करदाताले बुझाउनुपर्ने मूल्य अभिवृद्धि करको वास्तविक दायित्व यकिन गरी असुल गर्नुपर्ने कर रकम निर्धारण गर्ने कानुनी प्रक्रिया मूल्य अभिवृद्धि कर निर्धारण हो।
कर निर्धारणका अवस्थाहरू (ऐनको दफा २० बमोजिम):
१.
म्यादभित्र कर विवरण पेश नगरेमा।
२. अधुरो
वा त्रुटिपूर्ण कर विवरण पेश गरेमा।
३.
झुट्ठा कर विवरण पेश गरेमा।
४. करको
रकम कम देखाएको वा ठीक नभएको विश्वास गर्नुपर्ने उचित कारण भएमा।
५.
आपूर्ति मूल्यमा न्यून बीजकीकरण (Under-invoicing) गरेको विश्वास गर्नुपर्ने कारण भएमा।
६. न्यून
बीजकीकरण गरी समूह कम्पनी (Group Company) मा आपूर्ति भएमा।
७. दर्ता
हुनुपर्ने दायित्व भएको व्यक्तिले दर्ता नगरी कारोबार गरेमा वा दर्ता नभएको
व्यक्तिले कर उठाएमा।
No comments:
Post a Comment