"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Monday, July 13, 2020

विद्युतीय शासन अवधारण/सन्दर्भ, उद्देश्यहरू र समस्याहरू

 

विद्युतीय शासन अवधारण 

LIN, THIN & SMART Government

 शासनको एक नवीनतम उपगमको रूपमा विद्युतीय शासनलाई लिइन्छ । सुशासनका लागि विद्युतीय शासन अपरिहार्य तत्त्व हो ।

 शासन प्रणालीलाई प्रभावकारी बनाउनका लागि विद्युतीय सूचना र सञ्चार माध्यमको प्रयोग गर्नुलाई विद्युतीय शासन भनिन्छ ।

 विद्युतीय शासन प्रविधिमा आधारित त्यस्तो शासन व्यवस्था हो, जसबाट सरकार, नागरिक र अन्य सरोकार बिच विद्युतीय रूपमा अन्तर्क्रिया गर्न सहज र सम्भव हुन्छ ।

 विद्युतीय शासनको माध्यमबाट सार्वजनिक सेवालाई आधुनिकीकरण गर्दै सुशासन कायम गर्न सम्भव हुन्छ ।

 नेपालको संविधान, विद्युतीयका कारोबार ऐन, सूचना तथा प्रविधि नीति र सरकारको बनाएका सामाजिक सञ्जाल सञ्चालन सम्बन्ध नियमावलीहरुले सुशासनलाई साथ दिएका छन् ।

 सार्वजनिक सेवा सुलभ, सहज, सरल, पारदर्शी र प्रभावकारी रूपमा प्रवाह गर्न विद्युतीय शासन अपरिहार्य हुन्छ ।

 सर्वप्रथम तत्कालीन अमेरिकी राष्ट्रपति एल गोरले सार्वजनिक सेवालाई बढी प्रभावकारी र पारदर्शी बनाउनका लागी सन् १९९३ मा सुशासन शब्दको सुरुवात गरे ।

 पछि सन् १९९८ मा विल क्विन्टले Government paperwork elimination Act 1998 घोषणा गरेपछि सुशासनको विषय चर्चामा आयो ।

 नेपालको सार्वजनिक सेवामा वि.सं. २०२८ सालको जनगणनामा IBM 1401 मोडेलको कम्प्युटर प्रयोग गरिएको थियो । तर संस्थागत रूपमा भने २०३७ मा स्थापना भएको राष्ट्रिय कम्प्युटर आविष्कार भएपछि सुशासनले नेपालमा औपचारिक रूपमा प्रवेश पायो ।

 जनताको सर्वाङ्गीण विकासको लागि सार्वजनिक सरोकारका, सेवा र सूचना जनस्तर समक्ष पुर्‍याउने व्यवस्था नै विद्युतीय शासन हो ।

 विद्युतीय शासनलाई Electronic governance, Internet governance, Digital governance, Online governance, Connected governance भनेर पनि सम्बोधन गरिन्छ ।

 कागज विहीन कार्यालयको अवधारणालाई आत्मासाथ गर्न यस अवधारणाको विकास भएको हो ।

 पहिलो पटक भरपुर न.पा. मा स्थानीय स्तरमा वि.सं. २०५९ सालमा विद्युतीय शासन लागु भएको थियो ।

 नेपालमा विद्युतीय शासनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सन् २००६ मा E-gopvernance master plan लागु गरियो तर कार्यन्वयन भने हुन सकेन ।

के विद्युतीय शासन र विद्युतीय सरकार एउटै हो त ? हैनन् यी दुई फरक विषय हुन् : 

 शासन व्यवस्थाका सम्पूर्ण कर्ताहरूलाई क्ष्ऋत् मा आबद्ध गर्नु विद्युतीय शासन हो भने सरकारका सेवा सबै अनलाइन गर्नु विद्युतीय सरकार हो ।

 विद्युतीय शासन एक वहआयामिक अवधारणा हो तर विद्युतीय सरकार शासनको तुलनामा अलिक सानो अवधारणा हो ।

 विद्युतीय शासन कार्य प्रणाली हो भने विद्युतीय सरकार उपकरणको प्रयोग हो ।

 प्रशासनका साथै आर्थिक, सामाजिक, राजनैतिक पक्ष शासनले समेट्छ भने सरकार प्रशासनको पुनः संरचना मात्र हो ।

विद्युतीय शासनका उद्देश्यहरू : 

 सरकारलाई सक्षम, सुदृढ, सेवामुखी र प्रभावकारी बनाउन,

 शासकीय परिपाटीलाई पारदर्शी र उत्तरदायी बनाउन,

 सरकारले दिने सार्वजनिक सेवालाई अनलाइनमा उपलब्ध गराउन,

 सीमा विहीन सेवा प्रवाह गर्न,

 कागजविहीन प्रशासनको अवधारणालाई कार्यान्वयन गर्न,

 राज्य संयन्त्रमा आम नागरिकको सहाभागीता सुनिश्चित गर्न,

 प्रशासनिक कार्य बोझ भारलाई कम्प्युटरको प्रयोग गरी कम गर्न,

 नागरिकलाई सशक्तीकरण गर्न,

 सुशासनको अवधारणलाई सार्थकता दिन,

 सेवा प्रवाहमा लाग्ने समय र लागतलाई न्यूनीकरण गर्न,

 एकीकृत सार्वजनिक सेवा वितरणलार्ई प्रभावकारी व्यवस्थापन गर्न,

 सहभागितामूलक शासन प्रणालीलाई स्थापित गर्न,

 जनताको Voice, Choice & Right लाई छिटो सम्बोधन गर्न, आदि ।

विद्युतीय शासनमा देखिएका समस्याहरू :

 विद्युतीय शासनका लागि प्रभावकारी संरचना तयार नहुनु,

 कानुनको प्रभावकारी कार्यान्वयन नहुनु,

 कर्मचारीतन्त्रमा परिवर्तनलाई आत्मासाथ गर्ने बानीको विकास नहुनु,

 डिजिटल सूचना आदान प्रदान गर्ने संस्कारको विकास नहुनु,

 अनुगमन र मूल्याङ्कन कार्य प्रभावकारी नहुनु,

 सहभागिताको स्तर कमजोर हुनु,

 दण्ड र पुरस्कार प्रभावकारी नहुनु,

 निर्माण भएका सफ्टवेयर कार्यान्वयन नहुनु साथै सूचना अद्यावधिक नहुनु,

 विद्युतीय अपराध नियन्त्रण नहुनु,

 प्रतिभा पलायन रोक्न नसक्नु,

 गाउँ र सहरवीत प्रविधिमा दूरता हुनु,

 रोजगारीको मात्रामा कटौती हुनु जहाँ प्रविधिले थोरै जनशक्तिमा बढी कार्य गर्न सक्छन् ।

निष्कर्ष :

न्यूनतम सरकारी संयन्त्रले अधिकतम शासन गर्ने तरिका विद्युतीय शासन हो । भौगोलिक दुरी कम गरी, सरकारी जनशक्ति कटौती गर्ने र शासन प्रणालीलाई मितव्ययी, कार्यदक्ष र प्रभावकारी बनाइ कागज विहीन सरकारको परिकल्पना विद्युतीय शासनले गरेको छ । प्रत्येक व्यक्तिको हातहातमा सरकार भन्ने धारणालाई मूर्त बनाउन बलियो कानुन, प्रशासनिक सक्रियता, व्यापक प्रविधियुक्त नागरिक सचेतनाबाट सम्भव हुन्छ ।

जब विधिले काम गर्दैन तब प्रविधिले काम गर्नुपर्छ भन्ने मान्यताका साथ वैकल्पिक सरकार, स्मार्ट सरकार, सीमित सरकार र कागजविहीन कार्यालय बनाउनु अहिलेको आवश्यकता हो, यसमा विद्युतीय शासनको माध्यमबाट सुशासन कायम गर्ने ठुलो भूमिका रहेको छ ।

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.