Subscribe Us

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

PARENT'S ROLE in a Child's Education

Parent's Role in Education Diagram

PARENT'S ROLE in a Child's Education

लिच्छवि काल

 

  1. प्रथम लिच्छविवंशी राजा को हुन् ?

    उत्तर: जयदेव प्रथम
  2. भक्तपुर जिल्लामा रहेको चाँगुनारायणको मन्दिर बनाउने राजा को हुन् ?

    उत्तर: मानदेव
  3. गोकर्णमा मानव वस्ती बसाउने राजा को हुन् ?

    उत्तर: मानदेव
  4. मानदेवका छोराको नाम के हो ?

    उत्तर: महिदेव
  5. मानदेवका बाबु को थिए ?

    उत्तर: धर्मदेव
  6. मानगृहको निर्माण गर्ने लिच्छवि राजा को हुन् ?

    उत्तर: मानदेव
  7. नाग र वासुकी पूजाको चलन चलाउने राजा को हुन् ?

    उत्तर: मानदेव
  8. वैष्णव मुद्रा प्रचलनमा ल्याउने लिच्छवि राजा को हुन् ?

    उत्तर: अशुवर्मा
  9. अंशुवर्माको शासनकाललाई के भनी चिनिन्छ ?

    उत्तर: लिच्छविकालको स्वर्णयुग
  10. पशुपतिनाथलाई राजमान्यता दिने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  11. सर्वप्रथम ‘महाराजाधिराज’ पदवी धारण गर्ने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  12. ‘शब्द विधा ’ ग्रन्थको रचना कसले गरेका हुन् ?

    उत्तर: अंशुवर्मा
  13. सत्ता प्राप्त गरी शासन चलाएर राज्यसत्ता पुन: सोही वंशलाई हस्तान्तरण गर्ने महान लिच्छवि राजा को हुन्?

    उत्तर: अंशुवर्मा (यिनी रोलक्रमका राजा थिएनन् ।)
  14. सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?

    उत्तर: मानदेव
  15. बालकको सालनाल काट्ने चलन चलाउने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  16. नेपालको इतिहासमा ‘आदर्श शासक ’ का रुपमा चिनिने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  17. ‘महासामन्त’ , ‘कलहाभिमानी’ , ‘पशुपतिपादानुगृहित’ पदवी धारण गर्ने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  18. ‘युवराजाधिराजको घोषणा सर्वप्रथम कसको पालादेखि सरु भएको हो ?

    उत्तर हेर्नुहोस्
  19. अंशुवर्माले बनाएको कैलासकुट भवन कुन ठाउँमा रहेको थियो ?

    उत्तर: देवपाटन (पशुपति नजिकै)
  20. कैलाशकुट भवनको महिमा कहाँको शिलालेखमा उल्लेख छ ?

    उत्तर: साँगाको शिलालेखमा
  21. कहाँ भएको युद्धमा लिच्छविहरुद्धारा आठ सय किरातीहरु मारिएका थिए?

    उत्तर: पाटनको च्यासल ( यो युद्धमा जित हासिल गरी लिच्छविहरुले सत्ता नियन्त्रण गरेका । )
  22. पशुपतिनाथको मन्दिर स्थापना गर्ने राजा को हुन् ?

    उत्तर: प्रचण्डदेव
  23. लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?

    उत्तर: महासामन्त
  24. लिच्छविकालमा राजकिय भाषा के थियो ?

    उत्तर: संस्कृत
  25. गुप्त सम्वत कसले चलाएका थिए ?

    उत्तर: अंशुवर्मा
  26. इन्द्र जात्रा, लाखे जात्रा, कृष्ण जात्रा, हिले जात्रा, श्रङ्गभेरि जात्राको चलन चलाउने राजा को हुन् ?

    उत्तर: गुणकामदेव
  27. लिच्छविकालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ?

    उत्तर: सार्थबाह
  28. हिन्दु र बौद्ध दुवै धर्म मान्ने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  29. लिच्छविकालमा पशुपालनमा लगाइने करलाई के भनिन्थ्यो ?

    उत्तर: भोगकर
  30. लिच्छविकालमा कृषि उत्पादनमा लगाइने करलाई के भनिन्थ्यो ?

    उत्तर: भागकर
  31. कान्तिपुरमा मानव बस्ती बसाल्ने राजा को हुन्?

    उत्तर: गुणकामदेव
  32. आधुनिक काठमाडौँका निर्माता भनी कसलाई चिनिन्छ ?

    उत्तर: गुणकामदेव
  33. गुणकामदेवलाई अर्को कुन नामले चिनिन्छ ?

    उत्तर: लक्ष्मीकामदेव
  34. शाक्यवंशको कन्यालाई कुमारि बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?

    उत्तर: गुणकामदेव
  35. ‘शान्तिश्री’ का नामले चिनिने राजा को हुन्?

    उत्तर: प्रचण्डदेव
  36. नेपालको इतिहासमा “स्वर्णयुग “ भन्नाले कुन काललाई जनाउँछ ?

    उत्तर: लिच्छविकाल
  37. अंशुवर्मा कुन वंशका थिए ?

    उत्तर: ठकुरी वंश
  38. ठकुरि वंशका प्रथम राजा को हुन्?

    उत्तर: भाष्कर देव
  39. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?

    उत्तर: स्वयम्भुनाथ
  40. लिच्छवि राजाहरु कुन वंशका थिए ?

    उत्तर: सूर्यवंशी
  41. लिच्छविकालमा कपडामा लगाउने करलाई के भनिन्थ्यो ?

    उत्तर: चैलकर
  42. भोटो जात्राको चलन चलाउने राजा को हुन्?

    उत्तर: नरेन्द्रदेव
  43. ‘महाराजाधिराज परम भट्टारक’ को पदवी धारण गर्न राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  44. लिच्छविकालिन आकाशको पूर्ण चन्द्र भनि चिनिने राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  45. लिच्छविकालिन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थिए, १ पुराणमा कति पण हुन्थ्यो ?

    उत्तर: १६ पण
  46. लिच्छविकालमा धानचामल तथा घिउ, तेल, दूध नाप्न प्रयोग हुने एकाइ कुन थियो ?

    उत्तर: मानिका
  47. ‘पण’ र ‘पुराण’ नामक मुद्रा चल्तीमा ल्याउने राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  48. बलम्बुमा मानवबस्ती बसाउने राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  49. ‘बोधिसत्व’ को अवतार मानिने लिच्छवि राजा को हुन् ?

    उत्तर: अंशुवर्मा
  50. अंशुवर्मा पछि राजगदिमा आसिन हुने व्यक्ति को हुन् ?

    उत्तर: उदयदेव
  51. प्रसिद्ध भद्राधिवास भवनको निर्माण गर्ने लिच्छवि राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  52. रातो मच्छिन्द्रनाथको रथयात्राको चलन चलाउने राजा को हुन् ?

    उत्तर: नरेन्द्रदेव
  53. झ्यालमा बुट्टा राखने चलन कसले चलाएका थिए ?

    उत्तर: नरेन्द्रदेव
  54. नरेन्द्रदेवले कहिलेदेखि कहिलेसम्म शासन गरेका थिए ?

    उत्तर: वि. स. ७०२ देखि ७३६ सम्म
  55. ‘सिहासन ’ शब्द कुन राजाको पालादेखि चल्तीमा आएको थियो ?

    उत्तर: नरेन्द्रदेव
  56. काठमाडौँ उपत्यकामा सबैभन्दा लामो समय मनाइने जात्रा …………हो ?

    उत्तर: मच्छिन्द्रनाथ
  57. सिकाली जात्रा ललितपुरको खोकनाका नेवार समुदायमा प्रचलित छ भने वैरागी जात्रा कहाँ प्रचलित छ ?

    उत्तर: जुम्ला
  58. स्वयम्भुको ज्योतिलाई छोपी सोमाथि चैत्यको निर्माण गर्ने राजा को हुन् ?

    उत्तर: प्रचण्डदेव
  59. ललितपुरमा मानब बस्ती बसाल्ने राजा को हुन् ?

    उत्तर: वरदेव
  60. सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?

    उत्तर: स्थुँको
  61. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?

    उत्तर: शिवदेव
  62. लिच्छविकालमा राजदरबारसम्बन्धी विषय हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ?

    उत्तर: महाप्रतिहार
  63. कुन राजालाई विश्वदेव भनी चिनिन्छ ?

    उत्तर: वृषदेव
  64. लिच्छविकालमा पसलमा लगाइने करलाई के भनिन्थ्यो ?

    उत्तर: आपण कर
  65. नेपाल सम्वत कुन राजाको पालादेखि प्रचलनमा आएको हो ?

    उत्तर: राघवदेव ( वि. सं . ९३६ मा )
  66. कीर्तिपुरको स्थापना कसले गरेका हुन् ?

    उत्तर: शिवदेव तृतीय
  67. स्वयम्भु चैत्य र चाबहिल चैत्यको स्थापना गर्ने राजा को हुन् ?

    उत्तर: वृषदेव
  68. लिच्छविकालमा साधारण व्यापारिलाई के भनि चिनिन्थ्यो ?

    उत्तर: वणिक
  69. पशुपतिनाथको देवल कसले बनाएका हुन्?

    उत्तर: सुपुष्प
  70. लिच्छविकालमा शिक्षाको माध्यम भाषा कुन थियो ?

    उत्तर: संस्कृत र पाली
  71. लिच्छविकालिन समयमा केन्द्रमा बस्ने जनतालाई पौर भनिन्थ्यो भने प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ?

    उत्तर: जानपद
  72. लिच्छविकालका आदि पुरुष कसलाई मानिन्छ ?

    उत्तर: सुपुष्प
  73. लिच्छविकालमा प्रधानसेनापतिलाई के भनिन्थ्यो ?

    उत्तर: महाबलाध्यक्ष
  74. ‘लिच्छवि कुलकेतु’ पदवी कुन लिच्छवि राजाले धारण गरेका थिए ?

    उत्तर: शिवदेव प्रथम
  75. लिच्छविकालमा ललितपुरलाई के भनिन्थ्यो ?

    उत्तर: युपग्राम
  76. कुन राजाको पालादेखि नेपालमा द्धैध शासन व्यवस्थाको सुरुआत भएको थियो ?

    उत्तर: वसन्तदेव
  77. कसको पालादेखि नेपालमा द्धैध शासन व्यवस्थाको अन्त्य भएको थियो ?

    उत्तर: नरेन्द्रदेव
  78. लिच्छवि कालमा व्यापारिक केन्द्रलाई के भनिन्थ्यो ?

    उत्तर: द्रंग
  79. अंशुवर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजा को हुन् ?

    उत्तर: शिवदेव
  80. कर्षापण, पशुपति कुन कालमा प्रयोगमा ल्याइएका मुद्रा हुन् ?

    उत्तर: लिच्छवि
  81. लिच्छविकालमा शिक्षासम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?

    उत्तर: अग्रहार
  82. लिच्छविकालमा जिल्लास्तरीय प्रशासनिक इकाइलाई के भनिन्थ्यो ?

    उत्तर: विषय
  83. सरकारले नेपाल संवतलाई राष्ठ्रय मान्यता कहिले प्रदान गरेको हो ?

    उत्तर: वि. सं. २०६५ कार्तिक ८ (२०६८ मा राष्ट्रय क्यालेण्डरमा प्रयोगमा ल्याउने निर्णय)
  84. लिच्छविकालमा कतिवटा अधिकरणको व्यवस्था गरिएको थियो?

    उत्तर: चार ( कुथेर, माप्चोक, लिंगवल , शुल्ली वा शोल्ल)
  85. लिच्छविकालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तथा भुमिसम्बन्धी मुद्दा हेर्ने अड्डडालाई के भनिन्थ्यो ?

    उत्तर: कुथेर अधिकरण
  86. विवाह पारपाचुके तथा सम्पतिसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?

    उत्तर: माप्चोक अधिकरण
  87. कुलो तथा खानेपानीसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?

    उत्तर: लिङबल
  88. लिच्छविकालमा पञ्चापराधसम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो ?

    उत्तर: शुल्ली वा शोल्ल                                                 

संघीय प्रणालीका सबल र दुर्बल पक्षहरू / संघिय प्रणालीका गुण र दोष

निश्चय नै संघीय प्रणालीका केही गुण छन् भने केही दोष पनि । त्यसैगरी यसमा केही जोखिम पनि छन् । त्यसैले कतिपय मुलुकहरु यो प्रणालीमा गएर पनि एकात्मक प्रणालीमा फर्किएको पनि पाइन्छ । अतः प्रदेश विभाजन, श्रोतको बाँडफाँड र आर्थिक निर्भरताको प्रश्नमा संघितामा जाने क्रममा ज्यादै होस् पु¥याउनु पर्ने हुन्छ । वास्तवमा संसारका नगन्य मुलुकले यो पद्धती अवलम्वन गर्नुको पनि यही वाध्यात्मक अवस्थाले हो । फलतः आज विश्वका २९ राष्ट्रले मात्र यो पद्धती अंगालेका छन् जहाँ विश्वका ४०% मानिस बसोबास गर्छन्। तल यस प्रणालीबाट हुन सक्ने केही फाइदा र बेफाइदा उल्लेख गरिन्छ ।



संघात्मक राज्यका गुणहरू /संघीयताका फाइदा / सबल पक्ष
+ शक्तिशाली संघीय सरकारको निर्माण हुने जस्तैः अमेरिकाको केन्द्रीय सरकार।

+ विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासन बलियो भई सरकार नागरिकको नजिकमा पुग्ने।

+ द्वन्द्ध व्यवस्थापन र विविधता व्यवस्थापनमा सहयोगी सिद्ध हुने।

+ स्वशासनका माग सम्बोधन भई दिगो शान्तिको आधार निर्माण गर्ने ।

+ राज्यशक्तिको विकेन्द्रित अभ्यास मार्फत लोकतान्त्रिक प्रणालीलाई सदृढीकरण गर्न सघाउने ।

+ संघीय शासन व्यवस्थामा सरकारको उपस्थिति राज्यको तल्लो तहसम्म प्रभावकारी हुन्छ।

+ संघीय राष्ट्र शक्तिशाली हुन्छ किनकि एकतामा बल हुन्छ र संघीय राष्ट्र विभिन्न राज्यहरूको एकतामा बनेको हुन्छ।

+ संघीय शासन व्यवस्थामा राष्ट्रिय एकता र स्थानीय स्वायत्तका बीच राम्रो समन्वय हुन्छ ।

+ संघीय शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सार्वजनिक निकायमा बढी भन्दा बढी गर्न सकिन्छ ।

+ जनता सार्वजनिक र स्थानीय विषयवस्तुमा बढी चासो दिन्छन्।

+ संघात्मक सरकार शक्ति विकेन्द्रीकरण र शक्ति विभाजनको सिद्धान्तमा आधारित हुन्छ।

+ विभिन्न जातिगत, क्षेत्रगत, भाषागत मागको सहज सम्बोधन गर्न सकिन्छ ।

+ संघीय शासन व्यवस्थामा स्वेच्छाचारी सरकारको उदय हुने कम सम्भावना हुन्छ।

+ मुलुकको सबै भौगोलिक क्षेत्रको सन्तुलित र न्यायपूर्ण विकासमा सहयोग पुग्ने ।

+ राष्ट्र निर्माण र राज्य निर्माणमा जनसहभागिता हासिल हुने ।

+ मुलुकको विविधता व्यवस्थापनमा सहयोगी सिद्ध हुने जस्तैः बेल्जियम, स्विट्जरल्याण्ड

+ नागरिकको सरकारप्रतिको स्वामित्व अभिवृद्धि हुने ।

+ केन्द्रीय सरकारको कार्यबोझ न्यूनीकरण र स्थानीय नेतृत्व सहयोग पुयाउने

+ शक्ति विभिन्न तहमा बाँडी निरंकुशताको सम्भावनालाई कमजोर तुल्याइदिने ।

+ विकासमा विकासमा स्थानीय स्रोत परिचालन गर्न सजिलो हुन्छ ।

+ शासनमा समावेशीकरण र सहभागिताको सम्भावना ज्यादा हुन्छ ।

+ विभिन्न तह र इकाईका बीचमा प्रतिस्पर्धाको अवस्था सिर्जना गरी विकासमा तीव्रता ल्याउन सकिन्छ ।

+ जनताको घरदैलोमा सरकारको उपस्थिति

+ शासन सञ्चालनमा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व र अपनत्व

+ केन्द्र सरकारको कार्यबोझमा कमी

+ आन्तरिक स्रोतको उपयोगका कारण बाह्य निर्भरतामा कमी

+ जनचाहनामा आधारित सन्तुलित विकास।

+ सरकारलाई जनताको नजिक पुर्याँउर्याँ छ,

+ शासकीय पद्धतिमा सहभागिताको अवसर बढाउँछ,

+ बहुमतीय अधिपत्यलाई केही हदसम्म कम गर्छ,

+ समाजिक सांस्कृति समस्या सम्बोधन गरी राष्ट्रिय विकासलाई प्रोत्साहित गर्छ,

+ समावेशी लोकतन्त्रलाई सम्भव तुल्याउँछ,

+ सामूहिक र साँस्कृतिक पहिचानलाई प्रोत्साहन गर्छ,

+ स्थानीय स्रोत र सम्भावनाको उपयोगको आधार प्रदान गर्छ,

+ राज्यबीचको प्रतिस्पर्धाले विकास र प्रगतिलाई प्रोत्साहित गर्छ,

+ राज्य प्रणालीमा सबैको स्वामित्व र सामाजिक सहभाव विकास हुन्छ,

+ विविधता व्यवस्थापनद्धारा राष्ट्रिय एकता र अखण्डता मजबुद् बनाउँछ,

+ सामाजिक द्धन्द्धको दिगो समाधान सम्भव हुन्छ ।

+ स्वायत्त राज्य

+ राजनीतिक स्वायत्तता

+ विकासको अधिकार

+ जातीय विविधतामा एकता

+ स्थानीय स्वायत्तता सहितको राष्ट्रिय एकता

+ राज्य र केन्द«बीच शतिmमा बाँडफाँड

+ स्थानीय समस्या स्थानीय स्तरबाटै समाधान

+ जनतासँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय महत्वमा कुरालाई केन्द«ले पहल गर्ने

+ केन्द्रीय शतिm र सत्ताको दुरुपयोगमा राज्यको नियन्त्रण

+ संवैधानिक सर्वोच्चता

+ जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुरामा शतिmको विभाजन


संघात्मक राज्यका अवगुणहरू / संघीयताको बेफाइदा /दुर्बल पक्ष
संघीयता आफैँमा हानिकारक होइन तर यसको प्रयोगमा कमजोरी भए यसले राज्यलाई हानी पुर्‍याउन पनि सक्छ। मूलभूत रूपमा संघीयताका सम्भावित बेफाइदाहरू देहाय बमोजिम हुन सक्छन्

+ गासिने राज्यको स्वायत्तता कमजोर हुने जस्तै अमेरिकाका राज्य सरकारहरू।

+ सञ्चालनमा अधिक सर्चिलो हुने, (धेरै पदाधिकारी र संरचनाका कारण सञ्चालन खर्च बढ्ने।

+ देशमा जातीय, क्षेत्रगत वा साम्प्रदायिक भावना बढी राष्ट्रिय एकता कमजोर हुन सक्ते ।

+ संघात्मक शासन व्यवस्थामा सरकार कमजोर हुन्छ।

+ संघ केन्द्रका बीच पारस्परिक विवादको खतरा हुन्छ।

+ संघात्मक सरकारले विदेश नीतिको दुर्बलतापूर्ण सन्चालन गर्छ र यस्तो सरकार आफ्नो गृह नीतिमा पनि कमजोर हुन्छ।

+ संघात्मक शासन व्यवस्था निकै खर्चिलो हुन्छ। प्रशासनिक काम कारवाहीमा एकरुपता हुदैन ।

+ संघीय राज्यमा संविधान कठोर खालको हुन्छ।

+ यस्ता संविधान संशोधन गर्न केन्द्र र राज्य सरकारको सहमति चाहिन्छ। त्यसैले संविधान संशोधनमा कठिनाई हुन्छ ।

+ द्वैध शासनको कारणले गर्दा प्रशासनमा ढिलासुस्ती र अनुत्तरदायित्व विकास हुने डर रहन्छ ।

+ संघ संधै भत्किने खतरा हुन्छ ।

+ विभिन्न तहका सरकारबीच अधिकार र स्रोतको प्रयोगमा खिचातानी भई आन्तरिक द्वन्द्ध बढ्न सक्ते।

+ निकाय र कार्यमा अनावश्यक दोहोरोपन सिर्जना हुन सक्ने ।

+ पुनर्वितरणात्मक न्याय नभएमा कमजोर प्रदेश वा स्थानीय तह झनै कमजोर बन्न सक्ने।

+ शक्ति छरिने हुदा शासकीय दुर्बलता र असमन्वय बदन सक्ने।

+ नागरिकमा दोहोरो करको भार पर्न सक्ने। नेपालमा यस्ता घटना सञ्चार माध्यममा आउन चालेका छन् ।

+ नीति तथा सेवा प्रवाहमा एकरूपता कायम गर्न कठिन हुन सक्छ ।

+ संविधान संशोधन लगायत निर्णय निर्माणमा डिलाई र अवरोध सिर्जना हुन सक्ने- सबै प्रदेशको सहमति चाहिने सन्दर्भमा।कुनै प्रदेश वा स्थानीय तहमा विदेशी हस्तक्षेप वा प्रभाव बढ्न सक्ने ।

+ स्रोत साधन छरिदा भ्रष्टाचार र अनियमितता बढ्न सक्छ ।

+ सरकारका तहहरू र विभिन्न इकाईहरुका बीचमा द्वन्द्ध बढ्न सक्छ ।

+ संघीय इकाइहरुबीच मतभेद आइ राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्न सक्छ

+ नीति कार्यक्रम तथा योजनाहरूमा दोहोरोपन आउन सक्छ

+ जनतामाथि द्धैध शासनको भार पर्न सक्छ

+ संघीय इकाइहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ

+ भ्रष्टाचार र अनियमितताको सम्भावना रहन्छ।

+ सरकारका तहहरुबीच काममा दोहोरोपना आउछ,

+ राज्यहरु बीच अस्वस्थ प्रतिस्पर्धार असमानता बढ्न सक्छ,

+ Over Government लाई प्रश्रय दिन्छ,

+ खर्चिलो शासन प्रणाली, गरिब मुलुकहरुले धान्न गाह्रो हुन्छ,

+ राज्य तथा स्थानीय तहमा Local Elites को Capture बढ्न सक्छ,

+ शासन प्रणालीको सामाजिक लागतलाई बढाउँछ,

+ समष्टिगत आर्थिक अस्थिरता सिर्जना हुन सक्छ,

+ प्राकृतिक स्रोतको बाडफाडमा विवाद् सिर्जना हुन सक्छ (भारतको कावेरी पानी विवाद),

+ स्वायत्तता र आत्मनिर्णयको नाममा विखण्डनले प्रश्रय पाउन सक्छ ।

+ खर्चिलो प्रणाली

+ शक्ति विभाजनमा विवाद

+ केन्द्रको हस्तक्षेप

+ क्षेत्राधिकारको विवाद

+ भौगोलिक क्षेत्र सम्बन्धी विवाद

+ दोहोरो करको मार

+ साम्प्रदायिक राजनीतिको विस्तार

बहुस्तरीय शासन र खुला सरकार साझेदारिता - डा. दामोदर रेग्मी

    सुशासन र पारदर्शिता वर्तमान प्रजातान्त्रिक युगका अपरिहार्य शव्दावलीहरु हुन्। सुशासन र पारदर्शिता शव्दले केवल शासन प्रणालीमा यी शव्दहरुको व्यवहारिक प्रयोगको अपेक्षा गर्दैन यसले शासकीय सहकर्ताहरुसंगको सहकार्य र साझेदारिता समेतको माग गर्दछ। शासन शब्दको परम्परागत अवधारणाले नियन्त्रण र निर्देशन गर्ने कार्यलार्ई बढी जोड दिने गरेको भएपनि वर्तमानमा यो शब्दले नागरिक र समग्रमा राज्यको हितका लागि गरिने कार्यलार्ई जनाउँछ। शासनको परम्परागत अवधारणा नियन्त्रणमुखी र प्रक्रियामुखी कार्यशैलीका अतिरिक्त, गोप्यतावादी संस्कार, एकल निर्णय, केन्द्रप्रति उत्तरदायी कार्य सम्पादनमा विश्वास गर्दथ्यो। यसको अतिरिक्त सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रत पक्षलार्ई शासन भनिन्छ। शासन राज्य प्रणाली सञ्चालन गर्ने विधिसम्मत प्रणाली हो।यसमा राज्य प्रणाली सञ्चालनका आधारभूत अवयवहरू र सरचनाहरू रहेका हुन्छन्। यो राज्य शक्ति श्रोत र अधिकारलार्ई जनहित र कल्याण एवम् राष्ट्रको उन्नति र विकासका निमित प्रयोग र अभ्यास गर्ने पद्दति पनि हो। राज्य प्रणाली सञ्चालनका अवयवहरू र सरचनाहरूको सकारात्मक सहकार्यले समग्र शासन प्रणाली जनमुखी वन्न पुग्दछ।

    नागरिक सर्वोच्चता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, कानुनको शासन, बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध दुरदृष्टिलेयुक्त र तदनुरूपको कार्यशैली, सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरूसमेत शासनका आधारभूत पक्षका रूपमा रहेका हुन्छन्।संविधान, कानुन र तदनुरूपका विधि र प्रक्रिया बमोजिम शासन सञ्चालन हुनु, राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अङ्ग सरकार र यसका अङ्गहरू मार्फत शासन सञ्चालन गरिनु, सार्वभौमसत्ता सम्पन्न नागरिकका प्रतिनिधिद्वारा नागरिक सर्वोच्चताको अवधारणा र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिनु शासनका मूलभूत विशेषताहरू हुन्।

    समयको परिवर्तन संगै शासकीय प्रणालीमा समेत धेरै आयामिक परिवर्तनहरू आएका छन्। कर्मचारीतन्त्रको अवधारणावाट सुरू भएको प्रशासन प्रणाली अलि पछि गएर सार्वजनिक प्रशासनको नामवाट परिचित हुन थाल्यो। कर्मचारीतन्त्र शव्द मूलत कर्मचारीको आयामवाट परिचित थियो जसमा पदसोपान, नियममा आधारित कार्यप्रणाली, वृत्तिविकास, तलव सुविधाका कुरा चलनचल्तीमा थिए तर ती सवैको आशय सेवा प्रवाह नै थियो। सार्वजनिक प्रशासनको कित्तामा पुगेपछि यो अव जनता प्रति वा सार्वजनिक मुद्दाहरू प्रति बढी केन्द्रित हुन पुग्यो। तत्पश्चात सार्वजनिक मुद्दाहरूको सम्बोधनलार्ई परिणाममुखी बनाउने उद्देश्यका साथ विकास प्रशासनको अवधारणा आयो। यसले परिवर्तनलार्ई समय आवद्धता संग जोड्यो। समयक्रमसंगै विकास प्रशासन र नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणा साथ अगाडी बढ्न थाल्यो। यो अवधारणाले व्यवस्थापनवाद खासगरि खर्च वा लगानी अनुसारको उत्पादन वा सेवा प्रवाह हुनु पर्ने, खर्च वा लगानी अनुसार गुणस्तरयुक्त उत्पादन वा सेवा प्रवाह हुनुपर्ने कुरामा जोड दियो। यो अवधारणाले सरकारी कामकारवाहीहरूमा पनि निजी क्षेत्रका गुणहरू रहनु पर्ने अवधारणाले मान्यता पाउन थाल्यो। यसपछि जवाफदेशी शासन वा रेस्पोन्सिभ गभर्नेसको अवधारणा अगाडी बढ्दै गयो। यसले पारदर्शिता, उत्तरदायित्व, जवाफदेहिता, समावेशी जस्ता पक्षहरूलार्ई प्राधान्यता दिनु पर्ने कुराहरूमा जोड दिएको छ ।

उदारीकरण र भूमण्डलीकरणले सिर्जना गरेका नवीनतम परिवेश तथा दुई ध्रुवमा विभाजित अन्तर्राष्ट्र्यि राजनीतिको उपजको रुपमा रहेको राजनीतिक परनिर्भरता क्रमशः आर्थिक अन्तरनिर्भरता को अवधारणामा परिणत हुदै गएपछि वदलिदो सन्दर्भ अनुरुप प्रशासनिक मान्यता र कार्यशैलीमा समेत परिवर्तनको आवश्यकता महशुस हुनु स्वभाविकै थियो।यसको अतिरिक्त विसौं शताव्दीको अन्तिम दशकमा विश्वका अधिकांश देशहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति प्रजातान्त्रिक लहरवाट प्रभावित हुन पुगे। यसै अवधिमा डेभिड ओस्वर्न र टेड ग्याव्लरको सरकारको पुनः आविष्कार को अवधारणा प्रतिपादित हुन पुग्यो। एल गोरको जनताको नजीकमा रहनु पर्ने प्रशासनिक संयन्त्रको परिकल्पना र वेलायतवाट सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सरल र उत्तरदायी वनाउने सन्दर्भमा नागरिक वडापत्रको प्रयोग, न्यूजील्याण्डमा नयां सार्वजनिक व्यबस्थापनको उदय, सरकार सार्वजनिक साझेदारी अवधारणाको विकास, नेक्स्ट स्टेप एजेन्सी लगायत अन्य अवधारणको विकास र सूचना र प्रविधिका क्षेत्रमा भएको ब्यापक तथा तीब्रतम विकास तथा सरकारको स्वरुप र शासकीय मान्यतामा आएका परिवर्तन, गैर राज्यीय साझेदार को उदय र प्रशासनिक मूल्य मान्यतामा आएका आयामिक परिवर्तनहरु संग प्रशासनलाई अनुकुलित गराउने सन्दर्भमा तत् तत् परिवर्तन संग शासकीय स्वरुपलाई समायोजन गर्ने सन्दर्भमा नवप्रवर्तनको अवधारणा सामयिक बन्दै गएको छ।

    यसै सन्दर्भमा बहुस्तरीय शासनको अवधारणा अगाडी बढेको छ। बहुस्तरीय शासन शासन प्रणालीमा बहुपात्र वा वहु संस्थाको उपस्थिति र सहकार्यलाई वढावा दिने अवधारणा हो। यस अवधारणाले शासनमा प्रणालीमा राष्ट्रिय, उपराष्ट्रिय , सार्वजनिक, निजी तथा गैरसरकारी क्षेत्रका पात्रहरूको संलग्नता द्वारा शासन प्रणालीलाई कुशल र प्रभावकारी बनाउन सहयोग गर्ने गर्दछ। बहुस्तरीय शासनमा संलग्न पात्र र संस्थाहरुको क्षेत्रगत विज्ञता रहने गर्दछ यसै क्षेत्रगत विज्ञताको आधारमा संलग्न पात्र र संस्थाहरु बीच नियमित रूपमा सहकार्य हुने गर्दछ। यस अवधारणाले शासन प्रणालीमा नागरिक सहभागिता र नागरिक समाजको सहभागितामा जोड दिने गर्दछ।

अहिले सामयिक विश्व प्रजातान्त्रिक शासन प्रणालीको अवलम्बन र यसको सुदृढीकरण र सशक्तिकरणको मार्गचित्र अनुरुप अगाडी वढिरहेको। प्रजातन्त्रले नीति नियम प्रक्रिया आदिमा सर्वसाधारणको पहुँच हुनुपर्ने यी सबै बिषयहरु पारदर्शी हुनु पर्ने मान्यतामा विश्वास राख्दछ। प्रजातन्त्रमा जनताले आफ्नो अभिमतद्वारा जनप्रतिनिधि चुन्ने गर्दछन्। जनप्रतिनिधि वाट गठित सरकार जनता प्रति मात्र होइन शासकीय प्रणालीका सवै सरोकारवालाहरु प्रतिउत्तरदायी र पारदर्शी हुनुपर्ने सन्दर्भमा खुला सरकारको अवधारणा अर्थात द ओपन गभर्नमेन्ट पार्टनरसिपको अवधारणा अगाडी आएको हो। यस अवधारणाले पारदर्शी, सहभागितामूलक, समावेशी र उत्तरदायी शासन प्रणालीको वकालत गर्दछ।

    खुला सरकार साझेदारिता संघीय र प्रादेशिक सरकारको तहमा नागरिक सशक्तिकरण, पारदर्शिता, भ्रष्टाचार विरुद्धको नियमित लडाइ, नवीन प्रविधिको प्रयोग द्वारा शासकीय संरचनाको सशक्तिकरण द्वारा खुला सरकारको प्रवर्द्धनगर्ने वहुपक्षीय संरचना हो। २० सेप्टेम्वर २०११ का दिन संयक्त राष्ट्र संघको महासभा को दौरानमा भएका समानान्तर वैठकको परिणति स्वरुप खुला सरकारको अवधारणा आएको हो। संयुक्त राज्य अमेरिका,ब्राजिल, इन्डोनेशिया, संयुक्तअधिराज्य, नर्वे, मेक्सिको, फिलिपिन्स, दक्षिण अफ्रिका का सरकार प्रमुखहरु अभियानका संस्थापकको रुपमा रहेका छन। यी सरकार प्रमुखहरुले खुला सरकार घोषणा पारित गरेका छन्। खुला सरकार साझेदारिताको अवधारणा को शुरुवात ८ राष्ट्र बाट भएको मा हाल ७५ देशहरु, १०४ स्थानीय सरकारहरु, हजारौं नागरिक समाजको सहभागिता रहेको छ।

खुला सरकार घोषणाका विषय वस्तुहरुमा सरकारी कार्यहरुको सूचना उपलब्धतामा बढोत्तरी गर्ने, नागरिक सहभागितालाई बढावा दिने, प्रशासकहरुमा उच्च स्तरको इमान्दारिता अभिवृद्धि गर्ने, खुलापन र उत्तरदायित्वको सुनिश्चितताको लागि नवीन प्रविधिको पंहुच र उपयोग लाई प्रोत्साहन गर्ने, २१औ शताब्दीमा खुला सरकारको संस्कृतिको अभिवृद्धि गर्न अन्तराष्ट्रिय साझेदारिता र सहकारिताप्रति प्रतिवद्ध रहने जस्ता समसामयिक अन्तरवस्तुहरु रहेका छन्।

    खुला सरकारको अवधारणा संचालनको लागि विभिन्न संरचनात्मक व्यवस्थाहरु गरिएका छन्। अन्तराष्ट्रिय तहमा नीतिगत निर्देशन को व्यवस्था गर्न र मानदण्डहरुमा एकरुपता ल्याउन तथा यसको दिगोपनाको सुनिश्चितता को लागिमूल समिति रहने व्यवस्था छ। यस समितिमा सबै सदस्य राष्ट्रहरुवाट सरकार र नागरिक समाजको समान संख्यामा सहभागिता रहन्छ र चक्रीय प्रणालीको आधारमा सरकार र नागरिक समाजको तर्फवाट एक एक सह अध्यक्ष रहने गर्दछन्। मूल समिति अन्तरगत तीनवटा उपसमितिहरु रहेका छन जसमा शासकीय र नेतृत्व उप समिति, मानदण्ड उप समिति र सिकाई आदान प्रदान उप समितिहरु रहेका छन्। यसै गरि खुला सरकार साझेदारिता विषयगत कार्यसमूहहरुमा वित्तीय खुलापन कार्यसमूह, कानूनी खुलापन कार्यसमूह, सूचनामा पहुंच कार्य समूह, भ्रष्टाचार विरुद्धको कार्यसमूह, खुला तथ्याङ्क कार्यसमूह र प्राकृतिक श्रोतहरुको खुलापन कार्यसमूहहरु रहेका छन्। सचिवालयको भूमिका निर्वाह गर्न सहयोग इकाइ रहेको छ। स्वतन्त्र प्रतिवेदन संयन्त्रले अवधारणामा सहभागी राष्ट्रहरुमा शासकीय खुलापन वा पारदर्शिता को अवस्था र प्रगतिको वारेमा वर्षको दुई पटक प्रतिवेदन प्रकाशित गर्ने गर्दछ र सुधारका लागि सुझावहरु समेत दिने गर्दछ।

    यसको अर्को संरचनामा नागरिक समाजको सहभागिता रहेको छ जसले खुला सरकार साझेदारिताको अभियानको सुदृढीकरणको लागि वृहदनागरिक समाजको सहभागितामा जोड दिने गर्दछ। यसको साथै प्रादेशिक वा उप क्षेत्रीय सरकारहरुको लागि कार्यक्रम संचालन गर्नु यस अवधारणाको उद्देश्य रहेको छ।

    खुला सरकारको अवधारणामा अवधारणामा सहभागी हुन चाहने देशले वित्तीय पारदर्शीता सूचनामा पहुंच, सम्पत्तीको घोषणा, नागरिक सहभागिता लगायतका चार क्षेत्रको मूल्याङ्कनमा ७५ प्रतिशत अंक प्राप्त गर्नु पर्दछ। यसको साथै नागरिक समाज समेतको सहभागितामा राष्ट्रिय कार्ययोजना वनाउनु पर्दछ यसमा सुधार प्रतिवद्धताका कार्यक्रमहरु, पारदर्शीता, उत्तरदायित्व र प्रविधि विकासका कार्यक्रमहरु समावेश गर्नु पर्दछ।
सरकार र शासकीय प्रणालीलाई वढी पारदर्शी, उत्तरदायी, सहभागितामूलक र समावेशी गराउने उद्देश्यका साथ सन् २०२३ देखि सन् २०२८ को लागि रणनीति तयार गरिएको छ। यसका पाँचवटा रणनीतिहरु रहेका छन्। जसमा पहिलो खुला सरकारका सुधारक, क्रियाशील र विज्ञहरुको विस्तारित, प्रतिबध्द, अन्तरआवध्द समाज निर्माण गर्ने रहेको छ। दोस्रोमा केन्द्रदेखि सवै तहका सरकारले आफ्ना प्राथमिकताहरुको प्रवाह गर्नका लागि खुला सरकारको निर्माण रहेको छ। यसै गरि जनसहभागिताको अवसरको सुनिश्चितता, खुला सरकार निर्माणमा तीव्रताको लागि खुला सरकार सुधार र नवीनता, र प्रमाणमा आधारित खुला सरकारको उत्प्रेरकहरुको सुनिश्चितता अन्य रणनीतिहरु रहेका छन्।

    नेपालमा खुला सरकारको अवस्थालाई हेर्ने हो भने सूचनाको हक र सो सम्बन्धी कानून र संस्थागत संरचनाको व्यवस्था गरिएको छ। सरकारी काम कारवाहीहरुमा पारदर्शिता, वेवसाइट, प्रवक्ता, सूचना अधिकारी आदिवाट नियमित सूचना प्रवाह गर्ने गरिएको छ। नागरिक समाज एक सशक्त शासकीय सहकर्ताको रुपमाविकास हुदै गैरहेको छ। भ्रष्टाचार नियन्त्रणमा जनता, सरकार र शासकीय सहकर्ताको चासो र प्रथामिकताको विषय वनेको छ। भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा प्रतिबध्दता र राष्ट्रिय रणनीति हरुको कार्यान्वयनमा तदारुकता देखाउने गरिएको छ। नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित हुदै संघीय लोकतान्त्रिक राज्यमा रुपान्तरण हुनपुगेको छ। नेपालले २०४७ सालको जनआन्दोलन पश्चात प्रजातान्त्रिक शासन प्रणाली अवलम्बन गर्दै आएकोमा २०६२/ २०६३ को जनआन्दोलनले देशलाई गणतान्त्रिक राज्यमा रुपान्तरण गर्यो र वर्तमान संविधानले देशलाई संघीय शासन प्रणालीमा रुपान्तरण गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको सात दशक भन्दा लामो ऐतिहासिक योगदान पश्चात देशले उच्चतम प्रजातान्त्रिक प्रणालीले युक्त संघीय शासन प्रणाली अवलम्वन गर्न पुगेको छ। यसले शासकीय संरचना र परिपाटीहरुमा थप खुलापन र पारदर्शीताको माग गरेको छ। संघीय संरचनामा संघ, प्रदेश र स्थानीय तहको व्यवस्थावाट तीन तहका सरकार वीचमा समन्वय, सहकारिता र सहअस्तित्व रहनु पर्ने अवस्थाले सबै तहका सरकारहरु पारदर्शी हुनु पर्ने अवस्था सिर्जना भएको छ। सरकारी, सहकारी र निजी क्षेत्र अर्थतन्त्रका तीन आधार स्तम्भको रुपमा रहेको र यसले उदारीकरणलाई प्रश्रय दिएको छ।

    शासन प्रणालीमा नागरिक सहभागिता वा नागरिक मैत्री शासन प्रणाली प्रजातान्त्रिक शासन प्रणालीको मूल आदर्श हो। नागरिक शासन सहभागितामूलक र समावेशी प्रकृतिको शासन प्रणाली हो। नागरिक शासन प्रक्रियाको अवलम्बनले शासन प्रणाली बढी प्रजातान्त्रिक बन्न पुग्दछ। यस प्रकारको शासनमा कानुनी वा अन्य प्रक्रियाद्वारा शासन प्रणालीमा नागरिक सहभागिताको सुनिश्चितता गरिएको हुन्छ। संघीय सुशासनको प्रत्याभूतिका लागि खुला सरकार अवधारणाको अवलम्बन र व्यवहारिक प्रयोग नेपालको लागि समेत उपयोगी हुने देखिन्छ।

(डा. दामोदर रेग्मी कुशल प्रशासक, लेखक तथा गीतकार हुन्)

साभार गरिएको

राज्य (State)को परिचय:

राज्य (State)को परिचय:

+निश्चित भुभाग भित्र सार्वभौमसत्ता सम्पन्न राजनीतिक संस्था हो । जसले आफ्नो स्थायी निकायमार्फत शासन गर्दछ।

+राज्य एक राजनीतिक इकाई हो, जस अन्तर्गत निश्चित क्षेत्र, त्यसमा बसोबास गर्ने मानिस, सार्वभौमसत्ता र सरकार अनिवार्य तत्वका रूपमा रहेका हुन्छन्।

+जनताको हित प्रवर्द्धनका लागि स्थापित जनसंख्या, भूगोल, कानून वा संविधान एवम् शासन सहितको क्षेत्र राज्य हो । राज्य (State) स्वतन्त्र र विश्व मान्यता प्राप्त हुन्छ । +राज्य निश्चित सीमा भित्र शासन संचालनका आधार क्षेत्रका रुपमा रहेको हुन्छ । राज्य संचालनका निश्चित आधार, विधि र पद्धति रहेका हुन्छन् ।

+निश्चित भूभाग भित्र शासन संचालन गर्ने अधिकार राज्यले राख्दछ। राज्यको आफ्नो पहिचान (Identity), सामर्थ (Capability) र कानूनी आधार (legal Background) रहन्छ।

+कुनै निश्चित भूभागमा राजनीतिक रुपले संगठित जनसमुदायलाई राज्य भन्दछन्। (The state is the politically organized persons of definite territory.)

+राज्य व्यवस्थित समाज र नागरिकको एकमात्र बहुउद्देश्यीय वैध संस्था हो जसको  प्रमुख काम भनेको नै सामाजिक हित प्रवर्द्धन र नागरिक इच्छा (राज्य इच्छा) लाई संस्थागत गराउनु हो।

+यसलाई नैतिक संस्थाका रुपमा पनि लिने गरिन्छ, किनकी यसले नागरिक हित र कल्याणका लागि नागरिक पक्षीय दृष्टिकोण मात्र राख्ने गर्दछ।

+सर्वव्याप्त र सवै भन्दा शक्तिशाली सामाजिक संस्था हो। यसले वैध शक्ति (Legitimate Power) को प्रयोग गर्दछ ।

+राज्यले कानुनी संयन्त्र अवलम्बन गर्द छ। राज्यले सामाजिक व्यवहार व्यवस्थित गराउने र नागरिक हक स्थापित गर्ने दोहोरो भूमिका निभाइरहेको हुन्छ।

+राज्य एक स्वभाविक समुदाय साथै एक अनिवार्य र आवश्यक संस्था हो। यो राजनीतिक समुदाय हो।

+मानवीय चाहनाको परिपूर्तिका लागि स्थापना भएको प्राकृतिक संस्था हो ।

+राज्यको अवधारणा परिवर्तत भइरहन्छ ।

राज्यका परिभाषाहरू

1.    एक निश्चित भूभागमा कानुनका लागि संगठित जनसमुदायलाई राज्य भन्दछन् वुड्रो विल्सन

2.    “State is a means of expoitiation by the ruling class/haves/bourgeoise in the ruled/ havenots/ proletaries.” Karl Marx and FrierdrichEngles

3.    सन् १९३३ को मन्टेभिडियो कन्भेन्सनले राज्य हुन स्थापी जनसंख्या निश्चित भूभाग, सरकार र अन्य राष्ट्रसँग सम्बन्ध राख्ने क्षमता हुनुपर्दछ भनेको छ।

4.    राज्य परिवार गाउँहरुको संगठन हो जसको उद्देश्य पूर्ण आत्मसम्पन्न जीवनलाई प्राप्त गर्नु हो। The state is a union of families and villages having for its end a perfect and self sufficient life. - Aristotle

5.    राज्य शक्तिशाली र सर्वमान्य संस्था हो जहाँ मानव जाति कुनै समयसम्म बस्छन्, मनुष्यका लागि अत्यावश्यक छ। -अरस्तु

6.    राज्य परिवार र गाउँहरूको संगठन हो, जसको उद्देश्य पूर्ण र आत्म सम्पन्न जीवनलाई प्राप्त गर्नु हो। अरस्तु

7.    राज्य एउटा भूखण्डयुक्त समाज हो जुन शासक र शासितमा विभाजित हुन्छ र तोकिएको क्षेत्रभित्र अन्य सबै संस्थाहरूमाथि सर्वोच्चताको दावी गर्दछन्।(State is a territorial society divided into government and subject claiming within its allotted physical area supremacy over all other institutions.) -Laski

8.    राज्य एउटा संघ हो जसले सरकारद्वारा प्रसारित ती नियमहरूको माध्यमबाट कार्य गर्दछ जसलाई पालन गराउने उद्देश्यले सरकारलाई बाध्यकारी शक्ति प्राप्त छ तथा जसले कुनै निश्चित भूखण्डको सामाजिक स्थितिको सर्वव्यापी बाह्य सुव्यवस्था बनाई राख्दछ।(The state is an association, which acting through law as a promulgated by government indowed with this end with co-receiver of power, maintains within a community, territorially demarcated, the universal eternal conditions of social order.) - Mac Iver

9.    राजनीतिशास्त्र र सार्वजनिक कानूनको धारणा अनुसार राज्य झण्डै अधिक संख्यक व्यक्तिहरूको त्यो समुदाय हो जसको एउटा निश्चित भूभागमा बसोबास होस्, जसको एउटा सुसंगठित सरकार होस्, जुन वाह्य नियन्त्रणबाट पूर्णत या अधिकांशतः स्वतन्त्र होत् र जसको आज्ञाको पालन जनसंख्याको ठूलो भागने स्वभावले नै गरोस् ।(The state as a concept of political science and public law is a community of person more or less numerous. permanently occupying a definite portion of territory. independent or nearly so, of external control and possessing and organized government to which the great body of inhabitants render habitual obedience.) - Garner

10.  कुनै निश्चित भूभागमा राजनीतिक रुपले संगठित जनसमुदायलाई राज्य भन्दछन् - ब्लन्सली

11.  जसरी राज्यको वैयक्तिक आधार जनता हो, त्यसैगरी भौतिक आधार भूमि हो । जनताले त्यस बेलासम्म राज्यको स्वरुप ग्रहण गर्दैन जबसम्म त्यसको कुनै निश्चित भूभाग हुदैन । - ब्लन्सली

12.  राज्य त्यस्तो मानव समुदाय हो जसले निश्चित भूभागमा वैधानिक ढंगले भौतिक बल प्रयोग गर्ने एकाधिकारको दावी गर्छ।(State is a human community that....claims the monopoly of the legimate use of physical force within a given territory.) - Max Weber

म्याक्स वेबरको परिभाषाले राज्यका ४ तत्वहरू मानव समुदाय, बल प्रयोगको एकाधिकार, वैधानिकता र निश्चित भूभाग रहने कुरा उल्लेख भएको छ।

राज्यका विशेषताहरू (Some Important features of State)

·    राज्य सार्वभौमसत्ता सम्पन्न हुन्छ ।      

·    राज्यका संयन्त्रहरू सार्वजनिक हुन्छन् ।

·    राज्य वैधानिकताको प्रयोग हो।

·    राज्य शासनको माध्यम हो।

·    राज्य भौगोलिक संघ हो।

नेपालको सन्दर्भमा राज्य (State) :

+नेपालमा पहिलोपल्ट नेपाल अधिराज्यको संविधान, २०४७ संविधानले राज्यको परिभाषा गरेको हो।

+नेपाल एक स्वतन्त्र, अविभाज्य,सार्वभौमसत्ता सम्पन्न,धर्मनिरपेक्ष,समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो।नेपालको अन्तरिम संविधान २०६३ को धारा ४

+नेपालको संविधान (२०७२) ले राज्यको परिभाषामा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी धारा ४(१) मा परिभाषा गरेको छ । (धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ भनी स्पष्टीकरण दिइएको छ।)

+नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ :-

क.       यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र,    

ख.       यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र ।


Governance

Governance word is derives from Greek word “Kubernao” means “to steer”.
👉 Govern
- (verb) conduct the policy and affairs of ( a state, organization, or people).
- constitute a rule, standard, or principle for
👉 Governance
- (noun) the action or manner of governing
👉 Government
- (noun) the governing body of a state
- the system by which a state or community is governed
- the action or manner of governing a state, organization, or people
👉 Governance refers to "all processes of governing, whether undertaken by a government, market or network, whether over a family, tribe, formal or informal organization or territory and whether through laws, norms, power or language.“ – wikipedia.
👉 To distinguish the term governance from government: a government is a formal body invested with the authority to make decisions in a given political system. In this case the governance process, which includes all the actors involved in influencing the decisionmaking process (such as lobbies, parties, medias), is centered on the relevant "governing body"

नेपालको आर्थिक विकासमा वैदेशिक सहायताको प्रभावकारिताको आवश्यकता र महत्व

 

व्यापक अर्थमा एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोगस्वरूप प्रदान गरिने कुनै पनि वस्तु वा सेवालाई वैदेशिक सहायता भनिन्छ । तर आर्थिक परिभाषा अनुसार आर्थिकरूपले कम विकसित देशलाई आर्थिक तथा सामाजिक विकासको लागि सक्षम राष्ट्रहरूले दिइने आर्थिक तथा प्राविधिक सहयोग नै वैदेशिक सहायता हो । सहायता राष्ट्रभित्र एक देशबाट अर्को देशलाई दिइने

व्यापारमा छुट सहुलियत ब्याजको ऋण अनुदान, सामान, एक देशबाट अर्को देशमा गरिने लगानी प्राविधिक सहयोगलगायत एक देशबाट अर्को देशको भलाइको लागि गरिने सम्पूर्ण आर्थिक क्रियाकलापहरू अँगालेको हुन्छ । तर यहाँ सहायताअन्तर्गत अनुदानको रूपमा प्राप्त हुने वैदेशिक सहायता र ऋणको विषयमा चर्चा गरिनेछ । कुनै पनि देशमा विकासका गतिविधिहरू सञ्चालन गर्न चाहिने स्रोत, साधन र जनशक्ति जुटाउने काममा सहयोग पु-याउने कुरा नै वैदेशिक सहायता हो । वैदेशिक सहायताको दीर्घकालीन लक्ष्यमध्ये भविष्यमा वैदेशिक सहायता लिनु नपर्ने स्थितिको सिर्जना गर्नु हो । देशको भौगोलिक घेराभन्दा बाहिर निर्मित पुँजी देशभित्र आयात गरिन्छ भने यस्तो पुँजीलाई वैदेशिक पुँजी दर प्रकारबाट प्राप्त हुन्छ ।

(क) वैदेशिक सहायता
(ख) वैदेशिक लगानी ।
वैदेशिक सहायता पनि वृद्ध र अवृद्ध दुई किसिमका छन् । स्रोत आयोजना तथा वस्तुहरूका बीचको सहायता वृद्धि हुन्छ अथवा योजना पूरा आदि सर्तहरू हुन्छन् । आबद्ध सहयोग साधारण कार्यक्रम वा आयोजना कार्यको लागि प्रदान गरिन्छ ।

वैदेशिक लगानी पनि दुई किसिमका छन् ।
(क) प्रत्यक्ष लगानी
(ख) अप्रत्यक्ष लगानी ।
विदेशी सहयोगको क्रममा आउने अर्को परिभाषित पक्ष अनुदान र प्राविधिक सहयोग पनि हो । अनुदानमा विनासेवा वा ब्याजको फिर्ता सहयोग प्रदान हुन्छ ।

नेपालमा पुँजीको साधन मात्र कमी भएको होइन, आधुनिक उपकरण, अनुसन्धान, प्राविधिक ज्ञान तथा प्रशिक्षणको पनि कमी छ । यसबाट पनि नेपालमा आर्थिक समुन्नतिको निमित्त विदेशी सहायताको आवश्यकता पर्दछ । भारत, बंगलादेश, कोरिया, बर्मा, श्रीलंका, मिश्र, ब्राजिल, मेक्सिको, अफ्रिका र ल्याटिन अमेरिका आदि देशको आर्थिक विकासमा विदेशी सहायताको बढी महत्वपूर्ण भूमिका पाइन्छ ।

आन्तरिक साधनको राम्रोसँग परिचालन नभएसम्म कुनै पनि देशको आर्थिक विकासको लागि विदेशी सहायता आवश्यकता पर्छ । यिनै देश स्वावलम्बी नबनेसम्म विदेशी सहायताको उपयोग आवश्यकता पर्छ । तर सधैँ विदेशी सहायताको मात्र भर परिरहेमा राम्रो हुँदैन । बाह्य लगानीलाई बढी आकर्षित गर्न हामीले आफ्नो साधन र क्षमता पनि बढाउँदै लैजानु परेको छ । हामी पूरा वैदेशिक सहयोगमै निर्भर गर्नेतर्फ लाग्यो र आन्तरिक साधनको परिचालन गर्ने दिशामा सन्तोषजनक प्रयास भएको दाता मुलुकहरूले अनुभव गर्न सकेनन् भने बाह्य सहयोग बढ्दै जानुको साटो घट्दै जाने बढी सम्भावना हुन्छ । सहयोग प्रदान गर्ने मुलुकहरू कोही पनि कुनै मुलुक अविच्छिन्न सहयोगमै निर्भर रहन नपरोस् भन्न चाहन्छन् । वैदेशिक सहयोगको महत्व तथा यसको सफल प्रयोग त्यसबेला हुन जान्छ जब यसबाट आन्तरिक साधनको बढी परिचालन गर्ने आर्थिक क्रियाकलाप मुलुकमै बढ्न जान्छन् । जसले गर्दा वाह्य सहयोगको परिमाण क्रमशः कम हुन जान्छ । तर आजसम्म विदेशी सहायताबाट खास गरेर पूर्वाधारहरूको विकास गर्ने आयोजनाहरूमा नै बढी प्रयोग गरिएको पाइन्छ । जसको प्रभावहरू यति थोरै समयमा निर्धारित गर्न सकिन्न र जसको असर ठोस रूपमा तुरुन्त बताउन सकिन्न ।

आजको विश्वमा सबैभन्दा विकसित मुलुक संयुक्त राज्य अमेरिकाले पनि प्रायः सबै युरोपेली मुलुकहरूबाट बाह्य स्रोत प्राप्त गरेका छन् । जलस्रोत, प्राविधिक ज्ञान र वित्तीय साधन बोकेर लाखौँ लाख युरोपबाट अमेरिकामा प्रवास लागेका जनताकै प्रयत्नबाट मुख्य रूपले संयुक्त राज्य अमेरिकाको विकास भएको हो । विश्वमा औद्योगिक क्रान्तिको सुरुवात गरी विश्वमा आर्थिक विकास र औद्योगीकरणको मूल फुटाउने बेलायत (संयुक्त अधिराज्य)ले पनि एसिया, अफ्रिका, अष्टे«लिया र अमेरिकाबाट वित्तीय र भौतिक साधन भित्र्याउन पाएकोले नै औद्योगीकरणको प्रणेताको रूपमा त्यसको अभ्युदय भएको हो । अरु पश्चिम युरोपेली मुलुकहरूको सम्बन्धमा पनि घेरिथ्यो र यही कुरा लागू हुन्छ ।

आर्थिक विकासको इतिहासको पाना पल्टाउने हो भने सोभियत संघजस्तो विश्वका अति विकसित देशले पनि १०औँ शताब्दीमा युरोपबाट आएका दक्ष श्रम र पुँजीको भरमा नै आर्थिक विकासका पूर्वाधारहरू खडा गरेर विकास गर्न सक्षम भएको कुरा उल्लेख भएको हामी पाउँछौँ । तसर्थ विदेशी सहायता लिनु देशको आर्थिक कमजोरी सिद्ध गर्नु हो र यसले देशलाई विदेशीको दास बनाउँछ भने आलम्बिकहरूको तर्कपूर्ण रहे पनि आफ्नो देशको सर्वांगीण विकास गर्न आवश्यक पुँजीको प्रबन्ध गर्नमा विदेशी सहायता तथा ऋणको महत्वपूर्ण भूमिकालाई अस्वीकार गर्न सकिँदैन । ठूलो या सानो कुनै पनि विकासशील देशलाई आफ्नो विकासको लागि ठूलो धनराशिको आवश्यकता पर्दछ । आर्थिक विकासको दरलाई अगाडि बढाउन पुँजीको मात्रामा पनि वृद्धि गर्नुपर्छ । पुँजी नै विकासको गाँठो हो, समस्या नै पुँजी हो । पुँजीको उपयोगबाट नै साधन प्राप्ति, साधनको उचित प्रयोग, शोध आदिको विकास हुन्छ र आर्थिक विकासको दर अझ बढ्छ । नेपालको आर्थिक विकासमा साधनको संकलन, परिचालन, सीप, प्रोत्साहन र विभिन्न प्रकारका आधुनिक प्रविधिको लागि पुँजीको आवश्यकता पर्दछ जुन विदेशी पारिवत्र्य मुद्राबाट प्राप्त गर्न सकिन्छ ।

साथै नेपालको व्यापार र भुक्तानीमा सन्तुलन नहुनुजस्तो कारणले गर्दा त्यो आवश्यकतालाई पूरा गर्न वैदेशिक सहायता अपरिहार्य छ । चीनले पनि क्रान्तिपछि वैदेशिक सहायता लिएको हो । बीचमा गएर आत्मनिर्भरताको नीतिले धेरै काम दिए पनि देशको आधुनिकीकरणको लागि वैदेशिक सहायता अनिवार्य मानेर आधुनिक आर्थिक नीतिमा धेरै परिवर्तन गरिसकेको छ । द्वितीय महायुद्धको समयमा संयुक्त राज्य अमेरिकाको आर्थिक र भौतिक सहायता र महायुद्धपछि पूर्वजर्मनी र चेकोस्लोभाकियाजस्ता बढी विकसित मुलुकबाट रुसले बाह्य स्रोत प्राप्त गरेको हो । द्वित्तीय महायुद्ध ध्वस्त भएको युरोपेली पुनर्निमाणमा संयुक्त राज्य अमेरिकाको आर्थिक सहायताको पनि कम देन छैन ।

नेपालमा प्रचुर मात्रामा जलविद्युत् शक्ति र प्राकृतिक साधनहरू छन् । तर पुँजीको अभावले गर्दा पर्याप्त मात्रामा उपयोग गर्न सकेका छैनन् । यसको लागि पनि विदेशी पुँजी या सहायताको आवश्यकता पर्दछ । यातायात, सञ्चार, शक्ति, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा, खानी, वनजंगल आदि क्षेत्रमा आर्थिक विकास गर्न नेपालमा विदेशी पुँजीकै जरुरत पर्दछ । नेपालमा जस्तो विकासशील देशको आर्थिक विकासको सन्दर्भमा प्रचलित विषम चक्रलाई हटाउन आवश्यक छ जुन न्यून प्रतिव्यक्ति आयदेखि न्यून बचत दरको स्थितिमा पु-याउनुको साथै कम प्रतिव्यक्ति आय र कम लगानी दर भई राखेको हुन्छ । तर यो सबै समस्याहरूलाई विदेशी पुँजीद्वारा मात्र हटाउन सकिन्छ । विदेशी पुँजीबाट आर्थिक विकासको गति तीव्र रूपबाट हुन्छ र देशको पुँजीगत साधन र उत्पादन शक्तिमा वृद्धि हुन जान्छ, जसबाट विदेशी पुँजीको मुल धन र ब्याज चुकाउन सकिन्छ । नेपालको औद्योगिक विकास गर्न मेसिन, कच्चामाल र अरु पुँजीगत सामान किन्नको लागि विदेशी मुद्राको आवश्यकता पर्दछ, तर त्यसको आयातको लागि हामीसँग निर्यात गर्ने साधनहरू कम भएकोले विदेशी मुद्राको पनि कमी हुनगएको छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म अनुदान नौ अर्ब ४६ करोड र ऋण एक खर्ब १६ अर्ब ६१ करोड गरी कुल एक खर्ब २६ अर्ब सात करोड वैदेशिक सहयोग प्रतिबद्धता रहेको छ । यस अवधिको वैदेशिक ऋण प्रतिबद्धतामध्ये अनुदान र ऋणको अनुपात क्रमश ७ दशमलव ५ प्रतिशत र ९२ दशमलव ५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो अनुपात क्रमश ९ दशमलव ७ प्रतिशत र ९० दशमलव ३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा एक खर्ब ८७ अर्ब ४४ करोडबराबरको वैदेशिक सहयोग प्रतिबद्धतामध्ये अनुदान र ऋणको अनुपात क्रमश १२ दशमलव १ प्रतिशत र ८७ दशमलव ९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता दुई खर्ब २५ अर्ब ३७ करोड रहेको थियो । यस्तो प्रतिबद्धतामध्ये अनुदान र ऋणको अनुपात क्रमश १२ दशमलव १ प्रतिशत र ८७ दशमलव ९ प्रतिशत रहेको थियो । पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा अनुदानको हिस्सा घट्दै गएको छ । विकास सहायतामा द्विपक्षीय सहायताको हिस्सा बढ्दै जानु र नेपालको ऋण उपयोग क्षमतामा वृद्धि हुँदै गएको कारण अनुदान घट्दै गएको छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म अनुदान र ऋण गरी ४७ अर्ब ९९ करोड रुपैयाँबराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपभोग भएको छ । जसमध्ये अनुदान र ऋणको अंश क्रमश १९ प्रतिशत र ८१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कुल ६० अर्ब नौ करोड रुपैयाँबराबरको विकास सहायता उपयोग भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा अनुदान र ऋण गरी दुई खर्ब नौ अर्ब ४३ करोडबराबरको विकास सहायता उपयोग भएको थियो । सो अवधिमा कुल विकास सहायता उपयोगमा अनुदान र ऋणको अनुपात क्रमश १७ दशमलव ४ प्रतिशत र ८२ दशमलव ६ प्रतिशत रहेको थियो । पछिल्ला पाँच वर्षको खर्च स्रोतको आधारमा कुल सरकारी खर्च व्यर्होने स्रोतमा आन्तरिक स्रोतको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा सघींय सरकारको खर्चमध्ये ८२ दशमलव ५ प्रतिशत आन्तरिक स्रोत र १७ दशमलव ५ प्रतिशत बाह्य स्रोतको हिस्सा रहेको थियो । कुल गार्हस्थ्य उत्पादनमा बाह्य स्रोत उपयोगको अनुपात, आर्थिक वर्ष २०७६/७७ को ३ दशमलव ६ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०७७/७८ मा ४ दशमलव ९ प्रतिशत पुगेको छ । पछिल्लो पाँच वर्षमा यस्तो अनुपात वार्षिक औसत ३ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन बढ्दै गएकोमा गत आर्थिक वर्षमा यस्तो परिचालन घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा अनुदान २६ अर्ब ७९ करोड र ऋण एक खर्ब ३० अर्ब ८७ करोड गरी एक खर्ब ५७ अर्ब ६६ करोडबराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । यस्तो परिचालन आर्थिक वर्ष २०७६/७७ को एक खर्ब ९२ अर्ब २२ करोड रुपैयाँको तुलनामा १८ प्रतिशतले न्यून रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म ऋण ६५ अर्ब २२ करोड र अनुदान १३ अर्ब ८८ करोड गरी ७९ अर्ब १० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ५ प्रतिशतले न्यून हो । यस अवधिको कुल सहायता परिचालनमध्ये ऋण र अनुदानको अंश क्रमशः ८२ दशमलव ४ प्रतिशत र १७ दशमलव ६ प्रतिशत रहेको छ ।

समग्रमा वैदेशिक सहायता प्रतिबद्धतामा उत्साहजनक प्रगति देखिएको भए पनि केही आयोजनाहरूमा पर्याप्त कर्मचारीको अभाव र छिटोछिटो सरुवा हुने गरेकोले सहायता उपयोगमा सुस्तता आएको छ । आयोजना निर्माण कार्यको ठेक्कापट्टा समयमा नहुने र भएकामा पनि पटक–पटक स्थानीयस्तरबाट बाधा विरोध खेप्नुपरेको छ । विगतमा मुलुकको कमजोर सुरक्षा र दण्डहीनताको अवस्थाले गर्दा आयोजना कार्यान्वयनमा प्रतिकूल असर परेको । अनुगमन पर्याप्त र प्रभावकारी हुन सकेको छैन । राम्रो कार्य गर्ने कर्मचारीहरूलाई प्रोत्साहन गर्ने परिस्थिति नभएकोले संस्थागत संयन्त्र कमजोर देखिएको छ । साथै केही आयोजनाहरूले समयमै शोधभर्ना प्राप्त गर्न नसकेको स्थिति रहेको छ । वित्तीय विवरणहरू तयार गरी दातृ निकायलाई समयमै पठाई शोधभर्ना लिने कार्यमा ढिलाइ हुने परम्परा निरन्तर छ । समयमै शोधभर्ना प्राप्त नहुँदा नेपाल सरकारको स्रोतमा चाप पर्न गई बजेट घाटा बढ्न गएको देखिन आउँछ ।

हाम्रो अर्थव्यवस्थाको आयोजना छनोटमा अत्यधिक राजनीतिक हस्तक्षेप छ । योजना, बजेट र आयोजनाहरूको छनोटलाई राजनीतिक, हस्तक्षेपबाट मुक्त पार्नु जरुरी देखिन आउँछ । राजनीतिक स्थिति र प्रतिबद्धताविना वैदेशिक सहयोगको परिचालन, उपयोग, कार्यान्वयन हुन सक्दैन । अतः कठोर राजनीतिक प्रतिबद्धतासहित वैदेशिक सहयोगबाट सञ्चालित योजनाहरूको अनुगमन, मूल्यांकन र सुपरीवेक्षण गर्ने हो भने नेपालको वैदेशिक सहयोगको वर्तमान उत्पादनशीलतालाई राम्रो गर्न सकिने सम्भावना बढी छ । राष्ट्रिय भावना र आवश्यकताअनुकूल हुनेगरी विदेशी सहायतामा आधारित आयोजनाहरू सर्तसहित अवस्थामा मात्र स्वीकार गर्ने गरेमा राम्रो हुनेछ ।

आन्तरिक स्रोतको परिचालनमा वृद्धि गरी बचतको अंश र परिमाण बढाई अथवा न्यून वित्तको परिमाण बढाई राजस्व बचत र आवश्यक लगानीको खाँचोबीच रहेको खाडल पूर्ति गर्नुपर्दछ । वैदेशिक सहायता स्वीकार गर्दा ऋणको सदुपयोगिता उत्पादकत्व आदिका आधारमा मात्र छनोट प्रणाली लागू गर्नुपर्दछ । राजस्व परिचालनतर्फ नयाँ उपाय र स्रोततर्फ ध्यान जानुपर्ने भएको छ । सीमित स्रोत र साधनका प्रत्येक एकाइको महत्वमा उपलब्धि हासिल गरी निर्माण गर्न साधनको दुरुपयोग चुहावट आदिमा नियन्त्रण गर्न र वित्तीय अनुशासनलाई सुदृढ गर्न कार्यक्रम बजेट पद्धति अंगाल्नु जरुरी छ । दुई राष्ट्रको हित हुने विषय भएकोमा पूर्वतयारी गरी राजनीतिक, आर्थिक, सामाजिक कानुनी आदि सम्पूर्ण, विषयहरूमा नेपालले के–कस्तो नीतिबाट राष्ट्रिय उद्देश्य हासिल गर्न सकिन्छ भन्ने विषयको जानकारी भएमा हामी बढी सक्षम हुन सक्छौँ । आर्थिक तथा प्राविधिक दृष्टिले सम्भाव्य नहुने आयोजनाको पुनरावलोकन गरी चालू राख्नुपर्छ ।

वर्तमान पन्ध्रौँ योजना (२०७६—२०८१) मा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धअन्तर्गत समुन्नत र समन्यायिक विकास एवं राष्ट्रिय सम्मानका लागि अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धको सोच राखिएको छ भने नेपाललाई आकर्षक लगानी तथा पर्यटन गन्तव्य, सन्तुलित एवं विविधीकृत अन्तराष्ट्रिय व्यापार र आर्थिक अन्तरआबद्धता भएको सुदेढ तथा आत्मनिर्भर अर्थतन्त्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ । यसको साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्दै तीव्र आर्थिक वृद्धि गरिबी न्यूनीकरण तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिमा योगदान पु-याउन अन्तर्राष्ट्रिय सम्बन्धको महत्तम परिचालन गर्ने उद्देश्य राखिएको पाइन्छ ।

नेपालले आफ्नो कर प्रणालीमा सुधार ल्याउनु आवश्यक छ । कर प्रणालीको सुधार र लक्ष्यले अभिप्रेरित हुनु जरुरी छ ।
(क) कर प्रणालीको सुधारबाट करका आधारहरू विस्तृत हुनगई बढी राजस्व परिचालन हुन सकोस्
(ख) कर प्रणाली प्रगतिशील सिद्धान्तमा आधारित हुनगई उसले सम्पत्ति र आयको वितरणमा समानता ल्याओस् । विदेशी मित्रराष्ट्रहरूबाट प्राप्त हुने ऋण सहयोग वा अनुदानहरूलाई राम्रोसँग विश्लेषण गरेर राष्ट्रिय हितको प्रयोजनको लागि मात्र ग्रहण हुनुपर्छ । अनावश्यक बन्देजसहितको लागि मात्र ग्रहण गर्नुपर्छ । अनावश्यक सर्त बन्देजसहित प्राप्त हुने सहयोग रकम अर्कोतर्फबाट परामर्श दातृ विशेष सल्लाहकार, कार्यालय स्थापना आदि अन्य खर्चबापत सोझै दातृ संस्था वा मुलुकमा जाने प्रक्रियालाई पूर्णरूपले निरुत्साहित गरिनु पर्छ ।

वैदेशिक ऋणको प्रभावकारी रूपमा प्रयोग गर्नका लागि आयोजनाको प्रारम्भिक सर्वेक्षणमा उचित ध्यान पु-याउनुपर्ने भएको छ । सर्वेक्षण कार्यमा विदेशीको साथै स्वदेशी व्यक्तिको पनि सहभागिता गराउनु नितान्त आवश्यक छ । विदेशी सहायताले समष्टिरूपमा आर्थिक विकासमा के–कति देन दिन सक्छ । यो प्रश्न वैदेशिक सहायता प्राप्त गर्नुअघि नै सोच्नुपर्छ । विदेशी सहायतालाई प्राप्त गर्नुअघि नै सोच्नुपर्छ । विदेशी सहायतालाई सुहाउँदो र क्रमबद्धरूपमा योजनाहरू तयार गरी सम्बन्धित क्षेत्रमा लागू गर्दै जानुपर्छ । सम्झौताको उद्देश्य र प्रकृति कुन मित्रराष्ट्र तथा नेपालको राष्ट्रिय हितसँग सम्बन्धित भएमा नेपालले सर्वप्रथम आफ्नो राष्ट्रको हितलाई उच्च प्राथमिकता दिनुपर्छ । त्यसपछि मात्र आयोजनाको उपयोगिता कार्यान्वयनको प्रक्रियाहरू र प्रभावकारिताजस्ता विषयहरूमा अडान लिनुपर्ने हुन्छ ।

बहुपक्षीय ऋण सहायता सम्बन्धित देशको आवश्यकता र आयोजनाको औचित्यसँग सम्बन्धित हुने, काम ब्याज तिरे पुग्ने राजनीतिक स्वार्थ नहुनेजस्ता फाइदासँग सम्बन्धित हुन्छन् । यसकारण द्विपक्षीय ऋण सहायताभन्दा बहुपक्षीय ऋण लिनेतर्फ प्रयास गरिनु राम्रो हुनेछ । कम्तीमा १५ प्रतिशत आन्तरिक प्रतिफल दर भएको आयोजनामा मात्र वैदेशिक ऋणको उपयोग गर्ने । हाम्रा आवश्यकताका आधारमा मात्र वैदेशिक सहायता स्वीकार गर्ने (हाल हाम्रो आवश्यकताभन्दा पनि दाताको इच्छाबाट वैदेशिक सहायता बढी प्रभावित भएको छ । वैदेशिक सहायतालाई बजेटको परिधि (रातो किताब) भित्र ल्याएर मात्र खर्च गर्ने । वैदेशिक सहायतामा सञ्चालित आयोजना तथा कार्यक्रमहरूको खर्चलाई पारदर्शी बनाउन जनलेखापरीक्षण, जनसुनुवाइजस्ता प्रक्रियाहरूको अनुसरण गर्ने । लक्ष्यअनुसार प्रगति हासिल गर्न प्रयत्न गर्ने । लक्ष्य हासिल गर्न सक्ने/नसक्ने जिम्मेवार पदाधिकारहरूलाई पुरस्कार/दण्डको व्यवस्था व्यवहारमा कार्यान्वयन गर्ने । सुपरीवेक्षण, अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउन ३६० डिग्री मूल्यांकन पद्धतिलाई आत्मसात् गर्ने । जनशक्ति विकासमा जोड दिने र म्याचिङ फन्डको अभावले वैदेशिक सहायताको पूर्ण उपयोग हुन नसकेको स्थितिको अन्त्य गर्ने ।

कम्तीमा १५ प्रतिशत आन्तरिक प्रतिफल दर भएको आयोजनामा मात्र वैदेशिक ऋणको उपयोग गर्ने । हाम्रा आवश्यकताका आधारमा मात्र वैदेशिक सहायता स्वीकार गर्ने हाल हाम्रो आवश्यकताभन्दा पनि दाताको इच्छाबाट वैदेशिक सहायता बढी प्रभावित भएको छ । वैदेशिक सहायतामा संचालित आयोजना तथा कार्यक्रमको खर्चलाई पारदर्शी बनाउन जनलेखापरीक्षण सार्वजनिक सुनुवाइजस्ता प्रक्रियाको अनुशरण गर्ने । वैदेशिक सहायतालाई बजेटको परिधि (रातो किताब)भित्र ल्याएर मात्र खर्च गरिने । लक्ष्यअनुसार प्रगति हासिल गर्न प्रयत्न गर्ने । लक्ष्य हासिल गर्नसक्ने नसक्ने जिम्मेवारी पदाधिकारीलाई पुरस्कार दण्डको व्यवस्था व्यवहारमा कार्यान्वयन गर्ने । सुपरीवेक्षण, अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउन तीन सय ६० मूल्यांकन पद्धतिलाई आत्मसात् गर्ने । जनशक्ति विकासमा जोड दिने ।

विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयबाट आधारभूत प्रक्रिया पेस गरी विश्लेषणका आधारमा ऋण लिनुपर्ने भए पनि आवश्यक जनशक्तिको कमीले यो हुन सकेको छैन । विदेशी ऋण राम्रोसँग परिचालन हुन नसक्ने देशको अर्थतन्त्र कमजोर हुने र मुद्रास्फीति बढ्ने गर्दछ । आज विदेशी सहायता सस्तो छैन । ऋण होस् या अनुदानसँगै दातृ निकायका प्राविधिक र मेसिन प्रयोग गर्नुपर्ने हुनाले यस्तो रकमको अधिकांश भाग विदेशमा नै गएको छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा आर्थिक तथा सामाजिक विकासको गतिलाई तीव्रतर तुल्याउन आन्तरिक साधनको अलावा वैदेशिक सहायताको पनि आवश्यक पर्ने कुरा निर्विवाद छ ।