Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

निजामती सेवा र कर्मचारी कार्य सम्पादनको चुरो

 निजामती सेवा राजनीतिक तहबाट प्रस्तुत गरेका सोचदृष्टिकोण र प्रतिबद्धतालाई कार्यक्रममा रुपान्तरण गरी कार्यन्वयन गर्ने एक संयन्त्र हो । जसले सरकारले निर्धारण गरेका नीति कार्यान्वयन र सेवाप्रवाह तटस्थरुपमा प्रक्रिया पुर्‍याई सम्पन्न गर्दछ । निजामती सेवामा प्रवेश प्राप्त गर्न योग्यता पुगेका नेपाली नागरिकले लोक सेवा आयोगबाट लिईने परीक्षाहरु पार गर्नुपर्दछ । योग्यता प्रणालीमा आधारित भई प्रतिस्पर्धी उम्मेदवारहरुको बीचबाट आयोगले योग्यतम व्यक्ति छनौट गरी सरकारलाई नियुक्तिका लागि सिफारिश गर्ने भएकाले योग्यउत्तम र सक्षम व्यक्तिहरुबाट निजामती सेवा वा नेपालको कर्मचारीतन्त्र निर्माण हुन्छ । निजामती कर्मचारीले सहज तथा विषम परिस्थितिमा दुर्गम र सुगममा रही जनतालाई जन्मदेखि मृत्युसम्मका आवश्यक सेवाहरु दिईरहेका छन्दिईरहनेछन् । यद्यपिजनताले अपेक्षा गरे अनुरुप सार्वजनिक सेवा पाईरहेका द्द छैनन् । पूँजीगत खर्च विनियोजन गरे अनुरुप खर्च भएको छैन । विकासका कार्यहरु अधुरा र अन्यौलमा छन् । नेपालको निजामती सेवाले असक्षमअनुत्तरदायीअनुदारअसहयोगी र अनैतिकको आरोप र कलङ्क बोक्दै र खेप्दै आएकोछ । निजामती कर्मचारीलाई भ्रष्टकार्यालयमा नबस्नेसेवाविमुखनिरङ्कुश र कार्यसम्पादन न्यून भएको जमात जस्ता ट्याग पनि जबरजस्त झुण्ड्याईएको छ । निजामती सेवा र कर्मचारीहरुमा काम गर्न नसक्ने लक्षणहरु र कमजोरीहरु पनि होलान् । तर, द्धन्द्धकालमा भूमीमा नै बसेर जनतालाई सेवा दिने निजामती कर्मचारी नै थिए । भूकम्पबाढीपहिरो जाँदा अग्रभागमा बसेर सेवा दिने पनि कर्मचारी नै थिए । विकास निर्माणका काम गर्नेजनतालाई अत्यावश्यक सेवाप्रवाह निरन्तर गरिरहने पनि निजामती कर्मचारी नै हुन् । महिनौं महिना संसदबाट बजेट पारित नहुँदा पनि आफनो जिम्मेवारी निभाउने र जनसेवामा जुट्ने निजामती सेवाका कर्मचारीको गुण र योगदान विर्सनु अन्याय हुन्छ । यस सन्दर्भमा यस आलेखमा निजामती सेवा र निजामती कर्मचारीलाई लगाइएका र बोकाईएका कसुर आरोपहरु लेखाजोखा गर्ने प्रयत्न गरिएको छ ।

 

कर्मचारीको कार्यसम्पादन क्रियाको सैद्धान्तिक पक्षः कर्मचारीको कार्यसम्पादन खासगरी कर्मचारीको क्षमताउत्प्रेरणा र कार्य वातावरणमा निर्भर गर्दछ । पहिलोनिजामती कर्मचारीको क्षमताको विषयमा चर्चागर्दा लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाहरु उत्तीर्ण गरी सेवा प्रवेश गर्ने भएकाले उनीहरुको क्षमतामा प्रश्न गर्ने ठाउँ नै हुँदैन । केवल कार्य विशिष्टीकरणका कारणले निजामती कर्मचारीको क्षमता समसामयिक बनाउन भने आवश्यक भै रहन्छ । क्षमता विकासका लागि तालिम दिने गरिएको पनि हुन्छ । कार्यसम्पादन गर्न कर्मचारीहरुलाई कुनै कठिनाई हुँदैन । साथैनिजामती कर्मचारी वृति विकासका लागि आफै जिम्मेवारी पुरा गर्न अग्रसर हुने कारण पनि कार्यक्षमता परिणाम प्राप्त गर्न कहिल्यै समस्या बन्ने गर्दैन । कर्मचारीको कार्यसम्पादन क्रियालाई उत्प्रेरणाले सोझो प्रभाव पार्दछ । उत्प्रेरणा एक मनोवैज्ञानिक तत्व र बुझाई हो । व्यक्तिलाई आवश्यकता पुरा गर्न अग्रसर बनाउने जागर र उत्साह मनभित्रबाट आँउछ । सिद्धान्ततः निजामती सेवामा कार्यरत कर्मचारीहरु संगठन र आफ्ना आवश्यकताहरु पुरा गर्ने उद्देश्यले आवश्यक प्रयत्न गर्दछन् । त्यो नै उत्प्रेरणा हो । संगठनात्मक विश्लेषणको दृष्टिकोणमा आवश्यकताको वृहत्तर अर्थ संगठनको मिसन र उद्देश्य तथा संगठनमा कार्यरत कर्मचारीहरुको वृत्ति विकास गर्ने उद्देश्यसँग उत्प्रेरणा गाँसिएको हुन्छ । यसकारण संगठनको उद्देश्य लक्ष्य प्राप्तिको साथसाथै व्यक्ति आफ्नो खाना खानेसामाजिक सुरक्षा खोज्नेसम्मान चाहने र पदीय सन्तुष्टी खोज्ने गर्दछ । यस्ता तत्वहरुको क्रमबद्धतामा अनिश्चितता भयो भने व्यक्तिको उत्प्रेरणा संकटमा पर्दछ र कार्यसम्पादन क्षमतामा नकारात्मक प्रभाव पर्दछ । यसकारण कर्मचारीको उत्प्रेरणामा आघात पर्ने गरी कर्मचारीको सेवासर्त र सुविधाहरु हेरफेर र कटौति गर्न हुदैन । निजामती सेवाको कार्यसम्पादनस्तर मुलतः कार्य वातावरणमा निर्भर गर्दछ । कार्यवातावरण भनेको राजनीतिकआर्थिकसामाजिकप्राविधिक र प्रशासनिक ऐनकानूनको वर्तमान अवस्था हो । नेपालको राजनीति अस्थिर छ । आर्थिक विकास मन्द छ । समाजमा एकातिर सूचना सञ्चार प्रविधिको प्रयोग बढ्दो छ र साक्षरताको क्रमशः वृद्धिले शिक्षित समाजको विकास र दु्रतगतिका परिवर्तनका लहरहरु देखापरेका छन् । घ अर्कोतिर विविधतायुक्त समाजमा आ-आफ्नो संस्कृति संरक्षणको रुची पनि टड्कारै देखिएकोछ । सार्वजनिक संगठनहरुको कार्यजन ९धयचपायचअभ० मा विविधता आएकोछ । सरकारी कार्यालयहरुमा सूचना सञ्चार प्रविधिको विकास अनुरुप प्रविधि प्रयोग अपर्याप्त छ । वदलिँदो राजनीतिक आर्थिक सामाजिक वातावरण अनुरुप प्रशासनिक ऐनकानूनको सुधार गर्न र कर्मचारीको मन छुने सुधार गर्न सकिएको छैन । देशको शासन सञ्चालनमा कर्मचारीतन्त्र मात्रै पनि हुँदैन । यससन्दर्भमा निजामती सेवाको कार्य वातावरणका महत्वपूणर् पक्षहरु जसले निजामती कर्मचारी र सेवाको कार्यक्षमतामा असर पारिरहेका छन् तीनको विवेचना गर्न आवश्यक एवं उचित देखिन्छ । उदाहरणको लागि राजनीतिक अस्थिरताले निम्त्याएको तदर्थ प्रवृत्तिमा काम गर्न कठिन छ । निजामती कर्मचारीहरुको काम गर्ने वातावरणकार्य पद्धति र सोसँग जोडिएका देहायका विविध पक्षहरुको विश्लेषण गरेर मात्रै निजामती सेवाको चरित्र र कार्यसम्पादन उपलब्धीको मूल्याङ्कन गर्न तथा आरोप लगाउन उचित हुन्छ ।

(क) निणर्य प्रक्रियाका नालीबेली निणर्य नलिइकन कुनै कार्य सम्पन्न हुँदैन । प्रचलित ऐननियमप्राप्त अधिकारस्थापित विधि र प्रक्रियाउपलब्ध बजेटस्वीकृत कार्यक्रम र नियमित कार्यसम्पादन गर्ने विषयहरुको आधारमा कर्मचारीले निणर्य गर्नुपर्दछ । निजामती सेवाको तल्लो तहदेखी माथिल्लो तहसम्मका पदाधिकारीलाई प्रचलित कानूनले तजविजमा निणर्य गर्ने कुनै अधिकार र ठाँउ दिएको छैन । स्वार्थ वा हित समूह ९क्ष्लतभचभकत न्चयगउक० को राजनीतिक नेतृत्वसँग सिधा सम्बन्ध र सम्पर्क हुने तथा पैसा र सूचना पनि हुने कारण निजामती सेवाको निणर्य प्रक्रियामा हावी हुने गरेकोछ । विधि र प्रक्रियाले निणर्य गर्न नहुने विषयमा निणर्य लिनु पर्ने दवाव सिर्जना हुन्छ । काम गर्न तजबिजको अधिकारको अभावमा कर्मचारीले आफ्नो वुद्धि र विवेक प्रयोग गर्न सक्दैन । विवेकविधि र बुद्धिलाई बन्धक राखेर निणर्य गर्ने की नगर्ने भन्ने प्रश्न कर्मचारीको अगाडी खडा हुन्छ । प्रक्रिया पुर्‍याउनु पर्नेमा प्रक्रिया नपुगेका कारण निणर्य नगर्दा कर्मचारीतन्त्रमाथि मन्त्री वा निर्वाचित वा नियूक्त पदाधिकारीलाई असहयोग गरेको दोष लाग्ने गरेको छ । रीत नपुगेको निणर्य अदालत वा निगरानी गर्ने निकायमा उजूरी पर्नासाथ गलत सावित हुन्छ । खोजी पत्रकारिताको शिकार हुन्छ । निणर्य नगरौं भने नराम्रो मन्त्रालयकार्यालय वा अपायक भूगोलमा सरुवा हुन सक्छ । अनेकौं दुष्परिणाम भोग्नु पर्ने हुन्छ । यसरी कर्मचारी द्वन्द्वमा फस्छ र निणर्य पन्छाउनेअनुपस्थित हुने वा ढिलो गर्ने धुनमा लाग्दछ र मन्त्रि रिझाउने रणनीतिमा नै धेरै समय बिताउँछ । यसप्रकारको वातावरणले कार्यसम्पादन उच्च हुनै सक्दैन र दिँदैन पनि ।

(ख) कार्यक्रम बजेटभन्दा तलब बजेट उच्च हाम्रा मन्त्रालयकार्यालयहरुको कार्यक्रमका लागि बजेट विनियोजन गर्दा हात कमाउने प्रवृत्ति अर्थ मन्त्रालयको छ । तलब बजेट त दरबन्दी अनुरुप नै प्राप्त हुन्छ तर कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याइँदैन । भनसुनमा बजेट विनियोजन हुने परम्परा छ । परिणाम कतै बजेटको थुप्रो लाग्ने र कतै बजेटको चरम अभाव हुने देखिन्छ । कर्मचारी मात्रै भएर के गर्नेकार्यक्रमका लागि बजेट नभएपछि । यस अवस्थामा कर्मचारीको कार्यसम्पादन कसरी उच्च हुन्छ र ?

(ग) कमिशनको आकांक्षा र कतिपय विकास कार्यहरु सञ्चालन गर्ने मन्त्रालयविभाग र कार्यालयहरुमा सामाजिक अगुवावलवानराजनीतिक नेता कार्यकर्ता तथा हीत समूहहरु कमिशनको अपेक्षा गर्दै ढुक्ने वा परियोजनाहरुको कार्यान्वयनमा संलग्नता खोज्ने गर्दछन् । कार्यालयहरुले कार्यसम्पादन गर्ने विधि र प्रक्रिया अवलम्बन गर्न खोज्दा कमिशनका आकांक्षीहरुको दबावले विधि र प्रक्रिया फड्केर निणर्य गर्नु पर्ने अवस्था आउँछ । तर निजामती कर्मचारीले विधि र प्रक्रिया नपुर्‍याई निणर्य गर्न चाहँदैन । द्धन्द्ध पैदा हुन्छ र काम हुँदैन । त्यस्तैविकास निर्माणका लागि ठेक्कापट्टा हुन्छगुण्डाका नाइकेहरुको संलग्नता र कतिपय अवस्थामा राजनीतिक कार्यकर्ता वा राजनीतिक पहुँच भएकाहरुको नै ठेक्कापट्टा हुन्छ । ठेकेदारहरु हानी हुने भएपछि काम गर्न खोज्दैनन् । भेरिएसन खोज्दछन् । उनीहरुलाई राजनीतिक संरक्षण हुन्छ । द्धन्द्ध पैदा हुन्छ र काम हुँदैन । देशमा विविध कारणले हडताल र बन्द हुन्छन् । इन्धन र सामानको समयमा आपूर्ति हुँदैन । श्रमिक काममा आउँदैनन्ठेकेदारहरुले कार्य गर्न सक्दैनन् । परिणाम काम हुन सक्दैन । यस्तो अवस्थामा सबै दोष कर्मचारीले मात्रै बोक्नु पर्ने हो त काम भएन भनेर दोष कर्मचारीतन्त्रलाई मात्रै लगाउन मिल्ला र ?

(घ) प्रशासनिक सुधारमा शिथिलता निजामती सेवामा अनेकौँ सैद्धान्तिक र व्यवहारिक कमजोरीहरु छन्जसले कार्यसम्पादनलाई असर पुर्‍याएको देखिन्छ । निजामती कर्मचारी संसारका सबै देशहरुको तुलनामा कम उमेर ५८ वर्षमा अवकाश हुन्छन् । अवकाश उमेर बढाउन लोक सेवा आयोग र प्रशासन सुधार आयोगले ६० वर्ष पुर्‍याउन सिफारिश गरे पनि ऐनमा समावेश हुन सकेको छैन । संघीय निजमती सेवा ऐन आउन सकेको छैन । समय नहुदै अवकाश हुनुपर्दा कर्मचारीमा उत्प्रेरणा छैन । निजामती सेवामा पदोन्नती र सरुवा अनुमान योग्य छैन्न । कर्मचारीको सरुवा मन्त्रालयविभागकार्यालयहिमालपहाडतराई तथा केन्द्रजिल्लामा कसरी गर्ने भन्ने पद्धति प्रणालीले निर्धारण गरे पनि सो अनुरुप कार्यान्वयन हुन सकेको छैन । विशिष्टीकरणको सम्मान छैन । कर्मचारीको सरुवामा बढी राजनीति हुने गरेकोछ । सरुवा कर्मचारीका लागि दण्ड र पुरस्कार बन्ने गरेको छ । सरुवा र पुरस्कारका निणर्यहरु प्रोक्सिमिटी सिद्धान्तको आधारमा हुने गरेकाछन् । कार्यालयहरु राम्रा नराम्रा (१,,,गरि)सुदूरदुर्गम र सुगमका रुपमा विभाजित छन् । कार्यप्रक्रिया लामो छ । निणर्यका तह घटाउन र अधिकार प्रत्यायोजन गर्न सकिएको छैन ।

(ङ)  भ्रष्टाचारको दलदल नेपाली समाज भ्रष्ट्राचारको दलदलमा फसेको छ । सामाजिकसाँस्कृतिकआर्थिक र राजनीतिक वातावरण भ्रष्ट छ । सेवाग्राही व्यक्तिसंस्था वा गैरसरकारी संस्था सञ्चालन गर्ने सञ्चालकनिजी उद्योग व्यवसाय गर्ने उद्यमीपत्रकार सबै विधि प्रक्रिया नमिले पनि आफ्नो स्वार्थ पुरा गर्न उद्यत हुन्छन् । पैसा देखाएर वा धम्काएर वा दबाब दिएर आफ्नो काम सल्टाउन खोज्दछन् । नेता अभिनेतासमाजसेवी पनि यस प्रकारको प्रवृत्तिबाट अछुतो छैनन् । अनि भ्रष्टाचारको आरोप निजामती कर्मचारी र प्रहरीले मात्र बोक्नु पर्ने । निजामती कर्मचारी छ तथा प्रहरीलाई भ्रष्ट भन्न रुचाउने सबैले एकपटक आफुले आफनो नमिल्ने काम फत्ते गर्न निजामती कर्मचारी र प्रहरीहरुलाई दिएको दबाबदेखाएको लोभदिएको धम्की सम्झे मात्रै पनि पुग्छ । समाज नै भ्रष्ट प्रवृत्तिको भएपछि कर्मचारी मात्रै दोषी हुन्छन् र ! (च) नीति र कानूनको जंगल सार्वजनिक प्रशासन नीति र कानूनको जंगलमा फसेको छ । निजामती सेवाले कार्यसम्पादन गर्न खोज्यो भने कतै नीति छैनकतै धेरै नीति छन् । एकातर्फ आवश्यक कानून छैन अर्कोतर्फ काम गर्न खोज्यो कानूनै कानून छन्टसमस गर्नै सकिँदैन । गजवको नीतिगत विरोधाभाष छ । त्यस्तैनिगरानी गर्ने निकायहरुको निरन्तर केरकारछिद्रन्वेषण र अग्रिम निर्देशनले निजामती सेवाले फड्को मार्न सक्ने अवस्था पनि छैन । यो द्धन्द्धपूर्ण र अन्योलपूर्ण अवस्थाले कर्मचारीलाई काम गर्न सहयोग गर्दैन । अनि कताबाट कार्यसम्पादन उच्च रहोस र ?

(छ) समन्वयको उपेक्षामा निरन्तरता कार्यसम्पादनमा सबैभन्दा समस्या समन्वय रहेको छ । सरकारी निकाय र हीतसमूह वा सरकारकै निकायबीच पर्याप्त समन्वय छैन । समन्वय गर्ने शक्तिशाली निकाय पनि छैन । सेवाप्रवाह र परियोजना कार्यान्वयनमा सबैतिर अर्थात सरकारीनिजी तथा सर्वसाधारण जनताका चासोहरु आउँछन् । सबै व्यक्ति संस्था बृहत्तर स्वार्थ पन्छाएर आत्मकेन्द्रित बन्न पुग्दछन् । तानातान हुन्छसमन्वय गर्न छोडेर नीहित स्वार्थसिद्धको अवसरतिर लाग्दछन् ।  जसले गर्दा द्धन्द्ध बढ्छ । एउटै काम देहोर्‍याई तेहर्‍याई गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा कर्मचारीको कार्यसम्पादन स्वतः संकटमा पर्ने गरेको छ ।

(ज)  कर्मचारीमा उत्प्रेरणा खोजीको अभाव कर्मचारी मान्छे हो उसको पनि मन हुन्छ । मन र मनोबललाई उच्च राख्न मनले उत्प्रेरणाको उर्जा खोज्दछ । उत्प्रेरणा मौद्रिक अमौद्रिक दुवै हुन्छ । एकातर्फ निजामती सेवामा काम गर्ने कर्मचारीको पर्याप्त पारिश्रमिक छैन भने अर्कोतर्पकर्मचारीहरुलाई दोष मात्र देखाउने र सुविधाभोगी भन्दै गाली गर्ने राजनैतिक प्रवृत्तिले काम गर्ने वातावरण बन्न सकेको पनि छैन । निजामती कर्मचारीले पाएको सबै सुविधा अत्यन्त न्यून छन् । सुविधाहरु न विदेशी मुलुकका निजामती कर्मचारी सरह छन् न स्वदेशका निजी क्षेत्रका कर्मचारीको भन्दा बढी । वास्तविकता नबुझी निजामती कर्मचारीहरुलाई सुविधाभोगी भन्दै नारा लगाउने र इष्र्या गर्दै गर्दा कर्मचारीहरुको अनुत्प्रेरित मनले कार्यसम्पादन उच्च राख्न कठिन हुन्न र ?

(झ) राजनीति र प्रशासनको हेट एण्ड लभ” को सम्बन्ध राजनीतिलाई सफलता चुम्न सहयोग गर्ने निजामती प्रशासन हो । राजनीति गर्नेहरु पद प्राप्तिसँगै इमोशनल हुने र कर्मचारीतन्त्रलाई कमजोर सम्झने गर्दछन् । कर्मचारीले मन्त्रीलाई विधि र प्रक्रिया सुनाउँदा असहयोग गरेको आरोपमा खेप्नु पर्ने अवस्था छ । राजनीतिका कतिपय इमोशनल मागहरु विधिव्यवहारले पुरा गर्न ट सम्भव हुँदैन । माग सम्बोधन गरुँ कानूनी र नैतिक सीमा उल्लङ्घन हुनेनगरुँ मन्त्रीसँग असमझदारी बढ्ने एक किसिमको द्धन्द्धात्मक वातावरणमा कर्मचारीहरु बाँचिरहेका हुन्छन् । संगठनको नेतृत्व (मन्त्रीनिर्वाचित पदाधिकारी वा नियुक्त व्यक्ति) र कर्मचारीतन्त्रबीच सुमधुर सम्बन्ध त्यसबेला बन्न सक्छ जुनबेलामा नीति कानूनविधि प्रक्रिया अनुरुप काम हुन्छ । नकारात्मकरुपमा हेर्दा सबै नियम प्रक्रिया मिचेर दुवै पक्षको निजी स्वार्थ र हीतको परिपूर्ति गर्न उद्यत भएको अवस्थामा पनि सम्बन्ध राम्रो हुन्छ । वेनियम गर्ने की नगर्ने राजनीतिक दबाबहस्तक्षेप र ठाडो निर्देशन कर्मचारीतन्त्रले तथा कर्मचारीको मौन असहयोग राजनीतिले कहिलेसम्म सहिरहने नेपालको प्रशासनमा राजनीति र प्रशासनको जनसेवा गर्ने र देश विकास गर्ने पवित्र उद्देश्य प्राप्तिमा दुवैबीच लभ लभको सम्बन्ध हुन्छर हुनुपर्दछ पनि । तर राजनीति र प्रशासनबीच उद्देश्य लक्ष्य फरक फरक भएको अवस्थामा हेट हेटको सम्बन्ध रहन्छ । हेट हेटको परिस्थितिमा राजनीतिक नेतृत्व र निजामती कर्मचारी दुवैको कार्यसम्पादन स्तर उँचो हुन सक्दैन ।

(ञ) छिरलिएको बजेटगिथलिएको प्राथमिकता र बिर्सिएको लक्ष्य नेपालको संविधानले स्थायी सरकार बन्न सामान्यतया सम्भव देखिदैन । अस्थीर सरकार भएका कारण हाम्रो विकास परिणाममुखी नभएर स्लोगानमुखी (नारामुखी) छ । तर्दथवादको सिद्धान्तमा विकासका कार्यक्रमहरु बन्ने गरेका छन् । नीति योजना बन्ने तर नीति र योजना अनुरुप कार्यक्रमहरु नबन्नेकार्यक्रमहरु बन्ने कार्यक्रमहरुलाई बजेट विनियोजन नहुने तितो यथार्थ हामीसँग छ । कार्यक्रमले नीति र नीतिले कार्यक्रम चिनेको हुँदैन । लक्ष्य भेटिँदैनबुझिँदैन कार्यक्रमहरुमा । प्राथमिकता अनुशरण नगरी अनेकौं माग र चाहनाको तथाकथित सम्बोधन गर्न बनेका साना मसिना कार्यक्रमहरुमा बजेट छरिएको हुन्छजुन पर्याप्त हुँदैन । त्यस्ता कार्यक्रमहरु प्राथामिकतामा पर्दैनन् र तीनबाट राष्ट्रिय आवश्यकताको कुनै लक्ष्य प्राप्त पनि हुँदैन । राष्ट्रिय गौरवका आयोजनाहरु भने पनि प्राथमिकता र बजेटको अभावमा अलपत्र जस्तै छन् । केवल हितसमूहनेतागण र पहुँचवालाहरुका लागि कार्यक्रम बनाउने र आफ्नाहरुलाई खुसी पार्न गरिने सालबसालीको उद्यम कहिलेसम्म जारी राख्ने हो उत्तर खोज्नु पर्दछ । पर्याप्त बजेट नभएकाप्राथामिकतामा नपरेका र अव्यवहारिक कार्यक्रमहरु कहिले सम्पन्न हुने र बीचरा कर्मचारीले स्याबासी पाउने ?

(ट)  कार्यसम्पादन प्रभावकारिताका लागि पुरस्कार रणनीति नबन्नु पुरस्कार राम्रो काम गर्नेका लागि होनकी नजिक रहेर काम गर्ने वा पदोन्नति हुन नसक्ने वा अवकाश हुन लागेकाका लागि हो । न यो भागबण्डामा बाँडिने तत्व नै हो । तर हामीले कार्यदक्षतामा आधारित भएर कर्मचारीलाई पुरस्कृत गर्न कहिल्यै जानेनौं । पुरस्कार दिएर न पाउनेले पाउनै पर्ने थियो पाएँ भन्ने सम्झन्छन दिनेलाई सन्तोष हुन्छ । यद्यपि हामी सङ्कीणर्तामा पुरस्कृत गर्न उद्यत भैरहेका छौंगरिरहेका छौं । काम गर्नेपरिणाम ल्याउने तथा काम गर्न तत्पर भइरहने कर्मचारीको कार्यसम्पादन र परिणाम अलपत्र भै आएका छन्वर्षौंदेखि । यस प्रवृत्तिले काम गर्ने कर्मचारीहरुको कार्यसम्पादन उच्च राख्न उत्पेरणा दिन सक्दैन ।  

(ठ) राजनीतिक अस्थिरताको अटुट निरन्तरता नेपालमा राजनीतिक स्थिरता कठिन छ । राजनीति सम्पूणर् नीतिको हेडमास्टर’ नीति हो । कार्यसम्पादनको नेता हो । राजनीतिक अस्थीरताले गर्दा राजनीतिले स्पष्ट दिशा ९ऋयगचकभ० लिन र कर्मचारी प्रशासनको लागि निर्देशन र विकासको स्पष्ट ढाँचा र खाका दिन सकेको छैन । राजनीतिसरकारसरकारका निणर्य सबै तदर्थमुखी हुने गरेका कारण निजामती सेवा र कर्मचारीका निणर्यहरु पनि तत्कालको परिस्थिति साम्य पार्न मात्रै केन्द्रित हुन्छन् । रणनीतिक सोंच र निणर्य त राज्यले पाएकै छैन । दीर्घकालीन दृष्टिकोण र निणर्य गर्न राजनीतिक अस्थिरताले बाधा पुर्‍याएको मात्र होइन अनियमित र कतिपय अवस्थामा गैरकानूनी निणर्य गर्न पनि उक्साएको देखिन्छ । परिणामस्वरुप निजामती सेवाले कार्यकुशलता नकारात्मक बन्न पुगेको आरोप खेप्नु परिरहेको पनि छ ।

(ड)  कार्यसम्पादन प्रोत्साहनका लागि द्यबिलपभत ष्लअभलतष्खभ नीति सबै मन्त्रालयविभागनिकायहरु कामको प्रकृति र जिम्मेवारीको दृष्टिले आवश्यक छन् तर समान रुपले आकर्षक हुँदैनन् । मन्त्रालय निकायहरुमा काम छतर उत्प्रेरणको कुनै इन्सेन्टिभ’ छैन । केही वर्षदेखि कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीको आधारमा शक्तिशाली र पहुँचवाला मन्त्रालयविभागआयोगकार्यालयहरुले थप तलब प्राप्त गरिरहेका छन् । पहुँच नभएका तर काम गर्नैपर्नेउपस्थिति धान्नैपर्ने कार्यालयहरुले त्यस्तो द्यबिलपभत क्ष्लअभलतष्खभ प्राप्त गर्न नसक्दा तत्तत् कार्यालयमा निजामती कर्मचारी जान नमान्नेकेही गरी पदस्थापना वा सरुवा भयो भने नटिक्ने अवस्था रहेको कारण कार्यसम्पादन संकटमा पर्न गएकोछ । यो स्थिति दुर्गमका कार्यालयहरुमा झनै टड्कारो देखिन्छ । यसले समग्र कर्मचारीहरुको कार्यसम्पादनस्तर बढ्न मद्दत गर्दैन ।

(ढ) कार्यालयहरुको भौतिक अवस्था गएगुज्रेको कार्यालयहरुको भौतिक अवस्था काम गर्न उत्प्रेरणा दिने महत्वपूर्ण तत्व हो । तर केन्द्रदेखि जिल्लातहसम्मका कार्यालयहरुमा भौतिक सुविधा सुधारोन्मुख छ । प्रथमतःकार्यालयका आफ्ना भवन छैनन् । आवासको त कुरै नगरौं । कार्यालयमा सवारी साधनकम्प्युटरफ्याक्स जस्ता सुविधा नै छैनन्कताबाट आधुनिक सुविधाका थप उपकरणहरु होऊन् ! निजी क्षेत्र वा गैर सरकारी क्षेत्रका कार्यालयहरु कम्तिमा पनि सरकारी कार्यालयहरु भन्दा धेरै राम्रा हुने गरेका छन् । सवारी साधनयुक्त छन् । हाम्रा कार्यालय प्रमुखहरुको कोठामा पस्दा बुङ्ग धुलो उड्छसोफा फाटेको छ । कताबाट काम गर्ने उच्च मनोबल होस् र कार्यसम्पादन उच्च पाइयोस् त नि निजामती कर्मचारीहरुको ।

(ण) अपर्याप्त तलबमा बाँच्नु पर्ने बाध्यता निजामती सेवामा काम गर्ने बाबुआमाका छोराछोरी निजामती सेवामा प्रवेश गर्न चाहन्नन् । तर हिरो हिरोइनका छोराछोरीकलाकारका छोराछोरीव्यापारीराजनीतिज्ञका छोराछोरी बाबुआमाको पेशामा लाग्न रुचाउँछन् । यहाँसम्मकी गुण्डाका छोराछोरी गुण्डा हुनै रमाउँछन् । के कारण होला निजामती कर्मचारीका छोराछोरी निजामती कर्मचारी बन्न नखोज्ने भनेर अनुसन्धान गर्दा र बुझ्दा न्यून आयन्यून तलब अगाडी आएको ड थियो । कुनै एउटा कर्मचारी छोराछोरीको लालनपालन र पठनपाठन सोच्दै कुर्सीमा बस्छ । बिरामी पर्दा कताबाट पैसा जुटाउने भनेर झोक्रिन्छ भने उसले कि त भ्रष्टाचार गर्नु पर्‍यो कि त चाउरिन पर्‍यो मरिच झैँ! यस अवस्थामा कर्मचारीको उच्च कार्यसम्पादनको अपेक्षा गर्नु भुल हुन्छ ।

(त) निजामती सेवामा नेतृत्वको खोजी निजामती सेवामा नेतृत्वको संकट छ । सक्षम नेतृत्वको अभावमा निजामती सेवा हाँक्न कठिन हुन्छ । राजनीतिले निजामती सेवालाई रुपान्तरण गर्ने नैतिकवानजिम्मेवारीउन्मुखउत्तरदायीसक्षम र क्रियाशील नेतृत्वको विकास गर्ने प्रयास गर्न सकेन । निजामती सेवाको नेतृत्व सीमित घेरामा खेल्नु पर्नेदबाव निर्देशनमा काम गर्ने निर्देशित खालको छ । निजामती नेतृत्वले वातावरणीय दबावका कारण निजामती सेवाको संरक्षण गर्नप्रभावकारी बनाउन र उत्तरदायी बनाउन असमर्थ भैरहेको हो भन्ने अनुभव हुन्छ । कर्मचारीको संरक्षक तथा राजनीतिसँगको संवाहक बनेर कार्यसम्पादन उच्च राख्न प्रेरणा दिने निजामती नेतृत्व नभएसम्म कर्मचारीहरुको कार्यसम्पादन उच्च राख्न कठिन हुन्छ ।

(थ) कमजोर समय व्यवस्थापन विभागीय मन्त्रीहरु राजनीतिक क्षेत्रबाट आउने भएकाले मन्त्रीहरुलाई कार्यकर्ताको भीडउनीहरुका आकांक्षा र स्वार्थ पुरा गराउने अनुरोधभनसुन र दवावको व्यवस्थापन गर्न नै कठीन देखिन्छ । कार्यकक्ष कार्यकर्ताको भीडले भरिभराउ हुन्छ । मन्त्री र मन्त्रालय कार्यकर्ताहरुको माग’ व्यवस्थापनमा नै व्यस्त रहनु पर्ने गरेको छ । मन्त्रीहरुको धेरै समय उद्घाटन शिलान्यासमा वित्ने गरेको पाईन्छ । हो मन्त्रीले कार्यकर्ताका चाहना सम्बोधन पनि गर्नु पर्ने हुन्छ तर अत्यधिक समय कार्यकर्ता केन्द्रित भएको कारण मन्त्रालयको जिम्मेवारी पुरा गर्न अप्ठेरो पर्दछ । साथैमन्त्री तथा मन्त्रालयका सचिवहरुले मन्त्रालयको नीतिकार्यक्रम बजेट निर्माणकार्यक्रम कार्यान्वयनआवश्यक समन्वय र प्रगती समीक्षामा पर्याप्त समय दिन पनि नसकेका कारण मन्त्रालय विभागका कार्यहरु समयमा सम्पन्न हुन नसकेको यथार्थ हाम्रो अगाडी छ । मन्त्री र उच्च कर्मचारी दुवैको समय व्यवस्थापन कमजोर भएको कारण अपेक्षित कार्यसम्पादनस्तर हासिल हुन नसकेका उदाहरणहरु छर्लङ्गै देखिन्छन् ।

(द)  संघीय प्रणालीमा निजामती सेवा निजामती कर्मचारी राष्ट्रिय एकताको साध्य र साधन दुवै हो । कर्मचारीको परिचालन संघप्रदेश र स्थानीय तहबीच सरुवा र पदोन्नति हुने अवस्था सःशर्त लचकता र गतिशीलता कायम गर्नु पर्दछ । त्यसो हुँदा म पनि एक दिन केन्द्रीय प्रशासनमा जान सक्छु भन्ने आशा रहन्छ भने गहन जिम्मेवारी लिनको लागि प्रदेश र स्थानीय तहमा जान पाउने अवसर पनि राख्नुपर्ने हुन्छ । यो प्रावधान कर्मचारी व्यवस्थापन गर्न मात्रै होईन समग्र कर्मचारीतन्त्र र देशलाई एकीकृत गरी राख्न समेत अपरिहार्य हुन्छ । अहिले संघीय शासनअनुरुप कर्मचारीको व्यवस्थापन गर्न सिद्धान्त र कार्यक्रम निर्धारण हुन सकेको छैन । कर्मचारीलाई ठेलेर’ स्थानीय तह वा प्रदेशमा पठाउनु भन्दा आशा र उत्प्रेरकको खोजी गरी व्यवस्था गर्नु पर्दछ । हचुवामा गरिने कर्मचारी व्यवस्थापन प्रत्युत्पादक हुन जान्छ । ढ निजामती कर्मचारीको उच्च कार्यसम्पादनका लागि सुधारका क्षेत्रहरु निजामती सेवा र कर्मचारी न्यून कार्यसम्पादन वा सेवामुखी नभएको वा भ्रष्ट रहेको आरोप लाग्नुमा निजामती कर्मचारीको कारणभन्दा निजामती सेवाको राजनीतिकआर्थिक र सामाजिक कार्य वातावरणको योगदान प्रमुख छ । कर्मचारीतन्त्र स्वच्छन्दरुपमा कार्य गर्ने संयन्त्र होईन । नीतिप्रक्रिया र कानूनको सीमित घेराभित्र काम गर्ने भएकाले कर्मचारीतन्त्रले प्राप्त अधिकारबजेट र कार्यक्षेत्र अनुरुप कार्य सम्पन्न गर्दछ । उत्प्रेरणा नभएका कर्मचारीले काम गर्न सक्दैनन्यो विश्वजनित सिद्धान्त हो । कार्यसम्पादन एक प्रक्रिया हो जुन संगठनको लक्ष्य प्राप्ति गर्न केन्द्रित हुन्छ । व्यवस्थापनका सिद्धान्तले मानिससामाग्रीपैसा र प्रक्रियाको प्रभावकारी उपयोगलाई जोड दिन्छ भने समाजशास्त्रअर्थशास्त्रका सिद्धान्तहरुले श्रम तथा मानिसको कुशल व्यवस्थापनको आवश्यकता दर्शाउँछन्संगठनको उपलब्धी हासिल गर्न । उत्प्रेरित कर्मचारीले मात्र अपेक्षित जिम्मेवारी बोधउत्तरदायित्व वहन गर्ने र उच्च कार्यसम्पादनका लागि क्षमताको भरपुर उपयोग गर्दछ । कर्मचारीको उत्प्रेरणा मूलतः पारिश्रमिकस्याबासी र वृत्ति विकास तथा संघप्रदेश र स्थानीय तहबीचको गतिशीलताका पक्षहरुमा आधारित हुन्छ । निजामती कर्मचारी क्षमताको दृष्टिमा कत्ति पनि कमजोर छैन तर उनीहरुको क्षमता सदुपयोग हुन सकेको छैन । साथैज्ञानसीप र अभ्यास अन्तर्राष्ट्रियस्तरको र समसामयिक बनाउन पनि हरदम आवश्यक हुन्छ । निजामती सेवा राष्ट्र हाँक्ने सेवा हो भने अन्य सेवाहरु सामाजिकआर्थिक उन्नतिका लागि जिम्मेवार हुन्छन् । यसकारण निजामती कर्मचारीको उच्च कार्यसम्पादनका लागि निजामती सेवाको अलग अस्तित्वअलग क्षमताउत्प्रेरणा र सेवा सुविधा हुनुपर्दछ । यस सन्र्दभमा सेवा वा संगठनको उद्देश्य प्राप्त गर्न निजामती कर्मचारीका प्रतिकूल अवस्था र अपर्याप्त सुविधामा सुधार गर्दै लैजान आवश्यक छ । निष्कर्ष निजामती कर्मचारीको उच्च कार्यसम्पादन आजको आवश्यकता हो । सुशासनको गुण हो । निजामती सेवालाई उत्तरदायीनैतिकवान र प्रभावकारी बनाउनको लागि एकातर्फ सशक्त नेतृत्व र उत्प्रेरित कर्मचारी हुनुपर्दछ भने अर्कोतर्पकार्यवातावरण सहज र सरल हुनु पनि पर्दछ । राजनीति र प्रशासन बीच सौहार्द र सहयोगी सम्बन्ध हुनुपर्दछ । निजामती कर्मचारीको क्षमता सामुहिकरुपमा भन्दा व्यक्तिगतरुपमा प्रभावकारी रहेको भन्ने परिप्रेक्ष्यमा टिममा काम गर्ने संस्कृतिको विकास पनि आवश्यक देखिन्छ । निजामती सेवाको कार्यसम्पादन संगठनको लक्ष्य प्राप्ति गर्न केन्द्रित हुन्छ । यस सन्र्दभमा कर्मचारीको उच्च कार्यसम्पादनका लागि निजामती सेवाको अलग अस्तित्व स्वीकार गर्दै सेवालाई प्रोफेशनल’ परिणाममुखीसेवाग्राहीमुखीछिटोछरितोपारदर्शी र उत्तरदायी) बनाई स्वीकृत राजनीतिक नीतिफ्रेम भित्र स्वतन्त्ररुपमा कार्यसम्पादन गर्न दिनुपर्दछ । सबैभन्दा महत्वपूणर् पक्ष निजामती कर्मचारी राष्ट्रिय एकता कायम गर्ने कडी भएकाले संघीय शासन प्रणालीमा कर्मचारीतन्त्रको व्यवस्थापन र सञ्चालन वैज्ञानिक एवम् राष्ट्रिय स्वार्थ अनुरुप हुन जरुरी छ । यस सम्बन्धमा निजामती सेवाको कार्य वातावरण सहज बनाउन सरकारकर्मचारी र समाजले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ.