मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कर अधिकृतलाई प्राप्त विशेष अधिकारहरू देहायबमोजिम रहेका छन्ः
- अनुसन्धान सम्बन्धी अधिकार (दफा २३घ): कसूरको अनुसन्धान तथा तहकिकातको सम्बन्धमा कर अधिकृतलाई कानुन बमोजिम प्रहरीलाई भए सरहको अधिकार प्राप्त हुन्छ (व्यावसायिक स्थल सिलबन्दी गर्ने, विद्युतीय उपकरण कब्जा गर्ने आदि)।
- अदालत सरहको अधिकार (दफा ३१): ऐनको प्रयोजनका लागि सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखितहरू पेश गर्न लगाउने सन्दर्भमा अदालतलाई भए सरहको अधिकार हुन्छ।
- बैंक खाता रोक्का र थुना: महानिर्देशकको स्वीकृति लिई करदाताको बैंक खाता ३ महिनासम्म रोक्का राख्न सक्ने र धरौटी वा जेथा जमानी नदिए बढीमा ४५ दिनसम्म थुनामा राख्न सक्ने अधिकार हुन्छ।
- सीमा: कर अधिकृतले कानुनको व्याख्या गर्न पाउँदैन, केवल कर प्रशासन सञ्चालन गर्छ र शारीरिक डण्डा लगाउन पाउँदैन।
No comments:
Post a Comment