"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Friday, July 13, 2018

नागरिक चेतना

 नागरिक चेतना

सार्वजनिक चासो, हक, अधिकार, काम, कर्तव्य को साथै अरू व्यक्ति, समाज र राष्ट्रप्रतिको दायित्व र जिम्मेवारी एवम् राज्य तथा राज्यको कानुन एवम् कानुनको परिपालना बारे नागरिकहरूलाई प्रदान गरिने चेतना नै नागरिक चेतना हो ।
यसले,

  • राष्ट्र निर्माण गर्न,
  • आर्थिक अवसरहरूको विस्तार गर्न,
  • नागरिक मूल्य र मान्यताहरूलाई बढावा दिन र
  • लोकतन्त्रलाई सम्बृद्ध पार्न मद्दत गर्दछ ।

यसबाट प्रत्येक नागरिकमा त्याग, योगदान र सेवाको भावना सिर्जना एवम् विकास हुन्छ । नागरिक नैतिकवान र कर्तव्यनिष्ठ हुन्छ । सामाजिक एकता र सहिष्णुता कायम हुन्छ, फलस्वरूप समतामूलक समाज र सम्बृद्ध राष्ट्रनिमाणमा टेवा पुग्दछ ।

आवश्यकता/उद्देश्य/महत्वः

१. असल व्यक्ति र नागरिक निर्माण गर्नु ।
२. असल लोकतन्त्रवादीको निर्माण गर्नु ।
३. विकासमा जनसहभागिता अभिवृद्धि गर्नु ।
४. सबैको अधिकारको सम्मान गर्नु।
५. राष्ट्रियगान, राष्ट्रिय झन्डा, सहिद र स्वाभिमानको सम्मान र रक्षा गर्नु ।
६. सार्वजनिक सम्पत्तिप्रति अपनत्वको बोध गराउनु ।
७. असल राज्य र शासन प्रणालीको विकास गर्नु ।
८. साधन स्रोत वितरणको न्यायोचित प्रणाली विकास गर्नु ।
९. साधन स्रोत र अवसरको विवेकपूर्ण र समुचित प्रयोगको लागि उपयुक्त वातावरणको निर्माण गर्नु ।
१०. नागरिक सशक्तीकरण गर्नु ।
११. सार्वजनिक सरोकारको विषयमा नागरिकलाई सहभागी हुन आवश्यक पर्ने ज्ञान, सीप र हैसियतको विकास गर्नु ।

आयामहरु/पक्षहरुः
१. राजनीतिक आयाम

  • असल राजनीतिक संस्कारको विकास गर्ने,
  • राजनीतिक सबै प्रणालीलाई समावेशी बनाउने,
  • राजनीतिक कार्य, गतिविधि र निर्णयलाई पारदर्शी र जबाफदेही बनाउने,
  • राजनीतिक रूपमा कानुनको शासनको पूर्ण परिपालना गराउने ।

२. आर्थिक आयाम

  • साधनस्रोतको उचित पहिचान र न्यायोचित वितरण गर्ने ।
  • परिचालनमा मितव्ययिता, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्ने ।
  • आर्थिक अनुशासनको पालना र वित्तीय जवाफदेहिताको सुनिश्चितता प्रदान गर्ने ।
  • आर्थिक स्रोतसाधनमाथि सबैको समान पहुँच र नियन्त्रण स्थापित गर्ने ।

३. सामाजिक आयाम

  • सामाजिक बहुलवाद स्वीकार्य बनाउन,
  • सामाजिक न्याय सुनिश्चित गर्न,
  • सामाजिक सम्पत्तिको संरक्षण गर्न,
  • सामाजिक विकास र रूपान्तरणमा नागरिकलाई त्याग र योगदान गर्न उत्प्रेरित गर्न ।

४. सांस्कृतिक आयाम

  • सांस्कृतिक बहुलवादको संरक्षण र सम्बद्र्धन गर्ने,
  • सबै संस्कृतिप्रति अपनत्वको बोध र सुमधुर सह–सम्बन्धको विकास गर्ने,
  • अन्तरसाँस्कृतिक विविधताको बिचमा उत्पन्न हुन सक्ने सम्भावित द्वन्द्वको न्युनिकरण तथा उचित समाधान गर्ने ।

५. नैतिक आयाम

  • ढिलासुस्ती र अनियमितताको अन्त्य,
  • भ्रष्टाचार मुक्त सरकार र शासनको निर्माण,
  • कर्तव्यको पूर्ण पालना,
  • अर्काको अधिकारको सम्मान ।

नागरिक कर्तव्य र जिम्मेवारी
कानुनमा गर्नु भनी उल्लेख भएको कार्य गर्नु र प्रतिबन्धित लगाएको कार्य नगर्नु नै नागरिक कर्तव्य हो । यसले नागरिकलाई कानुन पालनाप्रति सचेत बनाउँछ । यसबाट जिम्मेवार नागरिकको निर्माण हुन्छ ।नागरिक अधिकारलाई व्यवहारमा रूपान्तरण गर्नु नै नागरिक जिम्मेवारी हो । यसले नागरिकलाई कर्तव्य पालनाप्रति सचेत गराउँदछ । यसबाट कर्तव्य निष्ठ नागरिकको निर्माण हुन्छ ।

प्रत्येक नागरिकमा कानुनी, सामाजिक र नैतिक गरी तीन प्रकारको कर्तव्य र जिम्मेवारी निहित रहेको हुन्छ ।

नेपालको संविधानको धारा ४८ मा देहाय बमोजिम नागरिक कर्तव्यको व्यवस्था गरिएको छः

क. राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नू ।
ख. संविधान र कानुनको पालना गर्नू ।
ग. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नू ।
घ. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नू ।

यसका अतिरिक्त नेपाली नागरिकले निर्वाह गर्नुपर्ने विभिन्न कानुनहरूले तोकेका मुख्य कर्तव्य र जिम्मेवारीहरूमा कर तिर्नु, मतदान गर्नु, विकासमा योगदान गर्नु, सत्य र न्यायको पक्षमा आवाज उठाउनु, सरकारको राम्रो कामको प्रशंसा र कानूनविपरित कार्यको विरुद्ध आवाज उठाउनु, राष्ट्रिय स्वाभिमानको सम्मान र रक्षा गर्नु, सार्वजनिक सरोकारको विषयमा सक्रिय रूपले सहभागी हुनु, ठुलालाई आदर र सानालाई माया गर्नु, दीन दुःखी, असहाय र अशक्तको सेवा र सहयोग गर्नु रहेका छन् ।

नागरिक चेतना भन्नाले के बुझ्नुहुन्छ ? यसका आयामहरूमाथि प्रकाश पार्दै नेपालको संविधान तथा अन्य कानुनमा नागरिक कर्तव्य एवम् जिम्मेवारीको कस्तो व्यवस्था गरिएको छ ? चर्चा गर्नुहोस् ।


No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.