लेखापरीक्षण प्रमाण
**************
लेखापरीक्षक वा लेखापरीक्षणको सर्वोच्च निकायका राय, निष्कर्ष वा प्रतिवेदनलाई पुष्टि गर्ने आधार नै लेखापरीक्षण प्रमाण हो । साथै, लेखापरीक्षकले लेखापरीक्षण राय र निष्कर्षमा पुग्नु अघि संकलन गर्ने सूचना एवं तथ्याङ्कहरुको विवरणलाई नै लेखापरीक्षण प्रमाण भनिन्छ ।
नेपालमा लेखापरीक्षणमा अवलम्वन गरिएको विधि र पद्वति
लेखापरीक्षण ऐन २०७५, नेपाल सरकारी क्षेत्र लेखापरीक्षण मानदण्ड, सर्र्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई) द्वारा प्रतिपादित लेखापरीक्षणका आधारभूत सिद्धान्त, लेखापरीक्षण मार्गदर्शन र असल अभ्यासको आधारमा जोखिम पहिचान र मूल्याङ्कन गरी योजना तर्जूमा गर्ने, लेखापरीक्षणको क्रममा पर्याप्त र सान्दर्भिक प्रमाण सङ्कलन गर्न नमूना छनौट एवं विस्तृत परीक्षण गर्ने, सो को लागि मुख्यतः भौचिगं, स्थलगत निरीक्षण, प्रश्नावली, सोधपुछ, छलफल आदि माध्यमबाट जानकारी, सूचना, विवरण प्राप्त गरी सारभुत परीक्षण, बिश्लेषणात्मक परीक्षण, नियन्त्रण परीक्षण, परीपालनाको परीक्षण बिधि तथा पद्धति अवलम्वन गरिन्छ ।
लेखापरीक्षण गुणस्तर अभिवृद्वि गर्ने सम्बन्धमा महालेखापरीक्षकको कार्यालयले अबलम्वन गरेको व्यबस्था
लेखापरीक्षण गुणस्तर आश्वस्तता पुनरावलोकन ह्याण्डबुक २०६९ बमोजिम लेखापरीक्षणको प्रत्येक चरणमा उच्च पदाधिकारीबाट सुपरिवेक्षण गर्ने, आचार संहिताको परिपालना र आन्तरिक नियन्त्रणका गतिविधिको अनुगमन गर्ने, समकक्षी पुनरावलोकन, जारी गरिएका लेखापरीक्षण प्रतिवेदनमा गुणस्तर आश्वस्तता निर्देशिकाले निर्धारण गरेका विषयवस्तुको पालना भए नभएको सम्बन्धमा परीक्षण, मूल्यांकन र प्रतिवेदन लगायतका क्रियाकलापमार्फत लेखापरीक्षणको गुणस्तर अभिबृद्वि गर्ने कार्य हुँदै आएको छ ।






0 Comments:
Post a Comment