सार्वजनिक वित्त व्यवस्थापनका लेखा प्रणालीः सिद्धान्त र प्रयोगपरिचयः
- सरकारी खर्च आम्दानीको यथार्थ लेखांकनबाट नियन्त्रण, परीक्षण र कोषको दुरुपयोग रोक्न सकिने
- सार्वजनिक लेखा प्रणालीबाट सार्वजनिक वित्तीय अनुशासन परिपालना गर्ने उद्देश्य- सार्वजनिक वित्त विकास, सेवा प्रवाह र सामाजिक न्याय प्रवाहमा अत्यावश्यक
- सार्वजनिक क्षेत्रमा देखिएका धेरै समस्या आर्थिक विषयसंग जोडिएकोले सार्वजनिक लेखा प्रणालीमा सूचना प्रविधिको प्रयोग र नयाँ विधीहरूको प्रयोगका माध्यमबाट बढी प्रभावकारी बनाई सार्वजनिक क्षेत्र सुधार र सुशासन कायम गर्न सकिन्छ
क) सार्वजनिक लेखा प्रणालीका उद्देश्य र मान्यता
व्यावसायिक अस्तित्वको सिद्धान्त
लेखा प्रणालीका मान्यता र सिद्धान्त
सार्वजनिक कोषको प्रयोग र जनताको करबाट चल्ने कोषको प्रयोग भएकोले यसलाई जिम्मेवार, जवाफदेही, पूर्ण, स्पष्ट हुनुपर्छ
- मौद्रिक मापनको सिद्धान्त
- आर्थिक वर्षको सिद्धान्त
- स्पष्टताको सिद्धान्त
- कानूनी परिपालनाको सिद्धान्त
- लागतको सिद्धान्त
- निरन्तरताको सिद्धान्त
- एकरूपताको सिद्धान्त
- द्वैधात्मक सिद्धान्त
- प्रोदभावी वा आर्जित सिद्धान्त
सार्वजनिक लेखाका उद्देश्य
- आर्थिक अनुशासन र पारदर्शिता कायम गर्ने।
- कारोबारको अभिलेख ठीकसँग राख्ने,
- बजेटको सीमा नाघ्न नदिने,
- बजेट तर्जुमाका लागि सूचना उपलब्ध गराउने,
- जिन्सी सामानको उचित संरक्षण गर्ने,
- कार्यक्रमको उपलब्धि मूल्याङ्कन गर्न सकिने,
- लेखा परीक्षण सरल र कम खर्चिलो बनाउने,
ख) लेखा प्रणालीमा परिवर्तनको प्रवृत्ति
लेखा प्रणालीमा पनि नयाँ नयाँ प्रविधि, पद्दति र सिद्धान्तको प्रयोग हुँदै आएको छ, सरकारको कार्यक्षेत्र परिवर्तनसंगै यसको आयामहरू पनि परिवर्तन भएको छ
- नगदमा आधारित लेखा प्रणालीको प्रयोग- प्रोद्भावीमा जानु पर्ने आवश्यकता
- पुरानो हातले तयार गरिने प्रणालीबाट कम्प्यूटर प्रणालीमा आधारित लेखा प्रणाली
o LMBIS, PLMBIS, SuTRA, CGAS
- सम्पत्तिको लेखांकन गर्ने कम्प्यूटर प्रणाली PMIS को प्रयोगको शुरुवात
- संघीयतामा तीन तहको सरकारको एकीकृत प्रतिवेदन प्रणालीको विकासको शुरुवात
- सामान्य प्रशासन लेखा समूहको व्यवस्था
- अनलाईन भुक्तानी, बैंकिंग प्रणालीसंगको आबद्धता
- एकल खाता कोष प्रणाली सञ्चालन
- महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय आदिको संस्थागत व्यवस्था
अन्त्यमा
- सार्वजनिक लेखा प्रणाली आर्थिक प्रशासनको महत्वपूर्ण अंग हो, यसको सही प्रयोग र सुधारबाट आर्थिक अनियमितिता, भ्रष्टाचार र अनुशासनहीता कम गर्न सकिन्छ
- आर्थिक प्रशासनका माध्यमबाट समग्र सार्वजनिक क्षेत्रको सुशासन कायम गर्न सकिने
- सरकारले यसको धेरै महत्वपूर्ण रूपमा लिएर प्रणाली, पद्दति सुधार, प्रविधिको प्रयोग गरेर प्रभावकारीता ल्याउनु पर्छ
Latest Articles
Monday, October 03, 2022
सार्वजनिक वित्त व्यवस्थापन सुधारको महत्वपूर्ण पक्षका रुपमा लेखा प्रणाली रहन्छ । लेखा प्रणाली सुधारलाई सार्वजनिक क्षेत्र सुधारको रणनीतिका रूपमा पनि लिन थालिएको छ । नेपालले पनि लेखा प्रणाली सुधारको विस्तृत कार्य प्रयास गर्दै आएको छ । सरकारी लेखा प्रणालीको उद्देश्य तथा मान्यतामाथि संक्षिप्त प्रकाश पार्दै नेपालको लेखा प्रणालीको परिवर्तनगत प्रवृत्तिको उल्लेख गर्नुहा्स् । १५
Labels:
Competitive Preparation,
सह-सचिव/उप-सचिव
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment