Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

VCTS प्रणालीका मुख्य विशेषताहरू र उपदेयता, आवश्यकता र महत्व

VCTS कागज होइन, Movement Intelligence System हो; यसले राजस्व प्रशासनलाई reactive होइन, real-time preventive बनाउँछ।यस प्रणालीका मुख्य विशेषताहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

·  📍 GPS आधारित ट्र्याकिङ प्रणाली: सबै आयातकर्ताहरू, उद्यमीहरू, र यातायात कम्पनीहरूले आफ्ना मालवस्तुहरू र सवारी साधनहरू सार्नु अघि VCTS पोर्टलमा विवरणहरू अनिवार्य प्रविष्ट गर्नुपर्छ।

· 📊 डाटा विश्लेषण र रिपोर्टिङ सुविधा: प्रयोगकर्ताहरूले आफ्नो व्यावसायिक गतिविधिहरू ट्र्याक गर्न मिति, PAN नम्बरहरू, वा सवारी साधन नम्बरहरूमा आधारित विभिन्न रिपोर्टहरू उत्पन्न गर्न सक्छन्।अब सडकमा रहेका धेरै चेकपोस्टहरूमा कागजात देखाउँदै बस्नु पर्दैन; सबै विवरण डिजिटल रेकर्ड अनलाइनमा हुन्छ।

·  चेक-पोस्टहरूको प्रतिस्थापन: डिजिटल प्रणालीले म्यानुअल कागजात जाँच घटाउँदै धेरै भौतिक राजमार्ग चेक-पोस्टहरूको आवश्यकता बिना ढुवानी निगरानी गर्न  र व्यापार सहजिकरण गर्न सहयोगी भुमिका खेलेको छ।

·   अनुगमन र जोखिम व्यवस्थापन (Risk-Based Monitoring): : यो केन्द्रीकृत डाटाबेस हो। जसबाट अधिकारीहरूद्वारा वास्तविक-समय अनुगमनको लागि बीजकहरू, घोषणापत्रहरू, र सवारी साधन नम्बरहरूको सारांश भण्डारण गर्दछ।राजस्व अनुसन्धान विभागले कुनै पनि समयमा सवारी साधन र मालवस्तुको विवरण अनलाइनबाटै चेक गर्न सक्छ।राजस्व अनुसन्धान विभागले सबै गाडीलाई रोकिरनु पर्दैन।अनुगमनका क्रमा यदि एउटै बिल नम्बर पटक-पटक प्रयोग गर्न खोजिएको भेटियो र यदि कुनै व्यवसायीको रेकर्डमा पहिले राजस्व छलीको इतिहास छ भने पनि सो फर्मको कारोबारलाई जोखिमको घेरामा राखेर हेरिन्छ।यसले नक्कली बिलको प्रयोग र अवैध ओसारपसार रोक्न सहयोग पुर्‍याउँछ।यो प्रणालीले निम्न आधारमा अनुगमन र जोखिम व्यवस्थापन (Risk-Based Monitoring) गर्दछ:

·     Micro-check & Inconsistency Check: यदि IRD को CBMS मा १० वटा बिल काटिएको देखिन्छ तर VCTS मा ८ वटा मात्र गाडी इन्ट्री छन् भने, बाँकी २ वटा बिलको मालवस्तु कहाँ गयो? यो 'डेटा ग्याप' नै छापा मार्ने (Raid) वा अनुसन्धानको दायरामा ल्याउने मुख्य आधार बन्छ। यदि कुनै कम्पनीले सधैं १ लाखको मालवस्तु खरिद गरेको छ तर अचानक १० लाखको बिल काट्को VCTS प्रणालीको विश्लेषणबाट देखियो भने सो फर्मको कारोबारलाई जोखिमको घेरामा राखेर हेरिन्छ।

·     यदि कुनै गाडीको यात्रा समय (Travel Time) अस्वभाविक रूपमा धेरै देखियो भने Time-Lag Analysis & Route Deviation:  VCTS मा विवरण प्रविष्ट गर्दा कुनै ढुवानी साधन वीरगञ्जबाट काठमाण्डौ जानु पर्नेमा VCTS ID मा उल्लेख गरिएकोभन्दा छ/सात घण्टा पछि बर्दिबास सिन्धुली रोडमा भेटिन्छ भने ढुवानीमा लाग्ने समय र बाटो (Route) को दुरी समेतका आधारमा शंकास्पद 'Illegal Movement' मानिन्छ। काठमाडौंबाट वीरगन्ज पुग्न लाग्ने औसत समयभन्दा धेरै ढिलो गाडी पुग्यो भने, बीच बाटोमा मालवस्तु अनलोड गरी नक्कली कागजात बनाइएको शंका गरिन्छ।

·     Driver Identification: चालकको नागरिकता वा लाइसेन्स नम्बर र मोबाइल नम्बर प्रणालीमा अनिवार्य छ। यदि चालक फेरियो र सिस्टम अपडेट भएन भने, सुरक्षा निकायले 'Identity Theft' वा 'Unauthorized Movement' को शंकामा गाडी रोक्न सक्छ।

🔐 सुरक्षित र विश्वसनीय प्रणाली  तथा पारदर्शिता: 

📄 डिजिटल वेबिल/बिलिङ प्रणाली

🔔 रियल-टाइम अलर्ट र नोटिफिकेशन


                      VCTS को किन ल्याइयो?

नेपालमा सवारी साधन तथा कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (VCTS) एक अनिवार्य वेब-आधारित केन्द्रीय सूचना प्रणाली हो जुन व्यावसायिक मालवस्तुहरूको आवागमन र तिनीहरूलाई एक गन्तव्यबाट अर्को गन्तव्यमा ढुवानी गर्ने सवारी साधनहरू ट्र्याक गर्न प्रयोग गरिन्छ। नेपाल सरकारले राजस्व अनुसन्धान विभाग (DRI) मार्फत्  वि.सं.  २०७६ साउन १ गतेदेखि यो प्रणाली अनिवार्य गरी व्यापार व्यवसायमा पारदर्शिता बढाउन, राजस्व चुहावट नियन्त्रण गर्न र नक्कली VAT बिलहरूको प्रयोगलाई निरुत्साहित गर्न लागू गरिएको थियो। VCTS को सिस्टम  Non-editable Trail मा आधारित छ।  प्रत्येक इन्ट्रीले एउटा डिजिटल फिंगरप्रिन्ट(Hash) Unique Consignment ID (UCID) बनाउँछ। एकपटक 'सबमिट' गरेपछि, पुरानो डाटालाई मेटाउन मिल्दैन; केवल 'संशोधन' (Update) मात्र गर्न मिल्छ। यसले गर्दा अनुसन्धान अधिकारीले "पहिलो विवरण के थियो र पछि के सच्याइयो" भन्ने कुराको Audit Trail हेर्न सक्छन्। यदि कुनै मालवस्तु लोड भएको  केही घण्टापछि मात्र इन्ट्री गरियो भने, सिस्टमको Time-Stamp बाट थाहा पाइने हुँदा यसले "बाटोमा चेकपोस्ट देखेपछि मात्र बिल काट्ने" प्रवृत्तिलाई सूक्ष्म रूपमा निगरानी गर्छ। यसको मुख्य लक्ष्यहरू हुन्:

  • राजस्व चुहावट नियन्त्रण: अवैध ढुवानी रोक्न,नक्कली भ्याट (VAT) बिलको प्रयोग रोक्न र चोरी-पैठारी नियन्त्रण गरी राजस्व चुहावट नियन्त्रण गर्न।
  • ढुवानी प्रक्रियामा पारदर्शिता: मालवस्तु कहाँबाट लोड भयो र कहाँ पुग्दैछ भन्ने कुराको वास्तविक समय (Real-time) जानकारी राख्न।
  • झन्झटमुक्त ढुवानी: राजमार्गका ठाउँ-ठाउँमा हुने भौतिक चेकजाँचलाई कम गरी कर प्रशासनलाई डिजिटल बनाएर व्यापार सहजिकरणमार्फत् व्यवसायी र सरकारबीच विश्वास अभिवृद्धि गर्नु ।

 यस प्रणालीले कसरी काम गर्छ?

1.        व्यवसायीले ढुवानी गर्नुअघि अनलाइन प्रणालीमा विवरण प्रविष्ट गर्छ।

2.        प्रत्येक ढुवानीमा युनिक ट्र्याकिङ कोड प्रदान गरिन्छ।

3.        सवारी साधनमा जडित GPS डिभाइस बाट लोकेशन ट्र्याक गरिन्छ।

4.        सम्बन्धित निकायले रियल-टाइम अनुगमन गर्न सक्छ।

5.        गन्तव्यमा पुगेपछि डेलिभरी कन्फर्मेशन गरिन्छ।

 VCTS केवल एउटा सफ्टवेयर मात्र नभई यो राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को पहिलो संशोधनपछि कार्यान्वयनमा आएको अनिवार्य कानुनी व्यवस्था हो।व्यावसायिक प्रयोजनका लागि एक स्थानबाट अर्को स्थानमा मालवस्तु ओसारपसार गर्दा यो प्रणालीमा प्रविष्टि नगर्नुलाई "राजस्व चुहावटको कसुर" मानिन्छ। नेपालजस्तो विकासोन्मुख देशमा VCTS ले डिजिटल गभर्नेन्स, सुशासन राजस्व सुदृढीकरण मा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। यसले कर प्रशासनलाई आधुनिक बनाउँदै आर्थिक पारदर्शिता बढाउँछ। VCTS एक प्रभावकारी, पारदर्शी र आधुनिक प्रणाली हो, जसले मालवस्तु ढुवानी प्रक्रियामा सुधार ल्याई राजस्व व्यवस्थापनलाई सुदृढ बनाउँछ। यसको सफल कार्यान्वयनका लागि प्रविधि विस्तार, जनचेतना र सरोकारवालाको सहकार्य अत्यावश्यक छ।

 

       VCTS को उपदेयता, आवश्यकता र महत्व

नेपालमा राजस्व प्रशासनलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउन विकास गरिएको एक महत्वपूर्ण डिजिटल प्रणाली हो। यस प्रणालीमार्फत एक स्थानबाट अर्को स्थानमा ढुवानी हुने मालवस्तु तथा सवारी साधनको रियल-टाइम अनुगमन गर्न सकिन्छ। VCTS ले ढुवानी प्रक्रियामा हुने अनियमितता, अवैध कारोबार तथा राजस्व चुहावटलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ। यसमा व्यवसायीले ढुवानी गर्नुअघि अनलाइन माध्यमबाट आवश्यक विवरण प्रविष्ट गर्नुपर्छ, जसपछि प्रत्येक कन्साइनमेन्टलाई एक अद्वितीय ट्र्याकिङ कोड प्रदान गरिन्छ। सवारी साधनमा जडित GPS प्रविधिबाट यसको यात्रा मार्ग, समय र गन्तव्य निरन्तर निगरानी गरिन्छ, जसले सम्बन्धित निकायलाई तत्काल जानकारी उपलब्ध गराउँछ।

यस प्रणालीका प्रमुख उद्देश्यहरूमा कर प्रशासनलाई डिजिटल बनाउनु, पारदर्शिता अभिवृद्धि गर्नु, राजस्व संकलनमा वृद्धि गर्नु र व्यवसायी तथा सरकारबीच विश्वास कायम गर्नु रहेका छन्। VCTS प्रयोगले ढुवानी प्रक्रिया छिटो, सुरक्षित र व्यवस्थित बन्छ भने प्रशासनिक कार्यमा दक्षता समेत वृद्धि हुन्छ। यद्यपि, यसको प्रभावकारी कार्यान्वयनका लागि प्रविधिमा पहुँच, इन्टरनेट पूर्वाधारको विस्तार र प्रयोगकर्ताको क्षमता विकास आवश्यक देखिन्छ। समग्रमा, VCTS डिजिटल सुशासनतर्फको एक महत्वपूर्ण कदम हो, जसले नेपालको आर्थिक प्रणालीलाई अझ सुदृढ, पारदर्शी र विश्वसनीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

परम्परागत रूपमा 'ट्र्याकिङ' भन्नाले केवल स्थान (Location) पत्ता लगाउनु हुन्थ्यो तर VCTS को सन्दर्भमा भौतिक मालवस्तुको ढुवानीलाई एउटा 'डिजिटल प्रणली' सँग जोडिदिन्छ।जसले सडकमा ढाँट-चेकपोस्ट नभए पनि प्रत्येक ढुवानी साधनलाई राज्यको निगरानीमा राख्न सक्दछ। यो Data-Driven Governance को कडी हो। जसले डिजिटल आर्थिक निगरानी(Digital Economic Surveillance) आधार तयार गरेको छ।

यो 'अनुमान' मा आधारित अर्थतन्त्रलाई 'प्रमाण' मा आधारित अर्थतन्त्रमा लैजाने एउटा आधुनिक फड्को हो।यसको गहिराइले केवल राजस्व मात्र होइन, समग्र अर्थतन्त्रको नाडी छाम्ने काम गर्छ। VCTS ले भरोसा तर प्रमाणीकरण (Trust but Verify) को सिद्धान्तलाई आत्मसात गर्दै  'सूचनाको एकीकृत प्रवाह' गर्ने गर्दछ। यसले चेकजाँचको परम्परागत र कागजी शैलीलाई विस्थापित गरी झन्झटिलो भौतिक चेकपोस्टहरूको आवश्यकतालाई न्यून गर्दै प्रविधिको माध्यमबाट व्यापार सहजीकरण (Trade Facilitation) गरेर समग्र राष्ट्रिय आपूर्ति प्रणालीलाई डिजिटल अनुशासन र उत्तरदायित्वको नयाँ युगमा प्रवेश गराएकोछ।१६औँ योजनाले राजस्व प्रशासनलाई थप "रिजल्ट ओरिएन्टेड" बनाउन खोजेकाले, अबका दिनमा डिजिटल प्रमाण (Digital Evidence) लाई अझ बढी महत्त्व दिने देखिन्छ।तसर्थ यस प्रणालीलाई 'अनुगमन' 'औपचारिकीकरण' मा बढी केन्द्रित केवल प्राविधिक संयन्त्रको आरोप लाग्ने गरेता पनि 'आर्थिक अनुशासनको नयाँ औजार' वा आर्थिक पारदर्शिताको डिजिटल ऐनाको रूपमा यसको प्रभाव, उपदेयता र महत्व निकै गहिरो छ।जस्तो किः

· अनुगमनबाट भविष्यवाणी (Monitoring to Forecasting): यसले अर्थतन्त्रका धेरै तहलाई छुन्छ। यस प्रणाली अन्तर्गत, विक्रेता वा आपूर्तीकर्ताले कुन मालवस्तु कुन ढुवानी साधनमा पठाइदैछ भनि ढुवानी गर्नुपूर्व नै त्यसको विस्तृत विवरण (क्रेताको नाम,वस्तुको प्रकृति, मूल्य, परिमाण र गन्तव्य) प्रविष्टि गर्नुपर्छ।यसले व्यवसायिक कारोबारलाई 'अदृश्य' बाट 'दृश्य' बनाउँदै राज्यका निकायहरूलाई रियल-टाइम अनुगमनको शक्ति प्रदान गर्छ। यसबाट राजश्व चुहावट नियन्त्रण गर्ने मात्र नभई, स्वस्थ प्रतिस्पर्धात्मक बजारको निर्माण समेत  सहयोगी हुन्छ भने धेरै वर्षको VCTS डाटा विश्लेषण गरेर कुन महिनामा कुन मालवस्तुको खपत बढी हुन्छ र कुन क्षेत्रमा अभाव हुन सक्छ भन्ने कुराको पूर्व-अनुमान (Economic Forecasting) गर्न सकिन्छ। अनौपचारिक अर्थतन्त्रमा हुने 'अदृश्य' कारोबारलाई यो प्रणालीले 'दृश्य' बनाउँछ। यो आर्थिक अराजकतालाई अनुशासनको दायरामा ल्याउने एउटा प्रस्थानविन्दु पनि हो।

·  अनौपचारिक क्षेत्रको साँघुरो घेरा र 'नक्कली बिल' नियन्त्रणको कडी: राजस्व चुहावट नियन्त्रण गर्न VCTS, भन्सारको ASYCUDA World, र आन्तरिक राजस्वको एकीकृत कर प्रणालीलाई आपसमा आबद्ध (Interconnect) गर्ने गर्दा रियल-टाइम डाटा सेयरिङ हुनेछ। यसले गर्दा वस्तुको आयातदेखि बजारसम्मको यात्रालाई एकै ठाउँबाट ट्रयाक गर्न सकिनेछ।यसले अनुपालनको संस्कृति (Culture of Compliance)को विकास भई व्यवसायीलाई "मालवस्तुको ढुवानी सुरु गर्नुअघि नै रिपोर्ट गर्ने" बानी बसालेको छ, जसले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक ढाँचामा ल्याएको छ।जसबाट राजश्व संकलनमा वृद्धि ल्याउन सक्छ।मालवस्तु आयात भएदेखि अन्तिम उपभोक्तासम्म पुग्दाको प्रत्येक चरण (Value Chain) लाई VCTS मा अनिवार्य आबद्धताले भन्सार बिन्दुमा घोषणा गरिएको मूल्य र बजारको वास्तविक बिक्री मूल्य बीचको खाडल (Gap) लाई अन्त्य गर्नेछ। यदि कुनै व्यवसायीले भ्याट फिर्ता (Refund) माग गर्छ तर उसको VCTS रेकर्डमा ढुवानी विवरण देखिँदैन भने, त्यस्ता फर्मलाई तत्कालै 'हाई रिस्क' श्रेणीमा राखेर सूक्ष्म अनुसन्धान गर्न सकिन्छ। VCTS बाट प्राप्त हुने 'डिजिटल डाटा'ले 'बिना बिल' मालवस्तु ओसार्ने प्रवृत्तिलाई लगभग असम्भव बनाइदिएको छ। यसले उत्पादकदेखि उपभोक्तासम्मको 'भ्यालु चेन' (Value Chain) लाई पूर्णतः पारदर्शी बनाउने क्षमता राख्छ। यसले कसरी 'नक्कली बिल' नियन्त्रण गर्छ? भन्ने सन्दर्भमा जब भन्सार, IRDVCTS को डाटा एउटै 'सिङ्गल विन्डो' मा जोडिदा एउटै मालवस्तुलाई धेरै ठाउँमा विवरण पेश गरिरहन पर्ने र चेकजाँच गरिरहनुपर्ने झन्झट हट्दैछ। व्यापारीले भन्सारमा एउटा मूल्य, VCTS मा अर्को र भ्याट बिलमा अर्कै मूल्य देखाउने 'अन्डर-इन्भ्वाइसिङ' को खेल अन्त्य हुन्छ। 'फेक भ्याट बिल' को अन्त्य गर्न अहिलेको ठूलो समस्या नक्कली भ्याट बिलको कारोबार हो। यदि मालवस्तु ढुवानी गर्दाको VCTS विवरण र भ्याट बिलको विवरण स्वचालित रूपमा मिलान (Match) भयो भने कागजी कारोबार मात्र गर्ने गिरोहहरू स्वतः निरुत्साहित हुनेछन्। VCTS को सबैभन्दा बलियो पक्ष यही हो।जोखिम मूल्याङ्कनका लागि प्रणाली एकीकृत भएपछि कर अधिकृतले फाइल पल्टाउनु पर्दैन। यो एकीकरणले प्रणालीको प्रभावकारिता बढ्नेमा विश्वास गर्न सकिन्छ। सफ्टवेयरबाट नै कुन व्यापारीको ढुवानी र बिक्रीमा अस्वाभाविक भिन्नता (Mismatch) छ भनेर हेर्न सकिन्छ। यसले अनुमानयोग्य र पारदर्शी प्रशासनको निर्माण गर्छ। यसको अर्थ, तपाईंले भन्सारबाट मालवस्तु छुटाउँदा भरेको विवरण र VCTS मा भरेको विवरण मेल खानुपर्छ। पहिले एउटै बिल देखाएर एउटै सवारीले अस्वाभाविक पटक-पटक मालवस्तु ओसारपसार गर्न सक्ने अवस्था थियो । तर अहिले:

1. मालवस्तु लोड हुनासाथ सिस्टममा दर्ता हुन्छ।

2. गन्तव्यमा पुगेर मालवस्तु अनलोड भएपछि त्यसलाई 'Close' वा 'Delivery' गर्नुपर्छ।

3. यदि कुनै बिल धेरै समयसम्म 'Open' देखियो भने राजस्व विभागले तुरुन्तै सोधपुछ गर्न सक्छ।यसले राजस्व प्रशासनलाई 'डिटेक्टिभ' बाट 'डाटा एनालिस्ट' मा बदल्ने कुरामा विश्वास गर्न सकिन्छ।

· समय र लागत न्यूनीकरण (Logistics Efficiency): यसले परम्परागत चेकजाँच शैलीको भौतिक अवरोध (Physical Barriers) लाई हटाएर प्रविधिको प्रवाह (Digital Flow) मार्फत व्यापारलाई गति दिने लक्ष्य राख्दछ। लामो समयसम्म सडकमा ट्रक रोकेर कागजात रुजु गर्ने झन्झट हट्दा इन्धन र समयको बचत हुन्छ, जसले अन्ततः राष्ट्रिय उत्पादनको लागत घटाउन मद्दत गर्छ।ढुवानीकर्ताको समय बचत हुँदा सडकमा हुने ट्राफिक र चेकपोस्टमा हुने अनावश्यक भिडभाड कम हुन्छ।यसले कर्मचारीको 'फिल्ड वर्क' लाई सहज बनाउँछ। यसले सरकारको 'नियमनकारी' भूमिकालाई खुम्च्याउँदैन, बरु त्यसलाई थप 'सटिक र प्रभावकारी' बनाउँदछ। विवरण प्रविष्ट गरेपछि प्रणालीले एक अद्वितीय (Unique) ID को सिर्जना गर्छ। जसको माध्यमबाट अनुसन्धानका कर्मचारीहरुले पहिले नै सडकमा नखटिइकन उक्त VCTS ID को माध्यमबाट उक्त गाडीको सम्पूर्ण विवरण (के मालवस्तु छ, कहाँबाट आयो, कर तिरिएको छ कि छैन) क्षणभरमै पत्ता लगाउन सक्छन्।

·   उत्तरदायित्वको बोध र आपूर्ति शृङ्खलाको शुद्धीकरण: उत्पादकदेखि थोक विक्रेतासम्मको 'चेन' मा हुने 'अन्डर-बिलिङ' (कम मूल्यको विजक) लाई यसले निरुत्साहित गर्छ। किनकि, मालवस्तु बाटोमा गुड्नुअघि नै त्यसको मूल्य र परिमाण अनलाइनमा 'लक' भइसकेको हुन्छ। जब एउटा चालक वा व्यापारीले प्रणालीमा विवरण प्रविष्टि गर्छ, उसले राज्यप्रति आफ्नो नैतिक र कानुनी जिम्मेवारी स्वीकार गरिरहेको हुन्छ। यसले 'व्यवसायिक इमान्दारिता' को नयाँ संस्कृति निर्माण गरेको छ।

· आर्थिक सूचकको स्रोत र डाटा इन्टेलिजेन्स: तथ्याङ्कहरू निश्चित व्यक्तिको खल्तीमा नभई केन्द्रीय सर्भरमा सुरक्षित हुँदा यसले प्रमाणमा आधारित नीति निर्माण (Evidence-based Policy Making) लाई सघाउँछ।यो शक्ति र सूचनाको केन्द्रीकरणबाट वितरणतर्फको यात्रा हो।  यसले वस्तुको माग र आपूर्तिको ठूलो तथ्यांक (Big Data) सिर्जना गर्छ। कुन मालवस्तु कुन जिल्लाबाट कहाँ गइरहेको छ भन्ने कुराको विश्लेषणबाट सरकारले आर्थिक नीति बनाउन सक्छ। कुन प्रदेशबाट कुन प्रदेशमा कति खाद्यान्न वा निर्माण सामग्री गइरहेको छ भन्ने तथ्यांकले देशको 'आन्तरिक व्यापार सन्तुलन' (Internal Trade Balance) को वास्तविक चित्र देखाउँछ।

·   फाइदाहरू

✔️ राजस्व संकलनमा वृद्धि

✔️ अवैध कारोबारमा कमी

✔️ समय लागत बचत

✔️ प्रशासनिक कार्य दक्षता वृद्धि

✔️ नीतिगत निर्णयका लागि डाटा उपलब्धता


VCTS प्रणालीका मुख्य विशेषताहरू

VCTS कागज होइन, Movement Intelligence System हो । यसले राजस्व प्रशासनलाई reactive होइन, real-time preventive बनाउँछ।यस प्रणालीका मुख्य विशेषताहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

📍 GPS आधारित ट्र्याकिङ प्रणाली: सबै आयातकर्ताहरू, उद्यमीहरू, र यातायात कम्पनीहरूले आफ्ना मालवस्तुहरू र सवारी साधनहरू सार्नु अघि VCTS पोर्टलमा विवरणहरू अनिवार्य प्रविष्ट गर्नुपर्छ।

   📊 डाटा विश्लेषण र रिपोर्टिङ सुविधा: प्रयोगकर्ताहरूले आफ्नो व्यावसायिक गतिविधिहरू ट्र्याक गर्न मिति, PAN नम्बरहरू, वा सवारी साधन नम्बरहरूमा आधारित विभिन्न रिपोर्टहरू उत्पन्न गर्न सक्छन्।अब सडकमा रहेका धेरै चेकपोस्टहरूमा कागजात देखाउँदै बस्नु पर्दैन; सबै विवरण डिजिटल रेकर्ड अनलाइनमा हुन्छ।

📄 डिजिटल वेबिल/बिलिङ प्रणाली

🔔 रियल-टाइम अलर्ट र नोटिफिकेशन

 

🔐 सुरक्षित र विश्वसनीय प्रणाली  तथा पारदर्शिता:

·   चेक-पोस्टहरूको प्रतिस्थापन: डिजिटल प्रणालीले म्यानुअल कागजात जाँच घटाउँदै धेरै भौतिक राजमार्ग चेक-पोस्टहरूको आवश्यकता बिना ढुवानी निगरानी गर्न  र व्यापार सहजिकरण गर्न सहयोगी भुमिका खेलेको छ।

·   अनुगमन र जोखिम व्यवस्थापन (Risk-Based Monitoring): : यो केन्द्रीकृत डाटाबेस हो। जसबाट अधिकारीहरूद्वारा वास्तविक-समय अनुगमनको लागि बीजकहरू, घोषणापत्रहरू, र सवारी साधन नम्बरहरूको सारांश भण्डारण गर्दछ।राजस्व अनुसन्धान विभागले कुनै पनि समयमा सवारी साधन र मालवस्तुको विवरण अनलाइनबाटै चेक गर्न सक्छ।राजस्व अनुसन्धान विभागले सबै गाडीलाई रोकिरनु पर्दैन।अनुगमनका क्रमा यदि एउटै बिल नम्बर पटक-पटक प्रयोग गर्न खोजिएको भेटियो र यदि कुनै व्यवसायीको रेकर्डमा पहिले राजस्व छलीको इतिहास छ भने पनि सो फर्मको कारोबारलाई जोखिमको घेरामा राखेर हेरिन्छ।यसले नक्कली बिलको प्रयोग र अवैध ओसारपसार रोक्न सहयोग पुर्‍याउँछ।यो प्रणालीले निम्न आधारमा अनुगमन र जोखिम व्यवस्थापन (Risk-Based Monitoring) गर्दछ:

·     Micro-check & Inconsistency Check: यदि IRD को CBMS मा १० वटा बिल काटिएको देखिन्छ तर VCTS मा ८ वटा मात्र गाडी इन्ट्री छन् भने, बाँकी २ वटा बिलको मालवस्तु कहाँ गयो? यो 'डेटा ग्याप' नै छापा मार्ने (Raid) वा अनुसन्धानको दायरामा ल्याउने मुख्य आधार बन्छ। यदि कुनै कम्पनीले सधैं १ लाखको मालवस्तु खरिद गरेको छ तर अचानक १० लाखको बिल काट्को VCTS प्रणालीको विश्लेषणबाट देखियो भने सो फर्मको कारोबारलाई जोखिमको घेरामा राखेर हेरिन्छ।

·     यदि कुनै गाडीको यात्रा समय (Travel Time) अस्वभाविक रूपमा धेरै देखियो भने Time-Lag Analysis & Route Deviation:  VCTS मा विवरण प्रविष्ट गर्दा कुनै ढुवानी साधन वीरगञ्जबाट काठमाण्डौ जानु पर्नेमा VCTS ID मा उल्लेख गरिएकोभन्दा छ/सात घण्टा पछि बर्दिबास सिन्धुली रोडमा भेटिन्छ भने ढुवानीमा लाग्ने समय र बाटो (Route) को दुरी समेतका आधारमा शंकास्पद 'Illegal Movement' मानिन्छ। काठमाडौंबाट वीरगन्ज पुग्न लाग्ने औसत समयभन्दा धेरै ढिलो गाडी पुग्यो भने, बीच बाटोमा मालवस्तु अनलोड गरी नक्कली कागजात बनाइएको शंका गरिन्छ।

·     Driver Identification: चालकको नागरिकता वा लाइसेन्स नम्बर र मोबाइल नम्बर प्रणालीमा अनिवार्य छ। यदि चालक फेरियो र सिस्टम अपडेट भएन भने, सुरक्षा निकायले 'Identity Theft' वा 'Unauthorized Movement' को शंकामा गाडी रोक्न सक्छ।

VCTS भनेको के हो ?

VCTS: 'अर्थतन्त्रमा आर्थिक इकोसिस्टमको एकीकरण आर्थिक पारदर्शिता र सुशासनको आधुनिक औजार'

नेपालमा कर तथा भन्सार प्रशासन लामो समयसम्म कागजी प्रक्रिया, सडक-किनार चेकजाँच र मानव-निर्भर निर्णयमा आधारित थियो। यसले सेवाग्राहीलाई ढिलाइ, झन्झट र अनिश्चितता दियो भने राज्यलाई राजस्व चुहावट, कमजोर अभिलेख र सीमित निगरानीको चुनौती थियो।यसै सन्दर्भमा नेपालमा राजस्व चुहावट नियन्त्रण, राजस्व प्रशासन सुदृढीकरण तथा वस्तु ढुवानी प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्रणालीहरूको आवश्यकता बढ्दै गएको यही पृष्ठभूमिमा VCTS को अवधारणा—ढुवानी भइरहेका मालसामान (consignment) र सवारी साधनलाई डिजिटल रूपमा दर्ता, ट्र्याक र विश्लेषण गर्ने एकीकृत प्रणालीका रूपमा लागू गरिएको  मालवस्तु तथा ढुवानी साधनको अनुगमन गर्ने एक आधुनिक प्रणाली हो। 


सामान्यरुपमा मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणालीलाई 'ट्र्याकिङ'सँग जोडेर हेर्ने गरिएको पाइन्छ।तर यो प्रणाली सामान्य 'ट्र्याकिङ' भन्दा फरक छ। VCTS को मुख्य दर्शन जाँच सडकमा होइन, प्रणालीमा भन्ने हो। जब कन्साइनमेन्ट कहाँबाट कहाँ गयो, कुन समयमा गयो, कसले ढुवानी गर्‍यो, र कुन कागजातका आधारमा गयो भन्ने सबै विवरण डिजिटल रूपमा सुरक्षित हुन्छ, तब निर्णय व्यक्तिको अनुभव वा अनुमानमा होइन, प्रमाणमा आधारित हुन्छ। जसले एक स्थानबाट अर्को स्थानमा ढुवानी हुने मालवस्तु तथा सवारी साधनको रियल-टाइम ट्र्याकिङ(Real-time Tracking)[1] गर्दछ।यसले सेवाग्राहीलाई अनुमानयोग्य व्यवहार दिन्छ र प्रशासनलाई दुरुपयोगबाट जोगाउँछ। यो प्रशासनिक सोच, काम गर्ने तरिका र उत्तरदायित्वको ढाँचामा आएको संरचनात्मक रूपान्तरण हो, जसले कर/भन्सार व्यवस्थापनलाई प्रतिक्रियात्मक अवस्थाबाट पूर्व-निवारक मोडेल[2] तर्फ लैजान्छ। यो सरकार र निजी क्षेत्रबीचको एउटा यस्तो "डिजिटल सम्झौता" हो, जहाँ मालवस्तु ढुवानी गर्नका लागि मालवस्तु ढुवानी साधनमा लोड हुनुअघि नै त्यसको कानुनी अस्तित्व सिर्जना हुन्छ।यसले ढुवानी प्रक्रियालाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउँछ। यो भौतिक सीमाना वा सडकमा हुने मालवस्तुको ओसारपसारलाई कागजी फाइलबाट मुक्त गरी झन्झटिलो चेकजाँचलाई हटाएर 'डाटामा आधारित डिजिटल चेकपोस्ट(Digital Check post) मा रूपान्तरणको कडी हो। यसर्थ VCTS लाई केवल सूचना संयन्त्रको रूपमा मात्र नभई, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउने एउटा बलियो डिजिटल आधारस्तम्भको रूपमा परिभाषित गर्न सकिन्छ। यसले मालवस्तु ओसारपसारलाई पारदर्शी बनाइ राजस्व चुहावट नियन्त्रण गर्नमा समेत योगदान पुर्‍याउँदछ।यो प्रणालीले मुख्यतया तीनवटा पक्षलाई आपसमा जोड्छ:

  • आयातकर्ता/उत्पादक/बिक्रेता: जसले मालवस्तुको उत्पत्ति (Source) को जानकारी दिन्छ।
  • ढुवानीकर्ता (Transporter): जसले मालवस्तु लैजाने गाडी र चालकको जिम्मा लिन्छ।
  • प्राप्तकर्ता (Receiver): मालवस्तु कसले कुन ठाउँमा बुझ्दैछ भन्ने विवरण।

यो नेपालमा व्यवसायिक मालवस्तुको ओसारपसारलाई व्यवस्थित बनाउन लागू गरिएको एक अनलाइन प्रणाली हो।यसमा ढुवानीकर्ता, आयातकर्ता वा व्यवसायीले मालवस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजानुअघि त्यसको विवरण (मालवस्तुको प्रकार, मूल्य, सवारी नम्बर आदि) प्रविष्ट गर्नुपर्छ।यसर्थ यो व्यवसायीका लागि केवल एउटा फारम भर्ने ठाउँ मात्र होइन, सरकारको लागि एक Real-time Monitoring प्रनाली पनि हो। यो नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा 'डिजिटल गभर्नेन्स' 'अल्गोरिदममा आधारित निगरानी' को नयाँ युग हो।यसलाई "आपूर्ति शृङ्खलाको डिजिटल प्रतिलिपि" (Digital Twin of Supply Chain) भन्न सकिन्छ, जसले भौतिक रूपमा सडकमा गुडिरहेको मालवस्तुको कानुनी अस्तित्वलाई क्लाउड (Cloud) मा सुरक्षित गर्दछ।VCTS एक्लै छैन, यो तीनवटा सरकारी डेटाबेसको 'ट्राइएंगल' (Triangle) मा बस्छ जसले 'Cross-Verification' मा सहयोग पुगेको छ।

1.        Customs (Asycuda): भन्सारबाट मालवस्तु भित्रिँदाको विवरण।

2.        IRD (Central Bill Monitoring System - CBMS): पसल वा उद्योगले काटेको वास्तविक भ्याट बिल।

3.        VCTS: सडकमा गुडिरहेको भौतिक मालवस्तु।

अन्तर्राष्ट्रिय कानुनी अभ्यास (Global Best Practices) को सन्दर्भमा नेपालको VCTS भारतको e-Way Bill प्रणालीसँग मिल्दोजुल्दो छ। यसले "Ease of Doing Business" लाई सघाउने अन्तर्राष्ट्रिय सन्धिहरू (जस्तै: WTO को Trade Facilitation Agreement) सँग पनि तादात्म्यता राखेको छ। यसले गर्दा विदेशी लगानीकर्ता वा बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा व्यापार गर्दा पारदर्शी डिजिटल ट्र्याकिङको अपेक्षा गर्छन्।सो अपेक्षालाई यसले केही हदसम्म पुरा गरेको छ।



[1] रियल-टाइम ट्र्याकिङ(Real-time Tracking) भनेको कुनै पनि वस्तु, व्यक्ति वा सवारी साधनको हालको स्थिति (Location) र अवस्थालाई तुरुन्तै र निरन्तर रूपमा निगरानी गर्ने प्रविधि हो। यसले वास्तविक समयमा डेटाहरू प्रविष्टि हुने बित्तिकै तुरुन्तै खिच्ने, ट्र्याक गर्ने र निगरानी गर्ने(capturing, tracking, and monitoring data or events)लाई जनाउँछ। यो प्रणालीमा डाटा संकलन हुने बित्तिकै बिना कुनै ढिलाइ शिध्रताका साथ प्रयोगकर्तालाई जानकारी प्राप्त हुन्छ। घटना वा समस्या भएपछि पत्ता लगाउनु भन्दा, भइरहेको बेलामै ट्र्याक गरेर सम्भावित जोखिम रोक्न यसले मद्दत गर्छ। कुनै विशेष प्रक्रिया, गतिविधि, वा घटनामा हालको र सही अन्तर्दृष्टि प्रदान गर्न जानकारी निरन्तर खिचिन्छ र ढिलाइ नगरी प्रशोधन गरिन्छ। प्रक्रिया अनुकूलन, दक्षता सुधार, र परिवर्तनहरूमा द्रुत प्रतिक्रिया दिन वास्तविक-समय ट्र्याकिङले महत्त्वपूर्ण भूमिका खेल्छ(Real-time tracking plays a crucial role in process optimization, improving efficiency, and rapidly responding to changes )। निरन्तर वास्तविक-समय अनुगमनले व्यवसाय र संस्थाहरूलाई सूचित निर्णयहरू लिन र उद्देश्यपूर्ण रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न सक्षम बनाउँछ। जसले ढुवानी स्थिति र ऐतिहासिक रेकर्डहरूमा २४/७ पहुँच दिन्छ। यसले नियन्त्रण र जवाफदेहिता बढाउँछ

[2] पूर्व–निवारक मोडेल (Preventive Model) मुख्यतया सुशासन, अपराध नियन्त्रण र स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने एक रणनीति हो। यसले समस्या वा घटना घटिसकेपछि उपचार गर्नुभन्दा घटना घट्नै नदिने पूर्व-तयारी र सावधानीमा जोड दिन्छ।यसले प्रणालीमै सुधार ल्याई भविष्यमा हुन सक्ने जोखिम घटाउँछ।