Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

♦ ♦ ♦ नेपालको इतिहास सम्बन्धि वस्तुगत प्रश्नोत्तर ♦ ♦ ♦

👉 राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ? – ३५ जिल्ला
👉 नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ? – २०६४ चैत्र २८
👉 लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ? – अ्मात्य
👉 राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ? – श्री ३ को कार्यलय
👉 सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ? -क्रीतिनिधी बिष्ट
👉 नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ? -लोकतन्त्र दिबस
👉 कसको हत्याको कारण कोतपर्ब भएको थियो ?- गगनसिंह
👉 नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ? -२०६३ मंसिर ०५
👉 नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? – २००८ माघ २१
👉 रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? – नरेन्द्रदेव
👉 नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? – महिन्द्र मल्ल
👉 नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? – २०३७ बैशाख २०
👉 गोपाल भन्नाले केलाई बुझाउछ ? – गाईपालक समुदायलाई
👉 गोपालहरुको राजधानी कहाँ थियो ? – किर्तिपुरको दक्षिणी मातातिर्थ
👉 किराँतहरुको मुलथलो कहाँ हो ? – पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार
👉 किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ? -कौरवहरुको
👉 प्रथम सोमवंशि राजा को थिए ? -निमिष
👉 सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ? – गोदावारी
👉 अन्तिम सोमवंशि राजा को हुन ? – भाष्कर वर्मा
👉 लिच्छविहरु को थिए ? – भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु
👉 लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ? – युपग्राम
👉 लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ? – गुप्त लिपि
👉 नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ? – राघवदेव
👉 लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ? – संस्कृत
👉 नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ? -जयस्थिती मल्ल
👉 प्रताम मल्लले कति बर्ष शासन गरे ? -३३ वर्ष
👉 रानिपोखरिको निर्माण कसले गरेका हुन ? – प्रताप मल्ल
👉 हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ? – प्रताम मल्ल
👉 कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ? – जयप्रकाश मल्ल
👉 सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ? -जयप्रकाश मल्ल
👉 सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ? -५२ वर्ष
👉 पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ? -सिद्दिनरसींह मल्ल
👉 योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ? -३१ जना
👉 न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ? – भुपितन्द्र मल्ल
👉 शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ? – रणजीत मल्ल
👉 तीनतले तलेजु मन्दिर कति अग्लो छ ? -१०२ फिट
👉 मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ? -तलेजु-तलुजा भवानी
👉 मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ? – कान्तिपुर
👉 पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ? – शिवदेव
👉 प्रजाले खाए पछि मात्र खाने राजा को हुन ? – महिन्द्र मल्ल
👉 अभयको मल्लको के भएर निधन भएको थियो ? – भुकम्पमा परेर
👉 कान्तिपुरको बिजयपश्चात राजा जयप्रकास मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ? – ललितपुर
👉 नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ? –ने.मध्यंपाल.देश
👉 किराँतकालका प्रथम राजा को हुन् ? –यलम्वर
👉 कुन किराँती राजाको पालामा गौतमवुद्ध नेपाल आएका थिए ? –जितेदास्ती
👉 सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ? –स्थुंको
👉 सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ? –ब्राम्ही
👉 सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ? – नेपालका देवपाल नामक एक क्षत्रीयसँग
👉 चारुमति र देवपालले बसाएको नगरको नाम के हो ? –देवपाटन
👉 किराँतहरुको राजधानी कहाँ रहेको थियो ? –शंखमुल
👉 पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृति मानिन्छ ? –किराँत
👉 काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ? –मञ्जुश्रीले
👉 मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ? –ने मुनीले ।
👉 नेपालमा पहिलो राज्यस्थापना कुन वंशले गरेको थियो ? –गोपालवंशीले
👉 गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ? –यक्ष गुप्त
👉 गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ? –५२१ वर्ष
👉 गोपालवंश पछि नेपालमा कुन वंशले शासन गर्यो ? –अहिर (महिषपाल)
👉 कुन किराँती राजाको पालामा सोमवंशले नेपालमा आक्रमण गरेका थिए ? –पटुको
👉 किराँतकालका अन्तिम राजा कसलाई मानिन्छ ? –गस्ती
👉 लिच्छविकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ? –द्रङ
👉 लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाई कुलको गौरव दर्शाउने राजा को हुन् ? –शिवदेव प्रथम
👉 नेपालका प्रथम लिच्छवि राजा को थिए ? –जयदेव प्रथम
👉 मानाङ्कमा के चिन्ह अंकित गरिएको थियो ? –श्री भोगिनी चिन्ह
👉 लिच्छवीकालमा व्यापारीहरुको समूहलाई के भनिन्थ्यो ? –सार्थ
👉 मानदेवको छोराको नाम के हो ? –महिदेव
👉 लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ? –४१ वर्ष (वि.सं.५२१देखि ५६२ सम्म)
👉 लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? –चारभाट
👉 लिच्छविकालमा शुद्र जातिलाई के भनिन्थ्यो ? –चाण्डाल
👉 पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? –नरेन्द्रदेव
👉 नेपाली इतिहासको स्वर्णकाल कुन काललाई मानिन्छ ? –लिच्छविकाललाई
👉 नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? –मानदेव
👉 नेपालमा अंशुवर्माले कति वर्ष शासन गरे ? – १६ वर्ष, (वि.सं. ६६२–६७८ सम्म)
👉 लिच्छविकालमा कर तथा राजस्व उठाउने निकायलाई के भनिन्थ्यो ? –कुथेर
👉 कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ? –अंशुवर्मा
👉 शब्दविद्या ग्रन्थ कुन लिच्छवि राजाले लेखेका हुन् ? –अंशुवर्मा
👉 श्री कलहाभिमानीको पद्वी धारण गर्ने राजा को हुन् ? –अंशुवर्मा
👉 लिच्छवी कालमा कुन लिपिको प्रचलन थियो ? –ब्राम्ही
👉 लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ? –अग्रहार
👉 सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा
👉 सोमवंशको राजधानी कहाँ थियो ? –गोदावरीमा
👉 सोमवंशका प्रथम राजा को हुन् ? –निमिष
👉 सोमवंशका अन्तिम राजा को हुन् ? –भाष्कर वर्मा
👉 भाष्कर वर्माले कसलाई उत्तरधिकारी बनाएका थिए ? –सूर्यवंशी राजपुत भूमि वर्मालाई
👉 लिच्छविहरु कहाँबाट नेपालमा प्रवेश गरेका हुन् ? –वैशालीबाट
👉 वैशाली हाल कहाँ पर्दछ ? –भारतको मुजफ्फरपुर जिल्ला
👉 लिच्छविहरुको आदि पुरुष कसलाई भनिन्छ ? –सपुष्पलार्ई
👉 लिच्छवि कालमा राजकीय भाषा के थियो ? –संस्कृत
👉 युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ? –अंशुवर्मा
👉 अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ? –भोटका राजा स्रङचङ गम्पोसँग
👉 राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ? –३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)
👉 कुन राजाको पद्वी “महाराजधिराज परमभट्टारक” थियो ? –नरेन्द्रदेव
👉 लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ? –महावलाध्यक्ष
👉 लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त
👉 लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ? –हाँडीगाउँ
👉 किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ? –विषय
👉 नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ? –मानदेवलाई
👉 मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ? –मानांक
👉 मानगृह कसले बनाउन लगाएका हुन् ? –मानदेवले
👉 प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ? –मानदेव
👉 मल्लकालका प्रथम राजा को हुन् ? –अरिदेव (अरि मल्लदेव)
👉 सर्वप्रथम नेपाल आउने मल्ला राजा को हुन् ? धर्मदत्त
👉 काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ? –गण्डकी पारी
👉 कन्तिपुरका संस्थापक राजा को हुन् ? –गुणकामदेव
👉 इन्द्रजात्रा कहिले हुन्छ ? – आश्विन शुक्ल पञ्चमीका दिन
👉 इन्द्रजात्राको चलन कसले चलाएका हुन् ? –गुणकामदेव
👉 गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ? –गुणाङ्क
👉 विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ? –गुणकामदेव
👉 हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो ? –गुणकामदेव
👉 मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ? –सन् ११९७ देखि
👉 कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ? –लक्ष्मी नरसिंह मल्ल
👉 कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो? –लक्ष्मी नरसिंह मल्ल
👉 एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ? –विशेत
👉 काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ? –प्यागोडा
👉 काष्ठमण्डपको अर्को नाम के हो ? –मरु सत्तल
👉 सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ? –शिवसिंह मल्ल
👉 “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ? –काजी भीममल्लकी रानीले सति जानेबेलामा
👉 राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ? –वि.सं. १६९८–१७३१सम्म
👉 १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ? –प्रताप मल्ल
👉 सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ? –प्रताप मल्ल
👉 कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ? –प्रताप मल्ल
👉 रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ? –प्रताप मल्ल
👉 छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ? –वि.सं. १७२७
👉 वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ? –प्रताप मल्ल
👉 प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ? –महेन्द्र मल्ल
👉 तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ? –महेन्द्र मल्ल
👉 महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ? –महिन्द्र मल्ली
👉 सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ? –ललितपुरमा
👉 गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ? –सिद्धिनरसिंहमल्ल
👉 पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल
👉 सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ? –कृष्णको
👉 कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ? –सिद्धिनरसिंह मल्ल
👉 ५५ झ्याले दरबार कसले बनाएका हुन् ? –भुपतिन्द्र मल्ल
👉 भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ? –भादगाउँ (भक्तपुर)
👉 पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ? –भुपतिन्द्र मल्ल
👉 भुपतिन्द्र मल्ल कसका छोरा थिए ? –जितामित्र मल्ल
👉 पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ? –यक्ष मल्ल
👉 यक्ष मल्ल कसका छोरा थिए ? –ज्योती मल्ल
👉 नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ? –यक्ष मल्ल
👉 काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ? –यक्ष मल्ल
👉 समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ? –जयस्थिति मल्ल
👉 जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ? –४३ वर्ष
👉 गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ? –जयस्थिति मल्ल
👉 पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ? –जयस्थिति मल्ल
👉 जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ? –४ भागमा (अब्बल, दोयम, सीम र चाहार)
👉 रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ? –जयस्थिति मल्ल
👉 राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ? –३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)
👉 बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ? –जयस्थिति मल्ल
👉 नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ? –जयस्थिति मल्ल
👉 राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ? –जयस्थिति मल्ल
👉 कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ? –अनन्त मल्ल
👉 बनेपा, पनैती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ? –अनन्त मल्ल
👉 मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –चौतारा
👉 आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ? –जगप्रकाश मल्ल
👉 भक्तपुरका अन्तिम राजा को थिए ? –रणजीत मल्ल
👉 राजर्षि भनेर कुन राजालाई चिनिन्छ ? –सिद्धिनरसिंह मल्ल
👉 सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ? –महिन्द्र मल्ल
👉 सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ? – रत्न मल्ल
👉 इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ? –जयप्रकाश मल्ल
👉 बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ? –अंशु वर्मा
👉 भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ? – जगज्योति मल्ल
👉 आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ? –प्रताप मल्ल
👉 “हर गौरी विवाह” नाटकका लेखक को हुन् ? –जगज्योती मल्ल
👉 अरनिको चीन कहिले गएका थिए ? –वि.सं. १३१७ मा
👉 पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ? –राजा प्रचण्डदेव
👉 बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ? –जयप्रकाश मल्ल
👉 सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ? –कुलमण्डन शाह
👉 पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ? –राज्यप्रकाश मल्ल
👉 लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ? –पसल खोल्दा लाग्ने कर
👉 राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ? –भोगीनी
👉 लाजिम्पाट स्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ? –मानदेव
👉 अमात्य भन्नाले मन्त्रीलाई बुझिन्थ्यो भने काजी भन्नाले मल्लकालमा कसलाई बुझिन्थ्यो ? –भारदार
👉 मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त भन्नाले कसलाई जनाउँथ्यो ? –प्रशासक
👉 पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ? –अभय मल्ल
👉 गुप्त सम्वत कसले चलाएका थिए ? –अंशु वर्मा
👉 अंशु वर्मा कुन वंशका राजा थिए ? –ठकुरी
👉 नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ? –योग नरेन्द्र मल्ल
👉 आफूलाई विद्यापारंगत भनी लेख्ने राजा को हुन् ? –जितामित्र
👉 मल्लकालका अभागी राजा कसलाई भनिन्छ ? –जयप्रकाश मल्ल
👉 मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? –तलेजु भवानी
👉 घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ? –जय प्रकाश मल्ल
👉 सुमति कुन राजाको उपनाम हो ? –जितामित्र मल्ल
👉 नेपालको इतिहासमा मण्डलेशवर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर कसलाई चिनिन्छि ? श्रीनिवास मल्ल
👉 लमजुङ्गका अन्तिम राजा को हुन् ? –वीरमर्दन शाह
👉 भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ? –यक्ष मल्ल
👉 लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ? –डोलाजी
👉 भक्तपुरपमा प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रज निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हुन् ? जगज्योति मल्ल
👉 छालाको मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल
👉 कर्नाटक वंशका अन्तिम राजा को हु्न ? –हरिसिंहदेव
👉 तिरहुत वा डोय राज्यको स्थापना कसले गरेका थिए ? –नान्यदेवले
👉 बंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए ? –वि.सं. १४०६ मा
👉 द्रव्य शाहले गोरखामा कहिले शाह राज्यको स्थापना गरे ? –वि.सं. १६१६ भाद्र २५ गते
👉 प्रजापञ्च भन्नाले मल्लकालमा के लाई जनाउँथियो ? –गाउँ र नगरका शासक
👉 न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ? –राजा राम शाह
👉 मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ? –जयस्थिति मल्ल
👉 पृथ्वी नारायण शाहको जन्म कहिले भएको हो ? –वि.सं. १७७९ पौष २७ गते
👉 पृथ्वी नारायण शाह कहिले गोरखाका राजा भए ? –वि.सं. १७९९ मा
👉 पृथ्वी नारायण शाहले नुवाकोटमाथि कतिपटक आक्रमण गरे ? –२ पटक (वि.सं. १८०० र १८०१)
👉 नुवाकोटको माथि गोरखाले कहिले विजय प्राप्त गर्यो ? –वि.सं. १८०१मा
👉 किर्तिपुरमा पृथ्वीनारायाण शाहले कहिले कहिले आक्रमण गरे ? –वि.सं. १८१४, १८२१ र १८२२ मा
👉 गोरखाले कहिले मकवानपुरमाथि विजय हासिल गर्यो ? –वि.सं. १८१९ भाद्र ९ गते
👉 मकवानपुरका अन्तिम राजा को थिए ? –दिग्बन्धन सेन
👉 गोरखाले कहिले किर्तिपुरमाथि विजय हासिल गर्यो ? वि.सं. १८२२ चैत्र ३ गते
👉 काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? –जय प्रकाश मल्ल
👉 गोरखाले काठमाण्डौ माथि कहिले विजय प्राप्त गर्यो ? १८२५ भाद्र शुक्ल चतुर्दशी
👉 गोरखाले काठमाण्डौमा विजय प्राप्त गर्दा काठमाण्डौमा केको जात्रा परेको थियो ? –इन्द्रजात्रा
👉 ललितपुरमाथि गोरखाले कहिले विजय प्राप्त गर्यो ? –सन् १७६८ अक्टुवर ६ मा
👉 ललितपुरका अन्तिम मल्ल राजा को हुन् ? –तेजनरसिंह मल्ल
👉 गोर्खाले भक्तपुरमा कहिले विजय प्राप्त गर्यो ? –वि.सं.१८२६ कार्तिक शुक्ल द्वादशीमा
👉 भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? –रणजीत मल्ल
👉 पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ? –वि.सं. १८३१ मकर संक्रान्तिको दिनमा
👉 कसको शासनकाललाई नेपालको एकीकरणको स्वर्णयुग भनिन्छ ? –बहादुर शाहको नायवी कालालाई
👉 रणबहादुर शाहको हत्या कसले गरेका थिए ? –उनकै भाई शेरबहादुर शाह
👉 नेपालको पहिलो प्रधानमन्त्री तथा कमाण्डर इन चिफ को हुन् ? –भीमसेन थापा
👉 धरहरा तथा वागमतीको पुल कसले बनाउन लगाएका हुन् ? –भीमसेन थापा
👉 नेपाल अंग्रज युद्ध कहिले भएको थियो ? –वि.सं.१८७१–१८७२
👉 नयाँ मुलुक भनेर कुन कुन भुभागलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
👉 ऐतिहासिक कोतपर्व कहिले भएको थियो ? –वि.सं. १९०३ आश्विन ३ गते
👉 ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ? –वि.सं. १९०३ कात्तिक १२ गते
👉 नेपालमा सर्वप्रथम जलविद्यतु उत्पादन कहिले गरिएको हो ? – वि.सं. १९६८ सालमा
👉 नेपालमा अङ्ग्रेजी शिक्षाको प्रारम्भ कुन राणा प्रधानमन्त्रीको पालामा प्रारम्भ भयो ? – जङ्गबहादुर राणा
👉 लिच्छविकालमा पंच खतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? –पांचाली
👉 नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? – वि.सं. २०२०
👉 पद्मा गिरि पहाडको वर्तमान नाम के हो ? –स्वयम्भू
👉 काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ? –सुरतरु
👉 भण्डारखाल पर्व कसका विरुद्ध रचिएको काण्ड हो ? –जङ्गबहादुर राणा
👉 लिच्छविकालमा राजाको इजलासलाई के भनिन्थ्यो ? –अन्तरासन
👉 सिम्रौनगढ राज्यका प्रथम राजा को थिए ? –नान्यदेव
👉 किराँतीहरुले कसलाई हटाई काठमाडौं उपत्यकामा शासन प्रारम्भ गरेका छन् ? –महिषपाल वंश
👉 कीर्तिपुरस्थित बाघभैरवको मन्दिर कसको पालामा बनेको हो ? –शिवदेव तृतीय
👉 काठमाडौंको जलविनायक मन्दिर कसको पालामा बनेको हो ? –राजा विष्णु मल्ल
👉 भीमसेन थापाले प्रचलनमा ल्याएको ब्याजदर अनुसार नगदी र जिन्सीमा कति, कति थियो ? –नगदमा १०५, जिन्सीमा २५५
👉 नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको थियो ? –वि.सं. १९९४
👉 नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ? –हिमालय शमशेर राणा
👉 नेपालमा पहिलोपटक स्थापित विदेशी बैंक कुन हो ? –नेपाल अरब बैंक लि.
👉 नेपाली कांग्रेसको वैरगानिया सम्मेलन कहिले भएको हो ? –सन् १९५० सेप्टेम्बर
👉 वि.सं. २०१० सालमा मातृकाप्रसाद कोइरालाले खोलेको पार्टीको नाम के थियो ? – राष्ट्रिय प्रजा पार्टी
👉 जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ? –टंकप्रसाद आचाय
👉 २०४६ सालको जनआन्दोलन योजनाबद्ध रुपम कहिलेबाट सुरु भयो ? –२०४६ फागुन ७ गते
👉 २०४८ सालको आम निर्वाचन कहिले भयो ? –२०४८ बैशाख २९
👉 माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? –२०५२ फागुन १ गते
👉 राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कहिले लिए ? –वि.सं. २०५९ माघ १९
👉 दरबार हत्याकाण्ड कहिले भयो ? –वि.सं. २०५८ ज्येष्ठ १९
👉 माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता कहिले भयो ? –०६३ मंसिर ५ गते
👉 चौबीसे राज्य भनेर कुन क्षेत्रलाई चिनिन्छ ? –गण्डक क्षेत्र
👉 नेपालमा दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा कहिले भयो ? –२०४६ चैत्र २६
👉 नेपाल–अंग्रेजबीचको युद्ध कहिले सुरु भएको थियो ? –१ नोभेम्बर, सन् १८१४
👉 नेपालमा सर्वप्रथम कर्मचारीको हड्ताल कहिले प्रारम्भ भएको हो ? –जेठ १९ वि.सं. २००९
👉 वीरपुस्तकालयका प्रथम लाइब्रेरियन को हुन् ? –पं केदारनाथ
👉 सिंहदरबारबाट नेपालमा रेडियो प्रसारण कार्य कहिलेदेखि सुरु भएको थियो ? –वि.सं. २००७ चैत २०
👉 राजा महेन्द्रउपर महोत्तरीमा बमद्वारा आक्रमण कहिले गरिएको थियो ? –२०१८ माघ ९
👉 नेपालमा जनमतसंग्रहको घोषणा कहिले गरिएको थियो ? –२०३६ जेठ १०
👉 जनआन्दोलन २०४६ सालपछिको पहिलो निर्वाचित मन्त्रिमण्डलको गठन कहिले भयो ? –२०४८ जेठ १५
👉 बहुदलीय व्यवस्थाको पुनस्र्थापना कहिले भयो ? –२०४६ चैत
👉 जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटी दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ? –तेजारथ अड्डा
👉 बौलाहा राजा भनेर कसलाई चिनिन्छ ? –लक्ष्मीनर सिंह मल्ल
👉 लिच्छविकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो ? –वृत्ति अधिकरण
👉 लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त
👉 आफूलाई टक, मुद्रा आदिमा सङ्गीत पारङ्गत भनी लेख्ने राजा को हुन् ? –जितामित्र मल्ल
👉 पृथ्वीनारायण शाहको पहिलो विवाह कहाँ भएको थियो ? –मकवानपुर
👉 देव शमशेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेदेखि बन्द भयो ? –२०४५ बैशाख १
👉 “मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको डमरु हुँ” यो भनाई कसको हो ? –अमरसिंह थापा
👉 भीमसेन थापाको जन्म भएको स्थान कहाँ हो ? –गोर्खाको बोर्लाङ
👉 भक्ति थापा कुन युद्धसँग सम्बन्धित् छन् । –देउथल
👉 बहादुर शाहकी पत्नीको नाम के हो ? –विद्यालक्ष्मी
👉 तनहुँ राज्यका संस्थापक राजा को हुन् ? –भृगु सेन
👉 कोशी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने महावीर शमशेर हुन् भने गण्डक सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? –सुवर्ण शमशेर
👉 वि.सं. १९९० सालको भूकम्पमा परी कति व्यक्तिको मृत्यु भयो ? –१६,८७५ जना
👉 सदर चिडियाखानाको स्थापना कहिले भएको हो ? –वि.सं. १९९८
👉 नेपालको सबैभन्दा पुरानो नहर कुन हो ? –चन्द्र नहर
👉 पशुपतिनाथको अगाडिको बसाहा कसले बनाएको हो ? –जगत्जंग
👉 देउथल युद्धसँग सम्बन्धित व्यक्ति को हो ? –भक्ति थापा
👉 नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ? –नायकदेवी
👉 पृथ्वीनारायण शाहकी आम कुन राज्यकी राजकुमारी थिइन् ? –पाल्पाकी
👉 कुन राजाको पालामा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएको थियो ? –गिर्वाणयुद्ध
👉 माथवरसिंह थापालाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाइएपछि राजाबाट प्रदान गरिएकोपदवी केथियो ? –कलाबहादुर
👉 जंगबहादुर राणाका मातापिता को को हुन् ? –बालनरसिंह कुँवर र रक्षाकुमारी
👉 नेपालमा चर्खा प्रचार गरी स्वदैशी भावना जगाउन प्रयास व्यक्ति को थिए ? –तुलसी मेहर श्रेष्ठ
👉 नेपालको पहिलो आम निर्वाचन कहिले सम्पन्न भयो ? –वि.सं. २०१५
👉 लिच्छवीकालमा परमान भन्नाले के बुझिन्थ्यो ? – सैनिक
👉 लिच्छविकालका अन्तिम राजा को हुन् ? – जय कामदेव (प्रथम जयदेव हुन्)
👉 जङ्गबहादुर राणाको पालामा स्थापित भ्रष्टाचारसम्बन्धी हेर्ने अड्डालाई के भनिन्थ्यो ? – धर्मकचहरी
👉 लिच्छवि कालमा पञ्चखतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? – पाञ्चाली
👉 सुगौली सन्धि कहिले भएको थियो ? – ३ मार्च १८१६
👉 नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लियो ? –सन् १९६४ टोकियो ओलम्पिक देखि
👉 नेपालमा सबभन्दा पहिले स्थापना भएको पार्टी (दल) कुन हो ? –नेपाल प्रजापरिषद्
👉 नुवाकोटसँगको युद्दमा पराजयपछी पृथ्विनारायण शाहले काशी गएर तिर्थस्नान गरि गोत्र परिवर्तन गरेका थिए ।
👉 सर्वप्रथम वीरविक्रम पदवी धारण गर्ने राजा गीवार्णयुद्द वीरविक्रम शाह हुन ।
👉 “म राष्ट्र नोकर हुँ” भन्ने पद्म शमशेरको भनाई हो ।
👉 नेपालमा छापाखानाको स्थापना विसं १९०८ मा भएको हो ।
👉 विसं २००६ साउन ११ गते हलो क्रान्ति लमजुङ जिल्लाबाट सुरुवात भएको हो ।
👉 नेपालमा सर्वप्रथम जनगणना लिने संस्था सेन्सस गोश्वरा हो ।
👉 प्रथम विश्वयुद्दमा नेपाली सेनाको नेतृत्व बबरशमशेरले गरेका थिए ।
👉 उपत्यका विभाजन हुनुभन्दा अघिका राजा यक्ष मल्लको राजधानी कान्तिपुरमा थियो ।
👉 १७ भाई छोरा हुने धीरशमशेरका भाई जङ्गबहादुर हुन ।
👉 सरकारले डाँफे, लालीगुराँस,सिम्रीकलाई वि स २०१९ असार २० मा राष्ट्रीय चिन्ह घोषणा गर्यो ।
👉 अरनिको चीन जाँदा नेपालका राजा जयभिमदेव थिए ।
👉 प्राचिनकालमा काठमाडौं जलमय हुँदा तक्षक नागको बासस्थान भएको मानिन्छ ।
👉 नेपालमा राष्ट्रीय अभिलेखालयको स्थापना विसं १९५६ मा भएको हो ।
👉 केन्द्रीय कारागार वीरशमशेरको पालामा स्थापना भएको हो ।
👉 राम शाहले नापतौलका लागि मानो एकाई निर्धारण गरेका थिए ।
👉 लाखे जात्रा प्रताप मल्लले चलाएका हुन ।
👉 नागार्जुन दरबार निर्माण हुँदा नेपालमा जुद्द शमशेर प्रधानमन्त्री थिए ।

लेखापरीक्षण सम्बन्धि बारम्बार साेधिने प्रश्नहरु

 लेखापरीक्षण भनेको के हो ?

आर्थिक कारोबारसँग सम्बन्धित लेखाको स्वतन्त्र, निष्पक्ष एवं उद्देश्यमूलक रूपमा गरिने परीक्षण, चेकजाँच र सोको मूल्याङ्कन तथा विश्लेषण गर्ने कार्य लेखापरीक्षण हो । लेखापरीक्षण ऐन, २०७५ बमोजिम लेखापरीक्षणले सबै सरकारी कार्यालय, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्था, महालेखापरीक्षकबाट लेखापरीक्षण हुने भनी संघीय कानूनद्वारा तोकिएको संस्था वा निकायको लेखा तथा लेखासँग सम्बन्धित कामको परीक्षण र त्यसको आधारमा गरिने मूल्यांकन तथा बिश्लेषण र सम्परीक्षण गर्ने कार्य समेतलाई जनाउँदछ भनी परिभाषित गरिएको छ ।

लेखापरीक्षणका आधारहरु के के हुन ?

लेखापरीक्षणका प्रमुख आधारहरु नेपालको संबिधान, ऐन, नियम, निर्देशिका, कार्यविधि, नर्म्स, सम्झौता, निर्णय, संसद तथा संसदीय समितिका निर्णय, तर्जुमा गरिएका नीति, रणनीति, कार्ययोजना, मानदण्ड, मार्गदर्शन एवं निर्देशिकाहरु हुन । यसैको आधारमा लेखापरीक्षण गरी प्रतिबेदन जारी गर्ने कार्य गरिन्छ।

अन्तिम लेखापरीक्षण भनेको के हो ?

नेपालको संविधानको धारा २४१ एवं लेखापरीक्षण ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय र पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको आधारमा हुने परीक्षण नै अन्तिम लेखापरीक्षण हो ।

लेखापरीक्षणमा कस्तो विधि र पद्वति अवलम्वन गरिन्छ ?

लेखापरीक्षण ऐन २०७५, नेपाल सरकारी क्षेत्र लेखापरीक्षण मानदण्ड, सर्र्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई) द्वारा प्रतिपादित लेखापरीक्षणका आधारभूत सिद्धान्त, लेखापरीक्षण मार्गदर्शन र असल अभ्यासको आधारमा जोखिम पहिचान र मूल्याङ्कन गरी योजना तर्जूमा गर्ने, लेखापरीक्षणको क्रममा पर्याप्त र सान्दर्भिक प्रमाण सङ्कलन गर्न नमूना छनौट एवं विस्तृत परीक्षण गर्ने, सो को लागि मुख्यतः भौचिगं, स्थलगत निरीक्षण, प्रश्नावली, सोधपुछ, छलफल आदि माध्यमबाट जानकारी, सूचना, विवरण प्राप्त गरी सारभुत परीक्षण, बिश्लेषणात्मक परीक्षण, नियन्त्रण परीक्षण, परीपालनाको परीक्षण बिधि तथा पद्धति अवलम्वन गरिन्छ ।

लेखापरीक्षण बेरुजु बढ्नुको कारण के हुन ?

वित्तिय कारोबारमा संलग्न जिम्मेवार व्यक्ति र निकायले विद्यमान कानूनको परिपालना नगरी यथेष्ट प्रमाण र आधार बेगर खर्च गर्ने प्रवृत्तिका कारण बेरुजु बढ्दै गईरहको छ । सरकारी कोषको खर्च लेख्दा खर्चको पुष्ट्याईका लागि तोकिएका कानूनी प्रावधान, निर्णय, कागजात, प्रमाण बेगर खर्च गरेका कारण बेरुजु बढ्दै गएको देखिन्छ ।

बेरुजु र भ्रष्टाचारमा के फरक छ ?

बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहर्र्याएको कारोबार हो । आर्थिक प्रलोभनमा पर्नु भनेकै भ्रष्टाचार हो । भ्रष्टाचारले कुनै जिम्मेवार पदाधिकारी र सरकारी संयन्त्रमा बस्ने कर्मचारीहरूले आफ्नो पदको गलत प्रयोग गरी आफू वा अरूका लागि गरिने लाभलाई जनाउँछ । बेरुजु बढ्दै जाँदा आर्थिक अनियमितता र भ्रष्टाचारको मात्रामा वृद्धि हुँदै जान्छ भने कम हुँदा भ्रष्टाचार र अनियमितता न्यूनीकरण हुनगई वित्तिय सुशासन कायम गर्न सहयोग पुग्छ

बेरुजु न्यूनीकरण गर्न के गर्न सकिन्छ ?

बेरुजू न्यूनिकरण गर्न जिम्मेवार पदाधिकारीले प्रचलित आर्थिक ऐन नियम, आदेश, निर्देशन र कार्यविधिहरूको कडाइका साथ कार्यान्वयन गर्ने र गत विगतमा औल्याइएका कमि कमजोरीलाई पुनरावृत्ति नगर्दा बेरुजु न्यूनिकरण गर्न सकिन्छ । आर्थिक कारोवारसंग सम्बन्धित लेखा उत्तरदायी अधिकृत, जिम्मेवार पदाधिकारी, कार्यालय प्रमुख, आर्थिक प्रशासन प्रमुख लगायत आन्तरिक र अन्तिम लेखापरीक्षण कार्यमा सँलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्न समेत आबश्यक देखिएको छ ।

लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धन गर्न कसरी सहयोग पुर्याउँछ ?

सम्पादित वित्तिय कारोबारको पूर्णता, शुद्धता, वैद्यता र उपयोग सम्बन्धमा आश्वस्तता प्रदान गर्ने माध्यमबाट लेखापरीक्षणले वित्तिय जवाफदहिता प्रवद्र्धन गर्दछ । संवैधानिक व्यवस्था एवं लेखापरीक्षण ऐन, २०७५ को दफा ८ ले तोकेका विषय परीक्षण गरी सार्वजनिक स्रोतको प्राप्ति तथा उपयोग अवस्थाको प्रतिवेदन पेश गर्ने सन्दर्भमा लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धनमा सहयोग र्पुयाउँदछ ।

लेखापरीक्षक आचारसंहिता भनेको के हो ?

लेखापरीक्षकको निष्ठा, स्वतन्त्रता, निष्पक्षता, गोपनीयता र पेशागत नैतिक आचरण तथा मूल्य मान्यता नै आचारसंहिता हो । सरकारी लेखापरीक्षकबाट पालना गर्नुपर्ने पेशागत व्यवहार, क्रियाकलाप, चरित्र, स्वभाव, चालचलन र सामाजीकिकरण जस्ता विषय लेखापरीक्षकको आचारसंहितासँग सरोकार राख्ने विषय हुन । सरकारी लेखापरीक्षण सम्बन्धमा सर्र्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टोसाइको लिमा घोषणा र सर्र्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षणमान (इसाइ) को मान्यतामा आधारित रही कार्यालयबाट सरकारी लेखापरीक्षकको आचारसंहिता, २०७० जारी भई कार्यान्वयनमा रहेको छ । साथै, विद्यमान निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्था र निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ समेत कार्यान्वयनमा रहेको छ ।

लेखापरीक्षण गुणस्तर अभिवृद्वि गर्ने सम्बन्धमा महालेखापरीक्षकको कार्यालयले के कस्तो व्यबस्था अबलम्वन गरेको छ ?

लेखापरीक्षण गुणस्तर आश्वस्तता पुनरावलोकन ह्याण्डबुक २०६९ बमोजिम लेखापरीक्षणको प्रत्येक चरणमा उच्च पदाधिकारीबाट सुपरिवेक्षण गर्ने, आचार संहिताको परिपालना र आन्तरिक नियन्त्रणका गतिविधिको अनुगमन गर्ने, समकक्षी पुनरावलोकन, जारी गरिएका लेखापरीक्षण प्रतिवेदनमा गुणस्तर आश्वस्तता निर्देशिकाले निर्धारण गरेका विषयवस्तुको पालना भए नभएको सम्बन्धमा परीक्षण, मूल्यांकन र प्रतिवेदन लगायतका क्रियाकलापमार्फत लेखापरीक्षणको गुणस्तर अभिबृद्वि गर्ने कार्य हुँदै आएको छ ।

लेखापरीक्षण प्रमाण भनेको के हो ?

लेखापरीक्षक वा लेखापरीक्षणको सर्वोच्च निकायका राय, निष्कर्ष वा प्रतिवेदनलाई पुष्टि गर्ने आधार नै लेखापरीक्षण प्रमाण हो । साथै, लेखापरीक्षकले लेखापरीक्षण राय र निष्कर्षमा पुग्नु अघि संकलन गर्ने सूचना एवं तथ्याङ्कहरुको विवरणलाई नै लेखापरीक्षण प्रमाण भनिन्छ ।

लेखापरीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदनमा के फरक छ ?

लेखापरीक्षण सम्पन्न गरिसकेपछि देखिएका व्यहोरा समाबेश गरी सम्बन्धित कार्यालयलाई उपलव्ध गराउने प्रतिबेदन लेखापरीक्षण प्रतिबेदन हो भने नेपालको संविधानको धारा २९४ बमोजिम महालेखापरीक्षकले बार्षिक रुपमा गरेको काम, कारबाही र लेखापरीक्षणबाट देखिएका मुख्य मुख्य व्यहोरा समाबेश गरिएको प्रतिबेदन नै वार्षिक प्रतिवेदन हो । यस्तो प्रतिबेदन सम्माननीय राष्ट्रपति समक्ष र प्रदेश सरकारको प्रतिबेदन सम्बन्धमा सम्बन्धित प्रदेश प्रमुख समक्ष पेश गर्ने गरिन्छ ।

सम्परीक्षण भनेको के हो ?

सम्परीक्षण भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिबेदनमा औल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टिकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फस्र्यौट सम्बन्धी कार्य र प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिवाट प्राप्त सुझाव वा निर्देशनका आधारमा गरिने फस्र्यौट समेत भन्ने बुझिन्छ ।

बेरुजु फर्स्यौट र सम्परीक्षणमा के फरक छ ?

बेरुजु फर्स्यौट भनेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४० बमोजिम बेरुजू फर्स्यौट तथा फरफारक गर्ने कार्य हो भने आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन अएका स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फर्स्यौट सम्बन्धी कार्य सम्परीक्षण हो ।

औचित्यको लेखापरीक्षण भनेको के हो ?

औचित्यको लेखापरीक्षण भन्नाले कार्यकारी निकायको निर्णय तथा क्रियाकलापहरुको लेखापरीक्षण जसले उक्त निकायको आर्थिक अनुशासन, संरचना, नीति नियमको परिपालना र सार्वजनिक चासो र भलाईको विषय यसको प्राथमिकतामा पर्दछ । लेखापरीक्षण ऐन,२०७५ को दफा ९ ले औचित्यको दृष्टिकोणबाट परीक्षण गर्ने कुराहरु उल्लेख गरेको छ ।

कार्यमूलक लेखारीक्षण भनेको के हो ?

कार्यमूलक लेखापरीक्षणमा स्रोत साधनको व्यवस्थापन तथा उपयोगमा मितव्ययिता,कार्यदक्षता र प्रभावकारिताको पक्षको मूल्याँकन गर्ने सन्दर्भमा सबै वा कुनै दुई वा एक पक्षको मूल्याङ्कन गरी सोबाट प्राप्त नतिजाको आधारमा सुझाव सहितको प्रतिवेदन तयार पारिन्छ ।मितव्ययिता अन्तर्गत न्यूनतम लागत र समयमा निर्धारित गुणस्तरको वस्तु वा सेवा प्राप्त भए नभएको, कार्यदक्षता अन्तर्गत निश्चित स्रोत साधनको उपयोगबाट अधिकतम उपलब्धि हासिल भए नभएको र प्रभावकारिता अन्तर्गत निर्धारित उद्देश्य हासिल भए नभएको वा सम्पन्न क्रियाकलापबाट अपेक्षित उपलब्धि वा प्रभाव हासिल भए नभएको सुनिश्चित गर्नु कार्यमूलक लेखापरीक्षण हो ।

 

मिश्रित वित्त (Blended Finance)

मिश्रित वित्त के हो? (What Is Blended Finance?)
**********
+सन् २०३० सम्ममा जनताको जीवन र पृथ्वीको भविष्य (people’s lives and the planet’s future) सुधार गर्ने महत्वकांक्षी एजेन्डा दिगो विकास लक्ष्य (SDG) पूरा गर्न हाल विकासको लागि हालको लगानीभन्दा बढी स्रोतको आवश्यकता महसुस भएको छ।

+ SDG का लक्ष्यहरू पूरा गर्नका लागि वार्षिक लगानीको अन्तर प्रतिवर्ष २.५ ट्रिलियन अमेरिकी डलर रहेको संयुक्त राष्ट्रसंघको अनुमान गरेको छ। 

+ब्लेन्डेड फाइनान्स उच्च विकास प्रभाव(high development impact) भएका परियोजनाहरूमा निजी पूँजीलाई उत्प्रेरित गरेर त्यो खाडल पुर्ने रणनीतिक उपकरण हो।

+Blended Finance भनेको उच्च प्रभाव भएका परियोजनाहरू(high-impact projects) मा सहुलियतपूर्ण वित्तपोषण(concessional funding) को लक्षित प्रयोग हो जसमा वास्तविक वा अनुमानित जोखिमहरू निजि वा व्यावसायिक वित्तको लागि मात्र धेरै उच्च हुन्छन्। 

+ मिश्रित वित्त भनेको दिगो विकासमा निजी क्षेत्रको लगानी बढाउन सार्वजनिक वा परोपकारी स्रोतहरूबाट उत्प्रेरक पूँजीको प्रयोग हो।

ब्लेन्डेड फाइनान्स एक संरचनात्मक दृष्टिकोण हो जसले विभिन्न उद्देश्यहरू भएका संगठनहरूलाई उनीहरूको आफ्नै उद्देश्यहरू (वित्तीय प्रतिफल, सामाजिक प्रभाव, वा दुबैको मिश्रण) प्राप्त गर्दा एक अर्कासँग सँगै लगानी/सह-लगानी गर्न अनुमति दिन्छ। 

+मिश्रित वित्त भनेको दिगो विकास परियोजनाहरूको लागि थप लगानी परिचालन गर्न सार्वजनिक, निजी र परोपकारी पुँजीको रणनीतिक संयोजन हो।


+विभिन्न प्रकारका पूँजीहरू मिसाएर, मिश्रित वित्तले बजारको असफलतालाई सम्बोधन गर्ने र निजी लगानीकर्ताहरूलाई सामाजिक र वातावरणीय लक्ष्यहरूलाई समर्थन गर्ने अवसरहरू सिर्जना गर्ने लक्ष्य राख्छ।
+विकास र लगानीमा मिश्रित वित्तको भूमिका सार्वजनिक र निजी क्षेत्रहरू बीचको कोषको खाडललाई कम गर्नु हो।
+संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (SDGs) लाई अगाडि बढाउने परियोजनाहरूमा लगानीका लागि निजी पुँजी आकर्षित गर्न सार्वजनिक र परोपकारी कोषहरू प्रयोग गरेर यो हासिल गरिएको हो।
+मिश्रित वित्तले बजार अवरोधहरू पार गर्न मद्दत गर्दछ र क्षेत्रहरूमा निजी लगानीहरूलाई उत्प्रेरित गर्दछ जुन अन्यथा धेरै जोखिमपूर्ण वा लाभदायक मानिनेछ।
+ "Blended finance will contribute to faster economic growth, but to achieve this it is vital to get donors into alignment."- MARTIN WOLF, CHIEF ECONOMICS COMMENTATOR, FINANCIAL TIMES
+मिश्रित वित्तको प्राथमिक उद्देश्यहरू निजी क्षेत्रको लगानीलाई परिचालन गर्ने, निजी लगानीकर्ताहरूको लागि जोखिम कम गर्ने र विकास आयोजनाहरूको वित्तीय व्यवहार्यता अभिवृद्धि गर्ने हो।
+पूँजीका विभिन्न स्रोतहरू र जोखिम-साझेदारी संयन्त्रहरू संयोजन गरेर, मिश्रित वित्तले विश्वव्यापी चुनौतीहरूको बजार-आधारित समाधानहरू प्रवर्द्धन गर्दै विकास प्रयासहरूको मात्रा र प्रभाव बढाउने लक्ष्य राख्छ।
+मिश्रित वित्त भनेको विकासोन्मुख देशहरूमा दिगो विकासतर्फ थप वित्त परिचालन गर्न विकास वित्तको रणनीतिक प्रयोग हो। यसले लगानीकर्ताहरूलाई वित्तीय प्रतिफल प्रदान गर्दै दिगो विकासमा योगदान पुर्‍याउने परियोजनाहरूमा व्यावसायिक पुँजीलाई आकर्षित गर्छ। यो दृष्टिकोणले विकासोन्मुख देशहरूका लागि उपलब्ध स्रोतहरूको कुल मात्रालाई विस्तार गर्न मद्दत गर्दछ।

विशेषताहरू

दिगो विकास लक्ष्यका लागि पुँजीका नयाँ स्रोतपरिचालन गर्न मिश्रित वित्त एउटा महत्वपूर्ण दृष्टिकोण हो।मिश्रित वित्त एक संरचना दृष्टिकोण हो। मिश्रित वित्त एक लगानी दृष्टिकोण, उपकरण, वा अन्त समाधान होइन। मिश्रित वित्त लेनदेनमा तीन हस्ताक्षर विशेषताहरू हुनुपर्दछ:
१. यो कारोबारले दिगो विकास लक्ष्य हासिल गर्न योगदान पु¥याउँछ । तथापि, प्रत्येक सहभागीसँग विकासको उद्देश्य हुनु आवश्यक छैन। मिश्रित वित्तीय संरचनामा निजी लगानीकर्ताहरूले बजार-दर वित्तीय प्रतिफल खोजिरहेका हुन सक्छन्।
२. समग्रमा, कारोबारले सकारात्मक वित्तीय प्रतिफल प्राप्त गर्ने अपेक्षा गरेको छ। मिश्रित वित्त संरचनामा विभिन्न लगानीकर्ताहरूले सहुलियतदेखि बजार-दरसम्म फरक-फरक प्रतिफल अपेक्षाहरू राख्नेछन्।
३.सार्वजनिक/परोपकारी साझेदारहरूको सहभागिता उत्प्रेरकका रूपमा रहि निजी क्षेत्रको सहभागिता आकर्षित गर्न लगानीको जोखिम / रिटर्न प्रोफाइलमा सुधार गर्दछ।


मिश्रित वित्तद्वारा सम्बोधन गरिएका निजी लगानीकर्ताहरूका लागि मुख्य लगानी अवरोधहरू (१) उच्च अनुमानित र वास्तविक जोखिम र (२) तुलनात्मक लगानीको सापेक्ष जोखिमको लागि खराब प्रतिफल हुन्। ब्लेन्डेड फाइनान्सले विकासशील देशहरूमा लगानीयोग्य अवसरहरू सिर्जना गर्दछ जसले अधिक विकास प्रभाव निम्त्याउँछ।

मिश्रित वित्तको फाइदा (Benefit of Blended Finance?)

 १.निजी क्षेत्रको पुँजी परिचालन
+मिश्रित वित्तले दिगो विकास परियोजनाहरूका लागि निजी क्षेत्रको पुँजीलाई उल्लेखनीय रूपमा परिचालन गर्छ।
+सार्वजनिक र परोपकारी कोषहरू प्रयोग गरेर, मिश्रित वित्तले निजी लगानीकर्ताहरूलाई सामाजिक र वातावरणीय परिणामहरूमा योगदान पुर्‍याउने परियोजनाहरूमा भाग लिन प्रोत्साहन दिन्छ, वित्तिय अन्तरलाई कम गर्दै र उपलब्ध स्रोतहरूको समग्र पूल बढाउँछ।
२. निजी लगानीकर्ताहरूको लागि जोखिम न्यूनीकरण
+मिश्रित वित्तको मुख्य फाइदाहरू मध्ये एक जोखिम न्यूनीकरण हो जसले निजी लगानीकर्ताहरूलाई प्रदान गर्दछ।
+सार्वजनिक र निजी स्रोतहरू संयोजन गरेर, मिश्रित वित्तीय संरचनाहरूले विभिन्न सरोकारवालाहरू बीच जोखिम बाँडफाँड गर्न मद्दत गर्न सक्छ, दिगो विकास परियोजनाहरूमा लगानीलाई निजी क्षेत्रका कलाकारहरूका लागि थप आकर्षक र सम्भव बनाउन सक्छ।
३.दिगो विकास लक्ष्यहरूको प्रवर्द्धन
+मिश्रित वित्तले गरिबी, असमानता, जलवायु परिवर्तन, र वातावरणीय ह्रास जस्ता विश्वव्यापी चुनौतिहरूलाई सम्बोधन गर्ने परियोजनाहरूतर्फ पुँजी निर्देशित गरेर संयुक्त राष्ट्र संघको SDGs को उपलब्धिमा योगदान पुर्‍याउँछ।
+SDGs सँग वित्तीय स्रोतहरू पङ्क्तिबद्ध गरेर, मिश्रित वित्तले विश्वव्यापी रूपमा दिगो र समावेशी विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्दछ।
४. नवप्रवर्तन र उद्यमशीलतालाई बढावा दिने
+मिश्रित वित्तले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने नयाँ प्रविधि, उत्पादन र सेवाहरूको विकासको लागि आर्थिक सहयोग प्रदान गरेर नवप्रवर्तन र उद्यमशीलतालाई बढावा दिन सक्छ।
+निजी क्षेत्रको पूँजी र विशेषज्ञता परिचालन गरेर, मिश्रित वित्तले दिगो विकासमा योगदान पुर्‍याउने नवीन समाधान र व्यवसायिक मोडेलहरू सिर्जना गर्न मद्दत गर्न सक्छ।
५. आर्थिक वृद्धि को गति
+मिश्रित वित्तले पूर्वाधार, ऊर्जा, कृषि, स्वास्थ्य सेवा, शिक्षा, र दिगो विकासलाई टेवा दिने अन्य क्षेत्रमा निजी क्षेत्रको लगानीलाई आकर्षित गरी तीव्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सक्छ।
+यसले उत्पादकत्व र रोजगारी सृजना बढाउन र विकासोन्मुख देशहरूमा जीवनस्तरमा सुधार ल्याउन सक्छ।

मिश्रित वित्तका चुनौती र जोखिमहरू
१.सार्वजनिक र निजी हित सन्तुलन
+मिश्रित वित्तको प्रमुख चुनौतीहरू मध्ये एक सार्वजनिक र निजी क्षेत्रका कलाकारहरूको हितलाई सन्तुलनमा राख्नु हो।
+निजी लगानीकर्ताहरूको वित्तीय हितको रक्षा गर्दै विकासका उद्देश्यहरू हासिल गर्न सार्वजनिक स्रोतहरूको प्रभावकारी प्रयोग भएको सुनिश्चित गर्नका लागि मिश्रित वित्तीय कदमहरूको सावधानीपूर्वक डिजाइन, वार्ता र कार्यान्वयन आवश्यक छ।
२. पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने
+मिश्रित वित्तीय पहलहरूको सफलताको लागि पारदर्शिता र जवाफदेहिता महत्त्वपूर्ण छ।
+सार्वजनिक स्रोतहरू प्रभावकारी रूपमा प्रयोग भएको सुनिश्चित गर्न र निजी क्षेत्रका कलाकारहरूले वातावरणीय, सामाजिक र शासन मापदण्डहरू (ESG) पालना गर्छन् भनी सुनिश्चित गर्न बलियो अनुगमन र रिपोर्टिङ संयन्त्र र सबै सरोकारवालाहरू बीच जिम्मेवारीको स्पष्ट रेखाहरू आवश्यक पर्दछ।

३.सम्भावित बजार विकृति व्यवस्थापन
+यदि सार्वजनिक स्रोतहरू प्रभावकारी रूपमा प्रयोग गरिएन भने वा निजी क्षेत्रका कलाकारहरूले सहुलियतपूर्ण वित्तपोषणको अनुचित फाइदा उठाएमा मिश्रित वित्तले सम्भावित बजार विकृति सिर्जना गर्न सक्छ।
+बजार विकृतिको जोखिमलाई न्यूनीकरण गर्न र सार्वजनिक स्रोतहरूको प्रभावकारी र जिम्मेवारीपूर्वक प्रयोग भएको सुनिश्चित गर्न मिश्रित वित्तीय कदमहरूको सावधानीपूर्वक डिजाइन र कार्यान्वयन आवश्यक छ।
४. मूल्याङ्कन र जोखिम न्यूनीकरण
+मिश्रित वित्तीय पहलहरूमा प्राय: जटिल जोखिम मूल्याङ्कनहरू र विभिन्न सरोकारवालाहरू बीच जोखिम साझेदारी व्यवस्थाहरू समावेश हुन्छन्।
+वित्तीय कार्यसम्पादन, वातावरणीय र सामाजिक प्रभावहरू र अन्य कारकहरूसँग सम्बन्धित जोखिमहरूको पहिचान, मूल्याङ्कन र न्यूनीकरण मिश्रित वित्तीय परियोजनाहरूको सफलता र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आवश्यक छ।
५.सम्झौता संरचनाहरूको जटिलता
+मिश्रित वित्तीय पहलहरूले जटिल सम्झौता संरचनाहरू समावेश गर्न सक्छन् जसलाई बहु-सरोकारवालाहरू बीच समन्वय र वार्ता आवश्यक पर्दछ।
+मिश्रित वित्त परियोजनाहरूको कानूनी, वित्तीय, र परिचालन जटिलताहरू navigate गर्न चुनौतीपूर्ण र समय खपत हुन सक्छ, विशेष विशेषज्ञता र स्रोतहरू चाहिन्छ। 

अन्त्यमा, दिगो विकास आयोजनाका लागि थप लगानी परिचालन गर्न सार्वजनिक, निजी र परोपकारी पुँजीको संयोजनलाई मिश्रित वित्त भनिन्छ। विभिन्न प्रकारका पूँजीहरू मिसाएर, मिश्रित वित्तले बजारको असफलतालाई सम्बोधन गर्ने र निजी लगानीकर्ताहरूलाई सामाजिक र वातावरणीय लक्ष्यहरूलाई समर्थन गर्ने अवसरहरू सिर्जना गर्ने लक्ष्य राख्छ।