Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

शासनको अवधारणा र आधारभूत पक्षहरु


"Governance: Dynamic Operation of Policy, Power and Process"

 

In the general sense, what the government does in the course of running the state is governance. The regulation, management and control of human behavior by the government in the course of running the state is called governance. Governance can be defined as:


Integrated method, process and structure of state operation management. सम Aggregate of all structures, characters and functions involved in the management of public affairs.

माध्यम A means or mechanism for expressing the wishes of the citizens, exercising their rights and fulfilling their duties and responsibilities. पद्ध The system of working in partnership and partnership with the private sector, non-governmental organizations and civil society as the main characters of the state.

शासन Governance is the systematic mobilization of state resources, means, power and potential for the promotion of civic interest in accordance with business values, beliefs and concepts. शासन The integrity of the method, process, criteria and working style adopted by the government in running the state is called governance.

मा In the traditional belief, the regime was understood as a system of controlling and directing the citizens by keeping them loyal to themselves by using the power of the state. In the modern system of government, the term governance includes the mobilization of public resources for the public interest, the management of public affairs by citizen representatives.

शासन Governance is the unified and practical form of functioning of all the three organs of government that regulate, manage, mobilize the people and provide services for the public interest. Characteristics of governance


The main features of governance or system of governance can be mentioned as follows
: -

साव Careful governance is practiced by sovereign citizen representatives in favor of civic supremacy and interests. Governance is a system that continues with the existence of the state.

The state system is governed by a living brain, soul and leadership. Governance is a multi-sectoral, multi-character and multi-faceted issue with multiple objectives and expectations.

The jurisdiction of the government is linked to the area, scope and power of the state.

Basic aspects of governance


The various aspects that are an integral part of the system of governance are considered as the basic aspects of governance.
The main points are as follows: -


Citizen supremacy  : - Since the citizens are the supreme power of the state, the government can be governed only by their will. Also, the guarantee of civil rights is a basic aspect of the system of governance.
Separation of Power and Control and Balance: - The governing body is governed by a division of labor and operates under the defined powers of each body. At the same time, control and balance are arranged between the organs through the constitution and the constitution. 


Rule of law : - Since governance is conducted by assimilating the law, observance and application of law is an important aspect of governance. 
Multi-character, coordination and multilateral relations : - As an integral part of the system of governance, there is coordination and good relations and cooperation with the national / international actors besides the state. 

Visionary working style : - Since the government will determine the destination of the state along with the running of the state, the government has decided the visionary working style.
In addition, aspects such as public service delivery, social responsibility, democracy and good governance, peacekeeping and non-selection are also fundamental aspects of governance.
 


Overall
शासन Governance is all the activities to be carried out with the cooperation of the government and its allies in the operation and management of state power for the benefit of the people in the interest of the people with the wide participation and leadership of the sovereign people.

सहकार्य It is the rule of cooperation, consensus, relationship and understanding among the allies of the government to protect, promote and promote the public interest by keeping the independence, sovereignty, national unity, independence and self-respect of the country intact. शासन Thus, governance is a system of basic aspects and characteristics mentioned as the quality of government, the ideal of the state and the style of using state power.


# Mentioning the concept of governance and its features, what are the basic aspects of governance? Mention  


समय व्यवस्थापन र परीक्षाको तयारी कसरी गर्ने

 समय व्यवस्थापनः 

परीक्षा भनेको विषयवस्तु र सोको प्रस्तुतीकरणको मात्र नभएर समयको परीक्षा पनि हो । सबै प्रश्नहरूले समान अङ्क धारण गरेको अवस्थामा सबै प्रश्नहरूलाई समान समय दिन नसक्दा सबै प्रश्नहरूले पनि समानरूपले प्रशिक्षार्थीलाई न्याय गर्दैनन् तसर्थ अङ्कभारको आधारमा समय व्यवस्थापन गर्नु अत्यन्त आवश्यक हुन्छ । १०० पूर्णाङ्कको ३ घण्टा समय भएको परीक्षामा प्रत्येक ५ अङ्कका लागि ९ मिनेटको हिसाबले समय बाँडफाँड गरी सोहीबमोजिम प्रस्तुतीकरण गर्नुपर्दछ । प्रश्न भित्रका खण्डहरूको समेत कहिलेकाहीँ समय बाँडफाँड गर्नुपर्ने भएकोले समयको विभाजन अत्यन्त संवेदनशील विषय हो तर यस्तो संवेदनशील विषयमा पनि प्रशिक्षार्थीहरू सजग नभएकाघडी नबोकी जानेकुन प्रश्नलाई कति समय दिने हो भन्ने पूर्वयकिन नगर्ने र लेख्दै जाँदा लाग्ने समयलाई नै समय विभाजन मान्ने गरेका कारण अधिकांश उम्मेदवारहरू विषयमा विद्वान भएर पनि परीक्षामा असफल भइरहेका हुन्छन । मेरो विचारमाविषयवस्तुको शतप्रतिशत ज्ञान नभएर पनि कतिपय उम्मेदवारहरू परीक्षामा सफल हुन सक्दछन् तर उचित तवरले समयको बाँडफाँड र उपयोग गर्न सकेन भने चैं कुनैपनि परीक्षार्थी प्रतिष्पर्धाको परीक्षामा असफल हुने पक्का छ ।

आत्मविश्वासः 

परीक्षार्थीको आत्मविश्वास जति बलियो हुन्छ त्यति उसको परीक्षा सप्रेर जान्छ । सकारात्मक भावआशावादी र आत्मविश्वासी परीक्षार्थीहरू नै सफल भएका पाइन्छन् । “मैले पढेको छैन,मलाई खासै आउँदैनमेरा अक्षर नराम्रा छन्यतिधेरै जाँच दिने छन् म के पास हुँला र” भन्ने जस्ता निराशाजनक चिन्तन मननले सफलता हात पर्दैन । तर कहिलेकाहीँ कम मिहिनेत तर बढी आत्मविश्वासी हुँदा चैं उमेदवारहरूमा असफलता हात परेको देखिन्छ त्यसैले पर्याप्त मिहिनेत र सोही बमोजिमको आत्मविश्वासले सफलता प्राप्त हुन्छ ।

छुटाउन नहुने थप केही कुरा 

ü  परीक्षार्थीहरूले परीक्षाका तयारी गर्ने क्रममा निम्नानुसारका प्रयास र अभ्यास गर्दै अगाडि बढेमा सफल हुन सकिन्छ ।

ü  आफूले परीक्षा दिन चाहेको पदको पाठ्यक्रम र पुराना प्रश्नहरूको सँगालोलाई अध्ययन गर्ने । पाठ्यक्रममा उल्लेख भएका विषयहरूका बारेमा पाठ्यपुस्तकहरूवाट आधारभूत ज्ञान हासिल गर्ने।

ü  जुनसुकै सेवा समूहका उम्मेदवारहरूले पनि व्यवस्थापनको आधारभूत ज्ञान नलिई परीक्षामा सफल हुन गाह्रो पर्दछ तसर्थ विश्वविद्यालयमा व्यवस्थापन अध्ययन गरेका वा नगरेका सबैले कम्तिमा व्यवस्थापनको पाठ्यपुस्तक ल्याएर आधारभूत ज्ञान हासिल गर्ने । व्यवस्थापनका हरेक चरणहरू विशेष गरेर योजना वा सो भन्दा पूर्वको चरण देखि अनुगमन मूल्याङ्कन सम्मका हरेक चरणहरूको बारेमा स्पष्टरूपले ज्ञान हासिल गर्ने ।

ü  आफूले परीक्षा दिने तहको पाठ्यक्रमले समेटेका विषयसूची अनुसारका शिक्षकहरूका बारेमा महत्वपूर्ण तथ्यहरू(Ingredient) खोज्नेसङ्ग्रह गर्ने र अध्ययन गर्ने । प्रत्येक शीर्षकको अर्थचुरो बुझ्ने । प्रत्येक शीर्षकका महत्वपूर्ण शब्दहरूप्राविधिक शब्दहरू (Jargon) अध्ययन गर्ने । उदाहरणको लागि विकेन्द्रीकरण शीर्षक अध्ययन गर्दा परिपूर्णताको सिद्धान्त अनिवार्य अध्ययन गरेको हुनुपर्दछ अन्यथा यो शीर्षकको पढाई अपुरो हुन सक्दछ ।

प्रत्येक शीर्षकको बारेमा कम्तिमा चारवटा पक्षबाट अध्ययन गर्नेः

(क) त्यसको अर्थ,

(ख) त्यसको बारेमा भैरहेको अभ्यास वा प्रयासहरू वा सरकारले गरेका विभिन्न व्यवस्थाहरू,

(ग) त्यसको बारेमा हालको परिमाणात्मक तथ्याङ्कीय तथा व्याख्यात्मक अवस्था,

(घ) त्यो विषयमा अन्तर्राष्ट्रिय परिवेश वा हाम्रा नीतियोजनाहरूले परिलक्षित गरेको अबको बाटो/अबको कार्यदिशा

ü  समसामयिक वृहत विषयहरू/सवालहरू/मुद्दाहरूका बारेमा आफ्नो धारणा स्पष्ट बनाउने ।

ü  परीक्षामा परीक्षार्थीको क्षमता जाच्‍नेभनेको लिखित कपी हेरेर हो  । खेलाडीको परीक्षा खेलकुद मैदानमा खेलेको खेलको स्तर जाँचे जस्तै हो । तसर्थ खेलाडीले अभ्यास खेल खेले जस्तै परीक्षार्थीहरूले अभ्यास परीक्षा नदिई फाइनलमा बस्दा अत्यन्त जोखिम हुन्छ । तसर्थ परीक्षा भन्दा अगाडि धेरै पटक लेख्ने अभ्यास गर्नुपर्दछ ।

ü  घरमा अभ्यास गर्दा प्रश्नहरूलाई टुक्र्याएर पढ्ने र सोही अनुसार हल गर्ने बानी बसाउनु पर्दछ। प्रत्येक प्रश्नको मुख्य र महत्वपूर्ण शब्दहरूलाई पत्ता लगाई त्यसमा डोरिएर लेख्दै जाने । उत्तर लेख्दै गर्दा पटक पटक प्रश्न पढ्दै जानुपर्दछ ताकि लेखाइ अनावश्यकरूपले नबहकियोस् 

ü  परीक्षामा वस्नुभन्दा अगावै प्रत्येक प्रश्नको समय बाँडफाँड पहिल्यै छुट्याएर त्यही सिमा भित्र रही लेखिसक्नुपर्दछ ।

ü  प्रायजसो परीक्षार्थीहरूले एक भन्दा वढी समूहको परीक्षाहरू दिने तयारी गरेका हुन्छन त्यस्तो अवस्थामा सबै पाठ्यक्रमलाई सकेसम्म सामूहिकीकरण(Clustering) गरेर अध्ययन गर्दा नदोहोरिने र सङ्गठित पनि हुन्छ ।

ü  असीमित र असङ्गठित तरिकाले पढ्नु हुँदैन । परीक्षार्थीसँग सबैथोक भए पनि पर्याप्त समय न तयारीका लागि हुन्छ न परीक्षाका लागि । त्यसैले सकेसम्म कम पढ्नेअध्ययन मनन धेरै गर्नेपढाईलाई सङ्गठित गर्नेपढेका कुराहरूलाई सिलसिलेबाररूपले सन्दर्भसँग जोडेर सम्झने र परीक्षामा कसरी व्यक्त गर्ने भन्ने सम्मको तयारी गर्न सक्नुपर्दछ ।

दीगो विकास लक्ष्य र नेपाल

संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वका साझा समस्यालाई सामूहिक र एकरूपताका साथ सम्बोधन गर्ने प्रयासको रूपमा सन् २०१५ सेप्टेम्वर २५ मा राष्ट्रसंघीय महासभाबाट पारित विश्व विकासको १५ वर्षे (सन् २०१६–२०३०) मार्गचित्र नै दीगो विकास लक्ष्य हो । सन् २००० मा निर्धारण गरिएको सहस्राब्दी विकास लक्ष्यको प्रगतिको समीक्षा गरी प्राप्त प्रतिफलको संरक्षण गर्दै र नयाँ थप विश्व विकासका विषय पनि समावेश गरी विकास लक्ष्य निरन्तरताका लागि संयुक्त राष्ट्र संघको नेतृत्वमा ६० वटाभन्दा धेरै अन्तर्राष्ट्रिय संघसंस्था र ८८ वटा देशमा भएका विविध छलफलको निष्कर्षसहित विश्वलाई भोक, गरिबी, असमानता र वातावरणीय असन्तुलनबाट मुक्त गरी नागरिकलाई स्वस्थ, शिक्षित, समुन्नत र सुरक्षित बनाउने विश्व विकासको १५ वर्षे दोस्रो अभियानको नाम नै दीगो विकास लक्ष्य हो । मुल नारा ‘ट्रान्सफर्मिङ आवर वल्र्ड बाई २०३०’ भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै मूलतः पृथ्वी, मानिस, समृद्धि, शान्ति र साझेदारीलाई केन्द्रित गरेको छ ।

सन् २०१६ बाट सुरू गरिएको यस दीगो विकास लक्ष्यमा १७ लक्ष्य र १६९ वटा सूचकहरू छन् । दीगो विकास लक्ष्य संयुक्त राष्ट्रसंघको ७० औं महासभाबाट १९३ राष्ट्रले अनुमोदन गरेपश्चात सन् २०१६ जनवरी १ देखि सन् २०३० सम्मका लागि लागू भएको हो । यसमा आर्थिक, सामाजिक, र वातावरणीय पक्ष देखि विश्वमा नयाँ आएका विषय समावेशीकरण, सुशासन, अन्वेषण, रोजगारी सिर्जना, औद्योगीकरण, ऊर्जा विकास जस्ता पक्षहरू समावेश गरिएका छन् । वैदेसिक सहायतालगायत समावेशी विकासका लागि आन्तरिक तथा स्थानीय स्रोत परिचालनलाई पनि जोड दिइएको छ भने गुणात्मक पक्ष जस्तै : शिक्षा र स्वास्थ्यलाई समेत जोड दिइएको छ । दीगो विकास लक्ष्य सहस्राब्दी विकास लक्ष्यको परिपूरक र रियो प्लस २० सम्मेलनको नतिजाको रूपमा आएको साझा मार्गचित्र हो ।

दीगो विकासका लक्ष्यहरू

– सबैं प्रकारका गरिबीको अन्त्य गर्ने,

– भोकमरी अन्त्य, खाध सुरक्षाको प्राप्ति र पोषणको सुनिश्चितता,

– सबै उमेर समूहका लागि स्वस्थ जीवनको सुनिश्चितता,

– सबैलाई समावेशी, समतामूलक गुणस्तरीय शिक्षा,

– लैंगिक समानता र महिला तथा बालबालिकाको सशक्तीकरण,

– सबैका लागि सुरक्षित खानेपानी र सरसफाईमा दीगो व्यवस्थापन,

– पहुँचयोग्य, भरपर्दो, र दीगो आधुनिक ऊर्जा,

– समावेशी र दीगो आर्थिक वृद्धि तथा उत्पादनमूलक रोजगार प्रवद्र्धन,

– देशभित्र तथा बाहिरको असमानताको अन्त्य,

– समावेशी, सुरक्षित दीगो सहरीकरण र मानववस्तीको विकास,

– दीगो उपयोग र उत्पादनको सुनिश्चितता,

– जलवायू परिवर्तन र यसका प्रभाव न्यूनीकरण,

– सामूहिक स्रोतको दीगो उत्पादन र संरक्षण,

– पर्यावरणीय प्रणालीको संरक्षण,

– शान्त समावेशी समाजको सुनिश्चितता, दीगो उत्तरदायी संस्थाको विकास,

– कार्यान्वयनका उपायको सुदृढीकरण र दीगो विकासका लागि विश्व साझेदारी ।

 दीगो विकासका राम्रा पक्षहरू

– संयुक्त राष्ट्रसंघको नेतृत्वमा तयार गरिएको १५ वर्षे विकासको अवधारणा

– १७ लक्ष्य, १६९ सूचक र २३९ वटा सहायक सूचकहरू रहेका छन् । सबैभन्दा बढी पर्यावरणीय पक्षका बढी लक्ष्य निर्धारण गरिएको छ ।

– विकासलाई बृहत र बहुआयामिक रूपमा हेरेको छ । आर्थिक, सामाजिक, वातावरणीय र सुशासनका १७ वटा लक्ष्यहरू समावेश गरिएका छन् ।

– गुणस्तरीय विकासको अवधारणालाई समावेश गरिएको छ ।

– विश्व विकासको साझा मार्गचित्रको रूपमा आएको छ ।

– विकासलाई गतिशील रूपमा हेरेको छ । सहस्राब्दी विकास लक्ष्यमा पूरा गर्न नसकिएका कार्यहरू तथा अन्य समयसापेक्ष सान्दर्भिक सबै पक्षलाई समावेश गरिएको छ ।

– मूख्यतः ‘पि–फाइभ’ अर्थात ‘पिपुल, प्लानेट, प्रस्पेरिटी, पिस र पार्टनरसिप’लाई फोकस गरेको छ ।

– विकासको प्रक्रियामा वातावरणीय संरक्षणको पक्षलाई हेरेको छ ।

– विश्व समुदायसँग व्यापक छलफल तथा प्राप्त सुझावका आधारमा तयार गरिएको हुँदा आवश्यकतामा आधारित र सहभागितामूलक छ ।

दीगो विकास लक्ष्य र सहस्राब्दी विकास लक्ष्यमा भिन्नता

क) समानता

– दुवै संयुक्त राष्ट्रसंघबाट पारित १५ वर्षे विश्व विकासका मार्गचित्र हुन् ।

– गरिबी न्यूनीकरण तथा स्वास्थ्य सम्बन्धी विषयलाई दुवै मार्गचित्रले लक्ष्य निर्धारण गरेका छन् ।

– दुवै मार्गचित्रका उद्देश्य विश्वमा सबै राष्ट्रको साझा प्रयासबाट शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण जस्ता विषयमा सहकार्य, समन्वय गरी नागरिकलाई शिक्षित, समुन्नत, स्वस्थ र सशक्तीकरण गर्नुरहेको छ ।

– सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा परिमाणात्मक लक्ष्य निर्धारण गरी विश्व विकासका एजेन्डाहरू तय गरिएका छन् ।

ख) भिन्नता

– सहस्राब्दी विकास लक्ष्य १८३ राष्ट्रबाट अनुमोदन भएको थियो भने दीगो विकास लक्ष्य १९३ राष्ट्रबाट अनुमोदन भएको छ ।

– सहस्राब्दी विकास लक्ष्यमा ८ लक्ष्य, २१ सूचक र ५० भन्दा बढी सहायक सूचक थिए भने दीगो विकास लक्ष्यमा १७ लक्ष्य, १६९ सूचक र २३९ वटा सहायक सूचकहरू समावेश गरिएका छन् ।

– दीगो विकास लक्ष्यले सन् २०३० सम्म विश्वको गरिबीलाई ‘जिरो’ बनाउने महत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ ।

– दीगो विकास लक्ष्यले मुख्य ५ वटा विषयमा केन्द्रित गरेको छ ।

– दीगो विकास लक्ष्यले ‘टिएचपी’ पिलरलाई आधार बनाएको छ ।

– सहस्राब्दी विकास लक्ष्य धनी राष्ट्रले गरिब राष्ट्रलाई अनुदान सहायता दिने मोडेलमा तयार गरिएको थियो ।

– सहस्राब्दी विकास लक्ष्यले गरिबी र भोकमरीलाई बढी केन्द्रित गरेको थियो भने दीगो विकास लक्ष्यले यसको साथै ऊर्जा, पर्यावरणीय पक्ष, समावेशी र सन्तुलित विकास, गुणस्तरीय शिक्षा समेतलाई जोड दिएको छ ।

– दीगो विकास लक्ष्य विश्वव्यापी सहभागीतामूलक सुझावको आधारमा तयार गरिएको छ भने सहस्राब्दी विकास लक्ष्य सीमित सहभागिताको आधारमा तयार गरिएको थियो ।

– दीगो विकास लक्ष्यका सूचकहरू एक–अर्कासँग अन्तरसम्बन्धित छन् । एउटा प्राप्त गर्न अर्को पनिसँगसँगै बढाउनुपर्ने हुन्छ ।

– दीगो विकास लक्ष्यका अधिकांश सूचकहरू राष्ट्रले आफै स्रोतसाधन परिचालन गर्न सक्ने छन् ।

– सहस्राब्दी लक्ष्यले सामाजिक परिमाणात्मक सूचक मात्र निर्धारण गरेको थियो ।

– दीगो विकास लक्ष्यले विकासमा मानवअधिकारको पक्षलाई विशेष जोड दिएको छ ।

दीगो विकासमा नेपालको एजेण्डा

विकास नेपालको मात्र एजेण्डा हुन सक्दैन, अरू देशको पनि हुन्छ । विकासको सन्दर्भमा नेपालले तय गरेको आवधिक योजना, कार्ययोजना तथा अन्य पक्षहरू समावेश गरेका तथ्यहरूलाई हेर्दा निम्न लक्ष्यहरू क्षेत्रगत रूपमा सम्बोधन गरेको पाइन्छ ।

– गरिबी घटाउने

– समतामूलक र गुणस्तरीय शिक्षा

– महिला हिसांको अन्त्य

– जलवायू परिवर्तन, वातावरण व्यवस्थापन

– दीगो उत्पादन तथा उपयोग

– ऊर्जा विकास, वैकल्पिक र नविकरणीय ऊर्जाको प्रयोगमा जोड

– समावेशी, समन्यायिक र समतामूलक विकास

– सुरक्षित खानेपानी, सबैका लागि खानेपानीमा पहुँच

– स्वास्थ्य सुविधा हरेक नागरिकमा पुर्याउने

– सबैका लागि शिक्षा

– पारिस्थितिक प्रणालीको संरक्षण

 

नेपालको विद्यमान अवस्था

गरिबी निवारण र मानव विकासको क्षेत्रमा नेपालले विगत दुई दशकदेखि उपलब्धीपूर्ण प्रगती गर्दै आएको छ । निरपेक्ष गरिबी प्रत्येक वर्षको अन्तरालमा एक प्रतिशत घट्दै आएको विभिन्न आँकडाबाट देखिन्छ । यद्यपी, नेपालको हालको गरिबी अनुपात दक्षिण एसियामा नै उच्च गरिबीको रेखामुनि रहेको आँकडा हो । चौधौ योजना (०७३/०७४-०७५/०७६)लगायत अन्य तथ्यांकको आधारमा दीगो विकास लक्ष्यलाई हेर्दा नेपालको विद्यमान अवस्था निम्न देखिन्छ ।

 

– वार्षिक औषत आर्थिक वृदिदर २.९ प्रतिशत छ ।

– गरिबीको रेखामुनि रहेको संख्या २१.६ प्रतिशत छ ।

– मानव विकास सूचकांक ०.५४ छ ।

– लैंगिक सशक्तीकरण सूचकांक ०.५६ छ ।

– उपभोग गिनी सूचकांक हाल ०.३२८ छ ।

– प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन (रू.हजारमा) ७९.४ छ ।

– प्रतिव्यक्ति आय अमेरिकी डलर ८५० को हाराहारीमा छ ।

– मातृमृत्युदर प्रतिलाखमा २५८ रहेको छ ।

– साक्षरता दर (१५–२४ वर्ष) ८८.६ प्रतिशत छ ।

– बार्षिक औसत रोजगारी वृद्धिदर २.९ प्रतिशत छ ।

– खानेपानी पुगेको जनसंख्या ८३.६ प्रतिशत छ ।

– समान कामको लागि महिला पुरूष ज्याला अनुपात ०.६२ छ ।

– प्राविधिक तथा व्यावसायिक सीप युवा प्रौढ संख्या ५० प्रतिशत छ ।

– विद्युतमा पहुँच प्राप्त जनसंख्या ७४ प्रतिशत छ ।

– हृदयघात, क्यान्सर, मधुमेह जस्ता रोगबाट मर्ने संख्या ३० देखि ७० वर्षको हालको संख्या २२ प्रतिशत छ ।

– औद्योगिक क्षेत्रबाट उत्सर्जन हुने हरित ग्याँस १२ प्रतिशत छ ।

 

 

दीगो विकास लक्ष्य प्राप्तिमा नेपालले तय गरेका लक्ष्य

दीगो विकास लक्ष्यलाई प्रत्यक्ष सहयोग पुग्ने गरी नेपालले विभिन्न लक्ष्य तय गरेको छ । दीगो विकास लक्ष्यअन्तर्गत नेपालले सन् २०३० सम्म गर्नुपर्ने कार्यहरूको प्राथमिकीकरण गरी लक्ष्य किटान गरेको छ । जसअन्तर्गत राष्ट्रिय योजना आयोगले तयार गरेको दीगो विकास लक्ष्यको राष्ट्रिय पुनरावलोकनलगायत नेपालको दीगो विकास लक्ष्य आधारभूत प्रतिवेदनमा निम्न विषय उल्लेख छन् ।

– प्रतिदिन १.२५ डलरभन्दा कम आय भएको जनसंख्यालाई ५ प्रतिशत पुर्याउने ।

– प्रतिव्यक्ति आम्दानी २५०० डलर पुर्याउने ।

– मातृमृत्यूदर प्रतिलाख ७० मा झार्ने ।

– समान कामका लागि महिला र पुरूष ज्याला अनुपात एक पुर्याउने ।

– ९९ प्रतिशत जनसंख्यालाई खानेपानी सेवा उपलब्ध गराउने ।

– प्राविधिक तथा व्यावसायिक सीप युवा प्रौढ संख्या ८७.५ पुर्याउने ।

– विद्युत पहुँच संख्या ९९ प्रतिशत पुर्याउने ।

– कुल ग्राहस्थ उत्पादन वृद्धिदर (प्रतिव्यक्ति) ७ प्रतिशत पुर्याउने ।

– हृदयघात, क्यान्सर, मधुमेह जस्ता रोगबाट मर्ने संख्या (३० देखि ७० वर्ष) लाई ७ प्रतिशतमा झार्ने ।

– उपभोग गिनी सूचकांक ०.१६ मा झार्ने ।

– अव्यवस्थित बसोवास गर्ने संख्या १२५ मा झार्ने ।

– औद्योगिक क्षेत्रबाट उत्सर्जन हुने हरित ग्याँसलाई ६ प्रतिशतमा झार्ने ।

नेपालको लागि चुनौती

– आवधिक योजना तथा वार्षिक बजेटसँग दीगो विकासका सूचकहरू आवद्ध गराउने,

– सरकार, निजी क्षेत्र र गैरसहकारी संस्था तथा दाताहरूबीचको सहकार्यलाई एकद्धार प्रणालीको माध्यमबाट प्रभावकारी बनाउने,

– वित्तीय स्रोत साधनको समुचित व्यवस्थापन गर्ने ।

– भूकम्पपछिको पुनर्निर्माणको कार्यलाई तीब्रता दिने, साथै भईरहेका कार्यलाई प्रभावकारी बनाउने,

– बाढी, पहिरोबाट हुने जोखिमलाई पूर्णन्यूनीकरण गर्न विभिन्न संयन्त्र निर्माण गर्ने,

– दीगो विकासको पूर्ण लक्ष्य हासिल गर्न नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्याउने,

– दाताहरूको प्रतिबद्धता अनुरूपको सहयोगमा नियमितता गराउने,

– प्राविधिक क्षमतालाई अन्तर्राष्ट्रियस्तरको बनाउने

– बढ्दो जलवायू परिवर्तनका असर न्यूनीकरण गर्ने

– सार्वजनिक सेवाप्रवाहमा नैतिकता कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने ।

– दीगो विकासका सूचकहरूलाई राज्यका सबै स्थानीयकरण गरी विशिष्टीकृत गर्ने ।

– सार्वजनिक निकायहरूको पुँजीगत खर्च तथा प्रसोधन क्षमता बढाउने ।

 

 

दीगो विकास लक्ष्य पूरा गर्न गर्नुपर्ने कार्यहरू

दीगो विकासका लक्ष्य अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार आएको र नेपालले समेत कार्यान्वयनका लागि प्रतिबद्धता जनाइसकेको अवधारणा हो । यी लक्ष्य पूरा गर्नु नेपालको समग्र विकासको लागि पनि आवश्यक छ । तर, यसको लागि राजनीतिक एवं प्रशासनिक प्रतिबद्धता, स्थानीय तहसम्मको साझा रणनीति निर्माण र कुशल नेतृत्व हुनुपर्छ । यसका लागि निम्न विषयमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

– चौंधौ योजनामा समावेश गरिएको दीगो विकास लक्ष्य अनुसारको सुक्ष्म तथा परिमाणात्मक सूचक र लक्ष्यहरू निर्धारण गर्ने ।

– दीगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म गर्ने कार्यहरूको विस्तृत सूची सहितको लक्ष्य पुनरावलोकन गरी किटान गर्ने ।

– निजी क्षेत्र, गैरसहकारी संस्थालगायत अन्य सरोकारवालाहरूवीच प्रचारप्रसार र आन्तरिकीकरण गर्ने ।

– बिदेशी तथा स्वदेशी निजी लगानीमैत्री वातावरणको सिर्जना गरी अधिकतम आर्थिक वृद्धिमा ध्यान दिने ।

– बैदेसिक सहायता प्राप्त गर्न साउथ एसिया कर्पोरेसन, साउथ नर्थ रिजनसँग समेत सहकार्य गर्ने ।

– अन्तर्राष्ट्रिय स्तरमा आर्थिक कुटनीतिको क्षमता बढाउने ।

– स्थानीय तहबाट हुने सेवाप्रवाहलाई समावेशी, जवाफदेही, जनउत्तरदायी र पहुँचयोग्य बनाउने ।

– दीगो विकास लक्ष्य प्राप्त हुने गरी कृषि, पर्यटन, तथा ऊर्जा क्षेत्रको विकास गरी निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने ।

– पुँजी, प्रविधि परिचालनको क्षमता विकास गर्ने ।

– राजनीतिक एवं प्रशासनिक रणनीतिक नेतृत्वको विकास गर्ने ।

– बाह्य स्रोतलाई उत्पादनमूलक परिचालन हुने वातावरण सिर्जना गर्ने ।

– कर प्रशासनमा व्यापक सुधार गरी आर्थिक क्रियाकलापको विस्तार गर्ने ।

– सेवाप्रवाहलाई समावेशी, विकेन्द्रित, उत्तरदायी, जवाफदेही र पहुँचयोग्य बनाउने ।

– प्रकोपबाट हुने क्षतिको न्यूनीकरणमा विशेष ध्यान दिने ।

– व्यवस्थित बस्ती विकास, नमुना सहरहरूको निर्माणमा जोड दिने ।

– गरिबी निवारणका कार्यक्रमहरूको एकीकृत परिचालन संयन्त्र निर्माण र कार्यक्रम स्थानीयकरण गर्ने ।

– बढ्दो भ्रष्टाचार नियन्त्रण गरी राजनीतिक, प्रशासनिक उच्च सदाचारिताको विकास गर्ने ।

– गुणस्तरीय स्वास्थ्य सुविधालाई स्थानीय तहसम्म विस्तार गर्ने ।

– बढ्दो सहरी वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न सबैं (उद्योग कलकारखाना, यातायात, स्वास्थ्यलगायत अन्य) क्षेत्रमा परिमाणात्मक मापदण्ड सहितको कानुन निर्माण र कार्यान्वयन गर्ने ।

– दीगो आर्थिक वृद्धिलाई सहयोग हुने खालका उत्पादनमूलक रोजगारीको सिर्जना गर्ने ।

– सन्तुलित, समावेशी दीगो विकास पूर्वाधार संरचनाको निर्माणमा जोड दिने ।

– मुलुकको आर्थिक समृद्धिको लागि ऊर्जा क्षेत्रमा प्रत्यक्ष वैदेसिक लगानी भित्र्याउन विशेष जोड दिने ।

– निर्यातयोग्य उत्पादनमूलक उद्योग स्थापनामा विशेष जोड दिने ।

– ‘वेल टार्गेट इन्कुलुजन’सहितको सशक्तीकरण र समतामूलक विकासमा जोड दिने ।

– स्थानीय तहलाई विकासमा पूर्ण जवाफदेही, जिम्मेवार, नैतिकवान बनाउन प्राविधिक, आर्थिक क्षमताको विकास गरी सशक्तीकरण गर्दै जाने ।

निष्कर्ष

कुनै पनि देशको मुख्य उद्देश्य आफ्ना राष्ट्रका नागरिकलाई सुखी, खुसी र समुन्नत बनाउनु नै हो । पूर्वाधार विकास मात्र राष्ट्र समृद्धिको आधार हुन सक्दैन । दीगो विकास सहितको मानव विकास अहिलेको तेस्रो पुस्ताको अपरिहार्य आवश्यकता हो । विकास मानिसलाई चाहिएको हो कि मानिसलाई विकास, अहिलेको यक्ष प्रश्नलाई ग्रहण गर्नु आवश्यक छ । प्राकृतिक सम्पदाको दोहन गर्ने अधिकार अहिलेको पुस्तालाई मात्र छैन, भावी पुस्ता पनि यसैका हकदार छन् । विकासलाई बहुआयामिक, बृहत र पर्यावरणीय चस्माबाट हेरी विकासलाई मानवकेन्द्रित ढंगबाट नमुनायोग्य र योजनावद्ध रूपमा नैतिकतावान, सदाचारिता, जनउत्तरदायी र जवाफदेही तवरले कार्यान्वयन गर्न सके यसले लिएको लक्ष्य एकातिर त पूरा नै हुन्छन् भने अर्काेतर्फ समुन्नत, समृद्धियुक्त राष्ट्र निर्माणको लक्ष्य पूरा हुन्छ ।