"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Monday, October 03, 2022

विश्वव्यापी संकटका रुपमा रहेको तापमान बृद्धिले मानव सभ्यतामाथि नै ठूलो विपत्ती पैदा गर्दैछ । १९९५ देखि विश्व जनमानसको यस विषयमा ध्यानकृष्ठ भएको छ । सबैजसो मुलुकहरु जलवायु परिवर्तनका असरहरुसंग अनुकूलित हुदै जाने योजना, नीति तथा व्यवहारमा लागेका छन् । तर जलवायु परिवर्तनको प्रमुख कारकका रुपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा अल्पविकसित र विकासशील मुलुकहरुको खासै योगदान छैन, यिनीहरु असरका भागेदार मात्र हन् । नगरेको अपराधको सजाय यिनीहरु भोग्दैछन् । यस्ता मुलुकहरु सकी नसकी विकास रणनीति परिवर्तन गर्दै छन् । पूजी र प्रविधि उनिहरुसंग नै छैन । उत्सर्जक धनी मुलुकहरु जलवायु परिवर्तन र यसका असरहरुबाट खासै सचसन्तत छैनन् र आफनो जलवायु दायित्वप्रति प्रतिवद्ध पनि देखिएका छैनन् । उदीयमान अर्थतन्त्रहरु पनि अव जलावायु परिवर्तनका कारक बने, उनीहरु पनि तापमान बृद्धि र यसले ल्याउने असरप्रति संवेदनशील छैनन् । दिगो विकासको लक्ष्यमा लक्ष्य नं १३ मा सबै मुलुकहरुले विश्व संस्था सामु प्रतिवद्धता भने जनाएका छन् तर त्यस अनुरुपको काम चाहि भएको छैन । यसबाट मानव सभ्यता र जैविक विविधता नै अस्तित्वको सङ्कटतर्फ धकेलिदै गएको छ । प्रस्तुत सन्दर्भमा जलवायु परिवर्तनले ल्याएका असरहरुको चर्चा गर्दै यसले लैङ्गिक विकासमा पुर्‍याउने नकारात्मक असर नेपालको सन्दर्भ उल्लेख गर्दै अल्पकिवसित मुलुक भएका नाताले नेपाल जस्ता मुलुकले जलवायु परिवर्तनको व्यवस्थापन गर्न एवम् अन्तराष्ट्रिय तहलाई जलवायु संवेदनशील बन्न कस्ता उपाय अवलम्वन गर्न सक्छ ? विश्लेषण गर्नुहोस । २०

 अल्पविकसित राष्ट्र र जलवायु परिवर्तनको असरः नेपालको सन्दर्भ

परिचयः
-          औद्योगिकीकरण, प्राकृतिक श्रोतको गैरजिम्मेवारपूर्ण उपयोग र जलवायु परिवर्तनको असरमा विकसित राष्ट्रहरूको असंवेदनशीलता
-           नेपालजस्ता योगदान कम गर्नर राष्ट्रहरूको जोखिम
-           उत्सर्जन गर्ने राष्ट्रको संवेदनशीलता, इमान्दारीता, साझेदारी र लगानी वृद्धिबाट नियन्त्रण गर्न सकिने
 
क) जलवायु परिवर्तनले ल्याएका असरहरु
-    प्रत्यक्ष  र तत्कालीन असरहरू
o   पृथ्वीको तापमान बढेको (Extereme Weathers)
o   प्राकृतिक विपदका घटना बढेको
§  डुवान, बाढी , पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी
§  समुद्रको सतह बढेको
§  Glacial Lake Outburst Flood को सम्भावना बढेको
-   अप्रतक्ष्य र दोश्रो तहका असर
o   कृषि प्रणालीमा परेको असर- न्यून उत्पादकत्व, खेतियोग्य जमीनको कमी, खाद्यान्न आपूर्ती प्रणालीमा असर
o   मानव स्वास्थ्य र प्राणी स्वास्थ्य र वनस्पति स्वास्थ्यमा परेको असर- रोगहरूको प्रकोप, लोपोन्मुखता बढेको,
o   प्राकृतिक पारिस्थितिक प्रणाली (Natural Ecosystem) मा परेको असर- प्राकृतिक वासस्थान, मानव र वन्यजन्तुको सौहार्दपूर्ण सम्बन्ध र अस्तित्वमा असर, द्वन्द्व बढेको
o   खाद्य सुरक्षामा परेको नकारात्मक असर
o   हिमालको संरचना र हिमरेखामा परिवर्तन
o   बस्न योग्य जमीनको उपलब्धता कम
ख)   जलवायू परिवर्तन र लैंगिक विकासको सम्बन्ध
जलवायु परिवर्तनको असर लैंगिक रूपले तटस्थ (Gender Neutral) छैन, यसको असर जोखिम समूह र खासगरी महिला, केटीहरू र लैंगिक अल्पसंख्यकमा बढी पर्दछ
-    जलवायु संकटसँगै लैङ्गिक असमानता हाम्रो समयको एउटा ठूलो चुनौती ,
-     जलवायु परिवर्तनले महिला र केटीहरूको जीवन, जीविकोपार्जन, स्वास्थ्य, सुरक्षा र सुरक्षालाई बढी खतरामा पार्छ, पुरुषको दांजोमा
-    खाद्यान्न, पानी, दाउराको उपलब्धता महिलाको दैनिक क्रिपाकलापसंग जोडिएको छ
-     जलवायु परिवर्तनबाट निसक्ने द्वन्द्वमा महिला र केटीहरू जोखिम समूहको रूपमा बढी पिडित र हिंसाको शिकार बन्ने सम्भावना रहन्छ
-     पहिल्यै असमान रहेको लैंगिक सम्बन्ध स्वास्थ्य, शिक्षा र अन्य सुविधाको पहुँचमा पर्ने असरले झन् असमान बनाउँछ
-     गर्भवती र सुत्केरी महिलामा जलवायु परिवर्तनको बढी असर पर्छ र त्यसले आगामी पुस्तामा समेत असर पर्दछ
-     कृषि क्षेत्रले महिलालाई बडी रोजगारी दिन्छ, जसमा पर्ने प्रभावले महिलाको रोजगारी र आम्दानीलाई असर पर्दछ
-     केटीहरूको विद्यालय जाने समय कटौती गर्न सक्छ
ग) अल्पविकसित राष्ट्रको रूपमा रहेको नेपालले अन्तर्राष्ट्रिय समुदायालाई कसरी सचेत संवेदनशील बनाउने
-          नेपालजस्ता अति कम विकसित राष्ट्र जो जलवायु परिवर्तको जोखिममा छन् तर तिनको विश्व तापमान वृद्धिमा योगदान साह्रै कम छ ।
-           विकसित र हरितगृह ग्यासमा योगदान गर्ने राष्ट्हरूलाई सजग गराउने
-           अन्तर्राष्ट्रिय रूपमा संवेदनशीलता प्रकट गर्ने, मञ्चहरूमार्फत आवाज उठाउने
-           कम योगदान रहेका राष्ट्रहरूको आवाजको लागि साझा मञ्च तयार गर्ने
-           कार्बन बजारको उपयोग गरेर रकम उपयोग गर्ने
-           जोखिम मुल्यांकन गरी क्षतिपूर्तिको लागि विश्व मञ्चमा पेश गर्ने
-           COP-26 मा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने, जिम्मेबार बनाउने कोशिस गर्ने
-           वातावरण कुटनीति (Climate Diplmacy) को उपयोग गर्ने
-           Polluters Pay Principle को प्रयोग गर्न सहकार्य गर्ने
अन्त्यमा
जलवायु परिवर्तन र हरित गृह ग्यासको उत्सर्नको लागि जो जिम्मवेवा छन् उनीहरूलाई नै यसको मूल्य वहन गर्न लगाउनु आवश्यक छ,
नेपालजस्ता देशले कटौती गर्दा पनि यसको असर कम नहुने भएको र विश्व वातावरण सबैको साझा सम्पति भएको, दोश्रो पृथ्वी उपलब्ध नभएकोले उनीहरू आफै पनि जिम्मेवार हुनु आवश्यक छ
 



No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.