"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Monday, October 30, 2023

लिच्छवि काल

 

  1. प्रथम लिच्छविवंशी राजा को हुन् ?

    उत्तर: जयदेव प्रथम
  2. भक्तपुर जिल्लामा रहेको चाँगुनारायणको मन्दिर बनाउने राजा को हुन् ?

    उत्तर: मानदेव
  3. गोकर्णमा मानव वस्ती बसाउने राजा को हुन् ?

    उत्तर: मानदेव
  4. मानदेवका छोराको नाम के हो ?

    उत्तर: महिदेव
  5. मानदेवका बाबु को थिए ?

    उत्तर: धर्मदेव
  6. मानगृहको निर्माण गर्ने लिच्छवि राजा को हुन् ?

    उत्तर: मानदेव
  7. नाग र वासुकी पूजाको चलन चलाउने राजा को हुन् ?

    उत्तर: मानदेव
  8. वैष्णव मुद्रा प्रचलनमा ल्याउने लिच्छवि राजा को हुन् ?

    उत्तर: अशुवर्मा
  9. अंशुवर्माको शासनकाललाई के भनी चिनिन्छ ?

    उत्तर: लिच्छविकालको स्वर्णयुग
  10. पशुपतिनाथलाई राजमान्यता दिने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  11. सर्वप्रथम ‘महाराजाधिराज’ पदवी धारण गर्ने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  12. ‘शब्द विधा ’ ग्रन्थको रचना कसले गरेका हुन् ?

    उत्तर: अंशुवर्मा
  13. सत्ता प्राप्त गरी शासन चलाएर राज्यसत्ता पुन: सोही वंशलाई हस्तान्तरण गर्ने महान लिच्छवि राजा को हुन्?

    उत्तर: अंशुवर्मा (यिनी रोलक्रमका राजा थिएनन् ।)
  14. सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?

    उत्तर: मानदेव
  15. बालकको सालनाल काट्ने चलन चलाउने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  16. नेपालको इतिहासमा ‘आदर्श शासक ’ का रुपमा चिनिने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  17. ‘महासामन्त’ , ‘कलहाभिमानी’ , ‘पशुपतिपादानुगृहित’ पदवी धारण गर्ने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  18. ‘युवराजाधिराजको घोषणा सर्वप्रथम कसको पालादेखि सरु भएको हो ?

    उत्तर हेर्नुहोस्
  19. अंशुवर्माले बनाएको कैलासकुट भवन कुन ठाउँमा रहेको थियो ?

    उत्तर: देवपाटन (पशुपति नजिकै)
  20. कैलाशकुट भवनको महिमा कहाँको शिलालेखमा उल्लेख छ ?

    उत्तर: साँगाको शिलालेखमा
  21. कहाँ भएको युद्धमा लिच्छविहरुद्धारा आठ सय किरातीहरु मारिएका थिए?

    उत्तर: पाटनको च्यासल ( यो युद्धमा जित हासिल गरी लिच्छविहरुले सत्ता नियन्त्रण गरेका । )
  22. पशुपतिनाथको मन्दिर स्थापना गर्ने राजा को हुन् ?

    उत्तर: प्रचण्डदेव
  23. लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?

    उत्तर: महासामन्त
  24. लिच्छविकालमा राजकिय भाषा के थियो ?

    उत्तर: संस्कृत
  25. गुप्त सम्वत कसले चलाएका थिए ?

    उत्तर: अंशुवर्मा
  26. इन्द्र जात्रा, लाखे जात्रा, कृष्ण जात्रा, हिले जात्रा, श्रङ्गभेरि जात्राको चलन चलाउने राजा को हुन् ?

    उत्तर: गुणकामदेव
  27. लिच्छविकालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ?

    उत्तर: सार्थबाह
  28. हिन्दु र बौद्ध दुवै धर्म मान्ने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  29. लिच्छविकालमा पशुपालनमा लगाइने करलाई के भनिन्थ्यो ?

    उत्तर: भोगकर
  30. लिच्छविकालमा कृषि उत्पादनमा लगाइने करलाई के भनिन्थ्यो ?

    उत्तर: भागकर
  31. कान्तिपुरमा मानव बस्ती बसाल्ने राजा को हुन्?

    उत्तर: गुणकामदेव
  32. आधुनिक काठमाडौँका निर्माता भनी कसलाई चिनिन्छ ?

    उत्तर: गुणकामदेव
  33. गुणकामदेवलाई अर्को कुन नामले चिनिन्छ ?

    उत्तर: लक्ष्मीकामदेव
  34. शाक्यवंशको कन्यालाई कुमारि बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?

    उत्तर: गुणकामदेव
  35. ‘शान्तिश्री’ का नामले चिनिने राजा को हुन्?

    उत्तर: प्रचण्डदेव
  36. नेपालको इतिहासमा “स्वर्णयुग “ भन्नाले कुन काललाई जनाउँछ ?

    उत्तर: लिच्छविकाल
  37. अंशुवर्मा कुन वंशका थिए ?

    उत्तर: ठकुरी वंश
  38. ठकुरि वंशका प्रथम राजा को हुन्?

    उत्तर: भाष्कर देव
  39. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?

    उत्तर: स्वयम्भुनाथ
  40. लिच्छवि राजाहरु कुन वंशका थिए ?

    उत्तर: सूर्यवंशी
  41. लिच्छविकालमा कपडामा लगाउने करलाई के भनिन्थ्यो ?

    उत्तर: चैलकर
  42. भोटो जात्राको चलन चलाउने राजा को हुन्?

    उत्तर: नरेन्द्रदेव
  43. ‘महाराजाधिराज परम भट्टारक’ को पदवी धारण गर्न राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  44. लिच्छविकालिन आकाशको पूर्ण चन्द्र भनि चिनिने राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  45. लिच्छविकालिन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थिए, १ पुराणमा कति पण हुन्थ्यो ?

    उत्तर: १६ पण
  46. लिच्छविकालमा धानचामल तथा घिउ, तेल, दूध नाप्न प्रयोग हुने एकाइ कुन थियो ?

    उत्तर: मानिका
  47. ‘पण’ र ‘पुराण’ नामक मुद्रा चल्तीमा ल्याउने राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  48. बलम्बुमा मानवबस्ती बसाउने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  49. ‘बोधिसत्व’ को अवतार मानिने लिच्छवि राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  50. अंशुवर्मा पछि राजगदिमा आसिन हुने व्यक्ति को हुन् ?

    उत्तर: उदयदेव
  51. प्रसिद्ध भद्राधिवास भवनको निर्माण गर्ने लिच्छवि राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  52. रातो मच्छिन्द्रनाथको रथयात्राको चलन चलाउने राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  53. झ्यालमा बुट्टा राखने चलन कसले चलाएका थिए ?

    उत्तर: नरेन्द्रदेव
  54. नरेन्द्रदेवले कहिलेदेखि कहिलेसम्म शासन गरेका थिए ?

    उत्तर: वि. स. ७०२ देखि ७३६ सम्म
  55. ‘सिहासन ’ शब्द कुन राजाको पालादेखि चल्तीमा आएको थियो ?

    उत्तर: नरेन्द्रदेव
  56. काठमाडौँ उपत्यकामा सबैभन्दा लामो समय मनाइने जात्रा …………हो ?

    उत्तर: मच्छिन्द्रनाथ
  57. सिकाली जात्रा ललितपुरको खोकनाका नेवार समुदायमा प्रचलित छ भने वैरागी जात्रा कहाँ प्रचलित छ ?

    उत्तर: जुम्ला
  58. स्वयम्भुको ज्योतिलाई छोपी सोमाथि चैत्यको निर्माण गर्ने राजा को हुन् ?

    उत्तर: प्रचण्डदेव
  59. ललितपुरमा मानब बस्ती बसाल्ने राजा को हुन् ?

    उत्तर: वरदेव
  60. सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?

    उत्तर: स्थुँको
  61. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?

    उत्तर: शिवदेव
  62. लिच्छविकालमा राजदरबारसम्बन्धी विषय हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ?

    उत्तर: महाप्रतिहार
  63. कुन राजालाई विश्वदेव भनी चिनिन्छ ?

    उत्तर: वृषदेव
  64. लिच्छविकालमा पसलमा लगाइने करलाई के भनिन्थ्यो ?

    उत्तर: आपण कर
  65. नेपाल सम्वत कुन राजाको पालादेखि प्रचलनमा आएको हो ?

    उत्तर: राघवदेव ( वि. सं . ९३६ मा )
  66. कीर्तिपुरको स्थापना कसले गरेका हुन् ?

    उत्तर: शिवदेव तृतीय
  67. स्वयम्भु चैत्य र चाबहिल चैत्यको स्थापना गर्ने राजा को हुन् ?

    उत्तर: वृषदेव
  68. लिच्छविकालमा साधारण व्यापारिलाई के भनि चिनिन्थ्यो ?

    उत्तर: वणिक
  69. पशुपतिनाथको देवल कसले बनाएका हुन्?

    उत्तर: सुपुष्प
  70. लिच्छविकालमा शिक्षाको माध्यम भाषा कुन थियो ?

    उत्तर: संस्कृत र पाली
  71. लिच्छविकालिन समयमा केन्द्रमा बस्ने जनतालाई पौर भनिन्थ्यो भने प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ?

    उत्तर: जानपद
  72. लिच्छविकालका आदि पुरुष कसलाई मानिन्छ ?

    उत्तर: सुपुष्प
  73. लिच्छविकालमा प्रधानसेनापतिलाई के भनिन्थ्यो ?

    उत्तर: महाबलाध्यक्ष
  74. ‘लिच्छवि कुलकेतु’ पदवी कुन लिच्छवि राजाले धारण गरेका थिए ?

    उत्तर: शिवदेव प्रथम
  75. लिच्छविकालमा ललितपुरलाई के भनिन्थ्यो ?

    उत्तर: युपग्राम
  76. कुन राजाको पालादेखि नेपालमा द्धैध शासन व्यवस्थाको सुरुआत भएको थियो ?

    उत्तर: वसन्तदेव
  77. कसको पालादेखि नेपालमा द्धैध शासन व्यवस्थाको अन्त्य भएको थियो ?

    उत्तर: नरेन्द्रदेव
  78. लिच्छवि कालमा व्यापारिक केन्द्रलाई के भनिन्थ्यो ?

    उत्तर: द्रंग
  79. अंशुवर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजा को हुन् ?

    उत्तर: शिवदेव
  80. कर्षापण, पशुपति कुन कालमा प्रयोगमा ल्याइएका मुद्रा हुन् ?

    उत्तर: लिच्छवि
  81. लिच्छविकालमा शिक्षासम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?

    उत्तर: अग्रहार
  82. लिच्छविकालमा जिल्लास्तरीय प्रशासनिक इकाइलाई के भनिन्थ्यो ?

    उत्तर: विषय
  83. सरकारले नेपाल संवतलाई राष्ठ्रय मान्यता कहिले प्रदान गरेको हो ?

    उत्तर: वि. सं. २०६५ कार्तिक ८ (२०६८ मा राष्ट्रय क्यालेण्डरमा प्रयोगमा ल्याउने निर्णय)
  84. लिच्छविकालमा कतिवटा अधिकरणको व्यवस्था गरिएको थियो?

    उत्तर: चार ( कुथेर, माप्चोक, लिंगवल , शुल्ली वा शोल्ल)
  85. लिच्छविकालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तथा भुमिसम्बन्धी मुद्दा हेर्ने अड्डडालाई के भनिन्थ्यो ?

    उत्तर: कुथेर अधिकरण
  86. विवाह पारपाचुके तथा सम्पतिसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?

    उत्तर: माप्चोक अधिकरण
  87. कुलो तथा खानेपानीसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?

    उत्तर: लिङबल
  88. लिच्छविकालमा पञ्चापराधसम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो ?

    उत्तर: शुल्ली वा शोल्ल                                                 

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.