"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Tuesday, December 20, 2022

हावापानी आधारमा वर्गीकरण


विशिष्ट प्रकृतिको धरातलिय स्वरुप भएको नेपाल समुद्र सतहबाट ५९ मि.को उचाईदेखी विश्वको सर्वोच्च शिखर सगरमाथाको ८८४८ मि.को उचाईमा विभिन्न धरातलिय स्वरुपमा निर्माण भएकोले नेपालको हावापानीमा विविधता छ । भुमध्यरेखादेखी हावापानीदेखी धु्रविय हावापानीसम्मको नमुना पाइने भएकाले नेपाललाई हावापानीको स्वरुप अनुसार निम्न बमोजिम ५ भागमा विभाजन गरेको छ ।
क) उपोष्ण हावापानी वा उष्ण मनसुनी हावापानी ः
         १२०० मिटरसम्मको होचो समथर भुभागमा पाइने हावापानी हो ।
         गर्मीमा यसको सरदर तापक्रम १५ डिग्री सेन्टीग्रेड देखी ४० डिग्री सेन्टीग्रेडसम्म हुन्छ ।
         गर्मीमा सरदर वर्षाको परिमाण २०० से.मी. सम्म हुन्छ ।
         जाडोमा अति जाडो गर्मीमा अति गर्मी हुने गर्दछ ।
         यो हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यको लागि उपयोगी नभएपनि कृषि कार्यको लागि उपयोगी हुन्छ ।
         अन्य क्षेत्रभन्दा बढी गर्मी हुने हुँदा गृष्म ऋतुमा राँके हावा (लु) चल्ने गर्दछ ।
         भैरहवानेपालगञ्जकेैलाली जस्ता उपोष्ण क्षेत्रका तातो क्षेत्र तराईभावरभित्री मधेशपहाडका गहिरा उपत्यका टारबेँसीखोचहरुमा यस्तो तापक्रम पाइन्छ ।

ख) न्यायो समशितोष्ण हावापानी वा उष्ण प्रदेशिय हावापानी ः

         चुरे तथा मध्य भुमीको माथिल्लो भागमा १२०० देखी २१०० मि.सम्मको भागमा पाइन्छ ।
         यसको तापक्रम जाडो समयमा ० डिग्री सेन्टीग्रेड हुन्छ । गर्मीमा २४ देखी ३० डिग्री सेन्टीग्रेडसम्म हुन्छ।
         गमीैको समयमा सरदर वर्षा १२५ से.मीे. हुन्छ ।
         यो हावापानी अत्यन्त मनोरम र स्वास्थ्य हुन ।
         काठमाडौं पोखरालुम्ले जस्ता क्षेत्रहरुमा यसप्रकारको हावापानी पाइन्छ ।
      पोखराको लुम्ले क्षेत्रमा सबभन्दा बढी पानी पर्छ ।

ग) शितोष्ण हावापानी वा ठण्डा समशितोष्ण हावापानी ः

  महाभारत लेकको माथिल्लो भाग तथा हिमालय श्रृंखला भन्दा मुनिको क्षेत्रमा २१०० देखी ३३०० मि. सम्मको  
   क्षेत्रमा पाइने हावापानी हो ।
         गर्मीमा १५ देखी २० डिग्री सेन्टीग्रेड र जाडोमा ० डिग्री सेन्टीग्रेड भन्दा तल झर्ने गर्छ ।
         गर्मीमा १०० से.मी. सम्म वर्षा हुन्छ ।
         हिउँदमा पश्चिम क्षेत्र अत्याधिक जाडो हुन्छ ।
         जीवन कष्ठकर भएपनि स्वास्थको दृष्टिकोणले राम्रो रहेको छ ।

घ) लेकाली हावापानी ः

         ३३०० मि. देखी ५००० मि.सम्मको उचाईमा पाइने हावापानी हो ।
         गर्मीमा १० देखी १५ डिग्री सेन्टीग्रेड तापक्रम हुने र जाडोमा ० भन्दा तल तापक्रम पुग्ने तथा जाडोको ठण्डा धेरै समयसम्म रहने गर्छ ।
         वर्षको झण्डे ३÷४ समय हिउँदले ढाक्ने हुँदा वर्षा ४० से.मी.सम्म मात्र हुन्छ ।
         नेपालको उत्तरी खण्डको हिमरेखाभन्दा तल्लो भुभाग र हिमाली उपत्यका नै लेकाली हावापानी पाइने क्षेत्र छ ।
         मनाङमुस्ताङडोल्पा जस्ता क्षेत्रहरुमा यो हावापानी पाइन्छ ।
         यस क्षेत्रमा यासाँगुम्बापाँचऔलेजटामसी जस्ता बहुमुल्य जडिबुटी पाइन्छ ।

ङ) टुण्ड्रा हावापानी ः

         ५००० मि. भन्दा माथिको क्षेत्रमा पाइन्छ ।
         सधैँ हिउँ परिरहने र जमिरहने हँुदा ० डिग्री सेन्टीग्रेड भन्दा तल तापक्रम रहन्छ ।
         वर्षा नगन्य हुने भएपनि हिउँवर्षा हुने गर्दछ ।
         अत्यन्तै चिसो र शुष्कयस हिमाली क्षेत्रको हावापानीलाई हिमालीमरुभुमीजलवायुसुख्खा उजाड हिमाली हावापानी पनि भनिन्छ
         बर्षैभरि नै हिउ परिरहने हुँदा यो क्षेत्र बसोबासको लागि अयोग्य छ ।

प्र. हावापानीमा असर पार्ने कारक तत्वहरु ः
       कुनै पनि देशको स्वरुपअवस्था र प्रकृति अनुसार हावापानीमा फरक स्थित देखा पर्दछ । तसर्थ हावापानीमा असर गर्ने कारक तत्वहरु निम्नानुसार उल्लेख गरिएको छ ।

क) अक्षांस ः
    अक्षांसले पनि हावापानिीमा ठुलो प्रभाव पार्दछ । भुमध्यरेखादेखि जति जति उत्तर वा दक्षिण टाढा गइन्छत्यति तापक्रम घटदै जान्छ ।

ख) उचाई÷ढाल ः
    जुनसुकै ठाउँमा पनि उचाई बढदै जाँदा तापक्रम क्रमिकरुपले घट्दै जान्छ । नेपालको हावापानीमा उचाईको प्रंभाव सबभन्दा बढी रहेको छ किनभने नेपालको तराई भुमि समून्द्री सतहदेखि ५९ मिटर उचाईमा छ भने उत्तरी भाग ८८४८ मिटर अग्लो छ । यसअनुरुप तराईमा निकै गर्मी हुन्छ भने हिमालमा निकै जाडो हुन्छ । (कुनै पनि ठाउँ जति अग्लो हुन्छत्याहाँको हावापानी पनि त्यति नै ठण्डा हुन्छ किनभने प्रत्येक १६५ मिटरको उचाईमा १ डिग्री सेन्टिग्रड तापक्रम घटेको पाइन्छ ।

ग) पहाड पर्वत ः
    पहाड र पर्वतले हावापानीमा प्रभाव पारेको हुन्छ । अग्ला पहाड पर्वतले हिउँदमा उत्तरबाट बग्ने चिसो वायुलाई रोकिदिन्छन् । ग्रीष्ममा हिन्दमहासागरबाट ओसिलो मनसुनी वायुलाई रोकिदिने भएकोले पहाडको दक्षिणतिर वर्षा हुन्छ । यसरी पहाड पर्वतले पनि हावापानीलाई प्रभाव पार्दछ ।

घ) जङगल ः
    धना जङगल भएको ठाउँमा आद्रता बढी भई वर्षा हुन्छ । यस प्रकार वनस्पति÷जङगलले पनि हावापानीमा प्रभाव पारेको हुन्छ ।

ङ) सामुन्द्रिक दुरी ः
    समुन्द्र नजिकका क्षेत्रहरुमा न धेरै जाडो न धेरै गर्मी हुने गर्दछ । तर समुन्द्रबाट जति जति टाढातिर गइन्छत्यति गर्मीयाममा गर्मी र जाडोयाममा चिसो हुने गर्दछ । समुन्द्र आसपास क्षेत्रमा पानी बढी पर्छ भने टाढाका क्षेत्रहरुमा कम पर्ने गर्छ ।


नेपालमा हावापानीले पारेका असरबारे लेख्नुहोस ?

         हिमाली भेगमा अत्यन्त चिसो भइरहनेहिउँ जमिरहने भएकाले खेतीपातीको राम्रो उब्जनी नहुनेदैनिक  जनजीवन अत्यन्त कष्टकर हुनेबाक्ला लुगा लगाउनुपर्नेवन वुट्यान फस्टाउन नसक्ने ।
         पहाडी प्रदेशको हावापानी जीवनयापनका दृष्टिले अनुकुल रहने भए तापनि खेतीपाती त्यति राम्रो नहुने । हिउँदमा अत्यन्त चिसो हुने
         तराई प्रदेशमा गर्मीमा अत्यन्त गर्मीहिउँदमा अत्यन्त चिसो नै हुने भए तापनि खेतीपातीका लागि अनुकुल मौसम प्राप्त हुने र दैनिक जनजिवन सामान्य हुने ।
         पूर्वी भेगको तुलनामा पश्चिम भेगमा वर्षामा पानी कम पर्ने । हिउँद महिनामा पश्चिमी भेगको तुलनामा पूर्वी भेगमा कम पानी पर्ने
         धरातलीय विषमताका कारण नेपालमा संसारमा पाइने लगभग सबै प्रकारको हावापानी पाइन्छ ।


नेपालको भूस्वरुप र हावापानीको स्वरुपमा केकस्तो सम्बन्ध रहेको छ उल्लेख गर्नुहोस ।

        नेपालको हावापानीमा यहाँको भूस्वरुपको ठुलो प्रभाव रहेको छ । तराईको होचो र सम्म भागमा अधिकांश गर्मी हुन्छ । यसैगरी पहाडी खण्ड शितल र उच्च हिमाल िखण्ड  ठण्डा रहेको छ । यसरी सतहको उचाईअनुसार नेपालको तापक्रम तराईदेखि हिमालसम्म फरक पर्दै भएको छ । अर्को तिर नेपालको मनसुनी वर्षाको प्रभाव उत्तरपूर्वी क्षेत्रबाट शुरु हुन्छ । ग्रीष्ममा बंगालको खाडीबाट बहने मौसमी वायु नेपालको अग्ला पर्वतीय ढालमा ठोक्किदा आकासतिर धकेलिन्छ र पहाड र तराईमा प्रशस्त वर्षा हून्छ । तर हिमालय पर्वतको उत्तरी क्षेत्रमा यस्तो वायुको प्रभाव खासै पुग्दैन । यो क्षेत्र वर्षा ऋतुमा पनि निकै सुख्खा रहन्छ । वास्तवमा यो वृष्टि छाया क्ष्ोत्र नै हो । यसैगरी उच्च हिमाली क्षेत्रमा सधैजसो हिउँ जमिरहन्छ । तापक्रम ज्यादै न्युन भएकोले यहाँ पर्ने पानीको थोपा जमिनमा खस्नुपूर्व हिउँमा परिणत भैसकेको हुन्छ ।

प्राकृतिक वनस्पतिको प्रदेश र हावापानीका प्रदेशबीच केकस्तो सम्बन्ध रहेको छ ?

        विश्वका विभिन्न स्थानमा पाइने वनस्पति त्याहाको हावापानी को अवस्थाबाट धेरै मात्रामा निर्धारित भएको हुन्छ । संसारमा विभिन्न प्रकारका हावापानी पाइन्छन र यिनका आआफ्नै विशेषता हुन्छन् । तिनै हावापानीको विशेषताअनुसार फरकफरक ठाउँमा फरक फरक प्रकारका वनस्पतिहरु पाइन्छन् । कुनै वनस्पति अतयन्त उष्ण ठाउँमा हुर्कन सक्छन्  त कुनै अत्यन्त ठण्डा ठाउमा । त्यस्तै कतिलाई अत्यन्त धेरै वर्षाको आवश्यकता पर्दछ  त कुनै मरुभुमिमा पनि सजिलेै हुर्कन सक्छन । खास कुरा के हो भने वनस्पतिहरुका आ आफ्नै हावापानीको अवस्थामा बाँच्न र हुर्कन सक्ने विभिन्न अनुकुलन गुणहरु हुन्छन् । उदहरणका लागि सिउडी जातका वनस्पतिहरु उष्ण भरुभुमिमा पाइन्छु भने धूपी सल्ला जातका वनस्पतिहरु हिउँ पर्ने ठाउँमा पाइन्छन् । तर प्राकृतिक रुपमा न त नारिवलको बोट नाम्चे जस्तो चिसो ठाउँमा हुर्कन सक्छ न त लालीगुराँस झापाजस्तो गर्मी ठाउँमा नै । तसर्थ प्राकृतिक वनस्पतिलाई हावापानीको उपज मान्न सकिन्छ ।


  नेपालको धारातलीय विविधता र हावापानिको विविधताबीच केकस्तो सम्बन्ध रहेको छ ?

        नेपालको धरातलीय विविधताअनुसार हावापानीमा पनि विविधता रहेको छ । धरातलीय विविधताअनुसार हावापानीको विविधता पाउन सकिन्छ । हाचो समथर तराईको मैदानमा अधिकांश उष्ण हावापानी पाइन्छ । उत्तरको अग्लो पर्वतीय क्षेत्रमा अधिकांश ठण्डा र मध्यपहाडी खण्डमा शितल हावापानी पाइन्छ । यसैगरी हिमालपहाड र तराई मध्ये हरेक क्षेत्रभित्र अन्य साना धरातलीय विविधता रहेको छन् । जस्तै पहाडमा बेसीटार थुन्का आदि । यो विविधताअनुसार पनि हावापानीको अवस्था स्थानीय रुपमा एक ठाउादेखि अर्को ठाउँमा फरक पर्दै जान्छ । यसका अतिरिक्त माथि भनिए झै वर्षाको वितरण पनि धरातीय धरातलीय स्वरुपअनुसार फरक पर्दछ । पहाडी र तराइ खण्डमा प्रशस्त वर्षा हुन्छ भने हिमाली क्षेत्रमा हिउँ मात्र पर्दछ ।


हावापानीका आधारमा ऋतुहरु ः

    १) चैत्रवैशाख                          बसन्त ऋतु
    २) जेठअसार                          ग्रीष्म ऋतु
    ३) साउनभदौ                          वर्षा ऋतु
    ४) असोजकार्तिक                      शरद ऋतु
    ५) मंसिरपौष                          हेमन्त ऋतु
    ६) माघफाल्गुन                        शिशिर ऋतु


ऋतु परिवर्तन हुनाका कारणहरु केके हुन ?
   पृथ्वीको वातावरण सबै महिनामा एकै किसिमको नभई परिवर्तन भइरहन्छ । कहिले जाडो हुन्छ भने कहिले गर्मी हुन्छ । त्यस्तै गरी कहिले वर्षा भई बोटविरुवा हराभरा हुन्छन् भने कहिले पात झरेर नाङ्गै हुन्छन् । यी सवैको कारण ऋतु परिवर्तन नै हो ।

ट्ट        पृथ्वी गोलकार हुनु ।
ट्ट        पृथ्वीले सुर्यको परिक्रमा गर्नु
ट्ट        पृथ्वीको अक्ष कक्षमा ६६.५ डिग्रीको कोणमा ढल्कनु
ट्ट        पृथ्वीको कक्ष अण्डाकार हुनु
ट्ट        पृथ्वीको अक्ष समानान्तर भई सधै एकै दिशामा ढल्कनु


सिमसार क्षेत्रका बारेमा लेख्नुहोस ?

   कहिले पनि नसुक्ने जमिनलाई सिमसार क्षेत्र भनिन्छ । नेपालको तराईदेखि हिमाली क्षेत्रमा सिमसार क्षेत्र पाइन्छ । सिमसार क्षेत्रले जैविक विविधता संरक्षणका लागी समेत अनुकुल वातावरण कायम राख्दछ । रामसार महासन्धिले नेपालका निम्न ९ वटा क्षेत्रलाई सिमसार क्षेत्रको सूचिमा समोवेश गरेको छ ।

            १) कोशी टप्पु वन्यजन्तु आरक्षसुनसरी                                  सन् १९८८
            २) बीसहजार तालचितवन                                            सन् २००२
            ३) घोडाघोडी तालकैलाली                                            सन् २००२
            ४) जगदीशपुर तालकपिलवस्तु                                        सन् २००२
            ५) गोक्यो र त्यस वरपरका तालसोलुखुम्बु                               सन् २००७
            ६) शेफोक्सुण्डो क्षेत्रडोल्पा                                          सन् २००७
            ७) रारा ताल र निकुञ्जमुगु                                          सन् २००७
            ८) गासाइकुण्ड र त्यस वरपरका १६ ओटा तालरसुवा                     सन् २००७
            ९) माईपोखरीइलाम                                               सन् २००८     

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.