१. नेपालको पूर्व देखि पश्चिम क्रमशः ८ हजार मिटर भन्दा अग्ला हिमालहरुः कन्चनजंघा, मकालु, सगरमाथा, ल्होत्से, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरी (कमसलो चोमअध)
२. नेपालको उचाईको आधारमा अग्लो देखि होचा क्रमशः ८ हजार मिटर भन्दा अग्ला हिमालहरुः सगरमाथा, कन्चनजंघा, ल्होत्से, मकालु, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण (सकल्होम चोधमअ)
३. भित्री मधेशमा पर्ने जिल्लाहरु पूर्व देखि पश्चिमको क्रमशः उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र सुर्खेत (उसिम चिन दासु)
४. भित्री मधेशमा पर्ने जिल्लाहरु ठुलो देखि सानोको क्रमशः दाङ,सिन्धुली,सुर्खेत,मकवानपुर, चितवन, उदयपुर, नवलपुर, (दासि सुमचि उन)
५. सप्तकोशी नदिका सहायक नदिहरु पूर्व देखि पश्चिम क्रमशः तमोर, अरुण, दुधकोशी, लिखु, तामाकोशी, सुनकोशी र इन्द्रावती (तअ दुलिता सुन इन्द्र)
६. सप्तगण्डकी नदिका सहायक नदिहरु पूर्व देखि पश्चिम क्रमशः त्रिशुली, बुढीगण्डकी, दरौदी, मर्स्याङ्दी, मादी, सेतीगण्डकी र कालिगण्डकी (त्रि बुदम मासेका)
७. सप्तकर्णाली नदिका सहायक नदिहरु पूर्व देखि पश्चिम क्रमशः सानोभेरी, ठुलो भेरी, मुगु कर्णाली, तिला, हुम्ला कर्णाली, बुढीगंगा र सेतीगंगा (सानेठुले मुति हुम्ला बुढी सेतीगंगा)
८. भोटमा मूल भएका नदिहरु पूर्व देखि पश्चिम क्रमशः तमोर, अरुण, तामाकोशी, सुनकोशी, त्रिशुली र कर्णाली (तअता सुत्रिक)
९. राष्ट्रिय निकुञ्जहरु ठुलो देखि सानो क्रमशः शे-फोक्सुण्डो, लामटाङ, मकालु-वरुण, सगरमाथा, वर्दिया, चितवन, पर्सा, बाँके, शुक्लाफाँट, खप्तड, शिवपुरी-नागार्जुन र रारा (शेला मस बचिप बा शुख शिरा)
१०. राष्ट्रिय निकुञ्जहरु स्थापना मितिको आधारमा अघि देखि पछिको क्रमशः चितवन, लामटाङ, सगरमाथा, वर्दिया, रारा, शे-फोक्सुण्डो,खप्तड,मकालु-वरुण,शिवपुरी-नागार्जुन,बाँके,शुक्लाफाँट, पर्सा (चिला सराब शेख मशि बाशु पर्सा)
११. नेपालमा सिकार गर्न पाइने 10 जनावरः-थार, लगुना, चित्तल, बदेल, झारल, घोरल, घोडगधा, जरायो, नाउर (थाल चिरा बझा घोघो जना)
१२. नेपालमा सिकार गर्न पाइने 10 पन्छिहरुः- कालिज, लुइचे, पानीहास, परेवा, चखेवा, तित्रा, ढुकुर, च्याखुरा (कालु पाप चति ढुच्या)







0 Comments:
Post a Comment