"सुन्दर भविष्य" (Beautiful Future) को निर्माणका लागि जीवनका केही महत्त्वपूर्ण स्तम्भहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आफ्नो भविष्यलाई सफल र सुखी बनाउन यी कदमहरू चाल्न सक्नुहुन्छ: 🌟 १. लक्ष्य निर्धारण र योजना स्पष्ट सोच: तपाईं जीवनमा के बन्न वा के गर्न चाहनुहुन्छ, त्यसको स्पष्ट खाका कोर्नुहोस्। साना कदम: ठूला लक्ष्यहरूलाई साना, दैनिक वा साप्ताहिक कार्यहरूमा विभाजन गर्नुहोस्। 📚 २. निरन्तर सिकाइ र सीप विकास ज्ञानको दायरा: आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर नयाँ कुराहरू सिक्दै जानुहोस्। व्यावहारिक सीप: वर्तमान समय सुहाउँदो प्राविधिक, सञ्चार, वा व्यावसायिक सीपहरू (Skills) विकास गर्नुहोस्। 💰 ३. आर्थिक अनुशासन बचतको बानी: सानै उमेर वा सुरुवाती चरणदेखि नै आम्दानीको केही हिस्सा बचत गर्ने बानी बसाल्नुहोस्। लगानी: पैसालाई सही ठाउँमा (जस्तै: शिक्षा, व्यवसाय वा सेयर) लगानी गर्न सिक्नुहोस्। ४. स्वास्थ्य र सकारात्मक सोच शारीरिक स्वास्थ्य: सन्तुलित भोजन, नियमित व्यायाम र पर्याप्त निद्रालाई प्राथमिकता दिनुहोस्। मानसिक शान्ति: तनावबाट टाढा रहन ध्यान (Meditation) गर्ने र सधैं सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्। 🤝 ५. असल सम्बन्ध र नेटवर्क सकारात्मक सर्कल: तपाईंलाई हौसला दिने र सही बाटो देखाउने मानिसहरूसँग संगत गर्नुहोस्। पारिवारिक सम्बन्ध: आफ्नो परिवार र शुभचिन्तकहरूसँगको सम्बन्धलाई बलियो बनाउनुहोस्।
VCTS Compliance and Penalties

VCTS को कानुनी व्यवस्था तथा अनुपालन र जरिवाना

Compliance and Penalties सम्बन्धी सम्पूर्ण अध्ययन सामग्री।

Start Learning
Customs Act 2082 Complete Notes

Customs Act 2082 Complete Notes

भन्सार ऐन, २०८२ को सम्पूर्ण अध्ययन सामग्री।

View Notes
Self Study Center

Self Study Center

Blog + MCQ + Notes + Exams System

Explore Now

Latest Articles

Thursday, August 13, 2020

लोकतन्त्र र समावेशीकरण ( Democracy and Inclusiveness )

लोकतन्त्र र समावेशीकरण

लोकतान्त्रिक शासन व्यवस्था आफैंमा पद्धति मात्र नभई मानवीय जीवनको अभिन्न अङ्ग बनेको छ । लोकतान्त्रिक शासन व्यवस्थामा शासन प्रणालीका हरेक अवयवमा राज्यका नागरिकको सहअस्तित्वसहस्वामित्वसहभागिता र समान व्यवहार स्थापित भएको हुन्छ भन्ने मान्यता राखिन्छ । भिन्न सोचसंस्कारशैलीरहनसहनमूल्य मान्यताक्षमता जस्ता विविधतायुक्त समाजमा सहअस्तित्वसहस्वामित्वसमान व्यवहार स्थापित गर्न राज्य संयन्त्रले समाजमा विद्यमान विविधता व्यवस्थापन गर्नु वर्तमानको अपरिहार्यता रहेको देखिन्छ । समावेशीकरण शक्तिशाली र कमजोर वर्गसम्पन्न र विपन्न समाजसक्रिय र निष्कृय समुदायप्रभुत्वशाली र निरीह समूह जस्ता पृथकताबीच लोकतान्त्रिक मूल्यमान्यता र व्यवहार प्रवद्र्धन गर्ने सबैभन्दा उपयुक्तप्रभावकारी र सशक्त माध्यम हो । जातीयभाषिकलैङ्गिकधार्मिकशैक्षिकसामाजिक-सांस्कृतिकआर्थिक जस्ता यावत् विभिन्नतालाई उपयुक्त सम्बोधन गरी शासन व्यवस्थाका विभिन्न आयाममा सार्थक सहभागिता गराउनु नै समावेशीकरण हो ।

        नेपालको संविधानले समाजमा विद्यमान विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकतासामाजिक सांस्कृतिक ऐक्यवद्धतासहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रवद्र्धन गर्न र सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नु साथै आर्थिक समानतासमृद्धि र सामाजिक प्रवाहमा नागरिक सन्तुष्टिको स्तर खस्कदो रहेको आरोप आइरहेको सन्दर्भमा समावेशीकरण र योग्यता प्रणालीबीच उपयुक्त सन्तुलन कायम गरी सक्षमक्षमतावाननिष्पक्षनतिजामूलक चुस्त प्रशासन संयन्त्र निर्माण गर्नु र समावेशीकरणलाई योग्यतामूलक प्रणालीको परिपूरक बनाउँदै लैजानु नितान्त चुनौतीपूणर् देखिन्छ । नेपालले अवलम्बन गरेको विद्यमान समावेशीकरण पद्धतिलाई परिमार्जन गर्दै एउटै व्यक्तिले बारम्बार लाभ लिन सक्ने गरी कमजोर पद्धति अवलम्बन नगरी निरन्तर सुधारमा जोड दिनु पर्दछ । एउटा व्यक्तिले एकपटक समावेश भएको क्षेत्रमा कसरी फेरी विभेदबहिष्करण र बञ्चितिकरणमा परेको मानेर पुनः अवसर दिने यो त समावेशीकरणको सिद्धान्त विपरित भएन र मानौं एउटा व्यक्ति निजामती सेवामा कुनै माध्यमबाट सेवारत छ भने ऊ त राज्यको सेवामा समावेश नै भई सक्यो । अब कुन सिद्धान्तले उसलाई आरक्षण दिनुपर्ने अवस्था सिर्जना गर्ला सेवारत व्यक्तिले पुनः अवसर उपभोग गर्नु भनेको त अरूको भागमा हस्तक्षेप गर्नु हो । यसले थप अन्याय गरेन र यसलाई व्यवस्थित गर्नेतर्फ समायमा नै ध्यान पुर्‍याउनु पर्छ । समष्टिमा समावेशीकरणका उपायहरु अवलम्बन गर्दा तत्कालीन र दीर्घकालीन महत्व एवम् प्रभावलाई मध्यनजर गर्दै राष्ट्रियता र राष्ट्रहितलाई सर्वोपरी ठानेर अगाडी बढ्नु नै श्रेयष्कर हुन्छ । विविधता व्यवस्थापन राष्ट्रिय सबलता र सशक्तिकरणको सशक्त माध्यम भएकोले यसलाई योग्यता प्रणालीको प्रवद्र्धनमा पूरक उपायको रूपमा लिनु र तदनुरुप सुधारात्मक पद्धति सञ्चालन गर्नु नै आजको आवश्यकता हो।

     न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प लिएको छ । यसर्थमा पनि समावेशीकरण अपरिहार्य र अनिवार्य हो । समावेशीकरणले सार्थक सहभागिता सुनिश्चित गरेको हुन्छ । विभिन्न वर्गक्षेत्रलिङ्गसम्प्रदायसमुदायको भूगोलजनसंख्याविकासको अवस्था लगायतका आधारमा राज्यको शासन प्रणालीमा सहभागिता प्रवद्र्धन गर्नु नै समावेशीकरण हो । समावेशीकरणले नागरिकबीच अवसरको वितरण र उपभोगपहुँच र अधिकारको अन्तर र असमानता न्यूनिकरणमा जोड दिन्छ । आर्थिकसामाजिक-सांस्कृतिकराजनीतिकप्रशासनिक र व्यवहारिक समेतका बहिष्करणराज्यको मूल प्रवाहीकरणबाट बञ्चितीकरण र अवसरपहुँच एवम् अधिकारको उपयोगमा विभेद हटाउँदै भौतिक एवम् सांवेगिक रूपमा समानता कायम गर्नु नै समावेशीकरण हो । राज्यको संविधान निर्माणनीति निर्माणविश्लेषण र कार्यान्वयनयोजना एवम् कार्यक्रम तर्जुमाकार्यान्वयनअनुगमन एवम् मूल्याङ्कन समेतका सार्वजनिक हित र सरोकारको विषयमा समग्र पद्धतिप्रक्रिया र परिमाणमा सार्थक वस्तुगत र यथार्थपरक सहभागिता नै समावेशीकरणको मूर्त स्वरूप मानिन्छ ।

      समावेशीकरण नागरिक अधिकारको सम्मान हो भने राज्यको विकासलाई गतिशील बनाउने प्रभावकारी औजार हो । शासकीय प्रबन्धलाई दिगो बनाउनराष्ट्रिय एकता र भौगोलिक अखण्डता सुदृढ गर्न र शासन व्यवस्थामा नागरिक स्वामित्व एवम् अपनत्व स्थापित गरी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्न समावेशीकरण नितान्त अपरिहार्य औजारको रूपमा मानिन्छ । समावेशीकरणले शासकीय प्रबन्धको समग्र आयाममा समानुपातिक र सार्थक सहभागितातर्फ इङ्गित गरेको हुन्छ । राज्यका सामान्य र नियमित प्रावधान र प्रक्रियामार्फत राज्यका विभिन्न जातजातीआदिवासी-जनजातीभाषाधर्मलिङ्गसंस्कृतिवर्गपेशाक्षेत्रसम्प्रदायसमुदायसमूह आदिलाई समानुपातिक र सार्थक सहभागिता प्रवद्र्धन गर्न विभिन्न अवरोधअसहजकठिनाई र समस्या उत्पन्न हुनाले विविधतायुक्त सामाजिकआर्थिकराजनीतिकसांस्कृतिकप्रशासनिकसामाजिक संरचना भएको मुलुकमा विशेष प्रावधानप्रक्रिया र औजार अवलम्बन गरी समावेशीकरणलाई सार्थकता दिनु पर्ने हुन्छ । विश्वका ९०.९० प्रतिशत मुलुकहरू विविधतायुक्त जनसांख्यिक बनौटबाट निर्मित भएको तथ्यका आधारमा समेत समावेशीकरण प्रभावकारी बनाउन विविधता व्यवस्थापन अपरिहार्य देखिन्छ ।

       राज्यका सबै नागरिक समानरूपमा शासकीय प्रबन्धमा सार्थक सहभागी हुन नसक्ने भएकोले समावेशीकरणलाई मूर्तरूप दिन विभिन्न प्रकारका तत्कालीन एवम् दिर्घकालीन उपायउपकरण तथा औजारहरू अवलम्बन गरिन्छ । यस्ता उपायहरूले समाजका कमजोरपछाडि परेका वा पारिएकाअवसरपहुँच र अधिकारको उपयोगमा बञ्चितीकरणमा परेकाराज्यको मूल प्रवाहीकरण बाहिर रही बहिष्करणमा परेका विभेद र उत्पीडनमा रहेका जातजातीजनजातीधर्मवर्गलिङ्गक्षेत्रसमुदाय र सम्प्रदायलाई समावेशीकरणमा ल्याउन विशेष भूमिका निर्वाह गर्न सक्दछन् । 

Saturday, August 01, 2020

 

बिश्व बैंक र एशियाली विकास बैंकको परिचय

विश्व बैङ्क (World Bank)

विश्व बैङ्क अन्तर्राष्ट्रिय बैङ्क हो । यो संयुक्त राष्ट्र संघको एक महत्त्वपूर्ण संस्था हो जसमा अन्य केही संस्थाहरु सम्मिलित छन् । त्यसैले यसलाई विश्व बैङ्क समूह (World Bank Group) पनि भनिन्छ । विश्व बैङ्कको लक्ष्य भनेको गरिबी निवारण हो । यसले विश्वका धेरै मुलुकसँग विकासमा साझेदारी गरेको छ ।

विश्व बैङ्कको स्थापना 

विश्व बैङ्कको स्थापना अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैङ्क (International Bank for Reconstruction and Development-IBRD) का रुपमा सन् १९४४ मा अमेरिकाको न्यु हेम्पशायरमा ब्रेटन वुड्स सम्मेलन (Bretton Woods Conference) मा भएको हो । सुरुमा यसको अधिकृत पुँजी १० हजार मिलियन अमेरिकी डलर रहेको थियो । यससँगै अन्तर्राष्ट्रिय मुद्रा कोष (International Monetary Fund - IMF) को पनि स्थापना भएको हो । यी दुई संस्थालाई ब्रेटन वुड्स संस्था भनेर चिनिन्छ । यी संस्थाहरुको संस्थापकका रुपमा विश्वका ४४ देशका प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए । मूलतः दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय व्यवस्थालाई पुनः सन्तुलनमा ल्याउने उद्देश्यले यिनको गठन गरिएको हो । दुवै वित्तीय संस्थाहरु सँगै र एकै उद्देश्यपूर्तिका लागि स्थापना गरिए पनि यिनीहरुको भूमिका भने अलग अलग रहेको छ ।  विश्व बैङ्कको प्रधान कार्यालय अमेरिकाको वासिङ्गटन डिसि (पहिलाको District of Colmbia) मा रहेको छ ।

विश्व बैङ्कको सदस्यता

हाल विश्व बैङ्कमा १८९ राष्ट्र सदस्य रहेका छन् । विश्व बैङ्कको सदस्य बन्नका लागि कुनै पनि देशले अन्तर्राष्ट्रिय वित्त निगमको सदस्य बन्नु आवश्यक हुन्छ । तत्पश्चात उसले अंतर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैङ्क (International Bank for Reconstruction and Development-IBRD) को सदस्यता लिन पाउँछ ।IBRD को सदस्य भएको राष्ट्र स्वतः विश्व बैङ्क समूह (IDA, ICSID, MIGA) को सदस्य बन्दछ । IBRD को सदस्य नभए पनि  ICSID को प्रशासनिक परिषद्का दुई तिहाई सदस्यले अनुमति दिएमा अन्तर्राष्ट्रिय न्यायालय (ICJ) को सदस्य भएको राष्ट्र ICSID को सदस्य बन्न सक्ने व्यवस्था समेत गरिएको छ ।

दक्षिण एशियाली देशहरुमा भारत विश्व बैङ्कको संस्थापक राष्ट्र हो । IBRD बाट सबैभन्दा बढी ऋण लिने देश पनि भारत हो । नेपालले विश्व बैङ्कको सदस्यता सन् १९६२ सेप्टेम्बर ६ (२०१९ साल भाद्र २१) गते प्राप्त गरेको हो । मित्रराष्ट्र चीनले सन् १९८० मा विश्व बैङ्कको सदस्यता लिएको हो ।  

विश्व बैङ्कका कार्यहरु

विश्व बैङ्क ऋण प्रवाह गर्ने एक यस्तो वित्तीय संस्था हो जसको उद्देश्य भनेको विश्वका विभिन्न मुलुकहरुको अर्थव्यवस्थालाई एक व्यापक विश्व अर्थव्यवस्थामा समावेश गरी विकासशील मुलुकको गरीबी उन्मुलन गर्नु हो । विश्व बैङ्कले नीति सुधार कार्यक्रम तथा परियोजनाहरुका लागि ऋण उपलब्ध गराउने गर्दछ । तरअन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नीति सुधार कार्यक्रमका लागि मात्रै ऋण दिने गर्दछ । त्यस्तैविश्व बैङ्कले विकासशील राष्ट्रहरुलाई मात्रै ऋण दिन्छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासशील राष्ट्रका साथसाथै धनी राष्ट्रहरुलाई पनि ऋण दिने गर्दछ । सुरुमा विश्व बैङ्कले बाँध निर्माण र राजमार्ग निर्माण जस्ता विशिष्ट परियोजनाका लागि मात्रै ऋण प्रवाह गर्ने गरेको थियो । हाल भने आर्थिक नीतिमा आम सुधार ल्याउनका लागि पनि ऋण दिने गरेको छ ।

विश्व बैङ्कको नियन्त्रण तथा नियमन

विश्व बैङ्कको नियन्त्रण यसका १८० भन्दा बढी सदस्य राष्ट्रको हातमा छ । सदस्य राष्ट्र विश्व बैङ्कका सेयरधनी पनि हुन्छन् र यसका नीतिहरुसँग सम्बन्धित फैसला उनीहरुले नै गर्दछन् । यी देशबाट प्रतिनिधित्व गर्ने गभर्नरहरुको बोर्डले यो फैसला गर्ने गर्दछ । गभर्नरहरुको बोर्डले विश्व बैङ्कका लागि २५ वटा कार्यकारी निर्देशकको चयन गर्दछ । जसमा पाँच ठुला शेयरधनीहरु स्वतः र अन्य निर्वाचित कार्यकारी निर्देशकका रुपमा रहन्छन् । विश्व बैङ्कमा एक जना अध्यक्ष रहने गर्दछ । जसले कार्यकारी निर्देशक बोर्डको बैठक सम्बन्धी काम र बैङ्कको समस्त व्यवस्थापनको कामहरु गर्दछ । कार्यकारी निर्देशकहरुको बोर्डले अध्यक्षको चयन गर्दछन् । अध्यक्षको कार्यकाल पाँच वर्षको हुन्छ । विश्व बैङ्कको सबैभन्दा ठुलो शेयरधनीले अध्यक्षको नाम प्रस्ताव गर्दछ । अमेरिका विश्व बैङ्कको सबैभन्दा ठुलो शेयरधनी भएकाले हालसम्म सबै अध्यक्षहरु अमेरिकाबाट छनौट गरिएका छन् । १ जुन २०१२ देखि विश्व बैङ्कको अध्यक्षता जिम योङ किमले गरिरहेका थिए । उनी साउथ कोरियन मूलका भौतिकशास्त्री तथा मानवशास्त्री थिए । उनी विश्व बैङ्कका १२ औँ अध्यक्ष थिए । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारी डेविड मालपासलाई विश्व बैङ्कको 13 औं अध्यक्षका रुपमा चयन गरिएको छ । उनले अप्रिल ९२०१९ देखि पदभार ग्रहण गरेका छन् । विश्व बैङ्कको पहिलो अध्यक्ष भने Eugene Meyer हुन् ।

विश्व बैङ्क समूह

विश्व बैङ्क अन्तर्गत पाँच वटा संस्थाहरु रहेका छन् । सबैभन्दा ठुलो संस्था अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैङ्क हो ।

1. अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैङ्क (International Bank for Reconstruction and Development-IBRD)

IBRD को स्थापना सन् 1944 मा भएको हो । हाल यसका 189 राष्ट्र सदस्य रहेका छन् । सामान्यतया अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैङ्क (International Bank for Reconstruction and Development-IBRD) लाई नै विश्व बैङ्क भन्ने गरिन्छ । यसको प्रमुख उद्देश्य मध्यम विकास भएका देश र ऋणग्रस्त अल्पविकसित देशहरुलाई ऋणजमानत तथा प्राविधिक र सल्लाहात्मक सहायता उपलब्ध गराई निरन्तर विकासमा सहयोग पुर्याउनु हो । यसमा भएको पुँजी लगानीका आधारमा भारित भोटिङ्ग अधिकार प्राप्त देशहरुले यसको सञ्चालन गर्दछन् । यसले विश्व अर्थ बजार बाट स्रोत जुटाउँछ । IBRD  IDA दुवै मिलेर विश्व बैङ्कको स्वरुप ग्रहण गर्दछन् । जसले विकासशील देशको सरकारलाई आर्थिक सहायतानीतिगत परिवर्तनका लागि सुझाव तथा प्राविधिक सहयोग उपलब्ध गराउँछ । अति कम विकसित देशको विकासका लागि यसले IDA मार्फत सहयोग उपलब्ध गराउँछ ।

2. अंतर्राष्ट्रीय वित्त निगम (International Finance Corporation-IFC)

IFC को स्थापना सन् 1956 मा भएको हो । यसका 184 देश सदस्य रहेका छन् । सबै सदस्य देशहरुले यसको नीति निर्धारणमा भुमिका निर्वाह गर्दछन् । IFC ले १०० भन्दा बढी विकासशील देशहरुमा भईरहेको बजार विस्तारमा संलग्न कम्पनी र वित्तीय संस्थाहरुलाई रोजगार सिर्जना गर्नकर तथा राजस्व जुटाउन तथा व्यावशायिक वातावरण सुधार गर्न सहायता प्रदान गर्दछ । विकासशील देशहरुमा विशेष रुपले निजी क्षेत्रमा केन्द्रित विश्वको यो सबैभन्दा ठुलो संस्था हो । यसले सामान्यतया ७ देखि १२ वर्षमा परिपक्व हुने खालको ऋण प्रदान गर्दछ ।

3. अंतर्राष्ट्रीय विकास सङ्गठन (International Development Association-IDA)

IDA को स्थापना सन् 1960 मा भएको हो । हाल यसका 173 देश सदस्य छन् । यसले विश्वमा अति कम विकसित देशको विकासका लागि सहयोग गर्दछ । आर्थिक विकास प्रवर्द्धन गर्नु तथा विभेद र असमानता न्यूनीकरण गर्नुका साथै जनताको जीवनस्तरमा सुधार ल्याउन अनुदान प्रदान गर्नु यसको प्रमुख उद्देश्य हो । विश्वका ७५ वटा सबैभन्दा गरीब राष्ट्रहरुमा आधारभूत सामाजिक सेवाका लागि सहायता प्रदान गर्ने यो सबै भन्दा ठुलो संस्था हो । जसमध्ये ३९ अफ्रिकी देश रहेका छन् । यसले साधारण व्याजदरमा ऋण सहायता समेत उपलब्ध गराउँछ । जुन ऋण ३० देखि ३८ वर्षसम्ममा चुक्ता गर्न सकिन्छ ।

4. लगानी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय केन्द्र (International Centre for Settlement of Investment Disputes-ICSID)

सन् 1966 मा स्थापना गरिएको ICSID एक स्वायत्त अंतर्राष्ट्रिय संस्था हो । यो एक प्रकारको बहुपक्षीय सन्धी हो । यसले अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवादको समाधानका लागि मध्यस्थता गर्ने गर्दछ । अन्तर्राष्ट्रिय लगानीकर्ता र राज्यका बिच उत्पन्न हुन सक्ने विवाद समाधानका लागी विश्व बैङ्कका अधिकांश सदस्य राष्ट्रहरुले एक मञ्चका रुपमा यसलाई मान्यता दिएका छन् । ICSID को नेतृत्व महासचिवले गर्दछ । महासचिवले एक न्यायाधिकरण गठन गरी विवादलाई समाधान गर्न सक्ने व्यवस्था गरिएको छ । जसमा लगानीकर्ताराज्य र द्विपक्षीय सम्झौताका आधारमा नियुक्त ३ जना मध्यस्थकर्ताहरु सहभागी रहन्छन् ।

5. बहुपक्षीय लगानी सुरक्षण एजेन्सी (Multilateral Investment Guarantee Agency-MIGA)

यसको स्थापना 12 अप्रैल1988 मा भएको हो । यसमा हाल १७९ देश सदस्य रहेका छन् । यसले विश्व बैङ्कबाट प्रदान हुने ऋण तथा अनुदान लगानीमा हुने राजनीतिक लगायतका गैर व्यवशायिक जोखिमलाई कम गर्न बिमाका माध्यमबाट सुरक्षा प्रदान गर्दछ । यसको प्रमुख उद्देश्य विकासशील देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्नु हो ।

बिश्व बैङ्कको आम्दानीको स्रोत

विकास कार्यक्रमका लागि आवश्यक रकम विश्व बैङ्कले दुई तरिकाबाट जुटाउँछ । यस्तो रकमको केही हिस्सा धनीको देशहरुबाट आउँछ । साथमा अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैङ्कले वित्तीय बजारमा सेयर निष्काशन तथा विक्री गरेर पनि रकम जुटाउने गर्दछ । वास्तवमा विश्व बैङ्कले प्रदान गर्ने ऋणको आधाभन्दा बढी हिस्सा सेयर जारी गरेर नै जुटाउने गरिन्छ । 

नेपालमा विश्व बैङ्कको भूमिका

२०१९ साल भाद्र २१ गते नेपालले विश्व बैङ्कको सदस्यता प्राप्त गरेको हो । गरीब मुलुकहरुको सहायता गर्नु विश्व बैङ्कको प्रमुख उद्देश्य भए अनुरुप यसले नेपाललाई पनि सहयोग गर्दै आएको छ । नेपालमा ठूल्ठूला आयोजनामा विकास बैङ्कको साझेदारी रहेको छ । विभिन्न विपत्तिका बेला पनि विश्व बैङ्कले नेपाललाई सहयोग गर्दै आएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पपछिको पुननिर्माण तथा राहतका लागि पनि विश्व बैङ्कले अर्बौं रकम नेपाललाई सहयोग गरेको थियो । नेपालमा विश्व बैङ्कले विभिन्न परियोजनामा कर्जा लगानी गरेको छ । विभिन्न परियोजनाका लागि अनुदान समेत उपलब्ध गराएको छ । विश्व बैङ्कसँग नेपालको सहकार्य ५० वर्षभन्दा पुरानो भइसकेको छ । विशेषतः नेपालको गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रममा विश्व बैङ्कले सहयोग गरेको छ । त्यस्तैशिक्षास्वास्थ्यजलविद्युत् लगायत वित्तीय क्षेत्रमा पनि विश्व बैङ्कले सहयोग गरिरहेको छ  

नेपालले विश्व बैङ्कबाट पहिलोपल्ट सन् १९६९ मा दूरसञ्चार परियोजनाका लागि सहायता प्राप्त गरेको थियो । तत्पश्चात हालसम्म विश्व बैङ्कको सहयोगमा सञ्चालित केही महत्त्वपूर्ण परियोजनाहरु यसप्रकार रहेका छन्  

माथिल्लो त्रिशुली जलविद्युत आयोजना (सन् १९६९)

कुलेखानी जलविद्युत आयोजना (सन् १९७५)

महाकाली सिँचाई आयोजना (सन् १९८०)

सामुदायिक वन कार्यक्रम (सन् १९८०)

बबइ सिँचाई आयोजना (सन् १९८१)

मर्स्याङ्दी जलविद्युत आयोजना (सन् १९८४)

संरचनात्मक सुधार कार्यक्रममा ऋण सहायता (सन् १९८७)

सबैका लागि शिक्षा कार्यक्रम (सन् २००४)

गरीबी निवारण कोष (सन् २००६)

विद्यालय क्षेत्र सुधार कार्यक्रम (सन् २००९)

कृषी व्यवशायीकरण तथा व्यापार परियोजना (PACT) (सन् २००९)

नेपाल भारत विद्युत प्रसारण लाइन निर्माण तथा व्यापार परियोजना (सन् २०११)

काबेली जलविद्युत आयोजना (सन् २०१४)

भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग (सन् २०१५)

स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार परियोजना (सन् २०१७)

विश्व बैङ्कको विश्वव्यापी भूमिका र समीक्षा

विश्व बैङ्कले सन् २००१ मा १७.३ अर्ब डलर ऋण प्रवाह गरेको थियो । जुन सन् २००० मा प्रवाह गरिएको ऋणभन्दा केही बढी हो । सन् २००१ मा प्रवाह गरिएको ऋणको सबैभन्दा बढी अर्थात ३० प्रतिशत ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका देशहरुले पाएका थिए । त्यस्तै २० प्रतिशत अफ्रिकी मुलुकहरुले पाए । जुन रकम एड्सको महामारी रोक्ने उद्देश्यले सञ्चालित परियोजनामा र गृहयुद्ध पछिको अर्थतन्त्रको व्यवस्थापनमा लागेका मुलुकहरुमा खर्च गरिएको थियो । त्यस्तै दक्षिण एसियाली मुलुकहरुले भने १९ प्रतिशत ऋण प्राप्त गरेका थिए । विश्व बैङ्कले सन् १९८० को दशकमा संरचनात्मक समायोजन कार्यक्रम (Structural Adjustment Program-SAP) समेत अघि सारेको थियो ।

विश्व बैङ्कले बदलिँदै गएको विश्व व्यवस्था अनुकूल आफुलाई समायोजन गर्न नसकेको भनेर आलोचना गरिन्छ । त्यसैले तिव्र आर्थिक वृद्धि हासिल गरिराखेका भारतचीन जस्ता अर्थ व्यवस्थाहरुले विश्व बैङ्कको बदलामा एशियाली पूर्वाधार लगानी बैङ्क (Asian Infrastructure Investment Bank – AIIB जनवरी२०१६ मा स्थापितको स्थापना गरेको देखिन्छ । जसमा हाल १०३ राष्ट्र सदस्य रहेका छन् । वर्तमान विश्व व्यवस्थालाई पुनर्जिवित गर्न र नयाँ शक्तिका रुपमा विकसित भइराखेका तथा विकासशील देशहरुलाई यसमा सार्थक भुमिका दिनका लागि पनि विश्व बैङ्कमा सुधार आवश्यक देखिएको छ ।

एशियाली विकास बैङ्क (Asian Development Bank- ADB)

एशियाली विकास बैङ्क (ADB) एक क्षेत्रीय विकास बैङ्क हो । यसको स्थापना १९ डिसेम्बर १९६६ मा भएको हो । एशियाली देशहरुको आर्थिक विकासमा सहायता र सहजीकरण गर्नु यस बैङ्कको स्थापनाको प्रमुख उद्देश्य हो । एशियाली विकास बैङ्कमा एशिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक आयोग (UNESCAP) र अन्य क्षेत्रका विकसित देशहरु सदस्य बन्न सक्दछन् । पचास वर्षअघि एसियाप्रशान्त क्षेत्रका ३१ मुलुकले स्थापना गरेको एडिबीमा हाल यस क्षेत्रका ४८ र विश्वका अन्य भूभागका १९ राष्ट्र सदस्य छन् । एडिबि (ADB) को कुल पुँजीमा सदस्य राष्ट्रको लगानीका आधारमा सदस्यको हैसियत र शेयर निर्धारण गरिन्छ । वर्तमानमा संयुक्त राज्य अमेरिका र जापान दुवैसँग ५,५२,२१० शेयर छ । यी दुवैसँग भएको शेयरको हिस्सा कुल लगानीमा प्रत्येकको १५.५७ प्रतिशत छ भने संस्थापक सदस्य नेपालले बैङ्कको कुल पुँजीको ०.०३ प्रतिशत लगानी गरेको छ ।

संगठन

एशियाली विकास बैङ्कको सर्वोच्च संस्था सदस्य राष्ट्रहरुको मण्डल (Board of Governence) हो । यसले बैङ्कका नीतिहरु निर्धारण गर्दछ । जसमा प्रत्येक सदस्य राष्ट्रबाट एक जना प्रतिनिधिले प्रतिनिधित्व गर्न पाउँछन् । Board of Governence ले आफुहरुमध्ये १२ सदस्यहरुको चयन गरी निर्देशक मण्डल (Board of Directors) गठन गर्दछ । जसमा ८ सदस्य एशिया प्रशान्त क्षेत्रका र ४ सदस्य अन्य मुलुकका रहने गर्दछन् । यसले Board of Governence को सट्टा उसको सहायकको रुपमा कार्यकारी कामहरु गर्दछ । Board of Governence ले एशियाली विकास बैङ्कको अध्यक्ष (Chairperson) को चयन गर्दछ । उ Board of Directors को समेत अध्यक्ष हुन्छ । उसले नै बैङ्कको प्रमुखका रुपमा समस्त व्यवस्थापनको कामहरु सञ्चालन गर्दछ । अध्यक्षको पदावधी ५ वर्ष हुन्छ र उसलाई पुनः नियुक्त गर्न समेत सकिन्छ । बैङ्कमा जापानको सर्वाधिक लगानी भएका कारण हालसम्म एडिबिको अध्यक्ष जापानबाट मात्र नियुक्त भएका छन् । एडिबिका प्रथम अध्यक्ष ताकेशी वाटानाबे (Takeshi Watanabe, 1966-1972) हुन् । हाल जापानका मासात्सुगु असाकावा (Masatsugu Asakawa, 2020-Present) एडिबिको अध्यक्ष नियुक्त भएका छन् । उनी यस बैङ्कका १० औं अध्यक्ष हुन् । यसअघि  ताकेहिको नाकाओ (Takehiko Nakao) ९ औं अध्यक्षका रुपमा कार्यरत रहेका थिए ।

एडिबि (ADB) को प्रधान कार्यालय फिलिपिन्सको राजधानी मनीलाको मेट्रो सिटीमा रहेको छ । बैङ्कमा लगभग २४०० कर्मचारी रहेका छन् । यी कर्मचारीहरु ५५ वटा सदस्य राष्ट्रबाट नियुक्त गरिएका भए पनि सबैभन्दा बढी कर्मचारी फिलिपिन्सका रहेका छन् ।

एशियाली विकास बैङ्कको स्थापनाको योजना जापानले सन् १९६२ देखि नै बनाउन थालेको हो । खासमा एक क्षेत्रीय बैङ्कको निजी योजनालाई सरकारले समर्थन गरेका कारण पछि एडिबिको स्थापना भएको हो । एडिबिबाट अन्य देशहरुले समेत लाभ प्राप्त गरे पनि मूलतः यसबाट जापानलाई लाभ पुगेको देखिन्छ । यसको अधिकांश ऋण लगानी इंडोनेशियाथाइलैंडमलेशियासाउथ कोरिया र फिलिपिन्स जस्ता जापानका महत्वपूर्ण आर्थिक र व्यापारिक साझेदार देशहरुमा भएको पाइन्छ ।

एडिबिले दुई प्रकारको ऋण लगानी गर्ने गर्दछ । सामान्य पुँजीगत साधन (Ordinary Capital Resources) को व्यापारिक शर्तका आधारमा यसले विकास ऋण (Hard Loan) प्रवाह गर्दछ । यसमा बैङ्कमा रहेको सदस्य राष्ट्रको लगानीको ५० प्रतिशतभन्दा बढी ऋण दिन सकिने प्रावधान रहेको छ । त्यस्तै एशियाली विकास कोष (ADF) मार्फत साधारण व्याजदरमा साधारण ऋण (Soft Loan) प्रवाह गर्दछ । एडिबि (ADB)  ले अन्तराष्ट्रिय पूंजी बजार (International Capital Market) बाट आफ्नो पुँजी गारेन्टीका आधारमा ऋण लिन्छ । हाल यसको कुल पुँजी १६५ बिलियन डलर रहेको छ ।

एशियाली विकास बैङ्कका केही परियोजनाहरु

अफगान डायस्पोरा परियोजना

दक्ष श्रमिकको लागि वित्त पोषण योजना थाइलैन्ड

भूकंप र सुनामी पीडितका लागि आपातकालीन सहायता परियोजना इंडोनेशिया

फिलीपींसमा शहरी गरिबी निवारणमा निजी क्षेत्रसँग सहकार्य

अफगानिस्तानमा ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन

पाकिस्तानमा आर्थिक संकट न्यूनीकरणका लागि १.२ बिलियन डलर ऋण प्रवाह

भारत र पाकिस्तानका गैरसरकारी संस्थालाई सूक्ष्म वित्तीय सहयोग

चीनमा रेल मार्ग परियोजना र नगरपालिकामा ऋण प्रवाह

नेपालमा शासकीय सुधार कार्यक्रम२०५७ र महेन्द्र राजमार्गको हेटौडा-नारायणगढ खण्ड निर्माण

एडिबिको भूमिकाको मूल्याङ्कन

एशियाली विकास बैङ्कले सन् देखि आफ्नो लगानी रहेका परियोजनाको मूल्याङ्कन गर्न थालेको छ । यसका लागि बैङ्कमा परियोजना मूल्याङ्कन विभाग (Operation Eveluation Department OED) को स्थापना गरिएको छ । सन् २००७ मा गरिएको एक अध्ययन अनुसार एशियाली विकास बैङ्कको सहायतामा सञ्चालित परियोजनाहरुमध्ये ६५ प्रतिशतलाई सफल२७ प्रतिशतलाई आंशिक रुपमा सफल र ८ प्रतिशतलाई असफल योजनाका रुपमा मूल्याङ्कन गरिएको थियो । चीनले सन् १९८६ मा एडिबिको सदस्यता लिएको थियो । यससँगै ताइवान एडिबिबाट बाहिरिएको थियो । एडिबि (ADB) का दुई ठुला सदस्य राष्ट्रहरु जापान र अमेरिकाले यसको ऋण प्रवाहनीति निर्धारण र कर्मचारी भर्नासम्बन्धी निर्णयलाई प्रभावित गर्ने गर्दछन् भनेर आलोचना समेत गर्ने गरिन्छ ।

नेपालमा एशियाली विकास बैङ्कको सहयोगमा सञ्चालित प्रमुख आयोजनाहरु

हालसम्म एडिबिले नेपालको विकासको लागि लगभग ३ अर्ब लगानी सहयोग गरेको छ । यस बैङ्कको सहयोगमा सञ्चालित प्रमुख परियोजनाहरु यसप्रकार छन् ।

कन्काइ सिँचाइ आयोजना (सन् १९७१)

चितवन उपत्यका विकास आयोजना (सन् १९७१)

महेन्द्र राजमार्ग हेटौडा-नारायणगढ खण्ड (सन् १९७६)

हेटौडा सिमेन्ट उद्योग (सन् १९७६)

सिक्टा सिँचाइ आयोजना (सन् १९७७)

सगरमाथा विकास आयोजना (सन् १९७७)

पूर्वी राप्ति सिँचाइ आयोजना (सन् १९८५)

कालिगण्डकी ए जलविद्युत आयोजना (सन् १९९६)

मेलम्ची खानेपानी आयोजना (सन् १९९८)

शासकीय सुधार कार्यक्रम (सन् २००१)

विद्यालय क्षेत्र सुधार कार्यक्रम (सन् २००५)

बाग्मति नदी किनार सुधार आयोजना (सन् २०१२)

तनहुँ जलविद्युत आयोजना (सन् २०१३)

Monday, July 20, 2020

सार्वजनिक खरिदको परिचय र सार्वजनिक खरिद ऐन, ०६३ का मुख्य–मुख्य प्रावधान

सार्वजनिक खरिदको परिचय र सार्वजनिक खरिद ऐन, ०६३ का  मुख्य–मुख्य प्रावधान

सार्वजनिक खरिदको परिचय

  • सार्वजनिक निकायले सार्वजनिक प्रयोजनका लागि वस्तु र सेवा खरिद वा प्राप्त गर्ने कार्यलाई सार्वजनिक खरिद भनिन्छ । सार्वजनिक खरिद ऐन, ०६३ को दफा २ मा खरिद भन्नाले कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कार्य सम्झनुपर्छ भन्ने परिभाषा उल्लेख गरिएको छ ।
  • सार्वजनिक खरिदअन्तर्गत सरकारले बजेटमार्फत विनियोजन गरेको रकमको सीमा र प्रचलित कानुनबमोजिमका प्रक्रिया पूरा गरी सार्वजनिक निकायले सीधै वा अरू कोहीमार्फत सार्वजनिक कार्यका लागि आवश्यक मालसामान, यन्त्र, उपकरण, सेवा, परामर्श, सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा विकास गर्नेलगायत कार्य भन्ने बुझिन्छ ।
  • सार्वजनिक खरिद कार्यमा गुरुयोजना बनाउने, वार्षिक खरिद तथा खर्च योजना बनाउने, विवरण वा स्पेसिफिकेसन तय गर्ने, बोलपत्र वा दरभाउपत्र आह्वान गर्ने, प्रस्ताव मूल्यांकन गर्ने, छनोटको सूचना दिने, सम्झौता गर्ने र कार्यान्वयन गर्नेजस्ता क्रियाकलाप समावेश हुन्छन् ।    

सार्वजनिक खरिद ऐन, ०६३ का मुख्य–मुख्य प्रावधान :

  • खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमानदारिता, जवाफदेहिता र विश्वसनीयता आदि प्रवद्र्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढंगबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिदमा अवलम्बन गरिने सिद्धान्त र तिनका प्रक्रियागत कुरा समावेश, सार्वजनिक निकायबाट भएको खरिद कार्यको पुनरावलोकन प्रथम चरणमा सार्वजनिक निकाय स्वयंले गर्ने र उक्त निर्णयउपर चित्त नबुझेमा पुनरावलोकनका लागि अधिकार सम्पन्न सार्वजनिक खरिद पुनरावलोकन समितिको व्यवस्था,

  • सार्वजनिक निकायको परिभाषालाई विस्तृत रूपमा लिई सबै सरकारी, अर्ध–सरकारी र सरकारी कोषको प्रयोग गरी हुने खरिद गर्ने सबै निकायलाई सार्वजनिक निकायका रूपमा परिभाषित गरेको,

  • सार्वजनिक निकायले मालसामान, निर्माण कार्य र परामर्श सेवा खरिद गर्दा यो ऐनले गरेको कार्यविधि पूरा गर्नुपर्ने र यसको प्रतिकूल हुने गरी गरिएका खरिद अमान्य हुने,

  • ऐनको दफा ७४ मा नेपाल सरकारले नियमावली बनाउने र सार्वजनिक निकायले पनि आ–आफ्नो ऐन–नियम वा गठन आदेशको अधीनमा रही ऐनको मूलभूत विषयमा फरक नपर्ने गरी आवश्यक नियम बनाउन सक्ने,

  • योजना बनाएर मात्र खरिद कार्य गर्नुपर्ने, खरिद सम्बन्धमा सार्वजनिक निकायको प्रमुखलाई स्पष्ट जिम्मेवारी दिई खरिद कार्यलाई अगाडि बढाउन खरिद एकाइ, खरिद शाखा वा खरिद महाशाखा बनाउनुपर्ने,

  • खरिद योजनामा खरिद विधि छनोट गर्ने, लागत अनुमान टुक्रा गर्न नपाइने, आवश्यकताअनुसार बोलपत्रदाता वा प्रस्तावदाताको योग्यता निर्धारण गर्न सकिने, सामान्यतया सबै सार्वजनिक खरिद बोलपत्रको माध्यमबाट हुने,

  • बोलपत्र आह्वान गर्नुपूर्व योग्यता निर्धारण गर्नुपर्ने र बोलपत्रसम्बन्धी कागजात तयार पारेपछि मात्र खुला रूपमा बोलपत्र गर्नुपर्ने, बोलपत्रदाताले आफूले पेस गरेको बोलपत्रमा फिर्ता वा संशोधन गर्न सक्ने, विद्युतीय माध्यमबाट पेस गरिनेबाहेक कुनै बोलपत्रदाताले आफूले पेस गरेको बोलपत्र फिर्ता लिन वा संशोधन गर्न चाहेमा बोलपत्र दाखिला गर्ने अन्तिम समयको २४ घन्टाअगावै निवेदन दिनुपर्ने, 

  • योग्यता किटान गरिएकाबाहेक दुई करोडसम्मको लागत अनुमानमा पूर्वयोग्यता नचाहिने र एउटा मात्र बोलपत्र प्रभावग्राही भएको अवस्थामा पनि बोलपत्र स्वीकृत गर्नुपर्ने, 

  • प्रस्ताव स्वीकृतिका सम्बन्धमा जानकारी दिन आशयपत्रको सूचना प्रकाशित गर्नुपर्ने, खरिद कारबाही प्रक्रिया चित्त नबुझेमा सम्बन्धित सार्वजनिक निकायको प्रमुख र खरिद पुनरावलोकन समितिमा पुनरावेदन गर्न कम्तीमा सात दिनको समय दिनुपर्ने,

  • खरिद सम्झौता पुनरावलोकनका लागि तीन सदस्यीय पुनरावलोकन समिति रहने, समितिमा पुनरावलोकन निवेदन दर्ता गर्नुपर्दा धरौटी राख्नुपर्ने,

  • मालसामान, निर्माण कार्य, रासन, अन्य सेवा र परामर्श सेवा खरिदका लागि छुट्टाछुट्टै कार्यविधि र प्रक्रिया तोकेको,

  • सिलबन्दी दरभाउपत्र, सोझै खरिद, उपभोक्ता समिति वा लाभग्राहीबाट गर्न सकिने खरिद, गैरसरकारी संस्थाहरूबाट गरिने खरिद, अमानतमा हुने खरिदसम्बन्धी व्यवस्था गरेको,

  • एकमुष्ट दर विधि (Lump-sum Method), उत्पादक वा अधिकृत विक्रेताद्वारा निर्धारित दरमा खरिद गर्ने विधि (Catalogue Shopping), समिति बोलपत्रदाताले भाग लिने खरिद विधि(Limited Tendering)  र नयाँ लिने पुरानो दिने खरिद विधि (Buy Back Method) मध्ये कुनै एकबाट खरिद गर्न सकिने,

  • सबै प्रकारको खरिदमा जुनसुकै विधि प्रयोग भएको भए पनि खरिद कार्य भएपछि र हुँदाका बखत खरिद काम–कारबाहीसम्बन्धी सूचना अनिवार्य रूपमा वेबसाइट र सूचना बोर्डमा राख्नुपर्ने, विद्युतीय खरिद प्रणालीलाई वैधता प्रदान गरेको, सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था,

  • मौजुदा सूची तयार पार्नुपर्ने, पूर्वयोग्यता निर्धारण गर्नुपर्ने, सेवाका सर्तहरू लागू हुने, खरिद कार्यमा संलग्न पदाधिकारी र प्रस्तावकर्ताको आचरणलगायत प्रावधान आदि । 

निष्कर्ष

सार्वजनिक खरिद ऐन, ०६३ ले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, खरिदकर्तालाई जवाफदेही बनाउन, खरिद कार्यमा मितव्ययिता, प्रभावकारिता, औचित्यता कायम राख्न, सम्भावित अनियमितता र हिनामिना न्यूनीकरण गर्न, खरिद कार्यलाई विशिष्टीकरण गर्न र खरिद कार्यको अनुगमन गरी पृष्ठपोषण लिनका लागि आवश्यक नियम, सर्त, कार्यविधि, संगठन, अधिकार र दायित्वको प्रबन्ध गरेको छ ।


 

अवैध मुद्रा निर्मलीकरण र नेपालले यस सम्बन्धमा गरेका व्यवस्था

अवैध मुद्रा निर्मलीकरण र नेपालले यस सम्बन्धमा गरेका व्यवस्था 

  • गैरकानुनी सम्पत्तिको शुद्धीकरण प्रयास
  • अवैध सम्पत्तिलाई वैध गराउने गैरकानुनी अपराध नै अवैध मुद्रा निर्मलीकरण हो । यसलाई सम्पत्ति शुद्धीकरण तथा मुद्रा निर्मलीकरणजस्ता नामले बुझिन्छ । यो मुद्राको अवैध स्रोतलाई लुकाउने, छिपाउने वा आधिकारिक स्रोतका रूपमा परिणत गर्ने संगठित अपराधको स्वरूप हो ।
  • राजस्व छली, संगठित अपराध, आतंकवादी क्रियाकलापमा लगानी, हातहतियार, खरखजाना, अवैध विदेशी विनियम, लागूऔषध व्यापार, प्राचीन स्मारक बेचबिखनजस्ता कार्य गरी आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयास मुद्रा निर्मलीकरण हो । प्रचलित कानुनविपरीतको कसुर गरी सम्पत्ति लुकाउने, छिपाउने, लगानी गर्ने वा हस्तान्तरण गर्ने कार्यलाई नेपालमा अवैध मुद्रा निर्मलीकरण मानिन्छ ।
  • सम्पत्ति शुद्धीकरणमा विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्फत राज्य संयन्त्रको दुरुपयोग गरेको पाइन्छ । निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने यस्ता अपराधले राज्यको समग्र कानुनी वित्तीय र सुरक्षा प्रणालीलाई नै कमजोर बनाएको हुन्छ । यसबाट अपराधीलाई नै थप शक्तिशाली बन्न मद्दत पुग्छ ।

अवैध मुद्रा निर्मलीकरणका सम्बन्धमा 

  • नेपालले गरेका व्यवस्था

  • संवैधानिक व्यवस्था

  • प्रस्तावनामा कानुनी राज्यको अवधारणा उल्लेख भएको,

  • दिगो शान्ति, सुशासन, विकास र समृद्धिको 

  • आकांक्षा रहेको,

  • राज्यको नीतिमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको व्यवस्था भएको,

  • न्याय र दण्ड व्यवस्थासम्बन्धी नीतिको व्यवस्था रहेको,

  • संसद्मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति रहेको,

कानुनी व्यवस्था

  • सम्पत्ति शुद्धीकरण ऐन ०६४ र नियमावली ०६६ जारी,

  • सरकारी मुद्रासम्बन्धी ऐन ०४९ र नियमावली 

  • ०५५ रहेको,

  • सहकारी ऐन ०७४ तथा नियमावली ०७५ जारी,

  • सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई निर्देशन ०७४,

  • सम्पत्ति शुद्धीकरण रणनीति तथा कार्ययोजना ०६८ जारी ।

संस्थागत व्यवस्था

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,

  • अर्थसचिवको संयोजकत्वमा एन्टी मनी लाउन्डरिङ समन्वय समिति,

  • डेपुटी गभर्नरको संयोजकत्वमा कार्यान्वयन समिति,

  • नेपाल राष्ट्रबैंकमा वित्तीय जानकारी एकाई,

  • सहकारी विभागमा सम्पत्ति शुद्धीकरण एकाई गठन,

  • प्राविधिक उपसमिति गठन आदि,

यसरी सम्पत्ति शुद्धीकरण वा अवैध मुद्रा निर्मलीकरण कार्यले मुलुकको वित्तीय प्रणालीको स्वरूप, अस्तित्व तथा विकासमा नकारात्मक असर पु¥याउँछ । यसको प्रभावकारी नियन्त्रणमार्फत मुलुकमा स्थिरता, स्थायित्व र समुन्नति कायम गर्नु आजको आवश्यकता हो । यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चासो र महत्वको विषयसमेत हो ।


दिगो विकासका लागि आवश्यक पूर्वसर्त

 दिगो विकास

‘आफैँमा धानिने विकास दिगो विकास’

भविष्यका पिँढीको आवश्यकतासँग सम्झौता नगरी वर्तमान पिँढीका आवश्यकताको सम्बोधन गर्ने कार्य नै दिगो विकास हो । यो वातावरणीय मात्र नभई राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, मानवीय तथा सांस्कृतिकजस्ता पक्षसमेतको भविष्यमुखी र वैज्ञानिक विकास हो । दिगो विकासको पहिलो प्रयोग सन् १९७१ को हेलसिन्की सम्मेलनबाट भएको थियो । नेपालमा आठौँ योजनाबाट दिगो विकासको मान्यतालाई अघि सारिएको हो । हाल संयुक्त राष्ट्रसंघको अगुवाइमा सन् २०१६ बाट सन् २०३० सम्म पूरा गर्ने गरी दिगो विकासका १७ लक्ष्य कार्यान्वयनमा रहेका छन् । 

 

दिगो विकासका लागि आवश्यक पूर्वसर्त

  • उच्च, फराकिलो र समावेशी आर्थिक वृद्धि र विकास,

  • दिगो विकासप्रतिको उच्च राजनीतिक प्रतिबद्धता,

  • मौलिक हकका रूपमा वातावरणीय हकको कार्यान्वयन,

  • प्राकृतिक स्रोत–साधनको दिगो र कुशल व्यवस्थापन वातावरण संरक्षणका नीति तथा कार्यक्रम र कानुन,

  • लैंगिक उत्तरदायी बजेट र कार्यक्रमको विकास,

  • भविष्यदर्शी विकासमा जोड,

  • वातावरणमैत्री विकासको पूर्वाधारको विकास,

  • अन्तर्राष्ट्रिय प्रतिबद्धताको अक्षरशः कार्यान्वयन,

  • लक्ष्यहरूको प्राथमिकीकरण र आन्तरिकीकरण,

  • स्रोतको ग्यारेन्टी र व्यापक प्रचार–प्रसार,

  • एपयुक्त विकासका प्रतिमानहरूको चयन,

  • मानव र प्रकृतिबीचको अन्तरसम्बन्ध ।

यसरी दिगो विकास वातावरणमैत्री र धान्न सकिने विकासको विश्वव्यापी मान्यता भएकाले यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासलाई अझ बढी सबल बनाउनु आवश्यक छ । यसका लागि नागरिक खबरदारी, प्रशासनिक सक्रियता र सरकारको प्रतिबद्धता आवश्यक हुन्छ । यसो भएमा नागरिकलाई खुसी, सुखी र समुन्नत बनाउन सकिन्छ ।


"Learning Never Ends helped me prepare for Loksewa and Revenue exams effectively."

— Successful Candidate

Connect with us

Get in touch for learning resources,updates and useful information. Learning Never Ends. A learning platform for Lok Sewa, Revenue, Customs, Taxation and Public Management.