"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Wednesday, July 20, 2022

प्रशासन सुधारको अवधारणा र प्रशासन सुधारको विषयवस्तु र अपेक्षित परिणाम

प्रशासन सुधार अवधारणा

प्रशासनिक प्रणालीको संगठनात्मक ढाँचा र संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्तिजस्ता पक्षको गुणात्मक अभिवृद्धि, सकारात्मक र अपेक्षित परिवर्तन ल्याउन गरिने सुनियोजित, सुविचारित र लक्ष्योन्मुख प्रयासलाई प्रशासन सुधार भनिन्छ । 

आन्तरिक तथा बाह्य विभिन्न चरहरूमा हुने परिवर्तन, समयक्रममा हुने राजनीतिक, सामाजिक, आर्थिक, प्रविधिगत विकास, मौजुदा प्रणालीको कार्य–सम्पादनस्तर र आम सरोकारवालाहरूको अपेक्षाबीच पैदा हुने फैसलाले सदैव प्रशासन सुधारको माग गरिरहेको हुन्छ । अर्थात् रियालिटी र डिजायरेबिलिटीको अन्तराललाई सम्बोधन गर्न सक्ने गरी समग्र शासकीय प्रणालीको क्षमता उकास्ने, तिखार्ने कार्य प्रशासन सुधार हो । 

सार्वजनिक कार्य–सम्पादनस्तरको गुणात्मक बढोत्तरी राज्यका सबै अंग र संरचनासँग अन्तरसम्बन्धित हुने अर्थमा प्रशासन सुधारलाई राज्य पुनर्संरचनाको अभिन्न अंगका रूपमा पनि बुझ्न सकिन्छ । यस दृष्टिले हेर्दा प्रशासन सुधार राज्यको पेनिट्रेसन, रेगुलेसन, स्रोत परिचालन र उपयोग क्षमता अभिवृद्धि गर्ने प्रयास पनि हो । REFPRM वा सुधारलाई बोध गर्न यसको विस्तृत रूप सहायक हुन सक्छ, जुन तलको बक्समा उल्लेख गरिएको छ :

REFORM -सुधार

R – Relevant             सु- सुव्यवस्थित, सुनियाेजित सुविचारित प्रयास

E- Effective               धा- धारण गर्न सकिने मात्रामा

F – Far-sighted          र- रणनीतिक तवरले गरिने 

O - Objective

R - Realistic

M - Measurable

प्रशासन सुधारको क्षेत्र/विषयवस्तु र अपेक्षित परिणाम

 

समग्र प्रशासनिक प्रणालीको सुधार गर्नु प्रशासन सुधारको लक्ष्य हो । तर, सुधारका क्षेत्र स्थान र परिस्थिति विशेष हुन सक्छन् । सामान्यतया प्रशासन सुधार भन्नेबित्तिकै यी विषयवस्तु र क्षेत्रमा तल उल्लेख गरिएबमोजिमको अपेक्षित परिणाम हासिल गर्नु वा निर्माण गर्नु भन्ने बुझिन्छ ।

 

 

अन्त्यमा, समाज गतिशील छ, निरन्तरको गतिशील समाज बढ्दो माग र जनअपेक्षा एवं दबाब र बदलिँदो आन्तरिक तथा बाह्य परिवेशअनुकूल रूपान्तरित हुनुपर्छ, प्रशासन । प्रशासनको समग्र, छुट्टाछुट्टै र आमूल परिवर्तनमार्फत सरकारको प्रभावकारिता अभिवृद्धि हुन सक्छ । प्रशासन सुधारको लामो इतिहासमा सुधारका लागि सुझाइएका उपाय कागजमा मात्र सीमित रहेका तीतो अनुभव छ, त्यसो हुनुहुँदैन । समसामयिक सुधारका उपायको कार्यान्वयनबाट मात्र जनसन्तुष्टि हासिल हुन्छ, जुन शासनको सफलताको अभिन्न सूचक हो । सार्वजनिक सेवा–प्रवाहलाई अपेक्षित गुणस्तरमा विकास र विस्तार गर्न सक्ने गरी प्रशासनको सुधार हुन सकेमा मात्र मुलुकको समृद्धि र सुखको आकांक्षा पूरा गर्न सकिन्छ ।


No comments:

Post a Comment

"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.