Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

भन्सार सम्बन्धी सामान्य जानकाी

  प्रज्ञापनपत्र भनेको के हो ?

निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम हो ।

प्रज्ञापनपत्रलाई कसरी प्रस्तुत (Submit) गरिन्छ ?

ASYCUDA पद्धति लागू भएको भन्सार नाकामा विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सकिन्छ भने अन्य कार्यालयहरुमा उपस्थित भई दर्ता गराउनु पर्ने हुन्छ ।

विजक भन्नाले के बुझिन्छ ?

विक्रेताले आफूले विक्री गरेको मालवस्तुको मूल्य लगायत मालवस्तुको विवरण उल्लेख गरी क्रेताको नाममा जारी गरेको कागजात हो । यसमा भूक्तानी शर्त र तरिका समेत उल्लेख भएको हुन्छ ।

प्रतीतपत्र भनेको के हो ?

मालवस्तुको निकासी वा पैठारीको सन्दर्भमा बैंकद्धारा मालवस्तुको मूल्य भूक्तानी गर्ने प्रक्रियागत कागजात हो । यो एक प्रकारले पैठारीकर्ता र निकासीकर्ता वीच बैंकको मध्यस्ततामा भएको कागजात हो ।

सी.टी.डी. भनेको के हो ?

यो Customs Transit Declaration को छोटकरी रुप हो । नेपाल र भारत वीच भएको दुई पक्षीय व्यापार तथा पारवहन सन्धीमा उल्लेख भए अनुसार भारत भई स्थलमार्गबाट नेपालमा तेश्रो मुलुकबाट पैठारी हुने र नेपालबाट तेश्रो मुलुकमा निकासी हुने मालवस्तुको लागि नेपालको तोकिएको भन्सार विन्दुसम्म ल्याउन र नजिकको वन्दरगाहसम्म ढुवानी गर्दा भर्नु पर्ने फाराम हो । यसको उद्देश्य भारतीय भूमिमा मालवस्तुको वीचलन हुन नपाओस भन्ने नै हो । निकासी हुने मालवस्तुको हकमा नेपालको सम्बन्धित भन्सार विन्दुबाट र पैठारी हुने मालवस्तुको हकमा भारतको कोलकाता वा हल्दिया वा फुलबारीबन्दरगाहबाट यस प्रकारको पत्र जारी गरिन्छ ।

प्याकिङ्ग लिष्ट भन्नाले कस्तो कागजातलाई जनाउँछ ?

मालवस्तुको परिमाण के कति छ र कुन कुन अवस्थामा के कतिको संख्या छ र कसरी प्याक गरिएको छ भन्ने सम्बन्धमा विस्तृत जानकारी दिने गरी तयार गरिएको कागज पत्रनै प्याकिङ्ग लिष्ट हो । मालवस्तु आयात निर्यात गर्दा यो कागजात आवश्यक पर्दछ ।

B/L भन्नाले कस्तो कागज पत्रलाई जनाउँदछ ?

यसको पूर्ण अर्थ विल अफ लेडिङ्ग हो । पानी जहाजबाट मालवस्तुको निकासी/पैठारी गर्दा shipping company ले जारी गर्ने कागजात हो

B/L मा के के कुराहरु उल्लेख गरिएका हुन्छन् ?

यसमा निकासी/पैठारीकर्ताको नाम, ठेगाना, मालवस्तुको नाम, परिमाण, कन्टेनर नम्वर, सिल नम्वर, मालवस्तु लोड गरिएको स्थान र मिति, ढुवानी भाडा र अन्तिम वन्दरगाहको नाम समेत उल्लेख गरिएको हुन्छ । समुद्री मार्गबाट मालवस्तुको निकासी/पैठारी गर्दा यसको आवश्यकता पर्दछ ।

Airways Bill भनेको के हो ?

हवाईजहाजबाट मालवस्तु ढुवानी गर्दा सम्बन्धित एयरलाइन्सले मालवस्तु ढुवानी सम्बन्धमा जारी गर्ने कागजात हो । यसमा आयात÷निर्यातकर्ताको नाम, ठेगाना, मालवस्तुको विवरण, जहाजमा मालवस्तु राखेको मिति र स्थान एवं ढुवानी भाडा लगायत अन्तिम विन्दुको नाम समेत उल्लेख गरिएको हुन्छ ।

उत्पत्तीको प्रमाणपत्र भनेको के हो ?

कुनै मालवस्तु जुन देशमा बनेको वा उत्पादन भएको हो सो मुलुकको अधिकार प्राप्त निकायले उक्त मालवस्तुको उत्पादन सोही मुलुकमा भएको हो भनी जारी गरेको कागजात नै उत्पत्तीको प्रमाण पत्र हो ।

उत्पत्तीको प्रमाणपत्र कसले जारी गर्दछ ?

यस प्रकारको प्रमाणपत्र सरकारबाट तोकिएको निकायबाट जारी हुन्छ । सामान्यतया सम्बन्धित मुलुकको चेम्वर अफ कमर्शबाट जारी गरिन्छ भने नेपालको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ एवं नेपाल उद्योग परिसंघबाट पनि जारी गरिन्छ । कुनै कुनै मुलुकको मालवस्तु उत्पादकले पनि यस प्रकारको प्रमाणपत्र जारी गर्ने प्रचलन छ ।

जि.एस.पी. भनेको के हो ?

यसको पूर्ण रुप Generalized System of Preference हो । नेपालीमा यसलाई सामान्य ग्राह्यता प्रणाली भनिन्छ । विकसित मुलुकहरुले विकासोन्मुख मुलुकको मालवस्तुलाई आफ्नो मुलुकमा प्रवेशका लागि लाग्ने महसुल करमा पूर्ण वा आंशिक छुट दिने प्रणाली/व्यवस्था हो ।

जि.एस.पी. को उद्देश्य के हो ?

अल्पविकसित तथा विकासोन्मुख देशहरुको निर्यातमा वृद्धि गरी तिनीहरुको आर्थिक तथा औद्योगिक विकासमा सहयोग पुराउनु हो । संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलन (UNCTAD) को पहलमा यस प्रकारको व्यवस्था सन् १९७१ देखि शुरु भएको हो ।

जि.एस.पी. कसरी जारी गरिन्छ ?

यो एउटा निश्चित ढाँचाको फाराम हो । फाराममा उल्लेख भएका सम्पूर्ण विवरणहरु भर्नु पर्दछ । नेपालमा यस्तो फाराम व्यापार तथा निकासी प्रबर्धन केन्द्रले उपलब्ध गराउँदछ र जि.एस.पी. मा भन्सार अधिकृतले मालवस्तु निकासी हुँदा प्रमाणित गरी पठाउनु पर्दछ ।

नेपाललाई जी. एस.पी. सुविधा प्रदान गर्ने मुलुकहरु कति छन् ?

हालसम्म ती मुलुकहरुको संख्या २८ छ । तिनीहरुको नामावली यस प्रकार छ:

 १. बेल्जियम

२. जर्मनी

३. नेदरल्याण्ड

४. फ्रान्स

५. लक्जेम्वर्ग

६. पोर्चुगल

७. स्पेन

८. ग्रीस

९. इटाली

१०. डेनमार्क

११. संयुक्त अधिराज्य

१२. आयरल्याण्ड

१३. अष्ट्रिया

१४. फिनल्याण्ड

१५. नर्वे

१६. स्वीडेन

१७. स्वीटजरल्याण्ड

१८. बुल्गेरीया

१९. हंगेरी

२०. पोल्याण्ड

२१. स्लोभाक

२२. रुस

२३ जापान

२४. अष्ट्रेलिया

२५. न्यूजिल्याण्ड

२६. क्यानाडा

२७. संयुक्त राज्य अमेरीका

२८. दक्षिण कोरिया

वि. वि. नि. फाराम ४ भनेको के हो ?

विदेशी विनिमय नियन्त्रणको छोटो रुप हो । परिबत्य विदेशी मुद्रामा प्रतीत पत्र खोल्ने बैंकले विदेशबाट मालवस्तु चलानी भएको कागजात प्राप्त हुनासाथ सो मूल्य बरावरको रकम पैठारीकर्ताबाट असुल गरी भूक्तानी पठाउँदछ । भन्सार प्रयोजनको लागि प्रतितपत्रमा उल्लेख भए बमोजिमको भूक्तानी गएको रकम नेपाल राष्ट्र बैंकबाट निर्धारित ढाँचाको फाराम सम्बन्धित बैंकले पठाउँदछ । यसैलाई वि.वि.नि. फा. ४ भनिएको हो । भन्सार कार्यालयले मालवस्तु जाँचपास गरिसके पछि वि.वि.नि. फारामलाई प्रमाणित गर्दछ । यसको उद्देश्य बैदेशिक मुद्रा अपचलन हुनबाट रोक्नु हो । विदेशी मुद्रामा खोलिएको प्रतीतपत्रको पक्षमा मालवस्तुको भन्सार जाँचपास गराउँदा यो फाराम अनिवार्य रुपमा पेश गर्नु पर्दछ ।

Confirmity of Production भन्नाले के बुझिन्छ ?

यो उत्पादनको तादात्म्यता हो यसलाई जडान रेखा परीक्षण प्रणाली पनि भनिन्छ । सि.ओ.पी. को उद्देश्य प्रमाणित गरी उत्पादन गरिएको तर निष्काशन मापदण्ड पूरा नगरेको सवारी साधनको पहिचान गर्न नियमन अधिकारीलाई सक्षम तुल्याउन, समस्या सुल्झाउनको लागि उपचारात्मक उपायहरु अवलम्वन गर्नु र मापदण्ड पालना नगर्ने सवारी साधानहरुको निर्माणलाई निरुत्साहित गर्नु हो ।

Type Approval (TA) भन्नाले के बुझिन्छ ?

सवारी साधन निर्माताले धुँवा निष्काशन, वाष्प निष्काशन र प्रदूषण नियन्त्रण उपकरणको टिकाउपना संग सम्बन्धित परीक्षण गर्ने निकाय समक्ष सवारी साधनको प्रकार अनुमोदनको लागि आवेदन दिएपछि इन्जिनको बनावट, वाष्पिक निष्काशन प्रणाली, प्रदूषण नियन्त्रणको संयन्त्र लगायतका विभिन्न किसिमको परीक्षणको शर्तहरु पूरा गरेमा मात्र त्यस्तो सवारी साधनलाई TA को स्वीकृति प्रदान गरिन्छ । नयाँ सवारी साधन पैठारीका लागि COP र TA अनिवार्य रुपमा चाहिन्छ । यसको उद्देश्य सवारी साधनबाट हुने वातावरणीय प्रदूषण न्यून गर्नु हो ।

नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०६९ भन्नाले के बुझिन्छ ?

नेपालमा आयात हुने ट्रयाक्टर, पावर टिलर, डोजर, डम्पर, क्रेन, लोडर, स्क्याभेटर, दमकल वाहेकका सवारी/ढुवानी साधनको लागि अधिकतम कार्वन मोनोअक्साइड, हाइड्रोकार्वन, नाइट्रोजन अक्साइड जस्ता वातावरणीय असर पर्ने तत्वहरुको मापन नेपाल सरकारको सम्बन्धित निकायबाट निश्चित गरिएको छ । यसैलाई नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भनिएको हो । मुलुकमा पैठारी हुने नयाँ सवारी/ढुवानी साधन नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ बमोजिम हुनुपर्दछ । यसैले आयातको समयमा नै टि.ए. र सि.ओ.पी. को प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने हुन्छ ।

Buy Back Agreement भनेको के हो ?

कुनै एक मुलुकको आयातकर्ताले अर्को मुलुकको निर्यातकर्तालाई आफूले चाहेको वस्तुको उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ विना मूल्यमा पठाई उक्त मालवस्तु तयार गर्दा लाग्ने खर्च र मुनाफा मात्र भूक्तानी गर्ने र उत्पादन आफैले आयात गर्ने गरी आयातकर्ता र निर्यातकर्ता वीच गरिएको संझौता हो ।

नेपालमा यस प्रकारको व्यवस्था कुन कुन उद्योगमा छ ?

यस प्रकारको संझौता नेपालमा तयारी पोशाक उद्योगले गर्ने गरेको छ । यस संझौता अन्तर्गत नेपालको तयारी पोशाक उद्योगले तयारी पोशाक बनाउनको निम्ति आवश्यक पर्ने कच्चा पदार्थ प्रतीतपत्र विना नै पैठारी गर्न पाउँछ तर त्यस्तो कच्चा पदार्थ आयात गर्दा वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागबाट भने इजाजत लिनु पर्दछ ।

सि.एम.टी.पी. (CMTP) भन्नाले के बुझिन्छ ?

यसको पूर्ण रुप Cutting, Manufacturing, Trimming and Processing हो । यसमा तयारी पोशाकको लागि आवश्यक कच्चा पदार्थ आयातकर्ताले उपलब्ध गराउँदछ र उद्यमीलाई Cutting, Manufacturing, Trimming and Processing को अंश दिन्छ । यसमा उद्यमीले कच्चा पदार्थको लागि आफ्नो पूँजी लगाउन आवश्यक पर्दैन । यस पद्धतिले निर्यातमूलक तयारी पोशाक उद्योगको विकास र तयारी पोशाकको निर्यातमा अभिवृद्धि गर्न सघाउँदछ ।

सि.एम.टी.पी. अन्तर्गत तयारी पोशाकको कच्चा पदार्थ आयात र तयारी पोशाक निर्यात गर्दा के कस्ता प्रक्रिया एवं शर्तहरु पूरा हुनु पर्दछ ?

तयारी पोशाकको आयात कर्ताले नै कपडा पठाउने हुँदा कपडाको लागि विदेशी मुद्राको आवश्यकता परेन जसले गर्दा प्रतीतपत्र खोल्नु पनि परेन तर वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागबाट भने इजाजत लिनु पर्दछ । यसरी पैठारी भएको कच्चा पदार्थबाट तयारी पोशाक बनाई निकासी गर्दा वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभागले तोकेको मूल्य अभिवृद्धि भएको हुनु पर्दछ । मूल्य अभिवृद्धि भएको रकमको प्रतीतपत्र वा अग्रिम भूक्तानी प्राप्त भएपछि तयारी पोशाक निकासी गर्न पाइन्छ । यस प्रयोजनको लागि कच्चा पदार्थ पैठारी गर्दा भन्सार कार्यालयमा लाग्ने महसुल नेपाली आयातकर्ताले वण्डेड वेयर हाउसको सुविधा अन्तर्गत बैंक ग्यारेण्टीमा पैठारी गर्न पाउँछ र निकासी भएपछि त्यस्तो बैंक ग्यारेण्टी फुकुवा गरिन्छ ।

मालवस्तुको भन्सार मूल्यका सम्बन्धमा देहायका शब्दावली (Terminologies) हरुको के अर्थ हुन्छ ? <br> १. एफ.ओ. बी. <br> २. सी.आइ.एफ. <br> ३. सी.आई.पी. <br> ४. सी. एण्ड एफ.

१. एफ.ओ.वी. को पूर्ण रुप Free on Board हो । यसको अर्थ मालवस्तु निकासी गर्ने देशको सीमासम्मको मूल्य भन्ने वुझिन्छ । यसमा भाडा, वीमा समावेश हुँदैन । यो प्रायः निकासी गरिने मालवस्तुमा प्रयोग हुन्छ ।

२. सी.आई.एफ. : यसको पूर्ण रुप Cost, Insurance and Freight हो । यसमा मालवस्तुको मूल्य, भाडा तथा वीमा समेत जोडिएको हुन्छ । यो शव्दावली प्राय पैठारी गरिने मालवस्तुमा प्रयोग गरिन्छ ।

३. सी.आइृ.पी. : यसको पूर्ण रुप Carriage and Insurance Paid हो । यसमा पनि मालवस्तुको मूल्य, भाडा तथा वीमा समावेश हुन्छ र यो शव्दावली पनि पैठारीमा प्रयोग हुन्छ ।

४. सी.एण्ड एफ. : यसको पूर्ण रुप Cost and freight हो । यसमा मालवस्तुको मूल्य र भाडा समावेश हुन्छ तर वीमा समावेश हुँदैन । यो शव्दावली पनि पैठारी हुने मालवस्तुमा प्रयुक्त हुन्छ ।

संक्षिप्त प्रज्ञापनपत्र भनेको के हो ? कस्तो मालवस्तुको लागि यो प्रज्ञापनपत्र भर्नु पर्दछ ?

कुनै व्यक्तिले आफ्नो निजी प्रयोगका मालवस्तु पैठारी गर्दा वा कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारी आदेश अन्तरगत ल्याउन पाउने मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा भरी पेश गर्नुपर्ने फारामलाई संक्षिप्त प्रज्ञापनपत्र भनिन्छ । यस प्रज्ञापनपत्रबाट निजी प्रयोगका रु. ५००० सम्म मूल्य भएका मालवस्तु वा गुण्टा झिटी भारी सम्बन्धी सूचनामा समदरमा महसुल तिरी ल्याउन पाउने भनी उल्लेख भएका मालवस्तुहरु मात्र पैठारी गर्न सकिन्छ ।

चतुर्थ पत्रः– सेवा समूह सम्बन्धी विषय (Service related subject)

 चतुर्थ पत्रः– सेवा समूह सम्बन्धी विषय (Service related subject)

१. सार्वजनिक व्यवस्थापन (Public Management)

१.  सार्वजनिक व्यवस्थापनको परिचय र कार्यक्षेत्र (Introduction and scope of public management)

२.  कर्मचारी व्यवस्थापनका विविध पक्षहरुः निजामती सेवाको वर्गीकरण, भर्ना, छनौट, नियुक्ति, पदस्थापन, बढुवा, तलब सुविधा, उत्प्रेरणा, बृति विकास, कार्यसम्पादन मूल्यांकन र अवकाश (Various aspects of personnel management: classification of civil service, recruitment, selection, appointment, placement, promotion, compensation, motivation, career development, performance appraisal and separation from the service)

३.  संगठनः अवधारणा, प्रकृति, प्रकार र संगठनात्मक विकास (Organization: concept, nature, type and organizational development)

४.  सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, पदसोपान, निर्णय प्रक्रिया, नेतृत्व, समन्वय, अधिकार प्रत्यायोजन र निक्षेपण, सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकन (Directing, controlling, hierarchy, decision-making, leadership, coordination, delegation and devolution of authority, supervision, monitoring and evaluation in public management)

५.  नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, आधारभुत संरचना, विशेषता, सुधारका प्रयास एवं चूनौतीहरु (Evolution of the public administration of Nepal, basic structure, features, efforts for reforms and challenges)

६.  व्यवस्थापन परीक्षण (Management audit)

७.  व्यवसायिकता, अनुशासन र आचार–संहिता (Professionalism, discipline and code of conduct)

८.  नागरिकबाट सार्वजनिक कार्यहरुको मूल्यांकनः सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र तेस्रो पक्ष मूल्यांकन (Citizens' involvement in the evaluation of public sector performances : Public hearing, social audit, public testing and third party evaluation)

९.  सार्वजनिक व्यवस्थापनका नवीन प्रवृतिहरु (Innovative trends of public management)

१०.   सार्वजनिक सेवा प्रवाहमा कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल, सूचना–सञ्चार प्रविधिको प्रयोग, अवसर तथा चुनौतीहरु (Use of computer, internet, social networking, information-communication technology in public service delivery; opportunities and challenges)

२. राजस्व प्रशासन (Revenue Administration)

१.  आर्थिक कार्यप्रणाली (Financial procedures)

२.  राजस्वको अवधारणा र सिद्धान्त (Concept and principles of revenue)

३.  सार्वजनिक आय, सार्वजनिक खर्च र सार्वजनिक ऋणको अवधारणा (Concepts of public income, public expenditure and public debt)

४.  नेपालमा कर प्रणालीः वर्तमान स्वरुप र कार्यान्यवनको अवस्था (मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, भंसार महसूल, स्थानीय कर तथा अन्य करहरु (Tax system in Nepal : current structure and implement ability (value added tax, income tax, excise duty, customs duty, local taxes and other taxes)

५.  अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड (Intergovernmental financial transfer and revenue allocation)

६.  आर्थिक नीति, विक्तीय नीति र मौद्रिक नीति (Economic policy, financial policy and monetary policy)

७.  वजेट चत्रः बजेट निर्माण, कार्यान्वयन र मूल्याङ्कन (Budget cycle: budget formulation, implementation and evaluation)

३.  सरकारी आर्थिक कारोवारको लेखाङ्कन र प्रतिवेदन (Accounting and Reporting of Government Financial Transitions) (20 Marks) 

१.  सरकारी आर्थिक कारोवारः परिचय, विषेशता, कारोवार विश्लेषण, प्रारम्भिक लेखाङ्कन, खातामा प्रविष्टि र प्रतिवेदन सम्बन्धी व्यवस्था (Government financial transitions : Introduction, features, transaction analysis, primary record, ledger posting and provision related reporting system)

२.  दोहोरो लेखा प्रणाली, नगद र प्रोदभावीमा आधारित लेखा प्रणाली (2 Double entry-accounting system, cash and accrual based accounting system)

३.  खाता सूची, एकल खाता कोष तथा राजस्व व्यवस्थापन सूचना प्रणालीः सम्बन्धी जानकारी (General information about Chart of Accounts, Treasury Single Account (TSA) and Revenue Management Information System (RMIS))

४.  सार्वजनिक सम्पती, जिन्सी तथा धरौटी लेखा (Public assets, store / inventory and deposit accounting)

५.  सार्वजनिक क्षेत्रको लेखामान र आर्थिक कार्यविधि सञ्चालन सम्बन्धी कानुनी व्यवस्था (Nepal Public Sector Accounting Standards and related legal provisions on financial procedures)

६.  सार्वजनिक खरीद व्यवस्थापन र यस सम्बन्धी कानुनी व्यवस्था  (Public procurement management and related legal provisions on public procurement)

४. लेखापरीक्षण प्रणाली (Auditing System (10 Marks))

१.  लेखापरीक्षणको परिचय, उद्देश्य, प्रकार र आधारभूत सिद्धान्त (Introduction, purpose, types, basic principles and importance of the auditing)

२.  सरकारी तथा संगठित क्षेत्र लेखापरीक्षण–मान (Government and corporate sector auditing standards)

३.  बेरुजु र बेरुजु फछर्यौट सम्बन्धी व्यवस्था (Provisions related to irregularities and settlement of irregularities)

४.  संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण तथा सार्वजनिक संस्थानको लेखापरीक्षण (Audit of federal, provincial and local levels and the state-owned enterprises)

५.  महालेखा परीक्षक र लेखापरीक्षण सम्बन्धी कानुनी व्यवस्था (Legal provisions related to the Auditor General and auditing)

६.  लेखापरीक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु(National and international institutions related to auditing (ICAN, INTOSAI, ASOSAI)

५. संसदीय प्रक्रिया र संघीय प्रणाली (Parliamentary Process and Federal System)

१.  संघीय प्रणाली र नेपालमा संघियता (Federal system and federalism in Nepal)

२.  संघ, प्रदेश र स्थानीय तहहरु बीचको विधायिकी अन्तरसम्बन्ध (Legislative interrelation among the federal, provincial and local levels)

३.  व्यवस्थापन कार्यविधि र कानून निर्माण प्रकृया (Management procedures and law making process)

४.  प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको अन्तरसम्बन्ध (Interrelation between the House of Representative and the National Assembly)

५.  संसद, संसदीय समिति र संवैधानिक निकायहरु बीचको अन्तरसम्बन्ध (Interrelation among Parliament, Parliamentary Committees and Constitutional Bodies)

६.  संसदीय पदाधिकारी, संसदीय दल र संसदमा प्रतिपक्षको भूमिका (Role of Parliamentary Officials, Parliamentary Parties and Opposition in Parliament)

७.  सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका (Role of the Secretariat of Conduction and Management Committee)

८.  संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार (Jurisdictions and policy provisions related to the operation of government services in the federal, provincial and local levels)

९.  सांसद र निर्वाचित जनप्रतिनिधिहरुको आचार–संहिता, अनुशासन, सदाचार र नैतिकता (Code of conduct, discipline, integrity and ethics of Parliamentarians and elected representatives)



तृतीय पत्रः– समसामयिक बिषय (Contemporary Issues)

 अप्राविधिक (प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा), राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

लिखित परीक्षाः– द्वितीय चरण (Second Phase)

तृतीय पत्रः– समसामयिक बिषय (Contemporary Issues) - 10 Marks × 3 Questions = 30 Marks

१. सामाजिक मामिलाहरु (Social issues)

१.  सामाजिक विवाद तथा द्वन्द्व (Social disputes and conflict)

२.  सामाजिक न्याय तथा समानता (Social justice and equality)

३.  सामाजिक एवं सांस्कृतिक रुपान्तरण (Social and cultural transformation)

४.  श्रोत/साधनहरुको वितरणमा न्यायः असमानता एवं सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी (Distributive justice of resources: disparities and marginalization (regional, caste/ethnicity, gender, rural and urban)

५.  सामाजिक संरक्षण/बचाउ, सामाजिक सुरक्षा तथा सामाजिक जिम्मेवारी (Social protection, social security and social responsibility)

६.  सांस्कृतिक विविधता र सामाजिक परिचालन(Cultural diversity and social mobilization)

७.  जनसंख्या (बसोबास, बसाइसराइ, शहरीकरण, प्रौढावस्था, शरणार्थी, विस्थापित जनसंख्या(Population (settlement, migration, urbanization, aging, refugee, displaced population))

८.  संगठित अपराधः बिद्युतीय अपराध, बेचविखन, मिलोमतो एकाधिकार, आतङ्कवाद, भ्रष्टाचार र अवैध मुद्रा निर्मलीकरण (Organized crime: cyber-crime, trafficking, cartelling/monopoly, terrorism, corruption and money laundering)

९.  खाद्य सम्प्रभुता र सुरक्षा (Food sovereignty and security)

२. आर्थिक मामिलाहरु (Economic issues) - 10 Marks × 2 Questions = 20 Marks

१.  आर्थिक बृद्धि तथा आर्थिक विकास (Economic growth and economic development)

२.  आर्थिक विकासका प्रमुख पक्षहरुः कृषि, उद्योग, व्यापार, पर्यटन, वैदेशिक रोजगार तथा मानव संशाधन (Major aspects of economic development: agriculture, industry, trade, tourism, foreign employment and human resource)

३.  आर्थिक विकासमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका (Role of public sector, private sector and cooperative in economic development

४.  वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोग वैदेशिक लगानीः पोर्टफोलियो र प्रत्यक्ष प्रविधि हस्तान्तरण (बौद्धिक सम्पत्ति अधिकार समेत (Foreign assistance and international co-operation)  Foreign Investment: portfolio and direct 2.6 Technology transfer including intellectual property rights)

५.  व्यापार, बजार र श्रम उदारिकरण ((Trade, market and labour liberalization))

६.  आर्थिक कुटनीति (Economic diplomacy)

७.  गरिवी र वेराजगारी (Poverty and unemployment)

३. विकाससँग सम्बद्ध मामिलाहरु  (Developmental Issues) - 10 Marks × 3 Questions = 30 Marks

१.  मानव विकास (Human development)

२.  पूर्वाधार विकास (Infrastructure development)

३.  दिगो विकास (भूमि, जल तथा प्राकृतिक श्रोतहरुः धान्न सक्ने क्षमता र विकास नीति) (Sustainable development (land, water and natural resources: carrying capacity and development policy))

४.  विकास प्रक्रियामा राज्य र राज्य बाहेकका क्षेत्रहरुको भूमिका (Role of state and non-state actors in development process)

५.  शान्ति र द्वन्द्व सम्बेदनशील विकास (Peace and conflict sensitive development)

६.  विकेन्द्रीकरण तथा स्थानीय स्वायत्त शासन (Decentralization and local self-governance)

७.  विकासमा नागरिकको संलग्नता (Citizen engagement in development)

८.  साझेदारी विकास तथा समुदायमा आधारित विकास (Partnership development and community based development)

९.  विकासमा सूचना–सञ्चार प्रविधिको भूमिका (Role of Information and Communication Technology (ICT) in development)

१०.   विश्वव्यापीकरण र विकास (Globalization and development)

४. वातावरणसँग सम्बद्ध मामिलाहरु (Environmental Issues) - 10 Marks × 2 Questions = 20 Marks

१.  पारिस्थितिक प्रणाली (Ecosystem)

२.  जैविक विविधता तथा संरक्षण (Bio-diversity and conservation)

३.  जलवायु परिवर्तन र कार्वन व्यापार (Climate change and carbon trade)

४.  वातावरणीय ह्रास (Environment degradation)

५.  वनविनास (Deforestation)

६.  संकट/विपद्व्यवस्थापन (Crisis/Disaster management)

७.  वातावरण र विकास (Environment and development)

८.  उर्जा संकट तथा उर्जा संरक्षण (Energy crisis and energy conservation)

९.  प्रदूषण तथा फोहर–मैला व्यवस्थापन (Pollution and waste management)

.... समाप्त ....


द्वितीय पत्रः– शासन प्रणाली (Governance Systems Section )

अप्राविधिक (प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा), राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

लिखित परीक्षाः– द्वितीय चरण (Second Phase)

द्वितीय पत्रः– शासन प्रणाली Governance Systems Section (A) - 10 Marks × 3 Questions = 30 Marks

१. राज्य र शासन (State and Governance)

१.शासनका आधारभूत पक्षहरुः अवधारणा, सन्दर्भ र विशेषताहरु(Fundamentals of governance: concept, context and characteristics)

२. शासनको राजनैतिक तथा प्रशासनिक संरचना (Political and administrative structures of governance)

३. सूचनाको हक र पारदर्शिता (Right to information and transparency)

४. राष्ट्रनिर्माण र राज्य निर्माण (Nation building and state building)

५. नेपालको शासन प्रणाली (Governance systems in Nepal)

६. राष्ट्रिय सुरक्षा व्यवस्थापनः अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु(National security management: concept, scope and existing provisions of national security in Nepal)

७. वहुस्तरिय शासन र नेपालः अनौपचारिक शासन, नागरिक समाजको शासन, स्थानीय शासन, सहकारीतामूलक शासन, व्यावसायिक शासन र संयुक्त राष्ट्रसंघ (Multi-level governance and Nepal: informal governance, civil society governance, local governance, cooperative governance, corporate governance and United Nations Organization)

२. संविधान र कानून (Constitution and Law) Section (B) - 10 Marks × 2 Questions = 20 Marks

१. संविधानवाद् (Constitutionalism)

२. नेपालमा संबैधानिक विकास (Constitutional development in Nepal)

३. नेपालको वर्तमान संविधान (Present constitution of Nepal)

४. मूलभूत विशेषताहरु, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका (Salient features, executive, legislative and judiciary)

५. मौलिक हक, निर्देशक सिद्धान्त र राज्यका नीतिहरु (Fundamental rights, directive principles and policies of the State)

६. संबैधानिक तथा कानून निर्मित निकायहरुको कार्य एवं तिनको कार्यक्षेत्र (Function and jurisdiction of constitutional and statutory bodies)

७. मानव अधिकार (Human rights)

८. नागरिक चेतना, जनताका कर्तव्य र जिम्मेवारीहरु (Civic sense, duties and responsibilities of people)

९. कानूनका श्रोतहरु त्था नेपालमा कानून निर्माणको प्रक्रिया (Sources of law and law making process in Nepal)

१०.कानूनको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व तथा सकारात्मक विभेद (Rule of law, democratic values and norms, inclusion, proportional representation and affirmative action)

३. सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन (Public Service and Public Management) 10 Marks × 3 Questions = 30 Marks

१. सार्वजनिक सेवाको अवधारणा, कार्य, विशेषता र भूमिका (Concept, functions, characteristics and role of public service)

२. सार्वजनिक सेवा प्रवाह (Public Service delivery)

३. राजनैतिक तटस्थता, प्रतिवद्धता, पारदर्शिता र उत्तरदायित्व (Political neutrality, commitment, transparency and accountability)

४. सार्वजनिक कोषको सदुपयोग, सदाचार र नैतिकता (Utilization of public funds, ethics and morality)

५. सार्वजनिक व्यवस्थापन, निजामती सेवा र कर्मचारीतन्त्र (Public management, civil service and bureaucracy)

६. सार्वजनिक नीतिः निर्माण प्रक्रिया र विश्लेषण (Public policy: formulation process and analysis)

७. सार्वजनिक सेवा वडापत्र (Public Service Charter)

८. विद्युतीय शासन (E-governance)

४. श्रोत व्यवस्थापन र योजना (Resource Management and Planning) - 10 Marks × 2 Questions = 20 Marks

१. मानव श्रोत व्यवस्थापनः प्राप्ति, विकास, उपयोग र सम्भार(Human Resource Management : procurement, development, utilization and maintenance)

२. सार्वजनिक वित्त व्यवस्थापनः नेपालको योजना र बजेट प्रणाली(Public financial management: planning and budgeting system in Nepal)

३. नेपालमा सरकारी लेखा प्रणाली र लेखापरीक्षण प्रणाली(Government accounting and auditing system in Nepal)

४. वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्व(Financial management and social accountability)

५. विकास योजना र चालू आवधिक योजना(Development planning and current periodic plan)

६. सहभागितामूलक योजना र विकास(Participatory planning and development)



---The End---