
राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ? – ३५ जिल्ला

नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ? – २०६४ चैत्र २८

लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ? – अ्मात्य
राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ? – श्री ३ को कार्यलय

सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ? -क्रीतिनिधी बिष्ट

नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ? -लोकतन्त्र दिबस

कसको हत्याको कारण कोतपर्ब भएको थियो ?- गगनसिंह

नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ? -२०६३ मंसिर ०५

नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? – २००८ माघ २१

रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? – नरेन्द्रदेव

नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? – महिन्द्र मल्ल

नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? – २०३७ बैशाख २०

गोपाल भन्नाले केलाई बुझाउछ ? – गाईपालक समुदायलाई

गोपालहरुको राजधानी कहाँ थियो ? – किर्तिपुरको दक्षिणी मातातिर्थ

किराँतहरुको मुलथलो कहाँ हो ? – पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार

किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ? -कौरवहरुको

प्रथम सोमवंशि राजा को थिए ? -निमिष

सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ? – गोदावारी

अन्तिम सोमवंशि राजा को हुन ? – भाष्कर वर्मा

लिच्छविहरु को थिए ? – भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु

लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ? – युपग्राम

लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ? – गुप्त लिपि

नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ? – राघवदेव

लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ? – संस्कृत

नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ? -जयस्थिती मल्ल

प्रताम मल्लले कति बर्ष शासन गरे ? -३३ वर्ष

रानिपोखरिको निर्माण कसले गरेका हुन ? – प्रताप मल्ल

हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ? – प्रताम मल्ल

कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ? – जयप्रकाश मल्ल

सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ? -जयप्रकाश मल्ल

सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ? -५२ वर्ष

पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ? -सिद्दिनरसींह मल्ल

योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ? -३१ जना

न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ? – भुपितन्द्र मल्ल

शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ? – रणजीत मल्ल

तीनतले तलेजु मन्दिर कति अग्लो छ ? -१०२ फिट

मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ? -तलेजु-तलुजा भवानी

मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ? – कान्तिपुर

पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ? – शिवदेव

प्रजाले खाए पछि मात्र खाने राजा को हुन ? – महिन्द्र मल्ल

अभयको मल्लको के भएर निधन भएको थियो ? – भुकम्पमा परेर

कान्तिपुरको बिजयपश्चात राजा जयप्रकास मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ? – ललितपुर

नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ? –ने.मध्यंपाल.देश

किराँतकालका प्रथम राजा को हुन् ? –यलम्वर

कुन किराँती राजाको पालामा गौतमवुद्ध नेपाल आएका थिए ? –जितेदास्ती

सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ? –स्थुंको

सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ? –ब्राम्ही

सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ? – नेपालका देवपाल नामक एक क्षत्रीयसँग

चारुमति र देवपालले बसाएको नगरको नाम के हो ? –देवपाटन

किराँतहरुको राजधानी कहाँ रहेको थियो ? –शंखमुल

पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृति मानिन्छ ? –किराँत

काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ? –मञ्जुश्रीले

मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ? –ने मुनीले ।

नेपालमा पहिलो राज्यस्थापना कुन वंशले गरेको थियो ? –गोपालवंशीले

गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ? –यक्ष गुप्त

गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ? –५२१ वर्ष

गोपालवंश पछि नेपालमा कुन वंशले शासन गर्यो ? –अहिर (महिषपाल)

कुन किराँती राजाको पालामा सोमवंशले नेपालमा आक्रमण गरेका थिए ? –पटुको

किराँतकालका अन्तिम राजा कसलाई मानिन्छ ? –गस्ती

लिच्छविकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ? –द्रङ

लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाई कुलको गौरव दर्शाउने राजा को हुन् ? –शिवदेव प्रथम

नेपालका प्रथम लिच्छवि राजा को थिए ? –जयदेव प्रथम

मानाङ्कमा के चिन्ह अंकित गरिएको थियो ? –श्री भोगिनी चिन्ह

लिच्छवीकालमा व्यापारीहरुको समूहलाई के भनिन्थ्यो ? –सार्थ

मानदेवको छोराको नाम के हो ? –महिदेव

लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ? –४१ वर्ष (वि.सं.५२१देखि ५६२ सम्म)

लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? –चारभाट

लिच्छविकालमा शुद्र जातिलाई के भनिन्थ्यो ? –चाण्डाल

पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? –नरेन्द्रदेव

नेपाली इतिहासको स्वर्णकाल कुन काललाई मानिन्छ ? –लिच्छविकाललाई

नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? –मानदेव

नेपालमा अंशुवर्माले कति वर्ष शासन गरे ? – १६ वर्ष, (वि.सं. ६६२–६७८ सम्म)

लिच्छविकालमा कर तथा राजस्व उठाउने निकायलाई के भनिन्थ्यो ? –कुथेर

कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ? –अंशुवर्मा

शब्दविद्या ग्रन्थ कुन लिच्छवि राजाले लेखेका हुन् ? –अंशुवर्मा

श्री कलहाभिमानीको पद्वी धारण गर्ने राजा को हुन् ? –अंशुवर्मा

लिच्छवी कालमा कुन लिपिको प्रचलन थियो ? –ब्राम्ही

लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ? –अग्रहार

सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा

सोमवंशको राजधानी कहाँ थियो ? –गोदावरीमा

सोमवंशका प्रथम राजा को हुन् ? –निमिष

सोमवंशका अन्तिम राजा को हुन् ? –भाष्कर वर्मा

भाष्कर वर्माले कसलाई उत्तरधिकारी बनाएका थिए ? –सूर्यवंशी राजपुत भूमि वर्मालाई

लिच्छविहरु कहाँबाट नेपालमा प्रवेश गरेका हुन् ? –वैशालीबाट

वैशाली हाल कहाँ पर्दछ ? –भारतको मुजफ्फरपुर जिल्ला

लिच्छविहरुको आदि पुरुष कसलाई भनिन्छ ? –सपुष्पलार्ई

लिच्छवि कालमा राजकीय भाषा के थियो ? –संस्कृत

युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ? –अंशुवर्मा

अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ? –भोटका राजा स्रङचङ गम्पोसँग

राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ? –३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)

कुन राजाको पद्वी “महाराजधिराज परमभट्टारक” थियो ? –नरेन्द्रदेव

लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ? –महावलाध्यक्ष

लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त

लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ? –हाँडीगाउँ

किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ? –विषय

नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ? –मानदेवलाई

मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ? –मानांक

मानगृह कसले बनाउन लगाएका हुन् ? –मानदेवले

प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ? –मानदेव

मल्लकालका प्रथम राजा को हुन् ? –अरिदेव (अरि मल्लदेव)

सर्वप्रथम नेपाल आउने मल्ला राजा को हुन् ? धर्मदत्त

काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ? –गण्डकी पारी

कन्तिपुरका संस्थापक राजा को हुन् ? –गुणकामदेव

इन्द्रजात्रा कहिले हुन्छ ? – आश्विन शुक्ल पञ्चमीका दिन

इन्द्रजात्राको चलन कसले चलाएका हुन् ? –गुणकामदेव

गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ? –गुणाङ्क

विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ? –गुणकामदेव

हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो ? –गुणकामदेव

मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ? –सन् ११९७ देखि

कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ? –लक्ष्मी नरसिंह मल्ल

कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो? –लक्ष्मी नरसिंह मल्ल

एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ? –विशेत

काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ? –प्यागोडा

काष्ठमण्डपको अर्को नाम के हो ? –मरु सत्तल

सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ? –शिवसिंह मल्ल

“यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ? –काजी भीममल्लकी रानीले सति जानेबेलामा

राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ? –वि.सं. १६९८–१७३१सम्म

१५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ? –प्रताप मल्ल

सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ? –प्रताप मल्ल

कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ? –प्रताप मल्ल

रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ? –प्रताप मल्ल

छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ? –वि.सं. १७२७

वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ? –प्रताप मल्ल

प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ? –महेन्द्र मल्ल

तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ? –महेन्द्र मल्ल

महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ? –महिन्द्र मल्ली

सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ? –ललितपुरमा

गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ? –सिद्धिनरसिंहमल्ल

पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल

सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ? –कृष्णको

कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ? –सिद्धिनरसिंह मल्ल

५५ झ्याले दरबार कसले बनाएका हुन् ? –भुपतिन्द्र मल्ल

भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ? –भादगाउँ (भक्तपुर)

पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ? –भुपतिन्द्र मल्ल

भुपतिन्द्र मल्ल कसका छोरा थिए ? –जितामित्र मल्ल

पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ? –यक्ष मल्ल

यक्ष मल्ल कसका छोरा थिए ? –ज्योती मल्ल

नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ? –यक्ष मल्ल

काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ? –यक्ष मल्ल

समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ? –जयस्थिति मल्ल

जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ? –४३ वर्ष

गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ? –जयस्थिति मल्ल

पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ? –जयस्थिति मल्ल

जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ? –४ भागमा (अब्बल, दोयम, सीम र चाहार)

रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ? –जयस्थिति मल्ल

राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ? –३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)

बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ? –जयस्थिति मल्ल

नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ? –जयस्थिति मल्ल

राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ? –जयस्थिति मल्ल

कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ? –अनन्त मल्ल

बनेपा, पनैती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ? –अनन्त मल्ल

मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –चौतारा

आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ? –जगप्रकाश मल्ल

भक्तपुरका अन्तिम राजा को थिए ? –रणजीत मल्ल

राजर्षि भनेर कुन राजालाई चिनिन्छ ? –सिद्धिनरसिंह मल्ल

सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ? –महिन्द्र मल्ल

सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ? – रत्न मल्ल

इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ? –जयप्रकाश मल्ल

बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ? –अंशु वर्मा

भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ? – जगज्योति मल्ल

आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ? –प्रताप मल्ल

“हर गौरी विवाह” नाटकका लेखक को हुन् ? –जगज्योती मल्ल

अरनिको चीन कहिले गएका थिए ? –वि.सं. १३१७ मा

पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ? –राजा प्रचण्डदेव

बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ? –जयप्रकाश मल्ल

सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ? –कुलमण्डन शाह

पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ? –राज्यप्रकाश मल्ल

लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ? –पसल खोल्दा लाग्ने कर

राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ? –भोगीनी

लाजिम्पाट स्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ? –मानदेव

अमात्य भन्नाले मन्त्रीलाई बुझिन्थ्यो भने काजी भन्नाले मल्लकालमा कसलाई बुझिन्थ्यो ? –भारदार

मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त भन्नाले कसलाई जनाउँथ्यो ? –प्रशासक

पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ? –अभय मल्ल

गुप्त सम्वत कसले चलाएका थिए ? –अंशु वर्मा

अंशु वर्मा कुन वंशका राजा थिए ? –ठकुरी

नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ? –योग नरेन्द्र मल्ल

आफूलाई विद्यापारंगत भनी लेख्ने राजा को हुन् ? –जितामित्र

मल्लकालका अभागी राजा कसलाई भनिन्छ ? –जयप्रकाश मल्ल

मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? –तलेजु भवानी

घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ? –जय प्रकाश मल्ल

सुमति कुन राजाको उपनाम हो ? –जितामित्र मल्ल

नेपालको इतिहासमा मण्डलेशवर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर कसलाई चिनिन्छि ? श्रीनिवास मल्ल

लमजुङ्गका अन्तिम राजा को हुन् ? –वीरमर्दन शाह

भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ? –यक्ष मल्ल

लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ? –डोलाजी

भक्तपुरपमा प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रज निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हुन् ? जगज्योति मल्ल

छालाको मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल

कर्नाटक वंशका अन्तिम राजा को हु्न ? –हरिसिंहदेव

तिरहुत वा डोय राज्यको स्थापना कसले गरेका थिए ? –नान्यदेवले

बंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए ? –वि.सं. १४०६ मा

द्रव्य शाहले गोरखामा कहिले शाह राज्यको स्थापना गरे ? –वि.सं. १६१६ भाद्र २५ गते

प्रजापञ्च भन्नाले मल्लकालमा के लाई जनाउँथियो ? –गाउँ र नगरका शासक

न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ? –राजा राम शाह

मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ? –जयस्थिति मल्ल

पृथ्वी नारायण शाहको जन्म कहिले भएको हो ? –वि.सं. १७७९ पौष २७ गते

पृथ्वी नारायण शाह कहिले गोरखाका राजा भए ? –वि.सं. १७९९ मा

पृथ्वी नारायण शाहले नुवाकोटमाथि कतिपटक आक्रमण गरे ? –२ पटक (वि.सं. १८०० र १८०१)

नुवाकोटको माथि गोरखाले कहिले विजय प्राप्त गर्यो ? –वि.सं. १८०१मा

किर्तिपुरमा पृथ्वीनारायाण शाहले कहिले कहिले आक्रमण गरे ? –वि.सं. १८१४, १८२१ र १८२२ मा

गोरखाले कहिले मकवानपुरमाथि विजय हासिल गर्यो ? –वि.सं. १८१९ भाद्र ९ गते

मकवानपुरका अन्तिम राजा को थिए ? –दिग्बन्धन सेन

गोरखाले कहिले किर्तिपुरमाथि विजय हासिल गर्यो ? वि.सं. १८२२ चैत्र ३ गते

काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? –जय प्रकाश मल्ल

गोरखाले काठमाण्डौ माथि कहिले विजय प्राप्त गर्यो ? १८२५ भाद्र शुक्ल चतुर्दशी

गोरखाले काठमाण्डौमा विजय प्राप्त गर्दा काठमाण्डौमा केको जात्रा परेको थियो ? –इन्द्रजात्रा

ललितपुरमाथि गोरखाले कहिले विजय प्राप्त गर्यो ? –सन् १७६८ अक्टुवर ६ मा

ललितपुरका अन्तिम मल्ल राजा को हुन् ? –तेजनरसिंह मल्ल

गोर्खाले भक्तपुरमा कहिले विजय प्राप्त गर्यो ? –वि.सं.१८२६ कार्तिक शुक्ल द्वादशीमा

भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? –रणजीत मल्ल

पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ? –वि.सं. १८३१ मकर संक्रान्तिको दिनमा

कसको शासनकाललाई नेपालको एकीकरणको स्वर्णयुग भनिन्छ ? –बहादुर शाहको नायवी कालालाई

रणबहादुर शाहको हत्या कसले गरेका थिए ? –उनकै भाई शेरबहादुर शाह

नेपालको पहिलो प्रधानमन्त्री तथा कमाण्डर इन चिफ को हुन् ? –भीमसेन थापा

धरहरा तथा वागमतीको पुल कसले बनाउन लगाएका हुन् ? –भीमसेन थापा

नेपाल अंग्रज युद्ध कहिले भएको थियो ? –वि.सं.१८७१–१८७२

नयाँ मुलुक भनेर कुन कुन भुभागलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कञ्चनपुर

ऐतिहासिक कोतपर्व कहिले भएको थियो ? –वि.सं. १९०३ आश्विन ३ गते

ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ? –वि.सं. १९०३ कात्तिक १२ गते

नेपालमा सर्वप्रथम जलविद्यतु उत्पादन कहिले गरिएको हो ? – वि.सं. १९६८ सालमा

नेपालमा अङ्ग्रेजी शिक्षाको प्रारम्भ कुन राणा प्रधानमन्त्रीको पालामा प्रारम्भ भयो ? – जङ्गबहादुर राणा

लिच्छविकालमा पंच खतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? –पांचाली

नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? – वि.सं. २०२०

पद्मा गिरि पहाडको वर्तमान नाम के हो ? –स्वयम्भू

काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ? –सुरतरु

भण्डारखाल पर्व कसका विरुद्ध रचिएको काण्ड हो ? –जङ्गबहादुर राणा

लिच्छविकालमा राजाको इजलासलाई के भनिन्थ्यो ? –अन्तरासन

सिम्रौनगढ राज्यका प्रथम राजा को थिए ? –नान्यदेव

किराँतीहरुले कसलाई हटाई काठमाडौं उपत्यकामा शासन प्रारम्भ गरेका छन् ? –महिषपाल वंश

कीर्तिपुरस्थित बाघभैरवको मन्दिर कसको पालामा बनेको हो ? –शिवदेव तृतीय

काठमाडौंको जलविनायक मन्दिर कसको पालामा बनेको हो ? –राजा विष्णु मल्ल

भीमसेन थापाले प्रचलनमा ल्याएको ब्याजदर अनुसार नगदी र जिन्सीमा कति, कति थियो ? –नगदमा १०५, जिन्सीमा २५५

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको थियो ? –वि.सं. १९९४

नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ? –हिमालय शमशेर राणा

नेपालमा पहिलोपटक स्थापित विदेशी बैंक कुन हो ? –नेपाल अरब बैंक लि.

नेपाली कांग्रेसको वैरगानिया सम्मेलन कहिले भएको हो ? –सन् १९५० सेप्टेम्बर

वि.सं. २०१० सालमा मातृकाप्रसाद कोइरालाले खोलेको पार्टीको नाम के थियो ? – राष्ट्रिय प्रजा पार्टी

जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ? –टंकप्रसाद आचाय

२०४६ सालको जनआन्दोलन योजनाबद्ध रुपम कहिलेबाट सुरु भयो ? –२०४६ फागुन ७ गते

२०४८ सालको आम निर्वाचन कहिले भयो ? –२०४८ बैशाख २९

माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? –२०५२ फागुन १ गते

राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कहिले लिए ? –वि.सं. २०५९ माघ १९

दरबार हत्याकाण्ड कहिले भयो ? –वि.सं. २०५८ ज्येष्ठ १९

माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता कहिले भयो ? –०६३ मंसिर ५ गते

चौबीसे राज्य भनेर कुन क्षेत्रलाई चिनिन्छ ? –गण्डक क्षेत्र

नेपालमा दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा कहिले भयो ? –२०४६ चैत्र २६

नेपाल–अंग्रेजबीचको युद्ध कहिले सुरु भएको थियो ? –१ नोभेम्बर, सन् १८१४

नेपालमा सर्वप्रथम कर्मचारीको हड्ताल कहिले प्रारम्भ भएको हो ? –जेठ १९ वि.सं. २००९

वीरपुस्तकालयका प्रथम लाइब्रेरियन को हुन् ? –पं केदारनाथ

सिंहदरबारबाट नेपालमा रेडियो प्रसारण कार्य कहिलेदेखि सुरु भएको थियो ? –वि.सं. २००७ चैत २०

राजा महेन्द्रउपर महोत्तरीमा बमद्वारा आक्रमण कहिले गरिएको थियो ? –२०१८ माघ ९

नेपालमा जनमतसंग्रहको घोषणा कहिले गरिएको थियो ? –२०३६ जेठ १०

जनआन्दोलन २०४६ सालपछिको पहिलो निर्वाचित मन्त्रिमण्डलको गठन कहिले भयो ? –२०४८ जेठ १५

बहुदलीय व्यवस्थाको पुनस्र्थापना कहिले भयो ? –२०४६ चैत

जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटी दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ? –तेजारथ अड्डा

बौलाहा राजा भनेर कसलाई चिनिन्छ ? –लक्ष्मीनर सिंह मल्ल

लिच्छविकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो ? –वृत्ति अधिकरण

लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त

आफूलाई टक, मुद्रा आदिमा सङ्गीत पारङ्गत भनी लेख्ने राजा को हुन् ? –जितामित्र मल्ल

पृथ्वीनारायण शाहको पहिलो विवाह कहाँ भएको थियो ? –मकवानपुर

देव शमशेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेदेखि बन्द भयो ? –२०४५ बैशाख १

“मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको डमरु हुँ” यो भनाई कसको हो ? –अमरसिंह थापा

भीमसेन थापाको जन्म भएको स्थान कहाँ हो ? –गोर्खाको बोर्लाङ

भक्ति थापा कुन युद्धसँग सम्बन्धित् छन् । –देउथल

बहादुर शाहकी पत्नीको नाम के हो ? –विद्यालक्ष्मी

तनहुँ राज्यका संस्थापक राजा को हुन् ? –भृगु सेन

कोशी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने महावीर शमशेर हुन् भने गण्डक सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? –सुवर्ण शमशेर

वि.सं. १९९० सालको भूकम्पमा परी कति व्यक्तिको मृत्यु भयो ? –१६,८७५ जना

सदर चिडियाखानाको स्थापना कहिले भएको हो ? –वि.सं. १९९८

नेपालको सबैभन्दा पुरानो नहर कुन हो ? –चन्द्र नहर

पशुपतिनाथको अगाडिको बसाहा कसले बनाएको हो ? –जगत्जंग

देउथल युद्धसँग सम्बन्धित व्यक्ति को हो ? –भक्ति थापा

नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ? –नायकदेवी

पृथ्वीनारायण शाहकी आम कुन राज्यकी राजकुमारी थिइन् ? –पाल्पाकी

कुन राजाको पालामा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएको थियो ? –गिर्वाणयुद्ध

माथवरसिंह थापालाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाइएपछि राजाबाट प्रदान गरिएकोपदवी केथियो ? –कलाबहादुर

जंगबहादुर राणाका मातापिता को को हुन् ? –बालनरसिंह कुँवर र रक्षाकुमारी

नेपालमा चर्खा प्रचार गरी स्वदैशी भावना जगाउन प्रयास व्यक्ति को थिए ? –तुलसी मेहर श्रेष्ठ

नेपालको पहिलो आम निर्वाचन कहिले सम्पन्न भयो ? –वि.सं. २०१५

लिच्छवीकालमा परमान भन्नाले के बुझिन्थ्यो ? – सैनिक

लिच्छविकालका अन्तिम राजा को हुन् ? – जय कामदेव (प्रथम जयदेव हुन्)

जङ्गबहादुर राणाको पालामा स्थापित भ्रष्टाचारसम्बन्धी हेर्ने अड्डालाई के भनिन्थ्यो ? – धर्मकचहरी

लिच्छवि कालमा पञ्चखतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? – पाञ्चाली

सुगौली सन्धि कहिले भएको थियो ? – ३ मार्च १८१६

नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लियो ? –सन् १९६४ टोकियो ओलम्पिक देखि

नेपालमा सबभन्दा पहिले स्थापना भएको पार्टी (दल) कुन हो ? –नेपाल प्रजापरिषद्

नुवाकोटसँगको युद्दमा पराजयपछी पृथ्विनारायण शाहले काशी गएर तिर्थस्नान गरि गोत्र परिवर्तन गरेका थिए ।

सर्वप्रथम वीरविक्रम पदवी धारण गर्ने राजा गीवार्णयुद्द वीरविक्रम शाह हुन ।

“म राष्ट्र नोकर हुँ” भन्ने पद्म शमशेरको भनाई हो ।

नेपालमा छापाखानाको स्थापना विसं १९०८ मा भएको हो ।

विसं २००६ साउन ११ गते हलो क्रान्ति लमजुङ जिल्लाबाट सुरुवात भएको हो ।

नेपालमा सर्वप्रथम जनगणना लिने संस्था सेन्सस गोश्वरा हो ।

प्रथम विश्वयुद्दमा नेपाली सेनाको नेतृत्व बबरशमशेरले गरेका थिए ।

उपत्यका विभाजन हुनुभन्दा अघिका राजा यक्ष मल्लको राजधानी कान्तिपुरमा थियो ।

१७ भाई छोरा हुने धीरशमशेरका भाई जङ्गबहादुर हुन ।

सरकारले डाँफे, लालीगुराँस,सिम्रीकलाई वि स २०१९ असार २० मा राष्ट्रीय चिन्ह घोषणा गर्
यो ।

अरनिको चीन जाँदा नेपालका राजा जयभिमदेव थिए ।

प्राचिनकालमा काठमाडौं जलमय हुँदा तक्षक नागको बासस्थान भएको मानिन्छ ।

नेपालमा राष्ट्रीय अभिलेखालयको स्थापना विसं १९५६ मा भएको हो ।

केन्द्रीय कारागार वीरशमशेरको पालामा स्थापना भएको हो ।

राम शाहले नापतौलका लागि मानो एकाई निर्धारण गरेका थिए ।

लाखे जात्रा प्रताप मल्लले चलाएका हुन ।

नागार्जुन दरबार निर्माण हुँदा नेपालमा जुद्द शमशेर प्रधानमन्त्री थिए ।
0 Comments:
Post a Comment