Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

लेखापरीक्षक आचारसंहिता भनेको के हो ? लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धन गर्न कसरी सहयोग पुर्याउँछ ?

लेखापरीक्षक आचारसंहिता भनेको के हो ?

लेखापरीक्षकको निष्ठास्वतन्त्रतानिष्पक्षतागोपनीयता र पेशागत नैतिक आचरण तथा मूल्य मान्यता नै आचारसंहिता हो। सरकारी लेखापरीक्षकबाट पालना गर्नुपर्ने पेशागत व्यवहारक्रियाकलापचरित्रस्वभावचालचलन र सामाजीकिकरण जस्ता विषय लेखापरीक्षकको आचारसंहितासँग सरोकार राख्ने विषय हुन। सरकारी लेखापरीक्षण सम्बन्धमा सर्र्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टोसाइको लिमा घोषणा र सर्र्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षणमान (इसाइ) को मान्यतामा आधारित रही कार्यालयबाट सरकारी लेखापरीक्षकको आचारसंहिता२०७० जारी भई कार्यान्वयनमा रहेको छ । साथैविद्यमान निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्था र निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली२०६५ समेत कार्यान्वयनमा रहेको छ ।

 लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धन गर्न कसरी सहयोग पुर्याउँछ ?

लेखापरीक्षणले सम्पादित वित्तिय कारोबारको पूर्णताशुद्धतावैद्यता र उपयोग सम्बन्धमा आश्वस्तता प्रदान गर्ने माध्यमबाट लेखापरीक्षणले वित्तिय जवाफदहिता प्रवद्र्धन गर्दछ । संवैधानिक व्यवस्था एवं लेखापरीक्षण ऐन२०७५ को दफा ८ ले तोकेका विषय परीक्षण गरी सार्वजनिक स्रोतको प्राप्ति तथा उपयोग अवस्थाको प्रतिवेदन पेश गर्ने सन्दर्भमा लेखापरीक्षणले वित्तिय जवाफदेहिता प्रवद्र्धनमा सहयोग र्पुयाउँदछ ।

औचित्यको लेखापरीक्षण र कार्यमूलक लेखारीक्षण भनेको के हो ?

 औचित्यको लेखापरीक्षण 

औचित्यको लेखापरीक्षण भन्नाले कार्यकारी निकायको निर्णय तथा क्रियाकलापहरुको लेखापरीक्षण जसले उक्त निकायको आर्थिक अनुशासनसंरचनानीति नियमको परिपालना र सार्वजनिक चासो र भलाईको विषय यसको प्राथमिकतामा पर्दछ । लेखापरीक्षण ऐन,२०७५ को दफा ९ ले औचित्यको दृष्टिकोणबाट परीक्षण गर्ने कुराहरु उल्लेख गरेको छ ।

कार्यमूलक लेखारीक्षण 

कार्यमूलक लेखापरीक्षणमा स्रोत साधनको व्यवस्थापन तथा उपयोगमा मितव्ययिता,कार्यदक्षता र प्रभावकारिताको पक्षको मूल्याँकन गर्ने सन्दर्भमा सबै वा कुनै दुई वा एक पक्षको मूल्याङ्कन गरी सोबाट प्राप्त नतिजाको आधारमा सुझाव सहितको प्रतिवेदन तयार पारिन्छ ।मितव्ययिता अन्तर्गत न्यूनतम लागत र समयमा निर्धारित गुणस्तरको वस्तु वा सेवा प्राप्त भए नभएकोकार्यदक्षता अन्तर्गत निश्चित स्रोत साधनको उपयोगबाट अधिकतम उपलब्धि हासिल भए नभएको र प्रभावकारिता अन्तर्गत निर्धारित उद्देश्य हासिल भए नभएको वा सम्पन्न क्रियाकलापबाट अपेक्षित उपलब्धि वा प्रभाव हासिल भए नभएको सुनिश्चित गर्नु कार्यमूलक लेखापरीक्षण हो ।

अन्तिम लेखापरीक्षण भनेको के हो ?

नेपालको संविधानको धारा २४१ एवं लेखापरीक्षण ऐन२०७५ बमोजिम संघप्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय र पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमिततामितव्ययीताकार्यदक्षताप्रभावकारिता र औचित्यसमेतको आधारमा हुने परीक्षण नै अन्तिम लेखापरीक्षण हो ।

लेखापरीक्षण भनेको के हो ?

 लेखापरीक्षण 

आर्थिक कारोबारसँग सम्बन्धित लेखाको स्वतन्त्रनिष्पक्ष एवं उद्देश्यमूलक रूपमा गरिने परीक्षणचेकजाँच र सोको मूल्याङ्कन तथा विश्लेषण गर्ने कार्य लेखापरीक्षण हो । लेखापरीक्षण ऐन२०७५ बमोजिम लेखापरीक्षणले सबै सरकारी कार्यालयनेपाल सरकारप्रदेश सरकार वा स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थामहालेखापरीक्षकबाट लेखापरीक्षण हुने भनी संघीय कानूनद्वारा तोकिएको संस्था वा निकायको लेखा तथा लेखासँग सम्बन्धित कामको परीक्षण र त्यसको आधारमा गरिने मूल्यांकन तथा बिश्लेषण र सम्परीक्षण गर्ने कार्य समेतलाई जनाउँदछ भनी परिभाषित गरिएको छ ।

शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्रको परिचय

 शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्र 

नेपाल सरकारका लागि आवश्यक सुसूचित, सुविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उद्देश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवाप्रवाह क्षेत्रका मौजुदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उद्देश्य रहेको छ । यस केन्द्रलाई निम्नानुसारका एकाइमा विभाजन गरिएको छ:-

१.   शासकीय प्रबन्ध एकाइ: यस एकाइले राज्य सञ्चालनका मामिलामा नागरिकको बृहत् सहभागिता र विधिको शासन, उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहिताको प्रत्याभूतिका लागि निर्माण हुने संरचना र प्रक्रियालाई समेटी सार्वजनिक नीति अनुसन्धान कार्य गर्दछ । यस एकाइले उत्तरदायी, समावेशी, सहभागितामूलक र पारदर्शी किसिमले व्यवस्थापन हुने सार्वजनिक मामिला एवम् शासकीय सिद्धान्त, मूल्य र मान्यताको समेत प्रतिनिधित्व गर्दछ । यस एकाइका क्रियाकलापहरू नेपालमा प्रभावकारी लोकतान्त्रिक शासनव्यवस्था सुधारको लागि आवश्यक नीतिनिर्माणमा सुसूचित गर्ने प्रमाणहरू जुटाउने कार्यमा केन्द्रित रहन्छन् ।

२.  सङ्घीय मामिला एकाइ: यस एकाइका अध्ययनहरू नेपालको संविधानको प्रावधानअनुरुपका सङ्घीय प्रशासनसँग सम्बन्धित नीतिहरूमा केन्द्रित रहन्छन् । नागरिको हितका लागि विभिन्न तहका सरकारका अधिकार बाँडफाँट, तिनीहरूको प्रभावकारी अभ्यास र परिणामसँग सम्बन्धित भई गरिने यस उपसमूहका क्रियाकलापहरूले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरूबिच सहयोग र सम्बन्ध स्थापित गरी सङ्घीय प्रशासनको सुदृढ़ीकरणका लागि प्रामाणमा आधारित अनुसन्धान सामग्रीहरू सिर्जना गर्दछन्।

३.  सार्वजनिक सेवाप्रवाह एकाइ: सरकारले नागरिकहरूलाई सिधा आफ्नै संयन्त्रमार्फत वा सार्वजनिक निकाय वा वित्तीय प्रणालीहरूमार्फत सार्वजनिक सेवाहरू प्रदान गर्दछ। यस्ता सेवाहरूमा स्वास्थ्य सुरक्षा, शिक्षा, पूर्वाधार, सामाजिक सेवाहरू आदि पर्दछन् । यस एकाइका क्रियाकलापहरू सम्बन्धित विषयको अध्ययन, समीक्षा र विश्लेषणमार्फत थप प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि प्रमाण जुटाउने तर्फ केन्द्रित हुनेछन्।

४.  सार्वजनिक संस्था एकाइ: सरकारको लगानी, स्वामित्व, उत्तरदायित्व र आमजनताको अपनत्व तथा सरोकार रहने केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहअन्तर्गत रहने सार्वजनिक संस्थाहरूजस्तै संसद, न्यायपालिका, निजामती सेवा, सरकारको लगानी रहेका विश्वविद्यालयहरू, सार्वजनिक अस्पतालहरूलगायतका संस्थाहरूको स्थापना, सञ्चालन, सुशासन, संरक्षण, सेवाको गुणस्तर र सेवाप्रवाह आदि बारेमा यस एकाइअन्तर्गत नीति अध्ययन अनुसन्धान हुन्छ।

स्रोतः https://pri.gov.np/ne/

बेरुजु र भ्रष्टाचारमा के फरक छ ?

 बेरुजु र भ्रष्टाचार 

***********

बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहर्र्याएको कारोबार हो । आर्थिक प्रलोभनमा पर्नु भनेकै भ्रष्टाचार हो । 

भ्रष्टाचारले कुनै जिम्मेवार पदाधिकारी र सरकारी संयन्त्रमा बस्ने कर्मचारीहरूले आफ्नो पदको गलत प्रयोग गरी आफू वा अरूका लागि गरिने लाभलाई जनाउँछ । 

बेरुजु बढ्दै जाँदा आर्थिक अनियमितता र भ्रष्टाचारको मात्रामा वृद्धि हुँदै जान्छ भने कम हुँदा भ्रष्टाचार र अनियमितता न्यूनीकरण हुनगई वित्तिय सुशासन कायम गर्न सहयोग पुग्छ

सबैलाई महत्त्वपूर्ण विविध सामान्य ज्ञान (GK)

 नेपालको क्षेत्रफल १,४७,१८१वर्ग किलोमिटर कति सालमा कायम भएको हो ? २०२६ साल  (नेपाल र भारतबीच १८ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ भने नेपाल र चीनबीच १४ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ।)

नेपालको सबैभन्दा होचो भूभाग कुन हो ? मुसहरनिया, ५९ मिटर

सबैभन्दा धेरै जिल्लासँग जोडिएको जिल्ला कुन हो ? सिन्धुली, १० जिल्ला (धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली (१० वटा) हो भने सबैभन्दा कम जिल्लासँग सिमाना जोडिएका जिल्लाहरु झापा, दार्चुला र कञ्चनपुर हुन् ।)

दोभानचौर कुन जिल्लाको पुरानो नाम हो ? सुर्खेत

सबैभन्दा उचाइमा रहेको जिल्लाको सदरमुकाम कुन हो? सिमिकोट, हुम्ला

क्षेत्रफलको आधारमा नेपालको पहिलो सबैभन्दा ठूलो जिल्ला कुन हो ? डोल्पा, दोस्रो हुम्ला

क्षेत्रफलको आधारमा नेपालको दोस्रो सबैभन्दा सानो जिल्ला कुन हो ? ललितपुर

नेपालको नक्सासँग मिल्दो देश कुन हो ? पोर्चुगल

नेपालको नक्सासँग मिल्ने जिल्ला कुन हो ? बाग्लुङ

चीनलाई मात्र छुने नेपालका जिल्ला कति ओटा छन् ? १३

चीन र भारत दुवै देशलाई नछुने नेपालका जिल्ला कति ओटा छन् ? ३७

चीन र भारत दुबै देशलाई छुने नेपालका २ जिल्ला कुन कुन हुन् ? ताप्लेजुङ र दार्चुला

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो ?

कर्णाली

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो प्रदेश कुन हो ? मधेस

सबैभन्दा धेरै साक्षरता दर भएको प्रदेश कुन हो ? बागमती प्रदेश

सबैभन्दा कम साक्षरता दर भएको प्रदेश कुन हो ? मधेस

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ? शीतगंगा, अर्घाखाँची

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो नगरपालिका कुन हो ? भक्तपुरको आधारमा

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो गाउँपालिका कुन हो ? नाम्खा, हुम्ला

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो गाउँपालिका कुन हो ? परवानीपुर, बारा

नेपालमा राष्ट्रिय निकुञ्जहरुको सङ्ख्या कति रहेको छ ?

१२

भारतलाई मात्र छुने नेपालका जिल्ला कति ओटा छन् ? २५

नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ? चितवन राष्ट्रिय निकुञ्ज, २०३० साल

चितवन राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ? चितवन, मकवानपुर, पर्सा र नवलपरास पूर्व

क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (डोल्पा र मुगु जिल्लामा पर्ने)

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ? रारा राष्ट्रिय निकुञ्ज (मुगु र जुम्ला जिल्लामा पर्ने)

लाङटाङ राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ? रसुवा, नुवाकोट र सिन्धुपाल्चोक

खप्तड राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ? बझाङ, बाजुरा, डोटी र अछाम

मकालु बरुण राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ? संखुवासभा र सोलुखुम्बु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ? कञ्चनपुर

बाँके राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ? बाँके, सल्यान र दाङ

बिस हजारी ताल कुन राष्ट्रिय निकुञ्ज भित्र पर्छ ? चितवन राष्ट्रिय निकुञ्ज

नेपालमा शिकार आरक्षको सङ्ख्या कति रहेको छ ? १ (ढोरपाटन शिकार आरक्ष)

नेपालमा संरक्षण क्षेत्रहरु कति ओटा छन् ?६ ओटा

नेपालको सबैभन्दा पूरानो र ठूलो संरक्षण क्षेत्र कुन हो ? अन्नपूर्ण संरक्षण क्षेत्र, २०४९

मध्यवर्ती क्षेत्रहरु भन्नाले के बुभिन्छ ? १२ राष्ट्रिय निकुञ्ज र १ वन्यजन्तु आरक्ष 

कोसीटप्पु वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्छ ? सुनसरी

रामसार साइटमा नेपालका कति सीमसार क्षेत्र सूचीकृत भएका छन् ? १० ओटा

रामसार साइटमा सूचीकृत नेपालको सबैभन्दा ठूलो सीमसार क्षेत्र कुन हो ? पोखराका ताल

रामसार साइटमा सूचीकृत नेपालको सबैभन्दा सानो सीमसार कुन हो ? माइपोखरी, इलाम

नेपालमा कति जना राणा प्रधानमन्त्रीले शासन गरेका थिए ?१० जना

नेपालमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने सबैभन्दा को हुन् ? जङ्ग बहादुर

जङ्ग बहादुर राणाको जन्म कुन जिल्लामा भएको थियो ? गोर्खा

युरोप जाने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ? जङ्ग बहादुर

कोत पर्वको समयमा नेपालको प्रधानमन्त्री को थिए ? फत्तेजङ्ग शाह

सरकारी समय १०-५ गर्ने राणा प्रधानमन्त्री को हुन् ? देव शमसेर

सबैभन्दा थोरै समय प्रधानमन्त्री भएका राणा प्रधानमन्त्री को हुन् ? देव शमसेर

नेपालमा शिक्षाका पिता भनेर कसलाई चिनिन्छ ? देव शमसेर

कुन राणा प्रधानमन्त्रीको पालामा गोरखापत्रको प्रकाशन सुरु भएको थियो ? देव शमसेर

घण्टाघरको निर्माण कसले गरेका हुन् ? वीर शमसेर

नेपालमा महिला शिक्षाको सुरुवात कसले गरेका हुन् ? वीर शमसेर

देव शमसेरलाई कुन उपनामले चिनिन्छ ? धनकुटे महाराज राज

फिस्टे महाराज कसको उपनाम हो ? चन्द्र शमसेर

राणालाई एबिसी वर्गमा विभाजन गर्ने प्रधानमन्त्री को हुन् ? चन्द्र शमसेर

सैनिक अस्पताल कसले निर्माण गरेका हुन् ? चन्द्र शमसेर

• नेपालमा कति जना राणा प्रधानमन्त्रीले शासन गरेका थिए ? १० जना

• नेपालमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने को हुन् ? जङ्ग बहादुर

जङ्ग बहादुर राणाको जन्म कुन जिल्लामा भएको थियो ? गोर्खा

 • युरोप जाने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ? जङ्ग बहादुर

• कोत पर्वको समयमा नेपालको प्रधानमन्त्री को थिए ? फत्तेजङ्ग शाह

• सरकारी समय १०-५ गर्ने राणा प्रधानमन्त्री को हुन् ? देव शमसेर

• सबैभन्दा थोरै समय प्रधानमन्त्री भएका राणा प्रधानमन्त्री को हुन् ? देव शमसेर (११४ दिन)

• नेपालमा शिक्षाका पिता भनेर कसलाई चिनिन्छ ? देव शमसेर

• कुन राणा प्रधानमन्त्रीको पालामा गोरखापत्रको प्रकाशन सुरु भएको थियो ? देव शमसेर

• घण्टाघरको निर्माण कसले गरेका हुन् ? वीर शमसेर

• नेपालमा महिला शिक्षाको सुरुवात कसले गरेका हुन् ? वीर शमसेर

• देव शमसेरलाई कुन उपनामले चिनिन्छ ? धनकुटे महाराज

• फिस्टे महाराज कसको उपनाम हो ? चन्द्र शमसेर

• राणालाई एबिसी वर्गमा विभाजन गर्ने प्रधानमन्त्री को हुन् ? चन्द्र शमसेर

• सैनिक अस्पताल कसले निर्माण गरेका हुन् ? चन्द्र शमसेर

• मेट्रिक पास गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ? चन्द्र शमसेर

• बुढा महाराज कसको उपनाम हो ? भीम शमसेर

• शनिबार कार्यालय बिदा दिने चलन कसले चलाएका हुन् ? भीम शमसेर

• राजर्षि महाराज कसको उपनाम हो ? जुद्ध शमसेर

• बिराटनगर जुट मिलको निर्माण कसले गरेका हुन् ? जुद्ध शमसेर

• नेपालमा स्कुलका पिता भनेर कसलाई चिनिन्छ ? पद्म शमसेर

• नेपालका अन्तिम राणा प्रधानमन्त्री को हुन् ? मोहन शमसेर

महत्वपूर्ण सामान्यज्ञानहरु❣️

१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?

उत्तर :- भू-मध्य रेखा

२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?

उत्तर :- १११ कि.मि.

३. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?

उत्तर :- भिक्टोरिया ताल

४. पृथ्वीमा कति वटा महासागर रहेको छ ?

उत्तर :- ५ वटा

५. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?

उत्तर :- कुमेरु महासागर

६. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?

उत्तर :- ८८.९ %

७. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?

उत्तर :- प्रशान्त महासागर

८. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?

उत्तर :- आन्ध्र महासागर

.९. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?

उत्तर :- पानामा नहर

१०. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?

उत्तर :- ७

११. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?

उत्तर :- फिलिपिन्स

१२. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?

उत्तर :- उत्तर अमेरिका

१३. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?

उत्तर :- फिनल्याण्ड

१४. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?

उत्तर :- युरोप

१५. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?

उत्तर :- मिसिसिपी

१६. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?

उत्तर :- अन्टार्कटिका

१७. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?

उत्तर :- युरोप

१८. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?

उत्तर :- अफ्रिका

१९. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?

उत्तर :- उत्तर अमेरिका

२०. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?

उत्तर :- अफ्रिका

२१. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?

उत्तर :- अफ्रिका

२२. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?

उत्तर :- युरोप

.२३. प्रधानन्ययाधिश को नाम भन्नुहोस ?

उत्तर :- दामोदर प्रसाद शर्मा

२४. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?

उत्तर :- Australia, Newzealand

२५. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?

उत्तर :- सन २०११/०१/०१

२६.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?

उत्तर :- ४ भाग

२७. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?

उत्तर :- जुन २१

२८. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?

उत्तर :- केन्द्र मण्डल

२९. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?

उत्तर :- पृथ्वीको उत्पति

३०. सुर्यको सतहलाई के भनिन्छ ?

उत्तर :- Photosphere

३१. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक छ ?

उत्तर :- शुक्र

३२. फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?

उत्तर :- मंगल

३३. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको छ ?

उत्तर :- २९ %

३४. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?

उत्तर :- ३० दिन

३५. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?

उत्तर :- बृहस्पति

३६. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?

उत्तर :- ३० km/s

३७. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?

उत्तर :- बृहस्पति

३८. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?

उत्तर :- सर्लाही

३९. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?

उत्तर :- जेरेन्टोलोजी

४०. हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?

उत्तर :- आस्ट्रोनौटिक्स

४१. जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?

उत्तर :- कार्ल एरेली

४२. जैविक प्रविधि कति प्रकारका हुन्छ ?

उत्तर :- २

४३. विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ ?

उत्तर :- चाइना

४४. नेपालमा बनस्पति बिभाग अन्तर्गत टिसु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो ?

उत्तर :- बि.स. २०३४

४५. दुधबाट दहि, सागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सि बनाउने पद्दति के को परम्परागत उदाहरण हो ?

उत्तर :- जैविक प्रविधि  

४६. कुनै प्राणि जस्तै सतप्रतिशत जिन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?

उत्तर :- क्लोनिंग

४७. जविक प्रविधिको उपयोग देहायको मध्ये कुन क्षेत्रमा भएको छ ?

कृषि,इन्धन,DNA, जेनेटिक इन्जिन्यरिंग,औषधि उत्पादन एवं बिधि बिज्ञान र फोहरमैला ब्यबस्थापन, माथिका सबै

उत्तर :- माथिका सबै

४८. गोल्डेन राइसको उत्पादन के को उदाहरण हो ?

उत्तर :- जैविक प्रविधि

४९. नेपालमा टिस्सु कल्चरमा आधारित आलु बिकाश कार्यक्रम कहाँ संचालन गरिएको छ ?

उत्तर :- खुमलटार

५०. सन् २००३ मा गरिएको सर्वेक्षनमा एसियामा रहेको राष्ट्रिय निकुन्जहरु मध्ये जैविक बिबिधताका लागि उत्कृष्ट मानिएको राष्ट्रिय निकुन्ज कुन हो ?

उत्तर :- चितवन राष्ट्रिय निकुन्ज

५१. हाल नेपालको सबैभन्दा बढी मात्रामा निर्यात हुने बस्तु कुन हो ?

उत्तर :- बनष्पति घ्यु 

५२. मिश्रित अर्थब्यबस्थाका प्रतिपादक को हुन् ?

उत्तर :- जोन मेयनार्ड किन्स

५३.अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान नुवाकोटको ककनीमा स्थापना गरिएको छ भने जैविक प्रयोगशाला कुनठाउँमा रहेको छ ?

उत्तर :- जनकपुर

५४. तरल पदार्थको सापेक्षित घनत्व मापन गर्न कुन यन्त्र प्रयोग गरिन्छ ?

उत्तर :- हाइड्रोमिटर

५५. पानीभित्रको आवाज नाप्ने यन्त्र कुन हो ?

उत्तर :- हाइड्रोफोन

५६. मेनोमिटरले के मापन गर्दछ ?

उत्तर :- ग्याँसको दबाब

५७.मुटु र फोक्सोको गति ग्राफमा देखाउने यन्त्र कोमोग्राफ हो भने मुटुको संचालन सम्बन्धि रेकर्ड गर्ने यन्त्र केहो ?

उत्तर :- कार्डियोग्राफ

५८. उत्तर दिशा देखाउने दिशासुचक यन्त्र कम्पास हो भने भर्नियर के हो ?

उत्तर :- कुनै बस्तुलाई सक्षम रुपमा नाप्न प्रयोग गरिने यन्त्र

५९. एयर कन्डिसनर रहेको स्थानमा कति तापक्रम अत्युतम मानिन्छ ?

उत्तर :- ७० डिग्री फेरनहाईट

६०. कृतिम ताप प्रदान गरि अण्डा कोरेलेर चल्ला निकाल्ने यन्त्र कुन हो ?

उत्तर :- इक्युरेटर

६१.बर्षाको मापन रेनगजबाट हुन्छ भने, भूकम्पको आयतन,गति र प्रभाब एवं उत्पति स्थल सम्बन्धमाजानकारी के बाट हुन्छ ?

उत्तर :- सिस्मोमिटर.

लेखा

 

लेखा

Ø सामान्यतया आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न मौद्रिक मूल्य भएका कारोबारहरूको अभिलेखलाई लेखा भनिन्छ ।  

Ø कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजातका साथै विद्युतीय स्वरूपमा रहेको आर्थिक कारोबारसँग सम्बन्धित अभिलेख,दसी प्रमाण र प्रतिवेदनको समग्रता नै लेखा हो।

Ø लेखा परीक्षण ऐन-2075 बमोजिम लेखाभन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख, खाता, किताब वा अन्य कागजपत्र सम्झनु पर्छ र सो शब्दले विद्युतीय माध्यमबाट राखिएको अभिलेख वा कारोबारलाई प्रमाणित गर्ने विद्युतीय अभिलेखलाई समेत जनाउँछ।

Ø आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, २०७६ अनुसार 'लेखा' भन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिने प्रारम्भिक प्रविष्टिको गोश्वरा भौचर तथा सो आधारमा तयार गरिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित वा सम्पुष्टि गर्ने प्रमाण कागजात र सोको आधारमा तयार गरिने वित्तीय विवरण तथा प्रतिवेदन सम्झनुपर्छ र सो शब्दले विद्युतीय माध्यमबाट राखिएको अभिलेख वा कारोबारलाई प्रमाणित गर्ने विद्युतीय अभिलेखलाई समेत जनाउँछ ।

Ø लेखालाई शुरुका अवस्थामा विगतको कारोबारको अभिलेखको हिसावले मात्र हेर्ने गरिएकोमा हाल सूचना प्रणालीसंग आवद्ध गरेर ब्यबस्थापकीय निर्णयको आधारका रुपमा पनि लिने गरिन्छ ।

Ø समग्रमा लेखाभन्नाले मौद्रिक महत्व भएको आर्थिक कारोबारका विश्वव्यापी सिद्धान्तहरूको आधारमा कुनै पनि निकायमा मौद्रिक मुल्य भएका कारोवारहरुको स्पष्ट व्यहोरा देखिने गरी नियमित, क्रमबद्ध, सिलसिलेवार र व्यवस्थित रुपमा राखिएका अभिलेख, खाता, किताब, वित्तीय विवरण, प्रतिवेदन र कारोवारलाई पुष्टि गर्ने विल भपाई, रसिद, प्रमाण, आदेश सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात र प्रतिवेदनका साथै ICT बाट राखिएको अभिलेख र आर्थिक विवरण समेतलार्ई सम्झनु पदर्छ ।  

मूल्य अभिवृद्धि कर (Value Added Tax)

उत्पादनदेखि उपभोगसम्मको विभिन्न चरणमा वृद्धि हुने मूल्य (Value Addition) मा लाग्ने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ। यो वस्तु वा सेवाको उपभोगमा लाग्ने अप्रत्यक्ष कर हो। यसमा कर प्रयोजनको लागि मूल्य अभिवृद्धि भनेको मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले खरिद गरेका बस्तु वा सेवाको खरिद मूल्य तथा निजले विक्री गरेका बस्तु वा सेवाको विक्री मूल्य बीचको भिन्नता हो। कुनै उत्पादकले बस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सहायक कच्चा पदार्थ माध्यमिक पदार्थ (Intermediary Goods), मेशिनरी आदि पैठारी वा स्थानीय वजारमा खरिद गरी उत्पादनका अन्य साधनद्वारा तयारी सामानमा परिणत गरे पश्चात मूल्य अभिवृद्धि गरेर बिकी गर्दछ र सोही मूल्यमा कर असूल गरी दाखिला गर्दछ। यसैगरी, डिलर, पोक ना खुद्रा विकेताले कुनै वस्तु अन्य व्यक्तिवाट खरिद गरेर त्यसको खरिद मूल्य त्यससँग सम्बन्धित अन्य खर्चहरु र मुनाफा समेतको हिसाव गरेर बिक्री मूल्य कायम गरी सोही मूल्यमा कर असूल गरी दाखिला गर्नुपर्दछ। यसको सहज कार्यान्वयनका लागि मूल्य अभिवृद्धि कर लागु गरेका प्रायः सबै मुलुकहरुले कर कट्टी (Tax Credit) को अवधारणालाई आत्मसाथ गरी व्यवहारमा प्रयोगमा ल्याएका छन्। कर कट्टीको अवधारणामा मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले खरिद वा पैठारीमा तिरेको मूल्य अभिवृद्धि कर (Input Tax) बाट विक्रीमा असूल गरेको कर (Output Tax) घटाएर बांकी रहेको रकम मूल्य अभिवृद्धि करको रुपमा सरकारलाई बुझाउनु पर्दछ ।

मूल्य अभिवृद्धि करको दायरा भित्र उत्पादक, वितरक पैठारीकर्ता, थोक बिक्रेता, खुद्रा बिक्रेता लगायत उत्पादन देखि वितरणको तल्लो तहसम्मको मूल्य अभिवृद्धि समावेश हुने भएकोले कराधार र क्षेत्र बृहत रहेको छ। यो पैठारी, उत्पादन र विकी वितरणका हरेक तह र चरणहरुमा लाग्ने कर हो। कानूनले निर्दिष्ट गरेको निश्चित छुटको सीमा (Threshold) र छूट हुने भनी तोकेका बस्तु वा सेवा बाहेक अन्य सबै बस्तु वा सेवामा लाग्दछ। हाल कर छुटको सीमा (Threshold) बस्तुको हकमा रु. ५० लाख वत्त्तु तथा सेवा मिश्रित कारोवार र सेवाको हकमा रु. २० लाख निर्धारण गरिएको छ भने करको दर १३ प्रतिशतको एकल दर कायम गरिएको छ। त्यसैगरी निकासीमूलक कारोबार र केही निश्चित वस्तु वा सेवामा शून्य दर कायम गरिएको छ। झट्ट सुन्दा कर छुट र शून्य दर एकै जस्तो सागे तापनि कर छुट र शून्य दर बीच भिन्नता रहेको छ।

कर छुट गरिएका वस्तु वा सेवाको कारोचारको विक्रीमा मूल्य अभिवृद्धि कर लाग्दैन तर त्यस्ता वस्तु वा सेवाको कारोबार गर्नेले करयोग्य बस्तु तथा सेवाको खरिद पैठारीमा भने मूल्य अभिवृद्धि कर तिर्नु पर्दछ र त्यस्तो कर कट्टी गर्न वा फिर्ता माग्न पाइदैन। यसले गर्दा मूल्य अभिवृद्धि कर छुट भएका वस्तु वा सेवाको खरिदमा लागेको कर मूल्यमा गाभिएर उपभोक्तासम्म पुग्दछ। शून्य दर लगाएको बस्तु वा सेवा वा कारोबार करको दायरा भित्र रहेको मानिन्छ। यस्ता वस्तु, सेवा वा कारोबारमा अन्य कर लाग्ने वस्तु वा सेवामा झै खरिदमा तिरेको कर कट्टी गर्न वा फिर्ता माग गर्न सकिन्छ। यसले गर्दा शून्य दर लागेका बस्तु वा सेवाको कारोबार गर्ने व्यक्तिले मूल्य अभिवृद्धि करको कुनै भार वहन गर्नुपर्दैन।

कर छुट दिएका बस्तु वा सेवाको विकीमा मूल्य अभिवृद्धि कर नलागे पनि तिनीहरुको खरिदमा लागेको मूल्य अभिवृद्धि करको भार भने रही रहन्छ भने शून्य दर लाग्ने बस्तु वा सेवामा मूल्य अभिवृद्धि करको कुनै पनि भार रहदैन। सामान्यतया प्रशासनिक हिसावले करारोपण गर्न कठिन हुने वस्तु सेवा वा कारोबारलाई कर छुट प्रदान गर्ने गरिन्छ भने कुनै बस्तु सेवा वा कारोवारलाई मूल्य अभिवृद्धि करबाट पूर्ण रुपमा मुक्त गर्नुपर्ने आवश्यक देखिएमा शून्य दर लगाउने गरिन्छ।

मूल्य अभिवृद्धि कर तटस्य (Neutral) सक्षम (Efficient) तथा राजस्व उत्पादक कर हो। नेपाल लगायत मूल्य अभिवृद्धि कर लागु गर्ने प्रायः सबै मुलुकले मूल्य अभिवृद्धि करको उपभोग प्रकार (Consumption Type) लागु गरेकाले कर कट्टी गर्ने प्रयोजनको लागि पूँजीगत तथा गैर पुँजीगत वस्तुबीच विभेद नगरी कर लाग्ने कारोबारसँग सम्बन्धित पूँजीगत तथा गैर पूँजीगत सबै बस्तुमा तिरेको करलाई कट्टी गर्न पाइन्छ। यसले गर्दा करमाचि कर (Tax Cascading) नलाग्ने, लगानीमा करको भार नपर्ने र करको रकममाथि करदाताले मुनाफा प्रतिशत लगाउन नपर्ने भएकोले औद्योगिक वा व्यापारिक लागत कम भै कर प्रणाली आर्थिक दृष्टिकोणले सक्षम वा तटस्थ हुन्छ। यस कर अन्तर्गत एक तहमा कर छलेमा वा कम तिरेमा पछिल्लो तहमा कर कट्टी गर्न नपाइने वा कर कट्टी गर्ने रकम कम हुने हुँदा राजस्व संकलनमा खास फरक पर्दैन। यसलाई मूल्य अभिवृद्धि करको Catch-up Effect भनिन्छ। यसैगरी यस कर अन्तर्गत वस्तुको अधिक बीजकीकरण गर्दा विकताले बढी कर तिर्नुपर्ने र न्यून बीजकीकरण गर्दा केताले बढी कर तिर्नुपर्ने हुनाले अधिक वा न्यून बीजकीकरण हुने संभावना समेत कम रहन्छ। यसरी विक्रेता तथा क्रेताबीच मूल्य निर्धारणमा परस्पर विपरीत स्वार्थ लुकेको कारणले गर्दा कारोबार मूल्य निर्धारण गर्नमा एकले अर्को पक्षलाई स्वतः निगरानी Self policing गर्दछन् भन्ने मान्यता यस प्रणालीमा रहेको हुन्छ।

नेपालमा लागु गरिएको मूल्य अभिवृद्धि कर प्रणाली गन्तव्य सिद्धान्त (Destination Principle) मा आधारित रहेको छ। यस सिद्धान्त बमोजिम करयोग्य बस्तु तथा सेवा प्राप्त हुने वा उपभोग हुने स्थानको आधारमा करारोपण गरिन्छ। यसै सिद्धान्त बमोजिम नेपालमा प्रयोग तथा उपभोग हुने विदेशबाट पैठारी गरिएका वा देश भित्रै उत्पादन गरिएका सबै करयोग्य वस्तु तथा सेवामा कर लाग्दछ भने निकासी हुने करयोग्य वस्तु र सेवालाई शून्य दरको माध्यमले कर मुक्त गरिएको छ।

यो उपभोगमा आधारित कर भएकोले हरेक करको वास्तविक भार उपभोक्ताले बहन गर्नुपर्ने कारणले यसका बास्तविक करदाता (de facto taxpayer) उपभोक्ता हुन्छन् भने मूल्य अभिवृद्धि करमा दर्ता भएका वस्तु वा सेवाको आपूर्तिकर्ताहरु कानूनी करदाता हुन्छन्। कानूनी करदाताहरु जसलाई de jure taxpayer को व्यवहार गरिन्छ तिनीहरुलाई राज्यले कर संकलन गर्ने अधिकार हस्तान्तरण गरेको हुन्छ। यो करमा दर्ता भएको व्यक्तिले करयोग्य आपूर्ति गर्दा कारोबार मून्यमा कर संकत्तन गरी सरकारलाई बुझाउनु पर्ने कानूनी दायित्व अनिवार्य रुपमा बहन गर्नुपर्दछ भने दर्ता नभएको व्यक्तिले कर संकलन गर्न पाउँदैनन्।

मूल्य अभिवृद्धि कर सन् १९५४ देखि फ्रान्सबाट शुरु भएको भएतापनि सन् १९८० को दशकदेखि निकै लोकप्रिय हुँदै हाल १८० भन्दा बढी मुलुकमा लागु भैसकेको छ। नेपालमा यो कर प्रणाली २०५४ साल मंसिर १ गतेदेखि प्रारम्भ भएको थियो। यस करले विक्रीकर, होटेल कर, ठेक्का कर तथा मनोरञ्जन करलाई प्रतिस्थापन गरेको थियो। यसरी छुट्टाछुट्टै संरचना तथा सञ्चालन प्रक्रिया भएका चारवटा करको सट्टा एउटै मूल्य अभिवृद्धि कर लगाउँदा त्यसबाट कर प्रणाली सरल तथ्यमा आधारित र आर्थिक दृष्टिकोणले बढी सक्षम हुनुका साथै करदाता एवं कर प्रशासकले विभिन्न करको सट्टा एउटै करको बारेमा जानकारी राख्दा पर्याप्त हुने भयो। वि.सं. २०५४ साल मार्ग १ देखि लागु भएको मूल्य अभिवृद्धि कर ऐन, २०५२ को कार्यान्वयन प्रक्रियालाई सरलीकरण एवं व्यवस्थित गर्न मिति २०५३।१२।११ मा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ जारी भयो। तत्पश्चात विषयगत एवं कार्यमूलक ढाँचामा ९ वटा कार्य सञ्चालन निर्देशिकाहरु जारी भए र प्रत्येक वर्षको आर्थिक ऐन मार्फत मूल्य अभिवृद्धि कर ऐनमा संशोधन एवं परिमार्जन गर्ने कार्य भईरह्यो। मिति २०५८।०१।०२ गते तत्कालिन मूल्य अभिवृद्धि कर विभाग तथा कर विभागलाई एकीकरण गरी कर विभागको पुनर्गठन भए पश्चात आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क प्रशासन एउटै कार्यालयबाट गरिदै आएको छ। मिति २०५८।४।१ गतेदेखि कर विभागको नामाकरण आन्तरिक राजस्व विभाग भएको हो। मूल्य अभिवृद्धि कर लागु भएको विगत वर्षको कार्यानुभवको समीक्षा गर्दै विभिन्न समयमा गरिएका नीतिगत, कानूनी एवं प्रशासनिक सुधारलाई समेत एकीकृत गर्न र मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा मूल्य अभिवृद्धि कर नियमावली २०५३ कार्यान्वयन गर्न मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६१ ले दिए‌को अधिकार प्रयोग गरी नेपाल सरकार, अर्थ मन्त्रालयले मूल्य अभिवृद्धि कर निर्देशिका, २०६९ जारी गरेको थियो। यो निर्देशिका जारी भए पश्चात आर्थिक ऐन तथा आर्थिक अध्यादेशबाट मूल्य अभिवृद्धि कर ऐनमा भएको संशोधन, नेपाल सरकारबाट मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा भएको संशोधन तथा यस निर्देशिकाको प्रयोगकर्ता, कर प्रशासन, करदाता लगायत कर मध्यस्थकर्ताबाट प्राप्त राय एवं सुझाव समेत समावेश गरी नेपाल सरकार अर्थ मन्त्रालयले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६१ ले दिए‌को अधिकार प्रयोग गरी यो निर्देशिका परिमार्जन गरी जारी गरिएको छ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को कार्यान्वयनका लागि गरिने प्रशासनिक व्याख्याको क्रममा यस निर्देशिकाको प्रयोग गरिनु पर्दछ। मूल्य अभिवृद्धि कर कार्यान्वयनको सन्दर्भमा मूल्य अभिवृद्धि कर निर्देशिका, २०६९ को स्थान मूल्य अभिवृद्धि कर ऐन २०५२ (सं.स.) तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (सं.स.) पछि हुनेछ।