"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Tuesday, July 19, 2022

नेपाल राजपत्रका भागहरु

 नेपाल राजपत्र

नेपालमा राजपत्रको प्रकाशन सर्वप्रथम वि.स. २००८ साल श्रावण २३ गतेदेखि नेपाल गजेटको रूपबाट शुरू भयो । नेपाल गजेटलाई २०२३ साल माघ १७ गतेबाट राजपत्रको नाममा संसोधन गरियो । नेपाल राजपत्र नेपाल सरकारको आधिकारीक प्रकाशन हो जसमा राष्ट्राध्यक्षबाट जारि भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन अध्यादेशहरू र नियम, प्रकाशन गरिन्छ । विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निणर्यहरुलाई वैधानिकता दिने तथा नागरिकहरुलाई ऐन, नियमको दायरा भित्र राख्ने  सरकारी पत्र नेपाल राजपत्र वि. स. २००८ साल देखि हालसम्म पनि नेपाल सरकार सूचना तथा संचार मन्त्रालय अन्तर्गत रहेर मुद्रण विभागले प्रकाशन गरि आमजनसमुदायलाई सरकारी निर्णयहरुको लिखित जानकारी दिई नागरिकहरुको सूचनाको हक सम्बन्धी अधिकार प्रदान गर्दै आइरहेको छ ।

नेपाल राजपत्र प्रकाशनको प्रक्रिया

नेपाल राजपत्रमा प्रकाशित सामाग्रीहरु नेपाल सरकारका सरोकारवाला मन्त्रालय वा विभागको आधिकारीक प्रमाणिकरण पश्चात् मात्रै गरिन्छ । ऐन अध्यादेश वा सन्धी भए कानून मन्त्रालयको सचिवले, नियम भए सम्वन्धित मन्त्रालयको सचिवले र अन्य सूचना  भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोहि मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्धितिय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनको लागि पठाउनु पर्ने छ । तर यसरी प्रकाशन हुने सबै सूचनाहरु कानून मन्त्रालयबाट अनिवार्य रुपमा सम्पादन गरिनु पर्दछ ।

यसै सन्दर्भमा नेपाल राजपत्रलाई प्रकाशनको हिसावले  निम्न लिखित दुई तरिकाबाट प्रकाशन गर्ने सरकारी निणर्यलाई प्राथमिकता दिदै मुद्रण विभागले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्ने गरेको छ ।

१, संख्या ( नियमित अंक ) – नियमित प्रकाशन हुने अकंमा ऐन र अध्यादेश बाहेक नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भएका सवै प्रकारका सूचना तथा नियमावलीहरुलाई प्रत्येक हप्ताको सोमबारका दिन प्रकाशन गर्ने गरिन्छ ।

२, अतिरिक्ताकं – नेपाल सरकारले निणर्य गरेकै मिति उल्लेख  गरी सविंधान, ऐन, अध्यादेश, नियमावली  तथा  मन्त्रिपरिषदबाट पारित जरुरी सूचनाहरुलाई उक्त मितिदेखि नै लागू हुने गरी पछि प्रकाशन हुने राजपत्रलाई अतिरिक्ताकं भनिन्छ ।

राजपत्रमा प्रकाशन हुने सामाग्रीहरुको  महत्व र गाम्भीर्यतालाई  दृष्टिगत गरी नेपाल राजपत्रलाई निम्न लिखित छ भागमा विभाजन गरिएको छ ।

१, भाग १ – यो भागमा संविधान वा संविधान सरहका घोषणा पत्रहरुको प्रकाशन गरिन्छ ।

२, भाग २ – यसमा व्यवस्थापिका संसदबाट पारित  भै राष्ट्रपतिबाट लालमोहर लागेका ऐन तथा अध्यादेशहरु प्रकाशन गरिन्छ ।

३, भाग ३ – यो भागमा मन्त्रिपरिषद्बाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश वा अधिकार पत्रहरु प्रकाशन गर्ने गरिन्छ ।

४, भाग ४ – संविधान अन्तर्गतका नियुक्ति तथा सूचनाहरुलाई यस भागमा समावेश गर्ने गरिन्छ ।

५, भाग ५ – ऐन नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा प्रकाशन गर्नु पर्ने भनि उल्लेख भएका सूचनाहरु यस भागमा प्रकाशन गर्ने गरिन्छ ।

६, भाग ६ – नेपाल पक्ष भएका सन्धी तथा सम्झौताहरु नेपाल राजपत्रको

 भाग ६ मा प्रकाशन गर्ने गरिन्छ ।

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.