मूल्य
अभिवृद्धि कर (भ्याट) को परिचय:
वस्तु वा सेवाको उत्पादन, पैठारी, थोक तथा खुद्रा बिक्री गरी आपूर्ति शृङ्खलाको प्रत्येक
चरणमा थपिने मूल्य (Value Addition) मा मात्र लाग्ने वैज्ञानिक र आधुनिक
अप्रत्यक्ष कर नै मूल्य अभिवृद्धि कर हो। यो करको भार अन्तिम उपभोक्तामा पर्दछ भने
कर संकलन गरी सरकारलाई बुझाउने दायित्व दर्तावाला विक्रेताको हुन्छ।
भ्याटका
आधारभूत सिद्धान्तहरू:
१.
गन्तव्यको सिद्धान्त (Destination Principle): वस्तु वा सेवा जहाँ उपभोग हुन्छ, त्यहाँ कर
लाग्ने। यस अनुसार आयातमा कर लाग्छ र निर्यातमा शून्य दर लागू हुन्छ।
२.
मूल्य अभिवृद्धिको सिद्धान्त (Value Added Principle): खरिद मूल्य र
बिक्री मूल्य बीचको अन्तर (थपिएको मूल्य) मा मात्र कर लाग्ने।
३.
तटस्थताको सिद्धान्त (Principle of Neutrality): करले उत्पादन, वितरण र
उपभोक्ताको छनोटमा नकारात्मक प्रभाव नपार्ने।
४.
स्वयं कर निर्धारणको सिद्धान्त (Self-Assessment Principle): करदाता आफैँले
आफ्नो कारोबारको हिसाब गरी कर विवरण बुझाउने।
५.
विस्तृत कर आधार (Broad Tax Base): कानुनले छुट दिएका बाहेक सम्पूर्ण वस्तु तथा सेवालाई करको
दायरामा समेट्ने।
No comments:
Post a Comment