"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Monday, October 03, 2022

लोकतन्त्रलाई व्यवस्थित गर्ने सम्बन्धमा भएका कैयन आविस्कारमध्ये राजनीति र प्रशासनको सम्बन्ध तथा सीमा निर्धारण एक महत्वपूर्ण उपलव्धि हो । बेलायत तथा अमेरिकमा भएको लामो वैचारिक आन्दोलनपछि राजनीति र प्रशासनको सैद्धान्तिक सीमा विभाजन भएको भयो र विभिन्न लोकतान्त्रिक मुलुकहरुले आआफ्नो मुलुकको कानूनमा यसलाई संहितावद्ध पनि गरेका छन् । तर नेपालजस्ता अल्पविकासित मुलुकहरुमा राजनीति र प्रशासनको सम्बन्ध सौहार्द मात्र नभएको होइन कि एकअर्कामा सन्देह र सन्त्रासको स्थिति पनि देखिन्छ । बन्द राजनीतिक व्यवस्थामा आस र त्रासमा प्रशासन चलाउनु, प्रशासनलाई राजनैतिक व्यवस्थाप्रति निर्दिष्ट गर्नु स्वाभाविक हो । नेपालमा लोकतान्त्रिक व्यवस्था कार्यान्वयन भएको लामो समयसम्म राज्य सञ्चालनका दुई प्रमुख पात्रबीच असल सम्बन्ध बसेन । गणतान्त्रिक संविधान कार्यान्वयनपछि त प्रशासनलाई झनै हतप्रभ बनाइएको छ । क्षणिक फाइदामा रमाउने कर्मचारीहरु पनि अन्तत: ग्लानीबोध गर्न पुगेका छन् । शासकीय पात्रहरुको खराव सम्बन्धका बारेमा नागरिक समाज र नागरिकहरु आवाज पनि उठाउदैनन् । राजनैतिक कार्यकारी लगातार निजामती प्रशासनका मूल्यहरु अतिक्रमण गर्नमा नै रमाएको छ । सरकारलाई नियन्त्रण र सन्तुलनमा ल्याउने विपक्षी दलहरु पनि खासै आवाज उठाउँदैनन् । यसले शासन प्रणालीको स्तर लगातार ओहाल्दै लगेको छ । प्रस्तुत मामिलाको संक्षिप्त विश्लषण गर्दै यी प्रश्नको उत्तर दिनुहोस् । २०

राजनीति र प्रशासनको अन्तरसम्बन्ध र सीमाका आयाहरू

 

परिचयः

-   राजनीति र प्रशासनको सौहार्दपूर्ण सम्बन्ध शासन व्यवस्था सञ्चालनका लागि आवश्यक छ, नीति र ईच्छा निर्माण तथा त्यसको कार्यान्वयन

-    दुबैको आफ्नो सीमा, उत्तरदायीत्व र जिम्मेबारी हुन्छ र Merit Criteria लाई Political Criteria ले हस्तक्षेप गर्नुहुन्न

-    प्रशासनमा राजनीतिकरण गर्दा सार्वजनिक प्रशासनका मूल्य मान्यतामा क्षय पुग्छ त्यसैले प्रशासनलाई नियम कानूनको कार्यान्वयन निष्पक्ष ढंगले गर्न दिनुपर्छ

१. राजनीति र प्रशासनबीचको सीमा के हो ?

-    राजनीतिले जनताको ईच्छा प्रतिनिधित्व गर्छ, प्रशासनले इच्छालाई व्यवहारमा रूपान्तरण गर्छ

-    प्रशासनमा political neutrality चाहिन्छ, राजनीतिले दैनिक कार्यमा हस्तक्षेप गर्नु हुन्न

-    राजनीति सोच, लक्ष्य , मार्गदर्शन हो प्रशासन बाटो हो

-    दैनिक शासन सञ्चालन र कार्यान्वयन तहको काम प्रशासनले गर्छ,

-     राजनीतिक जिम्मेबारी- निर्वाचित हुने, उम्मेदवार बन्ने, राजनीतिक दल र राजनीतिक निष्ठा

-    प्रशासनकि जिम्मेबारी- कानूनको कार्यान्वयन, नैतिक, आर्थिक, वित्तीय र सेवाग्राहीप्रतिको जवाफदेहीता

२. राजनीतिले प्रशासनमाथि उसैले स्थापित गरेको मूल्य मिच्नुको पछि के कस्ता देख्य र मनो बैज्ञानिक कारण छन् भन्ने ठान्नु हुन्छ

-           प्रशासनलाई राजनीतिक स्वार्थको लागि प्रयोग गरिनु- policy politics vs party politics

-           राजनीतिको अपराधिकरण हुनु

-           प्रशासनले व्यक्तिगत र निजी स्वार्थको लागि आफ्नो सीमा नाघ्नु

-           राजनीतिले प्रशासन सुधारका प्रयासमा इमान्दार प्रतिबद्धता नगर्नु

-           प्रशासनको विज्ञता, योग्यता प्रतिको कम विश्वास

-           कर्मचारीसंग सेवा सुविधाको हिसाबले प्रतिस्पर्धाको भावना

-           राजनीतिलाई समाज सेवा र राष्ट्र निर्माणको कार्य भन्दा पेशाको रूपमा, जीवन यापनको रूपमा प्रयोग गरिएको छ र नागरिक समाजका सदस्यहरू राजन

३. राजनीतिले प्रशासनलाई कसरी राजनीतिकृत गर्दछ?

-           स्वार्थको लेनदेन- Exchange of Interest

-           बजेट विनियोजन, कार्यक्रम, परियोजना आदिमा रूचि देखाएर

-           Pork barreling

-           राजनीति र प्रशासनको कार्यक्षेत्रको सीमारेखा स्पष्ट नहुनु

-           नीति चक्रको चरणको रुपमा शासन व्यवस्थालाई नबुझेर फरक फरक कार्यको रूपमा बुझाई हुँनु

-           ट्रेड युनीयन सदस्यका माध्यमबाट

४. नागरिक समाजहरु प्रशासनिक अतिक्रमणका विषयमा किन नबोलेका होलान्?

-           नागरिक समाज पनि राजनीतिक रूपमा विभाजित छ

-           नागरिक समाजको संगठन कमजोर छ

-           व्यक्तिबाद र स्वतन्त्रता भन्दा संगठन, गुट र समाजका सम्बन्धहरू बढी बलियो रहेका छन्

५. राजनीति र प्रशासनले एकअर्काबाट के कस्ता कुरा अपेक्षा गर्नुपर्छ ?

प्रशासनको अपेक्षा

-           योग्यता प्रणाली, कानूनी शासन र प्रशासन प्रणालीको अभिभावकत्व, संरक्षकत्व लिने

-           दैनिक प्रशासन, सरुवा, पदस्थापन, आर्थिक प्रशासन, लजिष्टिक व्यवस्थापन, सवारी साधन जस्ता विषयमा ध्यान नदिएर प्रशासनयनत्रलाई स्वतन्त्र रूपले काम गर्न दिने

-           विश्वासको वातावरण तयार गर्न सत्यबादिता र प्रतिवद्धता प्रकट गर्ने

-           प्रशासन यन्त्रको कानूनी सीमा, उत्तरदायीत्वको सीमा बुझेर व्यवहार गर्ने

-           बृहत्तर जनकल्याण, समग्र राष्ट्र हीतलाई केन्द्रमा राखेर नीति निर्माण गर्ने,

-           व्यापारिक वर्ग, स्वार्थ समूह र अवाञ्छित दबाबको सम्बन्धमा प्रशासनसंग सहकार्य गरी त्यसलाई हटाउन सहयोग लिने

-           प्रशासनलाई नतिजाबाट जिम्मेवार बनाउने तर अनाबश्यक दबाब नदिने,

राजनीतिको अपेक्षा

-           राजनीतिको सोच र उद्देश्य पुरा गर्न तत्पर रहने

-           कानूनी दायरामा रहेर कार्य सम्पादन गर्ने

-           राजनितिक पक्षपातपूर्ण व्यवहार र कार्य नगर्ने

-           कानूनी दायराको बारे राजनीतिक नेतृत्वलाई जानकारी गराउने

-           कानूनको कार्यान्वयनमा लचिलोपना देखाउने

-           असल  नियतले असल सल्लाह दिने

अन्त्यमा

-           प्रशासन र राजनीतिको उद्देश्य एउटै, भूमिका र उपस्थिति फरक

-           सहकार्य, समझदारी र समान बुझाईका आधारमा सम्बन्ध सुधार

-           समृद्धि, विकास, प्रजातन्त्र, सेवा प्रवाह, सामाजिक न्यायका लागि आवश्यक



No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.