accounting System (CGAS)

 https://www.fcgo.gov.np/storage/uploads/publications/20210905104606_%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80%20%E0%A4%B2%E0%A5%87%E0%A4%96%E0%A4%BE%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B2%E0%A5%80%20-User%20Manual.pdf

Monday, October 18, 2021

नेपालमा व्यापार घाटाः अवस्था, असर, कारण र न्यूनीकरणका उपायहरु

वैदेशिक व्यापारका क्रममा मुलुकको निर्यातको मूल्यभन्दा आयातको मूल्य बढी हुने अवस्थालाई व्यापार घाटा भनिन्छ । अहिलेको यूग विश्वव्यापीकरणको यूग हो । यस यूगमा विश्व बजारबाट कुनै पनि मुलुक अछुतो रहन सक्दैन । विश्वव्यापीकरणबाट लाभ लिनका लागि विभिन्न मुलुकहरुसँग व्यापार गर्नु पर्ने हुन्छ । यस क्रममा वस्तु, सेवा र प्रविधि आयात तथा निर्यात गर्नु पर्ने हुन्छ । यिनीहरुको उत्पादन बढी गरेर बढीभन्दा बढी निर्यात गर्ने मुलुकहरुको व्यापार बचत हुन्छ र उनीहरु नाफामा रहन्छन् । वस्तु, सेवा र प्रविधिको उत्पादन कम भएका मुलुकहरु यिनीहरुको आयातमा निर्भर रहन्छन् । निर्यातका तुलनामा आयात बढी हुने भएकाले उनीहरुको व्यापार ऋणात्मक हुन्छ र उनीहरु घाटामा रहन्छन् ।

नेपालको वैदेशिक व्यापार वस्तु व्यापारमा सीमित छ । सेवा र प्रविधिको व्यापार फस्टाउन सकेको छैन । पछिल्लो चार दशकभन्दा बढी समयदेखिको व्यापार प्रवृत्तिलाई हेर्दा नेपालमा वस्तुको निर्यातका तुलनामा आयात अत्यधिक बढेको छ । फलतः नेपालको व्यापार घाटामा रहेको छ । व्यापार घाटा स्थिर नभएर निरन्तर वृद्धि हुँदै गएको छ । नेपालबाट वैदेशिक रोजगारीमा श्रमशक्ति पठाउने कार्य बढेको छ । हाल वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणले गर्दा व्यापार घाटा हुँदा पनि भुक्तानी असन्तुलित भइसकेको छैन र शोधनान्तर स्थिति बचतमै रहेको छ । तर कुनै दिन वैदेशिक रोजगारीमा कुनै आकस्मिक अवरोध आइदिँदा मुलुक आर्थिक संकटमा पर्ने खतरा रहेको छ । त्यसैले बढ्दो व्यापार घाटा नेपालका लागि ठुलो चिन्ताको विषयका रुपमा रहेको छ ।

व्यापार घाटाको वर्तमान अवस्था

प्राचीनकालदेखि नै नेपालबाट सीमापार व्यापार हुँदै आएको हो । प्राचीन कालमा उत्तरतर्फ तिब्बत र चीनमा तथा दक्षिणतर्फ भारतमा नेपालबाट वस्तुहरु निर्यात गरिन्थ्यो । निर्यात हुने मुख्य वस्तुहरुमा ऊन र यसबाट बनेका वस्तुहरु, चमर, कस्तुरी, फलाम तथा तामाका भाँडाकुँडा, जडीबुटी, नेपाली कागज आदि प्रमुख थिए । पाटलीपुत्रको दरबारमा नेपाली ऊनी कम्बलको माग थियो भन्ने कुरो कौटिल्यको अर्थशास्त्रमा समेत उल्लेख भएको पाइन्छ । मल्लकालमा तिब्बतका लागि टक छाप्ने काम समेत नेपालबाट हुन्थ्यो । तिब्बतसँगको व्यापारलाई बढावा दिनका लागि विभिन्न कोठीहरु समेत स्थापना गरिएका थिए । तत्कालीन समयमा नेपाली कालीगढहरुले देशबाहिर काम गर्ने गर्दथे । यस सन्दर्भमा अरनिकोले भोट र चीनमा पाएको प्रसिद्धि उल्लेखनीय छ । त्यतिबेला भारतबाट वस्तु आयात गरी तिब्बत निकासी गरेर भन्सार समेत संकलन गरिन्थ्यो । पृथ्वीनारायण शाहको दिव्योपदेशलाई हेर्दा शाहकालीन समयमा स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिइएको थियो । तत्कालीन व्यापार नीतिले मालसामान निकासी गरी विदेशी मुद्रा आर्जन गर्नमा समेत जोड दिएको थियो ।

२००७ सालको राजनीतिक परिवर्तन पश्चातको आ. व. २०२८/२९ सम्म नेपालको व्यापार नाफामा रहेको देखिन्छ । तत्कालीन समयमा नेपालबाट चामल समेत निर्यात गरिन्थ्यो । चामलका अतिरिक्त जुट, छाला, अलैंची, गलैंचा, हस्तकलाका सामानहरु निर्यात हुन्थे । अहिले मुलुकले मासिक करिब २ अर्बको चामल आयात गरीराखेको छ । तत्कालीन समयमा वैदेशिक व्यापार भारत, चीन, अमेरिका, बेलायत लगायतका मुलुकहरुसँग हुन्थ्यो । अहिले आएर वैदेशिक व्यापारको दुईतिहाइ हिस्सा भारतमा निर्भर रहेको छ ।

२०३० को दशकदेखि नेपालको व्यापार ऋणात्मक हुँदै गएको तथ्याङ्क पाइन्छ । २०४६ सालको परिवर्तनपछि उदार अर्थ नीति अवलम्बन गरे पश्चात यसमा द्रूत गतिमा वृद्धि भएको छ । यसै बेलादेखि नेपालमा विभिन्न कलकारखानाहरुलाई निजीकरण गरियो । विस्तारै ती कलकारखानाहरु व्यवस्थापनको असक्षमता र सरकारको अदूरदर्शी नीतिका कारण धराशायी भए । तुलनात्मक रुपमा उत्पादन वृद्धि हुन सकेन र आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना हुँदै गयो । नेपालले सन् २००४ मा विश्व व्यापार संगठनको सदस्यता हासिल गर्यो । अहिलेको समयसम्म आइपुग्दा वाणिज्यलाई प्रश्रय दिने विभिन्न द्विपक्षीय तथा बहुपक्षीय सन्धि र सम्झौताहरु गरेको छ । यस्ता सम्झौताहरुमा द्विपक्षीय व्यापार सम्झौताहरु, बिप्पा सम्झौताहरु, पारवहन सम्झौताहरु, सार्क क्षेत्रमा साप्टा सम्झौता र भारतलगायतसँग दोहोरो करमुक्ति सम्झौताहरु उल्लेखनीय छन् । तर न्यून उत्पादन र तुलनात्मक लाभका वस्तु तथा सेवा उत्पादनको अभाव, भौगोलिक अवस्थिति, राजनीतिक अवस्था लगायतका विभिन्न कारणहरुले गर्दा यी सम्झौताहरुबाट नेपालले लाभ लिन सकेको छैन । उल्टो घाटा ब्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

भन्सार विभागको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०७७/७८ मा नेपालले १६ खर्ब ८० अर्बको कूल व्यापार गरेको छ । जसमा १५ खर्ब ३९ अर्बको सामान आयात भएको छ भने १ खर्ब ४१ अर्बको सामान निर्यात भएको छ । आयात र निर्यातको अन्तरलाई हेर्दा यो बर्ष नेपालको कूल व्यापार घाटा १३ खर्ब ९८ अर्ब रहेको छ । अघिल्लो दुई वर्षको तथ्याङ्कलाई हेर्दा आ. व. २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब र आ. व. २०७६/७७ मा ११ खर्ब रहन गएको देखिन्छ । आ. व. २०७६/७७ मा कोभिड महामारीका कारण वैदेशिक व्यापारमा संकुचन आएकाले व्यापार मन्द भई व्यापार घाटा केही घटेको देखिए पनि आ.व. २०७७/७८ मा पछिल्लो वर्षको तुलनामा २७ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ । पछिल्ला वर्षहरुमा नेपालको वार्षिक निर्यातमा केही बढोत्तरी भई १ खर्बभन्दा माथि पुगे पनि त्यसका तुलनामा आयातमा अत्यधिक वृद्धि भई व्यापार घाटा निरन्तर चुलिँदै गएको देखिन्छ ।

व्यापार घाटाका असरहरु

मुलुकको व्यापार घाटा हुँदा मुलुकलाई लाभ हुँदैन । उल्टो व्यापार घाटाबाट पार पाउन आयका वैकल्पिक श्रोतमा भर पर्नुपर्छ । जस्तो विप्रेषण आय, विदेशी पर्यटकबाट प्राप्त हुने आम्दानी, वैदेशिक ऋण तथा अनुदान आदि । व्यापार घाटा हुँदा मुलुकको नगद धनराशी बाहिर जान्छ । यसबाट मुलुकमा पुँजीको अभाव हुनजान्छ र कुनै पनि आर्थिक क्रियाकलाप गर्न सम्भव हुँदैन । देशभित्र भइरहेको रोजगारी गुम्छ । सरकारको बजेट व्यापार सन्तुलनमा केन्द्रित गर्नुपर्छ ।

व्यापार घाटाको अर्को असर सरकारी आम्दानीमा पर्छ । नेपालको सार्वजनिक आम्दानीलाई आयातमा आधारित कर राजस्वले थामेको छ । जसको हिस्सा कर राजस्वमा ५० प्रतिशतभन्दा बढी रहेको छ । व्यापार घाटा कम गर्न निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नु पर्छ । केही गरी निर्यार्त प्रवर्द्धन गर्न सकिएन भने पनि आयात प्रतिस्थापन त गर्नै पर्दछ । यसबाट सरकारलाई आयातमा आधारित कर प्राप्त हुँदैन र सरकारको आम्दानी नै न्यून हुन्छ । न्यून आम्दानीका कारण विकास निर्माणका कार्यहरु गर्न तथा राज्यका लोककल्याणकारी कार्यहरु गर्न समेत श्रोत नपुग हुन्छ । अतः यी कार्यहरुमा कटौती गर्नु पर्ने हुन्छ ।

हाम्रो मुलुकमा विप्रेषण आप्रवाह बढेका कारण व्यापार घाटा भए पनि भुक्तानी सन्तुलन बिग्रेको छैन भनी भन्ने गरिन्छ । तर बुझ्नु पर्ने कुरो के छ भने विप्रेषण आप्रवाह भनेको सार्वजनिक आम्दानी हैन । जबसम्म यसलाई उत्पादनशील कार्यमा खर्च गराउन सकिदैन तबसम्म यसबाट सरकारलाई दिगो रुपमा राजस्व समेत प्राप्त हुन सक्दैन । विप्रषेणका कारण मुलुकमा बढेको खर्चयोग्य आयले उपभोगवादी संस्कृतिलाई बढावा दिन्छ । उपभोगवादी संस्कृतिले आयात बढाउँछ । राज्यले पनि आयातमा आधारित राजस्व संकलनको माध्यमका रुपमा नै विप्रेषणलाई लिएको देखिन्छ र यसबाट व्यापार घाटा चुलिँदै गएको छ । यथार्थमा विप्रेषण आम्दानी समेत मुलुकभित्र रहन सकीराखेको छैन ।

अहिलेको यूग विश्वव्यापीकरणको यूग हो । व्यापार बचत गराउने अथवा घाटा गराउने सन्दर्भमा यो अवसर र चुनौति दुबै हो । वस्तु, सेवा र प्रविधिको अधिकतम उत्पादन गरेर विश्व बजारमा बेच्न सक्ने मुलुकहरुलाई यसले बजार उपलब्ध गराउँछ । यस्तो उत्पादन गर्न नसक्ने मुलुकहरुलाई यसले औद्योगिक तथा विकसित मुलुकका उत्पादनको उपभोक्ता बनाईदिन्छ । त्यसैले विश्वव्यापीकरणलाई सानो उत्पादन भएका राष्ट्रहरुलाई ठुलो अर्थतन्त्र भएका तथा विकसित राष्ट्रहरुले आफूमा निर्भर बनाउन अगाडि ल्याएको अस्त्र पनि भनिन्छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तु, सेवा र प्रविधि निर्यात गर्न नसकी राखेको अवस्थाका कारण विश्वव्यापीकरणबाट नेपालले समेत लाभ लिन सकेको छैन । यस्तै अवस्था रहीरहँदा नेपालका लागि पनि विश्वव्यापीकरण अभिशाप बन्न जान्छ र व्यापार घाटा चुलिँदै जान्छ ।

व्यापार घाटा हुनुका कारणहरु

वि.सं. २०२८/२९ सम्म नेपालको व्यापार नाफामा रहेको थियो । यस पछिका वर्षहरुमा क्रमशः निर्यातका तुलनामा आयात वृद्धि हुँदै गयो । व्यापार घाटा हुनुको मुख्य कारण यही वृद्धि भएको आयात नै हो । आयात बढ्नुको कारणहरुमा जनसंख्या वृद्धि हुनु, वस्तुको माग बढ्नु, उत्पादन न्यून हुनु, विप्रेषणका कारण खर्चयोग्य आय बढ्नु र उपभोग बढ्नु रहेका छन् । पछिल्लो चार दशकमा माग र उपभोगका तुलनामा आन्तरिक उत्पादन वृद्धि हुन नसकेका कारण आयातमा भर पर्नुपर्ने अवस्था सिर्जना हुन पुगेको छ । आयात हुने वस्तुहरुमा पेट्रोलियम पदार्थ र इलेक्ट्रोनिक्सका सामग्रीहरु प्रमुख रहेका छन् । यी सबै वस्तुहरु आधारभूत आवश्यकताका वस्तु नभएर विलासिताका सामानहरु भएकाले उपभोगवादी संस्कृतिका कारण आयात वृद्धि हुँदै गएको छ भन्ने कुरामा दुई मत हुन सक्दैन ।

व्यापार घाटा हुनुको अर्को प्रमुख कारण आन्तरिक उत्पादनमा कमी रहनु हो । अहिले नेपालमा वार्षिक रुपमा करिब १.५ खर्बको कृषिजन्य खाद्यवस्तु र सामग्री आयात गरिन्छ । यो तथ्याङ्कले कृषिप्रधान देश भएर कृषिजन्य उत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नु त परको कुरो कृषिमा आत्मनिर्भर सम्म हुन नसकिएको यथार्थलाई उदाङ्गो पारेको छ । कृषि क्षेत्र उपेक्षामा पर्नुका मुख्य कारणहरुमा सिँचाइको अभाव हुनु, वैज्ञानिक खेती प्रणालीको अभाव हुनु तथा जग्गा क्षयीकरण हुनु र उपभोगवादी प्रवृत्ति बढ्नु रहेका छन् । कृषिमा संलग्न हुनुपर्ने जनशक्ति वैदेशिक रोजगारीमा गएका कारण समेत खेतीयोग्य जमीन बाँझो रहन गएको छ । पछिल्लो तीन दशक यताको समयमा औद्योगिक वातावरण समेत सुमधुर हुन नसकेका कारण औद्योगिक उत्पादनमा ह्रास आएको छ । न तयारी वस्तुको उत्पादन बढाउन सकिएको छ न कच्चापदार्थकै उत्पादन बढाउन सकिएको छ । देशबाहिर निर्यात गर्न सक्ने गरी उत्पादन बढाउनु पर्नेमा देशभित्रै खपत गर्न सकिने स्तरसम्म समेत उत्पादन हुन नसक्नु विडम्बनापूर्ण छ । विप्रेषणलाई राज्यले गर्वका रूपमा लिने गरेकाले देशभित्र उपलब्ध श्रमशक्तिलाई उत्पादनशील कार्यमा परिचालन गर्ने नीति अख्तियार गर्न नसकिएको कारण उत्पादन वृद्धि हुन सकेको छैन । उद्यमशीलता विकास गर्ने खालको शिक्षा प्रणाली नभएका कारण व्यावशायिक संस्कृतिको समेत विकास हुन सकेको छैन । कामलाई सम्मान गर्ने परिपाटी नभएका कारण उत्पादनशील काममा सहभागी हुनुको साटो स्वदेश तथा विदेशमा जहाँसुकै जागिर गर्न लालायित हुने प्रवृत्ति रहेको छ ।

नेपालमा व्यापार घाटा बढ्नुको अर्को महत्वपूर्ण कारण निर्यात प्रवर्द्धन नहुनु हो । निर्यात वृद्धि हुन नसक्नुका पछाडि उच्च उत्पादन लागत, वस्तु पहिचानमा समस्या, निर्यात-आयात बिचको अन्तर र कमजोर आर्थिक कुटनीति जस्ता विषयहरु जिम्मेवार रहेका छन् । नेपाल भूपरिवेष्ठित मुलुक भएका कारण वस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्न तथा उत्पादित वस्तुलाई गन्तव्य बजारसम्म पुर्याउँदा थप लागत लाग्ने गरेको छ । यसकारण समुद्र तटीय क्षेत्रका उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्न निकै कठिन हुने गरेको छ । नेपालमा श्रमिकको ज्याला न्यून भए पनि उत्पादकत्व कम भएका कारण एकाइ लागत बढ्न जाने भएकाले बढी उत्पादकत्व भएका मुलुकसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । विद्यमान औद्योगिक तथा वाणिज्य नीतिहरूले उत्पादन गर्न निर्दिष्ट गरेका तुलनात्मक लाभका वस्तुहरू साँच्चै तुलनात्मक लाभका छन् कि छैनन्, ती वस्तुहरू यथेष्ट उत्पादन भएमा तिनीहरूका लागि उल्लेख्य बजार उपलब्ध छ कि छैन भन्ने सम्बन्धमा समेत कुनै अध्ययन भएको पाइँदैन । नेपालले कृषिजन्य वस्तु, तयारी पोसाक, कार्पेट र फलामका सामानहरु जस्ता सामान्य र कम मूल्यका वस्तुहरू निर्यात गर्दै आएको छ भने पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स सामान, सवारी साधन जस्ता विशिष्ट प्रकृतिका (कम्प्लेक्स गुड्स) र उच्च मूल्य एवं प्रविधियूक्त वस्तुहरूको आयात गरीराखेको छ । यसबाट निर्यात र आयातका बीचमा ठूलो अन्तर कायम हुन गएको छ । वर्तमान समय विश्वव्यापीकरणको समय भएकाले विश्वव्यापी रुपमा व्यापार प्रवर्द्धन गर्न तथा बहुपक्षीय तथा द्विपक्षीय समन्वय र सहकार्यका लागि आर्थिक कूटनीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तर नेपालको आर्थिक कूटनीति कमजोर भएका कारण निर्यात व्यापार सुदृढ हुन सकेको छैन । नेपालबाट बाहिर जाने वस्तुहरुले विभिन्न झण्झटहरु ब्यहोर्नु पर्ने, वस्तुहरु अस्वीकार गरिने लगायतका कुराहरु बेला बेलामा सुनिने गरेका छन् । विकसित राष्ट्रका राष्ट्रप्रमुखहरु वैदेशिक भ्रमणमा रहँदा महत्वपूर्ण व्यापार सम्झौता हुने गरेका छन् । तर नेपालको प्रधानमन्त्रीहरुले छिमेकी राष्ट्रहरु भ्रमणका समयमा समेत निर्यात व्यापार सहजीकरणका लागि गम्भीरतापूर्वक विषय उठान गर्न सकेको पाइँदैन । यी कारणहरुले गर्दा नेपालको निर्यात व्यापार प्रवर्द्धन हुन नसकी व्यापार घाटा बहन गरी राख्नुपरेको छ ।

व्यापार घाटा न्यूनीकरणका उपायहरु

व्यापार घाटा न्यूनीकरणका लागि पहिलो र मुख्य उपाय भनेको वस्तुको उत्पादन बढाउनु नै हो । वाणिज्य तथा औद्योगिक नीतिहरूमा तुलनात्मक लाभका वस्तुहरु निर्दिष्ट गरिएका छन् । तीमध्ये उपयुक्त वस्तुहरुको उत्पादन बढाउने र सुरुमा मुलुकलाई तिनमा आत्मनिर्भर बनाउने अनि क्रमशः निर्यात गर्दै जाने गर्नु पर्दछ । उत्पादन बढाउनु पर्ने वस्तुहरुमा कृषिजन्य उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । कम्तिमा धान, मकै, गहुँ, तेल लगायतका खाद्य वस्तुहरु, पशुजन्य खाद्यपदार्थहरु र बीउविजनको उत्पादन नगरी व्यापार घाटा न्यूनीकरण गर्न सकिदैन । दोश्रोमा नेपालले निर्यात गर्ने कच्चा पदार्थहरुलाई मुलुकभित्रै अन्तिम रुप दिनु पर्छ । जस्तो अलैंची, चिया, अदुवा, छाला जस्ता वस्तुहरुलाई प्रशोधन गर्ने र तिनबाट तयारी वस्तु बनाई निर्यात गर्ने व्यवस्था मिलाउनु पर्छ । यसबाट मुलुकभित्रै रोजगारीको अवसर सिर्जना हुन जान्छ र वैदेशिक रोजगारीमा जाने युवाहरुलाई समेत देशभित्रै रोजगारी उपलब्ध गराउन सकिन्छ । तेश्रोमा भारत, चीन, बङ्गलादेश लगायतका छिमेकी मुलुकका उद्योगहरुलाई आवश्यक पर्ने सहायक वस्तुहरु उत्पादन गरी निर्यात गर्नमा जोड दिनु पर्दछ । चौथोमा उत्पादनमूलक र निकासीजन्य उद्योगमा वैदेशिक लगानी आकर्षित गर्न उपयुक्त वातावरण निर्माण गर्न ढिला गर्नुहुँदैन । पाँचौ र सबैभन्दा महत्वपूर्ण कुरो उत्पादनको ब्रान्ड प्रवर्द्धन गर्नु पर्छ । नेपाली चिया, अलैंची, पश्मिना, गलैंचा आदिका रुपमा ब्रान्डिङ गर्न सकिन्छ । यसबाट सामानको मूल्य वृद्धि हुन्छ र निर्यात बढाउन तथा आयात घटाउन सहयोग पुग्दछ ।

व्यापार घाटा न्यूनीकरण गर्ने अर्को महत्वपूर्ण उपाय भनेको आयातलाई व्यवस्थापन गर्ने हो । आयातलाई व्यवस्थापन गर्दा तीन वटा काम गर्नु पर्दछ । आयात प्रतिस्थापन, आयात निरुत्साहन र आयात प्रवर्द्धन । जुन वस्तुहरु नेपालमा उत्पादन गर्न सकिन्छ र तुलनात्मक रुपमा लाभप्रद छन् । तिनको उत्पादन वृद्धि गरी उपभोग र निर्यातमार्फत आयातलाई प्रतिस्थापन गर्नुपर्छ । यो कुरो माथिको अनुच्छेदमा समेत आइसकेको छ । दोश्रोमा आधारभूत आवश्यकताका वस्तुमा नपर्ने तर खर्चयोग्य आम्दानी बढेका कारण विलासिताका वस्तुका रुपमा आयात भईराखेका कतिपय वस्तुहरुको आयातलाई निरुत्साहन गर्नु पर्दछ । यसका लागि त्यस्ता कतिपय वस्तुहरुमा पूर्णतया आयात प्रतिबन्ध लगाउने र कतिपय वस्तुहरुमा कर तथा महसुल उच्च राख्ने गर्नुपर्दछ । तेश्रो उपाय अन्तर्गत अत्यावश्यकीय वस्तुमा पर्ने तर देशभित्र उत्पादन गर्दा लागत उच्च हुने वस्तुहरुको आयातलाई छोटो समयका लागि निरन्तरता दिनु आवश्यक हुन्छ । त्यस्ता वस्तुको लागि कच्चापदार्थ देशभित्र उपलब्ध हुन सक्ने रहेछ भने केही समयका लागि प्रविधि र दक्ष जनशक्ति भित्र्याएर उच्च लागतमै भए पनि उत्पादन गर्दै लानु पर्दछ । दीर्घकालीन रुपमा स्वदेशकै जनशक्तिले प्राविधिक ज्ञान प्राप्त गरीसकेको र वस्तुको उत्पादकत्व वृद्धि हुँदै गएको अवस्थामा ती वस्तुको लागत पनि क्रमशः न्यून हुँदै जानेछ ।

व्यापार घाटा न्यूनीकरणका लागि आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा परिचालन गर्नु अत्यावश्यक भइसकेको छ । यस अन्तर्गत भुपरिवेष्ठित मुलुकको पारवहन अधिकारअनुरुप बन्दरगाह प्रयोग तथा पारवहनमा सहजीकरणका लागि प्रयास गर्नु आवश्यक छ । छिमेकी मुलुकसँग सबल र सन्तुलित कूटनीति अपनाउँदै कुनै एक देशसँगको व्यापार निर्भरतालाई अन्त्य गर्दै व्यापार विविधीकरण गरिनुपर्दछ ।

व्यापार घाटा न्यूनीकरणका लागि वैकल्पिक उपायहरुको खोजी आवश्यक छ । नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थहरु पर्दछन् । त्यसलाई विस्थापन गर्न नेपालका नदीनालाहरुबाट निकालिने विद्युत भरपर्दो स्रोत हुनसक्छ । तसर्थ बढीभन्दा बढी विद्युत उत्पादन गरी विद्युतमा आधारित यातायात, भान्सा र उद्योगतर्फ लाग्नुपर्छ । उपभोगबाट बचत हुने बिजुली छिमेकी मुलुकहरुमा क्रमशः निर्यात गर्दै लानुपर्दछ । सार्वजनिक यातायातलाई प्रभावकारी पार्नुपर्छ । यसबाट निजी सवारीसाधन आयातमा कमी आउन सक्दछ । गुणस्तरीय र छोटो समयमा पार गर्न सकिने सडक तथा राजमार्ग निर्माणले पारवहन लागत घटाउनमा मदत गर्दछन् । वातावरणमा असर नपर्ने गरी ढुंगा, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीहरु र वनपैदावारको निर्यात मार्फत समेत व्यापार बढोत्तरी गर्न सकिन्छ । नेपालमा तुलनात्मक लाभको क्षेत्रका रुपमा रहेको पर्यटन व्यवशाय प्रवर्द्धन गरी सेवा व्यापार बढाउन सकिन्छ । विदेशी मुद्रा आर्जनको यो एक महत्वपूर्ण विकल्प भएकाले यसबाट व्यापार घाटा न्यूनीकरण गर्न सघाउ पुग्दछ ।

व्यापार घाटा न्यूनीकरणका लागि सरकार र आमनागरीकले स्वदेशमै उत्पादन भएका वस्तु तथा सेवाको प्रयोगमा जोड दिनु आवश्यक छ । विप्रेषण रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न, उत्पादनशीलतामा आधारित संस्कृतिको विकास गर्न, कामको सम्मान गर्न र उपभोगवादी संस्कृतिलाई निरुत्साहन गर्न जरुरी छ । वैदेशिक रोजगारमा जाने श्रमशक्तिलाई स्वदेशमै काममा लगाई तुलनात्मक लाभका वस्तुहरुको उत्पादन वृद्धि गरी सरकारले निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनको नीति अनुरुप स्रोत र साधन, राज्यका संयन्त्रहरु र आम नागरिकलाई समेत परिचालन गर्न लागीपर्ने हो भने व्यापार घाटाबाट पार पाउन मुश्किल हुँदैन । यसका लागि सरकारले यो विषयलाई संवेदनशीलताका साथ प्राथमिकतामा भने राख्नुपर्ने हुन्छ ।

Monday, October 04, 2021

केही नदीहरू

केही नदीहरूको पौराणिक नाम

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
१ अरुण ▶️▶️▶️▶️महाप्रभा
२ मनोहरा▶️▶️▶️▶️ मणीमती
३ वाणगंगा▶️▶️▶️▶️ भागरीथी
हनुमन्ते▶️▶️▶️▶️ हनुमती
५ धोबिखोला▶️▶️▶️▶️ रुद्रमती
६ टुकुचा ▶️▶️▶️▶️इच्छुमती
७ नख्खुखोला▶️▶️▶️▶️ प्रभावती
८ भचाखुसी▶️▶️▶️▶️ भद्रमती
९ चेपे▶️▶️▶️▶️ चम्पावती
१० झिमरुक▶️▶️▶️▶️ धर्मावती
११ तादी ▶️▶️▶️▶️सूर्यमती
१२ मादी ▶️▶️▶️▶️रत्नधारा
१३ राप्ती ▶️▶️▶️▶️अचिरावती
१४ लिखु▶️▶️▶️▶️ हेमगंगा
१५ त्रिशुली ▶️▶️▶️▶️धर्मधारा
१६ सेतीगण्डकी▶️▶️▶️▶️ सुवर्ण सरिता
१७ काली गण्डकी ▶️▶️▶️▶️कृष्ण गण्डकी
१८ बुढी गण्डकी▶️▶️▶️▶️ यशोधरा
१९ दरौदी ▶️▶️▶️▶️विश्वधारा
२० कर्णाली▶️▶️▶️▶️ पञ्चेश्वरी
नदीको किनारमा अवस्थित शहरहरू
✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅
काठमाडौं 🔦🔦🔦वागमती
पोखरा🔦🔦🔦 सेती
कुस्मा 🔦🔦🔦मोदी
गमगढी 🔦🔦🔦मुगु कर्णाली
बराह क्षेत्र 🔦🔦🔦 कोशी
जुम्ला 🔦🔦🔦तिला
जुम्ली खलंगा 🔦🔦🔦सानी भेरी
तुम्लिङटार /दिङला 🔦🔦🔦 अरुण
तौलिहवा 🔦🔦🔦वाण गंगा
धनगढी 🔦🔦🔦मोहना
धनुषा 🔦🔦🔦हर्दिनाथ
पनौती 🔦🔦🔦पद्मावती /लिलावती
पुतली बजार 🔦🔦🔦आँधिखोला
दमौली 🔦🔦🔦मादी
जोमसोम 🔦🔦🔦कालीगण्डकी
मन्थली 🔦🔦🔦तामाकोशी
बुटवल 🔦🔦🔦 तिनाउ
महेन्द्रनगर 🔦🔦🔦महाकाली
विराटनगर 🔦🔦🔦बक्राहा
दुनै 🔦🔦🔦ठूली भेरी
बेशीसहर 🔦🔦🔦मस्र्याङ्दी
नारायणघाट 🔦🔦🔦नारायणी नदी
बाग्लुङ 🔦🔦🔦कालीगण्डकी
नेपालका बिभिन्न नदीहरूको उद्गमस्थल
🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸
✍️वागमती ✔️✔️वाग्द्वार
✍️बिष्णुमती ✔️✔️सपनतिर्थ
✍️कालीगण्डकी ✔️✔️ दामोदर हिमाल
✍️सेती नदी (पश्चिम) ✔️✔️ सैपाल
✍️सेती नदी ✔️✔️अन्नपूर्ण हिमाल
✍️तामाकोशी ✔️✔️गौरीशंकर
✍️मादी ✔️✔️लमजुङ हिमाल
✍️सानोभेरी ✔️✔️धौलागिरी
✍️लिखु ✔️✔️रोल्वालिङ हिमाल
✍️तिनाउ ✔️✔️चुरे पर्वत
✍️बुढी गण्डकी ✔️✔️ लद्दाख हिमाल
✍️ठूलो भेरी ✔️✔️ कान्जिरोवा हिमाल
✍️झिमरुक ✔️✔️ गौमुखी
✍️ईन्द्रावती ✔️✔️जुगल हिमालको पाँच पोखरी दह
✍️हुम्ला कर्णाली ✔️✔️तिब्बत मानसरोवर छेउ
✍️दरौदी ✔️✔️बुद्घ हिमाल
✍️मस्र्याङ्दी ✔️✔️ दामोदर हिमाल
✍️मेची ✔️✔️लालीखर्क
✍️दुधकोशी ✔️✔️ महालंगुर
✍️बुढी गंगा ✔️✔️जगदुल्ला ताल
✍️तमोर ✔️✔️ कुम्भकर्ण हिमाल
✍️महाकाली ✔️✔️अपी हिमाल/जस्कर हिमाल
भारतमा पुगेपछि नेपालका नदीहरूको परिवर्तित नाम
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
👁️कन्काई 🌍️🌍️बिरिङ
👁️महाकाली 🌎️🌎️शारदा
👁️बबई 🌎️🌎️सरयु
👁️कर्णाली🌎️🌎️ घाँघरा
👁️कोशी🌎️🌎️ दामोदर
👁️मेची🌍️🌍️ महानन्दा

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.