"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Saturday, July 14, 2018

सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोगका अवसर तथा चुनौतीहरू


समृद्धिका लागि सञ्चार


सरकार र यसका विभिन्न संरचना एवं निकायमार्फत जनतासमक्ष प्रवाहित हुने अधिकार, सेवा, सुविधाहरूमा कम्प्युटरलगायत नयाँ प्रविधिको प्रयोगलाई सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोग भनेर बुझिन्छ । नेपालको संविधानले समेत आधुनिक सेवा प्रवाहमा जोड दिएको यो विषयलाई प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन २०६३ को दफा ७९ अनुसार सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५ जारी भएको छ । यद्यपि, प्रविधियुक्त शिक्षा, नागरिक चेतना र पूर्वाधारको कमीले सेवा प्रवाहमा नवीन प्रविधिको प्रयोगले गति लिन सकेको छैन । 
सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोगका अवसर
  • सेवा प्रवाहको लागत न्यूनीकरण गर्दछ,
  • समयमै सूचना प्रवाह हुन्छ,
  • सहकार्य, सहभागिता, सशक्तीकरण र समयमा प्रभावकारिता ल्याउँछ,
  • गुनासो सुनुवाई प्रभावकारी हुन्छ,
  • सेवाग्राही र सेवाप्रदायकबीच अन्तरसंवाद बढ्छ,
  • ज्ञान तथा अनुभवको आदान–प्रदान हुन्छ,
  • पृष्ठपोषण लिन सजिलो हुन्छ,
  • जवाफदेहिता अभिवृद्धि हुन्छ,
  • भ्रष्टाचार र अनियमितता न्यूनीकरण हुन्छ,
  • नागरिक खबरदारी बढ्छ,
  • जनसहभागिता र सहकार्य बढ्छ,
  • सेवाको बजारीकरण गर्न सरल हुन्छ,
  • सूचना संस्कृतिको विकास हुन्छ,
  • सेवाग्राहीको आवश्यकता पहिचान हुन्छ,
  • भनसुन र हेलो इफेक्ट कम हुन्छ,
  • सेवा प्रवाह अन्तर्राष्ट्रिय स्तरको हुन्छ,
  • सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण बढ्छ ।
सेवा प्रवाहमा आधुनिक प्रविधि प्रयोगका चुनौती
  • आधुनिक प्रविधिमा पहुँचको कमी हुनु,
  • सरल प्रकृतिको भाषा तथा माध्यम छनोटमा कठिनाइ हुनु,
  • गलत सूचना तथा समाचार सम्प्रेषणलाई रोक्न कठिन हुनु
  • साइबर सुरक्षाको विश्वसनीयता अभिवृद्धि गर्नु,
  • मनोवैज्ञानिक त्रास र द्वन्द्व निवारण गर्नु,
  • महत्वपूर्ण सरकारी विवरण बहुराष्ट्रिय कम्पनीको हातमा पुग्नबाट बचाउनु, 
  • सस्तो प्रचारमुखी सामग्रीले प्रमुखता पाउन नदिनु, 
  • अध्ययन, अनुसन्धान र अन्वेषण विकास गर्दै लैजानु,
  • पहुँचवालाको प्रभाव न्यूनीकरण गर्नु, 
  • नागरिकको वास्तविक समस्याको सुनुवाई हुने वातावरण बनाउनु, 
  • विद्युत् र उच्च गतिको इन्टरनेटलाई व्यवस्थित बनाउनु,
  • मुलुकको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न यहाँ भएका आइटी कम्पनीको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नु,
  • उच्च सीपयुक्त जनशक्ति र अर्धदक्ष जनशक्ति पर्याप्त मात्रामा विकास गराउनु,
  • सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिई केही वर्षका लागि निश्चित प्रतिशत करछुटको व्यवस्था गर्नु,
  • आइटी कम्पनीका लागि स्थानीय बजार पर्याप्त बनाई श्रम कानुन सहज गराउनु, 
  • लगानी गर्दा सुरुमै चर्को लाभकर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नु । 
अन्त्यमा
आजको सूचना प्रविधिमा आधारित आधुनिक युगमा नयाँ प्रविधिको उपयोगमार्फत सरकारी सेवालाई गुणस्तरीय, जनमैत्री र प्रभावकारी बनाउनैपर्दछ । यसवाट सेवा प्रवाहको समय र लागत घट्ने एवं गुणस्तर अभिवृद्धि हुन्छ । जनशक्तिलाई प्रशिक्षित गर्दै नागरिक चेतनाको विस्तार र आधुनिक प्रविधिको उपयोग बढाउन सके सेवा प्रवाहमा देखिएका अनियमितता घट्ने र समयमै सेवा वितरण हुने कुरामा कसैको दुईमत 

आजको सूचना प्रविधिको युगमा कम्प्युटर, इन्टरनेट तथा सामाजिक सञ्जालहरूको उपयोग महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोगका अवसर तथा चुनौतीहरू उल्लेख गर्नुहोस् । 

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.