अवैध मुद्रा निर्मलीकरण र नेपालले यस सम्बन्धमा गरेका व्यवस्था
- गैरकानुनी सम्पत्तिको शुद्धीकरण प्रयास
- अवैध सम्पत्तिलाई वैध गराउने गैरकानुनी अपराध नै अवैध मुद्रा निर्मलीकरण हो । यसलाई सम्पत्ति शुद्धीकरण तथा मुद्रा निर्मलीकरणजस्ता नामले बुझिन्छ । यो मुद्राको अवैध स्रोतलाई लुकाउने, छिपाउने वा आधिकारिक स्रोतका रूपमा परिणत गर्ने संगठित अपराधको स्वरूप हो ।
- राजस्व छली, संगठित अपराध, आतंकवादी क्रियाकलापमा लगानी, हातहतियार, खरखजाना, अवैध विदेशी विनियम, लागूऔषध व्यापार, प्राचीन स्मारक बेचबिखनजस्ता कार्य गरी आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयास मुद्रा निर्मलीकरण हो । प्रचलित कानुनविपरीतको कसुर गरी सम्पत्ति लुकाउने, छिपाउने, लगानी गर्ने वा हस्तान्तरण गर्ने कार्यलाई नेपालमा अवैध मुद्रा निर्मलीकरण मानिन्छ ।
- सम्पत्ति शुद्धीकरणमा विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्फत राज्य संयन्त्रको दुरुपयोग गरेको पाइन्छ । निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने यस्ता अपराधले राज्यको समग्र कानुनी वित्तीय र सुरक्षा प्रणालीलाई नै कमजोर बनाएको हुन्छ । यसबाट अपराधीलाई नै थप शक्तिशाली बन्न मद्दत पुग्छ ।
अवैध मुद्रा निर्मलीकरणका सम्बन्धमा
नेपालले गरेका व्यवस्था
संवैधानिक व्यवस्था
प्रस्तावनामा कानुनी राज्यको अवधारणा उल्लेख भएको,
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको
आकांक्षा रहेको,
राज्यको नीतिमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको व्यवस्था भएको,
न्याय र दण्ड व्यवस्थासम्बन्धी नीतिको व्यवस्था रहेको,
संसद्मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति रहेको,
कानुनी व्यवस्था
सम्पत्ति शुद्धीकरण ऐन ०६४ र नियमावली ०६६ जारी,
सरकारी मुद्रासम्बन्धी ऐन ०४९ र नियमावली
०५५ रहेको,
सहकारी ऐन ०७४ तथा नियमावली ०७५ जारी,
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई निर्देशन ०७४,
सम्पत्ति शुद्धीकरण रणनीति तथा कार्ययोजना ०६८ जारी ।
संस्थागत व्यवस्था
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,
अर्थसचिवको संयोजकत्वमा एन्टी मनी लाउन्डरिङ समन्वय समिति,
डेपुटी गभर्नरको संयोजकत्वमा कार्यान्वयन समिति,
नेपाल राष्ट्रबैंकमा वित्तीय जानकारी एकाई,
सहकारी विभागमा सम्पत्ति शुद्धीकरण एकाई गठन,
प्राविधिक उपसमिति गठन आदि,
यसरी सम्पत्ति शुद्धीकरण वा अवैध मुद्रा निर्मलीकरण कार्यले मुलुकको वित्तीय प्रणालीको स्वरूप, अस्तित्व तथा विकासमा नकारात्मक असर पु¥याउँछ । यसको प्रभावकारी नियन्त्रणमार्फत मुलुकमा स्थिरता, स्थायित्व र समुन्नति कायम गर्नु आजको आवश्यकता हो । यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चासो र महत्वको विषयसमेत हो ।






0 Comments:
Post a Comment