Subscribe Us

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

उदारीकृत समाजमा वित्तीय मध्यस्थतकर्ता सेवा प्रदायक संस्थाले वित्तीय सचेतना, वित्तीय समावेशीकरण र वित्तीय सेवा प्रदान गरी आर्थिक गतिशीलता बृद्धि गर्दछन् । नेपालमा पनि २०१३ सालमा नेपाल राष्ट्र वैंक स्थापना गरी सरकारी कारोवार र अर्थतन्त्रको मौद्रीकरणको भूमिका खेल्दै आएको छ । उसले आफूभन्दा जेठो बैंकलाई पनि नियमन गर्ने भूसमका पायो । मुलुकले उदारीकरणको नीति अवलम्वन गरेपछि निजी क्षेत्र र विदेशी बैंकहरु पनि नेपालमा खुले । तर यिनीहरु शहर/सदरमुकाम केन्द्रित भए । यिनीहरुले गर्ने लगानी पनि धनी र ठूला व्यवसायी हुने नै भए । यिनीहरुले नाफा त कमाउन शुरु थरे तर गाउघरमा अनौपचारिक क्षेत्रको हावी टुट्न सकेन । गरिब र सर्वसाधारणहरु साहु महाजनबाट चक्रवृद्धि व्याजमा कर्जा लिदै ससाना व्यवसाय चलाउन वबाध्य भए । कृषकहरुलाई सेवा दिन स्थापना भएको सहकारी बैंकको पृष्ठभूमि भएको कृषि विकास वैंक कृषकको नझै बाणिज्य बैंक बन्यो र ठूला कारोवारीको सेवामा लाग्यो । २०५८ बाट केन्द्रीय मौदिक अधिकारीका रुपमा नेपाल राष्ट बैंकले बार्षिक रुपमा मौद्रिक नीति जारी गरी यस्ता बैंकले गर्ने साख कारोवार नियमित गर्ने काम गर्दै आएको छ । नेपाल राष्ट बैंकले जारी गर्ने मौद्रिक नीतिले विपन्न क्षेत्र कर्जा, प्राथमिकता क्षेत्र कर्जा लगायतका गरिबी निवारणका क्षेत्रमा गरिएका विशेष व्यवस्था पनि बैंकहरुले खासै मानेका छैनन् । अहिले पनि घर, घडेरी र गाडी लगायतका रियल स्टेट सेक्टरमा कर्जा प्रवाह ठूलो छ । गरिबी घटाउने उद्देश्यले स्थापना भएका साना किसान बैंक, ग्रामीण विकास बैंक, लघुवित्त संस्थाहरु कि अस्तित्वबाटै हराए, होइन भने पनि ठुला वित्तीय कारोबारको सपनामा छन् । गरिबमा पुग्ने भनेको फेरि मिटर व्याजरुहरु नै भए । सहकारी जस्तो समुदायको वचत संकलन गरी समुदायमै लगानी गर्ने सदस्यकेन्द्रित संस्था पनि नाफाको लोभमा सदस्यमाथि नै निर्दयी कारोवार गर्न थालेका छन् । केन्द्रीय मौद्रिक अधिकारीका हैसियतमा नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिको उद्देश्य, उपकरण र प्रभावकारितामाथि प्रकाश पार्दै गरिबका लागि मौद्रिक नीतिले संवोधन गर्नुपर्ने विषय सुझाउनुहोस् ता कि अव बन्ने मौद्रिक नीतिमा ती विषय समावेश गर्न सकियोस् । २०

गरिबी निवारणका सन्दर्भमा मौद्रिक नीतिको उद्देश्य, उपकरण र प्रभावकारीता
 
परिचयः
-           सरकारले मौद्रिक नीतिका माध्यमबाट आर्थिक स्थायीत्व कायम गर्ने र वित्त नीतिका उद्देश्यहरूलाई सहयोग गर्ने काम गर्दछ।
-           वित्त नीति राजनितिक उद्देश्यका लागि प्रयोग हुने सम्भावना रहेकोले मौद्धिक नीति स्वतन्त्र मौद्रिक अधिकारीबाट सञ्चालन गरिन्छ, यसो गर्दा वित्त नीतिका कमजोरी सच्चयाउन सकिन्छ
-           मौद्रिक नीतिलाई श्रोत परिचालनका माध्यमाबाट आर्थिक विकास, रोजगारी सिर्जना र गरिबी निवारणका उद्देश्य हासिल गर्ने उकपरणका रूपमा पनि प्रयोग गरिन्छ
क) मौद्रिक नीतिका उद्देश्य, उपकरण र प्रभावकारीता


-          

मौद्रिक नीतिका उद्देश्य

o   समष्टिगत आर्थिक स्थायीत्व (Macroeconomic Stability)

§  मूल्य स्थिरता

§  बाह्य स्थिरता

§  व्याजदर स्थिरता

§  विनिमय दर स्थिरता

o   रोजगारी सिर्जना

o   पूर्वाधार विकास

o   उत्पादन वृद्धि

o   लगानी प्रवर्द्धन

o   वित्तीय समावेशीकरण

-           मौद्रिक नीतिका उपकरण

o   बैंकदर

o   अनिवार्य नगद मौज्दात

o   खुला बजार कारोबार (OMO)

§  Bonds

§  Treasury Bill (90 Days, 180 Days)

o   Direct Intervention (not done on Open market)

§  ब्याजदर निर्धारण- Base Rate ( + premium rate- Implementation)

§  कर्जा सीमा (क्षेत्रगत कर्जाको सीमा निर्धारण- कृषि, भौगोलिक क्षेत्र)

§  क्रेडिट रेटिंग- छैन

-           नेपालमा मौद्रिक नीतिको प्रभावकारीता

o   पहिलो तहको उद्देश्यमा प्रभावकारी देखिएको भएपनि दोस्रो तहको र तेस्रो तहको उद्देश्यका क्रमश न्यून प्रभावकारीता छ

o   पछिल्लो अवस्थामा बाह्य सन्तुलन कायम गर्न असक्षम देखिएको छ,

o   विनिमय स्थिरता कायम राखेपनि USD संग नेपाली रूपैंया घटेको छ,

o   सञ्चितिको अवस्था पनि कमजोर रहेको छ, दोहोरो परिवर्त्यताले गर्दा भारतीय रूपैंया र अमेरिकी डलरको सन्तुलन चुनौतीपूर्ण बनेको छ

o   भौगोलिक वित्तीय पहुँच बढेपनि खास क्षेत्र (कृषि, उत्पादन, उद्यमशीलता) मा कर्जा विस्तार गर्न बैंकहरू रूची देखाएका छैनन्, क्षेत्रगत पहुँच कमजोर छ

o   बैंकहरूको वित्तीय जवाफदेहीता कमजोर रहेको छ- अनिवार्य नगद मौज्दात कार्यान्वयन गराउन राष्ट्र बैंकले चुनौती व्यहोरेको छ

o   खुला बजार हस्तक्षेप पनि पूर्ण प्रभावकारी देखिएको छैन, सर्वसाधारणहरू केन्द्रीय बैंकको बोन्ड भन्दा बढी घर जग्गा र अन्य ट्रेडिंग कारोबारमा लागेको देखिन्छ

o   रेमिटेन्स बोण्ड पुरै असफल रह्यो, लगानी जम्मा हुन र औपचारीकीकरण हुन सकेन

o   अर्थतन्त्रको औपचारीकीकरण गर्न पनि मौद्रिक नीति असफल रहेको छ

o   77/78 को बाह्य सन्तुलन, 78/79 को शुरु त्रैमासिकको लगानी वृद्धि  र त्यसपछिको दबाबमा केन्द्रीय बैंकको नीतिभन्दा पनि बाह्य तत्ब र वजार तत्वको प्रभाव रह्यो

o   नेपालको केन्द्रीय बैंक प्रायजसो सुरक्षात्मक अवस्था रहेको हुन्छ, यसमा नेपालको अर्थतन्त्रका संरचनात्मक कमजोरीहरू कारण हुन्

o   चालु आ.ब. मा मौद्रिक नीतिले मुल्य स्थिरता पनि राख्न नसक्ने देखिएको छ, अर्धवार्षिक अवधिमा नै यो लक्ष्यको नजिक पुगेकोले आ.व. को अन्त्यमा लक्ष भन्दा धेरै माथि रहने छ

ख)   गरिबी निवारणका लागि मौद्रिक नीति

o   उत्पादन र रोजगारीमूलक क्षेत्रमा कर्जाको अनिवार्य स्तर बढाउने

o   अनुपादक क्षेत्र, ट्रेडिंग र आयात व्यापारमा कडाई गर्ने

o   लगानीका क्षेत्रहरू पहिचान गरी नयाँ क्रेडिट लाईन खोल्न बैंकहरूलाई निर्देशन दिने

o   खराब कर्जा कम गर्ने नीति लिने

o   वित्तीय क्षेत्र अनुशासनमा कडाई गर्ने

o   ठुला सहकारीहरूलाई व्यवस्थापन गर्ने, (निश्चित रकम भन्दा बढी कारोबार गर्नेहरूलाई बैंकमा मर्ज हुन दिने कि) वा आफैमा मर्ज गर्ने

o   वित्तीय स्थायीत्व, मुल्य स्थिरता र बाह्य क्षेत्र स्थिरता कायम हुने गरी विवेकशील नीति प्रयोग गर्ने

o   अर्थतन्त्रको औपचारीकीकरणमा सहयोग पुग्ने गरी बैंकिंग प्रणालीबाट हुने कारोबारमा सहुलियत दिने नीति लिने

o   मौद्रिक नीतिका उपकरणहरू बढी यथार्थमूलक बनाउन सूचना प्रविधिको प्रयोग गर्ने

अन्त्यमा

-           मौद्रिक नीतिका माध्यमबाट आर्थिक वृद्धि, विकास, गरिबी निवारण र रोजगारी सिर्जना गर्न अन्य क्षेत्रगत नीतिहरूको तादाम्यतामा विवेकशील उपायहरू (Prudential Measures) -प्रयोग गर्नुपर्छ

-           मौद्रिक नीतिले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन मा सहयोग गर्ने, आन्तरिक लगानी बढाउने, बचत बढाउने र उद्यमशिल, उत्पादनमूलक कार्यमा पूँजीको उपलब्धता हुने गरी बैंक, बित्तीय संस्थाहरूलाई नियमन गर्ने र वित्तीय अनुशासन गर्नुपर्छ


0 Comments:

Post a Comment