"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Sunday, July 31, 2022

संगठनको अवधारणा उल्लेख गर्दै सार्वजनिक प्रशासनमा संगठनको महत्त्व, समस्या र तिनका समाधानका उपाय उल्लेख गर्नुहोस ? १०

“Skeleton Of Bureaucracy“

⇨निर्धारित लक्ष्य प्राप्तिका लागि मानवीय भौतिक तथा यान्त्रिक तत्वलाई व्यवस्थित र प्रभावकारी रूपमा समन्वय र क्रियाशील गराउने प्रशासनिक संरचना नै संगठन हो । संगठन सामूहिक प्रयासद्वारा निर्दिष्ट लक्ष्य प्राप्तिका लागि सिर्जना गरिएको स्वरूप हो ।

⇨संगठन लक्ष्य प्राप्तिका क्रियाकलापहरू पहिचान तथा निर्धारण गर्ने एक गतिशील प्रकृया हो ।संगठनात्मक स्वरूपको आधारमा संगठनलाई निम्नानुसार विभाजन गर्न सकिन्छ ।

क) ठाडो पिरामिड स्वरूप

ख) चेप्टाे सङ्गठन स्वरूप

ग) डमबेल सङ्गठन स्वरूप

घ) म्याट्रिक्स सङ्गठन स्वरूप

⇨सार्वजनिक प्रशासन आफैंमा एक बृहत् संगठन भएकाले प्रशासनिक व्यवस्थाको अस्थिपञ्जरको रूपमा रहेको हुन्छ । शासन प्रणालीमा आउने परिवर्तनसँगै संगठनमा समेत परिवर्तन आँउछ । नेपालको प्रशासन व्यवस्थामा सबैभन्दा बढी परिवर्तन र सुधार भएको पक्ष भनेको नै संगठन हो ।

☆सार्वजनिक प्रशासनमा संगठनको महत्त्व:-

•राज्यको प्रशासनिक व्यवस्थाको अस्थिपन्चर रूपमा रहन्छ

•सार्वजनिक मामिलाको व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउँछ

•मानवीय आर्थिक तथा भौतिक स्रोत र साधनको व्यवस्थालाई एकीकृत गर्दछ

•सार्वजनिक प्रशासनको क्षेत्रमा समन्वय सुपरीवेक्षण र अनुगमन गर्ने आधार तयार गर्दछ

•व्यवस्थापनका महत्त्वपूर्ण सिद्धान्तहरू जस्तै, कार्यविभाजन, आदेशको एकता, नियन्त्रणको सीमा आदि जस्ता सिद्धान्तहरु संगठनसँग प्रत्यक्ष सम्बन्धित छन्

•संगठनले समूहगत कार्य, समूह गतिशीलता तथा गुणस्तर व्यवस्थापनको लागि स्पष्ट आधार प्रदान गर्दछ

☆नेपालमा संगठन व्यवस्थापनमा देखिएका समस्याहरू:-

•संगठन निर्माणका स्पष्ट कानूनी र नीतिगत आधार पालना नहुनु

•कामका लागि संगठन खोज्ने प्रवृति रहेको

•प्रशासन सुधारले केबल structure सुधारमा मात्र जोड दिने गरेको

एउटै कामका लागि समेत विभिन्न निकायको गठन गर्ने प्रवृति जस्तै, विद्युत प्राधिकरण र विद्युत विकास विभाग

•सेवा प्रवाह गर्ने ठाँउमा भन्दा केन्द्रमा बढी दरबन्दी रहेको

•विभिन्न सेवा र समूहको गठन र विघटन भइरहने गरेको

•सांगठनिक संरचनाले पदसोपानिक पद्धतिमा जोड दिने गरेको

•Empire Building गर्ने प्रवृति छ

•Funnel type र Matrix type संगठन संरचनामा अभ्यासको अभाव रहेको

•कार्यभारको विश्लेषण नै नगरी संगठनको स्थापना गर्ने परिपाटी

•नयाँ प्रकृतिको संगठन संरचनाको निर्माण र विकासमा उदासीनता देखिनु

•संगठन र संरचना निर्माणका सम्बन्धमा परम्परागत मूल्य र मान्यताहरुको अनुशरण गरिनु

☆नेपालमा संगठन व्यवस्थापनमा देखिएका समस्या समाधानका उपायहरू:-

•संगठन निर्माणका स्पष्ट कानूनी र नीतिगत आधार तयार गर्ने

•कामको लागि संगठन खोज्ने प्रवृतिमा सुधार गर्ने

•प्रशासन सुधारले केबल structure सुधारमा मात्र जोड नदिने

•एउटै कामको लागि समेत विभिन्न निकायको गठन गर्ने प्रवृतिको अन्त गर्ने

•सेवा प्रवाह गर्ने ठाँउमा दरबन्दी बढाउदै लैजाने

•Funnel type र Matrix type संगठन संरचना निर्माणमा जोड दिने

•कार्यभारको विश्लेषण गरी संगठनको स्थापना गर्ने परिपाटी विकास गर्ने

•नयाँ प्रकृतिको संगठन संरचनाको निर्माण र विकासमा तदारुकता देखाउने

•संगठन र संरचना निर्माणका सम्बन्धमा नवीन मूल्य र मान्यताहरूको अनुशरण गर्ने

•कार्यविवरण जिम्मेवारी र उत्तरदायित्व स्पष्ट किटान गर्ने

•E governance मा जोड दिने

•नीतिगत तहलाई pyramid र operating तहलाई flat बनाउने 

निर्णय प्रक्रियामा सुधार गर्ने

☆अन्त्यमा:-

⇨संगठन निर्माण गर्दा संगठनको आवश्यकतालाई केन्द्रबिन्दुमा राख्नुपर्दछ । व्यक्तिका लागि संस्थाको संरचना थप्ने काम नरोकिएसम्म सङ्गठनको मूल्य र मान्यता कायम रहन सक्दैन । संगठन साध्य होइन, साधन मात्र हो । त्यसैले संगठन निर्माण र  खारेज गर्दा उद्देश्य र औचित्यका आधारमा गरेमा मात्र नेपालको प्रशासनिक संगठनमा स्थायित्व पाउन सकिन्छ।

 Solved By: - डा. टोकराज पाण्ड - सहसचिव नेपाल सरकार

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.