Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको नयाँ वर्गीकरण अनुसार सुदूरपश्चिमका कति पालिका सुगम क्षेत्रमा परेका छन् ? - चार

  सुदूरपश्चिमका ८८ पालिकामध्ये चार पालिका मात्रै सुगम अर्थात् ‘घ’ वर्गीकरणमा परेका । 
सुगम क्षेत्र अन्तर्गत अर्थात् ‘घ’ वर्गीकरणमा परेका पालिका ः कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिका एवं कञ्चनपुरको भीमदत्त नगरपालिका । 
नयाँ व
र्गीकरण अनुसार मध्यम अर्थात् ‘ग’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः २५ ।

x

त्यसै गरी दुर्गम अर्थात् ‘ख’ वर्गीकरणमा परेका पालिका १३ र अति दुर्गम अर्थात् ‘क’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः ४६ रहेका छन् ।

सन् २०२४ मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाइटको नाम के हो ?

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) मार्फत् "मुनाल" स्याटेलाइट प्रक्षेपण गरिने छ । 

विसं २०८० पुस १९ मा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका क्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ कै मोडेल, डाटा र सूचना प्रयोग गरेर ‘मुनाल’ बनाइएको हो, जसको नेतृत्व नास्टले गरेको छ ।

प्रक्षेपणपछि स्याटेलाइटसँग कम्युनिकेसनको कार्य नास्टकै ‘ग्राउन्ड स्टेसन’ बाट गरिने छ । 

सन् २०२३ अगस्त २३ मा भारत चन्द्रमाको दक्षिणी धु्रवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बनेको थियो । सूर्यको अन्वेषणका निम्ति इसरोले पठाएको ‘आदित्य एल १’ समेत प्रक्षेपणको चार महिनापछि सन् २०२४ जनवरी ६ मा सफलतापूर्वक लक्ष्यमा पुगेको छ । 

ग्रामीण तथा सहरी क्षेत्रको जनसङ्ख्या

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८० पुस १७ मा सार्वजनिक नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या बढेर कुल जनसङ्ख्याको २७.०७ प्रतिशत पुगेको छ ।

सहरी जनसङ्ख्या ः २७.०७ प्रतिशत
१० वर्षअघि ः २२.३१ प्रतिशत
सहरोन्मुख जनसङ्ख्या ः ३९.७५ प्रतिशत
१० वर्षअघि ः ३९.१९ प्रतिशत
ग्रामीण जनसङ्ख्या ः ३३.१९ प्रतिशत
१० वर्षअघि ः ३८.५ प्रतिशत

प्रदेशगत आधारमा सहरी र सहरोन्मुख जनसङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा १९.९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.२ प्रतिशत रहेको छ ।

जिल्ला अनुसार ग्रामीण तथा सहरी क्षेत्रको वर्गीकरणमा काठमाडौँ जिल्लामा सबैभन्दा बढी ९३.५१ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गर्छन् ।

सहरी जनसङ्ख्या नदेखिएका जिल्ला कोशी प्रदेशको सङ्खुवासभा र तेह्रथुम, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली प्रदेशको डोल्पा र हुम्ला रहेका छन् ।

महानगरपालिकामा सहरी विशेषताका क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८०.७ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः १७ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या २.३ प्रतिशत रहेका छन् ।

त्यस्तै उपमहानगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५३ प्रतिशत, सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३९ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८ प्रतिशत रहेका छन् ।

नगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २८.४ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ४६ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २५.४ प्रतिशत रहेका छन् ।

–गाउँपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५.९ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३६.१ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५८ प्रतिशत रहेका छन् ।

सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको सङ्ख्या धेरै (३६८५) छ, जसमा कुल जनसङ्ख्याको ३३ प्रतिशत अर्थात् एक तिहाइ जनसङ्ख्या बसोबास गर्ने देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क दिवसका अवसरका प्रकाशित तथ्याङ्क अनुसार हाल नेपालका नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कुल जनसङ्ख्याको ६६.१७ प्रतिशत रहेको तर सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या भने २७.०७ प्रतिशत मात्र छ ।

नयाँ विधि अनुसारको वर्गीकरणअघि ६६.१७ प्रतिशत सहरी क्षेत्र मानिएको थियो, जसमा अर्धसहरी र सहरोन्मुख क्षेत्रसमेत गणना गरिएको थियो तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुनर्वर्गीकरण गर्नु परेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।


सुत्रबद्ध केही सामान्य ज्ञान

 

 १.          नेपालको पूर्व देखि पश्चिम क्रमशः ८ हजार मिटर भन्दा अग्ला हिमालहरुः  कन्चनजंघा, मकालु, सगरमाथा, ल्होत्से, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरी (कमसलो चोमअध)

 

२.          नेपालको उचाईको आधारमा अग्लो देखि होचा क्रमशः ८ हजार मिटर भन्दा अग्ला हिमालहरुः सगरमाथा, कन्चनजंघा, ल्होत्से, मकालु, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण (सकल्होम चोधमअ)

 

३.          भित्री मधेशमा पर्ने जिल्लाहरु पूर्व देखि पश्चिमको क्रमशः उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलप, दाङ र सुर्खेत (उसिम चिन दासु)

 

४.          भित्री मधेशमा पर्ने जिल्लाहरु ठुलो देखि सानोको क्रमशः दाङ,सिन्धुली,सुर्खेत,मकवानपुर, चितवन,  उदयपुर,  नवलप, (दासि सुमचि उन)

 

५.          सप्तकोशी नदिका सहायक नदिहरु पूर्व देखि पश्चिम क्रमशः तमोर, अरुण, दुधकोशी, लिखु, तामाकोशी, सुनकोशी र इन्द्रावती (तअ दुलिता सुन इन्द्र)

 

६.          सप्तगण्डकी नदिका सहायक नदिहरु पूर्व देखि पश्चिम क्रमशः त्रिशुली, बुढीगण्डकी, दरौदी, मर्स्याङ्दी, मादी, सेतीगण्डकी र कालिगण्डकी (त्रि बुदम मासेका)

 

७.          सप्तकर्णाली नदिका सहायक नदिहरु पूर्व देखि पश्चिम क्रमशः सानोभेरी, ठुलो भेरी, मुगु कर्णाली, तिला, हुम्ला कर्णाली, बुढीगंगा र सेतीगंगा (सानेठुले मुति हुम्ला बुढी सेतीगंगा)

 

८.          भोटमा मूल भएका नदिहरु पूर्व देखि पश्चिम क्रमशः तमोर, अरुण, तामाकोशी, सुनकोशी, त्रिशुली र कर्णाली (तअता सुत्रिक)

 

९.          राष्ट्रिय निकुञ्जहरु ठुलो देखि सानो क्रमशः शे-फोक्सुण्डो, लामटाङ, मकालु-वरुण, सगरमाथा, वर्दिया, चितवन, पर्सा, बाँके, शुक्लाफाँट, खप्तड, शिवपुरी-नागार्जुन र रारा (शेला मस बचिप बा शुख शिरा)

 

१०.    राष्ट्रिय निकुञ्जहरु स्थापना मितिको आधारमा अघि देखि पछिको क्रमशः चितवन, लामटाङ, सगरमाथा, वर्दिया, रारा, शे-फोक्सुण्डो,खप्तड,मकालु-वरुण,शिवपुरी-नागार्जुन,बाँके,शुक्लाफाँट, पर्सा (चिला रा शेख मशि बाशु पर्सा)

 

११.    नेपालमा सिकार गर्न पाइने 10 जनावरः-थार, लगुना, चित्तल, बदेल, झारल, घोरल,  घोडगधा, जरायो, नाउर (थाल चिरा बझा घोघो जना)

 

१२.    नेपालमा सिकार गर्न पाइने 10 पन्छिहरुः- कालिज, लुइचे, पानीहास, परेवा, चखेवा, तित्रा, ढुकुर, च्याखुरा (कालु पाप चति ढुच्या)


 

महत्त्वपूर्ण प्रश्नोतर

१. नेपाल संग BIPPA सम्झौता भएका देशहरू कति छ्न ?

= ६ वटा
२. नेपालले सर्वप्रथम कुन देशसंग BIPPA सम्झौता गरेको थियो ?
= फ्रान्स (सन् १९८३ मे २)
* BIPPA - Bilateral Investment Promotion and
Protection Agreement
३. नेपाल र भारत विच BIPPA सम्झौता कहिले भएको हो ?
= सन् २०११ अक्टोबर २१ (२०६८ कार्तिक ४)
४. सर्वप्रथम संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने सार्क राष्ट्र
कुन हो ?
= भारत
५. कुन सार्क राष्ट्रको मुद्रा भारतीय रुपैयाँ बराबर छ ?
= भुटान
६. कुन देशको राष्ट्रिय चिन्ह मकैको बिरुवा रहेको छ ?
= जर्मनी
७. 'परिबन्दका १५ वर्ष' नामक पुस्तकका लेखक को हुन ?
= गोविन्द मैनाली
८. मरणोपरान्त नोवेल पुरस्कार वितरण कहिले बाट रोकिएको हो ?
= सन् १९७४
९. अन्तर्राष्ट्रिय पर्वता संग्रहालय कहाँ रहेको छ ?
= पोखरा
१०. विश्व हात धुने दिवस कहिले मनाईन्छ ?
= अक्टोबर १५


 

नेपालको भुगोल सम्बन्धी अत्यन्तै महत्वपूर्ण जानकारी ।

Ø नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
Ø नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
Ø नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
Ø नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
Ø नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
Ø नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर


Ø नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
Ø नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ु पूर्वी देशान्तरदेखि ८८°१२ु पूर्वी देशान्तरमा
Ø नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६°२२ुउत्तरी अक्षांसदेखि ३०°२७ु उत्तरी अक्षांसमा
Ø नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
Ø चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
Ø भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
Ø नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
Ø नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६°१५ु देशान्तर रेखालाई
Ø नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
Ø कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
Ø नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
Ø नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
Ø ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
Ø ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
Ø महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
Ø गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
Ø सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
Ø चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
Ø सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
–जलेश्वर
Ø ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
Ø सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
Ø नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
Ø नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
Ø भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४
Ø चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा
Ø दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
Ø काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.
Ø नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज
Ø नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की
Ø नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग
Ø नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा
Ø मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर
Ø सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
Ø महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
Ø महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु
Ø भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
Ø काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल
Ø काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
Ø काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
Ø चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर
Ø झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
Ø कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
Ø महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा
Ø सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)
Ø दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी
Ø नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर
Ø अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली
Ø नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग
Ø नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा
Ø च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा
Ø म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
Ø नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी
Ø विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर
Ø पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा
Ø हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा
Ø तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा
Ø काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी
Ø धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
Ø हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५
Ø पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८५
Ø तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७५
Ø नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत
Ø पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत
Ø तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
Ø नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
Ø भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित
Ø नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
Ø नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
Ø फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट
Ø हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
Ø पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
Ø तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
Ø चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
Ø नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती
Ø पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा
Ø पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा
Ø पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी
Ø महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.
Ø ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर
Ø दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा
Ø नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
Ø जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल
Ø सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग
Ø सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
Ø मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत
Ø मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेकाछन् ? –१९ वटा
Ø सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? –काली गण्डकी
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना
Ø नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? –वि.सं. २०२९
Ø सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल
Ø सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज
Ø राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? –प्रत्येक १० वर्षमा
Ø राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ ? –३ प्रतिशत
Ø नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
Ø महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
Ø महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
Ø ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा
Ø माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ? –अन्नपूर्ण
Ø सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? –मकवानपुर
Ø सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.
Ø सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे
Ø बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ
Ø नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
Ø स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
Ø ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
Ø सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी
Ø राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष
Ø सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु
Ø धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ? –मदनभण्डारी राजमार्ग
Ø सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? –नेपाल, भारत, बंगलादेश र भुटान
Ø डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.
Ø काकडभिट्टा–बङ्ग
लाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६
Ø नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
Ø सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –दोभाने चौर
Ø चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? –त्रियुगा
Ø नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा
Ø नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज
Ø पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट
Ø नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग
Ø नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? –कोशी
Ø नेपालमा ७५ जिल्लाहरुमध्ये हिमाली भेगमा रहेका जिल्ला कति छन् ? – १६
Ø जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म
Ø गण्डक सम्झौता कहिले भएको थियो ? – २०१६ मंसिर १९
Ø नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? – २०१८
Ø महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ? – अर्घाखाँची र मकवानपुर
Ø नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ? – न्यानो समशितोष्ण
Ø धरान–धनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ ? – मदन भण्डारी
Ø त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड
Ø टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? – दार्चुला जिल्लामा
Ø च्छो–रोल्पा हिमतालको उचाइ कति हो ? – ४५८० मी.
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? –होटल एभरेष्ट भ्यू
Ø महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? –शारदा
Ø पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? –२६४ हेक्टर
Ø संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? –धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ ।
Ø नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामो–खुम्वु हिमनदी, ठूलो हिमनदी–लाङटाङ
Ø भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन हुन् ? –उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, दाङ्ग, मकवानपुर, कैलाली, डोटी र सुर्खेत
Ø नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ
Ø नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ? – ४ महिना
Ø नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ? –कर्णाली, ५०६ किलोमिटर
Ø काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ? –कर्णाली
Ø माछापुच्छे हिमालको उचाई कति छ ? –६९९६ मिटर
Ø फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ? –सुलिगाँड झरना
Ø लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग
Ø नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ? –त्रिभुवन राजपथ
Ø प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग
Ø ५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ? –रुकुम
Ø नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग, मुस्ताङ्ग
Ø नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६°१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं.स. २०४२ बैशाख १ गतेदेखि
Ø नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ? –त्रियुगा नगरपालिका
Ø नेपालको सबैभन्दा सानो नगरपालिका कुन हो ? –बनेपा नगरपालिका
Ø धेरै जनसंख्या भएको नगरपालिका काठमाण्डौ महानगरपालिका हो भने सबैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल नगरपालिका
Ø नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? –समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा
Ø समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा
Ø समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? –समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई
Ø लेकाली वनस्पती पाइने उचाई कति हो ? –समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।
Ø नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा
Ø नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? –५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)
Ø नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? –३ भागमा
Ø नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु
Ø नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? –६५० मिटर
Ø फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? –कास्की
Ø सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? –तिलिचो, ४९१९ मिटर
Ø घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ –चितवन
Ø नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ –पाल्पा
Ø नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? – ३ भागमा
Ø हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? – करिब ४००० मिटरदेखि माथि
Ø पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग ओगटेको छ ? – समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म
Ø हिमाली प्रदेशले नेपालको कुल भू–भागको १५ प्रतिशत भू–भाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ७.५ प्रतिशत
Ø पहाडी प्रदेशले नेपालको कुल भू–भागको ६८ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४५.५ प्रतिशत
Ø तराई प्रदेशले नेपालको कुल भू–भागको १७ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४६.७ प्रतिशत
Ø सगरमाथाको नामाकरण ‘एभरेष्ट’ भनी कसको नामबाट राखिएको हो ? – ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट
Ø डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन् ? – सन् १९९५
Ø नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ? – लिखु
Ø नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? – करिब ३३८ कि.मि.
Ø नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली
Ø नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ? – वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले
Ø नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ? – रारा
Ø नेपालका ७५ जिल्लामध्ये हिमाली भेगमा १६ वटा पर्दछन् भने पहाडी र तराई भेगका कति कति जिल्लाहरु पर्दछन् ? – क्रमशः पहाडी ३९ र तराई २० जिल्ला (२०७२ को संबिधानले प्रदेशमा बिभाजन गरेता पनि जिल्लाहरु कायमै छन र प्रदेशको ब्यवस्थित कार्यन्वयन हालसम्म भएको छैन। )
Ø नेपालको भारतसँग मात्र जोडिएको जिल्लाहरु २४ वटा छन् चीनसँग मात्र जोडिएका जिल्ला १३ वटा छन् भने चीन भारत दुवैसँग जोडिएका जिल्लाहरु कति वटा छन् ? – २ वटा
Ø नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्
Ø विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? – नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ? –तिलिचो ताल
Ø विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? – अरुण उपत्यका (संखुवासभा)
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? – नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३ फिट)
Ø नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली (६९८९ वर्ग कि.मि.)
Ø नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि.मि.
Ø नेपालको सबैभन्दा लामो पुल कुन हो ? – कन्काई नदीको पुल (७०३ मिटर)
Ø नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ? – खुम्बु हिमनदी
Ø दक्षिण एसियाको कुल भू–भागमध्ये नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? – ३.२७९ प्रतिशत
Ø नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ? – कन्चनपुरको दोधारा
Ø विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन् ? – ८९ वटा
Ø नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन कति गुणा ठूलो छ ? – ६५ गुणा
Ø नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ? – कर्मनाशा
Ø नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? कैलाली
Ø नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? – कालीकोट
Ø नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? – खुम्बु
Ø नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? – ३२ प्रकार
Ø सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन गा.वि.स. मा पर्दछ ? – खुम्जुङ्ग
Ø नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ? – छार्का भोट र ताराप गाउँ डोल्पा
Ø सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? – विहारको करसेला
Ø हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ? – मनाङ र मुस्ताङ.
Ø नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु कति वटा छन् ? – ७ वटा
Ø नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
Ø प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ? – प्यूठान
Ø काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? – ५०० कि.मि.
Ø नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? – कालीगण्डकी
Ø नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ? – पोखरा
Ø बूढीगण्डकीको उद्गम स्थल कुन हो ? – गणेश हिमालØ बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? – बागद्वार
Ø विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? – ४९१९ मिटर
Ø नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? – सानी भेरी
Ø महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ? – अर्घाखाँची र मकवानपुर
Ø हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – स्व. पासाङ्ग ल्हामु शेर्पा
Ø नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ? – ताप्लेजुङ्ग
Ø बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन हुन् ? – कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)
Ø सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ? – १५६४ क्यूविक मिटर प्रति सेकेण्ड
Ø नेपालको कुल भू–भागको कति प्रतिशत भू–भाग पानीले ओगटेको छ ? – ३.९५%
Ø नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ? – ८ करोड ३ लाख किलोवाट
Ø अरुण नदीको संस्कृत नाम के हो ? – महाप्रभा
Ø विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ? – सपन तिर्थ
Ø माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? – राराताल
Ø फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ? – वराहको मन्दिर
Ø नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? – शे–फोक्सुण्डो ताल
Ø नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? – च्छोरोल्पा हिमताल (४५८० मि.)
Ø नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
Ø नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? – चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म
Ø नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते
Ø काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि
Ø नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर
Ø गण्डकी नदीको विद्युत क्षमता कति छ ? – २१,००० मे.वा.
Ø भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा
Ø कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड
Ø नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी
Ø विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
Ø बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
Ø स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी
Ø सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? – अरुण
Ø महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी
Ø नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
Ø कन्काई नदीको उद्गम स्थान कुन हो ? – महाभारत पर्वत
Ø सुनकोशी नदीको पौराणिक नामके हो ? – शुभश्रवा
Ø महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ? – महाकाली
Ø मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? – मुगु कर्णाली
Ø जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? – नारदखोला
Ø नेपालको प्रसिद्ध ताल ‘रारा’ कुन जिल्लामा अवस्थित छ ? – मुगु
Ø रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ? – वि.सं. २०२० चैत्र १३ गते
Ø अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? – समुन्द्र सतहदेखि ३९०० मिटर
Ø नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्रसरोवर ताल
Ø नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् ? – १९
Ø गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? – सप्तरी
Ø वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? – सुनसरी
Ø मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? – अन्नपूर्ण हिमाल
Ø रारा ताल कति उचाईमा रहेको छ ? – ३२०० मी.
Ø शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर
Ø नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा
Ø नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ? – कैलाली
Ø अमलेखगञ्जको पुरानो नाम के हो ? – भिच्छाखोरी
Ø बढी विमानस्थल भएको जिल्ला कुन हो ? – सोलुखुम्बु
Ø नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ
Ø नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा कति छिटो छ ? – ५ घण्टा ४५ मिनेट
Ø शे–फोक्सुण्डो तालको गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? – १६७
Ø ७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ? – कास्की
Ø करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? – सिन्धुली
Ø चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? – सोलुखुम्बु
Ø बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ? – शुक्ला फाँट वन्यजन्तु आरक्ष
Ø सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ? – ल्हाक्पा शेर्पा
Ø कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ? – झापा, बिर्तामोड
Ø हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ? – रसुवा
Ø सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
Ø क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका बनेपा (५.५६ वर्ग कि.मी) हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ? – त्रियुगा नगरपालिका (३१९.८८ वर्ग कि.मी)
Ø पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ? – रसुवा
Ø संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ ? – शंखमुलदेखि टेकु दोभानसम्म
Ø रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ? – जुम्ली खलंगा
Ø चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली
Ø पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? – कञ्चनजंघा
Ø तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? – अर्घाखाँची

कम्प्युटर सम्बन्धी जानकारी
नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ?- बि.स.२०२८
बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ? - माइक्रोसफ्ट
पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो ?
सन् १९३२ मा
विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ? संयुक्त राज्य अमेरिका
कम्प्युटरका पिता भनेर कसलाइ चिनिन्छ ? - चाल्र्स वेबेज
विश्वको सबभन्दा पहिलो सुपर कम्प्युटरको नाम के हो ? क्रे के १ एस
नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ? सुसाङ्ख्य
नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन् ? मुनिबहादुर शाक्य
विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भयो ? सन् १९८१ देखि
'इन्टरनेटका पिता' कसलाई भनिन्छ ? डा. लियोनार्ड क्लिनराक
सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए ? डगलस एजलबार्ट
नेपालको पहिलो साइबर क्याफे कुन हो ? सगरमाथा साइबर क्याफे
LAN : Local Area Network
CD : Compact Disc.
कम्प्युटरको माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदि एक ठाउँबाट अर्को ठाउँमा पठाउने माध्यमलाई के भनिन्छ ? इमेल
कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप केले बनेको हुन्छ ?
सिलिकन
कम्प्युटर
कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक
कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः
Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।
Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ।
Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।
Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।
आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।
कम्प्युटरमा के के हुन्छ -
कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्।
इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम।
प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष।
आउटपुट (Output) -निस्कने माध्यम।
इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
मोनिटर (मोनिटर)
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।
सि पि यू बाकस (CPU Box) वा क्याविनेट
क्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
कम्प्युटर विकास क्रमको संक्षिप्त इतिहास
करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए।
अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। सन् १९५२ मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका छन्।
हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ।
नेपालमा कम्प्युटरको इतिहास
नेपालमा कम्प्यूटरको प्रयोगको शुरुवात जनगणनाको क्रममा केन्द्रिय तथ्यांक विभागले वि.सं. २०१८ मा FACIT नामक क्यालकुलेटिङ्ग मेशीन प्रयोग गरेर गरेको थियो। त्यसबाट विभिन्न त्रुटीहरु देखिएकोले राष्ट्रलाइ ठूलो नोक्सान हुनपुग्यो। त्यसैले २०२८ को जनगणनाको लागि तत्कालिन सरकारले प्रतिमहिना रु १ लाख २५ हजार भाडा तिर्नेगरी IBM 1401 नामको दोश्रो पुस्ताको कम्प्यूटर प्रयोग गरेको थियो। यसको प्रयोग गरी १ करोड १३ लाख जनताको तथ्याङ्क प्रोसेस गर्न १ बर्ष ७ महिना १५ दिन लागेको थियो। कम्प्यूटरका सम्बन्धित सबै काम गर्नको लागि २०३१ पौषमा यान्त्रिक सारिणीकरण केन्द्र खोलियो र ०३७ सालतिर त्यसैलाइ राष्ट्रिय कम्प्यूटर केन्द्र नामाकरण गरीयो। २०३८ मा जनगणनाको लागि बेलायती कम्प्यूटर ICL 2950/10 ल्याइयो उक्त कम्प्यूटर UNDP/UNFPA को सहयोगमा रु २० लाख डलरमा प्राप्त भएको थियो जसबाट जनगणनाको कार्य १ बर्ष३ महिनामा सकिएको थियो। ०३९ तिर काठमाण्डौंमा विभिन्न कम्प्यूटरका निजी संस्थाहरु खुले। ०४० को दशक देखिनै देशभरमा कम्प्यूटरको कार्यक्षेत्र निकै विस्तार भैसकेको थियो। त्यसैबेलादेखि कम्प्यूटरको दक्ष जनशक्ति पनि उत्पादन गर्ने हेतुले राष्टि्य कम्प्यूटर केन्द्रबाट तालिमको कार्यक्रम पनि संचालन गर्न थालियो।
थोरै ठाँउमा धेरै तथ्यांङ्क राख्न सकिने र सो तथ्याङ्क चाहिएको समयमा एकैछिनमा भेट्न सकिने भएको हुँदा तथ्याङ्क राख्नुपर्ने संस्थाहरु जस्तै प्रवेशिका परिक्षा बोर्ड, कर्मचारी संञ्चयकोष आदिले कम्प्यूटरको प्रयोग ब्यापक रूपमा गर्न थालेपछि यसको पेशागत रूपमा प्रयोग हुनथाल्यो। त्यसैगरी विभिन्न ब्याङ्क तथा बित्तीय संस्थाहरुले पनि कम्प्यूटरको ब्यापक रूपमा प्रयोग गर्दै आएका छन्। अहिले त जुनसुकै विषयको कार्यालय वा ब्यापार संस्था खोलियोस्, फर्निचर पछाडी लगत्तै कम्प्यूटरको आवश्यकता महसुस गरिन्छ। कम्प्यूटर डाटा प्रोसेसिङ्गमा मात्र नभइ डकुमेण्टेशन गर्न, पत्रपत्रिकाको लेआउट डिजाइन गर्न आदि कार्यहरुमा पनि प्रयोग गरिन्छ। कम्प्यूटरको प्रयोगले दूरसंञ्चार, हवाइ यातायात जस्ता अत्यन्त प्राविधिक क्षेत्रहरूपनि जटिलताबाट सरलतातिर उन्मुख भएका छन्। नेपालको दूरसंञ्चार क्षेत्रमा स्वीचिङ्ग, ट्रान्समिसन, इन्क्वाइरी, विलिङ्ग पूर्णतया कम्प्यूटराइज्ड भएकोले हाम्रो देशका सबै टेलिफोन सिस्टम डिजिटलाइज्ड छन्। कम्प्यूटरको प्रयोगले नयाँ सिस्टम जडान गर्न अथवा पुरानो सिस्टममा कठीनाइ आएमा मर्मत गर्न एकदमै सजिलो भएको छ। कम्प्युटरको आविष्कारले मानिसलाई हरेक कुरामा सहयोग पुर्याएको छ।
ईन्टरनेट के हो?
इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ । दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ। १) Local Area Network यो सबैभन्द सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो। २) Municipality Area Network यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ। ३) Wide Area Network यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MANको तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ।
केही ट्रिकहरु
जसबाट कपी गरी स्पेशल फन्ट प्रयोग गर्न सकिन्छ facebookma
YAHOO FONT TOCOBOX FONT
A = [[463422450364335]] A = [[459914144048499]]
B = [[463422457031001]] B = [[459914150715165]]
C = [[463422463697667]] C = [[460024624037451]]
D = [[463422467031000]] D = [[460024627370784]]
E = [[463422477030999]] E = [[460024637370783]]
F = [[463422487030998]] F = [[460024647370782]]
G = [[463422493697664]] G = [[460024654037448]]
H = [[463422500364330]] H = [[460024674037446]]
I = [[463422513697662]] I = [[460024680704112]]
J = [[463422520364328]] J = [[460024697370777]]
K = [[463422527030994]] K = [[460024707370776]]
L = [[463422537030993]] L = [[460024714037442]]
M = [[463422540364326]] M = [[460024717370775]]
N = [[463422543697659]] N = [[460024720704108]]
O = [[463422557030991]] O = [[460024727370774]]
P = [[463422573697656]] P = [[460024734037440]]
Q = [[463422587030988]] Q = [[460024744037439]]
R = [[463422600364320]] R = [[460024754037438]]
S = [[463422613697652]] S = [[460024764037437]]
T = [[463422627030984]] T = [[460024774037436]]
U = [[463422633697650]] U = [[460024784037435]]
V = [[463422647030982]] V = [[460024790704101]]
W = [[463422657030981]] W = [[460024797370767]]
X = [[463422663697647]] X = [[460024804037433]]
Y = [[463422667030980]] Y = [[460024814037432]]
Z = [[463422673697646]] Z = [[460024820704098]]
के गर्दा बढ्छ स्पिड कम्प्युटरको !
कम्प्युटरमा एक क्लिक गर्यो अनि पर्खेर बस्यो । स्क्रिनबाट बिजीको संकेत हट्ने नाम लिदैन । चलिरहेको कम्प्युटर एक्कासी ह्याङ हुन थाल्छ । किनेको केही समय राम्ररी चलिरहेको कम्प्युटर विस्तारै स्लो, स्लो र अति स्लो हुन थाल्छ । सामान्यतया कम्प्युटरले दिने समस्या यस्तै हुन्छन् । वास्तवमा कम्प्युटर स्लो हुनु वा ह्याङ हुनु कुनै नौलो समस्या होइन । केही सामान्य होसियारीले तथा तरिका अपनाउँदा पनि कम्प्युटरको गति बढाउँन सकिन्छ । आउँनुहोस् आज कम्प्युटरको स्पिड बढाउँने बारे केही कुरा गरौं
१. भाइरस स्क्यान :भाइरसले कम्प्युटरको स्पिड कम गराउँने मात्र होइन, कम्प्युटरमा सुरक्षित राखिएका आवश्यक डकुमेन्टहरु पनि नोक्सान गर्न सक्छन् । तपाईले कम्प्युटर चालु गर्दा भाइरसकै कारण अनावश्यक प्रोगामहरु चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन्छ । यसैले कम्प्युटर बेला बेला भाइरस स्क्यान गर्दा यस्ता अनावश्यक प्रोगामहरु निष्क्रिय हुन्छन् । भाइरसकै कारण कम्प्युटर स्लो भएको रहेछ भने भाइरस स्क्यान गरेपछि कम्प्युटर पहिले भन्दा छिटो चल्छ । यसका लागि विभिन्न एन्टिभाइरस प्रोगामहरु पाइन्छन् । हाल उपलब्ध पाँच उत्कृष्ट नि:शुल्क एन्टिभाइरसका नाम र डाउनलोड गर्ने ठेगाना निम्न अनुसार छन् । तल क्लिक गरेर सित्तैमा डाउनलोड गर्न सक्नुहुनेछ ।
AVG Free
Microsoft Security Essentials
Avira AntiVir Personal
avast! Free Antivirus
PC Tools AntiVirus
२. स्क्यान डिस्क प्रोगामलाई रन गर्नुहोस् : कम्तिमा महिनाको एक चोटी स्क्यान डिस्क प्रोगामलाई रन गराउँनुहोस् । यसले हार्ड डिस्कमा भएका नचाहिदा फाइलहरु हटाउँछ । हार्ड डिस्कको स्पेस बढ्छ ।
३. टेम्पररी फाइललाई क्लिन गर्नुहोस् : जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसले गर्दा कम्प्युटरको भर्च्युअल मेमोरी भरिन्छ जसको सिधा असर कम्प्युटरको स्पिडमा पर्छ । यसलाई डिलीट गर्न स्टापर्ट बटन मा गएर रन प्यानल मा %temp% लेखि ओके बटन थिच्नुस तपाइको कम्प्युटरमा सेभ भएको सबै टेम्पररी फाइल देखिन्छ । जसलाई सेलेक्ट गरि डिलिट गर्नुस ।
४. रिसाइकल बिन खाली गर्नहोस् र सकेसम्म डेस्कटपलाई क्लिन राख्नुहोस् : डिलिट गरेका फाइलहरु जम्मा भएर रिसाइकल बिनले पनि कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । यसैले बेला बेला रिसाइकल बिन खाली गर्नुहोस् । कम्प्युटरको डेस्कटप अपरेटिङ सिस्टम भएकै ड्राइभमा हुन्छ । डेस्कटपमा बढी फाइलहरु राख्नाले हार्ड डिस्कमा स्पेस भरिन थाल्छ । यसैले डेस्कटपमा भएका कुरालाई कम्प्युटरका अन्य ड्राइभमा सार्नुहोस् ।
५. डिक्स इरर क्लिन : कुनै प्रोगाम क्रास वा पावर सर्टेज भए पीसी हार्ड डिक्समा इरर क्रिएट गर्न सकिन्छ । यसका लागि कम्प्युटरको हार्ड डिक्सको इरर चेक गर्नुपर्छ । डिक्स चेकिङका लागि माइ कम्प्युटरमा जानुहोस् । जुन डिक्स चेक गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नुहोस् र फेरि प्रोपर्टिजमा क्लिक गर्नुहोस् । प्रोपर्टिज डायलग बक्समा टुल ट्याबमा क्लिक गर्नुहोस् । इरर चेकिङ सेक्सनमा चेक नाउ बटन थिच्नुहोस् । कम्प्युटरमा इरर चेक गर्न चेक डिक्स एक्सेस गर्नुहोस् । इररअनुसार डिक्स चेकिङमा करिब एक घण्टा लाग्न सक्छ । डिक्स चेक सातामा एकपटक गर्न सकिन्छ ।
६. डाटा अर्गनाइज : कम्प्युटरले खासगरी फाइल खोज्ने काममा बढी समय लगाइरहेको हुन्छ । यसका बाबजुद कम्प्युटर एक्सेस र रिट्रिबल स्पिड बढाउन फायल्सको कुनै भागमा छुट्याइन्छ, तर अपडेट गरेपछि कम्प्युटर इन फायल्सको कुनै भागमा हार्ड डिक्सले सेवा गर्न थाल्छ । यसले कम्प्युटरको स्पिड कम गरिदिन्छ, किनभने यसले हरेक फाइल अलग-अलग स्थानमा खोज्नुपर्ने हुन्छ ।
यसलाई ठीक गर्न डिक्स डिफ्राग्मेन्टर प्रोग्राम आवश्यक हुन्छ जसले फाइललाई एकसाथ जोड्न सक्छ । यसका लागि पनि माई कम्प्युटरमा गएर चेक गर्ने फाइलमा राइट क्लिक गरेर प्रोपर्टीमा क्लिक गर्नुपर्छ । प्रोपर्टी डायलग बक्समा टुल्स ट्याबमा क्लिक गरी डिफ्राग्मेन्टेसन सेक्सनमा गएर डिफ्राग्मेन्टमा क्लिक गर्नुहोस् । कम्प्युटर डिफ्राग्मेन्ट गरेपछि त्यो फायलको प्रोगाम र साइजअनुसार पुनः अर्गनाइज हुन्छ ।
७. नचाहिदा सफ्टवेयर तथा प्रोगामहरुलाई हटाउँनुहोस् ।
८. तपाईको कम्प्युटरको माइक्रोसफ्ट वर्ड, एक्सल आदि प्रोगामहरु ढिलो खुल्छन् ? फन्टको कारणले हुन सक्छ । नचाहिदा फन्टहरु हटाईदिनुहोस् ।
कम्प्युटर स्लो भयो ? चिन्ता नलिनुस्
- चलाइरहेको कम्प्युटरको गती एकाएक कम हुदै गयो । कम्प्युटरले खरिद गर्दाको समयमा जुन गतीमा काम गथ्र्यो अहिल्य त्यस्तो अवस्था रहेन । अझ महत्वपुर्ण काम गर्न भनेर वस्यो मिनेटको काम घण्टौसम्म पनी सम्पन्न गरिसकिएन भने त कसको कन्पारो तात्दैनर ? कम्प्युटरको गती राम्रो नहुनुमा विविध पार्टपुर्जा तथा इन्सर्टल गरिएका सफ्टवेयरमा भर पर्छ । जती स्तरिय प्रोग्राम छन् उतीनै राम्रो काम गरिरहेको हुन्छ । तर अर्को विषय जती धेरै राम्रो क्षमताको कम्प्युटर भएपनी निरन्तर लामो समयसम्म काम गरिरहन्छ भन्नेपनी छैन । विहाँन कम्युटर खोल्दा जुन गतीमा काम भएको हुन्छ त्यहीँ गती बेलुकासम्म पनी देख्न पाइदैन । अझ कम्प्युटर जती पुरानो हुदै गयो त्यतिनै काम गर्ने गतीमा सुस्तता हुदै गइरहेको हुन्छ ।
फोटो:गुगल
धेरैभन्दा धेरै फाईल फोल्डरले भरिभराउ कम्युटरले निकै सुस्त गतीमा काम गर्न थाल्यो भने कम्प्युटर फर्मेट गर्नुपर्छ भन्ने गरेको पनी सुन्न पाइन्छ । फर्मेट लामो समयपछि मात्रै गरिन्छ , पटक पटक फर्मेट गरिदै गइयो भने कम्प्युटरको काम गर्ने क्षमतामा नकरात्मक असर पर्न थाल्छ र चाडै सो कम्प्युटर फोहोरको थुप्रोमा मिल्काउनुपर्ने पनी हुनसक्छ । तर त्यसको ठाउँमा आवश्यक काम गरिसकेपछि कम्प्युटरलाई केहि मिनेटसम्म मात्रैपनी केयर गरियो भने निरन्तर लामो समयसम्म उहि पुरानै गतीमा काम लिन सकिन्छ । विशेषत हरेक दिन हामीले धेरै फाइल तथा फोल्डरहरु खोल्छौ र त्यही रहेर काम गरिरहदा बनेका डुप्लिकेट फाइल तथा फोल्डरहरुले कम्प्युटरको मेमोरीमै आफ्नो स्थान वनाएर वसेका हुन्छन् ।
त्यस्ता अनावश्यक फाइल फोल्डरलाई हटाएर आफ्नो कम्प्युटर चुस्तदुरुस्त वनाउको लागी सवैभन्दा पहिल्य किवोर्डमा “विण्डोज” आइकन र “आर” एकै पटक प्रेस गर्नुस् त्यहाँ रन खुल्नेछ । देखिएको चेकवक्समा recent टाइप गर्नुस र इन्टर प्रेस गर्नुस् । त्यहाँ धेरै फाइलहरु देखिनेछ र त्यसलाई डिलिट गर्नुस् । recent टाइप गरेर त्यस्ता फाइललाई डिलिट गरेजसैगरी क्रमश %temp% , temp र prefetch वाट पनी अनावश्यक सकंलित त्यस्ता फाइल एवं फोल्डर डिलिट गर्न सकिन्छ । यी र यस्ता प्रकारका फाइल फोल्डर दैनिक जसो हटाउदै गएको खण्डमा कम्युटरले काममा राहत दिनेनै छ । नियमित रुपमा काम गर्दै गर्दा अचानक समस्या र गतीमा गिरावट नआओस भन्नको लागी यस्ता सानातिना लाग्ने विषयमा ध्यान दिनुपर्छ भनिएको हो । दैनिक रुपमा कम्प्युटरमा काम गरिसकेपछि सट डाउन गर्नुअघि यस्ता प्रकारका डुप्लिकेट भएर वसेका फाइल,फोल्डरहरु हटाउन नर्विसनुहोला । अर्को महत्वपुर्ण विषय भनेको डिलिट गरिएका सम्पुण फाइल,फोल्डर रिसाइकल विनमा धकेल्नासाथ कम्प्युटरको भारमा कमी हुन्छ भन्ने भ्रममा पनी पर्न हुदैन । रिसाईकल विनलाई नै क्लियर गर्न जरुरी छ ।
त्यस्तै विण्डोज ७ अपरेटिङ सिस्टम रहेको कम्प्युटरको गती वढाउने अर्को विधी डिस्क क्लिनअप पनी हो । डिस्क क्लिनअपसम्म पुग्नको लागी मेनुवारवाट अल प्रोग्राममा जानुपर्ने हुन्छ । त्यहाँ एससरिज अप्सन देखिनेछ सोहि मेनुमा सिस्टम पनी पाउन सकिन्छ । सिस्टम टुलमा माउस ओभर गर्नुभयो भनेमात्रै पनी डिस्क क्लिनअप देखिनेछ । डिस्क क्लिनअपवाट ड्राइभ छनोट गरेर त्यहाँ रहेका अनावश्यक फाइल,फोल्डर हटाउन सकिन्छ । कम्प्युटरको गती वढाउनको लागी गरिने अर्को विधी भनेको डिस्क डिफ्रागमेन्टर पनी हो । यसको लागी पनी मेनुवार हुदै अल प्रोगाममा गएर एसोसरिज मेनुमा माउस ओभर गर्न आवश्यक छ क्रमस सिस्टम टुलमा जानुपर्ने हुन्छ । डिस्क क्लिनअपसगै डिस्क डिफ्रागमेन्टर पनी देखिनेछ, त्यहाँ क्लिक गरिसकेपछि कम्प्युटरको कुन ड्राइभमा जाने भन्ने विकल्प देख्नुहुनेछ र क्रमस कम्प्युटरमा रहेका ड्राइभरलाई सफ गर्न सकिन्छ ।


फोटो:गुगल
इन्टरनेट जोडिएको कम्प्युटरको गती अझ अरु कम्प्युटरभन्दा चाडै सुस्त हुने गर्दछ । इन्टरनेटवाट भाइरस तथा अनावश्यक सफट्वेयर डाउनलोडले गर्दापनी प्रोसेसरमा प्रभाव भइरहेको हुने हुदा कुन कुन अनलाइन साइट खोल्न आवश्यक छ र थोरैभन्दा थोरै के कती सफटवेयर प्रयोग गर्न सकिन्छ त्यसतर्फपनी ध्यान दिन सकेको खण्डमा आफुले चलाउदै आइरहेको कम्प्युटरलाई भार तथा चाप कम हुन जान्छ भने हामीले पनी कम्प्युटर केयर गरिएको ठहरिन्छ ।