Subscribe Us

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

धरातलिय स्वरुपको आधारमा नेपाललाई कति भागमा विभाजन गरीएको छ ?

नेपाललाई धरातलिय स्वरुपको आधारमा निम्न तीन भागमा विभाजन गरिएको छ ।


हिमाली प्रदेश 
         हिमाली प्रदेश समुन्द्र सतहदेखि ३००० मिटर देखि ८८४८ मिटर उचाईसम्म फैलिएको छ ।
         यसले नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत ( २२०७७ वर्ग कि.मि. ) भु भाग ओगटेको छ ।
         नेपालको सबभन्दा उतरी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको यस प्रदेशको अधिकांस भु   
     भाग पत्रे चट्टानद्धारा बनेको छ ।
         यसको पुर्वपश्चिम लम्बाई ८८५ कि.मि. र उतर दक्षिण चौडाई २५ देखि ५० कि.मि. रहेको छ ।
         यसमा नेपालको १६ वटा जिल्लाहरु पर्दछन् ।
       यसको ५००० मिटर भन्दा माथीे बाह्रै महिना हिउँले ढाकिरहने हुनाले ५००० मिटरको उचाईमा हिमरेखा
     पर्दछन् भने सबभन्दा होचो हिमरेखा ४५०० मिटरको उचाईमा गोरखाको रुपनाला रहेको छ ।
         विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८००० मिटर भन्दा माथी रहेको नेपालको ८ वटा हिमशिखरहरु यसै
     क्षेत्रमा पर्दछन्
         वि.स. २०६८ सालको जनगणना अनुसार करिब ६.७३ प्रतिशत जनता यस क्षेत्रमा बसोवास गरेको पाइन्छ ।
         बौध धर्मालम्बीको बाहुल्यता ।
         तिब्बती जनजीवनको प्रभाव ।

हिमाली प्रदेशका विशेषताहरु ः

         हिमाली प्रदेशको आधाजति महिना हिउँले छोपी रहने हुनाले यहाँ धेरै उब्जाउ हुदैन जसले गर्दा खाद्य संकटको अवस्था रहिरहन्छ । यहाँ आलुजौस्याउ आदि जस्ता खाद्यान्न उत्पादन हुन्छ ।
         हिमाली प्रदेशमा जनसँख्याको चाप एकदमै कम छ । यस प्रदेशमा बौद्ध धर्मालम्बीहरु (शेर्पाथकालीमनाङ्गीभोटे आदि) को बसोवास भएको पाइन्छ ।
         थेप्चो छाना भएको ढुङ्गाको घरबाक्लो उनी लुगाउन उद्योगपर्वतारोहनपशुपालन जस्ता कुरा हिमाली जीवनमा देखा पर्दछन् ।
         यो क्षेत्रमा यातायात तथा सञ्चारको विकासको कमीशिक्षा तथा स्वास्थ्य जस्ता आधारभुत आवश्यकताको कमी जस्ता कुराले जीवन एकदमै कष्टकर रहेको छ ।
         जलवायु परिवर्तनको असरले यो क्षेत्रमा बसोबास गर्ने मानिसहरुको परम्परागत जीवनशैलीमा झनै थप समस्या सिर्जना भएको पाइन्छ ।
         औषधिजन्य जडीबुटीको केन्द्र
         विभिन्न हिमनदीर नदीहरुको उद्गमस्थल,
         ४ प्रतिशत खेतीयोग्य भुमि ।
         हिमाली प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ 

                 मुख्य हिमाल

         समुन्द्री सतहभन्दा ५००० मिटर भन्दा माथिको सबै भुभाग लाई मुख्य हिमाल भनिन्छ ।
         यो नेपालको सबैभन्दा उच्च हिमाली श्रृंखला हो ।
         यस खण्डलाइ हिमरेखा माथिको खण्ड पनि भनिन्छ ।
         निकै उचाईमा कारण यस्ता पर्वतहरु अधिकांश हिउँले दाकिएको हुन्छन् । त्याहाँ वर्षा ज्यादै न्युन हुन्छ र भुधरातल भिरालो र रुखो छ ।
         विश्वका ८००० मिटरभन्दा माथिका १४ शिखरमध्ये ८ वटा शिखरहरु यसै क्षेत्रमा पर्दछन् ।
         यस अन्तर्गत कुम्भकर्णरोल्वालिङमहालंगुरसिंहलिलालामटाङअन्नपुर्णकञ्चनजङ्घाल्होत्सेधवलागिरिसगरमाथामकालु आदि पर्दछन् ।

             भित्री हिमाल

         यस क्षेत्रअन्तर्गत मुख्य हिमाल र महाभारतका उच्च धरातलिय स्वरुप वीचको भु भागहरु पर्दछन् ।
         २४०० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा रहेका यस्ता हिमाली उपत्यकाहरुलाई भोट प्रदेश पनि भनिन्छ ।
         यस क्षेत्रअन्तर्गत मनाङमुस्ताङडोल्पामुगुहुम्लाथाकखोलाजुम्ला आदि पर्दछन् ।
         यस क्षेत्रलाई भोटे प्रदेश पनि भनिन्छ ।

          सीमान्त हिमाल

         मुख्य हिमालय भन्दा उतर तिब्बती सीमा क्षेत्रको दक्षिणमा ३० देखि ४५ कि.मि. को चौडाईमा नेपालका पश्चिमी भागमा अति उच्च हिमशिखरहरुमा मुस्ताङगोरखाकान्तिचण्डी एवम् गुराँस हिमालहरु यस क्षेत्रमा पर्दछन् ।
         यो क्षेत्र नेपालका उत्तरी सिमानाको क्षेत्र हो ।
         अत्यन्तै ठण्डासुख्खा र रुखो ठाउँ भएकाले बसोबास र खेतीपातीका लागि यो क्षेत्र उपयुक्त छैन ।
         शेर्पाथकालीभोटेमनाङ्गी जस्ता जातजातीहरु यस क्षेत्रमा बसोवास गर्दछन् ।
         हिमाली प्रदेशको तल्लो भागमा पर्ने हिमाललाई सीमान्त हिमाल भनिन्छ ।


पहाडी प्रदेश  

        नेपालको मध्य भागमा पूर्वदेखि पश्चिमसम्म फैलिएको उतरमा हिमालय र दक्षिणमा तराईवीच उच्च होचा   पहाडहरुफराकिला साँघुरा उपत्यकादुनबेँसी तथा टार यस क्षेत्रमा पर्दछन् ।
         यो क्षेत्र समुन्द्र सतहदेखि ६०० देखि ३३०० मिटर उचाईसम्म फैलिएको छ ।
         यसले देशको ६८ प्रतिशत भुभाग ओगटेको छ  भने यसमा नेपालको ३९ वटा जिल्लाहरु पर्दछन् ।
         वि.स. २०६८ सालको जनगणना अनुसार ४३.०१ प्रतिशत जनसंख्या यस क्षेत्रमा रहेका छन् ।
         नेपालको प्रमुख उपत्यकाहरुको साथै ५ वटै विकास क्षेत्रको सदरमुकाम यसै क्षेत्रमा रहेका छन् ।
         यसको उतर– दक्षिण चौडाइ ७५ देखि १२५ कि.मि. र पूर्व– पश्चिम लम्बाई ८८५ कि.मि. रहेको छ ।

पहाडी प्रदेशको जनजीवन ः

         पहाडी प्रदेशको हावापानी तुलनात्मक रुपमा स्वस्थकर र सुहाउदो भएको कारण पशुपालन र फलफुल तथा तरकारी खेतिको मुख्य केन्द्र रहेका छन् ।
         यस क्षेत्रमा बाहुनक्षेत्रीमगरतमाङ जस्ता जाती र हिन्दु धर्म मान्नेहरुको बाहुल्याता रहेका छन् ।
         यस प्रदेशमा सन्तुलित प्रकारको हावापनी अर्थात न धेरै गर्मी न धेरै जाडो हुने हुनाले दौरासूरुवालकमिज,चोलो,सारी,धोती,स्वीटर जस्ता कपडाहरु लगाइन्छ ।
         भुक्षयबाढीपहिरोडढ्ेलो जस्ता प्राकृतिक विपत्तीहरु वर्षेनी रुपमा आइपर्ने हुनाले जनजीवनमा यसले नाकारात्मक प्रभाव पारेको पाइन्छ ।
         यस क्षेत्रमा पर्ने केही शहरहरमा भौतिक तथा सामाजिक पूर्वाधारहरुको राम्रै विकास भएतापनि अधिकांश गा्रमिण भेगहरुमा यी सुविधाहरुको न्युनता नै भएकाले यस प्रदेशमा पनि जनजीवन कष्ठकर नै रहेको पाइन्छ ।
         यस प्रदेशका मानिसहरु कृषिव्यापारनोकरीवैदेशिक रोजगारीपर्यटन लगायतका विभिन्न पेशामा आवाद्ध रहेका छन् ।
         हिन्दु धर्मालम्बीहरुको बाहुल्यता ।
         दलित समुदायहरुको मुख्य बस्ती ।
         पहाडी प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ 

                  महाभारत पर्वत क्षेत्र

         यो पर्वत क्षेत्र १५०० देखि ३००० मिटर सम्मको उचाइमा फैलिएको छ ।
         यस क्षेत्रलाई मोडदार पहाडहरु वा पर्वत क्षेत्र पनि भनिन्छ ।
          यस पर्वत श्रेणिलाई लघु हिमालय र मध्य हिमालय पनि भनिन्छ ।
          यस क्षेत्रमा ठुला भञ्ज्याङहरु र उच्च पहाडहरु रहेका छन् ।
         यसले कोशीगण्डकीनारायणी जस्ता नदीहरुलाई खण्डित गरेको छ ।
         यसको सर्वोच्च शिखर शैलुङ दोलखा जिल्लामा रहेको छ ।

             मध्य क्षेत्र वा मध्वर्ती भुमी

         पहाडी  प्रदेशको विचविचमा पाइने टारबेसीउपत्यकालाई मध्य क्षेत्र वा मध्य भुमी भनिन्छ ।
         करिब २५ देखि ५० किलोमिटर चौडाई भएको यो क्षेत्रको उचाई ९०० देखि १८०० मिटरसम्म रहेको छ ।
         यो क्षेत्र पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीको विचमा रहेको छ ।
         रुम्जाटारतुम्लिङ्गटारबेलटारचेपेटारसल्यानटारजरायोटारबटारकाठमाण्डौ उपत्यकापोखरापाँचखाल आदि उपत्यका यस क्षेत्रका उल्लेखनिय भुमि हुन ।
         यस क्षेत्रमा हावापानीको अनुकुलताको कारणले गर्दा यहाँ अत्यधिक जनसंख्याको चाप रहेको छ ।

          चुरे पर्वत श्रेणी

         यो पर्वत श्रेणी ६०० देखि १८७२ मिटर उचाइसम्म फैलिएको छ ।
         यो पश्चिम देखि कोशी नदीसम्म महाभारतकै सामानान्तर भई रहेको छ ।
         चुरिया भनेर चिनिने यो क्षेत्रलाई दाङ देउखुरी क्षेत्रमा डंडुवाबागमती नदी पूर्वमा भटवाना र कोशी पूर्वमा चुलाचुली भनिन्छ ।
         यसलाई भारतमा शिवालीक र वर्मामा इरावती भनिन्छ ।
         पूर्वमा होचो र पश्चिममा अग्लो हुँदै गएको यो पर्वत श्रेणीको सबभन्दा अग्लो भाग गार्वा कैलाली जिल्लामा रहेको छ जसको उचाई ५,४६२ फिट रहेको छ ।
         यसको औसत उचाई ४००० फिट रहेको छ ।
         यो पर्वत श्रेणी प्लेसटोसियन युगमा कंकडपत्थरबालुवाअभ्रकबलौटे ढुंगा मिली बनेको मानिन्छ ।


तराई प्रदेश

         तराई प्रदेश नेपालको सबभन्दा दक्षिण भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २५ देखि ३० कि.मि. सम्मको चौडाइमा र ८८५ कि.मि. लम्बाइमा फैलिएको छ ।
         यो प्रदेश समुन्द्र सतहदेखि ५९ देखि ६०० मिटरसम्म उचाइमा रहेको छ ।
         यसले नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत र २० जिल्ला ओगटेर रहेको छ ।
         वि.स. २०६८ को जनगणना अनुसार ५०.२७ प्रतिशत जनसंख्या यस क्षेत्रमा रहेको छ ।

तराई प्रदेशका जनजीवन ः

         अन्य प्रदेशको तुलनामा धेरै वर्षात हुने तथा सिँचाइको राम्रो सुविधा भएको उब्जनशील समथर जमीन भएकाले पर्याप्त मात्रामा खाद्यान्न उत्पादन हुृने गर्दछ ।
         खेतियोग्य भुमीअन्नको भण्डारसमथर भुमी आदिका नामले पनि चिनिने यस क्षेत्रमा जाडोमा अति जाडो र गर्मिमा अति गर्मि हुन्छ ।
         औधोगिक क्षेत्रको नामले परिचित यो प्रदेश तुलनात्मक रुपमा देशको सुविधा सम्पन्न क्षेत्रको रुपमा चिनिन्छ
         देशको दक्षिणी भूभागको खुल्ला सिमानाका कारण यस क्षेत्रमा भारतीय सँस्कृतिको प्रभाव बढी रहेको पाइन्छ
         विकासको पूर्वाधारको तुलनात्मक रुपमा राम्रो विकास भएकाले जनजीवन केही सहज र सरल भएको पाइन्छ ।
         यस क्षेत्रका बासिन्दाहरुको मुख्य पेशा कृषिव्यापारनोकरी आदि हुन ।
         यो क्षेत्रका केही भूभागहरुमा वर्षाको समयमा वर्षा र बाढीका कारण डुवान हुने हुदा जनजीवन कष्टकर हुन पुग्छ ।
         यस प्रदेशमा हिमाल,पहाडबाट समेत मानिसहरुले बसाँइसराइ हुने भएकोले अन्य प्रदेशको तुलनामा बढी जनसँख्या र विविधतायुक्त समाज पाइन्छ ।
         थारुमैथली,भोजपुरीअवधी जस्ता स्थानीइ भाषाको बाहुल्यता रहेको छ ।
         तराई प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ 

(क) भावर प्रदेश

         यो प्रदेश खास तराईको उत्तर चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटर उचाइसम्म फैलिएको साँघुरो पेटीको रुपमा रहेको छ ।
         चुरे प्रदेश बालुवायुक्तफुस्रो तथा नरम माटोले बनेको छ ।
         यो क्षेत्र खेतीपातीको लागि त्यति उपयुक्त छैन तर महत्वपूर्ण वनक्षेत्रले ढाकिएको छ ।
         चारकोसे झाडी यसै क्षेत्रमा रहेको छ ।

(ख) भित्री मधेश

         यसले मुलुकको ८.५ प्रतिशत भुभाग ओगटेको छ ।
         चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६०० मिटर अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाई भित्री मधेश भनिन्छ ।
         यसलाई दुन क्षेत्र पनि भनिन्छ ।
         यसमा निम्न ७ ओटा जिल्लाहरु पर्दछन् ।
         मकवानपुरसिन्धुलीचितवननवलपरासीउदयपुरदाङसुर्खेत (सुत्र ः मसिचिन उदासु)

   (ग) मुख्य तराई

         नेपालको सबभन्दा दक्षिणी समथर भुभागलाई मूल तराई वा मधेश भनिन्छ । यसको उचाई समुद्री सतहदेखि करिब १००– १५० मिटरसम्मको रहेको छ ।
         पाँगो माटोयुक्त यो क्षेत्र उर्वर क्षेत्रको रुपमा चिनिन्छ ।
         घना जंगली क्षेत्र प्रशस्त छ भने न्युन उचाइका कारण प्रचण्ड गर्मी पनि हुन्छ ।
         मुख्य तराईमा छुट्टै रहनसहनसँस्कृतिरितिरिवाजचालचलनयुक्त रहेको पाइन्छ ।

0 Comments:

Post a Comment