"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Tuesday, July 19, 2022

स्थानीय तहमा सेवा–प्रवाहका विभिन्न माध्यम सम्बन्धमा चर्चा गर्नुहोस् ।

सार्वजनिक सेवा–प्रवाहअन्तर्गत जनहितका जुनसुकै काम, चाहे ती विकास निर्माणका हुन् वा प्रशासनिक हुन् वा अन्य सुविधासम्बन्धी हुन् ती सबै पर्छन् । स्थानीय तहका रूपमा शासन सञ्चालनको तल्लो तह विधिवत् रूपमा अस्तित्वमा आइसकेपछि ती तहमा बसोवास गर्ने नागरिकले सेवा, सुविधा र विकासका लाभको अनुभूति गर्ने गरी व्यवस्था होस् भन्ने अपेक्षा त गर्छन् नै । विषय अब के मात्र हो भने विभिन्न संस्थागत क्षमताका बीच भर्खरै अगाडि बढिरहेका तल्लो संघीय शासकीय एकाइका रूपमा रहेका स्थानीय तहले के–कस्ता सम्भावनाहरूको प्रयोग गर्छन् र नागरिकको अपेक्षा पूरा गर्छन् ।

सार्वजनिक सेवा सम्बन्धमा स्थानीय तहको सफलता भनेको नागरिक सन्तुष्टि र सेवा–प्रवाहमा दक्षतामा रहन्छ । निर्वाचित पदाधिकारीले विधि निर्माण गर्ने र विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीले उपलब्ध स्रोतका आधारमा कार्यक्रम कार्यान्वयनका साथै दैनन्दिनका काम पनि गर्ने खालको हाल सबैजसो स्थानीय तहले अवलम्बन गरेको साझा मोडल स्थानीय तहमा रहेको परम्परागत मोडल हो । यसका अलावा पनि केही सम्भाव्य मोडल छन्, जसलाई पर्याप्त तयारी र विश्लेषणका साथ प्रयोग गर्नुपर्ने हुन्छ ।

हाल स्थानीय तहबाट उपलब्ध गराइने सेवाका सम्भाव्य मोडललाई यसप्रकार संक्षेपीकृत गर्न सकिन्छ :
(१) परम्परागत सेवा–प्रवाहको मोडल, जसमा सेवा लिनका लागि सेवाग्राही तोकिएको कागजात र शुल्कसहित तोकिएको सेवा एकाइमा जानुपर्छ । जस्तै– विपत् घटनाको सर्जमिन मुचुल्का गर्न प्रहरी एकाइमा र नागरिकताको सिफारिसका लागि नजिकको वडा कार्यालयमा जानुपर्छ  । मापदण्डअनुसारको राहत रकम जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित पालिकाले उपलब्ध गराउँछ भने नागरिकता जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउँछ । परम्परागत मोडलभित्रै पनि घुम्ती सेवा सञ्चालन गर्ने,  अनलाइन वा हटलाइन सेवा सञ्चालन गर्ने नवीनतम उपाय पनि अपनाइन थालिएको पाइन्छ । 

(२)सेवा प्रदायक कार्यालय र समुदायको साझेदारी मोडल :  विकास निर्माणका कार्यमा यस किसिमको साझेदारी प्रयोगमा छ । पहिले–पहिले पनि जनश्रमदान गर्ने पाटो समुदायकै भागमा पथ्र्याे । केही समयमा कामका लागि खाद्यान्नको नामबाट पनि काम भए । अहिले आएर कार्यक्रम कार्यान्वयनको सम्झौता गर्ने बखत नै सम्बन्धित उपभोक्ता समितिले के–कति लागत सहभागिता जनाउने हो सोसमेत उल्लेख गरी अलग्गै खातामा रकम जम्मा गरी काम सकिएपछि फरफारक गर्ने प्रचलन छ । सडक, पेटी, ढल निर्माणमा लागत सहभागिताले विनियोजन भएको बजेटभन्दा दोब्बरसम्म पनि काम भएका उदाहरण भेटिन्छन् । कतिपय स्थानमा उपभोक्ता समिति गठन भए पनि कामको प्रकृति हेरी श्रमदान गर्ने काम मात्र उनीहरूको तर्फबाट हुने लचकता पनि अपनाइन्छ । जस्तो कि विद्यालय भवन, पोखरी वा मन्दिर निर्माण गर्ने कामहरू । 

(३) आपूर्तिकर्ता वा परामर्शदाता वा निर्माण व्यवसायीको संलग्नतामा हुने कामहरू,  जसमा सार्वजनिक निकाय र बजारमा उपलब्ध संगठित व्यवसायीबीच निर्माण वा परामर्श वा सामानको आपूर्ति सम्बन्धमा खरिदको प्रक्रिया पूरा गरी सम्झौता हुन्छ र निश्चित समय र लागतमा कार्य सम्पन्न गरिन्छ ।

(४) सार्वजनिक–निजी साझेदारीमा हुने कामहरू : सरकारको संलग्नता कम गर्न र निजी क्षेत्रको सिकाइ एवं कौशलका अलावा लगानीसमेत जुटाउने गरी कामको प्रकृतिअनुसार विभिन्न अवधि र मोडलका साझेदारी गरी जोखिम र मुनाफा बाँडफाँडको यो मोडल क्रमशः लोकप्रिय बन्दै गएको छ ।  सार्वजनिक र निजी संस्थाबीच विधिवत् सम्झौता गरी यस्तो मोडललाई प्रयोगमा ल्याइन्छ । पार्कको सञ्चालन, सार्वजनिक भवन वा अन्य संरचना निर्माण एवं सञ्चालन,  सरसफाइजन्य काम पनि सार्वजनिक–निजी साझेदारीमा हुने गरेको 
हामी पाउँछौँ ।

(५) सहकारी वा गैरसरकारी संस्था वा सामुदायिक संस्थाको संलग्नतामा हुने कामहरू : विकासका पात्रमध्ये सार्वजनिक निकाय र निजी क्षेत्रको पहुँच नपुग्ने  खालका र सामाजिक पुँजी आवश्यक पर्ने खालका काममा सहकारी संस्था, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई संलग्न गराउने, सम्भव भएकोमा सहकार्य हुने र नियमनका काम स्थानीय सरकारबाट हुने गरी पनि काम हुने गरेका छन् । स्वास्थ्य, खानेपानी सरसफाइ एवं अन्य क्षमता र चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रममा उनीहरूको तुलनात्मक क्षमता बढी भएको पाइएको छ । 


(६) विभिन्न स्वयंसेवी संस्था वा अभियन्ताको संलग्नतामा हुने कामहरू : पहिले–पहिले च्यारिटी संगठन भनिने खालका परोपकारसम्बन्धी र धार्मिक संस्थाहरूको भूमिका पनि समाज र देशलाई अघि बढाउन उपयोगी हुने देखिन्छ । हाल आएर स्वयंसेवी संस्थाहरू र त्यसमा आबद्ध अभियन्ताहरूको संख्या पनि बढिरहेको छ । निमुखा दुःखीहरूलाई सहयोग पु-याउन,  सरसफाइ र हरियाली कायम गर्नेजस्ता काममा पनि ती अभियन्ता निरन्तर लागिरहेका हुन्छन् । (७) अन्य मोडल : माथि उल्लेख गरिएका मोडल वा सेवा–प्रवाहका उपायबाहेक पनि नितान्त व्यावसायिक रूपमा संगठित वा व्यक्तिगत रूपमा सञ्चालन गरिने कार्यक्रमलाई पनि सार्वजनिक सेवाको माध्यम मान्न सकिन्छ । अतः व्यक्ति र संस्थाले सरकारलाई कर तिर्ने र कानुनको पालनासमेत गर्ने हुँदा सरकारबाट अछुतो भने रहँदैनन् । जस्तो कि मिडिया, कानुन व्यवसायी, औषधि व्यवसायी,  पोल्ट्री व्यवसायीले पनि विशिष्ट खालको सेवा–प्रवाह गरिरहेका हुन्छन् । 

निष्कर्ष

राज्यपक्षबाट सर्वसाधारणका लागि प्रवाह हुने सेवा भनेर सार्वजनिक सेवालाई लिइन्छ । उही नेपाली जनताका लागि संघीय, प्रादेशिक र स्थानीय तहबाट आ–आफ्नो म्यान्डेटअनुसारको सेवा उपलब्ध हुन्छ । माथि उल्लेख भएजस्तै स्थानीय तहका सार्वजनिक कार्यालय प्रत्यक्ष संलग्न हुने वा नहुने विभिन्न सेवा प्रदायक मोडल प्रयोगमा छन् । सवाल कुन राम्रो नराम्रो भन्ने भन्दा पनि उपलब्ध विकल्प तथा प्रयोग स्थितिसमेत परख गरी उपलब्ध सम्भावना पहिचान गर्दै जनसमक्ष सक्दो बढी पुग्न र उनीहरूको आवश्यकता पूरा गर्न एवं विकास, निर्माण र सामाजिक रूपान्तरण गर्न सबै सेवा–प्रदायक सक्रिय रहनु जरुरी छ ।  

#साभार 

No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.