गरिबी निवारणका सन्दर्भमा मौद्रिक नीतिको उद्देश्य, उपकरण र प्रभावकारीता
परिचयः
- सरकारले मौद्रिक नीतिका माध्यमबाट आर्थिक स्थायीत्व कायम गर्ने र वित्त नीतिका उद्देश्यहरूलाई सहयोग गर्ने काम गर्दछ।
- वित्त नीति राजनितिक उद्देश्यका लागि प्रयोग हुने सम्भावना रहेकोले मौद्धिक नीति स्वतन्त्र मौद्रिक अधिकारीबाट सञ्चालन गरिन्छ, यसो गर्दा वित्त नीतिका कमजोरी सच्चयाउन सकिन्छ
- मौद्रिक नीतिलाई श्रोत परिचालनका माध्यमाबाट आर्थिक विकास, रोजगारी सिर्जना र गरिबी निवारणका उद्देश्य हासिल गर्ने उकपरणका रूपमा पनि प्रयोग गरिन्छ
क) मौद्रिक नीतिका उद्देश्य, उपकरण र प्रभावकारीता-
मौद्रिक नीतिका उद्देश्य
o समष्टिगत आर्थिक स्थायीत्व (Macroeconomic Stability)
§ मूल्य स्थिरता
§ बाह्य स्थिरता
§ व्याजदर स्थिरता
§ विनिमय दर स्थिरता
o रोजगारी सिर्जना
o पूर्वाधार विकास
o उत्पादन वृद्धि
o लगानी प्रवर्द्धन
o वित्तीय समावेशीकरण
- मौद्रिक नीतिका उपकरण
o बैंकदर
o अनिवार्य नगद मौज्दात
o खुला बजार कारोबार (OMO)
§ Bonds
§ Treasury Bill (90 Days, 180 Days)
o Direct Intervention (not done on Open market)
§ ब्याजदर निर्धारण- Base Rate ( + premium rate- Implementation)
§ कर्जा सीमा (क्षेत्रगत कर्जाको सीमा निर्धारण- कृषि, भौगोलिक क्षेत्र)
§ क्रेडिट रेटिंग- छैन
- नेपालमा मौद्रिक नीतिको प्रभावकारीता
o पहिलो तहको उद्देश्यमा प्रभावकारी देखिएको भएपनि दोस्रो तहको र तेस्रो तहको उद्देश्यका क्रमश न्यून प्रभावकारीता छ
o पछिल्लो अवस्थामा बाह्य सन्तुलन कायम गर्न असक्षम देखिएको छ,
o विनिमय स्थिरता कायम राखेपनि USD संग नेपाली रूपैंया घटेको छ,
o सञ्चितिको अवस्था पनि कमजोर रहेको छ, दोहोरो परिवर्त्यताले गर्दा भारतीय रूपैंया र अमेरिकी डलरको सन्तुलन चुनौतीपूर्ण बनेको छ
o भौगोलिक वित्तीय पहुँच बढेपनि खास क्षेत्र (कृषि, उत्पादन, उद्यमशीलता) मा कर्जा विस्तार गर्न बैंकहरू रूची देखाएका छैनन्, क्षेत्रगत पहुँच कमजोर छ
o बैंकहरूको वित्तीय जवाफदेहीता कमजोर रहेको छ- अनिवार्य नगद मौज्दात कार्यान्वयन गराउन राष्ट्र बैंकले चुनौती व्यहोरेको छ
o खुला बजार हस्तक्षेप पनि पूर्ण प्रभावकारी देखिएको छैन, सर्वसाधारणहरू केन्द्रीय बैंकको बोन्ड भन्दा बढी घर जग्गा र अन्य ट्रेडिंग कारोबारमा लागेको देखिन्छ
o रेमिटेन्स बोण्ड पुरै असफल रह्यो, लगानी जम्मा हुन र औपचारीकीकरण हुन सकेन
o अर्थतन्त्रको औपचारीकीकरण गर्न पनि मौद्रिक नीति असफल रहेको छ
o 77/78 को बाह्य सन्तुलन, 78/79 को शुरु त्रैमासिकको लगानी वृद्धि र त्यसपछिको दबाबमा केन्द्रीय बैंकको नीतिभन्दा पनि बाह्य तत्ब र वजार तत्वको प्रभाव रह्यो
o नेपालको केन्द्रीय बैंक प्रायजसो सुरक्षात्मक अवस्था रहेको हुन्छ, यसमा नेपालको अर्थतन्त्रका संरचनात्मक कमजोरीहरू कारण हुन्
o चालु आ.ब. मा मौद्रिक नीतिले मुल्य स्थिरता पनि राख्न नसक्ने देखिएको छ, अर्धवार्षिक अवधिमा नै यो लक्ष्यको नजिक पुगेकोले आ.व. को अन्त्यमा लक्ष भन्दा धेरै माथि रहने छ
ख) गरिबी निवारणका लागि मौद्रिक नीति
o उत्पादन र रोजगारीमूलक क्षेत्रमा कर्जाको अनिवार्य स्तर बढाउने
o अनुपादक क्षेत्र, ट्रेडिंग र आयात व्यापारमा कडाई गर्ने
o लगानीका क्षेत्रहरू पहिचान गरी नयाँ क्रेडिट लाईन खोल्न बैंकहरूलाई निर्देशन दिने
o खराब कर्जा कम गर्ने नीति लिने
o वित्तीय क्षेत्र अनुशासनमा कडाई गर्ने
o ठुला सहकारीहरूलाई व्यवस्थापन गर्ने, (निश्चित रकम भन्दा बढी कारोबार गर्नेहरूलाई बैंकमा मर्ज हुन दिने कि) वा आफैमा मर्ज गर्ने
o वित्तीय स्थायीत्व, मुल्य स्थिरता र बाह्य क्षेत्र स्थिरता कायम हुने गरी विवेकशील नीति प्रयोग गर्ने
o अर्थतन्त्रको औपचारीकीकरणमा सहयोग पुग्ने गरी बैंकिंग प्रणालीबाट हुने कारोबारमा सहुलियत दिने नीति लिने
o मौद्रिक नीतिका उपकरणहरू बढी यथार्थमूलक बनाउन सूचना प्रविधिको प्रयोग गर्ने
अन्त्यमा
- मौद्रिक नीतिका माध्यमबाट आर्थिक वृद्धि, विकास, गरिबी निवारण र रोजगारी सिर्जना गर्न अन्य क्षेत्रगत नीतिहरूको तादाम्यतामा विवेकशील उपायहरू (Prudential Measures) -प्रयोग गर्नुपर्छ
- मौद्रिक नीतिले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन मा सहयोग गर्ने, आन्तरिक लगानी बढाउने, बचत बढाउने र उद्यमशिल, उत्पादनमूलक कार्यमा पूँजीको उपलब्धता हुने गरी बैंक, बित्तीय संस्थाहरूलाई नियमन गर्ने र वित्तीय अनुशासन गर्नुपर्छ










